चिन्ता का ती रेखा हरु



संविधान, कांग्रेस र मधेस

मन र सडकको यो आगो निभाउने दायित्व कांग्रेसकै हो । अहंकार, घृणा र संकीर्णताले भरिएको ‘दमकल’ लिएर हिँड्नेलाई यो आगो निभाउनु छैन ।

..... जसरी म आफ्नो मतदाताको बीचमा केही दिनमै वाचा गरेअनुरूप नयाँ संविधान लिएर जान पाउने सोचले रोमाञ्चित र उत्साहित छु, त्यसैगरी

मेरै पार्टीका कैयन मधेसी, थारू, जनजाति र दलित समुदायका सभासद साथीहरूको अनुहारमा मजस्तो उत्साह र उल्लास होइन, चिन्ताका रेखाहरू छन् ।

सबै समान ढङ्गले हर्षित भएर आफ्ना मतदातामाझ जाने परिस्थिति बनाउन नसक्नु निश्चय नै चिन्ताको विषय हो ।’ ......... हामीले संयुक्त अपिलमार्फत घोषणापत्रको स्मरण गराउँदै पार्टी सभापतिलाई भन्यौं .... जुन धारामा यो भावना प्रतिविम्बित भएको छैन– चाहे दलित समुदायको प्रतिनिधित्व होस् वा नागरिकताको विषय होस्, प्रेस स्वतन्त्रता होस् वा समावेशी समानुपातिक प्रतिनिधित्व– ती धाराहरूलाई संशोधनमार्फत सच्याउनुपर्छ । ...... उक्त प्रस्तावको सम्बन्धमा संशोधनको माग भएका धाराहरूमध्ये तीन प्रमुख पार्टीको सयुंक्त संशोधनबाट आयोग लगायत धेरै कुरा समाधान भइसकेको छ ।

छुटेको मध्ये सर्वाधिक महत्त्वपूर्ण थियो– समानुपातिक समावेशी प्रतिनिधित्व एवं जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारणको सुनिश्चितता ।

