Showing posts with label Bimalendra Nidhi. Show all posts
Showing posts with label Bimalendra Nidhi. Show all posts

Friday, September 24, 2021

देउबा लाई प्रचंड सँग छाडेर विमल गगन ले नया पार्टी किन नबनाउने?

देउबा एमसीसी को पक्षधर। प्रचंड विरोधी। तर सरकार को निर्णय हुन्छ के? एमसीसी पास गर्नु पर को कुरा, संसद मा पेश पनि हुँदैन। प्रचंड लाई सरकार मा त्यसरी भिटो पावर दिने देउबा कांग्रेसी होलान, रुख छाप पनि होलान, तर लोकतंत्रवादी होइनन। यो संसदीय अंकगणित को बाध्यता होइन। प्रचंड ले चाहेर पनि देउबा लाई प्रधान मंत्री पद बाट हटाउन सक्दैनन। नेपाल को संविधान ले त्यही भन्छ। यो त देउबा ले मानसिक दासता प्रदर्शन गरेको। तीन तीन महिना मंत्री मंडल विस्तार हुन नदिएको प्रचंड ले हो। देउबा लाई असफल प्रमाणित गरेर कांग्रेस लाई चुनाव मा लोप्पा खुवाउने दाउ हो। कांग्रेस ले आफुसँग चुनावी गठबंधन गर्दैन त्यति थाहा नभएको मान्छे होइन प्रचंड। 

देउबा लाई महाधिवेशन मा परास्त गर्ने बाटो ले कांग्रेस को वैधानिकता मात्र समाप्त गर्छ। कांग्रेस भनेको रुख होइन। रुख प्रति को मोहभंग गर्नुपर्छ। पार्टी फोड्नुपर्छ। नया पार्टी मा अध्यक्ष सहअध्यक्ष बरु विमल र प्रकाश, संस्थापक महामंत्री गगन। मलाई लाग्छ त्यसो गर्दा देउबा सँग २०% पनि सांसद बाँकी नरहला। बरु नया पार्टी को प्रथम महाधिवेशन छ महिना भित्र गरिहाल्ने। नया पार्टी मा क्रियाशील सदस्य भन्ने नराख्ने। सबै सदस्य बराबर। 

प्रचंड को पुच्छर बनेको देउबा ले नेपाली कांग्रेस लाई सय हंडर खुवाउँछ। चेतना भया। 

नाम समाजवादी कांग्रेस। झंडा हरियो। चुनाव चिन्ह आँप। आँप छाप। 





Thursday, September 23, 2021

समाजवादी कांग्रेस? नया पार्टी?

नेपाली कांग्रेस को महाधिवेशन अब समय मा नहुने पक्का पक्की भइसक्यो। भनेको पार्टी को वैधानिकता गुम्छ अब। तर देउबा को प्रधान मंत्री पद कायम रहन्छ। देउबा आफैले राजीनामा नदिएसम्म यस संसद को बाँकी कार्यकाल प्रधान मंत्री देउबा नै हो। आफ्नो भुईँ मुनिबाट पार्टी गायब होस मतलब हुँदैन। प्रधान मंत्री अब देउबा नै हो। नेपाल को संविधान ले त्यही भन्छ। 

भनेपछि देउबा लाई बिन्दास। अब त उमेर पनि ढ़लिसक्यो। अब फेरि पार्टी सभापति र प्रधान मंत्री नबने के फरक पर्छ र? अविश्वास को प्रस्ताव ल्याउन नपाउने  प्रधान मंत्री लाई हाईसन्चो। 

तर बाँकी कोंग्रेसी लाई समस्या छ। पार्टी नै छैन भने बीपी बीपी भन्न नपाइने भो। पार्टी को वैधानिकता समापत हुन्छ भने सबै कांग्रेसी को पद गुम्ने हो कि सबै स्वतंत्र हुने हो? शायद स्वतंत्र हुने होला। स्वतंत्र भए पछि स्वतंत्र बसे भो, अथवा अर्को कुनै पार्टी को सदस्यता लिए भो। अब हामी पनि तपाईं सँग भन्दै महंथ ठाकुर को पार्टी ज्वाइन गरे भो। अथवा आफ्नै पार्टी खोले भो। पार्टी सभापति भन्दा सानो पद नलिने अडाण मा रहेका प्रत्येक ले एउटा एउटा पार्टी खोल्ने हो भने अब कांग्रेस नाम को कमसेकम पाँच वटा पार्टी हुने भो। लगेहाथ एउटा तृणमुल कांग्रेस जाओस। 

समाजवादी कांग्रेस। तृणमुल कांग्रेस। नेपाल राष्ट्रिय समाजवादी कांग्रेस। कांग्रेस पार्टी। कम्युनिस्ट भन्दा बढ़ी कम्युनिस्ट कांग्रेस (प्रचंड सँग गठबंधन गर्ने)। एउटा भए पनि तराई कांग्रेस। ३० लाख भोट ल्याएको पार्टी ले पाँच छ वटा राष्ट्रिय पार्टी पैदा गर्ने हैसियत राख्छ। 

गगन थापा ले नया कांग्रेस नाम मा एक वर्ष भित्र प्रथम अधिवेशन गर्ने गरी पार्टी लौंच गरेको राम्रो। किन परखिने पाँच साल? आफ्नो संसद पद जोगाउन नै धेरै आइपुग्छन। हल्ला गरिदिने, पार्टी को वैधानिकता समापत भयो कि तपाईं को संसद पद चिलिम। हुरुरु आइपुग्छ। 


Saturday, September 11, 2021

कांग्रेस को चुनाव

प्रकाशमान पनि म छोड्दिन भन्ने, शेखर शशांक कोइराला द्वय, सुजाता कति बेला टुप्लुक्क आइपुग्ने हो अत्तोपत्तो भएन। नलडने त्यो गुट बाट रामचन्द्र मात्र हो त? देउबा ले नलडे निधि अंग्रेजी मा भनिन्छ shoo in ----- तर देउबा पनि लड्ने। सिटौला पनि गुट कायम छ, उम्मेदवारी रहन्छ भन्नेमा छन।  विचार को तर प्रतिस्प्रधा छैन। इगो मैनेजमेंट मात्र। सबैभन्दा ठुलो देउबा गुट बाट दुई जना मात्र, पौडेल गुट बाट तीन जना, भने पछि पौडेल गुट बाट जित्ने कुरा आएन। महामंत्री मा बरु घमासान। सभापति दोस्रो राउंड मा पुगेर देउबा र निधि बीच प्रतिस्प्रधा हुन बेर लाउँदैन। त्यति बेला सिटौला गुट देउबा लाई, पौडेल गुट निधि लाई गएर निधि को जित हुन सक्छ। एउटा संभावना। विश्वप्रकाश ले खुलेरै निधि र म यदि भन्छन भने पहिलो राउंड मैं निधि आउन बेर लाउँदैन। जुन कि मधेसवादी का लागि चुनौती हुन्छ। नेपाली कांग्रेस ले मधेसी अनुहार पायो भने मधेस मा फेरि कांग्रेस सल्बलाउन थाल्छ। संविधान संसोधन को विपक्ष मा निधि होलान जस्तो मलाई लाग्दैन। अनुहार मात्र लिएर के गर्ने? निधि को मधेसी अनुहार को करेंसी पहाड़ मा पनि छ। पहाड़ी कांग्रेसी पनि सत्ता मा पुग्ने बाटो निधि को मधेसी अनुहार भनेर हिसाबकिताब गरिराखेका होलान। देउबा को कुमाउ गढ़वाल अनुहार। कांग्रेस ले मधेसी सभापति पायो भने एमाले मा पनि त्यसको असर पर्छ। सुबाष नेमबांग जनजाति अनुहार। पृथ्वी सुब्बा गुरुंग। एमाले अध्यक्ष जनजाति बन्ने बाटो खुल्छ। तुरन्त नहोला। तर पछि कुनै समय होला। कांग्रेस मा मधेसी अनुहार आउनु, एमाले मा जननति अनुहार आयो भने त्यो लोकतंत्र को पांग्रा गुडेको हो भन्ने अर्थ लाग्छ। 

कांग्रेस मा क्रियाशील सदस्य को विवाद कायम नै छ। त्यो मेरो बुझाइ भन्दा पर को कुरो हो। 

नेपाल मा त नेता जी हरु जेल गएको छु बाट शुरू गर्छन। निधि जी पनि म सिंधुली जेल गएको छु, मलंगवा जेल बसेको छु भन्नुहुन्छ। 























Thursday, September 09, 2021

कांग्रेस को वैधानिकता जोगाउने अब एक मात्र उपाय: पार्टी फोड्ने

नेपाली कांग्रेस को वैधानिकता जोगाउने अब एक मात्र उपाय: पार्टी फोड्ने। समय मा महाधिवेशन नभएर प्रत्येक कांग्रेसी को पद जानु भन्दा। कि सबै स्वतंत्र हुने हुन? नेपाल को माटो सुहाउँदो निर्दलीयता भन्थे। कसैले पार्टी फोड्ने हिम्मत गर्ने हो भने आफ्नो पद जोगाउन नै थुप्रै छाता मुनि आइपुग्छन। समाजवादी कांग्रेस नाम दिए भो। त्यो नया पार्टी ले चार वर्ष पाउँछ। 


Wednesday, September 01, 2021

विमल, गगन र कांग्रेस




कांग्रेस को आतंरिक राजनीति बारे मलाई धेरै थाहा भएन। त्यसैले कुन उम्मेदवार कति पानी मा छ मलाई थाहा भएन। तर टाढा बाट हेर्दैछु, निधि ले गगन सँग सोधेर उम्मेदवारी दिएको होइन, गगन ले निधि सँग सोधेर उम्मेदवारी दिएको होइन। 

निधि को मधेसी अनुहार र गगन को युवा अनुहार ले साथ दिन सक्छ। 

पहाड़ का कांग्रेसी लाई राम्रो थाहा छ कांग्रेस को बेस नै मधेस थियो। निधि ले त्यस कारण ले पहाड़ मा पनि समर्थन पाउन सक्ने देखिन्छ। गगन १० वर्ष पहिला युवा हो। अहिले युवा त मैले भन्दिन। तर म कोंग्रेसी होइन। कोंग्रेसी ले भन्दैछन। 

तर सीधा अंक गणित छ, पुराना तीन गुट तोड्दै दुबै जना औपचारिक रूपले नै एक ठाउँ आए दुबैले जितछन जस्तो लाग्छ। निधि एक पटक का लागि मात्र सभापति लड्ने आश्वासन का साथ। 

एमाले को अध्यक्ष रघुवीर महासेठ बन्ने कहिले हो कहिले!

Tuesday, June 29, 2021

निकास: सुभाष



एमाले ले तत्काल संसद दल को नेता मा सुभाष नेमबांग लाई चुनेर देश लाई नया प्रधान मंत्री दिने, योगेश भट्टराई लाई पार्टी अध्यक्ष का लागि सार्ने, कांग्रेस ले पार्टी सभापति बिमलेंद्र निधि, उप सभापति गगन लाई सार्ने। प्रचंड ले पनि वर्षमान पुन लाई नेतृत्व हस्तांतरण गर्ने। मिलनविन्दु शायद त्यहाँ छ। तर ज्येष्ठ नागरिक नेता जी हरु को मिल्ने ध्येय नै छैन। 

समस्या नै ओली। समस्या नै देउबा। समस्या नै माधव। समस्या नै प्रचंड। यी चार पात्र ले स्टेज छोड्ने हो भने समस्या समाधान हुन्छ भने समाधान नियम कानुन र संविधान मा खोज्ने? अदालत र सड़क मा गएर खोज्ने? 

यसो गरे कालीगण्डकी–तिनाउ डाइभर्सनमा विवाद आउँदैन  कालीगण्डकीको पानी तिनाउमा खसाई रुपन्देही र कपिलवस्तुका एक लाख सात हजार हेक्टर जमिनमा सिँचाइ गर्ने संघीय सरकारको योजना विवादमा पारिएको छ । गण्डकी प्रदेशले यो योजनाको विरोध गर्नुको मुख्य कारण चाहिँ हिउँदयाममा कालीगण्डकी सुक्छ भन्ने ठान्नु हो । अर्थमन्त्री विष्णु पौडेल र गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबीच यो आयोजनालाई लिएर चर्काे विवाद सतहमा आएको छ । गुरुङले कुनै पनि हालतमा यो आयोजना बन्‍न नदिने र पौडेलले गण्डकीलाई ‘आश्वस्त तुल्याई’ बनाई छाड्ने नीति लिएका छन् । पौडेलले शनिवार आयोजना कार्यालयमा उद्घाटन गरिसकेका छन् । पौडेल र गुरुङ दुवै प्रधानमन्त्री केपी शर्मा ओली निकटका हुन् । ........ कालीगण्डकी–१ जलाशययुक्त आयोजना बनाउने ।  .........  संघीय सरकारले सुख्खायामका चार महिना ८२ घनमिटर पानी कालीगण्डकीबाट तिनाउ खसाल्ने भनेको छ।   ....... जाइकाले सन् २०१४ मा तयार गरेको ‘जलाशययुक्त जलविद्युत् आयोजनासम्बन्धी देशव्यापी गुरुयोजना’ मा पनि आँधीखोलामा बाँध बाँधी १८० मेगावाट बिजुली उत्पादन गर्न सकिने। ........ सरकारले गण्डक बेसिनमा कालीगण्डकी ‘ए’  (१४४ मेगावाट) नबनाएको भए जाइकाले पहिचान गरेको कालीगण्डकी—१ (१५०० मेगावाट) निर्माण गर्न सकिन्थ्यो । यो पूर्ण जलाशययुक्त र अध्ययन भएकामध्ये सबैभन्दा सस्तो जलाशययुक्त बिजुली (फर्म पावर) उत्पादन हुन्थ्यो । ........  अरुण तेस्रोलाई विश्व बैंकले रद्द गरिदिएपछि त्यसको रनाहामा सरकारले कालीगण्डकी ‘ए’ बनाएर १५०० मेगावाटको  देशकै सबैभन्दा ठूलो जलाशययुक्तको सम्भावना सदाका लागि अन्त्य गरिदियो । .........  कालीगण्डकी १ बनेको भए तिनाउ लैजाने सुरुङको लम्बाई पनि जम्मा १७ किलोमिटर मात्र हुने थियो । .........  कालीगण्डकी नदीलाई सुख्खा हुन नदिने अर्काे विकल्प भनेको उत्तरगंगाको पानी कालीगण्डकी खसाउनु हो । यो पनि राजनीतिक रुपले विवादित छ । 

