Sunday, July 05, 2015

पार्टी अध्यक्ष सर्वेसर्वा हुने गलत संस्कृति

नेपालमा बहुदल आए देखि हो कि भीमसेन थापा को पाला देखि हो, मलाई इतिहास को त्यति राम्रो ज्ञान भएन। तर देशमा राजनीतिक अस्थिरता को संस्कृति छ। कसै लाई प्रधान मंत्री बनायो अनि सबै ले मिलेर त्यसलाई एक वर्षमा फाल्दिने। अर्को गलत संस्कृति छ पार्टी अध्यक्ष सर्वेसर्वा हुने। पहिला राजा, अहिले दुई चार जना पार्टी अध्यक्ष हरु। अरबों खर्च गरेर संविधान सभा बनायो अनि महत्वपुर्ण निर्णय गर्दा खुसुक्क चार जना पार्टी अध्यक्ष ले रातको १२ बजे गर्ने। के समझौता भयो त्यो आफ्नो ठाउँमा छँदैछ। कसरी भयो त्यो पनि महत्वपुर्ण छ।

संविधान सभा भनेको संसद होइन। संविधान सभा मा व्हिप हुँदैन। पार्टी हुँदैन खास। प्रत्येक सदस्य ले खुल्ला रुपले बोल्ने, अनि आफ्नो इच्छा अनुसार वोट गर्ने हो। सबै लाई बोल्न दिएको खोइ? पार्टी अध्यक्ष हरु ले आफ्नै सभासद हरु लाई भेंड़ा बाख्रा जस्तो व्यवहार गर्छन।

चार जनाले पुग्ने भए ६०१ जना किन पाल्नु पर्यो?

पार्टी भित्र आन्तरिक लोकतंत्र को संस्कृति दिन नसक्ने पार्टी अध्यक्षले देशमा लोकतंत्र बलियो पार्न सक्दैन।


No comments: