संसदले नै प्रधान मंत्री पैदा गर्ने हो। र प्रधान मंत्री को प्रथम जवाफदेहिता नै संसद प्रति हुन्छ। संसद मार्फ़त जनताप्रति। सांसदहरुले प्रश्न गर्ने। प्रधानमंत्रीले जवाफ दिने।
त्यसरी जवाफ दिँदा प्रधानमंत्री ले स्वतःस्फुर्त किसिमले जवाफ दिनुपर्छ भन्ने भ्रम रैछ कतिमा। त्यो होइन। प्रश्न जुन जुन मंत्रालय सम्बन्धी छ ती मन्त्रालयका कर्मचारीले उत्तर लेखेर दिने हो। त्यो उत्तर पढेर सुनाए पनि भो। लेखेर बुझाए पनि भो।
लेखेर बुझाउने गरिएको हो।
अस्ति बजेट आएपछि अर्थ मंत्रालयले जवाफहरु लेखेर दियो। प्रधान मंत्री ले बुझाए। स्वर्णिमले लेख्यो भनेर हल्ला फैलाए। अर्थ मंत्रालय सम्बन्धी प्रश्न हरु छ भने जवाफ लेखने अर्थ मन्त्रालयले नै हो।
उद्योग मंत्रालय संबधी प्रश्न छन भने त्यहाँका उच्च पदस्थ कर्मचारीले लेखेर दिने हो।
संसदीय प्रक्रिया चलेको छ। सवाल जवाफ भएको छ। रुकेको छैन। तर पुरानो मीडिया लाई चाहियो ड्रामा। दोहोरी खेलेको हुनुपर्यो। प्रशासन दुरुस्त चलेको चाहिएको छैन। देश विकास भएको हेर्नु छैन। संसदमा दोहोरी चाहिएको छ।
प्रश्न पनि गरिएको छ। प्रश्न गर्ने सबैले उत्तर पाएका छन। संसद चलेको छ।
प्रधान मंत्री होइन सांसदहरु चुकेको अवस्था छ। सबैभन्दा चुकेको छ सत्ताधारी सांसद। यति चाडो सत्तामा पुग्छु भन्ने नलागेका मान्छेहरुको पार्टी हो राष्ट्रिय स्वतंत्र पार्टी।
सत्ताधारी सांसदहरुको काम नै सरकारले गर्ने गरेको कामको पक्षमा भाष्य निर्माण गर्दै जाने हो। केही सत्ताधारी सांसदहरुलाई लाग्ने गर्छ उसको काम भनेको पुरानो मीडिया पढयो सुन्यो, अनि त्यसै अनुसार सरकारलाई रयाखरयाख्ती पार्छु भन्दै कुर्लियो।
पार्टी को र संसदीय दलको आतंरिक छलफल हरुमा खुला छलफल हुन्छ। तर्क वितर्क हुन्छ। सहमति असहमति हुन्छ। तर सत्ताधारी सांसदहरुले पनि, मन्त्रीहरुले पनि, प्रधान मन्त्रीले पनि, सत्ताधारी पार्टी को सभापति सबैले आदर गर्ने भनेको मैंडेट हो। जेन जी क्रांति को मैंडेट। संसदीय चुनावको मैंडेट। त्यो मैंडेट सर्वोपरि हो। सुशासन, भ्रष्टाचारमुक्त देश, तीब्र गतिको आर्थिक वृद्धि, आर्थिक क्रांति। मैंडेट त्यो हो।
सत्ताधारी सांसदहरुको काम सरकारले गरेको काम र कार्यक्रमको पक्षमा बोल्ने हो, संसदमा पनि र सोशल मीडियामा पनि। त्यो गरेको देखिएन। सत्ताधारी सांसदहरु चुकेको अवस्था छ। विपक्षी सांसदहरुको काम हो तर्कसंगत आलोचना। तर्कहीन आलोचना होइन। आलोचनकालागि आलोचना होइन। सधैँ आलोचना पनि होइन। सरकारले गरेको कुनै काम राम्रो लाग्यो भने समर्थन र प्रशंसा पनि गर्ने आट हुनुपर्छ।
विपक्षी सांसदहरु चुकेको अवस्था छ। तर्कसंगत आलोचना त टाढाको कुरा हो। आफ्नो पालोमा मात्र बोल्ने साधारण मर्यादा पालन पनि गरेको देखिएन। आफ्नो पालोमा बोल्ने, अरुले बोलेको सुन्ने। त्यति पनि गरेको देखिएन। संसदमा प्रधान मंत्री होइन सांसदहरु चुकेको देखियो।
राजनीतिक संस्कार र संस्कृतिको कमी देखियो।

No comments:
Post a Comment