जसपा विवाद निर्वाचन आयोगले २२ असारमा बोलायो दुवै समूहलाई  जनता समाजवादी पार्टी(जसपा)को विवादबारे मेलमिलापका लागि छलफल गर्न निर्वाचन आयोगले २२ असारमा दुवै समूहलाई बोलाएको छ । .......  ‘हामीले आन्तरिक मेलमिलापका लागि जसपाका दुवै पक्षका पाँच/पाँच जनालाई २२ असारमा आयोगको कार्यालयमा बोलाएका छौं,’ प्रमुख आयुक्त थपलियाले इकागजसँग भने । .........  थपलियाका अनुसार त्यसदिन दुवै समूहबीच मेलमिलाप भएन भने इजलास गठन गरेर न्यायिक निरुपण गर्ने तयारीमा आयोग छ । ‘त्यसदिन मेलमिलाप गर्छौ भने एक साताको समय दिएर मिल्न भन्छौं । नगर्ने भएमा हामीले एक साताकै समय दिएर इजलास गठन गरी दुवै समूहलाई कानुन व्यवसायी दिन भनेर विवादको निरुपण गछौं,’ प्रमुख आयुक्त थपलियाले भने ।  ........  ठाकुर समूह सरकारको पक्षमा छ भने यादव समूह विपक्षी गठबन्धनको पक्षमा । दुवै समूहमा एउटाको निवर्तमान संसदीय दलमा, अर्कोको केन्द्रीय कार्यकारिणी समितिमा बहुमत छ ।

हाम्रो पार्टीमा पनि केपी ओलीजस्तै अवैधानिक रवैया छ  दलहरू भित्रको अलोकतान्त्रिक चरित्रका कारण लोकतान्त्रिक व्यवस्थामाथि संकट पैदा भएको बताउँछन् । .........  दलहरूको नेतृत्वमा अलोकतान्त्रिक, लोकतन्त्रप्रति प्रतिवद्ध नभएकाहरू हावी भएको। ......... अब लोकतान्त्रिक प्रणालीको अभ्यासमार्फत लोकतन्त्र सुदृढ बनाउनुपर्नेबेलामा फेरि अर्को समस्या पार्टीहरू भित्रैबाट उत्पन्न भएको छ । यो लोकतान्त्रिक व्यवस्थाको स्थायित्वका लागि संघर्ष गरेका नेपाली जनतामाथि दलहरू (नेतृत्व) ले गरेको अपमान हो ।   ....... पार्टीभित्र आन्तरिक लोकतन्त्र फस्टाउन सकेको छैन ।   ......... नेतृत्वमा पुगेका मान्छेहरूमा यो पद मेरै लागि हो, म बाहेक अरू आउनै हुँदैन भन्ने लाग्यो । उनीहरूको त्यो क्रियाप्रति अरूको प्रतिक्रियात्मक कार्य हुने नै भयो । यसले सबैजसो ठूला दलको सुसञ्चालनमा समस्या भैरहेको छ । ........ कार्यकर्ताहरू ‘जता मल्को, उतै ढल्क्यो’ छन् । जनताले पनि कुरै नबुझी लहैलहैमा लाग्ने गर्नुभएन । ........ महाधिवेशनको प्रक्रियालाई विवादरहित बनाएर लैजान समय लाग्छ भनेर पटक–पटक भन्दा मिचेर, पेलेर लैजाने काम भयो । हुँदाहुँदै पार्टीमा अहिले ठूलो संकट आएको छ ।   ........ कांग्रेस विधिसम्मत, विधान अनुसार चलेकै छैन । हाम्रो विधानले प्रदान गरेको चार वर्षको अवधि सकिएर अधिकतम थप्न सकिने एक वर्ष पनि थपेर फागुनपछि त कांग्रेस संविधानको त्यान्द्रो समातेर घिटघिटी गरिरहेको छ ।   

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन- २ देउवा र पौडेलहरूले ‘ग्रेसफुल एक्जिट’ रोज्‍नुपर्छ  नेपाली कांग्रेस नभएको भए केपी ओली सरकारले प्रेस स्वतन्त्रता यो सरकारले समाप्त पारिसक्थ्यो । ........  आजको सन्दर्भमा अहिलेको नेपाली कांग्रेसको मूल नेतृत्वले अब नेपाली जनताको अपेक्षालाई पूरा गर्न सक्दैन, त्यसकारण मूल नेतृत्वमा परिवर्तन आउनुपर्छ, नेतृत्व पंक्तिमा नयाँ पुस्ता आउनुपर्छ/पुरानाले नयाँलाई सुम्पेर सम्मानपूर्वक बाहिरिनु राम्रो हुन्छ ।  .......  राजतन्त्र भएका कयौँ देशमा समेत राजाले आफ्ना छोरा वा छोरीलाई सत्ता सुम्पेका छन् । ........ सरकारको नेतृत्व मात्र होइन, पार्टीभित्रको नेतृत्वमा समेत कुण्डली जमाएर बस्ने प्रवृत्ति देखापरेको छ ।  ........  त्यो वातावरण नबनाउने र सधैँ अरुका लागि बाटो छेक्ने हो भने पार्टीभित्र विद्रोह हुनसक्छ । निकास पाएन भने विद्रोह हुन्छ । अन्य देशहरूमा समेत कैयौ पार्टीहरूमा फुटको मुख्यकारण पुराना नेतृत्वले बाटो नछाड्नु देखिन्छ । टाढा जानुपर्दैन, जवाहरलाल नेहरूको पार्टी कांग्रेस कसरी फुट्यो । मोरारजी देसाईं, के कामराज, निजलिङ्गप्पाहरूले कब्जा जमाएर बसेकै कारण पछि इन्दिरा गान्धी प्रधानमन्त्री भएको हुनाले आफ्नो शक्तिको प्रयोग गरेर पार्टी फुटाएर आफ्नो हातमा नेतृत्व लिइन् । नयाँ पुस्ता सबै त्यहाँ प्रवेश गर्‍यो ।  .......  जो नेतृत्वमा पुगे तिनीहरूले संगठनको तल्लो तहदेखि आफूप्रति निष्ठा र झुकाव (पार्टीप्रति होइन) राख्‍नेहरूलाई हरेक अङ्गमा राखेका छन् । त्यो जालो तोड्न नयाँ व्यक्तिले ठूलै संघर्ष गर्नुपर्छ ।  

