Wednesday, July 22, 2015

अंगीकृत नागरिकता भनेको के?

पहिलो दर्जाको नागरिक, दोस्रो दर्जाको नागरिक भनेको हो? अंगीकृत नागरिकता भनेको के? कोही बोर्डर पारिको महिला ले नेपाली पुरुष बिहे गरेमा उसले अंगीकृत नागरिकता पाउने हो? अनि उ नेपालमा जीवन भरि दोस्रो दर्जाको नागरिक भएर बस्नुपर्ने? एउटा जमाना थियो जब महिला भनेको घरमा चुल्हा चौका गर्ने मात्र हुन्थे अनि त्यहाँ अंगीकृत न संगीकृत। अहिले त घर बाहिर जागीर खान चाहने पनि निकै हुन्छन्। तिनले नेपालमा दोस्रो दर्जाको नागरिक भएर बस्नुपर्ने? मधेसी हरुको मात्र होइन, दार्चुला का खस, मेची का जनजाति पनि बोर्डर पारी मनग्ये बिहेबारी गर्छन। त्यो परम्परा नेपाल देश बन्नु भन्दा पुरानो हो। छिमेकी देश सँग को बिहेबारी लाई देश भित्र को बिहे बराबर को मान्यता हुनुपर्छ। मधेसी समुदाय को बोर्डर पारिको रोटीबेटी को सम्बन्ध सँग खेलबाड़ गर्ने प्रयास नगरेस!

नागरिकता एक किसिमको मात्र हुन्छ। होइन भने यो देश लाई जनमत संग्रह मा लानुपर्ने हुन्छ। को यो देशमा बस्ने को नबस्ने  छिनोफानो जनताले गर्छन। यो खस जातीयता मात्र नेपाली राष्ट्रियता भन्ने सोंच ले नसमेट्ने हरु अलग  देश बनाएर बस्छन्।


No comments: