Showing posts with label Prithvi Narayan Shah. Show all posts
Showing posts with label Prithvi Narayan Shah. Show all posts

Wednesday, January 12, 2022

नेपाल को एकीकरण हुन बाँकी छ, राष्ट्र निर्माण हुन बाँकी छ

नेपाल एक गरेको श्रेय कसै लाई दिने हो भने, त्यो पनि सयौं वर्ष अगाडि, नेपाल आज एक रहेको त हुनुपर्यो। छैन त। नेपाल एक हुन बाँकी नै छ। कसैले राष्ट्रनिर्माता भन्ने हो भने राष्ट्र निर्माण भएको हुनुपर्यो। राष्ट्र निर्माण हुन बाँकी छ। गरीबी समाप्त हुनु राष्ट्र निर्माण हुनु हो। त्यो त अत्तोपत्तो छैन। 

नेपाल को "एकीकरण" मा पृथ्वी को हात छ। बहादुर शाह को हात छ। ब्रिटिश को हात छ। भन्ने ले जंगे भन्दिन्छन। कुमाउ गढ़वाल मा गोरख्याणी हरु ले गरेको ज्यादती को मिशाल आधुनिक भारत मा अर्को छैन। क्रुरता को प्रत्येक हद पार गरिएको हो। बहादुर शाह का संतति ले माफ़ी माग्नुपर्छ। कुमाउ गढ़वाल मा जे गरियो किरात, मगरात, थरुहट, मधेस मा त्योभन्दा धेरै फरक गरिएन। आज तक गलत व्यवहार कायम छ। 

नेपाल को एकीकरण हुन बाँकी छ। गणतंत्र नेपाल का जनता नागरिक हुन। त्यो प्रत्येक नागरिक मा अपनत्व को भावना जगाउन बाँकी छ। प्रत्येक को परिचय को अधिकार स्थापित गर्न बाँकी छ। सार्वभौमसत्ता जनता मा गएको ले देश आफ्नो तर हात मा लालपुर्जा छैन। नागरिकता को प्रमाणपत्र छैन। 

सच्चा संघीयता ले देश को एकीकरण गर्ने हो। देश को एकीकरण पृथ्वी नारायण ले होइन देश लाई संघीयता दिने मधेसी क्रान्ति ले गर्ने हो। तेस्रो विश्व को देश लाई प्रथम विश्व को देश बनाउने सीके राउत ले हो राष्ट्र निर्माण गर्ने। कहाँ को पृथ्वी नारायण शाह!





Tuesday, January 11, 2022

पृथ्वी नारायण शाह र आज को नेपाल

पृथ्वी नारायण शाह बारे बहस गर्न मिल्छ। पृथ्वी नारायण शाह को प्रशंसा गर्न पाइन्छ। आलोचना पनि गर्न पाइन्छ। उच्चतम लोकतान्त्रिक संस्कार यही हो कि प्रशंसा गर्ने ले आलोचना गर्ने को कुरा सुन्ने र बुझ्ने प्रयास गर्नुपर्यो, आलोचना गर्ने ले प्रशंसा गर्ने को कुरा सुन्ने र बुझ्ने प्रयास गर्नुपर्यो। 

पृथ्वी नारायण शाह एक ऐतिहासिक व्यक्तित्व हुन। नेपाल को भौगोलिक एकीकरण उनको प्रोजेक्ट थियो। सानो राज्य लाई ठुलो राज्य बनाउने अभिलाषा त्यति बेला को प्रत्येक राजा को थियो होला शायद। पृथ्वी सफल भए। प्रशंसा गर्ने हरु ले भन्ने गरेको कुरा त्यति हो। 

अब आलोचना गरौं। 

पृथ्वी नारायण शाह अगाडि मल्ल काल र त्यो अगाडि लिच्छवी काल मा नेपाल मा सभ्यता थियो। पृथ्वी नारायण को आगमन सँगै त्यो सभ्यता समाप्त भएको हो। अहिलेसम्म समाप्त अवस्था मैं छ। काटमार बाहेक केही नजान्ने मान्छे हरु उपत्यका पसे। त्यसैले त लिच्छवी काल लाई आजसम्म नेपाल को स्वर्ण काल मानिन्छ। 

पृथ्वी नारायण शाह ले नेपाल अर्जेको हो। जमीन्दार ले जग्गा अर्जे जस्तो। पृथ्वी नारायण शाह को नेपाल का मानिस नागरिक थिएनन। 

