Friday, November 14, 2014

सगुनको पहिलो र दोस्रो राउंड बीच फरक

सगुन सँग सम्बन्ध

केही घण्टा अगाडि कोलोराडो बाट एक जना साथीले कॉल गर्नु भो। "तपाईंले सगुनको fundraising मा रोल खेल्ने कुरा रै छ, मलाई पनि ५ हजार हाल्न मन लाग्यो" भनेर भन्नु भो।

सगुनका दुई जना फाउंडर हरुसँग म सम्पर्कमा छु। वहाँ हरुले आंट गरेकै हो। मान्नु पर्छ। मेरो आफ्नै एउटा pre launch tech startup छ। त्यसैले हामीलाई एकले अर्काको कुरा बुझ्न सजिलो हुन्छ। सगुन अहिले राउंड १ मै छ। 350K fundraising गरिसकेको, 150K गर्ने प्रयासमा रहेको अवस्था छ।

मैले सगुनको राउंड २ fundraising मा lead role लिने कुरामा हाम्रो छलफल भइ राखेको छ। निर्णय शायद त्यसै किसिमको हुन्छ होला।

तर मैले साथीलाई भनें ---- तपाइँ राउंड २ मा आउन पाउनु हुन्न। क़ानूनले नै दिँदैन। राउंड २ मा venture capitalist हरु, लाइसेंस प्राप्त एंजेल इन्वेस्टर हरु मात्र हो आउन पाउने।

आउने भए राउंड १ मा आउनुस् भनेर मैले भनें र गोविन्द गिरी र कवीन्द्र सिटौला सँग मैले संपर्क गराई दिएँ टेक्स्ट मेसेज मार्फ़त।

सगुन का १००,००० user छन --- त्यो early stage मा धेरै हो।


No comments: