दुई वटा कुरा मैले टिपें। रविले भने, सरकारले लिक छोड़ेछ भने कान समातेर भने पनि लिकमा ल्याइनेछ। लिक थाहा छैन रविलाई। लिक कहाँ छ थाहा छैन। लिक के हो थाहा छैन। थाहा नभएको मान्छे। अभिभावक भन्छ। बिलकुल अनप्रोफेशनल भाषा हो त्यो। रवि अभिभावक होइन। रवि सांसद हो। रवि पार्टी सभापति हो। पार्टी सभापति भनेको प्रधानमंत्री माथिको पद होइन। पार्टी सभापति जाबो एउटा पार्टी महाधिवेशनले छान्ने हो। प्रधान मंत्री देशव्यापी चुनावले छान्ने हो। अभिभावक शब्दको प्रयोगले देखाउँछ रविले मीडिया बुझेको, संसदीय व्यवस्था नबुझेको। देशको सबैभन्दा जिम्मेवार व्यक्ति भनेको छ आफुलाई। देशको सबैभन्दा जिम्मेवार व्यक्ति हुन देशको सबैभन्दा जिम्मेवार पदमा बसेको हुनुपर्छ। पार्टी सभापति त्यो होइन। रविलाई अझै पनि सिंडिकेट राजको हैंगओवर रैछ। जेन जी क्रांति हुँदा उ बाहिर थिएन। त्यही भएर होला। सिंडिकेट राजमा चुनाव नै हुँदैन थियो। तीन जना राणा दाजु भाइले पालैपिलो राज गर्थे। म्युजिकल चेयर को खेल थियो त्यो। टिकट दिने मान्छे पनि उही, चुनाव खर्च दिने मान्छे पनि उही। त्यस्तो हुने गर्थ्यो पार्टी अध्यक्ष। पार्टी अध्यक्ष पनि उही, प्रधान मंत्री पनि उही। त्यो सिंडिकेट राज थियो। त्यो समाप्त भयो। जेन जी क्रांतिले समाप्त गर्यो। रविलाई चेतना भया।
जनताले सांसद चुन्छ। सांसदले प्रधान मंत्री। त्यो पाँच वर्षको मैंडेट हो। मैंडेट के हो भन्ने बुझेर सबैले आ-आफ्नो रोल अदा गर्ने हो। सत्ताधारी पार्टी को सभापति को पनि एउटा रोल हुन्छ। नहुने होइन। विशिष्ट रोल नै हो त्यो। तर त्यो अभिभावक होइन। त्यो देशको सबैभन्दा ठुलो पद होइन।
पार्टी को स्ट्रक्चर भन्दा संसदीय दल माथि हो। किनभने सांसद हरु जनताले प्रत्यक्ष चुनेको। मंत्री हरुको बॉस प्रधान मंत्री हो। प्रधान मंत्री सँग सीधा संवाद गर्न नसक्ने अर्थ मंत्री, सीधा सम्बन्ध राख्न नसक्ने अर्थ मंत्री त्यो मंत्रीमंडल मा रहन लायक को अर्थ मंत्री होइन। अनावश्यक टर्बुलेन्स आयो।
तर अहिले कुरा अगाडि बढेको छ। समस्त मंत्रीमंडल नै सिलिकॉन वैली को टेक स्टार्टअप ले जस्तो केपीआई (KPI) र ओकेआर (OKR) को भाषा बोल्न थालेका छन। तरिका त्यो हो। पार्टी सभापतिले आफुलाई मंत्रीमण्डलमा इन्सर्ट गर्ने होइन। पार्टी चलाउने हो। पार्टी चुकेको छ। सत्ताधारी पार्टी को काम सरकारले गरेको काम को पक्षमा भाष्य निर्माण गर्दै जाने हो। प्रयाप्त गरेको देखिएन।
सेमिनार र प्रोजेक्ट मैनेजमेंट फरक कुरा हुन। रविको बोल्ने शैली सिंडिकेट राजको अवशेष हो।
मोदीले पार्टी मीटिंग अटेंड गर्दै हिँडेको अवस्था छैन। मोदीले पार्टी मीटिंग अटेंड गर्ने होइन, अमित शाहले र राजनाथ सिंहले कैबिनेट मीटिंग अटेंड गर्ने हो। रविले संसदीय दलको मीटिंग अटेंड गर्ने हो।
पार्टी पनि, संसदीय दल पनि कमिटी स्ट्रक्चर मा जानुपर्यो र काम गर्नुपर्यो। टर्बुलेन्स ल्याएकै रविले रैछ। आफ्नो पद के हो, रोल के हो, बुझ्नुपर्यो, सरकारको काम को पक्षमा भाष्य निर्माण गर्नुपर्यो।
रविको अनौठो बोली https://t.co/rNHWApVZOi @ShahBalen @PM_nepal_ @SwarnimWagle @shisir @hamrorabi @manishjhanepal @Amiteshshah1 @ersnshah @pchamal @ashika71 @mkoirala @ToshimaKarkiDr @MoewriNp @party_swatantra @MahabirPun @sobita465 @Amreshjnu
— Paramendra Kumar Bhagat (@paramendra) August 26, 2026
No comments:
Post a Comment