Pages

Friday, September 04, 2015

थारु मधेसी एकता NATO जस्तो हो

North Atlantic Treaty Organization: you attack one of us, you attack us all. Down with Bame-Sushil fascism.










राजनाथ सिंह ले ठट्टा गरेको होइन। थारु का गाउँ मा घुस्नु अघि ख्याल राखे।

दमजम ---- NATO!

ए बामे हिटलर, थारु मथिको राज्य आतंकवाद बंद गर!

बामे हिटलर, थारु मथिको राज्य आतंकवाद बंद गर! थारु मधेसी एकता NATO जस्तो हो, you attack one, you attack us all.

लखेट्ने क्रममा प्रहरीकै बन्दुक झरेर हवल्दारको खुटामा गोली लागेको भन्ने मैले जानकारी पाएको छु । हाम्रो शान्तिपूर्ण प्रदर्...

Posted by C.k. Sah on Friday, September 4, 2015

लिम्बु झापा, मोरंग, सुनसरी मा देखिएन

इतिहास को कुरा गर्ने हो भने त राजा जनक को मिथिला हिमालय देखि गंगा सम्म थियो। त्यो आज मिथिलावासी ले काठमाण्डु को लोकतान्त्रिक कब्ज़ा गरेर (देशव्यापी चुनाव जितेर) र नेपालको भारत सँग राजनीतिक र आर्थिक एकीकरण गरेर फत्ते गर्छ। अहिले लाई झापा, मोरंग, सुनसरी मधेस प्रदेश हो। झापा देखि नारायणी सम्म एक, उता कंचनपर सम्म अर्को।


Nepal: Ethnographic Map

Mirchaiya, Siraha



ल बधाइ छ! लिम्बुवानले पूर्व अनिश्चितकालिन बन्द घोषणा गर्यो! जय लिम्बुवान !

Posted by Subhash Chandra Shah on Thursday, September 3, 2015


गौर को सिमावर्ती भारतीय शहर बैर्गीनिया पनि मधेशी आन्दोलन को समर्थनमा!

आज बैरगनियॉ वासियों की बैठक हुई जिसमें निर्णय लिया गया की पड़ोसी देश नेपाल में मधेशियों के अधिकार की लड़ाई में हम सभीलोग उनके साथ हैं | इस अभियान में कल ४/०९/१५ रोज शुक्रवार को शांति जुलुस का आयोजन किया गया है | जो बनवारी लाल बेनीलाल धर्मशाला से शाम केे ४बजे निकलेगा और मुख्य सड़क होते हुए बोर्डर पे जाकर समाप्त होगा | इस जुलुस में अधिक से अधिक की संख्या में भाग लेकर कार्यक्रम को सफल बनायें |

Tula Narayan Shah

Kathmandu

जनकपुर में निषेधाज्ञा तोडा गया

आज जनकपुर में निषेधाज्ञा तोड़ने के लिए विशाल लाठी जुलुस प्रदर्शन ! जुलुस से पहले ही जिला प्रशासन ने फिर्ता लिया निषेधाज्ञा !

Posted by Brikhesh Chandra Lal on Friday, September 4, 2015

नेपाली राजनीति का दुई फासिस्ट हरु



Madhesi Tharu Kranti 2015: It Is Working

काम गर्दैछ। विस्तारै विस्तारै काठमाण्डु का खिया लागेका राजनीतिक पार्ट पुर्जा हरु अलि अलि चल्न लागेका छन।




In The News (16)



प्रक्रिया अघि बढे गच्छदार मोर्चा संविधान निर्माणबाट अलग हुने
सहमति कार्यान्वयन सुनिश्चित नभई आन्दोलन टुंगिन्न : केसी



अस्तव्यस्त अर्थतन्त्र
ठूला र बहुराष्ट्रिय कम्पनीको उत्पादन ठप्प छ । भएको उत्पादन पनि सम्बन्धित क्षेत्रमा पुर्‍याउन नसकिएकाले खेर गइरहेको छ । .... अधिकांश जिल्ला सदरमुकामलाई निषेधित र दंगाग्रस्त क्षेत्र घोषणा गरिएका छन् । बजारमा खरिद बिक्री छैन । उत्पादन रोकिएको छ । सर्वसाधारण अत्यावश्यक वस्तु खरिद गर्नबाट वञ्चित छन् । .... बल्लतल्ल रोपाइँ गरेका किसान मल अभावले पिरोलिएका छन् । आपूर्तिका लागि गोदाममा राखिएको मल गाउँगाउँमा पुर्‍याउन सकिएको छैन । कर्फ्यु र निषेधाज्ञाले किसान सदरमुकाम आउन सकेका छैनन् । ..... तराई ठप्प भएपछि मध्य र पश्चिम पहाडी जिल्लामा खाद्यान्न सामग्री आपूर्ति रोकिएको छ । चितवन र मकवानपुरमा भने आंशिक प्रभाव परेकाले यहाँबाट पहाडी जिल्लामा आपूर्ति भइरहेको छ । तर रुपन्देहीको भैरहवाबाट खाद्यान्न आपूर्ति गर्न नसकिएकाले लुम्बिनी अञ्चलका पहाडी जिल्लामा अभाव सुरु भएको छ । ..... ठाउँठाउँमा खाद्यान्न र ग्यास अभाव भएको छ । सर्वसाधारणले २४ सै घण्टा घरभित्र खुम्चिएर बस्नुपरेको छ । सधै चहलपहल हुने बजार सुनसान छन् । ..... तीन साता देखिको बन्द र ३ दिन यताको कर्फ्युले पर्सा–बारा औद्योगिक करिडोरका उद्योगले दैनिक ६० करोड रुपैयाँ बराबरको नोक्सान बेहोरिरहेका छन् । .... ‘बैंक ब्याज, भन्सार डिमान्ड शुल्क, मजदुर खर्च, बिजुली बिल आदि जोड्दा कम्तीमा दैनिक यति रकम घाटा भइरहेको हो,’ उनले भने, ‘बैंक ब्याज तिर्न नसकेका कतिपय उद्योगले दैनिक २० लाखसम्म घाटा बेहोरिरहेका छन् ।’ ...... करिडोरका उद्योगमा ५० हजारभन्दा बढी मजदुर कार्यरत रहेको अनुमान संघको छ । उद्योग बन्द हुँदा मजदुर कामविहीन हुने र उद्योगलाई काम नभएको समयमा पनि मजदुरलाई तलब दिनुपर्ने अतिरिक्त भार बढछ । बन्दले रुपन्देहीको लुम्बिनी करिडोरका सबै र भैरहवा–परासी खण्डमा सञ्चालित उद्योग प्रभावित भएका छन् । ..... लुम्बिनी करिडोरमा १ दर्जन सिमेन्ट उद्योग र त्यति नै संख्यामा रहेको अन्य ठूला उद्योग सञ्चालित छन् । ..... त्यसैगरी मध्य तराईमा पनि छर्ने बेलामा रासायनिक मल आपूर्ति हुन सकेको छैन । कृषि सामग्री कम्पनीले आयात गरेको मल जिल्लामा आपूर्ति सम्भव भएको छैन । किसान भौंतारिन बाध्य छन् । मध्य तराईका बारा, पर्सा, रौतहट र सर्लाहीमा चर्को अभाव सिर्जना भएको छ । कृषक दिनहुँ जिल्लास्थित कृषि सामग्रीको कार्यालय धाउने गरेका छन् । ...... मौका छोपेर तस्करले भारतबाट ल्याएको गुणस्तरहीन मल चर्को मूल्यमा बिक्री भइरहेको छ । ‘प्रतिबोरा १ हजार ६ सयका दरले किनेर ल्यायौं,’ चन्द्रनिगाहपुरका किसान रामप्रसाद तिमल्सिनाले भने, ‘नभएपछि काम चलाउनैपर्‍यो ।’ ....... लामो बन्द, निषेधित क्षेत्र, कर्फ्यु र दंगाग्रस्त क्षेत्र घोषणा लगायतले मुलुकमै धेरै राजस्व संकलन गर्ने व्यस्त भन्सार सुनसान बनेको छ । ..... भदौ महिनामा यो भन्सारले ८ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएको छ । यो भन्सारले सामान्य दिनमा २५ देखि ३५ करोड रुपैयाँसम्म पनि राजस्व संकलन गर्छ । ..... सोमबारसम्म भन्सारले ३३ करोड ४ लाख रुपैयाँ मात्र राजस्व संकलन गर्न सकेको छ । यो मासिक राजस्व असुली लक्ष्यको जम्मा २१ दशमलव ७४ प्रतिशत मात्र हो । ...... बिहीबार मध्याह्नसम्म गरी बन्दरगाहमा तेस्रो मुलुकबाट मालवस्तु बोकेर आएका ४ सय २५ कन्टेनर थन्किएका छन् । ........ बन्दका कारण पछिल्ला दिनमा भैरहवा भन्सार हुँदै आयातमा कमी आएको छ । भन्सार प्रमुख लावण्य ढकालले भन्सारमा दिनभर सामानको क्लियरिङ हुने र साँझमा सुरक्षाकर्मीको एस्कर्टिङमा ढुवानी गर्ने कार्य भइरहेको छ ।
सञ्जय साह काठमाडौँ सारिए

पछिल्लो २० दिनदेखि मधेसमा जारी आन्दोलनमा साहले जेलभित्रैबाट भूमिका निर्वाह गर्दै आएको आशङ्कामा काठमाडौँ सारिएको बताइएको छ ।

साहले जेलबाटै आफ्ना कार्यकर्ताहरुलाई आन्दोलनमा सघाउन निर्देशन दिने गरेको आशङ्का कारागार प्रशासनको रहेको थियो ।

संघीयता र समावेशीता आए लोकतंत्र र गणतंत्र गायब हुने?

संघीयता र समावेशीता आए लोकतंत्र र गणतंत्र गायब हुने? एक समय थियो देशमा बहुदल आए देश नै गायब।  बहुदल त के गणतंत्र आएर पनि देश जहाँ को तहीं छ। यत्रो भुगोल, कसले पॉकेटमारी गर्छ?

अहिले भन्न थालिएको छ, देशमा संघीयता र समावेशीता आए देश गायब हुन्छ। संघीयता र समावेशीता आए लोकतंत्र र गणतंत्र गायब हुने? तेल आए पानी गायब हुने?

सीमाङ्कन थाती राखेर संविधान घोषणा : गगन थापा
यो संविधानसभाले पनि संविधान जारी गर्न नसके नेपालमा लोकतन्त्र र गणतन्त्र कसैले जोगाउन नसक्ने पनि उनले ।


मधेशी मोर्चामा खटपट : ठाकुर र यादव सहभागी भएको कार्यक्रममा उपस्थित भएनन् महतो
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आज सिरहाको मिर्चैयामा विरोधसभाको आयोजना गरेको छ । सो कार्यक्रममा मोर्चामा आवद्ध चारै दलका अध्यक्ष सहभागि हुने निर्णय थियो तर अध्यक्ष महतो आफै उपस्थित नभएर आफ्ना पार्टीका महासचिव राजु गुप्तालाई पठाएका छन् । यस्तै मोर्चाभित्रको विवादले पर्सामा हुने भनिएको विरोधसभा स्थगित भएको थियो । पर्साको कार्यक्रम स्थगित भएकै दिन यादव र ठाकुर काठमाडौ आएका थिए । ...... तीन दिनदेखि काठमाडौमा रहेका महन्थ ठाकुर, उपेन्द्र यादव र महेन्द्र राय यादव हिजै (विहिवार) सिरहा हुने कार्यक्रममा सहभागिताका लागि हिडेका थिए । तर अध्यक्ष महतो मधेशमै भएपनि उनी सो कार्यक्रममा पुगेको छैन । मोर्चाभित्र विवाद रहेको छ भने कुरा आजको यो घटनाले पुष्टि गरेको छ ।
शीर्ष तीन दललाई गच्छदार मोर्चाको दुई दिने अल्टिमेटम





सिरहा बजारमा झाडु बोकेर निस्किए महिला (फोटोफिचर)
अन्तरिम संविधान अनुसार तराईमा थारु आदिवासी र मधेशीको पहिचानको आधारमा दुई प्रदेशको माग ..... जनताको शान्तिपूर्ण आन्दोलनमा सेना परिचान गर्नु गलत भएको .... लागातार १९ दिनको बन्दका कारण सिरहाको जनजीवन प्रभावित भएको छ । बन्दका कारण खाद्यान्न लांगाएत अति आवश्यक सामग्रीको अभाव हुन थालेको छ ।
कांग्रेस जनजाती सभासद्को भिन्दै संशोधन प्रस्ताव तयार
थापागाउँस्थित बानेश्वर बैंक्वेटमा भएको भेलामा नयाँ संविधानको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने नौ बुँदे संशोधन तयार पारेका हुन् । ...... संशोधनप्रस्ताव पार्टी प्रमुख सचेतक चीनकाजी श्रेष्ठमार्फत संविधानसभामा दर्ता गरिने जनजाति सभासदले बताएका छन् । संशोधन प्रस्तावमा राज्यको सबै अंग, संरचना र तहहरुमा आदिवासी जनजाति समुदायको जातीय जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व तथा सहभागिताको अधिकारलाई सुनिश्चित गर्नुपर्ने उल्लेख छ । ...... त्यसैगरि प्रस्तावमा जातीय जनसंख्याको आधारमा संघ निर्माण गरिनुपर्ने, आदिवासी जनजाति संवैधानिक आयोगको ब्यवस्था सुनिश्चित गरिनुपर्ने, धर्म निरपेक्षतालाई यथावत राख्नुपर्ने विषय समेटिएको छ । भेलामा

