मधेस राज्य गठन भएको ५ बर्ष भित्र मधेस राज्य सरकारले हुलाकी राजमार्ग बनाइ सक्छ। भारत सरकारसँग सीधा संपर्क हुन्छ त्यस बारे। र महेन्द्र राजमार्गको नाम बदलेर त्यसलाई गजेन्द्र राजमार्ग नामाकरण गर्छ। अनि त्यो गजेन्द्र राजमार्ग र हुलाकी राजमार्गको मध्य भाग तिरबाट एउटा पुर्व पश्चिम रेल मार्गको निर्माण हुन्छ। त्यस रेल मार्गको नाम राजा जनक या गौतम बुद्धको नाममा राख्नु उपयुक्त हुन्छ।
The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Tuesday, January 27, 2015
Sunday, January 25, 2015
Saturday, January 24, 2015
प्रक्रिया नमानेको कसले हो?
नेपालमा जो चोर उसको ठुलो स्वर भइराखेको छ। जसले प्रक्रिया मानेको छैन त्यसले अर्को पक्षले प्रक्रिया नमानेको आरोप लगाइराखेको छ।
प्रक्रिया के हो? दुई तिहाई दुई तिहाई भन्नेहरुले दुई तिहाई के हो भन्ने नबुझेको देखियो।
दुई तिहाई होइन चार चौथाई कै आधारमा पनि यो सभाले देशमा वाक स्वतंत्रता खोस्न पाउँदैन। भने पछि त्यस्ता मुद्दा पनि रैछन जहाँ दुई तिहाई र चार चौथाईंको मतलब भएन। त्यस्ता मुद्दा के के हुन?
देशमा राजतन्त्र राख्ने कि नराख्ने भन्ने विषयमा यस सभाले कहिले कुनै छलफल गरेन। किन होला? किनभने देश गणतन्त्रमा जाने निर्णय २००६ को अप्रिल क्रांतिले गरिसकेको हुनाले। यो संविधान सभा पैदा गरेकै त्यो क्रांतिले हो। त्यो क्रांति माथि, यो संविधान सभा तल। २००६ अप्रिल क्रांतिको स्पिरिटलाई नमान्ने भन्ने option यो सभासँग छैन। त्यो प्रक्रिया हो। प्रक्रियामा जाने भनेको त्यो हो। अहिले आएर कसैले राजतन्त्रबारे छलफल गरौं भनेर भन्छ भने त्यसले प्रक्रिया मिच्न खोजेको भन्ने आरोप लाग्छ।
यस संविधान सभाको जननी मधेसी क्रांति पनि हो। संघीयता स्थापित गरेको मधेसी क्रांतिले नै हो। चाहेर पनि, इच्छा हुँदा हुँदै पनि कसैले पनि ठाडै संघीयताको विरोध गर्न नसकेको कारण त्यो हो। क्रांतिको आज्ञा कसरी नमान्ने?
२००६ को अप्रिल क्रांति र मधेसी क्रांतिले पैदा गरेको यो संविधान सभा। मधेसी क्रांतिले संविधानमा "स्वायत्त मधेश प्रदेश" लेखिसकेको हो। गणतंत्र पनि लेखि सकियो, धर्म निरपेक्षता पनि लेखि सकियो, लोकतंत्र पनि लेखि सकियो, संघीयता पनि लेखि सकियो, आत्म निर्णयको अधिकार पनि लेखि सकियो, "स्वायत्त मधेश प्रदेश" पनि लेखि सकियो। दुई तिहाईको बलमा "स्वायत्त मधेश प्रदेश" खोस्छु भन्नेहरुले दुई तिहाईको बलमा गणतंत्र, धर्म निरपेक्षता, र लोकतंत्र पनि खोस्ने प्रयास गरेर देखाउनु पर्यो।
स्वायत्त भनेको आत्म निर्णयको अधिकार हो। आत्म निर्णयको अधिकार बिनाको संघीयता भनेको वाक स्वतंत्रता बिनाको लोकतंत्र जस्तो: तातो न सारहो। मधेश प्रदेश भनेको झापाबाट चितवन समेट्दै कञ्चनपुरसम्म हो। त्यो संविधानमा लेखिसकेको कुरा। संविधानमा लेखि नसकिएको कुरामा बार्गेनिंग हुन्छ, लेखि सकेको कुरामा केको बार्गेनिंग हुन्छ?
यो संविधान सभाले २००६ को अप्रिल क्रांति र मधेसी क्रांतिको आज्ञालाई संस्थागत गर्ने मात्र हो। प्रक्रिया भनेको त्यो हो।
४३ लाख मधेसीलाई भोटर लिस्टबाट फालेर, चुनावमा नेपाल सेनाका मार्फत धाँधली गरेर निष्पक्ष चुनावमा साधारण बहुमत नल्याउने दुई पार्टीले दुई तिहाई ल्याएको अवस्था छ। त्यस दुई तिहाईको कुरामा पनि प्रक्रिया मानेका छैनन्। नेपाली काँग्रेसको आधिकारिक पार्टीगत अडान भनेको मधेसमा तीन प्रदेश हो। तर त्यो अडानलाई त्यस पार्टीका नेताले मिचेका छन। यानि कि आफ्नै पार्टीको आधिकारिक कुरा सुशील कोइरालाले मानेको छैन। प्रक्रिया नमानेको सुशीलले हो। तर त्यस पार्टीका ५० भन्दा बढ़ी मधेसी सांसदले प्रक्रिया मिचेर ल्याएको सात प्रदेशको नक्शाको विरोध गरेका छन। त्यस्तै एमालेका १५ थारु सांसदले त्यस नक्शाको विरोध गरेका छन। भने पछि त्यो नक्शासँग दुई तिहाई छैन त। यो साधारण संसद हो र व्हिप जारी हुने? यो त संविधान सभा हो। यसमा व्हिप जारी हुँदैन। बरु सुशील पार्टी सभापति हुँदा हुँदै पार्टीको आधिकारिक अडान लत्याएको आरोपमा काँग्रेसले महाधिवेशन डाकेर सुशीललाई impeach गर्ने हो। प्रक्रिया त्यो हो।
आफ्नो पार्टीको प्रक्रिया मिचेर कहिले ५ प्रदेश त कहिले ४ प्रदेश भन्दै हिंड्ने केपी ओलीलाई त impeach गरेर पुग्दैन, घोक्रेठयाक लगाएर युपी बिहार तिर पुर्याउनु पर्छ।
Sunday, January 18, 2015
मंडले/कमण्डले, कंस सिटौला, वामे/प्रतिगामे
कमल थापाले २००६ को अप्रिल क्रांतिका दौरान १९ जना शहीद पैदा गरेको हो।
कंस सिटौलाले मधेसी क्रांतिका दौरान लगभग ५० शहीद पैदा गरेको हो। लोकतान्त्रिक क्रांतिभन्दा संघीयताको क्रांति अझ गार्हो, अझ जटिल भन्ने कुरा त्यसैबाट थाहा हुन्छ। मधेशकालागि पंचायत व्यवस्था अर्थात राजाको तानाशाही र नेपाली काँग्रेसको जातीय तानाशाहीमा केही फरक देखिएन।
देशमा कुनै क्रांति भइ नसक्दा नै वामेले दुई शहीद पैदा गरिसकेको अवस्था छ।
मंडले/कमण्डले, कंस सिटौला, वामे/प्रतिगामे --- सब एकै डयांगका मुला हुन। अब हुने क्रांतिले ती सबैलाई बढ़ारेर फाल्ने हो।

Thursday, January 15, 2015
समझौता विहीन क्रान्तिको निष्कर्ष
- वर्तमान सरकारको विघटन
- संविधान सभाको विघटन
- पदम् रत्न तुलाधरको नेतृत्वमा नया अंतरिम सरकारको निर्माण
- त्यस अंतरिम सरकारमा क्रांतिकारी शक्तिहरुको मात्र सहभागिता
- अंतरिम सरकारको नेतृत्वमा एक वर्षभित्रमा दुई वर्ष म्याद भएको संविधान सभाको निष्पक्ष निर्वाचन
- त्यो निर्वाचन अगाडि सबै नेपालीलाई मतदाता नामावलीमा समावेश गर्ने, सबैलाई (बाँकी रहेका ४३ लाख) नागरिकता पत्र वितरण
- निष्पक्ष र समावेशी निर्वाचनकालागि अंतरिम संविधानमा आवश्यक संसोधन क्रांतिकारी सरकारले गर्ने
- क्रांतिका दौरान शांतिपूर्ण ढंगले क्रांतिमा उतरेका क्रांतिकारीमाथि यदि दमन भएमा अंतरिम सरकारले नेपाल प्रहरीका पदाधिकारी र अहिलेको गृह मन्त्रीलाई कारवाही गर्ने ----- क्रांति अंतरिम संविधान द्वारा प्रदान मानव अधिकारको दायरा भित्र हुँदैछ --- मानव अधिकार हनन गर्ने, शांतिपूर्ण क्रांतिमाथि दमन गर्ने अधिकार नेपाल प्रहरीलाई छैन, गृह मन्त्रीलाई छैन। खबरदार। सेनाको यदि परिचालन गरिन्छ भने अहिले सत्तामा बसेकालाई हेग पुर्याउने।
- संविधान सभाबाट बन्ने सरकारले नेपाल सेनाको रिस्ट्रक्चरिंग, लोकतांत्रिकरण र समावेशीकरणको काम शुरू गर्ने, सिविलियन सुप्रीमसी स्थापित गर्ने
समझौता विहीन क्रान्ति भनेको यो सरकार र यो संविधान सभाको विगठनको घोषणा नभएसम्म र नया अंतरिम सरकारको घोषणा नभएसम्म पुरा देश ठप्प रहने हो। लक्ष्य एक जना पनि शहीद पैदा नगर्नु हो। मानव अधिकार स्थापित भइसकेको देशमा क्रांति गर्दा शहीद पैदा हुँदैन।
नेपाल एकीकरण गरेको राजा जनकले हो
