Saturday, February 13, 2016

बाबुरामले भारतको नक्सल समस्या समाधान गर्न सक्छन

सन २००५ मा नेपालमा जुन हद सम्म माओवादी "समस्या" थियो त्यस हद सम्म भारतमा कहिले पनि पुगेन। नेपालमा त माओवादीले ८०% भूभाग लाई प्रभाव क्षेत्र बनाउन भ्याएको। तर नेपालमा बाबुराम खुद ले मार्क्सवाद छोडेको आरोप लागेको अवस्था आएको छ। (मैले त्यस रुपमा बुझेको छैन .......  गरीबको जीवनस्तर उकास्न आर्थिक क्रांति भनेको गरीब जनता लाई छोडेको भन्न मिल्दैन) .

सरकारमा प्रत्येक तहमा एक तिहाई महिला लाई। पार्टी ले जनता बाट पाएको वोट को आधारमा सरकार बाट पार्टी चलाउन र  चुनाव लड़न पैसा पाउने। शिक्षा र स्वास्थ्य को क्षेत्र मा व्यापक काम गर्ने। माइक्रो क्रेडिट लाई नया भुमि सुधार मानने र त्यसमा व्यापक लगानी गर्ने।

पहिला नेपालमा गर्ने। अनि भारत मा पनि यो बाटो गए भारतको नक्सल समस्या हल हुन्छ भनेर मीडिएटर रोल खेले भो। बाबुराम लाई भारत का नक्सल नेता हरु सँग सीधा वार्ता गर्न शायद गार्हो नपर्ला। नक्सल हरुको वेद पुराण कंठस्थ भएको मान्छे हाम्रो बबुरामजी। भारतको संविधान संसोधन गर्नु पर्छ भनेर दिल्ली मा पनि गफ गर्दै जाने।

देशको जनसंख्या वृद्धि दर पनि २-३% र आर्थिक वृद्धि दर पनि २-३% भयो भने के हुन्छ? भारतका अधिकांश गरीब ले स्वतंत्रता पछि खासै अगाडि बढ्ने मौका पाएका छैनन्। त्यहाँ एक किसिमको फ़्रस्ट्रेशन छ। त्यो बुझ्न सकिन्छ।

सुशासन, शिक्षा, स्वास्थ्य, संरचना, सुलभता
E for Education, E for Entrepreneurship, E for Energy

दर्शन फिलॉसोफी त्यस्तै हो। गफ गर्दै टाइम पास गर्न सकिन्छ। तर मेरो मतलब को कुरा हो प्रति व्यक्ति आय। गरीबको वार्षिक आय उँभो लाग्यो कि लागेन? त्यो हेर्नु पर्ने हुन्छ। नाप्न सकिने कुरा। तथ्यांक। 


No comments: