Pages

Monday, August 24, 2015

शीर्ष नेता सीमांकन कसरी गर्छन

Janakpur At The Forefront

Thori

Malangwa

Madhesh Sarkar

Biratnagar

Jhapa



कांग्रेस एमाले बाझाबाझ
संसदमा कैलाली घटनाबारे प्रधानमन्त्रीको सम्बोधन
नौ वर्ष लगाएर ६० वर्षदेखिको संविधान बनाउने कार्य पूरा हुँदै छ। ..... सबैको संस्कृति, भाषाभेषभुसा संस्थागत गर्नुपर्छ।
केपी ओलीले भने- प्रहरीमाथि आक्रमण गर्ने थारूहरू होइनन् अपराधी हुन्
अोलीले थारुहरू यसरी हिंसात्मक कार्यमा नलाग्ने भन्दै एसएलआर हतियारसहित आएका अपराधीहरूले प्रहरीको हत्या गरेको दाबी गरेका छन्। ... शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरेर प्रहरीमाथि गरिएको आक्रमणलाई सामान्यरुपमा लिन नसकिने ओलीले भने। उनले यसलाई राजनीतिक घटना नभएर षड्यन्त्र भनेका छन्। उनले भने- आतंक हो।
रौतहटमा पनि प्रदर्शन उग्र,प्रहरी चौकी आक्रमणपछि गोली चल्यो
रौतहटको गौरमा प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालयमा आक्रमण गरेपछि प्रहरीले प्रतिकार गरेको छ। प्रहरीले प्रतिकार स्वरूप गोली चलाएपछि अहिले रौतहटको गौर तनावग्रस्त छ।
आठ प्रदेश बनाउन एमाओवादी प्रस्ताव
थारु,मगर र गुरुङको संयुक्त पहिचान स्थापित हुने गरी आठ प्रदेश बनाएर समस्याको समाधान खोज्न सकिने ...... फोरम लोकतान्त्रिक झापा,मोरङ,सुनसरी,सप्तरी र उदयपुरलाई मिलाएर एउटा प्रदेश बनाउन चाहन्छ भने एमाओवादीले नवलपरासीदेखि कैलालीसम्म थारुको पहिचान स्थापित हुने गरी प्रदेश बनाउन चाहन्छ।

बाबुराम का मननयोग्य कुरा

विचार त राम्रो छ, तर यसका लागि बाबुराम भट्टराईले र बाबुराम भट्टराई को पार्टी ले कुन मुल्य चुकाउन तयार छ? ५,००० थारु मरेको दुई जना बाहुन लाई प्रधान मंत्री बनाउन का लागि हो? गच्छेदार ले जस्तो सानो कदम पनि चालन नसक्ने?

विवाद सुल्झाउन बाबुरामले ल्याए नयाँ प्रस्ताव
– सीमांकन : ७ प्रदेशको मोडेल भित्रै प्रदेश-१ को मधेसीरथारु बाहुल्य क्षेत्र प्रदेश-२ मा राख्नेस प्रदेश-५ को मगर वाहुल्य क्षेत्र प्रदेश-४ मा राख्नेस प्रदेश-७ को थारु वाहुल्य क्षेत्र प्रदेश-५ मा राख्ने
– नागरिकता : पुरुषको विदेशी दम्पत्तिलाई झैं महिलाको विदेशी दम्पत्तिलाई पनि ९ आवश्यक परे थप शर्त सहित ० अंगीकृत नागरिकता र एकल महिलाका सन्तानलाई सहज नागरिकता दिने व्यवस्था गर्ने
महिला र दलितलाई निश्चित प्रतिसत प्रत्यक्ष निर्वाचन क्षेत्र छुट्याउने
– देशमा परिवर्तनको वास्तविक अनुभुति गराउन र राजनीतिक स्थीरता कायम गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्ने
– नेपाली समाजको वहुधार्मिक चरित्र र लामो धार्मिक सहिष्णुताको परम्परा कायम गर्दै राज्यलाई धर्मनिरपेक्ष राख्ने
– न्याय प्रणाली, संवैधानिक आयोग लगायत अन्य विषयमा सहमतिले आवश्यक परिमार्जन गर्ने ।


टिकापुर घटनाको राजनीति समाधान खोजौँ : बाबुराम
समस्याको समाधान फैजी हैन राजनीतिक तवरबाट खोजौं
टिकापुर घटनापछि यसो भने नारायणकाजीले
उत्पीडित थारु समुदायको माग पुरा गर्नुपर्ने बताएका छन् । टिकापुर घटनापछि उनले फेसवुकमा स्टाट्स लेख्दै उनिहरुको थप उपेक्षा , अपमान र धोखले अवस्था झन जटिल बन्न सक्ने चेताबनी दिएका छन् ।
टिकापुर घटनापछि मन्त्रिपरिषद्को आकस्मिक वैठक बोलाइयो



कांग्रेस एमालेका सभासदले मस्यौदा जलाउदै
आदिवासी जनजातिको नेपाल बन्द ३ बजेदेखि खुल्ने
आदिवासी जनजाति महासंघले आह्वान गरेको दुई दिने आमहड्ताल आज अपरान्ह तीनबजेबाट समापन हुँदैछ । कांग्रेस र एमालेका जनजाति सभासद्ले अपरान्ह ३ बजे चावहिललमा संविधानको मस्यौदा जलाएर बन्दको समापन गर्दैछन् । ...... जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमाल, महासचिव पेम्बा भोटेलगायत जनजाति नेताहरुले संविधानको मस्यौदा जलाएर संविधान अस्वीकार गरको संकेत दिनेछन् । कुमाल कांग्रेस र भोटे एमालेका सभासद् हुन् । ...... जनजाति महासंघलले पहिचानको आधारमा नामांकन र सिमांकनसहितको संघीयता हुनुपर्ने, धर्मनिरेपक्षता कायम राख्नुपर्ने, समानुपातिक समावेशी प्रतिनिधित्व प्रणाली लागु गर्नुपर्ने, आदिवासी जनजातिको अधिकारलाई मौलिक हकमा राख्नुपर्नेलगायतको माग राखेर आइतबारदेखि दुई दिने देशव्यापी आमहड्ताल आह्वा गरेको थियो । उपत्यकामा हड्तालको प्रभाव सामान्यमात्रै भएपनि उपत्यका बाहिरको जनजाति प्रभावित भएको छ ।
अपडेट : टीकापुरमा मर्नेको संख्या १९ पुग्यो, एसएसपीसहित दुई इन्सपेक्टर मारिए
कैलालीमा एसएसपीसहित दुई इन्सपेक्टर मारिए
थरूहट पार्टीका कार्यकर्ताले निषेधाज्ञा तोडेपछि भएको दोहोरो भिडन्तमा कैलालीको टीकापुर नगरपालिका ६ संकरपुरस्थित पशुहाट नजिक थरुहट आन्दोलनकारीको आक्रमणमा परी

सेती अञ्चल प्रमूख एसएसपी लक्ष्मण न्यौपानेसहित १६ जना सुरक्षाकर्मी तथा तीन प्रदर्शनकारीको मृत्यु भएको छ ।

...... मृत्यु हुने अन्यमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा छन् । यसैगरी, दुईजना प्रहरी जवानको समेत झडपमा परी मृत्यु भएको बताइएको छ । ..... कैलालीका सहायक प्रमुख .. जिल्ला अधिकारी उदयबहादुर सिंहका अनुसार सशस्त्र प्रहरीतर्फ ११ जनाको मृत्यु भएको छ । ......... ३५ भन्दा बढी घाइते भएको र अन्दोलनकारीले लाठी, खुकुरी, भाला, बन्चरो सहितका हतियार बोकेर आक्रमण गरेका प्रत्यक्षदर्शीले बताएका छन् । ....... करिब ६ हजारको संख्यामा रहेका आन्दोलनकारीले टीकापुरमा रहेका सरकारी कार्यालय कब्जा गर्न आउने क्रममा झडप भएको थियो । ...... करिब ३५ जना भन्दा बढी घाइतेको टीकापुर अस्पतालमा उपचार भई रहेका छ । ......

