सीके राउत को आलोचना



सीके राउत को मानव अधिकार को हनन बारे मलाई कहिले कुनै confusion रहेन। अहिले पनि गैर कानुनी हाउस अरेस्ट मा राखिएको छ। जुन कि नेपाल लोकतंत्र होइन भन्ने कुराको प्रमाण हो।

सीके राउत को बौध्दिकता र जुझारुपन उच्च कोटि को छ। Political Instincts उच्च कोटि को छ। सीके राउत को आत्म कथा मधेस आंदोलन को एउटा माइलस्टोन (मिल का पत्थर) नै हो। क्लीन इमेज छ। त्यसले पनि मायने राख्दछ। सीके राउत को मधेसी ले समानता पाउनु पर्छ भन्ने एउटा स्पष्ट non compromising स्टैंड रहिआएको छ। न कुनै चुनाव लड़ी/जिती, न कुनै आंदोलन गरी सीके स्थापित भएको -- यो ऐतिहासिक हो। पहिला भएको छैन। गजेन्द्र नारायण सिंह स्थापित हुन चुनाव लड्नु पर्यो। उपेन्द्र ले आंदोलन गर्नु पर्यो। बामे ले कुनै दिन रिग्रेट गर्ला।

सीके को हाउस अरेस्ट गैर कानुनी त हो तर त्यसले गर्दा सीके को संगठन जंगल को आगो सरह त्यसै कारणले फैलिरहेको देखें मैले। यो त मधेसी अस्मिता को मुद्दा का लागि टैक्टिकल advantage पो हुन पुगेछ जस्तो लागेर मैले पनि त्यस बारे टैक्टिकल silence को नीति अपनाएँ। सीके मुक्त भएर २२ जिल्ला दौडाहा गरेर जुन किसिमको संगठन विस्तार हुन सक्थ्यो, त्यो भन्दा बढ़ी र द्रुत गतिमा भएको देखें। सीके उसको जिल्ला/गाउँ/शहर मा गयो मेरोमा किन आएन भन्ने गुनासो सुनियेन। उसलाई नजरबन्द नगरेको भए मेरोमा पक्का आउँथ्यो भन्ने भयो बरु उल्टै।

सीके लाई जब पहिलो पटक गैर कानुनी रुपले समातियो त्यसले सीके को टाईमटेबल लाई फ़ास्ट फॉरवर्ड गर्दियो। अझै ५-१० वर्ष जनचेतना जगाउँछु भन्ने धुन मा रहेको मान्छे एकाएक राष्ट्रिय राजनीति को केंद्रविंदु बन्न पुग्यो। अहिले आएको संविधान लाई मैले सीके राउत संस्करण भन्ने गरेको छु।

मधेसी: तीनबाहुनदलवादी, संघीयतावादी र स्वराजी

तर अहिले हामी एउटा निर्णायक मोडमा आइपुगेका छौं। आश्विन -- यो आर की पार हुने महिना हो। आफ्नो राजनीतिक अडान मा स्पष्ट हुनु राम्रो हो। तर कर्मक्षेत्र मा जाने ले धरातलीय यथार्थ को निरंतर अध्ययन गर्दै त्यसै अनुसार कदम हरु चाल्नु पर्ने हुन्छ।

सीके को मधेस अलग देश को एजेंडा कंडीशनल हो। नेपाल भित्र मधेसी ले समानता पाउनै सक्दैन। त्यसैले मधेस अलग देश। त्यही होइन? तर नेपाल भित्र मधेस ले समानता पायो भने? अथवा नेपाल चलाउने प्रमुख समुदाय नै मधेसी बन्न गयो भने? अनि त्यस पछि पनि मधेस अलग देश? होइन होला।

Tactical flexibility चाहिन्छ।

संघीयता र ८२० अरब रुपैया
Follow The Money

उपेन्द्र यादव अर्को कुना मा छ। यो मेरो पुर्खा हरुले स्थापना गरेको देश। बरु खस पो विदेशी। उनी हरुलाई धपाउँछु बरु, म कता जाने? मेरो आफ्नो ठाउँ यो भन्ने लाइन उपेन्द्र को हो।

कसको कुरा ठीक, कसको बेठीक? म त्यता तर्फ जान चाहन्न। मैले टैक्टिकल कुरा गर्न खोजेको। हामी अत्यन्त महत्वपुर्ण मोडमा आइपुगेका छौं। यहाँ म मधेस मा तीनबाहुनदलवादी हरुको संगठनात्मक क्षय (पुर्ण विध्वंस) र संघीयतावादी हरु र स्वराजी हरुको कार्यगत एकता खोजेको मान्छे। २००५ मा माओवादी र सात दल एक हुना साथ ज्ञानेंद्र को सिंहासन डगमग भयो। अहिले मधेसमा संघीयतावादी र स्वराजी त्यसै गरी एक हुनुपर्छ।