पृथ्वी नारायण शाह को सट्टा काठमाण्डु को कुनै मल्ल राजा ले नेपाल एकीकरण गरेको भए अथवा लिच्छवी शासन समाप्त नभएको भए के अवस्था फरक हुन्थ्यो? लिच्छवी ले पनि नेपाल एकीकरण गरेका हुन। पृथ्वी ले भन्दा पहिला गरेका हुन। तर त्यस सत्य लाई ढाकछोप गरिन्छ किन भने लिच्छवी मधेसी थिए। 

त्योभन्दा अगाडि हजारौं वर्ष अगाडि राजा जनक को मिथिला हिमाल देखि गंगा कोशी देखि गण्डकी सम्म थियो। त्यो एकीकरण होइन? नेपाल को नाम मिथिला किन नराख्ने? रामायण को अनुवाद गर्ने भानु को गुणगान तर रामायण का प्रमुख पात्र को नाम नै मटियामेट? 

पृथ्वी नारायण शाह लाई नेपाल एकीकरण गर्ने मान्छे भन्नु पंचायती प्रोपगंडा हो। क्रिस्टोफर कोलंबस ले अमेरिका पत्ता लगाए जस्तो। जुन अमेरिका मा १०,००० वर्ष देखि मानव बसोबास छ त्यो अमेरिका कोलंबस ले कसरी पत्ता लगाए? पत्ता लगाए भने पृथ्वी नारायण शाह ले पनि नेपाल एकीकरण गरे।  

आज को नेपाल को एक तिहाई मात्र पृथ्वी ले कब्ज़ा गरेका हुन। पृथ्वी ले छल गरेर पुर्वी पहाड़ नलिएको भए सिक्किम भन्दा ठुलो देश सिक्किम पश्चिम हुँदो हो। लिम्बुवान। 

कीर्तिपुर ले दुई पटक हराएको भनिन्छ तर मधेसी तिरहुतिया सेना ले पृथ्वी लाई एक पटक होइन प्रत्येक पटक हराएको कुरा ओझल पारिन्छ। मधेसी लाई आफ्नो सेना मा नलिनु भनेको पृथ्वी ले मधेसी कायर भएर होइन, आफु भन्दा बढ़ी कुशल भएको ले भनेको। तर त्यो त उहिले भनेको। अहिले त्यो कुरा सुन्ने काम किन गरिन्छ? अहिले त गणतंत्र होइन र? अहिले त सार्वभौमसत्ता जनता मा होइन र? 

नेपाल आज को एक तिहाई मात्र भएको भए पनि नेपाल नै हुन्थ्यो, तीन गुणा ठुलो भएको भए पनि नेपाल नै हुन्थ्यो। ठुलो बनाउन सकिन्छ पनि। फ्रांस र जर्मनी ठुलो बन्न चाहिरहेका छन। आज। तर आज मारकाट गरेर होइन। सार्वभौमसत्ता जनता मा रहेको फ्रांस, सार्वभौमसत्ता जनता मा रहेको जर्मनी: स्वेच्छा ले एकीकरण गर्ने हो। प्रयासरत छन, गर्न सकेका छैनन। प्रयास तर जारी छ। विश्व शक्ति बन्ने अर्को बाटो देखिराखेका छैनन। 

किरात हरु काठमाण्डु पस्नु अगाडि पुर्वी पहाड़ पुरै एक राखेर बसेका थिए। त्यो पनि एक किसिम को एकीकरण नै हो। भने पछि एकीकरण त प्रत्येक कालखंड मा भएको देखियो। सजिलो भएर पो हो कि? मल्ल हरु पनि काठमाण्डु मा खुम्चिएर बसेका थिएनन। 

हामी पंचायती प्रोपगंडा बाट उम्किने प्रयास गरौं अलिकति। हाम्रो आजको जातीय विभेद को चश्मा ले आफ्नै इतिहास गलत बुझ्ने प्रयास नगरौं। 

यदि राजतन्त्र र गणतंत्र दुबै राम्रै हो भने त ठीकै छ। होइन यदि गणतंत्र एक मात्र ठीक व्यवस्था हो भने तरबार बोकेको जमीन्दार पृथ्वी लाई सही स्थान दिउँ। वेद प्रकाश शर्मा को उपन्यास पढ़े जसरी कम्युनिस्ट ग्रन्थ पढेका नेपाली कम्युनिस्ट हरु पृनाशा को गुणगान गाउन सबैभन्दा अगाडि हुन्छन्। 