अहिलेसम्म आन्दोलनकारीका ३ जना घाइते अस्पतालमा ल्याइएको छ ।

तनावग्रस्त जिल्लाहरुलाई दंगा क्षेत्र घोषणा : प्रशासनलाई सेना परिचालन गर्ने अधिकार
सरकारले कैलाली र रौतहटलगायतका तनावग्रस्त जिल्लाहरुलाई दंगाग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । दंगाग्रस्त क्षेत्र घोषणा भएपछि स्थानीय प्रशासनले सेना समेत परिचालन गर्न पाउने भएको छ । ......

दंगा ग्रस्त क्षेत्र घोषण भएपछि अब ५ जनाभन्दा बढी भेला हुन पाइने छैन ।

वार्ताको वातावरण देखिएन : मधेसवादी नेताहरु
उपेन्द्र यादवले सरकारले अहिले पहिचानवादी आन्दोलनरत दलहरुसँगको सहमति र सम्झौता कार्यान्वयन नगरेसम्म वार्ता जरुरी नभएको बताएका छन् । .... यादवले सरकारले विगतमा भएका सहमति कार्यान्वयन गर्ने तदरुकता नदेखाएसम्म वार्ताको औचित्य नभएको बताए । ....... महन्थ ठाकुरले विगतमा भएका सहमति कार्यान्वयन गर्न सरकार अग्रसर नभएसम्म वार्ता हुन नसक्ने ठोकुवा गरे ।
रौतहटमा आन्दालनकारीद्वारा तरवार जुलुस, गौरको जिल्ला अदालत तोडफोड
सैयौंको संख्यामा रहेका आन्दोलनकारीहरुले बिहानैदेखि गौरस्थित जिल्ला प्रशासन कार्यालय,मालपोत कार्यालय अगाडी प्लाइबोर्डबाट निर्मित तरवार जुलुश प्रदर्शन गरिरहेका थिए । ..... बन्दको अवज्ञा गरेको भन्दै आज दिउँसो आन्दोलनकारीहरुले जिल्ला अदालत, मालपोत कार्यालय, जिल्ला प्रशासन र नापी शाखाको कार्यालय भवन माथी ढुंगा मुढा प्रहार गरेका छन् । ...... ढुंगामुढा प्रहारबाट अदालत भवनको पश्चिमपटीको सबै १३ वटा झयालका सिसाहरु फुटेको सुरक्षा स्रोतले जनाएको छ । अन्य कार्यालय भवनमा सामान्य क्षति भएको छ ।

मालपोत कार्यालय अगाडीबाट शुरु भएको तरवार जुलुस गौर नगर परिक्रमा गरेका थिए ।

...... मोर्चाद्वारा सिमांकनको बिरोधमा आव्हान गरीएको आम हडतालको आज दशौदिन पनी रौतहटमा पुर्ण प्रभाव परेको छ ।
टिकापुर घटनाः कहाँ भयो सुरक्षामा कमजोरी ?
सुरक्षा प्रमुखहरुको वैठक बोलाइयो
यस्तै हिंसा अरु ठाँउमा पनि हुन सक्ने खतरामा ध्यान दिन जरुरी भएको एक प्रहरी अधिकारीले बताए ।
बामदेबले संसदमा भने- एसएसपीलाई भालाले घोपियो , हबलदारलाई जिउँदै जलाए र अरु प्रहरीलाई काटेर मारियो
घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका केही जवान हराइरहेका ..... ‘अगाडि नेपाल प्रहरी र ब्याकिङमा सशस्त्र प्रहरी रहेका थिए । २ बजेर २५ मिनेट अगाडि प्रहरीलाई घेराबन्दीमा पारेर हातमा लिएका बञ्चरो, खुकुरी भाला लगायत घरेलु हतियारले आक्रमण गर्न थालियो । नेपाली प्रहरीका एसएसपी, इन्सपेक्टरहरु भुइँमा पछारिए । रक्तपात पूर्ण घटनाको सबै विवरण आइपुगेको छैन । चारैतिरबाट मानिसहरु आएर थरुहटको नारा लगाए, राष्ट्रिय झण्डा भुइँतिर हल्लाउँदै कतिपय समूहहरु अगाडि बढे । अवरोध खडा गर्न र बाहिरबाट अरु कसैले सम्पर्क गर्न नसकोस् भन्दै बाटोमा ढुंगा तेर्साइयो ।’ ........ आज दिउँसो ११ बजे टीकापुर क्षेत्रमा चारैतिरबाट हातमा बन्चरो, खुँडा लिएर आएकाले टीकापुरको निषेधित क्षेत्र तोड्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीको घेराबन्दी तोडेर आक्रमण गर्न थालेको ...... आइतबार कैलालीमा थरुहट, अखण्ड सुदूरपश्चिम तथा दलका प्रतिनिधिका बीचमा सद्भाव कायम राख्दै उत्तेजना, जातीय सद्भाव खलबलिने कार्यक्रम नगर्ने सहमति भएको तर सहमतिको एक दिन बित्न नपाउँदै सो घटना घट्नु दुःखद भएको ....... उनले रौतहटको गौरमा पनि प्रदर्शनकारीहरु घरेलु हतियार लिएर अघि बढिरहेको जानकारी पनि आफूले पाएको उनले बताए । ‘दक्षिणतिरबाट सहरतर्फ आन्दोलनकारीहरु पसिरहेका छन्,’ उनले भने ।


गौरमा पनि गोली चल्यो, कफ्र्यु आदेश जारी
रौतहटको गौरमा आन्दोलनकारीहरुले प्रहरी चौकीमा आक्रमण गर्ने प्रयास गरेपछि प्रहरीले गोली चलाउँदा आधा दर्जनभन्दा बढी प्रदर्शनकारी घाइते बनेका छन् । गौर–२ मा भएको झडपमा सुरक्षाकर्मी तर्फ ५ जना घाइते भएका छन् । ....... यता, गौरमा आन्दोलनकारी माथी नेपाल सरकार तथा गृह प्रशासनले बर्बरतापुर्वक गरेको गोली प्रहारप्रति पूर्व मन्त्री एवं एमाओबादीका सभासद प्रभु साहले घोर भत्र्सनाा गरेका छन् । ....... देशमा जायज मागराखेर आन्दोलनमा उत्रेका आन्दोलनकारीसंग बार्ता गर्नु अथवा बार्ताको बाताबरण बनाउनुको सटो प्रहरी प्रशासनद्वारा दमन गरिनु सरकारको लज्जास्पद कदम रहेको टिप्पणी गरेका छन् ।
मधेशबाटै मधेसी मोर्चाका नेतालाई खुलापत्र
हो तपाईंले भनेजस्तै शासक वर्गले मधेसलाई उपेक्षा गर्दै आएकै हुन् । मधेसी जनता देश विकासको मूल प्रवाहमा समाहित हुन सकेनन्, पाएनन्, दिइएन । ...... सेना, प्रहरी, कर्मचारी आदिमा मधेसी जनताको सहभागिता न्यून छ, छँदै छैन भन्न सकिने अवस्थाको ।

संघीयता भनेको देश विभाजन होइन

तर संघीयता मा नगए देश विभाजन हुन्छ। जिल्ला एकात्मक व्यवस्था को बेबी किंग हो। पहिचान बिनाको संघीयता पांग्रा बिनाको साईकल हो।

थप १३ औद्योगिक क्षेत्र खोल्ने तयारी
थप १३ स्थानमा औद्योगिक क्षेत्र खोल्ने तयारी गरेको ..... हाल मुलुकभर ११ औद्योगिक क्षेत्र छन्। ..... हेटौडा, झापा, नुवाकोट, सुर्खेत, चीतवन, काभ्रे, दाङ, बारा, बाँके, कास्की, रुपन्देही, कञ्चनपुर ..... ‘यी सबै क्षेत्रमा औद्योगिक पूर्वाधार विकास भए २ हजार ५ सय उद्योग स्थापना गर्न सकिन्छ। नियमित गतिमा काम भए ४ वर्षमा पूर्वाधार निर्माणको काम सम्पन्न गर्न सकिन्छ।’ ....... सरकारको स्वामित्वका बन्द रहेका उद्योग तथा प्रतिष्ठानहरूको जग्गा माग गर्ने तयारी लिमिटेडले गरेको छ। त्यसका लागि जनकपुर चुरोट कारखाना, वीरगन्ज चिनी कारखाना, कपास विकास समितिलगायत जग्गा हुन सक्ने जनाइएको छ। ... औद्योगिक क्षेत्रभित्र सरकारले जमिन, भवन, सडक, विद्युत्, पानी, ढल लगायतका पूर्वाधार विस्तार सरकारले गरिदिन्छ।

माग नया केही छैन, कार्यान्वयनमा चुकेको सरकार राजीनामा दे

माग नया केही छैन, कार्यान्वयनमा चुकेको सरकार राजीनामा दे। संविधान को सपथ खाएर संविधान नमान्ने सुशील कोइराला, बामदेव गौतम --- राजीनामा दे।


लोकतंत्र को भाषा बोल्न छाडेका नवराजा हरु द्वारा सेना परिचालन

देशको १५% भूभाग मा देशको १५% अन्यत्र को ९०% प्रतिनिधित्व भएको सुरक्षा इकाई हरु ७०% राखेको केही वर्ष बित्यो। जबरजस्ती मधेस विरोधी संविधान ल्याउने अनि त्यसको आडमा गोली चलाउने -- त्यो मास्टरप्लान मा कर्णाली र सुर्खेत ले भांजो हाल्यो। त्यस का लागि सीमांकन परिमार्जित गरे, जातीय चरित्र देखाए। ह्रितिक रोशन कांड को मास्टरमाइंड हुँदा बामे सत्ता मा थिएन। अहिले सत्ता मा छ। हेग जाने बाटो उसले आफ्नो लागि प्रशस्त गर्दै छ। पाकिस्तान बंगलादेश को पहिलो कदम बामे ले लियो।



कैलाली, सर्लाही र रौतहटमा सेना परिचलान
देशैभरी सेना परिचालन गर्न सुरक्षा परिषद्ले निर्ण गर्नुपर्ने भए पनि केही क्षेत्रमा मात्रै सेना परिचालन गर्न सुरक्षा समितिले निर्णय गर्नसक्छ ।
टीकापुरमा एसएसपीसहित २० जना मारिए : कैलाली प्रजिअ श्रेष्ठ
कैलालीकाे टीकापुरमा भएको भिडन्तमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्याैपानेसहित २० जनाको मृत्यु भएको कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले बताएका छन् । श्रेष्ठका अनुसार

सशस्त्र प्रहरीका ११, नेपाल प्रहरीका ६ र आन्दोलनकारी तर्फ ३ जनाको मृत्यु भएको छ ।

....... ५० भन्दा बढी घाइतेको उपचार भइरहेको छ । .... मृत्यु हुनेमा प्रहरी एसएसपी लक्ष्मण न्यौपाने र इन्सपेक्टरहरु केशव बाेहरा र बलराम बिष्ट छन् । उनीहरुलाई भालालगायतका हतियारले प्रहार गरिएको बताइएको छ । ..... प्रदर्शनकारी तर्फ पनि ठूलो हताहात भएकाे छ । .... तीनतिरबाट १० हजार जति प्रदर्शनकारी जम्मा भएका थिए । ..... यसै घटनालाई लिएर मन्त्रिपरिषद्को आकस्मिक बैठक अहिले केहीबेरमा बस्ने तयारी भइरहेको छ । गृहमन्त्रालयमा सुरक्षाा समितिको आकस्मिक बैठक अहिले चलिरहेको छ ।
लाठी र घरेलु हतियार सहित मलगंवामा प्रदर्शन

मधेसी ले जनजाति लाई मझधार मा छोड्दैन

हामी यो मान्दैनौं त्यो मान्दैनौं, आन्दोलन रोक्दैनौं जस्ता के कुरा गरेको गच्छेदार ले? मधेस मा भैरहेको आंदोलन र उ बीच कुनै सम्बन्ध छैन। He speaks for nobody, not even his own party. तिमी मधेस आंदोलन को प्रतिनिधि भए जस्तो गर्नु, हामी तिमी मधेस आंदोलन को प्रतिनिधि भए जस्तो गर्छौं भन्ने यो के नौटंकी हो ए-का-ए का बाहुन हरुको! 

