In The News (17)

मैले बुझेको नेपाली कांग्रेस
कांग्रेस राजासित पूरै लड्न पनि सक्दैनथ्यो र सम्झौता गर्न पनि सक्दैनथ्यो । त्यही संघर्षकै दौरान ०१५ सालको निर्वाचनमा कांग्रेसले दुईतिहाइ बहुमत ल्यायो । तर, राजा महेन्द्र र बिपी कोइरालाबीचको व्यक्तित्वको द्वन्द्वले ०१७ सालको काण्ड घट्यो । कतिपय घरेलु र कतिपय बाह्य कारणको प्रभावमा महेन्द्रले शक्ति सन्तुलनलाई आफ्नो पक्षमा पारे । ०१७ सालमा कांग्रेस सरकारलाई अपदस्थ गरेर सत्ता कब्जा गर्नुअघिसम्म राजासित जेनतेन मिल्दै आएको कांग्ेरस ०१७ सालको घटनापछि राजाविरुद्ध लड्ने बिन्दुमा पुग्यो । त्यसको परिणामस्वरूप उसले सशस्त्र संघर्षको बाटोसमेत अँगाल्यो । राजाको गाडीमा बम प्रहार गर्नेसम्मका काम उसले गर्‍यो । भारत प्रवासमा पुगेका बिपी कोइरालालगायतका कांग्रेस नेता वर्षौंपछि भारतको साथ र सहयोग नपाएपछि जे गर्ने हो, स्वदेशभित्रैबाट गर्नुपर्छ भनेर राष्ट्रिय मेलमिलापको नीति लिई स्वदेश फर्किए । ............ ०४६ सालको आन्दोलनअघि कांग्रेस एकल संघर्ष, एकल सोचाइ र एकल निर्णयमा हिँडिरहेको थियो । तर, ०४६ को संघर्षदेखि उसमा परिवर्तनका लागि वामपन्थी दलसित पनि मिल्नुको विकल्प छैन भन्ने सोच पलाएको देखिन्छ । ....... अन्य कम्युनिस्ट घटकसित मात्र होइन, स्वयं माओवादीसित समेत मिल्न तयार देखियो । ....... आज पनि कांग्ेरस नेता म यति वर्ष वा उति वर्ष जेल बसेको, यति वर्ष निर्वासनमा बसेको भन्नुलाई गौरवको विषय बनाइरहेका देखिन्छन् । सत्याग्रह, अनशन, आन्दोलन, सशस्त्र संघर्ष, जेल, नेललाई कांग्रेसका नेता–कार्यकर्ताले जतिखेर पनि सहज रूपमा स्विकारे । .........

बिपी कोइराला ठूला विचारक थिएनन् ।

...... उनी आधारभूत रूपमा राम्रा साहित्यकार हुन् । तत्कालीन परिवेशमा राम्रो प्रतिभा भएका व्यक्ति पनि हुन् । त्यही प्रतिभाको बलमा माथिल्लो तहमा पुगेका हुन् । संसारभर एकपटक समाजवादको हावा आयो । त्यतिखेर पुँजीवाद वा प्रजातन्त्र मात्र भनेर हुने अवस्था थिएन । त्यसैले उनले प्रजातान्त्रिक समाजवाद भनेर फरक नीति ल्याए । त्यसको उनले जेजस्तो व्याख्या गरे र आफू प्रधानमन्त्री हुँदा जेजस्ता काम गरे त्यसलाई सकारात्मक नै मान्नुपर्ने हुन्छ । उनले परिवर्तन वा समाज सुधारका पक्षमा केही राम्रा काम पनि गरे । उनले अन्धविश्वास र कुरीति हटाउन पनि केही कदम चालेकै हुन् । भलै, पछि त्यही अन्धविश्वास र कुरीति हटाउने आफ्नै प्रयासको जालोमा स्वयं बिपी र कांग्रेस जेलिए । ............

पछिपछि कांग्रेसमा ठुलाठालुकै प्रवेश भयो । राजाका मान्छे र जमिनदार पनि कांग्रेसमा आए । तिनले जो वास्तविक कांग्रेस हो, उसलाई पछाडि पारेर पार्टीभित्र फेरि पुरानै सामन्तवादी संस्कारलाई मलजल गरेर हुर्काइदिए ।

............ नेपाली कांग्रेस प्रजातन्त्र प्राप्तिको मोर्चामा जति अगाडि देखियो, देश निर्माणको दिशामा भने उसले कुनै योगदान दिन सकेन । पटक–पटक सत्तामा पुगे पनि उसले देश निर्माणलाई आफ्नो प्राथमिकतामा कहिल्यै राखेन । सत्तामा पुगेपछि सत्तासुखमै रमाउँदैमा उसलाई ठिक्क हुन्छ । देशको चिन्ता उसमा पटक्कै देखिन्न । राजनीति केका लागि भन्ने प्रश्न कहिल्यै कांग्रेसको प्राथमिकतामा पर्दै परेन । उसले प्रजातन्त्रका नाममा राजनीति गरे पनि अन्तत: त्यो सत्तामा पुगेर टुंगियो ।

कांग्रेसले देश निर्माण, जनताको समृद्धि र समाज परिवर्तनको दिशामा कुनै कार्यक्रम ल्याउनै सकेन वा चाहेन ।

............. कांग्रेस पटक–पटक सत्तामा पुग्यो । तर, सत्तामा पुगेपछि देश र जनता उसको प्राथमिकतामा कहिल्यै परेनन् । उसमा रोजगारी वृद्धि, औद्योगिक विकास, शिक्षा, स्वास्थ्य, कृषि र जनजीविकाका सवालमा कुनै भिजन नै छैन । सत्तामा पुग्दा उसले कहिल्यै यी विषयलाई गम्भीरतापूर्वक लिँदै लिएन । त्यसैले कांग्रेसले राजनीति भनेकै सत्ता हो भन्ने मात्र बुझ्यो । ......... ऊ हिजोदेखि आजसम्म विगतकै धङधङीमा रमाइरहेको छ । ......

भिजनविहीन पार्टी

...... कांग्रेस भएपछि वा कांग्रेसले भनेपछि त्यो सकियो, त्यसमाथि कसैले प्रश्न उठाउनै सक्दैन भन्ने गलत चिन्तन कांग्रेसभित्र हाबी छ । ....... उसमा त म भइसकेपछि सबै कुरा हुन्छ भन्ने मानसिकता हाबी छ । पटक–पटक सत्ताको नेतृत्व गरेको कांग्रेसमा राज्यका संरचनालाई स्वच्छ बनाउनुपर्छ भन्ने चेत कहिल्यै पलाएको देखिएन । .......... काम गर्नुभन्दा पनि राज्यको माथिल्लो निकाय कब्जा गर्ने र गफ गरेर खाने डफ्फालाई पाल्ने प्रवृत्तिलाई कांग्रेसले मलजल गरिरहेको छ । ........ तर, कांग्रेसभित्र एककिसिमका वर्ग, समुदाय र व्यक्तिले मात्र अवसर पाइरहेका छन् । कांग्रेस सीमित मान्छे वा परिवारको सेरोफेरोमा चलेको पार्टी हो ।

स्थापनाकालदेखि कांग्रेस परिवारको साँघुरो घेराबाट बाहिर आउन सकेको देखिन्न ।

बीचमा एकपटक कृष्णप्रसाद भट्टराईले नेतृत्व गरेको देखिए पनि त्यतिखेर उनको कमान्डमा पार्टी थियो कि थिएन भन्न सकिन्न । ....... कांग्ेरसभित्र जसले जे गरे पनि हुन्छ । त्यहाँ न अनुशासनको पालना हुन्छ, न त्यहाँ कुनै नीति, नियम र पद्धतिकै पालना गरिन्छ । ....... बाह्रबुँदे सहमतिपछिको माओवादीसितको निकटतासँगै उसका दुर्गुणजति कांग्रेस र एमालले सिके । त्यस्तै कांग्रेसका दुर्गुणजति एमाले र माओवादीले सिकिरहेका छन् । ........ कांग्रेसमा आफू मात्र सर्वेसर्वा हुँ भन्ने प्रवृत्तिले जरा गाडेको छ । कांग्रेसले बोलेपछि बोल्यो बोल्यो भन्ने सोच उसमा हाबी छ ।




केही गरी मधेशमा संघीयता भइदियो भने मुख्यमन्त्री पहाडी खोज्नुपर्छ
चिनियाँहरुसँग .. न जान आउन सजिलो छ नत तिनको मिडिया स्वतन्त्र छ । न तिनले आफ्ना कुरा खुलाउँछन् । १ घण्टा उनीहरुसँग कुरा गर्नुभयो भने ५५ मिनेट तपाईंको कुरा सुन्छन् र ५ मिनेट उनीहरु बोल्छन् र उनीहरु बोलेकामा पनि ‘तपाईंंप्रति मेरो सद्भाव छ’ भन्ने बाहेक केही बुझिँदैन । त्यसैले चिनियाँ नीतिबारे अनुमान गर्न गाह्रो छ । ...... संसारको सबभन्दा ठूलो अर्थतन्त्र भएपछि चीनको प्रभाव नेपालमा मात्र होइन, दुनियाँभर बढेको छ । चाहे त्यो अफ्रिकामा होस्, ल्याटिन अमेरिकामा होस्, पूर्वोत्तर एसियामा होस् । भारतमै चीनको प्रभाव बढेको छ भने नेपालमा बढ्यो भनेर केको गनगन गर्नु ! उससँग युद्ध लडेको देश (जापान)मा त चीनको प्रभाव बढेको छ । रुसमा चीनको प्रभाव बढेको छ । अमेरिकामा उसको प्रभाव बढेको छ । त्यसैले चीनको प्रभाव बढ्नु स्वाभाविक हो ।.......... नेपालमा चीनको प्रभाव बढ्नुको कारण के हो भने यहाँका सम्भ्रान्तमा सधैं भारतलाई चीनको भूत देखाएर अलिकति झर्छ कि भन्ने ठग्ने बानी निरन्तर चलिआएको छ । त्यसैले नेपालमा चीनको प्रभाव बढेको होस् नहोस्, तर ‘प्रभाव बढेको छ है’ भनेर दिल्लीलाई तर्साउने अलिकति बानी पनि छ । ...... पश्चिमाहरुले पनि ‘नेपालमा चीन प्रभाव बढ्यो’ भनेर होहल्ला मच्चाउन सहयोग गरेका छन् । ....... खासमा चीनको यति धेरै प्रभाव पनि थिएन कि घटोस् । र, यति कम पनि थिएन कि उसलाई बढाउने चिन्ता भइराखोस् । एउटा सामान्य निरन्तरता छ । ......

एसियाभरिको पानीको स्रोत तिब्बतमा छ

, जसमा उसले प्रभुत्व जमाएको छ । ब्रह्मपुत्र तिब्बतबाट आउने, सिन्धु नदी तिब्बतबाट आउने, गंगा नदीको आधाभन्दा बढी पानी तिब्बतबाट आउने, बर्माको एरावदीको पानी तिब्बतबाट आउने । कम्बोडिया र भियतनामतिर बग्ने मेकङ नदीको पानी तिब्बतबाट आउने, चीनको अधिकांश मुख्य भूभागमा बग्ने नदीको पानी तिब्बतबाट आउने । ऊ के चाहन्छ भने त्यो क्षेत्रमा उसको नियन्त्रण निष्कटक रहोस् । त्यसका लागि हान जातिका चिनियाँहरुलाई तिब्बतमा बसाउने ठूलो अभियानै चलाएको छ । तिब्बतसम्म रेल पुर्‍याइएको छ । र, त्यो गर्नलाई नेपालको सहयोग नै नभए पनि नेपालको चुप्पी उसका लागि महत्वपूर्ण छ । ......... तिब्बतमा चीनको चलखेललाई भारतले स्वीकार गरेकै छ । हिमालयभन्दा तल भुटानमा, सिक्किममा, नेपालमा भारतको वर्चस्वलाई चीनले सन् १९६० को दशकमै स्वीकार गरेको थियो । त्यसैले नेपालमा भारतबाट चीनलाई कुनै चुनौती छैन । नेपाल र भारतका धर्म एउटै छ, संस्कृति एउटै छ, भाषा मिल्दाजुल्दा छन् । मान्छै उस्तै छन् । भनेपछि ‘एकै भयो त के भयो र ! राम्रै हो नि’ भन्ने किसिमको बुझाइ छ । ....... तर नेपालमा पश्चिमाहरुको बढ्दो प्रभावबाट चीन चिन्तित छ । नेपालको सामरिक महत्व के हो भने आफ्नै घरपछाडि चीन पश्चिमाहरुलाई सकभर देख्न चाहँदैन । ........

चीनलाई संघीयताले मद्दत गर्दैन । त्यसैले चीनले यस्तो उस्तो संघीयताभन्दा पनि सकभर संघीयता नै नहोस् भन्ने नै चाहन्छ ।

....... सकभर केन्द्रीय व्यवस्था भयो भने केन्द्रमा एक किसिमका उच्च सम्भ्रान्तहरु छानिएर जान्छन्, तिनले कूटनीतिको उही भाषा बोल्छन्, अर्थराजनीतिको एउटै भाषा बोल्छन्, पर्यावरणको उही भाषा बोल्छन्, अनि उनीहरुलाई सम्झाउन र कुरा गर्न सजिलो हुन्छ । ...... एउटा कुरा पक्का हो कि सीके राउत अत्यन्तै महत्वाकांक्षी छन् । महत्वाकांक्षी व्यक्तिका लागि सार्वजनिक महत्वभन्दा व्यक्तिगत महत्वाकांक्षाको महत्व ठूलो हुन्छ । जस्तो कि पुष्पकमल दाहालका लागि भइदियो । ....... तर संघीयतामा अलिकति प्रियतावादी कुरा आउँछ, सबैलाई कसरी भाग लगाउने भन्ने कुरा आउँछ । त्यसैले नियन्त्रित समाजले संघीयता रुचाउँदैन । अर्को, संघीयताको अनुभव पनि छैन चीनसँग । त्यसैले संघीयता नामक जन्तु नभइदिए हुन्थ्यो जस्तो लाग्छ उसलाई । योबाहेक नेपालको संविधान निर्माणमा अरु कुनै रुचि छ जस्तो लाग्दैन मलाई । ........ दिल्लीका लागि नेपालका राजा त ढुङ्गामा कुदिएको मूर्तिजस्तै थिए । तर दिल्लीलाई राजाबाट अप्ठेरो भएपछि उनलाई दूधबाट झिंगा फालेजस्तै फालिदियो । त्यस्तै, दिल्लीलाई नेपालमा संघीयता नआएसम्म आफ्नो वर्चस्वलाई निरन्तरता दिन गाह्रो हुने भयो भन्ने लागेपछि मात्रै उसले त्यसको समर्थन गर्छ । अर्को, संघीयताको पक्षमा आवाज बलियो भएपछि मात्रै दिल्लीले आफ्नो नेपालप्रतिको नीतिमा पुनरावलोकन गर्छ । ....... मधेश विद्रोहपछि ऊ पुनरावलोकन गर्न बाध्य भएको थियो । ....... पहिलो संविधानसभा विघटन हुँदा भारत चुप बसिदियो । अझ सहयोगी नै बनिदियो । ......... दिल्लीलाई संघीयता भालुको कन्पट समातेकोजस्तो भएको छ । माओवादी त रोकियो, तर कहाँबाट यो हुँदै नभएको मुद्दा पकेट साइज देशमा स्थापित भयो ! उनीहरुले ‘तुम्हारे देशमे पटना से भी कम बिजली खर्च होता हैं और वहाँ संघीयताका बात चल रहा हैं’ भनेर भन्ने गर्दछन् । ...... जनजातिको आवाज भयो भने तिनका लागि त्यो ‘गोरखा’को आवाज हुन्छ । मधेशीको आवाज हो भने तिनका लागि त्यो भान्जा, काका, मामाको आवाज हुन्छ । दलितको आवाज हो भने तिनकै समूहको आवाज हुन्छ । नेपालमा जुनसुकै आवाज ठूलो भने पनि दिल्लीले बेइजिङ र वासिङ्टनले जस्तो बेवास्ता गर्न सक्दैन । ......... आगो हामी आफैं बाल्छौं । कसैले दाउरा थपिदिन्छ, कसैले पेट्रोल थपिदिन्छ वा कसैले माटो हालेर निभाइदिन्छ भने हामी आगो बाल्नेको महत्व छैन भन्न मिल्छ ? त्यसैले सबैभन्दा महत्वपूर्ण त अहिले पनि हामी नै छौं । त्यही भएर भन्ने गर्दछु, सार्वभौमिकता र हस्तक्षेप यी सबै वाहियात कुरा हुन् । अन्ततः

