Showing posts with label matrika yadav. Show all posts
Showing posts with label matrika yadav. Show all posts

Wednesday, January 27, 2016

मातृका र मधेसी महागठबंधन

वर्गीय विभेद म बुझ्छु। थर्ड वर्ल्ड जसलाई भनिन्छ। म समाजवादी होइन। समाजवाद त दर्शन हो। त्यस अर्थमा मैले आफुलाई कतै पूँजीवादी पनि भनेको छैन। पूँजीवाद भनेको के? त्यो आफैमा परिवर्तन भइराखेको व्याख्या हो। म लोकतंत्र र मार्केट मा विश्वास गर्छु। गाउँ को हाट बजार मार्केट हो। लोकतंत्र र मार्केट भनेको अस्त्र: कलम जस्तो, तरवार जस्तो, कम्प्यूटर जस्तो, फ़ोन जस्तो।

बहुदल र लोकतंत्र र मानव अधिकार मानिसके पछि त राजनीतिक दल ले कार्यक्रम को कुरा मात्र गर्न मिल्छ। म सत्ता मा आए आगामी पाँच वर्ष यो गर्छु भनेर कार्यक्रम दिने हो। आखिर प्रत्येक पार्टी ले खेल्ने बजेट उही हो। भने पछि त्यसै बजेट को परिधि मा रहेर कार्यक्रम ल्याउनु पर्यो। त्यो पार्टी ले १०० स्कुल खोल्छु भनेको छ, म २०० स्कुल खोल्छु भन्नु पर्यो।

म समाजवादी नभएको नै म मा गरीब जनताको जीवनस्तर उकास्ने तीव्र चाहना भएर हो। नेपालमा समाजवादी भने पछि नारा जुलुस, तर्क वितर्क, वाद विवाद, पार्टी फोड़फाड़, आफ्नो सम्पुर्ण समय र शक्ति त्यस्ता क्रियाकलाप मा खर्च गर्ने, भरे जनताको जीवनस्तर उकास्ने काम चाहिँ नगर्ने। अनि वाक्कलाग्दो।

वर्गीय विभेद छ। कसले छैन भन्न सक्छ? गरीबी हुनु भनेकै वर्गीय विभेद हुनु हो। वर्गीय विभेद नभएको देशमा, समाजमा गरीबी बाँकी रहने हुँदैन। नेपालको अहिलेको अवस्थामा नै सबैले खान पाउने गर्न सकिन्छ। मान्छे भोको छ भने कोही त्यो वर्गीय विभेद हो।

तर अहिले त ११ बुँदे जुन छ त्यो जमीन्दार हरुको एजेंडा हो त? चार जना मध्ये जमीन्दार मैले एक जना देखेको छैन। पृष्ठभूमि को कुरा गर्ने हो भने। लेनिन धनी परिवारमा जन्मेको। पृष्ठभूमि भन्दा मुद्दा महत्वपुर्ण कुरा हो। र यो ११ बुँदे वर्गीय विभेद विरुद्ध को हो। धनी धनी लाई मात्र चाहिने त्यो ११ वटा मध्ये कुन चाहिँ हो? एउटा पनि छैन।

तर तराई मा एउटा कम्युनिष्ट पार्टी चाहिँ चाहिएको। तराई वाम दल भने भो। तराई कम्निष्ट पार्टी भने भो। तराई बाट एमाले लाई उखेलेर फ़ालन सक्ने।

होइन भने हृदयेश समाजवादी, उपेन्द्र कम्निष्ट, राजेंद्र मात्र हो विशुद्ध गजेन्द्रवादी। उसको काँग्रेस कम्निष्ट कहिले रहेन। बरु सोच्नु पर्ने कुरा छ, मातृका र उपेन्द्र दुबै माओवादी पनि र यादव पनि। अनि पार्टी चाहिँ किन दुई वटा?

बाहुन भए पनि मुद्दा को आधारमा बाबुराम लाई मधेसी मोर्चाले पत्याएको। मातृका माओवादी को पछि पछि लागेको त्यही बाबुरामको मधेसी मुद्दा का लेख हरु पढेर। भने पछि बाबुराम मधेसी मोर्चा सँग मिल्न चाहने, एकाकार हुन चाहने, मातृका ले नसक्ने त्यस्तो के पर्यो?

एकताको महत्व बुझ्न नसक्नु पनि वर्गीय चेतना, जातीय चेतना, राजनीतिक चेतना को कमी नै हो।

मातृका ले पनि पहिलो कदम मोर्चाबंदी, दोस्रो कदम पार्टी एकीकरण, तेस्रो कदम ठोस कार्यक्रम मा जानुपर्छ। गरीब लाई चाहिने भनेको ठोस कार्यक्रम। शिक्षा, स्वास्थ्य, रोजगार। सहूलियत दर मा लोन। माइक्रो क्रेडिट।

मोदी ले दिएको तर न सुशील न ओली ले छोएको एक बिलियन डॉलर लाई मात्र मुद्दा बनाउन सके काँग्रेस र एमाले लाई राप्रपा बनाई दिन सकिन्छ। तर त्यसका लागि गर्नु पर्ने गृह कार्य भनेको मोर्चाबंदी र पार्टी एकीकरण नै हो।

एक बिलियन डॉलर ले नेपालको प्रत्येक गरीब को जीवन लाई छुन सकिन्छ। किन नछोएको? हो, त्यो हो वर्गीय विभेद।

मधेसमा बढ़ी मा तीन पार्टी का लागि ठाउँ छ। तीन पार्टी एक मोर्चा। गरीब को भलो चाहेको हो भने मातृका ले कि उपेन्द्र कि बाबुराम सँग पार्टी एकीकरण गर्ने।

मोदी चायवाला। उसले वर्गीय विभेद बुझ्छ।



सुशासन, शिक्षा, स्वास्थ्य, संरचना, सुलभता 


Wednesday, September 02, 2015

प्रचंड गच्छेदार को बाटो मा



एमाओवादीको नेतृत्वमा मधेसमा जन्मियो संघीय मधेसी मोर्चा, प्रचण्ड पनि सदस्य
केन्द्रमा संविधान निर्माण, मधेसमा आन्दोलन चर्काउँदै प्रचण्ड
तराई मधेसमा जारी आन्दोलनलाई उचाईमा पुर्याउन भन्दै रुपन्देहीमा संघीय मधेसी मोर्चा गठन भएको छ । ...... ५ माओवादी घटक मिलेर बनेको संयुक्त मधेसी राष्ट्रिय समिति र अन्य ५ दलको सहभागितामा संघीय मधेसी मोर्चाको गठन भएको मोर्चाका रुपन्देही संयोजक देवेन्द्र पाण्डेय “सागर” ले जनाए । ..... मोर्चाको गठन र आगमी कार्यक्रमको बारेमा जानकारी दिन सोमबार सांझ भैरहवामा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै जिल्ला संयोजक सागरले

तराई मधेसका ६५ प्रतिशत जनता अहिले आन्दोलनमा होमिएकोले

सरकारले यथोचित मागलाई सम्बोधन नगरे मुलुकमा ठूलो दुघर्टना निम्तिने चेतावनी दिए । ....... एमाओवादीका राज्य समिति सदस्य समेत रहेका सागरले संघीय मधेसी मोर्चाको गठनले विगत केही दिनदेखी तराई मधेसमा चल्दै आएको संयुक्त मधेसी मोर्चा र थरुहट संघर्ष समितिको आन्दोलनलाई थप बल दिने तर्क गरेका छन् । उनले भने “हाम्रो संघीय मधेसी मोर्चा, संयुक्त मधेसी मोर्चा र थरुहट संयुक्त संघर्ष समितिसँग मिलेर

समग्र मधेस एक प्रदेश निर्माणको लागी आन्दोलन गर्नेछौं ।”

