Showing posts with label ganeshman singh. Show all posts
Showing posts with label ganeshman singh. Show all posts

Thursday, January 27, 2022

क्रान्ति एक मात्र उपलब्ध रास्ता है


क्रान्ति एक मात्र उपलब्ध रास्ता है 

रास्ता कठिन है। बहुत कठिन। अत्यधिक कठिन। लेकिन क्रान्ति एक मात्र उपलब्ध रास्ता है। जनमत पार्टी के नेतृत्व में जो हो रहा है वो एक जुलुस नहीं है। कोइ कोण सभा नहीं। अभी तक जो हो चुका है वो गणेशमान के नेतृत्व में जो हुवा २०४६ साल में उससे १०० गुणा ज्यादा हो चुका है। कोइ छोटा आन्दोलन नहीं है। 

देउबा नीरो साबित हो रहे हैं। लाज की बात है। गणेशमान की धीमी आवाज वीरेन्द्र ने सुन ली। देउबा कान में तेल धर के बैठे हैं। बड़े लाज की बात है। गणेशमान धीमी आवाज में व्यवस्था परिवर्तन की बात कर रहे थे। वीरेन्द्र तानाशाह ने सुन ली। किसान आन्दोलन व्यवस्था परिवर्तन की बात नहीं कर रही। फिर भी नहीं सुन रहे। 

बात तो कर सकते हैं। वार्ता कर सकते हैं। मंत्रीमण्डल स्तर पर एक वार्ता समिति तो गठन कर सकते हैं। नहीं कर रहे। निकम्मा प्रधानमंत्री। तानाशाह प्रधानमंत्री। कान में तेल धर के बैठे हैं। 


Monday, December 14, 2015

वार्ता का औचित्य ही नहीं

२०४६ में जब आंदोलन हुवा तब वार्ता हुवा था? मोलमोलहै हुवा था? गणेशमान ने कहा बहुदल, तो वीरेंद्र ने कहा देखिए बहुदल तो बहुत हो गया तीन दल पर आ जाइए। वैसा हुवा था? वार्ता का औचित्य ही नहीं है अभी।

वार्ता तब होता है जब कोई थपघट का संभावना हो। या बगैर मांग पुरा किए भी अगर आंदोलन फिर्ता लेनेका संभावना हो। तो यहाँ तो वैसा कोई संभावना है ही नहीं। ये सिद्धांत पर आधारित माँगे हैं। कोई जातीय मांग थोड़े है?

गणतंत्र के मुद्दे पर न माओवादी ने मोलमोलहै किया न ही राजा ने। मोलमोलहै किया किसने? गिरजा। बेबी किंग। बेबी किंग। बेबी किंग।


Tuesday, July 21, 2015

मधेसी क्रान्ति ३ कति बेला र केका लागि?

Video: जनकपुर बन्द प्रदर्शन, साउन ५

२०४६ मा गणेशमान ले गरेको जस्तो आन्दोलन त अहिले नै भइराखेको छ। तर मधेसी क्रान्ति ३ कति बेला र केका लागि?

अब क्रान्ति गर्नु पर्यो भने मधेस अलग देश का लागि हुन्छ। अब समझौता को क्रान्ति हुँदैन। त्यो शहीद पैदा गर्ने होइन, गाउँ गाउँ मा लाठी जुलुस निकाल्ने किसिमको हुन्छ, मधेस को भूभाग को प्रत्येक सरकारी कार्यालय, प्रहरी चौकी र ब्यारेक आफ्नो अधीनमा लिने क्रांति हुन्छ, उत्तरी छिमेकी ले राजदुत आदान प्रदान नगरे सम्म, द्वैध नागरिकता को संधि नगरेसम्म उत्तरी छिमेकी को प्रत्येक नाका बन्द राख्ने किसिमको क्रान्ति हुन्छ।