यो आन्दोलन एक मधेस एक प्रदेश मा पनि टुंगिँदैन। मधेसी ले जनजाति लाई मझधार मा छोड्दैन। अब यो आंदोलन यो सरकार र यो संविधान सभा को बर्खास्तगी संग मात्र टुङ्गिन्छ। सुशील बामे राजीनामा दे। 

काठमाण्डु का नेवार जागने बेला यही हो। लिम्बु, शेरपा, तामांग, गुरुंग, मगर जागने बेला यही हो। जातीय पहिचान को एक थान संविधान। 

नया अंतरिम सरकार बन्छ अब। मधेसी जनजाति को दुई तिहाई भएको, मधेसी जनजाति को नेतृत्वमा नया अंतरिम सरकार बन्छ अब। काँग्रेस-वाम मोर्चाले पंचायत ढाल्यो, सात दल ले ज्ञानेन्द्र ढाले, संघीय गठबंधन ले बाहुन जंगल राज ढाल्छ। यो चरी घैंटे गठबंधन सरकार राजीनामा दे।





‘एक मधेस एक प्रदेश’ मुद्दा उठ्ने गच्छदारको चेतावनी
चार दल बैठकमा गच्छदारद्वारा मधेसमा दुई प्रदेशको प्रस्ताव
बेलैमा सम्बोधन गर्ने प्रयास नभए आन्दोलनले ‘एक मधेस एक प्रदेश’ को माग समेत बल्झाउने चेतावनी दिएका छन् । ......

‘तपाईहरु (कांग्रेस–एमाले)ले पहिले नै अघि सारेको सात प्रदेशमै जाने भए पनि हामी मान्दैनौ, अब आठ प्रदेशले पनि अहिलेको माग सम्बोधन हँुदैन’ बैठकमा गच्छदारले भने,‘समग्र तराई दुई प्रदेश हुुनुपर्छ ।’

उनले झापादेखि पर्सा सम्म एउटा र नवलपारसी देखि कञ्चनपुरसम्म अर्को प्रदेश बनाउनुपर्ने प्रस्ताव राखेका छन् । ........

थारु, जनजाती, मधेसी सबैको आन्दोलन मिलेकाले

चाडै सम्बोधन नभए तराईमा एक प्रदेश सम्मको माग उठ्ने गच्छदारको भनाई थियो । ...... आइतबार गच्छदारले बालुवाटारमा चेतावनी युक्त भाषामा नेताहरुलाई समाधान गर्ने दिशामा लाग्न ध्यानाकर्षण गराएका थिए । उनको भनाईमा एमाओवादी नेताहरु समेतले भित्री रुपमा समर्थन गरेका छन् ।

Sunday, August 23, 2015

Hello

Darshan Rauniyar: Big Move: Move To Nepal: A Breath Of Fresh Air

विदेशमा बस्ने नेपालीलाई नागरिकता र मताधिकार दिनुपर्छः दर्शन रौनियार
नेपाली मूलका अमेरिकी राजनीतिकर्मी दर्शन रौनियारले ‘नयाँ नेतृत्व र नयाँ विचार’को नाराका साथ अब आफू नेपाली राजनीतिमा आउने बताएका छन् । ..... रौनियारले नेपाली साथीहरुसँग मिलेर वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने आफ्नो ध्येय रहेको बताए । ...... सन् १९८८मा इलेन्ट्रोनिक इन्जिनियरिङ अध्ययन गर्न नेपालबाट अमेरिका पुगेका रौनियार दश वर्षपछि त्यहाँ सूचना प्रविधि उद्यमी बन्न सकेका थिए। हार्डवेयर र सफ्टवेयर कम्पनीहरुमा उनले इन्जिनियरिङ, बजार, बिक्री र व्यवस्थापन क्षेत्रमा विभिन्न तहको अनुभव हासिल गरिसकेका छन् । .....

गत वैशाख १२को ‘गोरखा भूकम्प’पछि नेपाल आई २५ जिल्लाका गाउँ र नगरमा उनले आफ्नै खर्चमा राहत पनि वितरण गरे । “मैले जनतामा निकै निराशा, पीडा र आक्रोश पाएँ, उनीहरुले नयाँ नेतृत्व चाहेका छन्” उनले भने “हामी सुनको पसलमा बसेर भीख मागिरहेका छौँ, यो रोकिनुपर्छ, अब राजनीतिक स्थायित्व ल्याएर विकास फैलाउनु जरुरी छ ।”

...... नेपालमा पनि राष्ट्रपति वा प्रधानमन्त्री, संसद् र स्थानीय तहमा सबैमा दलगत नभई स्वतन्त्र प्रत्यक्ष निर्वाचन भएमा निर्वाचित प्रतिनिधि जनताप्रति बढी उत्तरदायित्व हुने विश्वास व्यक्त गरे। ....... “नेपाल सरकारले एक पटकको नेपाली सधैँको नेपाली भन्ने मागलाई मान्यता दिनुपर्छ, गैरआवासीय नेपालीलाई पनि बिनासङ्कुचन राजनीतिक अवसर दिनुपर्छ, एक्काइसौँ शताब्दीमा सरकारले खुला मन राख्नुपर्छ” ..... विदेशमा बस्ने नेपालीलाई पनि राजनीतिक अधिकारसहित नागरिकता र मताधिकार दिनुपर्छ, ।” ...... सरकारबाट नागरिकता, नवजात बालिबालिकादेखि ५ वर्ष उमेरका बालबालिका र तिनका आमालाई निःशुल्क स्वास्थ्य, ५–२० वर्षका बालबालिका र किशोरलाई निःशुल्क शिक्षा, २०–४० वर्षका युवालाई रोजगारीको वातावरण सिर्जना र बुढेसकालमा सामाजिक सुरक्षाभत्ता दिलाइदिनका लागि दबाब दिने बताउँदै त्यति उपलब्ध भएमा जनताले आफैँ मिहिनेत गरी उन्नति गर्ने विश्वास व्यक्त गरे। ...... “अब म अमेरिकाको विलासी जीवन छाडेर मातृभूमिको सकारात्मक परिवर्तनका लागि भूमिका खेल्छु, , नेपाललाई संसारकै प्राङ्गारिक खेतीको मुलुक बनाउन चाहन्छु, नेपालको जलस्रोत, पर्यापर्यटन र कृषि पर्यटनमा सम्भावना खोज्नुपर्छ,

म स्पष्ट दृष्टिकोणसहित बलियो नेतृत्व खोजिरहेको सार्वभौम नेपालको मागलाई परिपूर्ति गर्न चाहन्छु ।”

This is big news. This will instantly change the political culture in Nepal. But he can not join any existing party. He will need to launch his own. That will create a movement. Nepal has found its Arvind Kejriwal.



दर्शन रौनियारको नेतृत्वमा एमफोसी
एमफोसी संयोजकमा रौनियार र सहसंयोजकमा आरके शाक्य रहेका छन्। केन्द्रीय सदस्यमा कमानसिंह लामा, पद्मिनी प्रधान, रामलाल श्रेष्ठ, अर्जुन राना, पुष्कर पौडेल, मेनुका राई, जमुना पुरी, हुमनाथ चालिसे, भुपेन्द्र पौडेल, केपी न्यौपाने, शुक्रबहादुर श्रेष्ठ, छायाचन्द्र भण्डारी, फिनु सिंह र गणेश बुढा छन्। ..... अर्जुन रानाको संयोजकत्वमा गठित युवा परिचालन उपसमितिमा गणेश बुढा, विक्रम चन्द, विवेक अर्याल, वीरेन्द्र शाही सदस्य छन्। पुष्कर पौडेलको संयोजकत्वमा गठित आर्थिक उपसमितिमा आरके शाक्य, भवानी खड्का, भुपेन्द्र कँडेल र कमानसिंह लामा सदस्य छन्। छायाचन्द्र भण्डारीको संयोजकत्वमा रहेको सञ्चार उपसमिति सदस्यमा भुवन केसी र जेबी बिष्ट छन्। एमफोसी प्रवक्ताको जिम्मेवारी कमानसिंह लामालाई दिइएको छ।

The Underworld: Jungle Raj In Nepal

यसरी जन्माईन्छन् डन ! डन, नेता र प्रहरी बिचको जालो
‘सर्वेन्द्र खनाल त बर्दिवाला गुण्डा हो यार । सिभिल ड्रेसमा पुरा गन राखेर आएको थियो, घैंटेले मज्जाले लखेट्यो ।’ कसैले भनेको शब्द मेरो कानमा परेको थियो । कुरा सायद २०६२ तिरको होला । रेष्टोरेण्ट बिक्रिमा छ भन्ने हेतुले एउटा साथिले हामीलाई देखाउन लगेको थियो । नेपालका चर्चित ब्यक्तित्व नै हुन जसलाई घैंटेले दाई भन्थ्यो अर्थात उनि हस्ति नै थिए । तर त्यो रेष्टोरेण्ट डान्स बार रहेछ, हामी त्यतिकै फर्कियौं जुन

रेष्टोरेण्टमा सर्वेन्द्र खनाल र घैंटे बिच ढुंगा हानाहान भएको थियो ।

त्यो घटनाको लगत्तै सर्वेन्द्र खनाललाई तुरुन्त उपत्यका बाहिर सरुवा गरियो । जुन घटना सायद प्रहरीको अफिसियल ड्युटी अनुरुप थिएन । यता भने समाजमा घैंटेको प्रभाव बढ्न सुरु भयो । ....... २०६२/६३ पछि ति ब्यक्तिको नाम घैंटे डन भनेर आयो । उनको कर्तुत पत्र पत्रिकामा पढें र आफुलाई पहिला छुटाउन मद्धत गरेकोमा आत्मग्लानी भयो । ...... आफु बिदेशबाट ७/८ बर्ष पछि बल्ल नेपाल फर्केको, समाजमा डनगिरी मौलाई सकेको पत्तै भएन । तर मैले बिदेश बस्दा ईटालीमा भने डन भन्ने शब्द एकदम आदरिणय शब्द थियो र हो र यसलाई सम्मान गरेर कसैलाई सम्बोधन गरेर डनब्रास्को, डनमारियो, डन पाओलो, डन फलानो भनेर गरिन्थ्यो, गरिन्छ । तर यता भने डन भन्ने शब्दले समाजमा डर लाग्दो, त्रासदीपूर्ण र कहालीलाग्दो तर्साउने रुपले हेरिंदो रैछ । ......

आम जनताले त भन्छन् डनको उत्पादन नै नेता र पुलिसले गरेका हुन् ।

डनलाई प्रयोग गरेर नेता, उद्योगपति, दलालहरुले आफ्नो आर्थिक अभिष्ट पुरा गर्न, धम्क्याउन, त्रास देखाउन र चुनावमा जित्न प्रयोग गरेका पाईन्छन् । त्यस्तै प्रहरीहरुले बालुवाखानी, बिभिन्न मेनपावर कम्पनिबाट यि डनहरुलाई नै प्रयोग गरिरहेको सुनिनमा आउँछ । ...... सम्झन्छु ति पञ्चयतका दिनहरु, सायद राजनीतिक पृष्ठभूमिका परिवारबाट नआएकोले होला पञ्च्यायत मलाई अत्यन्त स्वर्णिम युग लाग्छ । त्यतिबेलाको अखवारमा कुकुर किचेर मारेका खवर, अझ भनौं भारतमा मान्छेले दिन दहाडै मान्छेलाई छुरा घोपेर मारेका खवर महिनौं दिन सम्म घरको आँगन, पाटि पौवा, टोल टोलमा गफ चुटने बिषय बन्थे । ..... स्वर्गिय राजा बिरेन्द्रले आफ्ना भाई अधिराज कुमार स्वर्गिय धिरेन्द्र बिभिन्न सांगठित अपराधिक क्रियाकलापमा मुछिदैं आएको सर्ब साधारणको मर्मलाई महशुष गरि उनलाई अधिराज कुमारबाट हटाएकै हो । ........... एक पटक मेरो काका राजा बिरेन्द्रको एडिसि भएर युरोपको यात्रामा जाने अवसर मिल्यो । ...... पछि दरबारमा यस बिषयलाई लिएर जाबो ईन्सपेक्टरको हैसियतले गाडि कसरी मग्यो भनेर हल्ली खल्ली नै भयो । काकाको जागीर नै जाने माहोल बन्यो । काकाको स्पष्टिकरणले र दाईको पर्यटन ब्यवसाय भएको कारण तथा हुनेखाने परिवार भएकोले होला दरबार सन्तुष्ट भएछ र जागिर बच्यो । ....... अचम्म छ राजनीति, कोहि नेता साम्प्रदायिक द्ववेश फैलाउन उद्धत हुन्छन । मधेशी जाग्नु पर्यो खुँडा तरबार लिएर पहाडिको घरमा जाई लाग्नु परयो भन्छन भने कोहि नेता जनताको जिवनको अवमुल्यन गर्दै देश टुक्रयाउनेलाई शहिद घोषणा गरिन्छ, ५० लाख दिईन्छ । पैंशा आफनै खल्तीबाट दिईने हो जस्तो गरि । ....... देशमा ठूला नेता भ्रष्टाचारमा मुछिन्छन, जेल चलान हुन्छन्, लाउडा धमिजा काण्डमा देशका प्रधानमन्त्री मुछिन्छन, न्यायालयका न्यायाधिश मुछिन्छन, कानुनका रखवाला प्रहरी प्रशासन मुछिन्छन् ।

डिबि लामा पछिका प्रायः जसो सबै आईजिपि भ्रष्टचारमै मुछिएका छन् ।

........... यहाँ सबैलाई संरक्षण चाहिएको छ, संरक्षण बापत डनहरुलाई ब्यापारिक साझेदारी तथा पैंशा चाहिएको छ । अहिलेको गुण्डा तथा साधारण कार्यकर्ताको खल्तीबाट डिआईजी निस्कन्छन् ।

तल्लो दर्जाको ईन्सपेक्टर र डिएसपीलाई अगाडि राखेर तर्साउनको लागि तेरो डिआईजी मसँग मुत्छ भनि स्पिकर अन गरि फोन गर्छन ।

ठूला दर्जाका प्रहरी अधिकृत पनि आप्mनो प्रमोसनको लागि मालदार ठाउँमा जान गणेश लामा जस्ता डनलाई सर र हजुर भन्दै नजराना चढाउन जान्छन र पछि त्यहि डनको कन्डो पछाडि कुरा काटछन् । ............

चरी उड्दा एमाले तथा सुरेन्द्र पाण्डे जस्ताले बिलौना गरि नैं रहन्छन्, घैंटो फुट्दा कांग्रेस र जगदिश नरसिंह आघात नै भई नै रहन्छन् र यता एकछिनको खुशिको क्षण आम जनता बाडि नै रहन्छन् ।

......