सबैभन्दा महत्वपूर्ण कुरा हामी नै हौं । त्यसको विरोधी वा सहयोगी कुनै बाहिरी शक्ति हुन सक्छ ।

चाहना त हामीभित्रैबाट आउनुपर्दछ । त्यो चाहनालाई आकार कसरी दिलाउने, परिवर्तित कसरी गर्ने, त्यसको व्याख्या कसरी गर्ने भन्ने सन्दर्भमा सम्भ्रान्तहरुको एकाधिकार भइदियो । त्यसैले सम्भ्रान्तहरुको द्वन्द्वको रुपमा सीमित हुन गए सबै आन्दोलन । .......... सीके राउत .. उनी अत्यन्तै महत्वाकांक्षी छन् । महत्वाकांक्षी व्यक्तिसँग मलाई व्यक्तिगत रुपमा अत्यन्तै डर लाग्छ । महत्वाकांक्षी व्यक्तिका लागि सार्वजनिक महत्वभन्दा व्यक्तिगत महत्वाकांक्षाको महत्व ठूलो हुन्छ । जस्तो कि पुष्पकमल दाहालका लागि भइदियो । आखिर यत्रो मान्छे मारेको उनलाई प्रधानमन्त्री बन्नका लागि मात्रै रहेछ त ! त्योभन्दा बढी केही रहेनछ त । त्यसैले सीके राउत के बन्छन्, कस्तो हुन्छन् भन्न गाह्रो छ । मलाई के लाग्छ भने उनीबाट मधेशलाई खासै धेरै फाइदा हुने वातावरण अहिले छैन । .......

कुनचाहिँ मान्छे ‘र्‍याडिकलाइज’ हुने ? सबै मधेशी दुबई, कतार, कुवेत र मलेसियामा दोहोरी गाइरहेका छन् ।

...... बेलुका लुकेर रक्सी पनि खान मिल्ने र गीत पनि गाउन मिल्ने भनेको दोहोरी हो । मेरो गाउँबाट रोजगारका लागि विदेश जान लागेको बेला एक शब्द पनि नेपाली बोल्न नजान्ने पनि दुई वर्षपछि फर्किंदा फर्राटेदार म्याग्दीको नेपाली सिकेर आउँछन् । भन्दाखेरि नेपालको राष्ट्रनिर्माण त काठमाडौंमा नभई दोहा, कतार, आबुधाबी र क्वालालाम्पुरजस्ता ठाउँमा भइरहेको छ । ........... मधेशलाई दोयम दर्जा दिएर संविधानमा नै लेख्न थालिएको छ । यस्तो त पञ्चायती संविधानमा पनि थिएन । पहिलो, नागरिकताकै सन्दर्भमा आमा वा बुवामध्ये एक जना भारतीय हुनासाथ उसका छोराछोरीको नागरिकता अंगीकृत हुने भयो । त्यसपछि उनीहरु नेपाल राज्यका सार्वजनिक पदबाट विमुख हुनु भनेको नागरिकतामा दोयम दर्जा हुनु हो । दोस्रो, प्रतिनिधित्वको कुरा गर्दा पनि १६५ प्रत्यक्ष निर्वाचित सिटमध्ये ५५ वटा पहाडका जिल्लाका लागि छुट्याइदिने हो भने २० वटा मधेशको भागमा पर्ने भयो । भनेपछि जनसंख्या आधा तर प्रतिनिधित्व एक तिहाइ । प्रतिनिधित्वमा पनि ठगियो । ...... मधेशलाई काम नलाग्ने संघीयता बनाइयो भने संघीयतामा पनि ठगियो । र, खस–आर्यलाई पनि आरक्षण दिइएपछि, मधेशमा बस्ने खसलाई पनि समावेशकिता चाहिने भएपछि त्यहाँ पनि घाटा लाग्ने भयो । ....... संवैधानिक रुपमा मधेशीलाई दोयम दर्जाको नागरिक बनाउने खालको संविधान बनेपछि त मधेशले त्यसको विरोध गर्ने नै भयो ।

