Showing posts with label sanghiya samajwadi party nepal. Show all posts
Showing posts with label sanghiya samajwadi party nepal. Show all posts

Thursday, October 19, 2017

फोरम ले जनजाति लाई अपील गर्न सकेको खोइ ?



अशोक राई गायब सरह भएका छन। संघीयता र समावेशिता को मुद्दा मा यस संविधानमा कसरी बेइमानी भएको छ र हुनुपर्ने के हो त्यस बारे फोरम ले पहाडका जनजाति लाई सम्बोधन गर्ने प्रयास सम्म गरेको देखिएन। रणभुमि विपक्षी लाई छोड़ि दिए जस्तो देखियो।

गच्छेदार काँग्रेस पसे तर लोकतान्त्रिक फोरम ले पहिचान छोड्न मानेन र फोरम नेपाल तर्फ लम्केको छ। पहिचान छोडेको गच्छेदार ले मात्र होइन प्रचंड ले पनि हो। माओवादी लाई समर्थन गर्दै आएका पहाडका जनजाति ले अब प्रचंड लाई छोडेर अशोक राई लाई समात्नु पर्यो। तर त्यसो हुन का लागि नेताले हात अगाडि बढाउनु पर्छ।

दुई ध्रुव को सट्टा तीन ध्रुव मा जान लागेको हो कि देशको राजनीति? एमाले-माओवादी एक ठाउँ, काँग्रेस-राप्रपा हरु अर्को, अनि फोरम-राजपा-जनजाति।

तर संघीयता र समावेशिता को कुरा गर्ने ले पनि त्यसलाई दोस्रो दर्जा को मुद्दा बनाउनुपर्छ। प्रथम मुद्दा आर्थिक मुद्दा नै हो। मोदी ले त्यसलाई विकास भन्छन। बाबुराम ले त्यसैलाई समाजवाद भन्छन।

भने पछि एमाले-माओवादी एक ठाउँ, काँग्रेस-राप्रपा अर्को र फोरम-राजपा-नया शक्ति तेस्रो ध्रुव -- हुनुपर्ने त्यसो हो मुद्दा का हिसाबले। विवेकशील साझा त पीढ़ी नै अर्को।

फोरम ले जनजाति लाई स्पष्ट सँग भन्न सकेको छैन। संविधानमा हुनुपर्ने के हो र त्यहाँ सम्म पुग्ने रोडमैप के हो? स्पष्ट भन्न सकेको छैन। नारा र बुदा को तह मा ल्याउनु पर्छ डिस्टिल गरेर।

फोरम, राजपा र गच्छेदार बिनाको लोकतान्त्रिक फोरम ले मिलेर पश्चिम तराई मा पनि पुर्वी तराई जस्तै नतिजा देखाउन सक्छ। सक्यो भने बल्ल तेस्रो कदम पहाडका जनजाति हुन। पहाडका जनजाति पर्खेर बसेका छन। पहिला तिमी हरु मधेसमा गरेर त देखाउ भन्ने छ। बरु फोरम र लोकतान्त्रिक फोरम ले अहिले को अहिले पार्टी एकीकरण गरिहाल्ने पो हो कि? २ नंबर प्रदेशमा त भइ पनि सक्यो। लोकतान्त्रिक फोरम का जिल्ला अध्यक्ष हरु धमाधम फोरम मा प्रवेश गर्दैछन।



Tuesday, June 09, 2015

उपेन्द्र यादव ले महन्थ ठाकुर लाई नेता मान्नु पर्छ


  • नेपाली काँग्रेस मा छँदा महन्थ ठाकुर राम वरण यादव भन्दा सीनियर मान्छे, एमाले र पछि माओवादीमा उपेन्द्र यादव जिल्ला स्तर बाट कहिले केन्द्र स्तरमा पुगेनन। 
  • उपेन्द्र यादव पढ़े लेखेको मान्छे तर महन्थ ठाकुर विद्वान मान्छे। 
  • महन्थ ठाकुर लाई नेता मानन राजेन्द्र महतो तयार। 
  • उपेन्द्र यादव लाई सह-अध्यक्ष अथवा उपाध्यक्ष मानन महन्थ ठाकुर तैयार। 
  • उपेन्द्र यादवको महत्त्व: अशोक राई लाई एकीकृत पार्टीमा ल्याउन सक्ने। 
  • उपेन्द्र यादव लाई पार्टी महाधिवेसनमा पार्टी अध्यक्ष पद का लागि उम्मेदवारी दिन पार्टी विधानले रोक्ने छैन। 
  • २८ दल लाई एक पार्टी बनाउने। अर्को के छ उपाय? 
  • एकीकृत पार्टी को नाम: संघीय लोकतान्त्रिक फोरम। चुनाव चिन्ह: सद्भावनाको ओरिजिनल पंजा छाप। झंडा पनि सद्भावनाको ओरिजिनल तीन रंगको। हिमाल पहाड़ तराई। 
  • एक मधेस एक प्रदेश भन्नेले एकीकृत पार्टी दिन सक्नुपर्यो जनता लाई। 