के साच्चिकै प्रहरी पनि लाईसेन्सवाला डन नै हुन त ?

...... के तैले पहिलाको जस्तो अवस्था सोचेको छस् ? के तैले भ्रष्टाचार गर्न, घुस खान सक्छस्, के तैले नेताको चाकडी र गुलामी गर्न सक्छस् ? यि शब्दले प्रहरीको मान सम्मान भन्दा घृणा र बितृष्णा मात्रै पाउने रहेछ भन्ने ठानी बिदेशमा उच्च अध्ययन गर्नको लागि पलायन भएँ । ...... बारम्बार प्रश्न उठ्छ प्रहरीले फ्रेम गरेर ईन्काउन्टर गर्छ, कसैलाई लागुमा फसाउँछ । गुण्डा नाईके चक्रे मिलन लागुमा जेल चलान हुँदा प्राय जसो चल्ता पुर्जा डनहरु कहि कतै गाडि पार्किगं गर्नु परयो भने प्रहरीले पोका हालि दिन्छ भनेर गाडिको पुरै शिसा बन्द गर्नुपर्छ भन्थे । त्यस्तै रमश बाहुनले मलाई बरु ईन्काउन्टरमा मारि दिएको भए हुन्थ्यो, म जस्तालाई पोकामा फसाएर जेलमा सडाउने जुन प्रपंच छ त्यसलाई मेरो आत्माले पनि मान्दैन । उनलाई समाउने प्रहरी अधिकृतलाई त म तेरो नाम जिन्दगी भरि भुल्दिन भनेका थिए रे । जेलमै हेर्न गए पुग्छ, त्यहाँ बसेका प्रहरी गार्ड नै भन्छन

कैंदी मध्येमा ७५ प्रतिशत त प्रशासन, प्रहरी, नेता तथा ठूला बडा भन्नेले, डन भन्नेहरु एकले अर्कालाई नै फसाएर पुगेका छन् । चोर, फटाहा, जाली जति आरामले घुमेर बसेका छन् ।

......... सोझा साझा जो झेल्लि गर्न जानेका छैनन ति बिचराहरु भित्रै सडेर बसेका छन् भने चोर जाली फटाहाहरु बाहिर आरामले घुमेर बसेका छन् । अझ मुद्धा छिनोफानोको लागि दलालहरुको मोलमोलाईले त न्यायालयप्रति आम जनता सशंकित हुनु परेको छ । ....... एउटा डनको आमा त छोरा डन भएकोमा गर्व गर्दछिन् । एकजना पिडित डनबाट भेटे पिच्छे गोदाई खाई आजित भएर ति डनका आमालाई कुरा लाउन पुगेछन् । बिचरो केटो आस्वासन पाउला भनेर आशा गरेको त उल्टै पो डनकी आमाले “भो भो चुप लागेर बस्, कुटाई मात्र खा को छस् त्यसले त खुकुरीले काट्छ, बरु त्यसको छेउमै नपर” भनिछन् । झगडा पर्दा छोरालाई ला यो पनि लिएर जा भनेर खुकुरी थमाउथिन् । ....... युवा वर्गमा त चार दिन कुनै कारणले थाना पुग्दा पनि चार दिन जेल बसेर आएको भनेर गर्वको साथ भन्छन् । .......

प्रहरी प्रशासनलाई गृह, डन र कार्यकर्ताले आफ्नो खल्तीमा राख्नुको साटो पूर्ण स्वतन्त्र संस्थाको रुपमा बिकास गरेर लानु पर्दछ ।

जस्तै महाराजगंजको डिएसपी त ईश्वर पोखरेलको मान्छे रे उनले भनेको मान्छन् भन्ने मान्यतालाई पूर्ण रुपले हतोत्साहि गरि प्रहरी जनताको सेवा गर्नको लागि जनतासँगै अगाडि बढ्नु पर्छ भन्ने मान्यतालाई स्थापित गर्नुपर्दछ । ....... प्रहरी र न्यायलयमा एक आपसमा विस्वासको खाडल छ त्यो पुर्न जरुरी छ । जस्तैः प्रहरी प्रशासनले समातेर ल्याएको अपराधीलाई न्यायालयले फसाएर ल्याएको बुझनु र न्यायालयले सफाई दिदा प्रहरीले न्यायालयलाई अन्यथा बुझनु एक आपसमा बिश्वासको खडेरी देखिन्छ । त्यस्तै समाजमा अपराध र बिकृति बढेन भने हाम्रो ब्यवसाय कसरी चल्छ भन्ने मान्यतालाई कानुन ब्यवसायीले सोच्ने हो भने समाजमा अपराध र बिकृति ठप्प हुन्छ त ? कानुन त सेवा हुनुपर्ने हो, तर कानुन कसरी ब्यवसाय भयो ? ........ जब सम्म नैतिकताको घैंटो प्रत्येक समाज, घर मात्र नभई ब्यक्ति ब्यक्तिमा खुलिदैन नैतिकताको खडेरी तब सम्म परि नै रहन्छ तब सम्म देश र समाजमा त्यस्तो