नेपाल भित्र मधेसी ले समानता पाउनै सक्दैन भन्ने कुरा सही होइन। केही हप्ता भित्रै उपेन्द्र ले केही सराहनीय कदम हरु चालेका छन। मधेसी मोर्चा बन्यो। म तीन छक्क परें। त्यस पछि संघीय गठबंधन बन्यो। मधेसी मोर्चा बन्नु अगाडि अशोक राइ सँग एकीकरण भयो। यो जातीय एकीकरण होइन। राजनीतिक एकीकरण हो। उच्च कोटिको एकीकरण। देशव्यापी संगठन भएको पार्टी को अध्यक्ष मधेसी भएको यो पहिलो हो। संघीय गठबंधन ले बिभिन्न जनजाति पार्टी हरुलाई समेट्यो। लालु ले मुस्लिम यादव जोड़यो, उपे ले मधेसी जनजाति। अझ केही दिन अगाडि भर्खर त्यसमा दलित पनि थप्न भ्याएको छ। पार्टी एकीकरण गर्दा कर्णाली को खस थपेको। महिला मात्र थप्न बाँकी। यो त बड़ो आकर्षक काम भइराखेको छ। अझ वैद्य विप्लव थप्नु भनेको कमसेकम मलाई यो संतोष भयो कि उपेन्द्र ले वैद्य विप्लव लाई जंगल पस्न बाट रोक्छ। एउटा माओवादी त जंगल पस्दा त्यस्तो अत्यास परेको। दुई दुई वटा पसे के हुन्छ? काठमाण्डु बंद र नेपाल बंद मा यी दुई माओवादी ले राम्रो रोल खेल्न सक्छन। काँग्रेस एमाले का कार्यकर्ता यसो दुई पैसा को जोगाड़ हुन्छ कि भनेर पार्टी मा लागेको हुन्छ। माओवादी ग्राउंड लेवल मा चाहिँ अझै आदर्शवादी छन। उही हो, आदर्श लाई हिंसा मा मिसाएर दुध मा जहर मिसाउनु भने हुँदैन।

कैंब्रिज यूनिवर्सिटी र त्रिभुवन यूनिवर्सिटी को दौड़ मा त्रिभुवन यूनिवर्सिटी अगाडि देखियो। हुन त उपेन्द्र लाई उमेर ले पनि साथ दिएको छ। १० वर्ष मा कैंब्रिज यूनिवर्सिटी अगाडि पुग्न सक्ला।

उपेन्द्र र सीके दुबै ले के मान्नु पर्यो भने नेपाल टुक्रिनै सक्दैन भन्ने कुरा पनि सही होइन र नेपाल टुक्रिनै पर्छ भन्ने कुरा पनि सही होइन। दुबै कंडीशनल कुरा हुन। १०० डिग्री मा पानी उम्लेर बाफ बन्छ, जीरो डिग्री मा बरफ।

जनजाति सुतेको भए मधेस अलग देश को एजेंडा निकै बलियो भएर जान्थ्यो। तर जनजाति जाग्न लागेको छ। मलाई लाग्छ अब यो महिना यो सरकार र यो संविधान ढल्छ र उपेन्द्र यादव अंतरिम राष्ट्रपति बन्छन्। मधेस अलग देश भन्दा नेपाल को राष्ट्राध्यक्ष (वास्तविक ताकत भएको) मधेसी  राम्रो होइन? (प्रधान मंत्री पनि राष्ट्रपति पनि चाहिँदैन)

सेना र केंद्र को प्रशासन समावेशी हुनु, मधेस प्रदेश को प्रहरी आफ्नो हुनु --- त्यो पनि स्वराज हो। स्वराज भनेको आफ्नो शासन। संघीयता मा बेईमानी हुन्छ भने मधेस अलग देश। ईमानदारीपूर्वक संघीयता देशमा लागु गरिन्छ भने संघीयता नै स्वराज हो।

सीके राउत संगठन मा जानुपर्छ। चुनाव लड्ने बाटो मा जानुपर्छ। मधेस प्रदेश सरकार बनाउने बाटो मा जानुपर्छ। सुशासन बिना पनि स्वराज संभव छैन। चित्तबुझ्दो संविधान आए पनि, समावेशी सेना बने पनि कुशासन भएमा स्वराज न आएको हुन्छ। त्यसैले सीके राउत ले स्वराज र सुशासन को एजेंडा लाई एकाकार गर्नु पर्छ।

१० वर्ष हो। ५-१० वर्ष प्रयाप्त समय हो समानुपातिक समावेशी नेपाल बनाउन का लागि। २०२५ सम्म पनि त्यहाँ पुगियेन भने टाटा बाई बाई। मधेस अलग देश को विकल्प रहँदैन। More likely २०२५ अगाडि हुने भनेको दक्षिण एशिया को आर्थिक एकीकरण हो।

सीके ले एउटा ठ्याक्कै नसोंचेको कुरा: geopolitics. (अर्को जलबिद्युत) नेपाल दुई फ्याक् हुनु चीन र भारत दुबै का लागि अकल्पनीय कुरा हुन। नेपाल एक राख्न यदि ती दुई शक्ति ले मधेसी लाई नेपाल भित्र समानता दिलाउन ठुलो कसरत गर्न परे बरु त्यो गर्न तयार। त्यो geopolitical रियलिटी हो मधेस को। त्यो बुझे मधेस स्वराज सम्म झन चाँडै पुगिन्छ।

गांधी को काँग्रेस पार्टी। भारत लाई आजाद गर्यो। तर त्यो भन्दा अगाडि दशकों प्रदेश चुनाव हरु लड्दै प्रदेश सरकार हरु बनाई राखेको।

दो हप्ते में ५ लाख पार्टी सदस्य दो


Comments