तर त्यो बेला आइसकेको छैन, र न आउन पनि सक्छ। मधेसी क्रान्ति ३ पनि आखिर लोकतन्त्र का लागि नै हुने हो। त्यस कारणले अहिले लोकतान्त्रिक प्रक्रिया को सक्दो प्रयोग गर्नै पर्छ। मधेसी क्रान्ति ३ अन्तिम अस्त्र हो। यसलाई पहिलो अस्त्र बनाउनु हुँदैन।
  • अहिले सड़क आन्दोलन र प्रदर्शन, विरोध कार्यक्रम, गाउँ गाउँ मा संगठन विस्तार, alliance building का प्रयास हरु गर्ने 
  • संविधान सभामा अंक गणित लाई आफ्नो पक्षमा पार्ने प्रयास 
  • त्यस पछि सर्वोच्च अदालत को ढोका ढकढकयाउने 
  • अन्तिम अस्त्र राष्ट्रपति हो: राष्ट्रपति ले अंतरिम संविधान को रक्षा गर्ने कुराको आशा गर्ने 
यी चार अस्त्र काम लागेनन भने अनि अंतिम अस्त्र को प्रयोग हुन्छ। 

मधेश अलग देश बनाउने भनेको हामी यो देश छोडेर जाने भनेको होइन। राजा जनकले हिमालय देखि गंगा सम्म राज गरेको। आफ्नो देश छोडेर कहाँ जाने? बरु खस हरु लाई आफ्नो देश बाट धपाउने। नया बन्ने देश मधेसी र जनजाति मिलेर बनेको देश पनि हुन सक्छ। उता पश्चिम मा खसान का लागि अलिकति ठाउँ छोड्दै बाँकी भुभागमा मधेसी र जनजाति ले मिलेर नया देश बनाउने। 

माओवादी ले गल्ती गर्दैछ। अंतरिम संविधान मा रहेको केही पनि गुम्ने ठाउँ नै छैन। अंतरिम संविधान मा थप्न मिल्छ, घटाउन मिल्दैन। यति लिने भए लेउ नत्र यो पनि गुम्छ भनेर काँग्रेस एमाले का प्रतिक्रांतिकारी हरु ले प्रचण्ड लाई ठग्न भ्याएका छन, हेम बहादुर ले मुसहर हरु लाई ठगे जस्तो। 