नेपाल एकीकरण कसले गर्यो भनेर अहिले नेपालमा ठुलो वादविवादको आँधीबेहरी आएको छ। पृथ्वी नारायण शाह त हुँदै होइन। उपेन्द्र यादव भन्छन यो नेपाल देश स्थापना गरेको त हामी यादवहरुले हो। त्यति बेलाको गोपालवंशी भनेको अहिलेको यादवहरु नै हो। लालु यादवले भैंस चराएको त्यो गोपालवंशी भएर नै हो। बाबा रामदेव पनि गोपालवंशी नै हो, योगको बलले सिक्स पैक आर्जन गरेको योगी। पृथ्वी नारायण त भर्खर केही सय वर्ष अगाडि पैदा भएको मान्छे। भारतबाट भागेर आएको भगौड़ा। चक्कु चलाउने मान्छे।
तर उपेन्द्र यादवको कुरा पनि सही होइन। त्यो गोपालवंशको उदय हुनुभन्दा धेरै पहिले राजा जनकले हिमालय देखि गंगा सम्म राज गरेका थिए। त्यस भुभागको छ भागको एक भाग पनि पृथ्वीले हात पार्न सकेका थिएनन्। र राजा जनक र पृथ्वीमा आकाश पातालको फरक थियो। कहाँ राजा जनक स्कॉलर किंग कहाँ पृथ्वी चक्कु चलाउने मान्छे। तुलनै छैन।
नेपाल एकीकरण गरेको राजा जनकले हो। मधेसीले त्यसैले काठमाण्डुमाथि शाषण गर्नुपर्छ।

वामे, प्रतिगामे, झाले, नाले, माले, मंडले, कमण्डले
एक जमानाको नंबर एक मण्डले कमल थापा अहिले कमण्डले बन्ने प्रयासमा छ। त्यो पापी मान्छेले जति पटक हिन्दु धर्मको कुरा गर्छ देशको राजनीति त्यति बढ़ी गन्हाउँछ। पापी मानिसले हिन्दु धर्मको कुरै नगर्ने हो। राजतन्त्रको बरु कुरा गर। राजतंत्र फर्काउने अभियानमा लागेको भन। हिन्दु धर्मको कुरा नगर।
वामे, प्रतिगामे, झाले, नाले, माले, मंडले, कमण्डले सब एकै हुन।
सांस्कृतिक विविधताको धन र अमेज़न जंगलको जैविक विविधताको धन
राजनीतिमा समावेशी समावेशी जुन भनिन्छ त्यसको गहन महत्व छ। नेपालको जल सम्पदा धन हो। मोदीले त भनेका छन, त्यस जल सम्पदा मात्रले पनि नेपाललाई First World Country बनाइदिन सक्छ। सही कुरा। नेपालमा रहेको जैविक विविधता पनि त्यस्तै धन हो। बिल गेट्स भन्छन, यदि उनले आज शुरू गर्ने हो भने उनले सॉफ्टवेयर कम्पनी शुरू नगर्ने, बायोटेक कम्पनी शुरू गर्ने।
नेपालको जल सम्पदालाई ब्राज़ीलको जल सम्पदासँग तुलना गरिन्छ। अर्को तुलना गर्नेपर्ने जैविक विविधताको रुपमा रहेको सम्पदा पनि हो। ब्राज़िलको अमेज़न जंगल भनेको जैविक विविधतामा नंबर वन। त्यो जंगल फँडानी गरेर खेतिपाती गरेर पैसा कमाउनु भन्दा त्यो जंगल कायम राखेर त्यस बाट बायोटेक कम्पनीहरु शुरू गर्नु आर्थिक फाइदाको हिसाबले आकाश पातालको फरक। सिन्धुलीमा धान खेती गरेर बढ़ी पैसा कमाउन सकिन्छ कि त्यहाँ सॉफ्टवेयरको हब बनाएर बढ़ी पैसा आउने हो? तुलनै छैन। सॉफ्टवेयर हबले तिर्ने टैक्स मात्रको हिसाब गर्ने हो भने हजार, दस हजार गुणाको फरक पर्छ।
नेपालमा जल सम्पदाको विकास त हुनुपर्छ तर जैविक विविधता मास्ने किसिमले होइन। नेपालको जैविक विविधताले भोलि नेपालमा एउटा ठुलो बायोटेक इंडस्ट्री खड़ा गर्ने हो। त्यसको संभावना ख़तम पार्नु मुर्खता हुनेछ।
नेपालमा रहेको सांस्कृतिक विविधताको पनि नेपालमा रहेको जैविक विविधता जस्तै आर्थिक महत्त्व छ। नेपालभित्र सबैभन्दा धनी संस्कृतिहरु मध्येका नेवारी र मैथिलि संस्कृति पर्दछन्। ५०० वर्षअगाडि एउटा समय थियो जति बेला काठमाण्डुमा मल्ल राजाको दरबारमा दरबारको औपचारिक भाषा नै मैथिलि थियो। अहिलेका शासकले सप्तरीमा सुद्धा सरकारी कामकाजको भाषा मैथिली हुन दिएका छैनन्। र त्यो मैथिली संस्कृति थिचोमिचो गर्ने व्यवस्थाको संस्थापक पृथ्वी नारायण शाह हो, त्यसको आधुनिक संस्थापक महेन्द्र शाह हो। त्यो पृथ्वीलाई राष्ट्रनिर्माता भन्दिने, त्यो महेन्द्रलाई राष्ट्रीयताको प्रतीक मानने जति सबैलाई शंकाको दृष्टिले हेर्नु पर्ने हुन्छ।
इतिहासमा त्यस्ता शासक पनि देखिए जिनले नालंदाको पुस्तकालय जलाए, अलेक्सांद्रियाको पुस्तकालय जलाए। पृथ्वी नारायण त्यस केटेगरीका मानिस हुन। नाक कान काट्दै हिँड्ने मान्छे। Barbaric मान्छे। सामन्ती मान्छे। उसले भनेको "चार जात छत्तीस वर्ण" मा गैर हिंदुकालागि ठाउँ छैन। त्यो आधुनिक नेपालको हविगत हुन सक्दैन। महेंद्र त्यसै पृथ्वीका सन्तान हुन। वामे त्यो महेन्द्रको पुजा आज गर्छ। सामन्तीको पुजा गर्ने मान्छे पनि कम्युनिष्ट हुन्छ?