..... नवगठित मोर्चाले विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गर्दै आन्दोलनका क्रममा मृत्यु भएका सुनिल यादव, दुर्गेश यादव, शैलेन्द्र यादवलाई सहिद घोषणा गर्न माग गरेको छ । यस्तैगरी घाइतेको निशुल्क उपचार तथा भौतिक समानको क्षतिपूर्ती सरकारले दिनुपर्ने, निषेधाज्ञा तुरुन्त हटाउनुपर्ने, नैतिकताका आधारमा गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने र समग्र मधेस एक प्रदेशको निर्माण गर्न सरकारसंग माग समेत गरेको छ । ...... मोर्चाका जिल्ला संयोजक पाण्डेय र नेपाल सद्भावना पार्टिका रुपन्देही अध्यक्ष हरिश्चन्द्र यादवद्धारा संयुक्त रुपमा हस्ताक्षर गरि जारी गरिएको विज्ञप्तीमा भनिएको छ “विगतमा विभिन्न आन्दोलनरत पक्ष र तत्कालिन सरकारसंग भएका विभिन्न वार्ता सम्झौताहरु संविधानमा सम्बोधित गर्न गराउन आज आन्दोलनको केन्द्र मधेसमा बनाइएको हो ।” ..... मोर्चाले मंगलबारदेखी जिल्लामा आन्दोलनलाई शसक्त बनाउने, हरेक आन्दोलमा एक जना टोली नेता चयन गर्ने, स्वयंसेवक खटाउने, आन्दोलनकारी रुट भन्दा बाहिर नजाने, १६ वर्ष भन्दा कम उमेरकालाई आन्दोलनमा सहभागीता निषेध गरिने, नशालु पदार्थ सेवन गरेकोलाई आन्दोलनमा सहभागी नगराउने, सबै प्रकारका हातहतियार पुर्ण रुपमा निषेध गरिने, निर्धारित नारा भन्दा अन्य नारा नलगाउने गरी आन्दोलनको आचारसंहिता जारी गरिएको मोर्चाको संयोजक पाण्डेले जनाए । उनले भने आचार संहिता विपरित आन्दोलनमा कोही प्रस्तुत भए त्यो घुसपैठीया हुने र त्यस्तालाई स्यंसेवक दस्ताले तुरुन्त नियन्त्रणमा लिई आवश्यक कारबाहि समेत गर्ने जनाए । ...... एमाओवादीका केन्द्रिय सल्लाहकार विनोद उपाध्ययले समग्र उत्पीडित मधेसी समुदायको उत्थानकोलागी एक मधेस एक प्रदेश आवश्यक रहेको जनाउदै भने “राज्यले एक मधेस एक प्रदेश घोषणा गर्नुपर्दछ बाँकी आवश्यक्ता अनुसार थारु, कोचीला, अवध, मधेसलाई सम्बोधन गर्ने काम संघीय प्रदेशले गर्दछ ।” संविधान सभाका पूर्व सदस्य समेत रहेका उपाध्ययले तराई मधेसका जनतालाई अहिले पनि राज्यले विभेद गरेको भन्दै आक्रोश व्यक्त गर्दै भने “सुर्खेतमा ३ जना मर्दा त्यहांको माग सम्बोधन हुने मधेसमा दर्जनौ मर्दा वेवास्ता गर्ने यो राज्यको विभेदकारी नीतिको पछिल्लो उदाहरण हो । यसैबाट बुझ्न सकिन्छ की राज्य मधेसी समुदायप्रति कस्तो दृष्टिकोण राख्दछ भन्ने ।” ...... नेपाल सद्भावना पार्टिका जिल्ला अध्यक्ष हरिश्चन्द्र यादवले राज्यले शान्तिपुर्ण आन्दोलनलाइ वेवास्ता गरे निषेधाज्ञा ताडेर कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिए । नेकपा माओवादीका जिल्ला सदस्य प्रदेशी यादवले मधेसीलाई नजर अन्दाज गरेमा राज्यले ठूलो मूल्य चुकाउनु पर्ने बताए । ...... रुपन्देहीमा गत साउन २७ गतेदेखी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र थरुहट संघर्ष समितिको नेतृत्वमा आन्दोलन हुदैं आएको छ । शान्तिपुर्ण भनिएको आन्दोलन भदौं ३ गते भैरहवामा हिंसात्मक हुँदा त्यसपछि २ दिन प्रशासनले कर्फयू समेत लगायो भने अहिले भाद्र १८ गते सम्मलाई भैरहवालाइ केन्द्रमा राखी स्थानिय प्रशासनले निषेधाज्ञा समेत लगाएको छ । आन्दोलनका बीच भैरहवामा आन्दोलनकारीका तर्फबाट सोमबार सम्म ४ जनाको मृत्यु भएको छ । सुनिल यादव, दुर्गेश यादव र शैलेन्द्र यादव सहित आन्दोलनका क्रममा वेपत्ता भएका बोधबार गाविसका रामेश्वर पासीको शब स्थानिय डण्डा नदीमा भेटिएको छ । स्थानिय प्रशासनले भैरहवामा निषेधाज्ञा जारी गरेपछि आन्दोलनकारीले बनगाई पश्चिम र बसन्तपुर पुर्व केन्द्रित आन्दोलन गरिरहेका छन् । यसैबीच सोमबार सांझ संघिय मधेसी मोर्चाले पत्रकार सम्मेलन गर्यो । मधेस आन्दोलन एउटा उचाईमा पुगिरहेको बेला अर्को मोर्चाको गठन हुनुले धेरैले अनेकथरी अड्कल बाजी गर्न थालेका छन् ।

मधेसी आन्दोलनलाई तुहाउन हो वा मधेसी आन्दोलनलाई थप बल पुराउन जे जस्तो भएता पनि संघिय मधेसी मोर्चाको नेतृत्व एमाओवादीले गरेको देखिएको छ ।

...... एमाओवादीका अध्यक्ष प्रचण्ड नेतृत्वका नेताहरु नै रुपन्देहीको संघिय मधेसी मोर्चाको कमाण्ड सम्हालि रहेका छन् । केन्द्रमा कांग्रेस एमालेसंग मिलेर समयमै संविधान जारी गर्न उद्धत रहेका प्रचण्डकै जिल्ला स्तरीय नेताहरु भने संघिय मधेसी मोर्चा मार्फत आन्दोलनलाई शसक्त पार्ने योजनामा छन् । एमाओवादीका केन्द्रिय सल्लाहकार तथा पुर्व विधायक विनोद उपाध्यय कुनै समय माओवादीको मधेस विभागका उपप्रमुख थिए । रुपन्देही जनसरकार प्रमुख समेत रहेका उपाध्यय सहित एमाओवादी अवध राज्य समिती सदस्य देवेन्द्र पाण्डेय, गोविन्द केवट, पुरन यादव लगायतका नेताहरुले संघिय मधेसी मोर्चाको कमाण्ड सम्हालीरहेका छन् । ........ तराईमा आन्दोलन चर्किरहदा एमाओदी छाडी नेकपा माओवादी गठन गरेका

मातृका यादव साउन ३२ गते भैरहवा आएका थिए । उनैको निर्देशनमा संघिय मधेसी मोर्चा गठन भएको बुझिएको छ ।

पुर्व मन्त्रि समेत रहेका नेकपा माओवादीका अध्यक्ष यादव संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समितीका संयोजक समेत छन् । ...... नेकपा माओवादीका अध्यक्ष मातृका यादव संयोजक रहेको संयुक्त मधेसी राष्ट्रिय समितीमा प्रचण्ड नेतृत्वको एमाओवादी, नेत्र विक्रम चन्द विप्लप नेतृत्वको माओवादी, मोहन बैद्य नेतृत्वको माओवादी, मणि थापाको माओवादी सहितको सहभागीता रहेको एमाओवादीका केन्द्रिय सल्लाहकार विनोद उपाध्ययले जनाए । सो समितीमा अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी, कौशल कुमार सिंह नेतृत्वको लोक दल, गंगा महरा नेतृतवको बहुजन समाजवादी पाटि, हरिनारायण कामती नेतृत्वको जनता दल लोकतान्त्रिक र जीवन शाह नेतृत्वको लोकतान्त्रिक पार्टी नेपाल रहेका छन् । ......

संघिय मोर्चाले राज्यले आफुहरुको मागलाई सम्बोधन नगरी जवरजस्ती पेलेर गएमा नाका बन्दी गर्ने समेत बताएका छन् । उनीहरुले गाऊगाऊमा मधेस सरकार गठन गरेर सोही मार्फत स्थानिय प्रशासन चलाउने, मधेस दस्ता गठन गर्ने र आन्दोलन विरोधीलाई कारबाहि गर्ने समेत चेतावनी दिएका छन् ।




Thursday, July 02, 2015

मस्यौदा मा सबै भन्दा उटपट्याङ्ग कुरो

संविधानको मस्यौदा मा सबै भन्दा उटपट्याङ्ग कुरो त्यो छ जस बारे अहिले सम्म कसै ले केही भनेको मलाई थाहा छैन (कनक दिक्षित ले हिंट गरेको हुन सक्छ कतै, to his credit) ---- वाणिज्य नीति त विदेश नीति त अर्थ नीति --- यस्ता कुरा कंस सिटौला ले संविधान मा किन लेखेको? कंस सिटौला को सानो दिमागले अहिले बनाउने नीति भोलि उल्ट्याउन २/३ बहुमत बटुल्नु पर्ने? त्यस्तो नीति हरु पार्टी हरुले आ-आफ्नो मैनिफेस्टो मा लेख्ने अनि अनुमोदन का लागि प्रत्येक चुनावमा जनताको मा जाने हो।

लेख्दि हाल्यो, के बिगार गर्छ र, देशको हित सोंचेर नै लेख्या होला भन्नु हुन्छ भने ---- होइन, this affects things. भोलि कुनै पार्टी चुनावमा मैंडेट लिएर आउला, तर उसको कुनै नीति कंस सिटौला ले लेखेको नीति सँग बाझ्छ भने र कसैले त्यस लाई सर्वोच्च मा लान्छ भने संविधान मा लेखेको नीति ले चुनावमा मैंडेट पाएको नीति लाई हराउँछ त! अनि हुँदैन त्यहाँ गाईजात्रा?

अर्को कुरा -- देशलाई संविधान मा समाजवादी देश लेख्नु भनेको हिन्दु देश लेख्नु बराबर हो। अझ काँग्रेस को प्रजातान्त्रिक समाजवाद नै लेख्न भ्याएको छ। हामी काँग्रेस स्टाइल को पंचायती व्यवस्थामा जान लागेको हो? देश त वाद निरपेक्ष हुनुपर्छ। प्रजातान्त्रिक समाजवाद काँग्रेस को पार्टी संविधानमा लेख्ने कुरा हो, देशको संविधानमा लेख्न पाइँदैन।

उदाहरण: मैले आफु लाई समाजवादी भन्दैन।

संविधान मा आधारभूत कुरा हरु मात्र राख्ने हो।



पार्टीको हिव्प नमान्ने काग्रेसमा मधेशी सभासदहरुको चेतावनी
नयां संविद्यानको प्रारम्भिक मस्यौलाई नमान्ने चेतावनी काग्रेसका मधेशी सभासदहरुले दिएका छन । बुधवार देखि सुरु भएको काग्रेसको संसदीय दलको बैठकमा मधेशवाट प्रतिनिधित्व गर्ने सवै सभासदहरुले प्रारम्भिक मस्यौदालाई सच्याउन र सर्वोच्चको आदेश लाई पालना गर्न नेतृत्वसंग माग गरीगरेका छन । यस अघि बुधवार काग्रेसको संसदीय दलको बैठक सुरु हुन अघि काग्रेसका मधेशी सभासदहरुको छुटै बैठक बसेको थियो । काग्रेस नेता अमरेश सिंहको अगुवाईमा भएको उक्त बैठकमा २५ भन्दा वढी सभासदहरु उपस्थिती थिए । ...... गएको ८ माघको सेरोफोरोमा समेत काग्रेसका मधेशी सभासदहरुले पार्टीको संघियता प्रतिको दृष्टिकोण प्रति असन्तुष्टि जनाउदै अध्यक्ष सुशिल कोईरालालाई हस्ताक्षर बुझाएका थिए । पछिल्लो चरणमा काग्रेस सहित चार दल विच भएको १६ बुदे सहमती प्रति पनि सुरु देखि नै काग्रेस भित्रका मधेशी नेताहरुले खुल्ला रुपमै असन्तुष्टि व्यक्त गर्दै आईरहेका छन । काग्रेसको धनुषा जिल्ला कमिटीले त विज्ञप्ति नै निकालेर आफहरु १६ बुदे नमान्ने चेतावनी दिएका थिए । त्यसैगरी काग्रेस नेता विमलेन्द्र निधि, अमरेश सिंह, प्रदीप गिरी लगायतका हरुले पनि १६ प्रति असन्तुष्टि जनाएका थिए । ..... बुधवार देखि सूरु भएको काग्रेस संसदीय दलको बैठकमा बोल्ने सबै मधेशी सभासदहरुले सर्वोच्चको फैसला अनुसार संघियताको सिमांकन सहितको मस्यौदा ल्इाउन माग गरिरहेको सभासद तेजूलाल चोधरुीले बताए । विहिवारको बैठकमा प्रदी गिरी, विमलेन्द्र निधि र अमरेश सिंहले प्रारम्भिक मस्यौदा प्रति कडा आपति जनाएका छन । सभासद रामअयोध्याप्रसाद यादवले

जनताको हिव्पका अगाडि पार्टीको हिव्प गौण भएको

भन्दै मधेसी जनताले दिएको आदेशका अगाडि पार्टीको हिव्प मान्न नसकिने चेतावनी दिएका थिए।
A glimpse into the preamble of Nepali constitution
Meet the new King Khan: Irrfan enters the Rs 1000 crore-club
Move over Rs 100 and 200 crore clubs, here's a Khan who has got over Rs 6000 crores for his latest film that is creating a massive storm at worldwide box offices Jurassic World, that stars Chris Pratt, Bryce Dallas Howard and Irrfan Khan in lead roles, has earned a whopping $1 billion (approximately Rs 6300 crore)...... Shah Rukh Khan has five Rs 100 crore films to his credit (Ra.One, Chennai Express,Happy New Year, Don 2, Jab Tak Hai Jaan). .... Aamir Khan has four (PK, Dhom 3, 3 Idiots, Ghajini) and Salman has seven films that crossed Rs 100-crore-mark (Jai Ho, Kick, Ready, Bodyguard, Ek Tha Tiger, Dabangg 2, Dabangg).
Hotline between China, India will enhance mutual trust: PLA
Analysis: Advantage Janata Parivar, but it's a long fight ahead
An India-Iran-Israel alliance could be Modi's legacy
मधेशमा आन्दोलनका गर्नका लागी वृहत संघर्ष समितीको घोषणा गर्ने तयारीमा मधेशी पार्टीहरु
वर्तमान मधेशी मोर्चा भन्दा छुटै रुपमा संघर्ष समिती घोषणको तयारी भईरहेको छ । जुन संघर्ष समितीमा