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन-१ नेतृत्वमा नयाँ पुस्तालाई निषेध गर्ने हो भने कांग्रेस सकिन्छ नेपालको सन्दर्भमा चर्चा गर्नुपर्दा कुनै पनि राजनीतिक दलभित्र आन्तरिक लोकतन्त्र रहेन । नेताहरूले पार्टीमा आन्तरिक लोकतन्त्र कायम गर्छु भनी बाहिर भने पनि त्यो वातावरण बनाउनेतिर कहिल्यै लागेनन् ।   ......... प्रतिपक्ष बलियो भइदिएको भए यसरी लोकतन्त्रलाई समाप्त पार्ने दुस्साहस यो सरकारले गर्ने पनि थिएन होला । प्रतिपक्ष कमजोर भएको हुनाले पनि प्रधानमन्त्रीले पटक–पटक गैरसंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमहरू चालिरहेका हुन् । संख्याको हिसाबले हेर्ने हो भने नेपाली कांग्रेस निर्णायक ठाउँमा छैन, तर लोकप्रिय मतका आधारमा हेर्ने हो भने आजको दिनमा नेपाली कांग्रेस निर्णयक शक्ति हो । ........  सत्ताको नेतृत्वले आफ्नै पार्टीभित्र समेत फरक मत राख्नेहरूप्रति समेत प्रतिशोध साँध्ने र निर्मम तथा क्रूरतापूर्ण व्यवहार देखाइरहेको छ । त्यसलाई देखेर प्रतिपक्षले सरकारलाई संकट सिर्जना गर्दा झन कस्तो व्यवहार गर्ला भन्ने सोचेर पनि कांग्रेसको नेतृत्व सरकारसँग डराएको पनि हुनसक्छ । आफूबाट विगतका दिनमा भएका कमी–कमजोरी उधिनेर संकटमा पार्ने हुन् कि भन्ने भय हुनसक्छ । कांग्रेस नेतृत्वमा त्यो खालको डर भए पनि नभए पनि जनतामा त्यस्तो छाप पर्न गएको छ ।




Friday, June 25, 2021

निधि, सिंह, कोइराला, थापा: समायोजन को एक रेखा


एक कार्यकाल का लागि निधि पार्टी सभापति। अर्थात अर्को महाधिवेशन मा अहिले देखि नै घोषणा गरिदिने, गगन। गनगन थापा। दुई एक्का को समायोजन भयो। निधि पार्टी सभापति रहँदा सम्म कांग्रेस को प्रधान मंत्री हुने मौका जुरेछ भने त्यो प्रकाशमान। अर्थात संसदीय दलको नेता। तीन एक्का को समायोजन भो। वीपी पुत्र फेरि महामंत्री। यदि पार्टी ले सभामुख पद पाए दिने गरी। भयो चार एक्का समायोजन। यी चार एक ठाउँ आए अरु जोसुकै लड़े नलडे फरक पर्दैन।  

तर चार मर्द। तीन डायनेस्टी। समावेशी खोइ? त्यो त मिलाउनुपर्छ। हुन त नेवार जनजाति हो। नेवार प्रधान मंत्री हुन्छ भने सन्देश त राम्रै जान्छ। दमजम। यादव। मिलाउने ले मिलाउलान। मधेसी र जनजाति, निधि र सिंह। हुन त बाहुन बाहुन मात्र भएको ठाउँमा शायद थापा पनि एक किसिमको जनजाति नै होला। डायनेस्टी त डायनेस्टी तर अंतिम डायनेस्टी। गगन सम्म पुग्दा डायनेस्टी समाप्त गर्ने डायनेस्टी। गनगन थापा का छोरी हरु राजनीति प्रवेश नगरुन। हार्दिक इच्छा। 

अथवा वीपी पुत्र भारत का लागि राजदुत। कसो? वीपी लाई भारत मा मानदान गर्ने समाजवादी हरु आज पनि प्रशस्त छन। थुप्रै लाई थाहा छैन तर ली कुआन यु को  सिद्धांत पनि लोकतान्त्रिक समाजवाद नै थियो। 

देउबा को स्थिति यस पटक अत्यंत कमजोर छ। जति सुकै लड़े नलडे देउबा तर जित्दैनन। त्यति स्पष्ट छ। त्यही स्पष्ट भएर त जो पनि लड्छु भन्दैछन। देउबा लाई जित्छु भनेर थुप्रै लाई लागेको छ। तर देउबा ले समर्थन गरे पनि यदि यी चार एक्का को समायोजन हुँदैन भने निधि लाई गारहो छ। समायोजन हुन्छ भने जित सुनिश्चित। देउबा चाहियेन। हुन त पुछन का लागि पुछने गरे बिग्रिने होइन। आपसी सम्बन्ध का लागि राम्रै हो।

तर मेरो प्रमुख कुरा मुद्दा हो। हुन त सत्ता पनि मुद्दा हो। अनुहार पनि मुद्दा हो। तर मैले संविधान संसोधन को कुरा गरेको। 


कार्यकर्ताले हामी तीन भाइको एकता खोजेका छन् १५ औँ महाधिवेशनमा मलाई सभापति बनाउने हैसियतमा शेरबहादुर देउवा रहनुहुन्न ............  कांग्रेसका यसअघिका चारवटा महाधिवेशनमा म शेरबहादुर देउवासँगै थिएँ । ........ म १० कक्षा पढ्दा नै जेलमा पुगेको विद्यार्थी हुँ । टेष्ट परीक्षा जेलभित्रैबाट दिएको हुँ । आइकम पनि मैले जेलबाटै दिएको हुँ । ........  म उहाँसँग पनि जेलमा सँगै थिएँ । ..........  कांग्रेसभित्रको आन्तरिक राजनीति बुझ्ने धेरैले भन्ने गर्थे– यो टिममा देउवा पनि विमलेन्द्र निधि नै हो । हाम्रै टिमका साथीहरुले पनि शेरबहादुर देउवापछि तपाईं नै हाम्रो नेता भनेर भन्नुहुन्थ्यो । कांग्रेसमा त्योबाहेक पनि अर्को इतर समूह या टिम छ । त्यो टिमभित्रका साथीहरुले पनि देउवापछि निधि नै हो भन्नुहुन्थ्यो । ............  रामचन्द्र पौडेल र रामशरणजीले त्यहीबेला अस्वीकार गर्नुभयो । उहाँहरुले सक्रिय राजनीतिक गर्ने हो भन्नुभयो । त्यसपछि शेरबहादुर देउवा र रामवरण यादवको नाम रह्यो । मनोनयन गर्ने दिन बिहानसम्म पनि शेरबहादुर देउवाले मैले सोचेर निर्णय गर्छु भन्दै हुनुहुन्थ्यो । मैले त्यसबेला नै रामवरण यादवलाई म तपाईंको पक्षमा छु है भनेर भनेको थिएँ । किनकि मैले गिरिजाबाबुको आदेशअनुसार उपेन्द्र यादवसँग कुरा गरिरहेको थिएँ । ............. हामी तीनजना गोप्य कोठामा बसेर ‘शेरबहादुरजी तपाईंले अहिले रामवरण यादवलाई छाडिदिनुस्’ भनेर भनेँ । ............ मैले त्यो बेला नै उहाँलाई के भनेको थिएँ भने– तपाईंले सभापति जित्नुभयो भने मलाई उपसभापति बनाउनुहोला । अनि म १४ औँ महाधिवेशनका लागि सभापतिको तयारी गर्छु । उहाँले हुन्छ हुन्छ भन्नुभयो । यही हो उहाँ र मबीचको कुरा । ............  त्यसबेला बीपीले नै विमलेन्द्र निधिलाई नेविसंघको सभापति बनाउनुपर्छ भनेर कार्यक्रम उद्घाटन गर्न आफैँ जानुभएको हो । ............ हुन त शेरबहादुरजीले केन्द्रीय कार्यालयमा सबैका सामु भन्नुभएको थियो– मलाई त उठ्ने इच्छा थिएन, तर मलाई भित्तामा धकेल्ने ? निर्वाचनमा पार्टी पराजित भएपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्छ भनेर भन्दा उहाँले त्यसो भन्नुभएको थियो । ............... नेपाली कांग्रेसमा आफ्नै मात्र समूहबाट कोही पनि सभापति भएको छैन । यो बीपी कोइरालाकै पालादेखि देखिएको विषय हो । बीपी कोइरालाको समयमा पनि सुवर्ण शमशेर, गणेशमान सिंह र सूर्यप्रसाद उपाध्याय हुनुहुन्थ्यो । चारजना शीर्ष नेता हुनुहुन्थ्यो । किसुनजी र गिरिजाबाबु शीर्ष नेता हुनुहुन्नथ्यो । आज हामीले गुट भन्छौँ तर समूह त्यसबेला पनि थियो । ................... ३० वर्षे पञ्चायतकालमा महाधिवेशन हुन सकेन । ........... नवौँ महाधिवेशनमा गिरिजाप्रसाद कोइरालाविरुद्ध उठ्नका लागि हामीले शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई हात जोडेर अनुरोध गरेका हौँ । चिरञ्जीवी वाग्लेको ‘हाइट’ पुग्दैन तपाईंहरु अघि बढिदिनुस् भनेर आग्रह गर्‍यौँ तर मान्नुभएन । हामीले वाध्य भएर वाग्लेलाई अघि सारेका हौँ । ............. अन्तिम दिनमा त गिरिजाप्रसाद कोइरालाले किसुनजीकै समूहबाट मान्छे तान्नुभयो । योगप्रसाद उपाध्याय, बासु रिसाल सबैको समर्थन प्राप्त गर्नुभो ।  गिरिजाप्रसाद कोइराला पनि आफ्नै समूहबाट निर्वाचित हुनुभएको थिएन । ............. १२ औँ महाधिवेशनमा सुशील कोइराला आफ्नै समूहबाटमात्रै निर्वाचित हुनुभएको होइन, उहाँले पनि शेरबहादुर देउवा, किसुनजी समूहका मान्छे तान्नुभयो र जित्नुभयो । उहाँहरुको निधन भइसकेपछि १३ औँ महाधिवेशनमा रामचन्द्र पौडेलसँग शेरबहादुर देउवाको प्रतिस्पर्धा भयो । शेरबहादुरजीले पनि कोइराला समूहकै मान्छे तानेर जित्नुभएको हो । ...................  शेरबहादुरजीलाई सभापति बनाउने भूमिका खेलेको हुँ । बीपी कोइरालादेखि अहिलेसम्म कसैले पनि कांग्रेसमा आफ्नो समूहको मतले मात्रै जितेको छैन । ................  मलाई पनि एक त आफ्नै समूहबाट शेरबहादुरजीले समर्थन गरिराख्नुभएको छैन । शेरबहादुरजीबाट समर्थन प्राप्त भयो भने मलाई सजिलो हुन्छ । म यो पनि भन्छु शेरबहादुरजीले मलाई ‘ल मेरो क्यान्डिडेट तपाईं नै हो’ भन्नुभयो भने पनि जित्न त्यति सजिलो छैन । ..................... बीपीको असली राजनीतिक उत्तराधिकारी म हुँ । ........... उहाँ गणेशमानजीको छोरा म महेन्द्रनारायण निधिको छोरा । अरु पनि साथीहरु छन् । यो नेपालमा मात्र होइन जहाँ पनि हन्छ । माफ गर्नुहोला तपाईंहरुको पत्रकारिता क्षेत्रमा पनि हुन्छ, डाक्टर, इन्जिनियर, साहित्यकार, चित्रकार, कलाकारको क्षेत्रमा पनि हुन्छ । त्यसकारण विरासतलाई हेयको दृष्टिकोणले हेर्नु हुँदैन है । .................  मैले उहाँलाई म तपाईंको निवासमा भेट्न आउँछु भनेको थिएँ । तर उमेर र पदका कारणले पनि म आउनुपर्छ भनेर उहाँ आउनुभयो ।




सरकारबाट बाहिरिएसँगै महन्थ ठाकुर समूहमा तीव्र असन्तुष्टि  पछिल्लो समय अध्यक्ष ठाकुरप्रति कार्यकारिणी समितिका सदस्यहरु शरतसिंंह भण्डारी, राजकिशोर यादव, राष्ट्रियसभाका सदस्य शेखर सिंह, विघटित प्रतिनिधिसभाका सदस्यहरु प्रमोद साह, अमृता अग्रहरी, नेता गोविन्द चौधरीलगायत असन्तुष्ट देखिएका छन् । उल्लेखनीय छ, उनीहरु सबैले जसपाभित्र ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवबीचको शक्ति संघर्षमा ठाकुरलाई नै साथ दिँदै आएका थिए ।  ........ सुरुमा भण्डारी उपेन्द्र यादवको पक्षमा थिए तर सरकारमा सहभागी हुने चर्चा चलेपछि उनी महन्थ ठाकुरको पक्षमा लागेका थिए । उनी निकट एक नेता भन्छन्, ‘शरत् दादा महन्थ ठाकुरको क्रियाकलापबाट सन्तुष्ट हुनुहुन्न तर उहाँलाई साथ दिनु दादाको बाध्यता छ ।’ ....... ‘महन्थ ठाकुर पक्षमा कुनै पनि कुरा विना भागवण्डाले हुँदैन, जे पनि उहाँहरु भागवण्डा गर्नुहुन्छ, पार्टीमा जनाधार भएका नेताको वास्ता गरिँदैन, आफ्ना आसेपासेलाई मात्र मौका दिइन्छ ।’  ........  सरकारमा मन्त्री पठाउँदा पनि ठाकुरले पार्टीमा कुनै छलफल नगरी आफूखुशी निर्णय लिएको ........ ‘ओलीलाई साथ नदिएको भए पार्टी विभाजन हुने थिएन, तर उनीहरुले बरु पार्टी विभाजन भए होस् तर ओलीलाई नछाड्ने अडान लिएका कारण पार्टी यो अवस्थामा आएको हो ।’ ......... जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि गलत गरेको बताउँदै उनले जसरी महन्थ ठाकुरहरुले ओलीका लागि अडान लिए, त्यसरी नै उपेन्द्र यादवले पनि प्रचण्डका लागि अडान लिएको प्रस्ट पारे । दुवैको अडानले गर्दा पार्टीको यो हालत भएको उनको भनाइ छ । ‘दुवैजना एकएक कदम पछाडि हटेको भए पार्टी विभाजनको अवस्थामा पुग्ने थिएन’ .......... त्यसो त, पार्टीलाई विभाजनबाट रोक्नका लागि सांसद प्रमोद साहले सांसदहरुको एउटा भेला गरेर शीर्ष नेतृत्वमाथि दबाब नै दिएका थिए । पार्टी कुनै पनि हालतमा नफुटोस् भनेर केही समय दबाब दिए पनि आफ्नो पक्षमा उभिएका सांसदहरु नै नेताहरुको पछि लाग्न थालेपछि आफूहरुको केही नचलेको उनले बताए ।  








Monday, June 21, 2021

कांग्रेस भित्र निधि को पक्ष मा संभावना

देउबा फर्केर आये नेपाली कांग्रेस प्रजा परिषद हो। विपक्षी दल का रूप मा पनि असफल हुन सक्नु भनेको। नेकपा पाँच वर्ष सत्ता मा चिपिकक चिपकियेर बसि मात्र दिए जनता लाई दिएको प्रमुख वाचा पुरा हुने। गर्न सकेन। त्योभन्दा सजिलो काम देउबा को। काम गर्न पो गारहो। गाली गर्न के गारहो? त्यति पनि गर्न सकेनन। तीन वर्ष सुतेर बसे। जागेको बेला भागबण्डा गर्दै बसेका जुनियर हुन सेन। 

४६ साल पछि कांग्रेस को आधार नै मधेस। मधेस को बल मा कांग्रेस ले देश माथि शासन गर्यो। पार्टी सभापति चाहिं दार्चुला को मान्छे? अनुहार को पनि महत्व छ, तर कम महत्व छ। मधेस को प्रमुख मुद्दा हो। नागरिकता समस्या समाधान। प्रदेश सरकार हरु लाई थप शक्ति प्रदान। राष्ट्रिय सभा मा प्रत्येक प्रदेश को जनसंख्या समानुपातिक प्रतिनिधित्व। स्थानीय तह मा मधेस मा २०० इकाइ थप्ने काम। 

संस्थापन पक्ष का दुई नंबर मान्छे (पछिल्लो महाधिवेशन मा नै देउबा ले यस पटक मलाई सहयोग गर्नुस अर्को पटक तपाईं लाई भनेको, फेरि त्यही कुरा भन्दैछन), मधेसी, जनकपुर को मान्छे, डायनेस्टी पॉलिटिक्स चल्ने कांग्रेस पार्टी मा निधि को छोरा (गिरिजा ले मध्यावधि गर्न नहुने थियो, संसद दल को नेता बदले पुग्ने त्यति बेला), हुन त बुढ़ा नै तर देउबा भन्दा कम बुढ़ा, फेरि अर्को मधेसी लडिरहेको अवस्था छैन। पछिल्लो पटक पनि निधि छैन भने देउबा छैन। निधि ले रामचंद्र लाई दिएको भए रामचंद्र जित्ने। 

पहिलो कुरा त खुट्टा कमाउनु भएन। लड्ने। हर हाल मा लड्ने। 

आज को नेपाली कांग्रेस गणेशमान को पार्टी हो। ४६ साल मा आंदोलन गर्नु हुन्न भन्ने लाइन समातेका गिरिजा। (अनि कहिले गर्ने त?) वर्षौं देखि देउबा विरुद्ध सबैभन्दा खरो बोल्दै आएको प्रकाशमान। 

कोइराला हरु त मलाई छुट्याउन गारहो। तर पार्टी भित्र तगड़ा ब्रांड नेम। 

तर प्रमुख अलायन्स गगन सँग हो। नया पीढ़ि सँग। नेपाल सेना को प्रधान सेनापति मधेसी किन छैन भन्ने प्रश्न त गरे। हुन त मैले गगन लाई युवा नेता भन्न छाड़ेको वर्षौं भयो। कांग्रेस का पदाधिकारी तह मा निधि बलियो हो। तर प्राइमरी स्टाइल चुनाव गराउने हो भने गगन आजै सभापति। भने पछि निधि लाई जित्नु छ भने गगन लाई यस पटक नंबर दुई अर्को पटक को सभापति घोषणा गर्नैपर्छ। होइन भने निधि जिते पनि प्रजा परिषद का सभापति। 

त्यस पछि प्रकाशमान र शशांक लाई एडजस्ट गर्ने। 

मलाई कांग्रेस को आतंरिक राजनीति को त्यति सारहो ज्ञान छैन। तर प्यानल मिलाउन अरु पनि चाहिएला। यी चार ले मिलाउलान। 

सभापति निधि। उपसभापति गगन। महामंत्री शशांक। दोस्रो उपसभापति प्रकाशमान। त्यस्तै केही। यो जित्ने प्यानल हो। 

यति धेरै लड्छु भन्दैछन सभापति मा। ती सबै लड्ने होइनन। जसरी हुन्छ देउबा लाई विदा गरौं भन्ने सोंच हो। प्रत्यक्ष मा जसपा र कांग्रेस ले उति उति जितेको। त्यो पनि हो? नेकपा एकीकरण ले जसपा लाई फरक पारेन त। देउबा को निहुँ मात्र। तर चुनाव हार्दा नेता आफै हट्ने बेलायत मा हो। 





निधि जी को यो तल को फोटो मैले खिचेको हो न्यु यॉर्क मा सन २००५ मा। 










February 09, 2021 प्रतिक्रान्ति विरुद्धको संसद पुनर्स्थापना र कॉंग्रेस भित्र विमल गगनको सम्मिश्रण 