सुझाव संकलनको क्रममा ‘तिमीलाई दोयम दर्जाको नागरिक बनाऊँ कि ?’ भनेर मधेशलाई सोध्न गएकोभन्दा पनि जिस्काउन गएको देखियो । हेर, तिमीलाई दुई नम्बरको नागरिक बनाउँदैछु, तिमी केही बोल्न सक्दैनौ भनेर जनमत संकलनको नाममा जिस्काउन गएको हो ।

.......... विद्रोहबारे समय त कसले तोक्न सक्छ र ! भुँइचालो र बाढीबारे कसले भविष्यवाणी गर्न सक्छ र ! तर

१५ प्रतिशत भूभाग भएको तराई मधेशमा दुई तिहाइ सुरक्षा संयन्त्रको उपस्थिति त्यहाँ केका लागि ?

यसको सीधा जवाफ के हो भने दोयम दर्जाका नागरिक ठाउँमा बसून् भनेर नै त्यत्रो सुरक्षा संयन्त्रको तैनाथी गरिएको हो । तर सधैं बन्दुककै भरमा शासन चल्छ भन्ने कुराको सुनिश्चितता कसैले गर्न सक्दैन । ........... सबै मुद्दा त्यागेर माओवादीले कांग्रेस र एमालेसँग १६ बुँदे सहमति गर्‍यो र अहिले ४७ सालको जस्तो संविधान बनाउँदैछ .... रत्नपार्कमा आफ्नो सामान बेच्न चटकेले केके भन्छ भन्छ । हरेक किसिमको रोग निको पार्छु समेत भन्छ । पैसा लिएपछि पोको बाँध्छन् र हिँड्छन् । माओवादीले पनि गरेको त्यही नै हो । ...... सात सालमा पनि मधेशी, जनजाति र दलितहरुले नै आन्दोलन गरे । तर नेताचाहिँ बाहुनहरु भए । १५ सालमा पनि त्यही नै भयो । ३६ सालमा पनि त्यही नै भयो । २०६२/६३ सालमा पनि त्यही नै भयो । ......

अहिले त केही गरी मधेशमा संघीयता भइदियो भने त त्यसको मुख्यमन्त्री पहाडी खोज्नुपर्छ । नत्र केन्द्रले पर्याप्त बजेट नै दिँदैन । पाँच वर्षसम्म सरकार नै चल्न दिने छैन ।

हतियार उठाउने उपेन्द्रको चेतावनी
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले जनताको मागअनुसार प्रदेशहरुको सीमांकनमा परिमार्जन नगरे हतियार उठाउने चेतावनी दिएका छन् । आज विहान ८ बजे बसेको संविधानसभा बैठकमा बोल्दै यादवले अखण्ड प्रदेश मान्दै भएको शान्तिपूर्ण प्रदर्शनमा सुर्खेतमा मान्छे मारिएको, जुम्ला लगायतका ठाउँमा दमन गरेकाले अब देशभरी बिद्रोह शुरु भएको भन्दै हतियार उठ्न सक्ने चेतावनी दिएका हुन् । ......