....... यति भइसकेपछि मूलभूत असन्तुष्टिको जम्मा एउटा विषय बाँकी हुन्छ– प्रदेशको सीमांकन ..... संघीयता भनेको सीमाङ्कन मात्र होइन, स्रोतसाधन र अधिकारको बाँडफाँड पनि हो ...... संविधानसभामा जारी प्रक्रिया लम्ब्याएर भए पनि सार्थक संवादको प्रयासका लागि नेतृत्वलाई अनुरोध गर्‍यौं । ..... जो प्रक्रियामै प्रवेश गर्न अनिच्छुक र संविधानसभाको असफलताकै मन्त्र जपेर बसेका थिए, जति दिन लगाए पनि तिनीहरूसँग त सार्थक संवाद सम्भव थिएन । तर कम्तीमा केही दिन अघिसम्म संविधानसभाबाटै संविधान जारी गराउन सघन प्रक्रियामा रहेका साथीहरूलाई फर्काउने इमानदार प्रयास गर्नुपर्छ भन्ने आग्रह गरियो । यही बाटोबाट नै नेपालको हित हुन्छ र देशको हित नै कांग्रेसको हित हो भनेर अन्तिम समयसम्म प्रयास गर्‍यौं । ...... दोस्रो संविधानसभा निर्वाचनमा धाँधली भयो भनेर माओवादी लगायतका दल बाहिर रहँदा संविधानसभामा अपिल गरेको थिएँ, ‘यो संविधानसभाले संविधान बनाउँदै गर्दा त्यो संविधानको पुछारमा हामीसँगै प्रचण्ड र बाबुरामको पनि हस्ताक्षर हुनुपर्छ ।’ ...... अनेकन सैद्धान्तिक असहमति हुँदाहुँदै संविधानसभाभित्र आज हामीसँग प्रचण्डमात्र हुनुहुन्न, प्रचण्ड बहुमत पनि छ र सँगसँगै प्रक्रियामा सहभागी हुनुभएको छ– चित्रबहादुर केसी र कमल थापा पनि । ५९७ मध्ये ५३९ सभासदहरू दृढतापूर्वक एक ठाउँमा उभिएका ..... तर फेरि भन्छु, कांग्रेसले हिजो निर्वाचनमा जाँदा ‘सबैलाई समन्वय गर्दै सबैले जित्नेगरी संविधान निर्माण गर्ने’ संकल्प पुरा गर्न समझदारीका लागि अझै पनि समय घर्किएको छैन । असोज ३ गतेसम्मै प्रयास जारी राखौं । संविधानको गरिमा र उल्लास हिमाल, पहाड, तराईमा बस्ने सबै जाति, वर्ग र समुदायका जनताको घरमा पुग्न सकोस् । सीमांकनमा आएका असन्तुष्टिको सम्बोधन प्रस्तावित संघीय आयोगबाट हुने र त्यो संविधानको भाग रहनेगरी संविधानसभाबाट संकल्प गरेर स्वीकारोक्तिको दायरालाई थप फराकिलो बनाउँm । कतिपय विषय संविधान जारी हुनासाथै आवश्यक संशोधन गर्न सकिन्छ । ...... संविधानसभा बाहिर ठाउँ—ठाउँमा आन्दोलन छ । खास गरिकन तराई मधेसमा जताततै आगो बल्न थालेपछि मैले वीपी कोइरालालाई सम्झेँ र कांग्रेसका एकजना नेतालाई सोधेँ, ‘यस्तो बेलामा वीपी हुनुभएको भए के गर्नुहुन्थ्यो होला ?’ उहाँले भन्नुभयो, ‘वीपी हुनुभएको भए काठमाडौंमा चलिरहेको छलफललाई केही दिन लम्ब्याएर भए पनि कैलालीदेखि मोरङसम्म पुग्नुहुन्थ्यो । अवरोधका प्रयास छिचोल्दै निर्भीक भएर जनताका कुरा सुन्नुहुन्थ्यो र आफ्नो कुरा बताउनुहुन्थ्यो । ...... जे गरेर भए पनि संविधानसभालाई असफल बनाई अन्तत: मुलुकलाई नै असफल बनाउन उद्यतहरूका बारेमा बुझाउनुहुन्थ्यो । सीमाङ्कनको जटिलताका बारेमा बताउनुहुन्थ्यो । केही कुरा मनाउँदै, केही परिमार्जन गर्ने सोच बोकेर फर्किनुहुन्थ्यो र प्रक्रिया अगाडि बढाउनुहुन्थ्यो । ...... आन्दोलनको नेतृत्वमा बाह्य हस्तक्षेपलाई खुला निमन्त्रणा र नेपालको अखण्डतालाई चुनौती दिँदै राष्ट्रघात गर्न उद्यतहरू, मधेसी जनताले वर्षौंदेखि भोग्दै आएको विभेदले उत्पन्न गरेको स्वाभाविक आक्रोशमा जातीय प्रतिशोधको घिउ थपेर राजनीतिक महत्त्वाकांक्षाको रोटी सेक्नेहरू, नेपाली मनले सोच्न पनि नसक्ने क्रूरतामा उत्सव मनाइराखेकाहरू, कांग्रेसको रुखमा ऐंजेरुझैं पलाएका हिंसा र घृणाका पुजारी अनुचरहरू आदि नदेखिएका होइनन् । ....... अलिकति दूरदृष्टि लाउने बित्तिकै त्यो आन्दोलनमा कांग्रेसप्रति आस्थावान ती साथीहरू पनि देखिनेछन्, जसले हरेक लोकतान्त्रिक आन्दोलनलाई सफल बनाउन बलिदानमात्र दिएका छैनन्, हामीलाई पटक—पटक सिंहदरबारको तागत पनि दिलाएका छन् । ....... हामी देख्नेछौं– एक जुनीमा दर्जनौंपटक नेपाली भएको प्रमाणित गर्नुपर्ने पीडाले चोट खाएकाहरू । असमावेशी र अनुदार हाम्रै पुरानो संरचनाका सिकार भएकाहरू, नागरिक भएर पनि नागरिकताबाट बञ्चितहरू । भूमिपुत्र भएर पनि बँधुवा मजदुरको नारकीय जिन्दगी बाँचेर आएकाहरू । ...... आजको दिनमा सडकमा तपाई जे मागिरहनुभएको छ, त्योमध्ये धेरै संविधानको धारा—धारामा अंकित छ । छुटेका केही कुरा संविधानमा ल्याइन्छ नै । ........ तपाईले मागेका अन्य कुरा आज संविधानको धारामा पर्ने विषय होइन । संविधानमा टेकेर भोलि हामीले बनाउने संस्था र पद्धतिहरू, साधन र स्रोत परिचालन गर्ने क्षमता र गर्ने कर्मसँग जोडिएको विषय हो । त्यो नगरिकन नेपाल अब अगाडि बढ्नै सक्दैन । बाँकी रहन्छ, मात्र सीमाङ्कन । आक्रोशको आगो निभाएर मनको तार जोडिएपछि सीमाङ्कन मिलाउने कुरा कति कठिन होला र ? ..... महेन्द्रनारायण निधि, रामनारायण मिश्र, दुर्गानन्द झा, देवानसिंह राई, योगेन्द्रमान शेरचन, धनमानसिंह परियार, प्रेमराज आङ्दम्बे, बखानसिंह गुरुङ ...... संविधान आफैमा गतिशील प्रक्रिया भएकाले नसमेटिएका विषय भोलि समेट्ने ठाउँ दिएको छ । .....

संघीयता त मधेस आन्दोलनकै उपलव्धि हो ।



गगन थापाले देखेका चिन्ता का ती रेखा हरु अर्को चुनाव नमजा सँग हारिने भो भन्ने चिंता हो।

मधेसी: तीनबाहुनदलवादी, संघीयतावादी र स्वराजी

यो आगो होइन क्रांति हो। आगो अमूर्त हुन्छ। क्रांति भनेको एउटा ठोस राजनीतिक कार्यक्रम हो। 

Comments