सांस्कृतिक विविधताको धन र अमेज़न जंगलको जैविक विविधताको धन बीचको सम्बन्ध नबुझ्नेले नेपालको संघीयताको बहसमा कुनै योगदान पुर्याउन सक्दैन।

नभएको दुई तिहाई
काँग्रेस र एमालेसँग संविधान सभाभित्र दुई तिहाई नभएको अवस्थामा हामी दुई तिहाईको बलमा संविधान ल्याउँछौं भनेर सुगा रट गर्ने जुन व्यवहार छ त्यो उदेकलाग्दो छ। काँग्रेसका ५० भन्दा बढ़ी मधेसी सांसद, एमालेका १५ बढ़ी थारु सांसदले स्पष्ट मत प्रकट गरेका छन ---- दुई पार्टीका टाउकेहरुको सात प्रदेशको जुन अवैज्ञानिक नक्शा छ त्यो हामी कुनै हालतमा मान्दैनौं भनेर पटक पटक भनेका छन। यो संसद हो र? यो त सम्विधान सभा हो। यसमा व्हिप लाग्दैन। प्रत्येक सभासद्ले विवेक प्रयोग गर्ने हो।
सहमतिमा जान्न, दुई तिहाईमा जान्छु भन्ने सुशील र केपीले त्यो दुई तिहाई देखाउने हो। सहमति पनि नगर्ने, दुई तिहाई पनि देखाउन नसक्ने, अनि माघ ८ माघ ८ भन्दै बस्ने?
पहिलो पटक प्रधान मंत्री हुँदा गिरिजाले बजट पास गराउन नसक्दा मध्यावधिमा गा जस्तो माघ ८ भित्र सम्विधान दिन्छु भनेर वाचा गरेको सुशील र केपीले माघ ८ भित्र संविधान दिन नसकेको अवस्थामा राजीनामा दिएर संविधान सभाको नया निर्वाचन गराउने बेला आउन लागेको छ।
नभएको दुई तिहाईको धाक नलगाउने हो।

नेपाल गरीब भएकै एकात्मक व्यवस्थाले हो
देशले संघीयता धान्न सक्दैन भनेर सुशील कोइराला पनि भन्छ, राम शरण महत पनि भन्छ, केपी ओली महान अर्थविद् Economics मा नोबेल पुरस्कार पाएको मान्छे पनि त्यही भन्छ। यो भन्नुपर्ने भन्दा ठयाक्क उल्टो कुरो हो। नेपाल अफ्रिका महादेशबाहिरको सबैभन्दा गरीब देश। त्यो गरीबीको कारण नै एकात्मक व्यवस्था हो। एकात्मक व्यवस्थाले गरीबी ल्याउँछ, जातीय र लैंगिक विभेदले देशलाई गरीब बनाउँछ। मैले त्यसो भन्नुको प्रमाण के? प्रमाण नेपाल हो। देश गरीब छ। अर्को के प्रमाण खोजेको तपाईंले?
नेपाल गरीब भएकै एकात्मक व्यवस्थाले हो। नेपाललाई धनी देश बनाउनु छ भने संघीयतामा जानै पर्छ। होइन यदि गरीबी कायम राख्ने हो भने एकात्मक व्यवस्था पनि ठीकै हो। संघीयताको खासै आवश्यकता छैन।
नेपाल गरीब भएकै एकात्मक व्यवस्थाले हो। नेपाललाई धनी देश बनाउनु छ भने संघीयतामा जानै पर्छ। होइन यदि गरीबी कायम राख्ने हो भने एकात्मक व्यवस्था पनि ठीकै हो। संघीयताको खासै आवश्यकता छैन।
एउटा अन्तिम निर्णायक क्रान्ति गर्नुपर्ने कारण: अरु १४,००० नेपाली नमरून भन्ने हो
गृह युद्धमा फँसेको देश शांति प्रक्रियामा केही वर्ष आएर पुनः गृह युद्धमा फर्केको थुप्रै थुप्रै उदहारण विश्वको समसामयिक राजनीतिमा देख्न सकिन्छ। नेपालमा त्यो हुन दिनुहुन्न। १४,००० नेपाली जुन मरे त्यो नै मर्नुपर्ने भन्दा १४,००० बढ़ी हो। देशलाई पुनः गृह युद्धतिर धकेल्ने जुन चेष्टा काँग्रेस र एमालेका बाहुनहरुले गर्दैछन् त्यो प्रयासलाई विफल पार्न पनि एउटा अन्तिम निर्णायक अहिंसात्मक क्रान्तिको आवश्यकता रहेको छ। नेपालमा शहीद होइन अब सम्वाद र सहमति चाहियो, गृह युद्ध होइन शान्ति, विकास र प्रगति चाहियो। यो देश बाहुन क्षेत्रीको मात्र होइन, पर्वतेको मात्र होइन, धनीको मात्र होइन, पुरुषको मात्र होइन, सबैको हो भन्ने सन्देश दिने किसिमको सम्विधान चाहियो।
माओवादी अब चाहेर पनि जंगल जान सक्दैनन् त्यसैले तिनलाई सकेसम्म पेल्नु पर्छ भनेर काँग्रेस र एमालेका हर्ताकर्ता बाहुनहरुले privately भन्ने गरेको सुनिन्छ। त्यो गैरजिम्मेवारीको पराकाष्टा हो।
प्रक्रियामा नगएको काँग्रेस र एमालेका बाहुनहरु हो। मधेसी क्रान्तिसँग गिरिजाले सम्झौता गरेर अन्तरिम संविधानमा "स्वायत्त मधेश प्रदेश" राखिसकेपछि अहिले आएर कुनै ऐरे गैरे नत्थु खैरेले म त्यो मान्दिन भन्नु प्रक्रिया नमान्नु हो। स्वायत्त भनेको आत्म निर्णयको अधिकार हो। मधेश प्रदेश भनेको झापा देखि चितवन हुँदै कंचनपुरसम्म हो। उहिलेका कुरा खुइले भन्ने हो भने मधेशले पनि हामी १८१६ र १८६० मान्दैनौं भन्नुपर्ने हुन्छ। अनि न संघीयताको झंझट हुन्छ न जनमत संग्रहको झंझट हुन्छ। काँग्रेस र एमालेका बाहुनहरुले चाहेको त्यो हो?