बीपी को समय मा सागरमाथा को उत्तरी दक्षिणी दुबै अनुहार नेपाल को। जमीन्दार पुत्र महेंद्र ले उत्तरी अनुहार माओ लाई टक्र्याए। त्यो महेन्द्र राष्ट्रवादी। किनभने पंचायती प्रोपगंडा ले त्यही भन्छ। दिव्योपदेश पृनाशा ले लेखेको होइन। स्याउ न्युटन को टाउको मा खसेको होइन। दिव्योपदेश पंचायती प्रोपगंडा हो। 

गुलामी बड़ो गजब को चीज हो। आज नेपाली दुनिया को कुना कुना पुगेर नोकर काम गर्छ। त्यो मानसिक दासता को उपज हो। त्यो मानसिक दासता आयो कहाँ बाट? जंगे हीरो भनेर। पृथ्वी हीरो भनेर। पृथ्वी नागरिक लाई प्रजा बनाएर राखेको मान्छे हो। जंगे दुनिया मा ब्रिटिश को गुलामी गर्न मा नम्बर वन। गोविंदा को फिल्म छ एउटा बीवी नंबर वन। जंगे गुलाम नम्बर वन। स्वाभाविक छ गुलाम लाई हीरो मानने मान्छे आफु पनि गुलाम नै हुन्छ। 




Wednesday, November 25, 2015

नेपालका खस: बढ़ी खरानी धँसने जोगी

जनजाति स्थानीय हुन, मधेसी भुमिपुत्र हुन। बाहिर बाट आएका भनेका नेपालका खस हुन। फिजी को फिजीकरण त आज भयो। नेपालको फिजीकरण त सयकडों वर्ष अगाडि भएको। पृथ्वी नारायण ले देश एकीकरण गरेको होइन कि देश फिजीकरण गरेको हो।

तामिल हरु भारत बाट श्री लंका पुगे। तर तामिल शासक भएन। खस नेपाल छिरे। शासक भए।

भारत लाई मधेसी न जनजाति ले गाली गर्छ। भारत लाई गाली गर्नेमा सबभन्दा अगाडि खस हुन्छ। किनभने उसलाई डर छ, त्यति गरेन भने उ नेपाली नै होइन भन्ने पोल खुल्छ भन्ने।




Friday, February 06, 2015

सांस्कृतिक विविधताको धन र पृथ्वी महेन्द्रको धान








माथिका पिक्चर हरुमा नेपाल देख्न सकिन्छ। यी फोटो ब्राज़िल को अमेज़न जंगल को हो। मैले नेपालको सांस्कृतिक विविधतालाई अमेज़न को जैविक विविधता सँग तुलना गरेको।

र तलका दुई फोटो पृथ्वी शाह र महेंद्र शाहका कर्तुतको हो।



महेन्द्रको "राष्ट्रियता" भनेको एक भाषा एक भेष एक राजा एक जाति खस एक धर्म अझ एक पार्टी हो। अमेज़न को जंगल एक नास ले सखाप पारेर सबै ठाउँमा एकै नास ले धान रोप्नु पृथ्वी पथ र महेन्द्र पथ हो। केपीवामे महेन्द्रको पुजा गर्छन आज को मितिमा। राँची पुर्याउनु पर्ने मानिस हुन दुबै।



सांस्कृतिक विविधताको धन र पृथ्वी महेन्द्रको धान ---- धेरै फरक छ। संघीयता भनेको नेपालको सांस्कृतिक विविधता धन हो भन्ने बुझ्नु हो। मैले आलंकारिक रुपमा भनेको होइन। टुरिज़म इंडस्ट्री को कुरा गरेको। 

Thursday, January 15, 2015

सांस्कृतिक विविधताको धन र अमेज़न जंगलको जैविक विविधताको धन

राजनीतिमा समावेशी समावेशी जुन भनिन्छ त्यसको गहन महत्व छ। नेपालको जल सम्पदा धन हो। मोदीले त भनेका छन, त्यस जल सम्पदा मात्रले पनि नेपाललाई First World Country बनाइदिन सक्छ। सही कुरा। नेपालमा रहेको जैविक विविधता पनि त्यस्तै धन हो। बिल गेट्स भन्छन, यदि उनले आज शुरू गर्ने हो भने उनले सॉफ्टवेयर कम्पनी शुरू नगर्ने, बायोटेक कम्पनी शुरू गर्ने।

नेपालको जल सम्पदालाई ब्राज़ीलको जल सम्पदासँग तुलना गरिन्छ। अर्को तुलना गर्नेपर्ने जैविक विविधताको रुपमा रहेको सम्पदा पनि हो। ब्राज़िलको अमेज़न जंगल भनेको जैविक विविधतामा नंबर वन। त्यो जंगल फँडानी गरेर खेतिपाती गरेर पैसा कमाउनु भन्दा त्यो जंगल कायम राखेर त्यस बाट बायोटेक कम्पनीहरु शुरू गर्नु आर्थिक फाइदाको हिसाबले आकाश पातालको फरक। सिन्धुलीमा धान खेती गरेर बढ़ी पैसा कमाउन सकिन्छ कि त्यहाँ सॉफ्टवेयरको हब बनाएर बढ़ी पैसा आउने हो? तुलनै छैन। सॉफ्टवेयर हबले तिर्ने टैक्स मात्रको हिसाब गर्ने हो भने हजार, दस हजार गुणाको फरक पर्छ।

नेपालमा जल सम्पदाको विकास त हुनुपर्छ तर जैविक विविधता मास्ने किसिमले होइन। नेपालको जैविक विविधताले भोलि नेपालमा एउटा ठुलो बायोटेक इंडस्ट्री खड़ा गर्ने हो। त्यसको संभावना ख़तम पार्नु मुर्खता हुनेछ।

नेपालमा रहेको सांस्कृतिक विविधताको पनि नेपालमा रहेको जैविक विविधता जस्तै आर्थिक महत्त्व छ। नेपालभित्र सबैभन्दा धनी संस्कृतिहरु मध्येका नेवारी र मैथिलि संस्कृति पर्दछन्। ५०० वर्षअगाडि एउटा समय थियो जति बेला काठमाण्डुमा मल्ल राजाको दरबारमा दरबारको औपचारिक भाषा नै मैथिलि थियो। अहिलेका शासकले सप्तरीमा सुद्धा सरकारी कामकाजको भाषा मैथिली हुन दिएका छैनन्। र त्यो मैथिली संस्कृति थिचोमिचो गर्ने व्यवस्थाको संस्थापक पृथ्वी नारायण शाह हो, त्यसको आधुनिक संस्थापक महेन्द्र शाह हो। त्यो पृथ्वीलाई राष्ट्रनिर्माता भन्दिने, त्यो महेन्द्रलाई राष्ट्रीयताको प्रतीक मानने जति सबैलाई शंकाको दृष्टिले हेर्नु पर्ने हुन्छ।

इतिहासमा त्यस्ता शासक पनि देखिए जिनले नालंदाको पुस्तकालय जलाए, अलेक्सांद्रियाको पुस्तकालय जलाए। पृथ्वी नारायण त्यस केटेगरीका मानिस हुन। नाक कान काट्दै हिँड्ने मान्छे। Barbaric मान्छे। सामन्ती मान्छे। उसले भनेको "चार जात छत्तीस वर्ण" मा गैर हिंदुकालागि ठाउँ छैन। त्यो आधुनिक नेपालको हविगत हुन सक्दैन। महेंद्र त्यसै पृथ्वीका सन्तान हुन। वामे त्यो महेन्द्रको पुजा आज गर्छ। सामन्तीको पुजा गर्ने मान्छे पनि कम्युनिष्ट हुन्छ?

सांस्कृतिक विविधताको धन र अमेज़न जंगलको जैविक विविधताको धन बीचको सम्बन्ध नबुझ्नेले नेपालको संघीयताको बहसमा कुनै योगदान पुर्याउन सक्दैन।


Sunday, November 16, 2014

Prithvi Narayan Shah: Villain

पृथ्वी नारायण शाह को पालामा नेपाल को र अमेरिकाको अर्थतंत्र उस्तै उस्तै थियो। अहिले कहाँ अमेरिका कहाँ नेपाल। पृथ्वी नारायण शाह भिलेन भन्ने कुरा त्यसै बाट थाहा हुन्छ।