निधिका अनुसार आजका मितिसम्म सभापतिका लागि सात जना उम्मेदवार देखिएका छन् । १३औं महाधिवेशनमा प्रतिस्पर्धा गरेका देउवा, रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला अनि त्यसबेला प्रतिस्पर्धा नगरेका उनीसहित प्रकाशमान सिंह, डा. शेखर कोइराला, डा. शशांक कोइराला । र, उपसभापति निधिका भनाइमा, उनी पछि हट्ने एउटै सम्भावना छ, ‘सर्वसम्मत नेतृत्व चयन ।’ ....... दोस्रो, १३ औं महाधिवेशनमा प्रतिस्पर्धा गरेका तीन नेता बसेर हामी पार्टीको कार्यकारिणी पद ग्रहण गर्दैनौं । अब तपाईंहरु चार जनामा यसरी पदीय भाबगण्डा गर्नुस् भनेर तोकिदिने । ........ तेस्रो, १३ औंमा सभापति नउठेका, तर अहिले सभापतिमा आकांक्षा राखेका चार नेता बसेर सहमति खोज्ने । निधि भन्छन्, ‘म युवा साथीहरुसँग पनि छलफलमै छु । मेरा समकालीन साथीहरुसँग पनि छलफलमा छु । हामीहरुबीच पनि सहमति भएन भने चुनावका लागि तयार छु ।’ त्यो बेला पनि आफ्नो प्राथमिकता शेरबहादुरजीको समर्थन पाउने हुने उनले बताए । ........ मैले पार्टी सभापति शेरबहादुर देउवालाई एक/डेढ वर्षअघि नै भनिसकेको थिएँ । मैले सोचेको थिएँ, उहाँले मेरै लागि पहल गर्नुहोला । तर, उहाँले आफ्नै लागि लबिङ सुरु गर्नु भएको छ । ......... मैले जवाफमा भनेको छु,– लड्ने अधिकार छ भन्नुभयो, त्यो अधिकार त छँदैछ, तर तपाईंसँग मेरो लामो सम्बन्ध छ । नेविसंघदेखि आजका दिनसम्मको सम्बन्धका आधारमा म सभापतिमा लड्दा तपाईंको समर्थन प्राप्त गर्ने पनि मेरो अधिकार हो । ....... गिरिजाबाबुको कार्यशैलीविरुद्ध पार्टी नै फुुट्यो । शेरबहादुरजी प्रधानमन्त्रीको कुर्सीमा हुँदाहुँदै गिरिजाबाबुले पार्टीको साधारण सदस्य नरहने गरी कारवाही गरिदिनुभयो । शेरबहादुरजी लिखित माफी माग्न तयार हुनुहुन्थ्यो, त्यसको पनि सुनुवाइ भएन । त्यसपछि पार्टी फुटाउनुपर्ने बाध्यता भयो । .......... त्यो परिस्थितिमा उहाँलाई साथ दिनेमध्ये म पनि हुँ । मैले प्रक्रियागत र कार्यगत रुपमा निरन्तर उहाँलाई साथ दिँदै आएको छु । ......... देउवाजी आफैँ पनि टीम बनाउन माहिर हुनुहुन्छ ........

मैले त्यतिबेला १३ औं महाधिवेशन तपाईंका लागि हो, १४ औं महाधिवेशनमा म उठ्छु भनेको थिएँ । उहाँले हुन्छ भन्नुभएको थियो । हुन्न भन्ने उहाँको बानी नै छैन ।

......... यो १३ औं महाधिवेशन अघिको विषय होइन, धेरै अघिदेखिको विषय हो । उहाँ र मेरो बीचमा कुराकानी हुँदा उहाँले सधैं म पछि तपाईं नै हो भन्नुहुन्थ्यो । ....... जिम्मेवारी र पद मागेर होइन, लडेर प्राप्त हुन्छ । मैले गिरिजाबाबु, सुशील कोइरालासँग लडेर यो पद पाएको हुँ । यो त उहाँले देखाएको बाटो हो । म त झन् उहाँसँगै छु । ......... मेरो आँटको कसैले परीक्षण नगरे हुन्छ । आँट भनेको त संस्कार हो र हाम्रो परिवार निरंकुश राजतन्त्र र पञ्चायती व्यवस्थाविरुद्ध लडेर आएको परिवार हो । ..... मलाई के लाग्छ भने शेरबहादुरजी पार्टी सभापति पनि भइसक्नुभयो । प्रधानमन्त्री पनि भइसक्नुभयो । उहाँले पार्टी र देशलाई दिन सक्ने जे थियो, दिइसक्नुभयो । ........

म अहिले ६६ वर्षको भएँ । ....... कांग्रेसमा हजुरबुबा मात्र होइन, जिजुबुबादेखि नातिपुस्तासम्म सँगसँगै छ । अरु पार्टीमा त्यस्तो छैन । यहाँ पुस्ताको जाम लागेको छ

...... १५ औं महाधिवेशन म भन्दा पछिको पुस्ताका लागि हो । ....... देउवा समूहको सहयोगले मात्रै विमलेन्द्र निधि चुनाव जित्न सक्दैन ।




Tuesday, February 09, 2021

प्रतिक्रान्ति विरुद्धको संसद पुनर्स्थापना र कॉंग्रेस भित्र विमल गगनको सम्मिश्रण

सर्वोच्च अदालतले संसद पुनर्स्थापना नगर्ने संभावना न को बराबर छ। संसद पुनर्स्थापना भए पछि नेकपा कानुनी रूपले फुट्दैन तर चोइटिएर जाने भने हुन्छ। केपी ओली प्रधानमंत्री नरहँदा र पार्टीको साधारण सदस्य समेत नरहँदा उसको पछि पछि लाग्ने मान्छे अत्यंत कम हुन्छन्। तर पार्टी त फुट्यो फुट्यो। प्रचंड माधव पक्ष पनि थाकेको बथान हो। अर्को चुनावमा साधारण बहुमत पनि ल्याउने ल्याकत रहँदैन।  

संसद पुनर्स्थापना हुँदैमा राष्ट्रपति विरुद्ध महाभियोग लाग्नु पर्छ भन्ने छैन। प्रधानमंत्री ले गर्ने गलती सच्याउँदै हिँड्ने काम राष्ट्रपतिको होइन। तर संसद पुनर्स्थापना भए पछि केपी ओली लाई पार्टी फोड़न सजिलो होस भनेर अध्यादेश ल्याउन राष्ट्रपति ले सघाएको खण्डमा महाभियोग एक मात्र उपाय हुनेछ र देशले नया राष्ट्रपति पाउँछ। त्यो नया राष्ट्रपति कोही दलित भैजाओस। दमजम मध्ये मधेसी र महिला त भए भए। 

ओली को जिम्मेवारी ओली मात्र ले लिएर पुग्दैन। भैसीको सिंग वाला नक्शा पास गर्ने कॉंग्रेसले पनि लिनुपर्छ। २५ वर्ष अगाडि मात्र महाकाली नदी नेपाल भारत को अधिकांश सीमाना हो (अर्थात सम्पुर्ण होइन) भनेर संधि गर्ने पात्र नै त्यही ओली हो। संसदीय दलको नेता मा प्रस्ताव गर्ने माधव नेपाल ले पनि लिनुपर्छ। मान्छेको चरित्र चिन्न नसकेको माधव नेपाल। खुरुक्क संसदीय दलको बैठक डाकेर संसदीय दलको नेता बाट हटाउने प्रयास नगरेको कामरेड प्रचण्डले पनि जिम्मेवारी लिनुपर्छ। 

ओली दुई वर्ष अगाडि अर्कै आज अर्कै मान्छे होइन। उसको भएको चरित्र उजागर भएको हो। तर एक दुई पात्रको चरित्र ख़राब हुँदैमा व्यवस्था नै धरापमा पर्ने रैछ भने कतिसम्म को फितलो व्यवस्था भन्ने प्रश्न खड़ा हुन्छ। 

तानाशाही संविधानले एउटा तानाशाह पैदा गर्यो। अपेक्षा के थियो? देशको आधा जनसंख्या माथि बन्दुक को नाल सोझ्याएर लादेको तानाशाही संविधान हो यो। कुनै संविधान सभाले दिएको संविधान हुँदै होइन यो। संविधान सभामा व्हिप जारी गर्न मिल्दैन। प्रत्येक दफा र उपदफामा बिना व्हिप को बहस र मतदान हुन्छ। भएन। भएको भए आधा जनसंखयाले अस्वीकार गर्ने अवस्था नै आउने थिएन। 

ओली त सानो मान्छे हो। ओली प्रवृति को विरोध गरौं। नेपाली ले गणतंत्र को इच्छा गर्नु बयलगाड़ा चढेर अमेरिका पुग्ने इच्छा हो भन्ने प्रवृति नया प्रवृति हो र? मधेसी शहीद लाई आँप झरेको देख्ने प्रवृति ओली मा मात्र छ र? मधेसी जनतालाई तिरस्कार गर्ने मान्छे ले सम्पुर्ण नेपाली जनतालाई  तिरस्कार गर्न तिनका जनप्रतिनिधि लाई तिरस्कार गर्न बाँकी राख्ने कुरै थिएन, राखेन। अचम्म मानने किन? 

संसद पुनर्स्थापना भएर एउटा सानो पार्टीका नेता देउबा प्रधान मंत्री हुने देखियो। तर यस संसदको बाँकी समय भित्र मधेसले खोजेको संविधान संसोधन हुँदैन भने मधेसमा कॉंग्रेस भनेको बिहार र युपी को कॉंग्रेस हो। 

विमल निधि सभापति, गगन थापा त्यस पछिको महाधिवेशनमा सभापति तर अहिले उप सभापति भन्ने किसिमको नेतृत्व पुस्ता हस्तांतरण को फोर्मुला को प्रयास देखिन्छ। मधेसमा कॉंग्रेस को गुमेको साख फिर्ता ल्याउने त्यो प्रयास सराहनीय छ। तर मुहार काफी हुँदैन, मुद्दा समाउनु पर्ने हुन्छ। कॉंग्रेस ले मुद्दा नसमाएको ले नै त मधेसी पार्टी हरु पैदा हुनु परेको। गजेंद्र नारायण नेका का सप्तरी जिल्ला अध्यक्ष थिए।   


Thursday, November 05, 2015

विमलेंद्र निधिको नेतृत्वमा तराई काँग्रेस खोल्नुपर्ने भो

तराई काँग्रेस खोल्ने। मधेसी मोर्चा ज्वाइन गर्ने। आंदोलनमा जाने।



कांग्रेसका मधेसी सांसदले केन्द्रिय समितिमा ज्ञापन पत्र बुझाउँदै
संसद्मा प्रमुख विपक्षी नेपाली कांग्रेसका मधेसी सभासद् र केन्द्रिय समिति बैठकमा ज्ञापन पज्ञ बुझाउने तयारी गरेका छन् । जारी केन्द्रिय समितिमा विमलेन्द्र निधी लगायतका नेताहरुको सहभागीतमा बुझाउन लागिएको ज्ञापनमा संसद्मा दर्ता भएका संविधान संशोधन विधेयक अघि बढाउनु पर्ने माग गरिएको छ । कांग्रेस सांसद् रामकृष्ण यादवका अनुसार कांग्रेस सरकारले संसद्मा दर्ता गरेका संशोधन पास गर्न पार्टीले अग्रसरता लिओस् भन्ने उनीहरुको माग हो ।

‘पार्टीले अग्रसरता नलिने हो भने हामी संसद् घेराउ गर्छौं,’ उनले भने ।

Thursday, September 03, 2015

In The News (12)



मगरात स्वायत्त प्रदेशको माग गर्दै आब्हान गरेको १ दिने मगरात क्षेत्र बन्दको क्रममा बुटवलमा प्रदर्शन गर्दै आन्दोलनकारी






मधेसी जनताले अाफनो हक माग्दा प्रहरीले गोली हानेर मार्दै छ । यो भिडियो लाई सक्दो सेयर गर्नु
Posted by Nepal Bara Kalaiya Samachar on Wednesday, September 2, 2015






बिमलेन्द्र निधि को नेतृत्वमा नेपाली कांग्रेसका मधेसी सभासद हरु एकजुट

पार्टी निर्देशन विपरीत संशोधन प्रस्ताव दर्ता गर्ने चेतावनी

काठमाण्डू भदौ 16 नेपाली कांग्रेसका मधेसी तथा थारू सभासद्हरूले पाँच बुँदे माग पूरा नभए पार्टी निर्देशन विपरीत संविधानसभामा संशोधन प्रस्ताव दर्ता गर्ने चेतावनी दिएका छन्।

प्रदेश सिमांकन, निर्वाचन क्षेत्र निर्धारण, नागरिकतामा विभेद अन्त्य र हरेक निकायमा समावेशी समानुपातिक प्रतिनिधित्वको माग राख्दै पार्टी नेतृत्व तथा प्रधानमन्त्रीलाई यसअघि सामूहिक रूपमा बुझाएको पाँच बुँदे ज्ञापन पत्र उनीहरूले फेरि झक्झक्याएका छन्।

मधेशी तथा थारू समुदाय आन्दोलित भइरहेको अवस्थामा संविधानसभाले यत्तिकै संविधान मस्यौदा अघि बढाउन नसक्ने अडान राख्दै उनीहरूले हाल तराई–मधेशमा जारी आन्दोलन आफ्ना ती पाँच बुँदे प्रस्तावले पूरा गर्ने विश्वास पनि दिएका छन्।

कांग्रेस पार्टीले संविधानसभामामा पार्टीको ह्वीप लाग्ने व्यवस्था नभए पनि संशोधन प्रस्ताव नहाल्न सभासद्हरूलाई निर्देशन दिएको थियो। तर मन्त्री तथा सभासद् विमलेन्द्र निधिसहितका मधेसी–थारू सभासद्हरूले आफ्ना प्रस्तावको सुनुवाई नभए पार्टी नीति उल्लंघन गर्दै व्यक्तिगत संशोधन हाल्ने चेतावनी दिएका हुन्।

प्रधानमन्त्री सुशील कोइरालालगायत शीर्ष पार्टी नेताहरूले आज बिहान संसदीय दल बैठकमा सभासद्हरूलाई सम्झाउन खोजे पनि असन्तुष्टि साम्य नभएपछि अपराह् चार बजे पुनः बैठक बस्दैछ। यसअघि मन्त्री निधिले प्रधानमन्त्री कोइरालालाई पत्र लेखी यी प्रस्तावहरूको स्मरण गराएका थिए।

मधेसी–थारू प्रस्तावमा

तराईमा दुई प्रदेश कायम हुनुपर्ने, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने, अंगीकृत र वंशजका आधारमा नागरिकतामा विभेद गर्न नहुने, राज्यका सबै निकायमा समावेशी समानुपातिक प्रतिनिधित्व हुनुपर्ने र सबै अल्पसंख्यक जाति तथा समुदायको हित संरक्षणका लागि संवैधानिक आयोगहरूको व्यवस्था हुनुपर्ने

उल्लेख छ।

कांग्रेस नेतृत्वले आफूलाई चित्त नबुझाए आफूहरूको प्रस्तावमा जनजातिसहितका सभासद्हरू जोडिने बताएका छन्। कांग्रेस सम्बद्ध स्रोतका अनुसार मधेसी–थारू सभासद्हरू एकढिक्का भएपछि पार्टीमा संकट उत्पन्न भएको छ।