घैंटो फुटि नै रहन्छन्, चरि उडि नै रहन्छन्, यसरी अपराधको चक्र घुमि नै रहन्छ ।

...... प्रहरी प्रशासनलाई राजनीतिक दल, नेता तथा जनता बाधकको रुपमा नभई सहयोगिको रुपमा अगाडि उभिन जरुरी छ । ..... चरी र घैंटे घटनाप्रति त्यसबेलाका एसएसपी पुष्कर कार्कि तथा अहिलेका एसएसपी सर्वेन्द्र खनाल सम्पूर्ण आम जनताले हार्दिक आभार ब्यक्त गरेकोमा म लेखक पनि नतमस्तक भई हार्दिक नमन गर्न चाहन्छु । यसैगरी नेपाल प्रहरीले निस्पक्ष भएर न्याय, शुसासन र समाजमा शान्ति, अमन चयन कायम राख्न भूमिका खेलि रहोस् । जय नेपाल, नेपाल प्रहरी । ............................. त्यो घटनाको अगाडि २०६०/०६१ तिरको कुरा होला एका बिहान मलाई फोन आयो र राजा हजुरले एउटा सानो काम गरिदिनु पर्यो भनेर कसैले आग्रह गरे । मलाई भनिएको कुरा यस्तो थियो, “सोह्रखुटटे थानाबाट आएका प्रहरीले राती ति ब्यक्तिका भाईलाई उठाएर लगेका रहेछन् । प्रहरीले लगेका ति ब्यक्तिलाई प्रेसर, सुगर रहेछ । बिरामी मान्छे बेला बेला औषधी खानु पर्ने रहेछ, केटा साह्रै सोझो तर अनाहकमै समातिएछ । बरु अरुलाई अनुसन्धानको रुपमा राखेपनि उनलाई चाहि छोडाई दिनु परयो,” मलाई फोन गर्ने ब्यक्तिले यसै भने । ....... आफ्नो ठुलो बुवा आईजिपि, काकाहरु डिआईजी, नातामा पर्ने प्रधानमन्त्री, बाजे पर्ने गृहमन्त्री, मामा आर्मिको चिफ हुँदा पनि साधारण हवल्दार देखेर पनि मन ढुक्क फुल्थ्यो । टिनएजको उमेर भएता पनि त्यस्ता उछृगंल, अपराधिक गतिबिधी, झैं झगडामा त्यति ध्यान जादैन्थ्यो । अझ डिआईजीपि जस्ता ब्यक्तिले तालिम केन्द्र महाराजगञ्जबाट गाडिमा फुत्त निस्केर म फुच्चे लाई “राजा दर्शन भनि सम्बोबन गरि, मेरो लवाई हेर्दै के हो हँ राजा गु को पोका झुण्डेको जस्तो पाईन्ट लगाएर, क्या हो यस्तो चाला कैचिले काटि दिउ ? ढंगको जुत्ता लगाउने हैं ” भन्दा सातो जान्थ्यो । त्यो बेला लामो कपाल काटिदिने, ब्यागि पाईन्ट काटेर कट्टु बनाईदिने, डिंगो जुत्ता काटेर आधा बनाईदिने प्रहरीले अभियान नैं थालेका थिए । त्यो बेलाको संस्कारै यस्तो थियो कि प्रहरी भनेपछि सातोपुत्लो उडिहाल्थ्यो । अझ गाउँघरमा एउटा बर्दिवाल हवल्दार पस्यो भने सोध खोजको बिषय हुन्थ्यो । गाउँघरमा फलानो गाउँमा आज किन प्रहरी छिरेछ भनेर लाज हुन्थ्यो । समाजमा शान्ति सु ब्यवस्था गर्न प्रहरी प्रशासन तथा राज्य सफल थियो । ......

नेताले डन खेलाउने, डनले प्रहरी खेलाउने फेरी प्रहरीले त्यही डन खेलाउने ! यस्तै छ यहाँको सिस्टम ।

हिन्दी फिल्म सिंगममा झैँ यहाँका सिस्टम हि ऐसा छे सर एक हवल्दार भन्दै थिए । जब सम्म राजनीतिमा फोहोरी खेल भईरहन्छ तब सम्म प्रहरी प्रशासन, समाज, ठेक्का पटटा तथा डनको सिस्टम यसरी नै चलिरहन्छ । जब सम्म नेपालमा सिंगममा झै नायक प्रहरी अधिकृत जन्मदैन, देशमा यस्तै भई नै रहन्छ । ........ डन मारेर प्रमोसन भईन्छ भन्ने नजिर जब सम्म प्रहरी प्रशासनमा स्थापित रहन्छ तब सम्म डन जन्मि नै रहन्छन् । किनकी डन, उसका गतिबिधीलाई प्रहरीले नदेखे झैं गरी उसलाई त्यो काम गर्न नदेखिदो रुपमा सुरुमा हौसला थपि दिन्छन् । प्रहरीले चाहने हो भने, यहाँ मान्छे मार्न त परै जाओस, अनुमति बिना कसैले कसैको सिन्को सम्म भाच्न सक्दैन ।


Clearing the Jungle Raj: Bihar State, India, 2005 - 2009
Nitish Kumar was elected chief minister of Bihar, India’s poorest state, in December 2005, when the state’s government was weighed down by two decades of institutional decline, widespread lawlessness and a society deeply divided by caste and religion. Improving law and order was a major priority of his new government. The main challenges were rampant criminal activity that curtailed social and economic life, a shortstaffed and under-motivated police force, widespread corruption in the ranks, and the poor image of the Bihar police. Using innovative measures, Kumar and his top police officers set out to rid Bihar of its so-called jungle raj, or law of the jungle. ........ When he came to power, Kumar worked to empower senior officers of the Bihar police to recruit, train and professionalize the rank and file. He impressed upon them the need to improve law and order as part of an effort to attract investment and stimulate civic life.

With Kumar’s backing, senior officials undertook bold measures.

.......... They developed a system that came to be known as “speedy trials” to expedite police procedures involved in convicting criminals. They invoked a little-used clause of the Indian Arms Act to target illegal possessors of firearms, who were considered most likely to be involved in other serious crimes. They created a temporary auxiliary police force by hiring retired army infantrymen.

Interesting Map


तर यसमा जाने हो भने

  • प्रदेश हरुको नाम होइन नंबर रहने भो 
  • जिल्ला कायम रहने भो 

केरला, तमिलनाडु, पंजाब, महाराष्ट्र, आसाम, बंगाल, ओरिसा, आंध्र प्रदेश आदि

केरला, तमिलनाडु, पंजाब, महाराष्ट्र, आसाम, बंगाल, ओरिसा, आंध्र प्रदेश आदि सब जातीय पहिचान मा आधारित नाम हुन। संघीयता बारे दक्षिण को छिमेकी बाट सिक्न कति गार्हो भएको?

नेपालको मधेस प्रदेश भारत को महाराष्ट्र जस्तो हो, आर्थिक रुपले सबैभन्दा अगाडि हुन्छ। झापा बाट चितवन समेट्दै कंचनपुर सम्म। मधेस प्रदेश। अखंड मधेस। मधेस भुगोल हो।




  • हिन्दी भाषा देश भरि नेपाली भाषा को समकक्ष रहन्छ 
  • एक जना पनि मधेसी अनागरिक अथवा दोस्रो दर्जाको नागरिक भएर बस्दैन 
  • मधेस को बुहारी दोस्रो दर्जाको नागरिक भएर बस्दैन
  • केंद्र सरकार को प्रतिनिधि सभा र राज्य सभा मा मधेस को जनसंख्या समानुपातिक प्रतिनिधित्व रहन्छ 
  • सीमा सुरक्षा, बिदेश नीति आदि केही प्रमुख विषय बाहेक बाँकी प्रदेश मा आउँछ 

Muslim Voice: Janakupr

राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले आज जनकपुरमा निकालेको रयाली | रयाली पश्चात प्रशासन कार्यालय मार्फत नेपाल सरकार समक्ष आफ्ना माग सहितको ज्ञापन पत्र बुझाईएको थियो | भाद्र ६ | भिडियो साभार: मो. अरमान रइन जी

मुस्लिम आन्दोलन, जनकपुर

राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले आज जनकपुरमा निकालेको रयाली | रयाली पश्चात प्रशासन कार्यालय मार्फत नेपाल सरकार समक्ष आफ्ना माग सहितको ज्ञापन पत्र बुझाईएको थियो | भाद्र ६ |भिडियो साभार: मो. अरमान रइन जी

Posted by Madhesi Community on Sunday, August 23, 2015

Morang

घैंटे मार्ग? घैंटे सालिक?