एउटा अन्तिम निर्णायक क्रान्ति गर्नुपर्ने कारण अरु १४,००० नेपाली नमरून भन्ने हो। देशलाई शान्ति प्रक्रियामा कायम रखिराख्न पनि एउटा अंतिम निर्णायक क्रांतिको आवश्यकता देखिएको हो।

Related articles
मधेशका भुमिहिन र मधेसी कम्युनिष्टहरु
मधेशमा वर्गीय विभेद नभएको होइन। मधेसमा लैंगिक विभेद नरहेको होइन। छ। र तिनको अलि अलि मात्र होइन जोड़दाड़ विरोध नै हुनुपर्छ।
तर नेपाल जस्तो गरीब, अशिक्षित र कृषिप्रधान देशमा कुनै पनि परिवारकालागि वर्गीय विभेदको सबैभन्दा भयानक रूप हो भूमिहीनता। मधेशमा भूमिहीनता पहाड़मा भन्दा कैयौं गुणा बढ़ी छ। साक्षर मानिस, पढेलेखेको मानिस भूमिहीन छ भने पनि उसले जागीर खाएर परिवार धान्न सक्छ। तर कोही नेपाली भूमिहीन पनि छ, निरक्षर पनि छ र उसँग नागरिकता प्रमाणपत्र पनि छैन त उसको अवस्था बड़ो दर्दनाक पो हुन्छ त। गरीबीको रेखा त्यस्तो परिवारकालागि कंक्रीटको छत जस्तो हुन्छ, पड्काउनकालागि माओवादीको डायनामाइट नै चाहिने।
मधेशका अधिकांश मानिस जो भूमिहीन पनि छन, निरक्षर पनि छन र जोसँग नागरिकता प्रमाणपत्र पनि छैन --- तिनलाई विभेदमा पारेको मधेशका ५-१० बिघा जग्गा भएका अन्तर्राष्ट्रिय गरीबहरुले होइन। त्यो चरम विभेदको कारक तत्व पृथ्वी नारायण शाह र महेन्द्र शाहका अवैध सन्तानहरु केपी ओली, वामदेव गौतम, माधव नेपाल, झाले नाले हरु हुन। गरीब मधेसी परिवारको सदस्य भएकै कारणले ती केपी-वामे-झाले-नाले-माधवको चाकरी चापलुसी गर्ने मधेसीहरुलाई कम्युनिष्ट होइन नोकरचाकर (slave) भन्नुपर्ने हुन्छ। त्यो slave mentality बाट मुक्ति पाउनु बड़ो जरुरी छ। त्यो मुक्ति बिना वर्गीय संघर्ष पनि संभव छैन र उद्धार पनि संभव छैन।
मधेशका भुमिहिन र मधेसी कम्युनिष्टहरु बीच ठुलो खाडल छ। मधेश स्वराज बाट मात्र मधेशका गरीब अर्ध गरीब सबैको कल्याण हुन्छ।
मधेशका भूमिहीनलाई जग्गा नबाँड्ने तर बर्मा, आसाम, भुटान बाट आएकालाई वन कटानी गर्दै जग्गा बाँड्ने महेन्द्र शाहको वामदेवले पुजा गर्छ। त्यो सामन्ती महेन्द्रको पुजा किन गरेको भनेर एमालेका सबै कार्यकर्ताले वामेलाई सोध्ने बेला आइसकेको छ। पहाडबाट झापा झरेको सुकुम्बासी केपी ओलीले जग्गा पाउने, त्यहींको लोकल मुसहर दुसादले नपाउने व्यवस्था कायम गर्नेहरु कम्युनिष्ट होइन शोषक हुन।
४३ लाख मधेसीसँग आज पनि नागरिकता प्रमाण पत्र छैन ---- तर वामे नागरिकता प्रमाण पत्र नभएको एक जना पनि छैन भन्छ। त्यो त शोषकको भाषा भो। त्यस्तो मान्छेको पछि लाग्ने मधेसी कम्युनिष्ट हुँदै होइन।
त्यो ४३ लाख मधेसीलाई मतदाता नामावलीबाट फालेको माधवले हो। कंक्रीटको छतमाथि एक दुई layer कंक्रीट थप्ने काम माधव नेपालले गरेको छ।
नेकपा एमाले भनेको कम्युनिष्ट पार्टी हुँदै होइन ----- यो एउटा racist पार्टी हो। देशमा विद्यमान जातीय शोषण कायम राख्न जे पनि गर्न तयार पार्टी हो। एमाले भनेको नेकपा (माफियावादी), नेकपा (मधेशविरोधी), नेकपा (जनजातिविरोधी), नेकपा (देशमा विद्यमान जातीय शोषण कायम राख्न जे पनि गर्न तयार पार्टी) हो।
केपी ओली एउटा असक्षम मान्छे हो। त्यो वामे अनपढ़ गँवार औंठा छाप, ह्रितिक रोशन riot को मास्टरमाइंड गरेको चुतिया। झाले नाले माले मंडले माधव सब एउटै स्कुल पढेका racist mindset का मानिस हुन।
मधेशबाट एमालेलाई पुर्ण रुपले नधपाए सम्म मधेसमा वर्गीय मुक्ति संभव छैन।
Related articles
Wednesday, January 14, 2015
शेर बहादुर देउवा हाउड़े मान्छे रैछन्
२०४७ कै संविधानमा फिर्ता जाऊँ भन्ने विचार पोखेका शेर बहादुर देउवा देउडा डांस गर्ने हाउड़े मान्छे रैछन्।
देश समझौताविहीन निर्णायक अन्तिम क्रान्तितर्फ अग्रसर
४३ लाख मधेसीलाई मतदाता नियमावलीबाट फालेर, नेपाल सेनाको बलमा धाँधली गरेर ल्याएको काँग्रेस र एमालेको दुई तिहाइ, त्यो अवैध दुई तिहाई ---- निष्पक्ष निर्वाचन गर्ने हो भने साधारण बहुमतमा पनि नपुग्ने यी दुई शक्ति --- त्यो दुई तिहाई मा पनि मधेसका ५० सांसद समर्थनमा छैनन् भने ---- आफैले दावी गरेको दुई तिहाई नभएको बेलामा मधेसीप्राति जातीय घृणा बोकेको केपी ओलीले भनेको दुई तिहाइ --- त्यो दुई तिहाई होइन बल मिचाइ हो ---- बल मिचाइको प्रयास गर्ने भनेको हो।
२००६ को अप्रिल क्रांतिले राजासँग सम्झौता गरेन। अब हुने क्रान्ति त्योभन्दा भीषण हुन्छ। देशमा एउटा नया क्रांतिकारी सरकारको स्थापना हुन्छ। यो अवैध सम्विधान सभा फालिन्छ। सबै नेपालीलाई मतदाता नामावलीमा समेटने नया निर्वाचन हुन्छ। त्यो नया सम्विधान सभाले एक वर्षभित्र देशलाई चाहिने, सबैलाई समेटने नया सम्विधान जारी गर्छ। नया क्रांतिकारी सरकारको अगुवाई पद्म रत्न तुलाधरले गर्नेछन्। मधेसी र जनजातिको एकताले देशमा तख्तापलट हुन्छ। मधेसी र जनजातिले अधिकार मात्र पाउने होइन कि अब एक पीढ़िकालागि केंद्र सरकारमाथि कब्जा जमाउने हो।
देश समझौताविहीन निर्णायक अन्तिम क्रान्तितर्फ अग्रसर भइ सकेको छ।
नेपाल देश पृथ्वी नारायण शाहले एकीकरण गरेको होइन। जुन देश अहिलेसम्म कहिले एकीकरण भएकै छैन, त्यो देश कसले एकीकरण गर्यो कसले एकीकरण गरेन भन्ने प्रश्न नै उठ्दैन। अब हुने समझौताविहीन निर्णायक अन्तिम क्रान्तिबाट पैदा हुने सम्विधान सभाले नेपाल देशको पहिलो पटक एकीकरण गर्ने छ। पृथ्वी नारायण शाहले नेपाल एकीकरण गरेको होइन। पृथ्वी नारायण शाहले नाक कान काटेका मान्छेहरुको सन्तान पद्म रत्न तुलाधरको नेतृत्वमा बरु नेपाल देशको पहिलो पटक एकीकरण हुन्छ।
पृथ्वी नारायण शाह हीरो मान्छे कसरी हो? पृथ्वी नारायण शाहको समयमा नेपाल र अमेरिकाको अर्थतन्त्र उस्तै उस्तै थियो। अहिले कहाँ अमेरिका कहाँ नेपाल! पृथ्वी नारायण शाह हीरो होइन, भिलेन मान्छे हो। पृथ्वी नारायण शाह र महेन्द्र शाह दुबै भिलेन। ती दुई जनाले परिकल्पना गरेको नेपालमा मधेसीको लागि ठाउँ नै थिएन। मधेसी र जनजाति दुबैका लागि पृथ्वी नारायण शाह पनि भिलेन, महेन्द्र शाह पनि भिलेन। पृथ्वी नारायण शाह र महेन्द्र शाहको आजको मितिमा आएर पुजा गर्ने केपी ओली र वामदेव चोर उचक्का। वामदेव निकट भविष्यको कमल थापा हो। यो मान्छे चाँडै नै नेपालको राजनीतिमा irrelevant हुन लागेको मान्छे हो। क्रांति माथि ज्यादती गरोस् त यो वामे हेग पुग्छ।

Sunday, January 11, 2015
भिट्ठामोड
भारतबाट रोडको बाटो जनकपुर आउँदा भारतको अन्तिम शहर भिट्ठामोड हो। त्यहाँको बोर्डर क्रस गर्ने ठाउँमा एक दिन एउटा मान्छे साईकलमा आएको देखियो। त्यो साइकलको पछाडिको सीटमा परालको ठुलो चांग थियो। जाबो पराल भनेर चेक गरिएन। भोलि पल्ट त्यही दृश्य देखियो। पराल त हो भनेर चेक गरिएन। तर त्यही दृश्य लगातार ८-१० दिन देखेपछि प्रहरीलाई शंका लाग्यो। अर्को दिन जब त्यो मान्छे त्यसै गरी साइकलमा आयो, पछाडिको सीटमा पराल थियो, प्रहरीले चेक गर्यो। परालभित्र केही छ कि भन्ने शंका। पराल खोतल खातल गरे, केही पनि भेटिएन। भोलि पल्ट फेरि त्यही दृश्य, फेरि चेक गरियो, केही छैन त। केही हप्तापछि त्यो मान्छे आउन छोड़्यो। त्यहाँ खटेका जति सबै प्रहरीलाई बड़ो अनौठो लाग्यो। बड़ो रहस्यमय।
एक दिन हम जाएगा त्यही बाटो हुँदै नेपाल पस्ने क्रममा रहेछ। सबैले मिलेर उसलाई सोधे। हम जाएगाले भन्यो, "तपाईंहरुले कस्तो नबुझेको? उसलाई २०-३० वटा साइकल टैक्स नतिरि छिराउनु थियो, छिरायो।"
अहिलेको संविधान निर्माण भिट्ठामोड जस्तो छ। संघीयताको बहस वास्तवमा पराल हो। हुनुपर्ने सबैभन्दा महत्वपुर्ण power devolution भनेको काठमाण्डुबाट संघीय राज्यहरुलाई होइन। हुनुपर्ने सबैभन्दा महत्वपुर्ण power devolution भनेको राजनीतिक पार्टी र तिनका नेताबाट आम जनतालाई हो। त्यसबारे सबै पार्टी मौन देखिन्छन्।

7 Regions In One Madhesh State
Kailali (combining the current districts of Kailali and Kanchanpur): Capital Mahendranagar
Tharuhat: Capital Nepalgunj
Awadh: Capital Bhairahawa
Chitwan (the current district by that name): Capital Narayanghat
Bhojpura: Capital Birgunj
Mithila: Capital Janakpur
Kochila: Capital Biratnagar
State Capital: Narayanghat (as a goodwill gesture to the 40% Parvates in the Terai, also because it is the geographic center of the Terai, also for its good climate, and the limitless supply of drinking water from the Narayani, to build the top city in all of Nepal, to make it a software hub)
Political implications: Kailali, Chitwan and Kochila will likely have Parvate regional chiefs, and that is okay. The state capital will be in Narayanghat. When you get rid of the current district boundaries, having seven regions in the state will be more efficient than having only two, or four.
There will be right to self determination. That is unavoidable. Just like you can not imagine a democracy where the state is not secular, the cutting edge kind of federalism necessarily has a right to self determination. That is like saying sovereignty rests with the people, as it does.
But if you keep Kailali, Chitwan and Kochila as part of the Madehsh state, you are looking at a Madhesh state where the Parvates are 40% of the state population, and likely more and more Parvates will descend south in search of greener pastures. Unless that Madhesh state legislature has a 50% support for a referendum, there will not be a referendum on the separate country question. So having Kailali, Chitwan and Kochila as part of the Madhesh state is what people who profess they want to keep Nepal intact as one country should want. But they want the opposite! They want to take these sections out of the Madhesh state, which will make a breakup of the country more likely.
मधेसी मोर्चा, मातृका-जेपी र सीके राउत
मधेसी आंदोलनको अहिंसात्मक बाटोमा हिंडेका राजनीतिक शक्तिहरुका तीन धार देखिएका छन: मधेसी मोर्चा, मातृका-जेपी र सीके राउत। हिंसाको बाटोमा हिंडेका शक्तिहरुले अहिलेसम्म कुनै उल्लेख्य presence पाएका छैनन्। त्यो राम्रो हो। हिंसा गलत मात्र होइन अनावश्यक पनि हो। मधेसी आंदोलनको अहिंसात्मक बाटो एक मात्र legitimate बाटो मात्र होइन कि प्रशस्त बाटो पनि हो।
नेपालका मधेसीले श्री लंकाका तामिल जस्तो बन्दुक उठाउने होइन कि श्री लंकाका तामिलले नेपालका मधेसीले जस्तो आत्म निर्णयको अधिकार सहितको तामिल राज्य लिने हो। श्री लंकाका तामिल, मुस्लिम र क्रिस्चियन मिलेर राजपक्षलाई धपाउन भ्याए --- जब कि तिनीहरु ३०% मात्र छन। नेपालमा मधेसी मात्र ३५% छन। मधेसी एकता कायम गर्न सकेको खण्डमा मधेसीले मधेश राज्यमा मात्र होइन काठमाण्डु माथि नै पनि शासन गर्छ। मलाई चाहिएको त्यही हो। मलाई काठमाण्डु माथि मधेसीको शासन चाहिएको हो। मधेसी र जनजाति मिलेको खण्डमा त तख्तापलट नै हुन्छ। काँग्रेस र एमालेको संघीयताको बारेको लिंडे ढिपीले त्यो polarization अझ बढ़ी संभव बनाउँदै गएको छ।
मधेसी मोर्चाको संविधान सभामा रोल छ ---- तर मातृका-जेपी र सीके राउतलाई संविधान सभाको मतलब हुने कुरा भएन। संविधान सभा मार्फत मधेसीलाई समानता दिलाउन सकिन्छ भन्ने मधेसी मोर्चा र एमाओवादीको कथनी हो। ठीक छ, गरेर देखाउ भनेर मातृका-जेपी र सीके राउतले भनेका छन। तर गर्न नसकेको खण्डमा हामी त्यो संविधान सभाको जरो उखेलेर फाल्दिन्छौं भनेर मातृका-जेपी र सीके राउतले भनेका छन।
पद्म रत्न तुलाधर को नेतृत्वमा जनजाति खेमा तयार बसेको छ। मधेसी क्रांति मधेसमा भयो। अब हुने क्रांति मधेसमा सीमित रहँदैन। काठमाण्डु उपत्यका पनि ठप्प हुने हो। पहाड हिमाल पनि ठप्प हुने हो। नेपालको राजनीतिमा तख्तापलट हुन्छ।
२००६ मा जे मैले मानें त्यो कुरा सबै म फिर्ता लिन्छु मलाई मेरो नारायणहिटी फिर्ता देउ भनेर ज्ञानेन्द्रले नभनेको अवस्था छ। स्वायत्त मधेश राज्य मधेसी क्रांतिले कमाइ सकेको कुरा हो। अहिले आएर त्यो मान्दैनौं भनेर कसैले भन्छ भने त्यो राज्य यन्त्र सँग समझौता गर्नु नै गल्ती थियो भन्ने निष्कर्षमा पुग्नु पर्ने हुन्छ। अब एउटा अन्तिम पटक समझौता विहीन क्रांति गरौं भनेर भन्नु पर्ने हुन्छ। जुन कि पद्म रत्न र जेपी भन्दैछन्।
समझौता विहीन क्रांति भनेको यो सरकार र यो संविधान सभा फाल्ने हो। एउटा नया क्रांतिकारी सरकारको स्थापना हुन्छ। शायद त्यो पद्म रत्न तुलाधरको नेतृत्वमा होला। एउटा नया अंतरिम संविधान जारी हुन्छ। एउटा नया निष्पक्ष निर्वाचन हुन्छ। नेपाल सेनाले चुनावको बक्शा आफु ख़ुशी गर्ने किसिमको चुनाव हुँदैन। नया संविधान एक वर्ष भित्र जारी हुन्छ। त्यो जारी नहुँदासम्म नेतृत्व पद्म रत्न तुलाधरको हातमा रहन्छ।
चितवन मधेश हो। भित्री मधेश भनेको के? चितवनलाई कसैले तल्लो पहाड़ भनेर भनेको छ? पर्वतेहरु पर्याप्त मात्रामा आएर बसदिए समथर भुमि पनि उबरखाबर भइ जाने त होइन। मधेश पनि मधेश हो, भित्री मधेश पनि मधेश हो। संघीय मधेशमा पर्वतेको मुख्य मंत्री मधेसी हुन्छ त। त्यहाँ समस्या के पर्यो?
एक मधेश एक प्रदेश भनेको भौगोलिक संघीयता भन्नेहरुकालागि उपहार हो, फुलको गुच्छा जस्तो हो। ख़ुशी किन नभएको तिनीहरु?

Friday, January 09, 2015
केपीले संघीयता नबुझेको ताजा प्रमाण
हिजो मैले एउटा पत्रिकामा पढ़ें ---- झापा, मोरंग, सुनसरी, कैलाली, कंचनपुर जिल्लालाई मधेश राज्यबाट उछिट्याउनु पर्ने कारण के रहेछ केपी ओलीको भन्ने सवालमा लेख थियो। ओलीको तर्क रहेछ ---- मध्य पहाडका मानिसकालागि काठमाण्डु र पोखरा छ, तर सुदुर पुर्व र सुदुर पश्चिमका पहाडका मानिसकालागि त्यस्तो कुनै शहर पहाड़ी क्षेत्रमा नभएकोले झापा, मोरंग, सुनसरी, कैलाली, कंचनपुरलाई पहाड़ी राज्यहरुमा मिसाउनुपर्ने तर्क रहेछ केपी बाजेको। कस्तो अचम्मको तर्क! बेतुक। अनपढ़ गँवार सोंच। केपीले संघीयता के हो भन्ने नै नबुझेको प्रसस्त प्रमाण छ। यो चाहिं ताजा हो। हो कि?
झापा, मोरंग, सुनसरी, कैलाली, कंचनपुरका जुन शहरहरु अहिले सुदुर पुर्व र सुदुर पश्चिमका पहाडका मानिसहरु धाउने गर्छन --- ती शहरहरु संघीय नेपालमा धाउन कुनै किसिमको बन्देज (bandage) लाग्ने होइन। बिहारका मान्छे दिल्ली जान्छन् त, खुल्लम खुल्ला। देशभित्र कहींको मान्छे अरु जहाँ कहीं जान पाउने यथावत रहने हो। कस्तो कुरा नबुझेको बाजे!

"मधेसीसँग माफ़ी माग्दिन" -- केपी ओली
केपी बाजेको अर्को ताजा वक्तव्य आयो: "मधेसीसँग माफ़ी माग्दिन" भनेर। त्यो केपी बाजे racist मान्छे भएको ताजा प्रमाण हो। कुनै बाजेको अपमान गरेको भए मैले माफ़ी माग्थे, तर अपमान गरेको त मधेसीको हो, मधेसीसँग पनि माफ़ी माग्छ कोही भनेर केपी बाजेले भनेको हो।
केपी बाजे त्यति मुर्ख मान्छे चाहिं होइन ---- केपीले मधेसीको अपमान गरेकोमा दंग परेका विभिन्न उमेर समुहका खस सम्प्रदायका मानिसहरु गदगद भएर social media मा केपी बाजेको वाहवाही गर्दैछन्। आधा देश केपीको पुतला जलाउँदैछ, आधा देश केपीको वाहवाही गर्दैछ --- यो टुटनै पर्ने देश हो त?

Subscribe to:
Posts (Atom)