Thursday, June 04, 2015

उपेन्द्र यादव, अशोक राई

तीन पार्टी एक हुँदै, अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई

यदि यो समाचार सही हो भने धेरै राम्रो हो। सामाजिक न्यायको मुद्दा मात्र होइन, वाम मुद्दा पनि हो। Philosophy मिल्छ। मधेस अधिकार को संघर्षमा मधेसी अध्यक्ष भएको ७५ जिल्लामा संगठन भएको पार्टीको ठुलो महत्व हुनेछ। यस एकीकृत पार्टीको भविष्य राम्रो छ।

अब तमलोपा र सद्भावना पनि एक हुनुपर्यो।

उपेन्द्र र अशोक ले मिलेर एमाले सखाप पार्ने, हृदयेश र राजेंद्र मिलेर काँग्रेस सखाप पार्ने।

यो भुकम्प पछि काँग्रेस एमाले यति धेरै बदनाम भएका छन ---- चरमराएका रुख, अलिकति धक्का दियो भने ढल्छन्। The Mother Of All Anti-Incumbency Waves has been brewing.

दुबै जना पढ़े लेखेका बौद्धिक मानिस। पार्टी सञ्चालन को लामो इतिहास छ दुबै संग। सत्ता को अनुभव।

मधेसी जनजाति एकता जिन्दाबाद। वाम एकता जिन्दाबाद। तराई मा जुन ३३% पर्वते छन, ती मध्ये धेरै जनजाति पनि छन।

दगाबाजी गर्यो विजय ले सजाय पायो उपेन्द्र ले। अशोक मा विजय मा जस्तो चरित्रहीनता छैन।