मात्रिका यादव देखि जेपी गुप्ता सम्मलाई सहभागी गराउने

तयारी वारेमा वृहत छलफलहरु भईरहेको छ । मधेशमा मात्रिका यादवको उच्च क्रान्त्किारी छवि छन भने जेपी गुप्तालाई मधेशको मुद्धालाई तार्किक ढंगले उठाउने नेताको रुपमा गनिन्छन । ...... तमलोपाका सहअध्यक्ष हृदेश त्रिपाठीका अनुसार आन्दोलनका लागी घोषणा गरिने यस्तो संघर्ष समिती केही दिन भित्रै घोषणाको तयारीमा मधेशी पार्टीहरु जुटेका छन । जसका लागी नागरिक अगुवा देखि विभिन्न पक्षहरु संग विभिन्न तहमा धनिभुत छलफलहरु चलिरहेको छ । त्रिपाठी भन्छन, संविद्यानसभा भित्र भएका साथीहरु त्याहा आफनो ढंगले आन्दोलित नै छन, वाहिर मधेशमा सशत आन्दोलनका लागी हामी तीव्र छलफलमा छौ । उपेन्द्र यादव काठमाडौ वाहिर भएकाले आज छलफल अघि वढन सकेन, त्रिपाठी भन्छन, सम्भवतह उहा भोली आउनुहुन्छ, भन्नु भाको छ, भोली वेलुकि सम्म हामी छलफल गरेर अगाडी वढने योजनामा छौ । ...... संघर्ष समिती घोषणका लागी विभिन्न दस्तावेजीकरणको काम समेत तीव्र रुपमा अघि वढीरहेको छ । ...... पछिल्लो विकसित घटनाक्रमहरु लाई लिएर सवै मधेशी पार्टीहरु भित्र अँन्तरिक र वाहिर रुपमा तीव्र स्तरमा छलफलहरु भईरहेको छ ।
JP Gupta
मित्र पासांग शेर्पा जीले लेख्नु भएको छः "जे पी जि मधेसी मात्र हाेईन । अादिवासी जनजाती र मधेसीकाे सँयुक्त माेर्चा निर्माणकाे लागि हामी सबैले अा अाफ्नाे ठाउबाट पहल गराै । अरु राजनितीक शक्तीले गर्ने सँघर्षकाे काम जति सबै सकियाे । अब हाम्राे काम बाँकि रहेकाे छ । त्याे हामीले सम्पन्न गर्नु पर्छ ।" पासांग जी, तपार्इ साक्षी हुनुहुन्छ । श्री मातृका यादव र तपार्इसंगै म पनि जनजाति–मधेसी क्रियाशील एकताका लागि लागिपरेकै हो । अादरणीय पद्मरत्न तुलाधर दार्इको नेतृत्व खोज्दा त्यहां रहेका गैरदलीय जनजाति मित्रहरूले दल र पार्टी बालसंग काम नगर्ने ढिपीसंग जुध्नु पर्ने लिम्बुवानका मित्रसंग बस्न खोज्दा उनमा माअोवादीलार्इ मात्र पहिचानवादी अान्दोलनको निर्विकल्व केन्द्र देख्ने हठसंग भेंट हुने । अन्ततः समय बित्दै गयो र यो दिन अायो । अाउनै थियो । अब गर्नु पर्ने कुरामा कुनै असहमति छैन । सबै मिलाै, जुटाैं र अगाडी बढाैं । हामी तयार छाैं । श्री मातृका यादव जी, कुमार लिंगदेन जी सबैलार्इ जगाअाैं र अादरणीय पद्मरत्न तुलाधर दार्इको निराशामा पनि जोस थपाैं । मधेसी नागरिक समाजसंग सम्वाद थालाैं । मधेसी मोर्चासंग पनि कुरा गराैं । ल बढाैं ।
संविधानको मस्यौदा : मृत्युपत्रमा कांग्रेसको हस्ताक्षर
आखिर यस्तो हतारो किन गरियो संबिधानका लागि विश्लेषणको विषय बनेको छ । ....... सांस्कृतिक पहिचानका आधारमा तयार पार्नुपर्ने संघीय ज्यामिति ....... संविधान लागु गरिएकै दिन जल्ने निश्चित छ । ...... बहुदलीय संसदीय प्रजातन्त्रलाई अपरिवर्तनीय सर्त राख्न सकेन नेपाली कांग्रेसले । यो भन्दा ठूलो पतन केही हुने छैन कांगे्रसको । अब नेपाललाई उत्तर कोरियाजस्तो प्रजातान्तिक जनगणतन्त्र नेपाल बनाउने कार्यलाई संविधानको प्रस्तावनाले चाँहि छुट दिएको छ । त्यसमा ‘समाजवादी’ पनि थप्न सकिनेछ । ....... अब समाजवादलाई अस्वीकार गर्ने राजनीतिक शक्तिहरुले नेपालको राज्य सत्तामा उपस्थिति जनाउन पाउने कि नपाउने ? एकातर्फ राजनीतिक विचारलाई स्वतन्त्रता दिने प्रावधान राख्ने, अर्कोतर्फ समाजवाद एउटा सिद्धान्त विशेषलाई प्रस्तावनामै राख्ने अनौठो कार्य भएको छ मस्यौदा संविधानमा । ........ कुनै सरकारको नीति तथा कार्यक्रम बिशेषमा वा चुनावी घोषणा पत्रमा राखिने भाषा र मर्म राखिएको मस्यौदा संविधान कतिको सतही छ भनिरहनु परेन । ...... यो मस्यौदा संविधानको स्वरुप लिएर आउनका लागि बार्गेनिङ औजारका रुपमा पहिचानवादीहरुलाई प्रयोग गरियो । नेपालको मूल प्रवाह सांस्कृतिक राष्ट्रियतासँग जातीय र क्षेत्रीय सांस्कृतिक पहिचानहरुलाई विरोधी बनाई लडाएर सांस्कृतिक अतिक्रमण पनि गरियो र अहिले तिनलाई मझधारमा पारेर अरु उग्ररुप ग्रहण गर्नु पर्ने बाध्यतामा धकेलियो । ........ जातीय, क्षेत्रीय, सांस्कृतिक पहिचानका अभियन्ताहरु र सांस्कृतिक मूलप्रवाहको पहिचानलाई संवैधानिक स्वरुप दिनुपर्छ भनी अडान राख्दै आएकाहरु एकठाउँ आउनै पर्छ । जातीय र क्षेत्रीय सांस्कृतिक पहिचानहरुलाई सांस्कृतिक अतिक्रमणकारीहरुको प्रभावबाट मुक्त गराउन लाग्नुपर्छ यसका अभियानताहरु । ....... एकीकृत आन्दोलनमा पुग्नै पर्छ । यो ध्रुवीकरणको नयाँ सुत्रमा आउन सकिए मात्र राष्ट्र जोगिन सक्छ, नत्र संसारको सोह्रौं पुरानो राष्ट्रको अवसानको युग प्रारम्भ भएको छ ।
Dr. CK Raut
नेपाल के संविधान में कुछ लिखाने के लिए आन्दोलन ? इतना कुछ होने के बाद भी ? ..... अंतरिम संविधान की धारा १३८ में स्पष्ट अक्षरों में लिखने के बाद भी स्वायत्त अधिकार सम्पन्न मधेश प्रदेश मिला क्या ? विभेद अन्त करने की और समानुपातिक समावेशी की बात लिखने के बाद मिला क्या ? नागरिकता का अधिकार लिखने के बाद लाखों मधेशी नागरिकता विहीन और मतदान अधिकार विहीन नहीं हुए क्या ? ....... सर्वोच्च अदालत के द्वारा आदेश जारी करने पर भी कोई मायना न रहा, मस्यौदा लाया ही गया, और उल्टा न्यायाधीशको ही महाभियोग लगाने पर उतर आए, वह है नेपाल की न्यायपालिका, मधेशियों के लिए ! ....... नेपाल सरकार में मधेशी मंत्री बनने पर भी एक सचिव उसे बाहर फेंक देता है, उसके अपने प्यून और ड्राइभर तक कोई बात नहीं मानता, गाली देता है। कुछ करने की बात तो दूर! वह बस एक गुलाम बन कर रह जाता है। राष्ट्रपति बेचारे की ही हालत देखिए, कोई ऐरे-गैरे कहीं भी गाली दे देता है, बेइज्जत कर देता है, चाहे कितना ही नेपालियों का बफादार साबित करने में क्यों न लगे। जब काठमांडू की सडक पर राष्ट्रपति की सवारी होती है और गाडियाँ रोकी जाती है, उस समय जो काठमांडू का आकाश अद्भूत गालियों से गुंजमान होता है, वह अपने आप में अद्वितिय है। उसी तरह उपराष्ट्रपति जी का हिंदी में सपथ लेने के बाद क्या हुआ, वह तो अविस्मरणीय इतिहास है, गुलामी और दासता का। उसी तरह कहीं भी मधेशी हाकिमों की स्थिति देख लिजिए, मधेशी कर्मचारी की स्थिति देख लिजिए, गुलाम से भी बदतर हाल में वे जीते हैं। कब लतिया दे उन्हें नेपलिया, पल-पल के खौफ में वे जीते हैं। ......

जिस देश में एक राष्ट्रपति, उपराष्ट्रपति या न्यायाधीश बनने के बाद भी मधेशी लोगों का ये हालत है, उस देश में मधेशी क्यों रहे ? जिस देश के संविधान ही मधेशियों को दूसरे-तीसरे दर्जे के नागरिक बना दे या अनागरिक बना दे, उस देश का संविधान मधेशियों के लिए कैसे हो सकता है ?

Wednesday, January 14, 2015

देश समझौताविहीन निर्णायक अन्तिम क्रान्तितर्फ अग्रसर

४३ लाख मधेसीलाई मतदाता नियमावलीबाट फालेर, नेपाल सेनाको बलमा धाँधली गरेर ल्याएको काँग्रेस र एमालेको दुई तिहाइ, त्यो अवैध दुई तिहाई ---- निष्पक्ष निर्वाचन गर्ने हो भने साधारण बहुमतमा पनि नपुग्ने यी दुई शक्ति --- त्यो दुई तिहाई मा पनि मधेसका ५० सांसद समर्थनमा छैनन् भने ---- आफैले दावी गरेको दुई तिहाई नभएको बेलामा मधेसीप्राति जातीय घृणा बोकेको केपी ओलीले भनेको दुई तिहाइ --- त्यो दुई तिहाई होइन बल मिचाइ हो ---- बल मिचाइको प्रयास गर्ने भनेको हो।

२००६ को अप्रिल क्रांतिले राजासँग सम्झौता गरेन। अब हुने क्रान्ति त्योभन्दा भीषण हुन्छ। देशमा एउटा नया क्रांतिकारी सरकारको स्थापना हुन्छ। यो अवैध सम्विधान सभा फालिन्छ। सबै नेपालीलाई मतदाता नामावलीमा समेटने नया निर्वाचन हुन्छ। त्यो नया सम्विधान सभाले एक वर्षभित्र देशलाई चाहिने, सबैलाई समेटने नया सम्विधान जारी गर्छ। नया क्रांतिकारी सरकारको अगुवाई पद्म रत्न तुलाधरले गर्नेछन्। मधेसी र जनजातिको एकताले देशमा तख्तापलट हुन्छ। मधेसी र जनजातिले अधिकार मात्र पाउने होइन कि अब एक पीढ़िकालागि केंद्र सरकारमाथि कब्जा जमाउने हो।

देश समझौताविहीन निर्णायक अन्तिम क्रान्तितर्फ अग्रसर भइ सकेको छ।

नेपाल देश पृथ्वी नारायण शाहले एकीकरण गरेको होइन। जुन देश अहिलेसम्म कहिले एकीकरण भएकै छैन, त्यो देश कसले एकीकरण गर्यो कसले एकीकरण गरेन भन्ने प्रश्न नै उठ्दैन। अब हुने समझौताविहीन निर्णायक अन्तिम क्रान्तिबाट पैदा हुने सम्विधान सभाले नेपाल देशको पहिलो पटक एकीकरण गर्ने छ। पृथ्वी नारायण शाहले नेपाल एकीकरण गरेको होइन। पृथ्वी नारायण शाहले नाक कान काटेका मान्छेहरुको सन्तान पद्म रत्न तुलाधरको नेतृत्वमा बरु नेपाल देशको पहिलो पटक एकीकरण हुन्छ।

पृथ्वी नारायण शाह हीरो मान्छे कसरी हो? पृथ्वी नारायण शाहको समयमा नेपाल र अमेरिकाको अर्थतन्त्र उस्तै उस्तै थियो। अहिले कहाँ अमेरिका कहाँ नेपाल! पृथ्वी नारायण शाह हीरो होइन, भिलेन मान्छे हो। पृथ्वी नारायण शाह र महेन्द्र शाह दुबै भिलेन। ती दुई जनाले परिकल्पना गरेको नेपालमा मधेसीको लागि ठाउँ नै थिएन। मधेसी र जनजाति दुबैका लागि पृथ्वी नारायण शाह पनि भिलेन, महेन्द्र शाह पनि भिलेन। पृथ्वी नारायण शाह र महेन्द्र शाहको आजको मितिमा आएर पुजा गर्ने केपी ओली र वामदेव चोर उचक्का। वामदेव निकट भविष्यको कमल थापा हो। यो मान्छे चाँडै नै नेपालको राजनीतिमा irrelevant हुन लागेको मान्छे हो। क्रांति माथि ज्यादती गरोस् त यो वामे हेग पुग्छ।