नेपाली भाषामै बोल्न भनेपछि नवलपरासीमा झडप
सुझाव संकलन अपडेट :: कतै अवरोध, कतै उत्साह
सुरक्षा घेरामा एकतफिर् सुझाव संकलन गरिएको आरोप प्रदर्शनकारीले लगाए । कम्पाउण्ड बाहिर प्रदर्शनकारीले नाराबाजी गरेका थिए । गाली गलौच समेत गर्दै तिन घण्टासम्म सभासद सहित एमाले र कांग्रेसका कार्यकर्तालाई बाहिर निस्कनमा अवरोध पुर्याएका थिए । कार्यक्रमस्थलमा मानव अधिकारकर्मी र पत्रकारलाई सभासदको आदेश भन्दै प्रवेशमा रोक लगाइयो । ..... जलेश्वर । मधेसी दलका कार्यकर्ताल सुझाव संकलन केन्द्रको छेवैमा खुर्सानी जलाएर मस्यौदामाथिको छलफलमा अवरोध पुर्‍याएका छन् । महोत्तरीको क्षेत्र न. २ को सुझाव संकलन स्थल योगकुमार माविको छेउमा ठूलो मात्रामा खुर्सानी जलाईपछि त्यसको धुँवाले सुझाव संकलनको काममा अवरोध पुगेको थियो । ...... नेपाली कांग्रेसका सभासद सुरेन्द्रप्रसाद चौधरी नेतृत्वको टोलीलाई सुझाव संकलनको कार्यक्रम सञ्चालनलाई हम्मे हम्मे नै पर्यो । ...... सुझाब दिने स्थानलाई सुरक्षाकर्मीले घेरेर राखेका थिए । सुझाब दिने भन्दा सुरक्षाकर्मी बढी भएको भन्दै जयप्रकाश यादवले विरोध गरेपछि प्रहरीले उनलाई बल प्रयोग गरेर निकाल्न खोज्यो ।..... ‘मधेसको यथार्थलाई मस्यौदाले समेटेको छैन,’ उनले भने, ‘यसलाई हामी बहिस्कार गर्छाैं, सुझावको कुनै जरुरी छैन् ।’ रायको मन्तब्य सकिए लगत्तै तराई मधेस सदभावना पार्टीका केन्द्रीय सदस्य कौशलकिशोर रायले मञ्चबाटै मस्यौदा च्यातेर ब्यानर फ्यालीदिए । उनलाई केहीवेर नियन्त्रणमा लिएर प्रहरीले पुन: छाडिदियो । ..... सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजाल सहभागी कार्यक्रममा लिम्बुवानका कार्यकर्ताले आफ्नो भनाई राखिसकेपछि मस्यौदाको किताव च्यात्न खोजेका थिए । ..... विशेषगरी तराईका जिल्लामा मधेस केन्द्रित दलका कार्यकर्ताले सुझाव संकलनमा अवरोध गरेका छन् । विराटनगरको रानीस्थित मिल्स माविमा भइरहेको सुझाव संकलन कार्यक्रममा मधेस केन्द्रित दलका कार्यकर्ताले अवरोध सिर्जना गरेका थिए । ...... सद्भावनाका केन्द्रिय सदस्य लालकिशोर साह, संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष शेषनारायण यादव, तमलोपाका केन्द्रिय उपाध्यक्ष विशेषचन्द्र लाल, तमलोपाका सभासद डा. विजयकुमार सिंहसहित ४० भन्दा बढी घाइते भएका छन् । ..........

उनीहरुले सुझाव संकलन कार्यक्रम खुला स्थानमा गर्नुपर्ने माग गरेका छन् ।

..... सुझाव संकलनको लागि नुवाकोट जादै गरेका अर्थमन्त्री रामशरण महतलाई अज्ञात समूहले अवरोधको प्रयास गरेका थिए । ..... प्रदर्शनकारीले आधा घण्टादेखि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
तातोपानी भन्सारमा अर्थमन्त्रीको यस्तो सेटिङ, व्यापारीबाट पैसा लिन श्रीमतीलाई प्रयोग गरे
भन्सार प्रमुख पोखरेलले प्रतिट्रक एक लाख रुपैयाँ घुस लिएर अति न्यून मूल्यांकन गरी ती ट्रक छोडेर करोडौं रुपैयाँ राजस्व मार्ने काम गरेका छन् । ३४० ट्रकमा ३२२ मात्र चेकजाँच गरिएको थियो । १८ वटा ट्रक चेकजाँच नै नगरी छाडिएको स्रोतले बतायो । भन्नसार प्रमुख पोखरेलले १५६ वटा मालवाहक ट्रकमा सामान ल्याउने व्यापारीहरुलाई घरमै बोलाएर प्रतिगाडी घुसको दररेट तय गरी तोक आदेश गरेका थिए । ........ असार २७ गते

घरमै व्यापारी बोलाएर अर्थमन्त्री डा. रामशरण महतको श्रीमतीलाई छुट्टै र कांग्रेसको महाधिवेशनको लागि सहयोग गर्नुपर्छ भनेर व्यापारीसँग प्रतिट्रक एक लाख रुपैयाँ घुस लिएर अति न्यून भन्सार शुल्क लिएर सामान छाडेको