ओलीसँग साँठगाँठ गर्नु, सत्तास्वार्थ मात्र होः उपेन्द्र यादव
यो भूकम्पभन्दा ठूलो विपत् आउनेवाला छ, यो देशमा । भूकम्पबाट चर्केका घरहरू, चिरा परेका जमिनहरू वर्षात्को समयमा आफैं ढल्छन् । पहिरो जान्छन् र त्यसबाट लाखौं मान्छे हताहती हुन्छन् । पहाडमा पहिरो गएपछि तराई मधेशमा गएर बालुवा थुप्रिन्छ र त्यहाँका जमिनहरू मरुभूमि बन्छन् । त्यतातिर सरकारको ध्यान छैन । को मन्त्री बन्ने, को प्रधानमन्त्री बन्ने, के के बन्ने कुरामा नै नेताहरूको ध्यान गएको छ जो अहिलेको प्राथमिकता होइन । केही दलको आफ्नो स्वार्थ, कुनै समूहको आफ्नो स्वार्थ, कुनै नेताको आफ्नो स्वार्थका कारण देश पुनः सत्ताको खेलतर्फ उन्मुख भइरहेको छ । ...... राष्ट्रिय सहमतिको सरकार गठन भयो भने हुने कामहरू पनि हुँदैन । सबै जनाले खान पाउँछन् तैं चूप मै चूप हुन्छ । प्रतिपक्षको भूमिका दह्रो हुँदैन । ..... अधिकांश नेताहरू त्यस्ता छन् जो कुरा बढी गर्छन् र काम कम गर्छन् । राति एउटा कुरा, बिहान अर्कै कुरा । ...... मैले हिजै (जेठ १८ गते) आफ्नो कुरा राख्दा अध्यक्ष प्रचण्डले म सरकारमा जाने पक्षमा छैन । मलाई पत्रपत्रिकाले बद्नाम गराएको हो । मैले कहिल्यै पनि भनिनँ कि गठबन्धनको पहिलो प्राथमिकता सरकार हो । जहिले पनि संविधान निर्माण, राहत, पुनःनिर्माण पहिलो प्राथमिकतामा राख्नुपर्छ भनी कुरा राखेको हुँ । नेपाली मिडियाले मलाई बद्नाम गराउने काम मात्र गरेको छ, भन्नुभयो । ....... फास्टट्रयाकबाट त कुनै पनि हालतमा संविधान बन्दैन । यो भन्नु नै गलत कुरा हो । अर्को कुरा, संविधान प्रधानमन्त्रीले बनाउने होइन, संविधानसभाले हो । सार्वभौमसत्ता सम्पन्न जनता हो, प्रधानमन्त्री होइन । त्यही सार्वभौमसत्ता सम्पन्न जनताको प्रतिनिधि हो संविधानसभा । ........ नेपालकै इतिहासमा अहिले जस्तो निकम्मा र कमजोर सरकार कहिल्यै थिएन । कमजोर मात्र होइन, कमिशनखोर र भ्रष्टहरूले चलाएको सरकार हो । र, यो कुरा पहिला पनि थाहा थियो सरकार गठन गर्ने बेलामा । कांग्रेस र एमालेका नेताहरू भ्रष्ट छन् । यो बेला यिनीहरूले राम्रोसँग सरकार चलाउन सकिंदैन भन्ने के एमाओवादीलाई थाहा थिएन । सबै कुरा थाहा पाएर पनि चूपचाप बसे । एमाओवादी प्रतिपक्षी दल हो भन्ने कुरा देखाएन । सत्ताधारी दल कमजोर त भयो नै त्यसमा प्रतिपक्षी दल पनि कमजोर भयो । ...... यहाँ अहिले नेताहरूले पहिला सरकार अनि संविधान भन्दा कुरा बिग्रेको हो । ....... अब राहत (खाद्यान्न) बाँड्ने काम लगभग अन्तिम हो । अब एउटा गुरुयोजना तयार गर्नुपर्छ । दीर्घकालीन र अल्पकालीन गुरुयोजना तयार गर्नुपर्छ । दीर्घकालीनमा के के गर्न सकिन्छ, त्यसमा कति बजेट लाग्छ, बजेट कहाँ कहाँबाट आउँछ, कुन कुन देशबाट सहयोग लिने, कस्तो कस्तो सहयोग लिने, सहयोग कसरी लिने लगायतका कुरा तय हुनुपर्छ । पुनर्वासका लागि रि–इन्जिनियरिङ गर्नुपर्छ अब परम्परागत पुनःनिर्माण गर्नुहुँदैन । अब देशको वातावरण, विश्वको बदलिंदो वातावरण, भविष्यमा आउने विपत्को सामना गर्न सक्ने लगायतका विषयमा गहन छलफल गरेर मात्र अगाडि बढ्नुपर्छ । अल्पकालीन योजनामा, अब मनसुन शुरु हुन लागेको छ । त्यसबाट बचाउनका लागि के के गर्न सकिन्छ । टहरा बनाएर हुन्छ कि सुरक्षित ठाउँमा सारेर हुन्छ कि के गरेर हुन्छ त्यो तत्कालै गर्नुपर्छ । विस्थापित र हराएकाहरूलाई खोज्ने, अपाङ्ग र घरवारविहीनलाई कसरी व्यवस्थापन गर्न सकिन्छ लगायतको विषयमा गहन छलफल गर्नु आवश्यक छ । ........ जस्तापाता बेचेर खाने, पाल बेचेर खाने, दालचामल बेचेर खाने, विदेशीले पठाएको पैसा बाँडीचुँडी खानेलाई विदेशीले पत्याउँदैन । ....... अहिले कस्तो षड्यन्त्र भइरहेको छ भने एकथरी समुदायलाई काठमाडौं भ्यालीमा बसाउने र भएका नेवारी जनजातिको बाहुल्यलाई तोडिदिने । तामाङहरूलाई तोडेर तराईमा लाने, अर्थात् जहाँ जसको बहुल्य रहेको छ त्यस बाहुल्यलाई तोडेर अर्को ठाउँमा लैजाने षड्यन्त्र भइरहेको छ । यो धेरै ठूलो षड्यन्त्र हो । यो संघीयतामाथिको प्रहार हो । जहाँ जसको बाहुल्य रहेको छ, त्यसलाई कमजोर गर्ने रणनीति पनि हुनसक्छ, यो पुनर्वासको ।