Sunday, January 11, 2015

मधेसी मोर्चा, मातृका-जेपी र सीके राउत

मधेसी आंदोलनको अहिंसात्मक बाटोमा हिंडेका राजनीतिक शक्तिहरुका तीन धार देखिएका छन: मधेसी मोर्चा, मातृका-जेपी र सीके राउत। हिंसाको बाटोमा हिंडेका शक्तिहरुले अहिलेसम्म कुनै उल्लेख्य presence पाएका छैनन्। त्यो राम्रो हो। हिंसा गलत मात्र होइन अनावश्यक पनि हो। मधेसी आंदोलनको अहिंसात्मक बाटो एक मात्र legitimate बाटो मात्र होइन कि प्रशस्त बाटो पनि हो।

नेपालका मधेसीले श्री लंकाका तामिल जस्तो बन्दुक उठाउने होइन कि श्री लंकाका तामिलले नेपालका मधेसीले जस्तो आत्म निर्णयको अधिकार सहितको तामिल राज्य लिने हो। श्री लंकाका तामिल, मुस्लिम र क्रिस्चियन मिलेर राजपक्षलाई धपाउन भ्याए --- जब कि तिनीहरु ३०% मात्र छन। नेपालमा मधेसी मात्र ३५% छन। मधेसी एकता कायम गर्न सकेको खण्डमा मधेसीले मधेश राज्यमा मात्र होइन काठमाण्डु माथि नै पनि शासन गर्छ। मलाई चाहिएको त्यही हो। मलाई काठमाण्डु माथि मधेसीको शासन चाहिएको हो। मधेसी र जनजाति मिलेको खण्डमा त तख्तापलट नै हुन्छ। काँग्रेस र एमालेको संघीयताको बारेको लिंडे ढिपीले त्यो polarization अझ बढ़ी संभव बनाउँदै गएको छ।

मधेसी मोर्चाको संविधान सभामा रोल छ ---- तर मातृका-जेपी र सीके राउतलाई संविधान सभाको मतलब हुने कुरा भएन। संविधान सभा मार्फत मधेसीलाई समानता दिलाउन सकिन्छ भन्ने मधेसी मोर्चा र एमाओवादीको कथनी हो। ठीक छ, गरेर देखाउ भनेर मातृका-जेपी र सीके राउतले भनेका छन। तर गर्न नसकेको खण्डमा हामी त्यो संविधान सभाको जरो उखेलेर फाल्दिन्छौं भनेर मातृका-जेपी र सीके राउतले भनेका छन।

पद्म रत्न तुलाधर को नेतृत्वमा जनजाति खेमा तयार बसेको छ। मधेसी क्रांति मधेसमा भयो। अब हुने क्रांति मधेसमा सीमित रहँदैन। काठमाण्डु उपत्यका पनि ठप्प हुने हो। पहाड हिमाल पनि ठप्प हुने हो। नेपालको राजनीतिमा तख्तापलट हुन्छ।

२००६ मा जे मैले मानें त्यो कुरा सबै म फिर्ता लिन्छु मलाई मेरो नारायणहिटी फिर्ता देउ भनेर ज्ञानेन्द्रले नभनेको अवस्था छ। स्वायत्त मधेश राज्य मधेसी क्रांतिले कमाइ सकेको कुरा हो। अहिले आएर त्यो मान्दैनौं भनेर कसैले भन्छ भने त्यो राज्य यन्त्र सँग समझौता गर्नु नै गल्ती थियो भन्ने निष्कर्षमा पुग्नु पर्ने हुन्छ। अब एउटा अन्तिम पटक समझौता विहीन क्रांति गरौं भनेर भन्नु पर्ने हुन्छ। जुन कि पद्म रत्न र जेपी भन्दैछन्।

समझौता विहीन क्रांति भनेको यो सरकार र यो संविधान सभा फाल्ने हो। एउटा नया क्रांतिकारी सरकारको स्थापना हुन्छ। शायद त्यो पद्म रत्न तुलाधरको नेतृत्वमा होला। एउटा नया अंतरिम संविधान जारी हुन्छ। एउटा नया निष्पक्ष निर्वाचन हुन्छ। नेपाल सेनाले चुनावको बक्शा आफु ख़ुशी गर्ने किसिमको चुनाव हुँदैन। नया संविधान एक वर्ष भित्र जारी हुन्छ। त्यो जारी नहुँदासम्म नेतृत्व पद्म रत्न तुलाधरको हातमा रहन्छ।

चितवन मधेश हो। भित्री मधेश भनेको के? चितवनलाई कसैले तल्लो पहाड़ भनेर भनेको छ? पर्वतेहरु पर्याप्त मात्रामा आएर बसदिए समथर भुमि पनि उबरखाबर भइ जाने त होइन। मधेश पनि मधेश हो, भित्री मधेश पनि मधेश हो। संघीय मधेशमा पर्वतेको मुख्य मंत्री मधेसी हुन्छ त। त्यहाँ समस्या के पर्यो?

एक मधेश एक प्रदेश भनेको भौगोलिक संघीयता भन्नेहरुकालागि उपहार हो, फुलको गुच्छा जस्तो हो। ख़ुशी किन नभएको तिनीहरु?