मनीष झा को संसदीय जिम्मेवारी र वाक स्वतंत्रता https://t.co/t8Wak8x9Mo @SwarnimWagle @shisir @ShahBalen @hamrorabi @PM_nepal_ @manishjhanepal @Amiteshshah1 @ersnshah @pchamal @ashika71 @mkoirala @ToshimaKarkiDr @MoewriNp @party_swatantra @MahabirPun @sobita465
— Paramendra Kumar Bhagat (@paramendra) August 11, 2026
मनीष झा लाई अस्ति न्यु यॉर्क मा झन्डै भेट्न भ्याएको मैले। अलिकति ले मिस भयो। मेरो सांसद। जनकपुरको सांसद।
उज्जवल थापा को आदर्श ले नेपाल को राजनीतिमा एउटा नया धार को निर्माण गर्यो। उज्जवल र म एउटै होस्टलमा थियौं। उ मभन्दा दुई बैच जुनियर। सन २००५ मा मलाई खोजी खोजी न्यु यॉर्क मा भेटेको उज्जवल ले। जाऊँ नेपाल भन्यो।
म किन नगएको भन्ने कुराको जवाफ आज दिँदैछु। मेरो टेक स्टार्टअप नेपालमा आर्थिक क्रांति गर्ने हतियार हो। त्यो टेक स्टार्टअप को एउटा खुट्टा सन फ्रांसिस्को मा हुनु जरूरी छ।
बालेन स्वतंत्र भएर काठमाण्डु को मेयर बनेकोले नै त्यति बेला नै राष्ट्रिय स्वतंत्र पार्टी ले आफ्नो नाम मा स्वतंत्र शब्द राखेको हो।
वाक स्वतंत्रता लोकतंत्र को मेरुदंड हो। तर वाक स्वतंत्रता भनेको राज्य र नागरिक बीचको कुरा हो। शांतिपुर्ण किसिमले आफ्नो विचार राख्दा राज्यले धरपकड़ नगर्ने। त्यति मात्र हो वाक स्वतंत्रता भनेको।
वाक स्वतंत्रता भनेको प्रधान मंत्री र सत्ताधारी पार्टी को सांसद बीच को सम्बन्ध होइन।
छाड़ा बोल्नु छाड़ा बोल्नु हो। छाड़ा बोल्नु वाक स्वतंत्रता होइन।
जेन जी क्रांति ले एउटा मैंडेट दियो। चुनाव ले मैंडेट दियो। जनकपुरमा मनीष को नाउँ मा भोट दिएको छैन कसैले। बालेन को नाममा भोट खसेको हो। त्यो राजनीतिक यथार्थ हो।
प्रधान मंत्री ले पनि र मनीष झा ले पनि जेन जी क्रांति को र चुनावी मैंडेट को आदर गर्दै काम गर्ने हो। कुरा डेलिवरी को छ।
प्रधान मंत्री सत्ता, मंत्री हरु सत्ता, सांसद भने विपक्ष होइन। मनीष झा सत्ता पक्ष हो।
सत्ता पक्ष को सांसदको काम प्रधान मंत्री को हो मो हो मिलाउने हो त? कदापि होइन।
तर जेन जी क्रांति को मैंडेट र चुनावी मैंडेट नबुझ्ने छुट मनीष जी लाई छैन। जनकपुरमा बालेन को नाममा किन भोट पर्यो? त्यो नबुझ्ने छुट मनीष जी लाई छैन। देश भरि नै त्यही अवस्था हो। त्यो नबुझ्ने छुट मनीष जी लाई छैन। काठमाण्डु को मेयर ले डेलिवरी गरेको हो। जेन जी क्रांति को प्रथम माँग नै बालेन हो। काठमाण्डु को मेयर ले डेलिवरी गरेको देश भरिका जनताले देखे। त्यस कारण देश भरि नै बालेन को नाममा भोट परेको हो।
असहमति एउटा कुरा हो। तर त्यो असहमति सम्म पुग्न जुन गृह कार्य मनीष झा ले गर्नुपर्थ्यो त्यो गरेको देखिएन। सहमति असहमति पार्टी को र संसदीय दलको आतंरिक मीटिगं मा हुन्छ। मनीष झा प्रधान मंत्री लाई भेट्न सक्ने मान्छे हो।