‘जनतालाई गोली हानेर, लाठी बर्साएर जारी गरिएको संविधान कुनै हालतमा मान्य हुँदैन्, त्यसको प्रतिकारमा देशैभरी हतियारको युद्ध सुरु हुन्छ ।’ उनले भने-‘बन्दूक लगाएर संविधान जारी गरिए जनताको आन्दोलनलाई लाई रोक्न सक्ने छैनन् ।’



भोजपुराराज्यको मागं मघेस बिरोधी षडयन्त्र मधेसी मोर्चा
वीरगन्ज, २७ साउन बुधबार मधेसी मोर्चाको वीरगन्जमा बसेको बैठकले भोजपुरा राज्यको मागं मधेस बिरोधी भएको ठहर गर्दै त्यसको बिरोध गर्ने निर्णय गरेको छ । मधेस प्रदशको मुदालाइ कमजोर बनाउन केहि मेधस विरोधी तत्वहरुले आफना खस पहाडी आकाहरुको निर्देशनमा षडयन्त्र गरेको ठहर गरेको छ । मधेसी मोर्चाका संयोजक प्रदिप यादवको सभापतित्वमा सम्पन्न भएको बैठकले मगंलबार देखि केहि मधेस विरोधी तत्वहरु सक्रिय भइ भोजपुरा, कोचीला, मिथीला अवधीको नाममा मधेसलाइ टुक्राउने राज्यहरु बनाउनु पर्ने र त्यसको राजधानी राख्नु विभिन्न ठाउनमा राख्नुपर्ने मागंरुपी षडयन्त्र सुरु गरेकोले त्यसता चहलखेलबाट सावधान रहन मधेसी जनताहरुलाइ मोर्चाको बैठकले अनुरोध गरेको छ । ........ पर्साको ३ वटा गाबिस सुवर्णपुर, निर्मलबस्ती र ठोरीलाई चितवनमा लैजाने मागको बिरोधमा संघीय समाजबादी फोरम नेपालले एकिकृत आन्दोलनका तयारी सुरु गरेको छ । पार्टीको मंगलबार बसेको जिल्ला कार्यसमितिको बैठकले निर्णय यस्तो गरेका फोरम नेपाल, पर्साका अध्यक्ष प्रदीप यादवले बताए । उनले सो आन्दोलनको लागि पर्सामा रहेका सबै मधेशवादी दलहरुसंग समन्वय गर्ने निर्णय समेत बैठकले गरेको जनाए । ....... ‘५१ बर्ष अगाडी चितवनबाट बसाई सरेर आएका ब्यक्तिहरुले पर्सामा आश्रय लिएर बसेकोे भुभागलाई लिएर चितवन मैं फर्किने कुरा गलत भएको बिरोधमा सम्पुण पर्सावासिलाइ उत्रन आहवान गरेको छ । ठोरीका केही जानाले आफुहरुको गाबिसलाई चितवनमा लैजाने माग गरेको खबर स्थानीय पत्रपत्रिकामा आइरहेकामा े गम्भीर ध्यानाकर्षण भएको जनाउदै षडयन्त्रपुर्ण कुरालाइ कुनै पनि शर्तमा पर्सा वासिले नमान्ने निर्णय गर्नुको सार्थ त्सतो कदम सरकारबाट चालिए पर्साको भुभाग जोगाउनका लागि कडा संघर्ष गरिने निर्णय समेत गरेको छ । मोर्चाको बैठकमा सघिय समाजवादी फोरम नेपालका केन्दिय सदस्य करिमा बेगम ,तमलोपाका पर्सा जिल्ला अध्यक्ष राम तुल्ला खा,पि.एल श्रेष्ठ,राजेश साह,इस्लाम हवारी,सलाउदीन अहमद,नागेन्द्र यादव,मुस्तुफा अंसारी,श्री राम गिरी,पुरुषेतम झा,चन्दन मिश्रा,जटाशंकर गुप्ता,करिमा बेगम लगाएतहरुको उपस्थिती रहेको थियो ।

Comments

Popular posts from this blog

फोरम र राजपा बीच एकीकरण: किन र कसरी?

नेपालभित्र समानता को संभावना देखिएन, मधेस अलग देश बन्छ अब

फोरम, राजपा र स्वराजी को एकीकरण मैं छ मधेसको उद्धार