स्रोतको भनाई छ । .......... मन्त्रीको श्रीमती र कांग्रेसको महाधिवेशनको लागि सहयोग भनेर दररेट तोकी घुस लिएर तोक लगाएका पोखरेलले आफू पानीमाथिको ओभानो बन्न दूधको साक्षी बिरालो भनेझैं राजस्व अनुसन्धान विभागका दुई निर्देशक मदन दाहाल र कमल राजलबटलाई पनि सामेल गराएका थिए
मधेशवादी दलहरु सत्ताका लागि वार्गेनिङ्ग गर्दैछ : मातृका
सरकारले सिके राउतलाई नजरबन्दमा राखेर अनावश्यक रुपमा हिरो बनाउन खोजेको आरोप लगाउँदै नेता यादवले सरकारकै रबैयाका कारण सिके हिरो भईरहेको छ उनलाई स्वतन्त्र कार्यक्रम संचालन गर्न दिनुपर्छ ...... ‘एउटै एजेन्डा हो भने खोइ त मोर्चाबन्दी ? एक्लै एक्लै किन आन्दोलन गर्र्दैछन् ? ..... संविधानको मस्यौदा केही सिमित व्यक्तिहरुको हातमा मात्र आएको चर्चा गर्दै यादवले भने, ‘मस्यौदा जनताको बीचमा आएको छैन । जनप्रतिनिधिहरु विश्वासघाती राणाशैलीमा उत्रेका छन् । अब भिषण वैचारिक संघर्ष र युद्धको सम्भावना बढेर गएको छ ।’ संयोजक यादवले आत्म निर्णयको अधिकार सहितको संघीयताका लागि मधेशवादी दलहरु संघीयता पक्षधरसँग सहकार्य नगरे एमाले काँग्रेस र एमाओवादीसँग सत्ताका लागि वार्गेनिङ्ग गर्ने नेताहरुको नाम किटेरै सार्वजनिक गर्ने ठोकुवा गर्नुभयो । ......... चार दल बीच भएको १६ बुँदे सहमतिलाई भारत र चीनले समर्थन नगर्नु भनेको प्रारम्भिक संविधानको मस्यौदालाई स्वीकार नगरेको मेरो बुझाई रहेको बताए । ..... एक जना मधेशी मुलका न्यायाधीशले कानुनमा टेकेर सहि कुरा डिसिजन गर्दा त्यसको समर्थन गर्ने राष्ट्रपतिलाई काँग्रेस र एमालेका उच्च नेताहरुले अबमुल्यन गरेकोमा यादवले आक्रोश व्यक्त गरेका छन् । यादवले भने शासक वर्ग घोर मधेशी र आदिबासी विरोधी हुन् । उनीहरुलाई मौजमस्ती गर्नका लागि मधेश चाहिन्छ । मधेशी होइन ? अब सबै एक जुट भएर ‘गर मर’ को आन्दोलन गर्नु पर्छ ।’ ...... आत्म निर्णय सहितको संविधान र संघियताका लागि आफू शहीद हुन तयार रहेको दावी गर्नुभयो । ....... आफू पटक–पटक सिके राउतलाई भेटेको स्वीकार गर्दै यादवले भने ‘मुलुक दुई जना यस्ता व्यक्तिहरु छन्, जो कसैसँग कुरा गर्दैन, ती व्यक्ति हुन्, सिके राउत र विप्लव’ सिके राउत साच्चैको मधेश र मधेशीको समुदायको हित चाहन्छ भने आत्म निर्णयको अधिकार सहित संघियता र संविधानको लागि आन्दोलनलाई सहयोग गर्नुपर्छ ।’ ......... सरकारले सिके राउतलाई नजरबन्दमा राखेर अनावश्यक रुपमा हिरो बनाउन खोजेको आरोप लगाउँदै नेता यादवले सरकारकै रबैयाका कारण सिके हिरो भईरहेको छ उनलाई स्वतन्त्र कार्यक्रम संचालन गर्न दिनुपर्छ । राउतको वास्तविकता मधेशी समुदायलाई बुझ्नु पर्ने जरुरी भएको यादवको भनाई रहेको छ । ..... १२ वर्षे सशस्त्र विद्रोह सम्झिदै संयोजक यादवले भने ‘हामीहरु माधवहरुसित सहकार्य चाहदैन्थ्यो । तर प्रमुख ज्ञानेन्द्र भएकोले मुख्य शत्रुलाई परास्त गर्न सहायक शत्रुसँग सहकार्य गरेको कुरा सिके राउतले बिर्सनु नहुने उनको भनाई छ । यादवले भने ‘हामी पहिला आत्म निर्णयको अधिकार सहितको संघियता र संविधान लिउन । त्यसपछि सिके जीहरुको चित नबुझे फेरि अर्कोतिर जाने बाटो त खुल्लै हुन्छ नि ?’