काग्रेसका ३० भन्दा बडी सभासद्

सहभागी थिए ।
काठमाडौ आएर के–के गरेर फर्के उपेन्द्र र महन्थ?
काठमाडौ आएको विषयलाई सबभन्दा बढी चर्चामा ल्याउने भूमिका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले खेले । उनले काठमाडौंका विभिन्न सञ्चारमाध्यमलाई फोन गरेर उपेन्द्र यादव र महन्थ ठाकुर वार्ताका लागि काठमाडौ गएको जानकारी दिए । उनले आजै पनि नवलपरासीमा पत्रकार सम्मेलन गरी महन्थ ठाकुर र उपेन्द्र यादव चाकरीका लागि काठमाडौ गएको आरोप लगाएका छन् । उनले अहिलेको अवस्थामा काठमाडौ जानु चाकरी बाहेक अरु केही होइन, अबको वार्ता काठमाडौमा होइन मधेशमा हुने बताए । ......... महतोले लगाएको यो कुराको खण्डन संघीय समाजवादी फोरम नेपालले गरेको छ । सो पार्टीले मधेशी जनतालाई गुमराह गर्ने कुकार्य नगर्न महतोलाई चेतावनी दिएको छ । केही पत्रकारले अध्यक्ष महतोलाई मसिहाकरण गर्न खोजेको आरोप सो पार्टीले लगाएको छ । ...... तमलोपाका अध्यक्ष ठाकुर काठमाडौ आइसकेपछि प्रधानमन्त्री सुशिल कोइराला, एमाओवादीका अध्यक्ष प्रचण्ड, भारतीय राजदूत रञ्जित रेसँग छलफल गरेका छन् । उनले प्रधानमन्त्री सुशिल कोइरालासँग मंगलवार साँझ फोन संवाद गरेका थिए भने अध्यक्ष प्रचण्ड र भारतीय राजदूत रञ्जित रे सँग हिजो भेटे । तर, यसलाई उनले वार्ताको रुपमा लिएका छैनन् । ....... आफ्नो पार्टीका कार्यालयमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ठाकुरले आफू पार्टीको कामले काठमाडौ आएको तर राजनीतिक प्राणी भएको कारणले कुनै नेतासँग भेटघाट गर्नु वार्ता नभएको, आपसी भाइचाराका लागि पनि नेताहरुको बीचमा भेटघाट हुने गरेको बताए । ...... उनले आफूले प्रधानमन्त्री कोइरालासँग फोन संवाद गरेको स्वीकार गरे । फोन संवादमा आफूहरुले राखेको शर्त पूरा नभएसम्म वार्तामा नबस्ने जवाफ दिएको दावी गर्दै उनले वार्ताको वतावरण बनाउने जिम्मेवारी सरकारको रहेको जवाफ प्रधानमन्त्रीलाई दिएको दावी गरे । यद्यपी प्रचण्ड र रञ्जित रे सँगको भेटघाटलाई अस्वीकार गरे । ....... त्यस्तै, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि काठमाडौ आएपछि गोप्य ढंगबाट विभिन्न नेताहरुलाई भेटेका छन्, जुन कुरा सार्वजनिक भएका छैन । उनका पार्टी निकट स्रोतका अनुसार अध्यक्ष यादवले एमाओवादीका अध्यक्ष प्रचण्ड र नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणसँग भेटघाट गरेका छन् । उनले यहाँ काठमाडौमा विभिन्न अन्तराष्ट्रिय शक्तिसँग पनि भेटघाट गरेर मधेशमा भइरहका आन्दोलनको बारेमा जानकारी गराएका छन् । ....... उनले यहाँ काठमाडौमा विभिन्न अन्तराष्ट्रिय शक्तिसँग पनि भेटघाट गरेर मधेशमा भइरहका आन्दोलनको बारेमा जानकारी गराएका छन् । प्रधानमन्त्री सुशिल कोइरालाले मंगलवार अध्यक्ष उपेन्द्र यादवलाई पनि भेट्नका लागि फोन गरेका थिए तर यादवले फोन नउठाएपछि प्रधानमन्त्री कोइरालाले पार्टी संसदीय दलका प्रमुख सेचेतक डा.शिवजी यादवलाई फोन गरेका थिए । उपेन्द्र यादवलाई वार्तामा बस्न डा.शिवजी यादवलाई प्रधानमन्त्री कोइरालाले आग्रह गरेका थिए । ...... फोरम नेपालले मधेशमा सरकारले सेना परिचालन गरेको विरुद्धमा आज काठमाडौमा विरोध र्याली निकालेको थियो ।
उद्योग मन्त्री भन्छन्, ‘प्रधानमन्त्री र गृहमन्त्रीबीच आवश्यक छलफल हुँदैन’
युवा संघको अध्यक्षको हैसियतमा सडकमा नाराजुलुस गर्दागर्दै अचानक मन्त्री पदको शपथ खाएर सिंहदरबार पुगेका महेश बस्नेत ...... मन्त्रिपरिषद् र संसदका बैठकहरू औपचारिकता पूरा गर्नेमा मात्रै सीमित हुन थालेका छन् । ...... अरु मन्त्रालयले गर्नुपर्ने निर्णयका धेरै विषय अर्थ मन्त्रालयसँग ठोक्किन्छन् । यस्तोमा अर्थ असहमत भइदिए धेरै निर्णय गर्न सकिँदैन । ..... एउटा जिल्लामा एउटा औद्योगिक क्षेत्र हुनुपर्छ भन्ने कन्सेप्ट विकास गर्दै आगामी वर्षसम्म ६ वटा औद्योगिक क्षेत्र निर्माण गर्ने कार्यक्रम अगाडि बढाइयो । आगामी वर्षसम्म ४२ वटा निर्वाचन क्षेत्रमा औद्योगिक ग्राम सञ्चालन गर्नेगरी पूर्वाधार विकास गर्न बजेट छुट्याउन सफल भयौं । ...... एमाले–कांग्रेसको समिकरण एकदमै जटिल समिकरण हो । यसका केही कारण छन् । दीर्घकालीन राजनीतिका दुई प्रतिस्पर्धी एकै ठाउँमा उभिएर सत्ता सञ्चालन गर्नु आफैंमा जटिल हो । किनभने, एमालेले राम्रो काम गर्दा भोलिको चुनावमा एमालेले मत पाउँछ भन्ने मानसिकता एकातिर छ, अर्कोतिर कांग्रेसले राम्रो काम गरेमा एमालेमा पनि त्यो फिलिङ स्वाभाविक हुन्छ । ....... पहिलो र दोस्रो ठूलो दलको समिकरण आफैंमा जटिल अभ्यास हो । यहाँ कसले जस पाउने भन्ने कुराको प्रतिस्पर्धा छ । ...... हामी क्याबिनेट सिस्टममा भएकाले प्रधानमन्त्री राजी नभईकन कुनै कुरा सम्भव हुँदैन । कतिपय सन्दर्भमा प्रधानमन्त्री आफैं संयुक्त सरकारको भावनाभन्दा पनि व्यक्तिगत आकांक्षाका आधारमा चल्ने गरेका छन् । बिरामीको औषधोपचारदेखि सरकारवादी मुद्दा फिर्ता लिने सवालमा ‘तेरो कि मेरो’ भन्ने बहस हुन्छ । राज्यका तर्फबाट दिइने कतिपय सेवा–सुविधामा पनि अनावश्यक होडबाजी देखिन्छ । ....... अनुहार हेर्दा राम्राभन्दा पनि हाम्रा मान्छेको हेरिन्छ । कतिपय सन्दर्भमा अविश्वासको वातावरण बनेको छ, जस्तो प्राधिकरणको सिइओमा प्रधानमन्त्रीले आफ्नै मान्छे किन राख्नुभो त ? ...... सातौं महाधिवेशनबाट पार्टीभित्रको लोकतन्त्रलाई व्यवस्थित गर्ने प्रक्रिया सुरु गर्नासाथ एमालेभित्र गुटबन्दी संस्थागत भयो । गुटबन्दी बढ्दै गएपछि एमालेभित्रको संरचनागत शैलीलाई धमिरा लाग्न थालेको कुरा पार्टीपंक्तिले महसुस गर्यो । ...... दुई मन्त्रालयबीच समस्या देखापर्दा मन्त्रीहरू राखेर हल खोज्ने, महत्त्वपूर्ण निर्णयमा समन्वय गर्ने सवालमा प्रधानमन्त्रीको भूमिका कमजोर देखियो ।

मन्त्रिपरिषद्को बैठकमा पनि उहाँको भूमिका ‘सेरेमोनियल’ जस्तो देखिन्छ ।

हामीले उहाँलाई यस्ता कुरामा सुझाव पनि दिने गरेका छौं, समन्वय र छलफलमा उहाँको अलि ध्यान पुगेको छैन । ....... क्याबिनेटमा गृहमन्त्री, प्रधानमन्त्री र विमलेन्द्र निधिको छुट्टाछुट्टै गुट छ भन्ने सुनिन्छ ....... क्याबिनेट यति धेरै फर्मल हुन्छ कि दुई घन्टामा ४० वटा निर्णय गर्न सकिन्छ । सम्बन्धित मन्त्रालयले आफ्ना सरोकारका एजेन्डा लैजान्छन्, मुख्यसचिवले निर्णय हुनुपर्ने व्यहोरा पढेर सुनाएपछि सामान्यतः अरु मन्त्रालयले बोल्ने र विरोध गर्ने चलन हुँदैन । ....... गृहमन्त्रीले यसबारे किन छलफल नगरेको भनेर प्रश्न उठाउँदा प्रधानमन्त्रीले भन्नुभो, ‘तपाईंसँग फोनमा त कुरा गरेँ नि मैले ।’ ....... पछि अर्थमन्त्रीले ठीकै हो बहस गर्न पाएको भए राम्रो हुन्थ्यो तर पनि नराम्रो कुरा आएको छैन भनेपछि बैठक अगाडि बढ्यो । ........ संविधान भदौभित्र आउने प्रक्रियामा अगाडि बढिरहेको छ । ..... यो आन्दोलन एमाओवादीले सुरु गरेको जातीय आन्दोलनको बाछिटाजस्तो पनि लाग्दै छ । ...... तर, अहिले प्रस्ताव गरिएको मधेसमा पहाडलाई छुट्याएर जानकी मन्दिरको प्रसाद हामी मात्रै खाने भन्ने चर्चा पनि चलेको छ । यसरी जता काफल पाक्यो त्यतै चरी नाच्यो भन्ने ढंगबाट गएमा कसरी हुन्छ ? तर मधेसवादी दलहरूले संघीयताबारे उठाएका जायज कुरामा लचिलो भएर जाने गरी अरु तीन दल सहमत भएपछि संविधान नै रोक्नुपर्छ जस्तो मलाई लाग्दैन । मधेसकेन्द्रित दलहरू समाप्तिको बाटोमा गइरहेका बेला यो आन्दोलन निहुँ खोज्ने बाटो बनेको छ । आन्दोलनलाई मलजल गर्न सकेमा सुकेको बिरुवामा पात पलाउँछ कि भन्ने मात्रै हो । सरकार भनेको जायज कुराका लागि अलिअलि बल प्रयोग गर्ने निकाय पनि हो । त्यसै भएर अपराधी र अराजक गतिविधि गर्नेलाई बल प्रयोगमार्फत तह लगाएर भए पनि संविधान निर्माण गर्नुपर्छ । ....... अब बन्ने सरकार संयुक्त वा राष्ट्रिय सरकार बन्नुपर्छ, त्यसमा सम्भव भएसम्म धेरै दलहरू समेटिनुपर्छ भन्ने एमालेको धारणा हो । ....... सत्ताको नेतृत्वको जुन कुरा छ, त्यसमा स्वाभाविक रुपमा एमालेले नेतृत्व गर्नुपर्छ । किनभने समकालीन नेताहरूमा पनि प्रचण्ड, बाबुराम एकातिर, सुशील, शेरबहादुर एकातिर र नेपाल, खनाल प्रधानमन्त्री भइसकेकाले एकातिर बस्ने गर्छन् । कस्तो अप्ठेरो हुनथालेको छ भने, समकालीन पूर्वप्रधानमन्त्रीहरू एउटा लाइनमा बस्ने तर केपी ओली छुट्टै बस्दा नसुहाएको जस्तो देखिएको छ । त्यसैले केपी कमरेडकै नेतृत्व ...... दरबार हत्याकाण्ड, शाही शासन र मधेस आन्दोलनका नाममा भएको मधेसी र पहाडीलाई लडाउने इतिहास पनि व्यहोर्यौं । ...... मन्त्री भएपछि मलाई तपाईं यु टर्न हुनुभो, राम्रो गर्नुभो भन्न थाले । तर, म यु टर्न भएको थिइनँ, मप्रति हेर्ने हिजोको दृष्टिकोण युटर्न भएको थियो ।
चार दल बैठकः असहमति समेट्न संशोधनको सहमति
सात प्रदेशको सीमांकनको विपक्षमा देखिएका असन्तुष्टि सम्बोधन गर्ने गरी संविधानको विधेयक संशोधनका लागि अर्को समझदारी गर्न प्रमुख चार दलका नेताहरु सहमत भएका छन् । ...... प्रधानमन्त्री निवास वालुवाटारमा बिहीबार बसेको कांग्रेस, एमाले, एमाओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेताहरुको बैठक विवादित विषयलाई सम्भव हुने सम्म सम्बोधन गर्ने अर्को समझदारी र त्यसका आधारमा संविधानको विधेयकमा संशोधन गर्न अर्को समझदारी र त्यसका आधारमा संविधानका विधेकमा संशोधन गर्न सहमत भएका हुन् । आन्दोलनकारी शक्तिहरुसँग वार्ता गरेर शनिबारसम्म निष्कर्षमा पुग्ने सहमति नेताहरुले गरेका छन् । ..... थारु, मधेसी र जनजाति समुदायले उठाएका मुद्दालाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा टोली बनाएर बुँदागत रुपमा केलाउन जिम्मेवारी दिने निष्कर्षमा नेताहरु पुगेका छन् । स्रोतका अनुसार बैठकको समापनमा एमाओवादी अध्यक्ष प्रचण्डले भने,‘बुँदागत रुपमा विषयलाई छुट्याऊँ र ठोस प्रस्ताव तयार गर्न जिम्मा दिऊँ ।’ ..... फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले बैठकमा सरकारले वार्ताको लागि वातावरण नै नबनाएको आरोप लगाए ।
सशस्त्रका आईजीपीले बनाए एक करोड पचास लाखको नक्कली विल
सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले सञ्चार सेट किनेको बहानामा नक्कली विल भर्पाई बनाएर भ्रष्टाचार गरेको आरोप लागेको छ । संसद्को सार्वजनिक लेखा समितिमा कांग्रेस सभासद् रामहरि खतिवडाले यस्तो कुरा उठाएका हुन् । ‘२०७० सालको चुनाव पछाडि १ करोड ५० लाख सञ्चार सेट किन्ने भनेर टेण्डर आह्वान गर्नुभयो । सामान किन्नुभएन, तर भुक्तानी लिनुभएछ ।’ उनले भने, ‘यो विषय लेखा समितिमा प्रवेश गराई छलफल हुनुपर्छ ।’

मधेसी मोर्चा को नेतृत्व को कुरा

अहिले त मधेसी मोर्चा फैलिएर संघीय गठबंधन भैसक्यो। त्यसको नेतृत्व मा को छ? कि मान न मान मैं तेरा मेहमान पहिला को मधेसी मोर्चा मा थियो नि, कसैले उसलाई मधेसी मोर्चा को नेता बनाएको छैन गच्छेदार आफै सबै ठाउँ मा मधेसी मोर्चा को प्रतिनिधित्व गरेको भन्दै पुगेको हुन्थ्यो।

नेतृत्व लोकतान्त्रिक तरिका ले हुन्छ। तर बिना नेतृत्व को मोर्चा हुँदैन। नेतृत्व त चाहिन्छ।

संघीय गठबंधन को नेतृत्व को सबै भन्दा लोकतान्त्रिक तरिका सबै सदस्य पार्टी हरु को केंद्रीय संसद मा रहेका सांसद हरु समेटेर निर्वाचक मंडल बनाउने अनि त्यहाँ ५०% भन्दा बढ़ी मत बटुल्ने सांसद संघीय गठबंधन को नेता बन्ने भन्ने हुनु पर्छ। प्रतिनिधि सभा को म्याद सम्म।

अनि वास्तव मा ठोस संघीय गठबंधन बनाउने हो भने केंद्र, प्रदेश र स्थानीय सबै तहमा एक पद एक उम्मेदवार को अवधारणा मा जानु पर्ने हुन्छ।

यी दुई कुरा नगर्ने हो भने संघीय गठबंधन देशको राजनीति मा एउटा fringe element भएर रहन्छ।

फेरि थ्रेसहोल्ड को कुरा आई राखेको छ। संघीय गठबंधन का पार्टी हरुले एकीकरण को बारेमा सोँच्न बाध्य हुनुपर्ने छ।

अझ नंबर एक कुरा त हो राजनीतिक प्रोग्राम को। सीमांकन र नामांकन मा संघीय गठबंधन को देशव्यापी साझा अवधारणा के? Common Minimum Program के हो?

अहिले मधेसी नेता हरु ले आफु आफु बीच झगड़ा गरेर क्रांति को उत्कर्ष को संभावना लाई एक कदम तल ल्याएका छन। क्रांतिकारी सत्ता परिवर्तन को संभावना यस झगड़ा ले समाप्त पारेको छ। अब मधेसी दल ले आंदोलन गर्ने, काँग्रेस ले संसोधन गर्ने र जस लिने हुन्छ।

बिना संगठनात्मक स्ट्रक्चर, बिना नेतृत्व, बिना राजनीतिक कार्यक्रम को पनि गठबंधन हुन्छ?



मधेसी मोर्चा ले एकता प्रदर्शन गर्नै पर्छ

नेपाली काँग्रेस भित्रै तख्तापलट?

देश मा मधेसी र जनजाति एक ठाउँ आए देशको राजनीति मा एक पीढ़ि का लागि तख्तापलट हुन्छ। जुन कि संघीय गठबंधन को अवधारणा हो। तर काँग्रेस भित्र मधेसी एक ठाउँ आए, बगावत को भाषा बोल्दै। अब त्यसै पार्टी भित्र का जनजाति पनि जातीय पहिचान का राज्य को पक्ष मा उभिएका छन। नेपाली काँग्रेस भित्रै तख्तापलट? एमाले त लोकतान्त्रिक पार्टी नै होइन। लोकतान्त्रिक पार्टी मा कसैले कसैलाई "आदेश" जारी गर्दैन।

नेपाली काँग्रेस भित्र मधेसी ६० र जनजाति ४०-५० सभासद देखियो। उनी हरु एक ठाउँ आए बहुमत देखियो काँग्रेस संसदीय दल भित्र। तर मानसिक दासता कस्तो भन्दा बयल लाई नाकमा धागो पसाएर जता जता डोर्यायो बयल त्यतै जाने गर्दा रहेछन् काँग्रेस भित्र का तीन चार जना बाहुन हरुले। अझ त्यस ६० + ४० मा दलित र महिला थप्न बाँकी नै छ। हरे मानसिक दासता

काँग्रेस संसदीय दल भित्र दमजम को यस्तो स्पष्ट बहुमत हुँदा हुँदै पनि दमजम सड़क मा जानु नै किन परेको? सभासद लाई जनता ले सिंह दरबार को कैंटीन मा चिया खान पठाएको हो? 

दमजम एक ठाउँ मा आउनु, बगावत गर्नु, पार्टी को नेतृत्व कब्ज़ा गर्नु। छैन। 



न्यायाधीशहरुले तराई छाडे
धनुषा, रौटहट र महोत्तरी जिल्लाका १२ जना न्यायाधीशहरुले तराईमा बस्न नसक्ने भएपछि सर्वोच्च अदालतको सम्पर्कमा रहने गरी आफूहरुलाई राख्न बिहीबार प्रधानन्यायाधीश समक्ष निवेदन दिएका छन् ।
काँग्रेसका जनजाति सभासदले नौ बुँदे शंसोधन दर्ता गर्ने
नरेन्द्र विक्रम नेम्वाङ, रत्न शेरचन, सूर्यमान गुरुङ, दिलमान पाख्रिन ..... संशोधन प्रस्तावमा राज्यको सबै अंग, संरचना र तहहरुमा आदिवासी जनजाति समुदायको जातीय जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व तथा सहभागिताको अधिकारलाई सुनिश्चित गर्नुपर्ने,

जातीय जनसंख्याको आधारमा संघ निर्माण गरिनुपर्ने

, आदिवासी जनजाति संवैधानिक आयोगको ब्यवस्था सुनिश्चित गरिनुपर्ने, धर्म निरपेक्षतालाई यथावत राखिनुपर्ने
कैलालीका थारूले प्रशासनलाई नागरिकता फिर्ता गर्ने
एनेकपा माओवादी कैलाली सचिव तथा पूर्व सभासद कृष्ण कुमार चौधरी ‘कुन्दन’ थरुहट/थारुवान आन्दोलनको हालसम्म कुनै सुनुवाई नभएको भन्दै राज्यलाई दवाब दिने उदश्यले नागरिकताको प्रमाणपत्र बुझाउँने र विरोध सभा आयोजना गर्न लागेको जानकारी दिए। ..... उनले भदौ २० गते कैलाली क्षेत्र न–४ बाट ५ हजार नागरिकताको प्रमाण पत्र बुझाउँने बताए। सदियौदेखि थारूहरुलाई गैरनेपालीको रुपमा राज्यले व्यवहार गरिरहेको आरोप लगाउँदै पूर्व सभासद चौधरीले पहिलो चरणमा क्षेत्रगत रुपमा बुझाउँने र मागको सुनुवाई नभए जिल्लाव्यापी रुपमा नागरिकता बुझाउँने कार्यक्रम रहेको पनि जनाए। गाविसमा रहेका गाविस सचिवहरुलाई जिल्ला पठाउने, राज्यलाई कुनै पनि किसिमको कर नतिर्ने लगायतका कार्यक्रमहरु र्ग्न लागेको बताईएको छ। ..... भदौ २१ आयोजना गर्ने क्षेत्रिय स्तरको विरोध सभामा करिब १० हजार जनमास उतार्ने आयोजकले जानकारी दिएको छ।
झापा, मोरङ, सुनसरीलाई प्रदेश १ बाट टुक्र्याए आगो बल्छ : कुमार लिंदेन
‘अरूण पूर्वका ९ जिल्लाको लिम्बुवान बन्नुपर्छ भन्ने हाम्रो माग हो, तर अन्य केही क्षेत्र थपियो। अहिलेको सीमांकनले भने ऐतिहासिक लिम्बुवानको भूगोल टुक्र्याएन जुन सकारात्मक छ,’ सेतोपाटीसँग कुरा गर्दै लिङ्देनले भने – ‘हाम्रा अरु मागहरु भने यथावत छन्। यसकारण हामी आन्दोलनमा छौं।’ ..... धर्म निरपेक्षता, पूर्ण समानुपातिक प्रणाली, आदवासी जनजातीका अधिकार र थ्रेसहोल्डको खारेजी ..... मधेसवादी दल पनि पूर्वीनेपाल मधेसमा पर्नुपर्छ भनेर आन्दोलित छन्। ...... ‘विवाद हुन सक्छ। त्यसैले राज्यले सीमांकनका लागि राजनीतिक गोलमेच आयोजना गरोस् भन्ने चाहन्छौं। पश्चिम नेपालमा गोलमेच छलफल नभएका कारणले दुर्घटना भएको हो’ ..... ‘हाम्रो पार्टीमा आधाभन्दा बढी गैर-लिम्बुहरु छन्। सबै मिलेर हाम्रो पार्टी बनेको हो।’ ..... अहिले पूर्वी नेपालमा मधेसवादी दलले गरेको आन्दोलनको प्रभाव न्यून रहनु पनि झापा, मोरंङ, सुनसरी प्रस्तावित प्रदेश १ मा नै जनता रहन चाहन्छन् भन्ने प्रमाण भएको लिङ्देनको दाबी छ। ‘झापा, मोरङ, सुनसरी कता पर्ने भनेर पूर्वी नेपालका जनतालाई सोधौं।
प्रदेशको सीमांकन परिवर्तन गर्न कांग्रेसका मधेसी सभासद्को माग
तराई/ मधेसबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका ४३ जना सभासद्ले संविधानको मस्यौदामा प्रस्तावित संघीयताको सीमांकन संशोधन गर्न माग राख्दै प्रधानमन्त्री तथा पार्टी सभापति सुशील कोइरालालाई शुक्रबार ज्ञापन पत्र बुझाएका छन्। .......

कांग्रेस महासमितिको निर्णय अनुसार तराई/मधेसमा तीन प्रदेश हुनुपर्ने

माग राख्दै उनीहरुले ज्ञापन पत्र बुझाएका हुन्। ‘महाधिवेशनको निर्णयअनुसार मधेसी जनताको अधिकार समेट्न पार्टी संसदीय दलको नेतासमक्ष हामीले प्रस्ताव बुझाएका छौं' पार्टी नेता फर्मुल्लाह मन्सुरले भने ‘नेपाली कांग्रेसको राजनीति तराईमा आधारित भएकाले अन्य दलसँग छलफल गर्दै सहमतिमा पुगियोस् भन्ने हाम्रो माग हो।' ...... उनले आफूहरुले पार्टी निर्देशनलाई उल्लंघन नगर्ने बताए। उनले भने– पार्टी निर्देशन अनुसार नै संविधानसभामा अगाडि बढ्न मधेसबाट प्रतिनिधित्व गर्ने सभासद्हरु एक छौं।