Pages

Showing posts with label rabi lamichhane. Show all posts
Showing posts with label rabi lamichhane. Show all posts

Wednesday, August 26, 2026

रविको अनौठो बोली

दुई वटा कुरा मैले टिपें। रविले भने, सरकारले लिक छोड़ेछ भने कान समातेर भने पनि लिकमा ल्याइनेछ। लिक थाहा छैन रविलाई। लिक कहाँ छ थाहा छैन। लिक के हो थाहा छैन। थाहा नभएको मान्छे। अभिभावक भन्छ। बिलकुल अनप्रोफेशनल भाषा हो त्यो। रवि अभिभावक होइन। रवि सांसद हो। रवि पार्टी सभापति हो। पार्टी सभापति भनेको प्रधानमंत्री माथिको पद होइन। पार्टी सभापति जाबो एउटा पार्टी महाधिवेशनले छान्ने हो। प्रधान मंत्री देशव्यापी चुनावले छान्ने हो। अभिभावक शब्दको प्रयोगले देखाउँछ रविले मीडिया बुझेको, संसदीय व्यवस्था नबुझेको। देशको सबैभन्दा जिम्मेवार व्यक्ति भनेको छ आफुलाई। देशको सबैभन्दा जिम्मेवार व्यक्ति हुन देशको सबैभन्दा जिम्मेवार पदमा बसेको हुनुपर्छ। पार्टी सभापति त्यो होइन। रविलाई अझै पनि सिंडिकेट राजको हैंगओवर रैछ। जेन जी क्रांति हुँदा उ बाहिर थिएन। त्यही भएर होला। सिंडिकेट राजमा चुनाव नै हुँदैन थियो। तीन जना राणा दाजु भाइले पालैपिलो राज गर्थे। म्युजिकल चेयर को खेल थियो त्यो। टिकट दिने मान्छे पनि उही, चुनाव खर्च दिने मान्छे पनि उही। त्यस्तो हुने गर्थ्यो पार्टी अध्यक्ष। पार्टी अध्यक्ष पनि उही, प्रधान मंत्री पनि उही। त्यो सिंडिकेट राज थियो। त्यो समाप्त भयो। जेन जी क्रांतिले समाप्त गर्यो। रविलाई चेतना भया। 

जनताले सांसद चुन्छ। सांसदले प्रधान मंत्री। त्यो पाँच वर्षको मैंडेट हो। मैंडेट के हो भन्ने बुझेर सबैले आ-आफ्नो रोल अदा गर्ने हो। सत्ताधारी पार्टी को सभापति को पनि एउटा रोल हुन्छ। नहुने होइन। विशिष्ट रोल नै हो त्यो। तर त्यो अभिभावक होइन। त्यो देशको सबैभन्दा ठुलो पद होइन। 

पार्टी को स्ट्रक्चर भन्दा संसदीय दल माथि हो। किनभने सांसद हरु जनताले प्रत्यक्ष चुनेको। मंत्री हरुको बॉस प्रधान मंत्री हो। प्रधान मंत्री सँग सीधा संवाद गर्न नसक्ने अर्थ मंत्री, सीधा सम्बन्ध राख्न नसक्ने अर्थ मंत्री त्यो मंत्रीमंडल मा रहन लायक को अर्थ मंत्री होइन। अनावश्यक टर्बुलेन्स आयो। 

तर अहिले कुरा अगाडि बढेको छ। समस्त मंत्रीमंडल नै सिलिकॉन वैली को टेक स्टार्टअप ले जस्तो केपीआई (KPI) र ओकेआर (OKR) को भाषा बोल्न थालेका छन। तरिका त्यो हो। पार्टी सभापतिले आफुलाई मंत्रीमण्डलमा इन्सर्ट गर्ने होइन। पार्टी चलाउने हो। पार्टी चुकेको छ। सत्ताधारी पार्टी को काम सरकारले गरेको काम को पक्षमा भाष्य निर्माण गर्दै जाने हो। प्रयाप्त गरेको देखिएन। 



सेमिनार र प्रोजेक्ट मैनेजमेंट फरक कुरा हुन। रविको बोल्ने शैली सिंडिकेट राजको अवशेष हो। 

मोदीले पार्टी मीटिंग अटेंड गर्दै हिँडेको अवस्था छैन। मोदीले पार्टी मीटिंग अटेंड गर्ने होइन, अमित शाहले र राजनाथ सिंहले कैबिनेट मीटिंग अटेंड गर्ने हो। रविले संसदीय दलको मीटिंग अटेंड गर्ने हो। 

पार्टी पनि, संसदीय दल पनि कमिटी स्ट्रक्चर मा जानुपर्यो र काम गर्नुपर्यो। टर्बुलेन्स ल्याएकै रविले रैछ। आफ्नो पद के हो, रोल के हो, बुझ्नुपर्यो, सरकारको काम को पक्षमा भाष्य निर्माण गर्नुपर्यो। 


Tuesday, August 11, 2026

मनीष झा को संसदीय जिम्मेवारी र वाक स्वतंत्रता

मनीष झा लाई अस्ति न्यु यॉर्क मा झन्डै भेट्न भ्याएको मैले। अलिकति ले मिस भयो। मेरो सांसद। जनकपुरको सांसद। 

उज्जवल थापा को आदर्श ले नेपाल को राजनीतिमा एउटा नया धार को निर्माण गर्यो। उज्जवल र म एउटै होस्टलमा थियौं। उ मभन्दा दुई बैच जुनियर। सन २००५ मा मलाई खोजी खोजी न्यु यॉर्क मा भेटेको उज्जवल ले। जाऊँ नेपाल भन्यो। 

म किन नगएको भन्ने कुराको जवाफ आज दिँदैछु। मेरो टेक स्टार्टअप नेपालमा आर्थिक क्रांति गर्ने हतियार हो। त्यो टेक स्टार्टअप को एउटा खुट्टा सन फ्रांसिस्को मा हुनु जरूरी छ। 

बालेन स्वतंत्र भएर काठमाण्डु को मेयर बनेकोले नै त्यति बेला नै राष्ट्रिय स्वतंत्र पार्टी ले आफ्नो नाम मा स्वतंत्र शब्द राखेको हो। 

वाक स्वतंत्रता लोकतंत्र को मेरुदंड हो। तर वाक स्वतंत्रता  भनेको राज्य र नागरिक बीचको कुरा हो। शांतिपुर्ण किसिमले आफ्नो विचार राख्दा राज्यले धरपकड़ नगर्ने। त्यति मात्र हो वाक स्वतंत्रता भनेको। 

वाक स्वतंत्रता भनेको प्रधान मंत्री र सत्ताधारी पार्टी को सांसद बीच को सम्बन्ध होइन। 

छाड़ा बोल्नु छाड़ा बोल्नु हो। छाड़ा बोल्नु वाक स्वतंत्रता होइन। 

जेन जी क्रांति ले एउटा मैंडेट दियो। चुनाव ले मैंडेट दियो। जनकपुरमा मनीष को नाउँ मा भोट दिएको छैन कसैले। बालेन को नाममा भोट खसेको हो। त्यो राजनीतिक यथार्थ हो। 

प्रधान मंत्री ले पनि र मनीष झा ले पनि जेन जी क्रांति को र चुनावी मैंडेट को आदर गर्दै काम गर्ने हो। कुरा डेलिवरी को छ। 

प्रधान मंत्री सत्ता, मंत्री हरु सत्ता, सांसद भने विपक्ष होइन। मनीष झा सत्ता पक्ष हो। 

सत्ता पक्ष को सांसदको काम प्रधान मंत्री को हो मो हो मिलाउने हो त? कदापि होइन। 

तर जेन जी क्रांति को मैंडेट र चुनावी मैंडेट नबुझ्ने छुट मनीष जी लाई छैन। जनकपुरमा बालेन को नाममा किन भोट पर्यो? त्यो नबुझ्ने छुट मनीष जी लाई छैन। देश भरि नै त्यही अवस्था हो। त्यो नबुझ्ने छुट मनीष जी लाई छैन। काठमाण्डु को मेयर ले डेलिवरी गरेको हो। जेन जी क्रांति को प्रथम माँग नै बालेन हो। काठमाण्डु को मेयर ले डेलिवरी गरेको देश भरिका जनताले देखे। त्यस कारण देश भरि नै बालेन को नाममा भोट परेको हो। 

असहमति एउटा कुरा हो। तर त्यो असहमति सम्म पुग्न जुन गृह कार्य मनीष झा ले गर्नुपर्थ्यो त्यो गरेको देखिएन। सहमति असहमति पार्टी को र संसदीय दलको आतंरिक मीटिगं मा हुन्छ। मनीष झा प्रधान मंत्री लाई भेट्न सक्ने मान्छे हो। 

बालेन सरकार ले लगातार राम्रो काम गरेको छ। भने पछि मनीष झा सुसुचित हुने प्रयास गर्नुपर्यो। मीडिया को बहकावामा जानु भएन। नेपालको मीडिया अझै पनि पुरानो सत्ता हो। त्यो मीडिया लाई चाहियो उठापटक र ड्रामा। ओली र प्रचंड बीच जस्तो उठापटक। ड्रामा। मीडिया लाई विकास चाहिएको होइन। त्यो त जनतालाई चाहिएको। 

मेरै असहमति छ। स्वर्णिम वाग्ले सँग। वैचारिक। स्वर्णिम को सम्पुर्ण स्कूलिंग नै एउटा यस्तो प्याराडाइम हो जसले जेन जी क्रांतिको मांग पुरा गर्न सक्दैन। चुनावको मैंडेट पुरा गर्न सक्दैन। तर स्वर्णिम ले भ्रष्टाचार चाहिं गर्दैन। त्यो स्पष्ट छ। र देशको आर्थिक वृद्धि दर लाई ५% बाट ७-८% तिर लान सक्ने भने चाहिं हो। 

चाहिएको १००% आर्थिक वृद्धि दर। त्यो मेरो टेक स्टार्टअप ले दिन्छ। 

जेन जी क्रांति ले खोजेको भ्रष्टाचारमुक्त देश। त्यो पुरा गर्ने खाका कल्किवादी रिसर्च सेंटर सँग छ। सिंगापुर ले ४० वर्षमा गरेको काम, चीनले ३० वर्षमा गरेको काम नेपाल ले १०-१५ वर्षमा गर्नुछ। त्यो रोडमैप स्वर्णिमसँग छैन। 

मनीष झा मात्र किन हर्क सामपांग को पनि जिम्मेवारी छ। सांसद को काम आफुलाई सभामुख ले बोल्न दिएको बेला जति समय दिएको छ त्यति समय सम्म बोल्ने हो। बन्दर नाच होइन। हर्के ले गर्ने गरेको बन्दर नाच हो। त्यो व्यवहारले आर्थिक क्रांतिको एजेंडा लाई डिस्टर्ब गर्छ। 

भारतमा राघव चड्ढा को मैले मुक्त कंठ ले प्रशंसा गरेको। विपक्षी नेता हुनु त यस्तो। कस्तो तर्क संगत आलोचना भन्दै म मक्ख परेको। 

हर्के ले गर्ने गरेको लाई बन्दर नाच भन्नुपर्ने हुन्छ। सांसद को काम आफ्नो पालो मा बोल्ने, अरु बेला अरु सांसदले बोलेको सुन्ने हो। सुन्दैन भने बोल्ने को के काम? 

प्रधान मंत्री ले देश चलाउने कि संसद अटेंड गर्ने? संसद चलाउने सभामुखले हो। न सांसद हरुले राम्रो सँग बोलेको छ। न अरुले बोलेको सुनेको छ। सत्ताधारी सांसद को काम सरकार को काम को पक्षमा भाष्य निर्माण गर्ने हो। गरेको देखिएन। त्यहाँ मनीष चुके। 

गृह कार्य गर्नुपर्ने हुन्छ। आम जनता बीच पुग्नुपर्ने हुन्छ। विज्ञ हरु सँग उठबस गर्नुपर्ने हुन्छ। मंत्री हरु सँग सम्पर्कमा रहनुपर्ने हुन्छ। 

राष्ट्रिय स्वतंत्र पार्टी ले सन्देश अनुशासन देखाउन सक्नुपर्छ। सोशल मीडिया मा सरकारको पक्षमा तारन्तार बोल्नुपर्ने हुन्छ। त्यहाँ मनीष चुके। 

पार्टी चुक्यो। 

मनीष झा सत्ता पक्ष को कि विपक्ष को? त्यो प्रश्न उजागर हुनुले राष्ट्रिय स्वतंत्र पार्टी लाई स्थानीय र प्रदेश चुनावमा हानि छ। 

मनीष जी ले गृह कार्य गर्नुपर्यो। जेन जी क्रांति को मैंडेट बुझ्ने प्रयास गर्नुपर्यो। चुनावी मैंडेट बुझ्ने प्रयास गर्नुपर्यो। बालेन को नाममा देश भरि भोट किन पर्यो? बुझ्ने प्रयास गर्नुपर्यो। उत्तर: डेलिवरी। 

वाक स्वतंत्रता भनेको मनीष जी ले अनापसनाप जे बके पनि जेल जानु हुँदैन। त्यति मात्र हो। तर सन्देश अनुशासन भनेको देश मा आर्थिक क्रांति गर्न चाहिने कुरा हो। त्यो सन्देश अनुशासन देखिएन। 


Saturday, August 08, 2026

संसदीय व्यवस्थामा संसदीय चुनाव, संसदीय दल र प्रधान मंत्री प्रमुख हो

संसदीय व्यवस्थामा संसदीय चुनाव, संसदीय दल र प्रधान मंत्री प्रमुख हो। भारतमा पनि त्यही हो। बेलायतमा पनि त्यही हो। के बोलेको यो रविले? कान समातेर भए पनि लिकमा ल्याइन्छ भनेको के? पुच्छरले कुकुर हल्लाउने भाषा हो यो। विगत एक दुई हप्तामा मीडिया मा छरिएर आएको गलत भाष्यले कता कता रविलाई उड़ाए जस्तो देखियो। 

जनताले बालेन र घंटीको नाममा भोट दिए। यो मैंडेट पाँच वर्ष का लागि हो। रवि सांसद हो। 



मनीष झा सत्ता पक्षको कि विपक्षको? अचम्म लाग्छ चाला देख्दा। सत्ता पक्षको सांसदले काम गर्ने हो। संसदीय दलका आतंरिक मीटिंग हरु मा आलोचना पनि हुन सक्छ। तर संसदमा त सत्ता पक्षका सांसदले सरकारको पक्षमा बोल्ने हो। 

होर्मुज बंद भएको अवस्था छ। त्यो खोल्नु नेपाल सरकार को वशको कुरा होइन। त्यसलाई सत्ताधारी सांसदले नै राजनीतिक मसाला बनाउन सुहाउँदैन। 

पार्टी अध्यक्षले आफुलाई संसदीय दलमाथि, प्रधान मंत्री माथि ठानने गलती गर्नु हुँदैन। त्यो मनस्थिति महेश बस्नेतलाई मलजल गर्ने मनस्थिति हुनेछ। त्यो चुनावी मैंडेट को विपक्षी मैंडेट हो। 

प्रत्येक मंत्री को बॉस प्रधान मंत्री हो। प्रधान मंत्री ले मंत्रीमंडल कुनै बेला फेलबदल गर्न पाउँछ। 

सत्ता पक्षको प्रत्येक सांसदले आफु सत्तामा रहेको कुरा थाहा पाउनु पर्यो। मंत्री मात्र सत्ता पक्ष होइन। सत्ता पक्षको प्रत्येक सांसद सत्ता पक्ष हो। 

रवि प्रधान मंत्री सँग समन्वयमा हिँड्नुपर्छ। होइन भने जनताले कान समात्ने रविको हो। 

भारत भ्रमण प्रधान मंत्री कार्यालय र विदेश मंत्री सँग समन्वयमा भएको होला भन्ने मैले मानें। 

होइन भने रवि पार्टी अध्यक्ष हो भने त्यो पार्टी कुन चाहिं देशको पार्टी परयो? 



पार्टी महाधिवेशन संसदीय चुनाव को तुलनामा अत्यंत सानो घटना हो। 

जेन जी क्रांति को मैंडेट र चुनावको मैंडेट एउटै हो। 

नेपालका अल्छी पत्रकार हरु सधैँ सेमिनार मोड मा रहन्छन। सेमिनार मोड एउटा हो। प्रोजेक्ट मैनेजमेंट मोड अर्कै हो। मैंडेट मैनेजमेंट मोड अर्कै हो। मैंडेट पाँच वर्ष का लागि दिए जनताले। बालेन लाई दिए। 





Thursday, July 30, 2026

प्रधान मंत्री, पार्टी अध्यक्ष र अर्थ मंत्री

नेपाली मीडिया भनेको सोप ओपेरा

नेपाली मीडिया लाई जेन जी क्रान्ति चाहिएको। राजनीतिमा क्रांति भयो। मीडिया मा क्रान्ति भएन। क्रान्ति चाहियो। देशमा आर्थिक क्रांतिको पक्षमा भाष्य निर्माण गर्ने नया नया मीडिया चाहियो। 

नेपाली मीडिया भनेको सोप ओपेरा। कुनै गंभीर बहस छैन। कुनै गंभीर फील्ड रिपोर्टिंग छैन। 

प्रधान मंत्री, पार्टी अध्यक्ष र अर्थ मंत्री को प्रत्यक्ष वक्तव्य सुन्दा लाग्छ एक महिना अगाडि जे जस्तो सम्बन्ध थियो अहिले पनि त्यही छ। जुन कि नेपाली राजनीति का लागि नया अभ्यास हो। होइन भने सिंडिकेट राजमा पार्टी एकीकरण भए पनि, फुटे पनि, जुन सुकै पार्टी ले चुनाव जिते नजिते पनि उही एउटै घिसीपिटी म्युजिकल चेयर चलिरहेको हुन्थ्यो। उठापटक। ड्रामा। 

मुख्य कुरा यहाँ जेन जी क्रांतिको मैंडेट हो। मुख्य कुरा यहाँ चुनावी मैंडेट हो। देश भ्रष्टाचारमुक्त हुन खोजेको छ। देशले सुशासन चाहेको छ। देशले आर्थिक क्रांति मागेको छ। त्यो दुई चार महिनामा डेलिवर हुने कुरा होइन। राजनीति मात्र होइन मीडिया को भाष्य पनि त्यही किसिमको चाहिन्छ। अहिले छैन। 

विकसित देश को मीडिया जस्तै द्रुत गतिमा विकास गर्न चाहेको देशको मीडिया उस्तै हुन सक्दैन। 

क्रांति र चुनाव बाट पाखा लागेका भ्रष्ट शक्ति हरु मीडिया को बाटो थुन्छेक गर्न खोजे जस्तो देखिन्छ। नेपाली मीडिया पुराना शक्तिको बैक डोर भएको छ। भ्रष्ट नेता र पार्टी को स्टाइपेंड पाउन पल्केका हरु गलत गलत भाष्य निर्माण गर्नमा मस्त छन। 

मीडिया मा पनि क्रांति चाहियो। नया नया मीडिया पैदा हुन सक्नुपर्यो। देशमा आर्थिक क्रांतिको पक्षमा भाष्य निर्माण गर्ने अनुशासन भएको मीडिया चाहियो। 

पार्टी अध्यक्ष 

नेपालका प्रधान मंत्री र सत्ताधारी पार्टी अध्यक्ष ले जुन अभ्यास थालेका छन त्यो नेपालका लागि नौलो हो नै, अन्य देशका लागि पनि नौलो हो। दुबै समन्वयमा छन। समन्वयमा किन छन भन्दा चुनावी मैंडेट सँग ईमान्दारी गर्ने तरिका त्यही नै हो। डेलिवरी एक दुई महिनामा हुन सक्ने कुरा होइन। समझदारी दिगो हुनुपर्छ। 

पार्टी अध्यक्ष भारत भ्रमणमा गएको राम्रो हो। भारतीय सत्ताधारी पार्टी को कार्यालयमा जंती आए जस्तो भएथ्यो। रविको त्यो भ्रमणपछि पोखरामा भारतीय पर्यटक हरुको ताँती लाग्यो। 

अर्थ मंत्री र प्रधान मंत्री कार्यालय 

मोदी को PMO यति सारहो दुरुस्त छ कि मोदी विदेश भ्रमण गरेको गर्यै, देश भने चलेको हुन्छ।  तर प्रधान मंत्री र अर्थ मंत्री को सीधा संपर्क र सीधा संवाद हुन्छ।  सल्लाहकार हरु मिनी प्रधान मंत्री होइनन। अनावश्यक ड्रामेबाजी ले फोकस मलिन पार्छ। 









Tuesday, June 02, 2026

2: Rabi Lamichhane

Saturday, May 23, 2026

संसदमा जनावर व्यवहार

 



संसदमा जनावर व्यवहार देखियो।      

रोस्ट्रम घेर्ने भनेको के? चिच्याउने भनेको के? संसदमा प्रत्येक सांसद ले पालैपिलो बोल्न पाउँछ। र बहस सकिएपछि मतदान गर्न पाउँछ। 

प्रधान मंत्री को काम दिन भर फित्ता काट्ने होइन। काम गर्ने हो। सिंह दरबार चलाउने हो। सरकारको प्रतिनिधि ले संसद मा जवाफ दिएको छ त। दिएको जवाव नसुन्ने? होहल्ला गर्ने। 

यो घृणित कार्य हो। जनताको मैंडेट को अपमान हो। 

पार्टीभन्दा माथि देश हुन्छ। त्यो कुरा प्रत्येक पार्टी ले बुझ्नुपर्ने हुन्छ। एक ले अर्काको कुरा सुन्नुपर्छ। बोल्ने बेलामा एक सांसदले बोल्ने। बाँकीले त सुन्ने हो। 

विरोध गर्न पाइन्छ। आलोचना गर्न पाइन्छ। तर विरोध र आलोचना तर्कसंगत हुनुपर्छ। 

यो विकसित भइसकेको देश होइन। विकसित हुन लागिपरेको देश हो। 

देशमा सुशासन बिना आर्थिक क्रांति असंभव छ। राजधानी सुन्दर नबनाइकन देश विकसित बनाउन सकिँदैन। 

बोल्न आउँदैन भने पदबाट राजीनामा दिने। 

संसदमा प्रत्येक सांसदले बराबर समय पाउने हो। दुई तिहाइ बहुमत पाएको पार्टी ले Narrative (भाष्य) यति सजिलोसँग गुमाउन भएन। 

पार्टी ले प्रत्येक हप्ता आफ्ना सांसद हरु लाई पाँच वटा Talking Points (बोल्ने बुंदाहरु) दिन सक्नुपर्यो। 

काम गर्ने सरकारले हो। त्यो राम्रो कामको पक्षमा देशमा भाष्य निर्माण गर्ने काम पार्टी को हो, पार्टीका सांसद हरुको हो। पार्टी चुकेको देखियो। सांसद हरु चुकेको देखियो। 

रास्वपा का सांसद हरु ले संसदमा पनि बोल्नुपर्यो, सोशल मीडिया मा पनि बोल्नुपर्यो। पद नै बोल्ने पद हो। भ्रष्ट नेता र पार्टी बाट स्टाइपेंड पाउने लत परेका भ्रष्ट मीडिया देशको विपक्षमा उभिएको छ। रास्वपा का सांसद हरु आफै मीडिया बन्न सक्नुपर्छ।