बारा झडपका विच सकियो सुझाव संकलन
बारा ४ बाट निर्वाचीत एमाले सभासद नेजमा खातुनको बा ३ च ७४२४ नम्बरको गाडीमा मधेशवादी दलका कार्यकर्ताले तोडफोड गरेपछि स्थिती नियन्त्रणमा लिन प्रहरीले दुइ सेल अश्रु ग्याँस प्रहार गरेको ...... मधेशवादी दलले अवरोध पु¥याएपछि बन्द कोठा भित्र केहि व्यक्तीको सुझाव संकलन गरी कार्यक्रम सकिएको घोषणा गरिएको थियो । यस अघि स्थानीय नेरा उच्च माविको प्राङ्गणमा सुझाव संकलन कार्यक्रम गर्ने तय गरिएको थियो ।
‘अध्यक्ष लचिलो हुँदा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख खुस्कियो’
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा भट्टराईको बहस
‘म राष्ट्रपतिको उमेद्वार हुन्न’
भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीले मात्रै मुलुकमा स्थिरता ल्याउने दावी गरे । ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा सहमति नभए, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा यी दुवैको मिश्रित मोडल अपनाउन सकिन्छ’, उनले भने । एमाओवादीको पहिलो चाहाना प्रत्यक्ष निर्वाचित राष्ट्रपति नभए दोस्रो चाहाना प्रधानमन्त्री भएको उनले बताए । ...... ‘हाम्रो अध्यक्षले हठातमा अन्य विषयमा सहमति हुन्छ भन्ने हामी शासकिय स्वरुपमा सहमति गर्न तयार छौं भनेर फ्याट बोलिदिनु भयो ।’ ..... ‘कांग्रेस एमालेका केहि साथीहरु पनि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमा सकारात्मक हुनुहुन्छ’, उनले भने, ‘अझै पनि सहमति गरेर मस्यौदालाई परिमार्जन गर्न सकिन्छ ।’ अहिलेको मस्यौदामा शासकिय स्वरुप बारे पुन विचार गर्दा उपयुक्त हुने उनले भनाई थियो । ........ ‘अन्तराष्ट्रिय शक्तिहरु नेपालमा प्रत्यक्ष निर्वाचित प्रणाली चाहदैंनन’, उनले भने, ‘ उक्त प्रणाली भए नेपालमा स्थिरता आउने र चलखेल गर्न नपाईने डर उनीहरुलाई छ ।’ प्रत्यक्ष निर्वाचित प्रणालीले मुलुकमा स्थिरता, स्थायित्व, समृद्धि र राष्ट्रिय स्वाधिनता बलियो हुने उनले दावी गरे । ..... ‘प्रचण्ड, बावुरामको चर्चा बढी छ, उनीहरु नै निर्वाचित हुन्छन भनेर कांग्रेस, एमाले तर्सिए’, उनले भने ..... देशभरिबाट पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रणाली अबलम्बन गर्न राय सुझाव आएको भट्टराईले बताए
तराईमा राज्यबाट भएको दमनको भत्सर्ना
पूर्व राजदूत विजयकान्त कर्ण, अधिवक्ता दिपेन्द्र झा, अध्येता तुलानारायण साह र साहित्यकार धीरेन्द्र प्रेमर्षीले साउन ४ गते एक वक्तव्य निकाल्दै राज्यबाट भएको दमनको भत्सर्ना गरेका हुन् ।.......... जनकपुरमा प्रहरीले अत्यधिक बलप्रयोग गर्दा २४ जना घाइते भएका छन् ।’ ....... ‘प्रहरीको बलप्रयोगबाट तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लाल, सभासद् डा. विजय सिंह, सद्भावना पार्टीका लालकिशोर साह, संजय सिंह लगायत कैयौं नेतृहरु समेत घाइते भएका छन् । गम्भीर घाइते भएका नेकपा-माओवादीका सुशील कर्ण र तराई मधेश लोकतान्त्रिक पार्टीका योगेन्द्र रायलाई थप उपचारका लागि काठमाडौ ल्याइएको छ ।’ ........ रौतहटको गौरमा समेत प्रहरीद्वारा बलप्रयोग भएको जनाउँदै भनिएको छ, ‘उक्त झडपमा प्रहरीले गरेको लाठीचार्जबाट संघीय समाजवादी फोरम, नेपालका केन्द्रीय सदस्य बबन सिंह र योगेन्द्र राय यादवलगायत १३ जना घाइते भएका छन् । प्रहरीले सप्तरीमा ६० सेल अश्रुग्यास, २० राउण्ड हवाइ फायर गर्नुको साथै २१ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीको बलप्रयोगबाट वीरेन्द्र माझी, विकास तिवारी, संजीव मण्डल र जगदीश कुशियतलगायतका घाइते भएका छन् । साथै महोत्तरी, कपिलवस्तु, नवलपरासीलगायतका जिल्लाहरुमा समेत झडप भएको छ ।’
काठमाडौंको सडकमा, ‘मधेशी सभासद् संविधानसभा छोड’
‘मधेशी सभासद् संविधानसभा छोड’, ‘मधेश विरोधी मस्यौदा खारेज गर’, ‘समग्र मधेश एक प्रदेश कायम गर’ र ‘मधेशी युवा एकता जिन्दावाद’
जनकपुरमा प्रहरीद्वारा लाठी चार्ज, दर्जनौं घाइते, अवस्था तनावग्रस्त

