सुर्खेत र कर्णाली ले खस नेता हरु लाई पढाएको पाठ



तथाकथित खस नेता हरु मा भ्रम छ। हामी जे बोल्छौं गर्छौं त्यो खस जनताले मानने छन। हामीले मधेसी लाई पेलेको देखे पछि अरु कुनै शिकायत रहने छैन।

त्यो सोंच गलत हो भन्ने कुरा सुर्खेत र कर्णाली ले प्रमाणित गरेका छन।

संघीयता मधेसी लाई मात्र होइन कर्णाली लाई पनि चाहिएको हो, सुर्खेत लाई पनि चाहिएको हो।

२००६ अप्रैल क्रांति संयमित र अनुशासित थियो? मधेसी क्रांति संयमित थियो? प्रहरी कतै संयमित छ? देश को गृह मंत्री नै एउटा छाड़ा मान्छे छ। प्रहरी लाई कति दोष दिने?

यी खस नेता हरु नेपाली भाषा नबुझ्ने चाइनीज मान्छे जस्ता छन। कुरा ठ्याक्कै बुझ्ने प्रयास गर्दैनन्। जनता भन्दा धेरै टाढा छन। एक चोटि काठमाण्डु पुगे पछि कहिले फर्केर आउँदैनन्।

चुनाव को मैंडेट नमान्ने प्रचंड र सुशील जस्ता मान्छे ले देश चलाउने ठाउँ मा बसेको अवस्था छ। त्यो मधेसी लाई मात्र होइन खस लाई पनि स्वीकार्य छैन।

जनताले सड़क बाट नै सीमांकन गर्ने बेला आउन लाग्यो।

सुर्खेत थरुहट को राजधानी र सुदुर पश्चिम, थरुहट, कर्णाली सबै को व्यापारिक राजधानी बन्नु पर्छ। Perfect हावापानी भएको ठाउँ। नेपालगन्ज मा जस्तो गर्मी छैन। Software Industry का लागि perfect ठाउँ।

मधेस अलग राज्य बन्दा त पहाड़ का जनता आत्तीन्छन् भने मधेस अलग देश बन्दा के होला? नेताले चेत्ने। मधेस लाई अलग देशको बाटो मा नधकेल्ने

१६ राज्य हुनेछन्। प्रति व्यक्ति आय को आधारमा सबै भन्दा पछाडि रहेका ४ राज्य लाई वार्षिक विशेष पैकेज दिने भनेर संविधान मा लेखे हुन्छ। सब भन्दा पछाडि मधेस रहेको छ। कर्णाली भन्दा पनि पछाडि।

बरु १६ राज्य को नक्शा मा चितवन मा नवलपरासी को पुर्वी भाग थप्दिने। आखिर यो नक्शा मा चितवन अथवा कैलाली जिल्ला होइनन्, राज्य हुन। अहिले को कैलाली र कंचनपुर मिसाएर कैलाली राज्य।



16 States
कर्णाली
कोचिला, लिम्बुवान, खम्बुवान, शेर्पा प्रदेश
सुर्खेत: राजनीतिक राजधानी र व्यापारिक राजधानी
सिंघम देउबा र परवेश रावल र तथाकथित सुदूर पश्चिम
नेता लाई नक्शा कोर्न दिनै हुन्न
स्विट्ज़रलैंड मा संघीयता
संघीयता को विवाद: कमिला र मौरी हरु बीच को विवाद
६ अंचल को नक्शा: सुधारिएको एकात्मक व्यवस्था

उग्रपन्थीको थलो बन्दैछ मधेश : जितेन्द्र देव
जितेन्द्र देव पार्टी अध्यक्ष विजयकुमार गच्छदारले ६ प्रदेशको संघीयतामा गरेको हस्ताक्षरको विरोधमा उत्रिएका छन्। .... यो संघीयता नै होइन। यो पञ्चायतकालिन प्रशासनिक इकाईँको पुनर्संरचना हो। ....... यो न पाहिचानको कोणबाट न त सामर्थ्यताको दृष्टिकोणबाट आएको छ। राज्यशक्ति बाँडफाँडको धारणा हरायो। ..... यसले जातीय, भाषिक, सांस्कृतिक, ऐतिहाँसिक, भौगोलिक लगायतका कुनै पनि पहिचान स्वीकार्दैन। न्यायपालिका रूप पुरानै छ। यसमा त झन् संघीयताको गन्ध समेत आउँदैन। ...... पूर्वमा झापा मोरङ, सुनसरी, उदयपुर र सप्तरी मिलाएर नयाँ प्रदेश बनाउनु पर्छ। ...... पश्चिममा कैलाली र कञ्चनपुरलाई मिलाएर र राप्ति र लुम्बिनीका भागलाई थरूहटबाट अलग राखेर प्रदेश बनाउनुपर्छ। ...... सुर्खेत र थरूहटमा आन्दोलन हुँदैछ। चार दलले सीमांकन पुनर्विचार गर्ने भनेर बक्तब्य नै जारी गरिसके। ..... तर कुनै उल्लेख्य परिवर्तन भने हुनेवाला छैन। अब निर्णायक किसिमले सडक आन्दोलन गर्नुपर्ने हुन्छ। टेबलमा कुरा गरेर केहि हुनेवाला छैन। संघर्ष र विद्रोहबाट मात्र अहिलेको सीमांकन परिवर्तन गर्न सकिन्छ। ..... यदि ८ प्रदेश भएको भए धेरै समस्याको समाधान हुने थियो। .....

सडक संघर्ष गर्न तयार रहेका दलहरूबीच ऐक्यवद्दताको प्रक्रिया शुरु हुँदैछ। न त थारूको माग सम्वोधन भएको छन् न त मधेसीको। न त जनजाती कै। यसकारण पनि ठूलै आन्दोलनको माहौल बन्दैछ।

...... मधेस र तराईमा स्थिति भयाभव हुन्छ। अराजकताको स्थिति उत्पन्न हुन्छ। त्यसपछि सिके राउत जस्ता स्वशासनका कुरा उठाउने उग्रवादी चिन्तनलाई थप बल पुग्छ।
सीमाङ्कन हेरफेर गरिन्छः ओली
सामान्य हेरफेर गर्न सकिने ..... ओलीले आगामी भदौ १५ भित्र नयाँ संविधान आउने विश्वास पनि व्यक्त गरे ...... व्यक्ति व्यक्तिका तुष्टि संविधानका पानामा समेट्न नसकिने ..... “बुद्ध जन्मेको देशमा जनताको गणतान्त्रिक संविधान ल्याउन खोज्दा आगो बाल्ने के हो?” ..... प्रहरीलाई गाडीभित्रै जलाउने क्रियाकलाप
संघीयतामा पनि विभेद सहनुपर्ने भएपछि सुर्खेत प्रर्दशन

सुर्खेतमा चलेको .. आन्दोलनको सुरुवात कुनै राजनीतिक दलले गरेको होइन। म

.... मध्यपश्चिमाञ्चल विश्वविद्यालयका केही प्राध्यापक र विद्यार्थीहरुको चियागफबाट सुरु भएको हो। प्रमुख दलहरुबीच भएको सहमति अनुसार मध्यपश्चिमलाई टुक्राएर तीन वटा प्रदेशमा मिसाइएको र सुर्खेत, दैलेख र जाजरकोटसहित कर्णाली अञ्चललाई सुदूरपश्चिममा गाभिएको निर्णयप्रति असन्तुष्ट उनीहरुले यसको विरोधमा दबाबमूलक आन्दोलन गर्नुपर्ने निष्कर्ष निकाले। विश्वविद्यालयका प्राध्यापक तेजविक्रम बस्नेतको संयोजकत्वमा नागरिक संघर्ष समिति समेत गठन गरे र आन्दोलनको सुरुवात गरे। शनिबार सुर्खेतको वीरेन्द्रनगरमा संघर्ष समितिले पहिलो दिन निकालेको विरोध र्‍यालीमा मुस्किलले तीन दर्जन मानिस थिए। जसमा विद्यार्थी र प्राध्यापकहरुको बाहुल्यता थियो भने जिल्लास्तरका केही राजनीतिक दलका नेताहरु पनि सहभागी थिए। यद्यपी त्यसको नेतृत्व उनीहरुले भने गरेका थिएनन्। ....... वीरेन्द्रनगरमा सुर्खेतकै स्थायी बसोबास गर्नेहरुभन्दा बढी दैलेख, जाजरकोट लगायतका छिमेकी जिल्ला र विशेषगरी कर्णालीका मानिसहरुको जमघट छ। व्यापारका लागि र उच्च शिक्षा अध्ययनका लागि पहाडी जिल्लाहरुबाट सुर्खेत झरेकाहरुको संख्या ठूलो छ। र यो आन्दोलनमा उनीहरुको पनि सहभागिता छ। आन्दोलनको अग्रपंक्तिमा देखिने युवाहरुमध्ये अधिकांश कर्णालीबाट अध्ययनका लागि सुर्खेत झरेकाहरु छन्। ...... नेपालमा भएका हरेक आन्दोलनको रुपलाई हेरेर थाहा भएको कुरा हो, आन्दोलनको कुनै आकार र आयतन हुँदैन। यसको स्वरुप निश्चित हुँदैन। आन्दोलनको रुप परिस्थिति अनुसार जस्तो पनि बन्न सक्छ। सुर्खेतमा भएको पनि त्यही हो। ......

यो आन्दोलनको सुरुवात आग्रह र पूर्वाग्रहबाट भन्दा पनि स्वस्फुर्त रुपमा निस्किएको आक्रोश हो।

..... सोमबार सुर्खेतमा प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीका जिल्ला पार्टी कार्यालयमा तोडफोड र आगजनी गरियो। कांग्रेसको सहमहामन्त्री पूर्णबहादुर खड्का र कांग्रेसकै अर्का सभासद् हृदयराम थानीको घरमा पनि तोडफोड भयो। यो घटनालाई पूर्वाग्रही विश्लेषण गरी राजनीतिक रंग भर्ने प्रयास भइरहेका छन्। तर वास्तविकता के हो भने, राजनीतिक दल र नेताहरुप्रतिको नागरिकको आक्रोश हो। कुनै दलको नियोजित षड्यन्त्र हुँदो हो र उक्त पार्टी कार्यालय तोडफोड नहुनुपर्ने थियो। ...... अर्कोतर्फ नागरिकहरुले कुनै न कुनै दलको साधारण सदस्यता लिएका होलान् नै तर सोमबारको आन्दोलनमा देखिएका अनुहार कुनै निश्चित दलका कार्यकर्ता मात्रै थिएनन् त्यहाँ नेपाली कांग्रेस, एमाओवादी, एमालेदेखि अन्य दलका सामान्य कार्यकर्ता समेत थिए। आन्दोलनकारीहरु राजनीतिक दल र तीनका नेताहरुप्रति नै आक्रोशित थिए। कतिसम्म भने अस्तीको विरोध सभामा सम्बोधन गरेका दलका नेताहरु हिजो दिनभर लुक्न बाध्य भए। आन्दोलनकारीहरु जिल्लास्तरका नेताहरुसँग पनि जाइलागेका थिए। त्यसकारण यो आन्दोलन स्वस्फुर्त रुपमा उर्लिएको जनताको आक्रोश हो।

Comments