बालेन सरकार ले लगातार राम्रो काम गरेको छ। भने पछि मनीष झा सुसुचित हुने प्रयास गर्नुपर्यो। मीडिया को बहकावामा जानु भएन। नेपालको मीडिया अझै पनि पुरानो सत्ता हो। त्यो मीडिया लाई चाहियो उठापटक र ड्रामा। ओली र प्रचंड बीच जस्तो उठापटक। ड्रामा। मीडिया लाई विकास चाहिएको होइन। त्यो त जनतालाई चाहिएको।
मेरै असहमति छ। स्वर्णिम वाग्ले सँग। वैचारिक। स्वर्णिम को सम्पुर्ण स्कूलिंग नै एउटा यस्तो प्याराडाइम हो जसले जेन जी क्रांतिको मांग पुरा गर्न सक्दैन। चुनावको मैंडेट पुरा गर्न सक्दैन। तर स्वर्णिम ले भ्रष्टाचार चाहिं गर्दैन। त्यो स्पष्ट छ। र देशको आर्थिक वृद्धि दर लाई ५% बाट ७-८% तिर लान सक्ने भने चाहिं हो।
चाहिएको १००% आर्थिक वृद्धि दर। त्यो मेरो टेक स्टार्टअप ले दिन्छ।
जेन जी क्रांति ले खोजेको भ्रष्टाचारमुक्त देश। त्यो पुरा गर्ने खाका कल्किवादी रिसर्च सेंटर सँग छ। सिंगापुर ले ४० वर्षमा गरेको काम, चीनले ३० वर्षमा गरेको काम नेपाल ले १०-१५ वर्षमा गर्नुछ। त्यो रोडमैप स्वर्णिमसँग छैन।
मनीष झा मात्र किन हर्क सामपांग को पनि जिम्मेवारी छ। सांसद को काम आफुलाई सभामुख ले बोल्न दिएको बेला जति समय दिएको छ त्यति समय सम्म बोल्ने हो। बन्दर नाच होइन। हर्के ले गर्ने गरेको बन्दर नाच हो। त्यो व्यवहारले आर्थिक क्रांतिको एजेंडा लाई डिस्टर्ब गर्छ।
भारतमा राघव चड्ढा को मैले मुक्त कंठ ले प्रशंसा गरेको। विपक्षी नेता हुनु त यस्तो। कस्तो तर्क संगत आलोचना भन्दै म मक्ख परेको।
हर्के ले गर्ने गरेको लाई बन्दर नाच भन्नुपर्ने हुन्छ। सांसद को काम आफ्नो पालो मा बोल्ने, अरु बेला अरु सांसदले बोलेको सुन्ने हो। सुन्दैन भने बोल्ने को के काम?
प्रधान मंत्री ले देश चलाउने कि संसद अटेंड गर्ने? संसद चलाउने सभामुखले हो। न सांसद हरुले राम्रो सँग बोलेको छ। न अरुले बोलेको सुनेको छ। सत्ताधारी सांसद को काम सरकार को काम को पक्षमा भाष्य निर्माण गर्ने हो। गरेको देखिएन। त्यहाँ मनीष चुके।
गृह कार्य गर्नुपर्ने हुन्छ। आम जनता बीच पुग्नुपर्ने हुन्छ। विज्ञ हरु सँग उठबस गर्नुपर्ने हुन्छ। मंत्री हरु सँग सम्पर्कमा रहनुपर्ने हुन्छ।
राष्ट्रिय स्वतंत्र पार्टी ले सन्देश अनुशासन देखाउन सक्नुपर्छ। सोशल मीडिया मा सरकारको पक्षमा तारन्तार बोल्नुपर्ने हुन्छ। त्यहाँ मनीष चुके।
पार्टी चुक्यो।
मनीष झा सत्ता पक्ष को कि विपक्ष को? त्यो प्रश्न उजागर हुनुले राष्ट्रिय स्वतंत्र पार्टी लाई स्थानीय र प्रदेश चुनावमा हानि छ।
मनीष जी ले गृह कार्य गर्नुपर्यो। जेन जी क्रांति को मैंडेट बुझ्ने प्रयास गर्नुपर्यो। चुनावी मैंडेट बुझ्ने प्रयास गर्नुपर्यो। बालेन को नाममा देश भरि भोट किन पर्यो? बुझ्ने प्रयास गर्नुपर्यो। उत्तर: डेलिवरी।
वाक स्वतंत्रता भनेको मनीष जी ले अनापसनाप जे बके पनि जेल जानु हुँदैन। त्यति मात्र हो। तर सन्देश अनुशासन भनेको देश मा आर्थिक क्रांति गर्न चाहिने कुरा हो। त्यो सन्देश अनुशासन देखिएन।
Good choice. :)
— Paramendra Kumar Bhagat (@paramendra) August 11, 2026
No comments:
Post a Comment