Sunday, December 07, 2014

काँग्रेस भित्रका मधेसी

कांग्रेस-एमालेले मधेसको म पनि सुन्न चाहँदैनन् : अमरेश

नेपाली काँग्रेसले सात सालमा, ३६ सालमा, ४६ सालमा, ६२/६३ मा, जति पटक क्रान्ति गर्यो त्यो मधेशको काँध चढेर गर्यो। जति पटक सत्तामा गयो मधेशको काँध चढेर गयो।  भने पछि त नेपाली काँग्रेसको नेतृत्व मधेसीको हातमा हुनुपर्ने। काँग्रेस लोकतान्त्रिक पार्टी हो भने। नेतृत्व मधेसीको हातमा छैन भने पनि नेपाली काँग्रेसले मधेसीको हक़ हितकोलागि संघर्ष गर्नु पर्ने। उल्टै त्यो काँग्रेस मधेसीलाई थिचोमिचो पो गर्छ। महेन्द्र नारायण निधि र विमलेन्द्र निधिलाई पाखा, गणेशमान सिंह र प्रकाश मान सिंहलाई पाखा।  काँग्रेसको बनावट नै यस किसिमको छ कि पद मै पुगे पनि मधेसी र जनजातिकालागि काँग्रेसमा ठाउँ छैन। नत्र भने सर्वमान्य नेताभन्दा माथि कुन पद छ? निधि महामंत्री भएकै हुन। बरु गिरिजाले काँग्रेसलाई मध्यावधि चुनावमा होमेर काँग्रेसलाई तहसनहस पार्यो तर निधिलाई प्रधान मंत्री हुन दिएन।

जसरी बहुदल नआएसम्म गिरिजाकालागि नेपालको राजनीतिमा ठाउँ थिएन र तिनले पंचायती चुनाव बहिष्कार गरिरहे, त्यसरी नै अहिलेको काँग्रेसभित्र मधेसी र जनजातिका लागि ठाउँ छैन।