काँग्रेस पार्टी ले अर्को चुनाव नमजा सँग हारने भो। एमाले लाई चरी को दशा, काँग्रेस लाई घैंटे को दशा लाग्ने भो। Anti Incumbency Factor भन्दा पनि ठोस।



को विखण्डनकारी?
आफ्नो सगोत्रीको माग सम्बोधन गर्‍या ठीकै हो, परगोत्री थारु र मधेशीको नि गरिदिया भए हुन्थ्यो नि? .... कर्णाली र मध्य पश्चिमको माग सम्बोधन गरियो र मधेशका मान्छेलाई मर्न छाडियो। .... लौ एक दुई दर्जन मरोस त्यसपछि विचार गरौंला भन्ने सोच रहेछ। देउवालाई मधेशी र थारूको नेता भन्दा पनि सुदूरपश्चिमकै नेता हुने रहर रैछ ..... जनताको मन खण्ड खण्ड पारेर भूमीलाई कति बेलासम्म अखण्ड राख्न सक्नु हुन्छ? उपेन्द्र यादव र अमरेश सिंहले थारूलाई भड्काए रे, ए बाबा तिम्रो माया यति कमजोर किन छ कि थारूहरू अरुको कुरामा लागेर तिम्रो विरुद्ध भड्किन्छ? मायाको गाँठो दरिलो बनाउ न भै‘गो नि। .....

के नेपाली राष्ट्रियताको जग यति कमजोर छ कि उपेन्द्र यादव, राजेन्द्र महतो र अमरेश सिंहले बोल्ने वितिकै कमजोर हुन्छ?

..... नेपालको स्थायी सत्ताको मजबुत कडी रहेको सञ्चार माध्यमले अमरेश सिंहलाई किन देखि नसकेको हो? जे गरे पनि जे बोले पनि उल्टो अर्थ लगाउने। .... एउटा कुरा के बुझ्न जरुरी छ भने काठमाडौंमा मधेशी नेतालाई जति खेद्यो उ मधेशमा त्यतिनै ठूलो हिरो हुने हो। .....

दोस्रो संविधानसभापछि थारूमधेशको म्याथमेटिक्स केही विग्रेको छ तर केमेस्ट्री अझै विग्रेको छैन भन्ने कुरा भारदह विद्रोहले देखाइसक्यो।

.......

सुर्खेतमा तीन जना मानिस मरे, मन्त्रिपरिषद्ले १० लाख क्षतिपूर्तिको घोषणा गर्‍यो। घैँटेलाई शहीद घोषणा गर्नु पर्छ भन्नेहरुले राजिव राउतलाई नेपाली शहीदको स्तरमा पर्ने भने देखेनन्।

उपेन्द्र यादव र अमरेश सिंहले टिकापुरमा गरेको भाषणको संसदीय छानवीन गर्ने उपसमिति वनाउन हतारो गर्नेहरु राजीव हत्याको घटना छानविनका लागि उपसमितिको आवश्यकता ठानेनन्। ......... भैरहवामा पहाडी मधेशी लडाएर, टिकापुरमा थारु पहाडी लडाएर राज्यले कुन राष्ट्रियता मजबुत गर्न खोजेको हो? भैरहवाबाट कुटाइ खाएर गएका मधेशी गाँउ फर्किदा पुलिस चौकी र सरकारी कार्यालमा राखेको नेपाल सरकारको वोर्ड हेर्ने बित्तिकै श्रद्धाले गदगद र मेरो सरकार हो भन्ने आश कसरी गर्ने? ...... नागरिकता नदिने, अधिकार नदिने, पहिचान नदिने, सिडिओ, एसपी हुन नदिने र अनि राष्ट्रियता को अपेक्षा गर्ने? प्रदेश मागे बिखण्डनकारी हुने, समावेशीको कुरा उठाए असक्षम हुने, पहिचानको कुरा उठाए जातिवाद हुने? ..... सत्य र तथ्य परक कुरो गर्ने वित्तिकै काजी साहेव लेण्डुप दोर्जे र फीजिका महेन्द्र चौधरी हुने? कस्तो नियम बनाएको स्थायी सत्ताले? मिरजाफर हुन अस्वीकार गरेपछि घचेटेर लोण्डुप नै वनाउने कस्तो खेलको नियम हो? .... कालापानी र लिपुलेक जोगाउन नसक्ने विखण्डनकारी कि चौदह सय किलोमिटरको खुला सीमानामा एक इन्च पनि खण्डित हुन नदिने मधेशीहरु?
घैंटेको विषय लिएर गगनसहितका सभासद मानवअधिकार आयोग पुगे
कांग्रेस सभासदहरु

गगन थापा, जगदिशनरसिंह केसी, भीमसेन दास प्रधान र धनराज गुरुङ

शुक्रबार नै मानवअधिकार आयोगमा पुगेका थिए । ...... घटना लगतै कांग्रेस सभासद केसीले प्रहरीले मारेको भन्दै जुलुस लिएर शिक्षण अस्पताल पुगेका थिए ।
सामाखुसी लैनचौर सडकलाई ‘घैटे’ मार्ग नामाङकरण गर्ने कांग्रेसी निर्णय
बिहिबार प्रहरी ईन्काउण्टरमा मारिएका गुण्डा नाईके कुमार श्रेष्ठ (घैंटे) को नाममा सामाखुसी चोक बाट लैनचौर सम्मको सडकलाई घैंटे मार्ग घोषणा गर्ने निर्णय गरिएको छ । नेपाली कांग्रेसका सभासद भिमसेनदास प्रधानको सभापतित्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो । ...... बैठकले गृह मन्त्रीको राजिनामा माग्ने, घैंटेलाई शहिद घोषणा गर्ने, प्रधानको अध्यक्षतामा कुमार श्रेष्ठ स्मृती प्रतिष्ठानको गठन गरी जगदीश नरसिंह केसी र धनराज गुरुगंलाई संरक्षक राख्ने निर्णय गरिएको छ । ...... त्यसैगरी नुवाकोटको बटार र काठमाण्डौको सामाखुसीमा घैंटेको पूर्ण कदको सालिक राख्ने, श्रीमतीलाई स्थाई सरकारी जागिर, छोरीलाई छात्रवृतिको माग गर्ने निर्णय गरेको छ । ..... कुमार श्रेष्ठ (घैंटे) हत्या काण्डको बिरोध गर्दै माननीय सभासद भीमसेनदास प्रधानज्युको सभापतित्वमा बसेको बैठकले निम्नानुसारको निर्णय गर्यो l

१. गृह मन्त्रीको राजिनामा माग्ने २. कुमार श्रेष्ठ लाई शहिद घोसणा गर्ने ३. माननीय सभासद भीमसेनदास प्रधानको अध्यक्षतामा कुमार श्रेष्ठ स्मृती प्रतिष्ठानको गठन गर्ने l संरक्षक जगदीश नरसिंह के.सी एवं धनराज गुरुङ ४. शहिद कुमार श्रेष्ठको पूर्ण कदको सालिक नुवाकोटको बट्टार र काठमाडौको सामाखुसीमा स्थापना गरिने ५. कुमार श्रेष्ठको श्रीमतीलाई स्थाई सरकारी जागिर र छोरीलाई छात्रवृति को माग गर्ने ६. सामाखुसी चोक बाट लैनचौर सम्मको सडकलाई कुमार श्रेष्ठ (घैंटे) मार्ग घोसणा गर्ने