Thursday, August 05, 2021

उपेन्द्र गच्छेदार?

न्युनतम कार्यक्रम (Common Minimum Program) मा संविधान संसोधन को स मात्र देखियो। यो कागजी पुलाव हो कि कामधाम पनि हुन्छ? यो पनि १६ बुँदे हो, उपेन्द्र संस्करण। 

संविधान संसोधन नगर्ने केही तरिका हरु जुन कि नेपाल मा खोजिएका छन। एक हो गर्ने गर्ने भन्ने तर विषयवस्तु मा प्रवेश नगर्ने। संविधान संसोधन त गर्ने हो नि भंदिने तर धारा उपधारा सम्म कुरा जान नदिने। अर्को हो यति धेरै स्पष्ट भइदिने कि ओली लाई विरोध गर्न आमंत्रण गरे जस्तो। अर्थात फेल हुने निश्चित हुने गरी प्रयास गर्ने। अर्थात इमान को कमी। 

केही हप्ता अगाडि प्रचंड को एउटा अन्तरवार्ता आएको थियो। १२ बुँदे बारे पनि गर्व गरेको, १६ बुँदे बारे पनि गर्व गरेको। अर्थात क्रांति गर्ने पनि उही, प्रतिक्रांति गर्ने पनि उही। राजा मास्ने पनि उही, राजा मिस गर्ने पनि उही। अनि त्यस्ता को झोला बोकेर उँभो लाग्छ त कोही? 

महंथ लाई एकला एक्लै थर्काएर महंथ लाई प्रम नबनाए जसपा तटस्थ बस्ने वक्तव्य निकालेको देउबा रिझाउन। महंथ त प्रम बन्ने कुरा गर्छ, म त गर्दिन भने पछि देउबा रिझिने भएन? 

यो न्युनतम कार्यक्रम जसपा को संसदीय दल मा अब उपेंद्र यादव अल्पमत मा पर्ने खेल शुरू भएको हो। मंत्री पद पड्काउनु एक मात्र एजेंडा हो भने आंदोलन को समय मा भन्नुपर्छ, चुनाव को समय मा भन्नुपर्छ। अब उपेंद्र गुट मा सात जना, महंथ राजेंद्र गुट मा २५ जना। पिच्चीस। (जसपा का सात मध्ये दुई मंत्रालय महंथ राजेंद्र गुट लाई दिनुपर्छ उपेंद्र जी ले)

जसपा चार खाने चित भइसक्यो। इन्धन अब केही बाँकी रहेन। मधेस आंदोलन को वेदानन्द झा पहिलो संस्करण जो कि गुगल जस्तै एउटा क्रिया (verb) बने। दोस्रो संस्करण गजेंद्र नारायण सिंह। तेस्रो संस्करण फोरम र उपेंद्र। चौथो सीके राउत को जनमत पार्टी। तेस्रो संस्करण को पटाक्षेप भए जस्तो छ। प्रचंड को संगत नगर्नु, बाबुराम को संगत नगर्नु त्यसै भनिएको होइन। 

संविधान संसोधन चार दलीय प्रयास बाट मात्र संभव छ। संविधान संसोधन को प्रमुख आवाज जसपा ले चरम एकता र चरम अनुशासन देखाउनुपर्छ। त्यसो हो भने संविधान संसोधन संभव छ। सम्पुर्ण होइन अहिले सीमित संसोधन गर्नुपर्छ। ११ प्रदेश को नक्शा को प्रयास अहिले गर्नु मुनासिब हुँदैन। तर नागरिकता समस्या समाधान। राष्ट्रिय सभा मा प्रत्येक प्रदेश को जनसंख्या समानुपातिक प्रतिनिधित्व। तराई का २२ जिल्ला मा थप ३०० स्थानीय निकाय। प्रतिनिधि सभा मा ५१% सीट। प्रदेश सरकार लाई थप शक्ति र अधिकार। आफ्नो प्रहरी। आफ्नो लोकसेवा आयोग। 

जसपा का दुई गुट एक ठाउँ आउनु ले ओली लाई संविधान संसोधन मा सहभागी हुन मार्गप्रशस्त गर्छ। (महंथ राजेंद्र का लागि सही रणनीति: पार्टी भित्र बसेर संघर्ष गर्ने) जसपा का दुई उप प्रम उपेंद्र र राजेंद्र हुनु ले देउबा सरकार लाई पंगु सरकार हुन बाट बचाउँछ। उपेंद्र यादव लाई फेरि संसदीय दलमा अल्पमत मा पर्न बाट बचाउँछ। 






पार्टी एकताको पक्षमा उभिन उपेन्द्र यादवको आह्वान अध्यक्ष यादवले बिहीबार विज्ञप्ति जारी गर्दै पार्टीको पक्षमा रहन र एकतालाई मजबुत बनाउन आह्वान गरेका हुन् ।उनले महन्थ ठाकुर पक्षमा लागेका नेता कार्यकर्तातर्फ संकेत गर्दै भनेका छन्, ‘आधिकारिकता सम्बन्धी निर्णय हुनुपूर्व कुनै कारणले अलग भएका वा अन्यत्र अलमलमा परेका सम्पूर्ण साथीहरुलाई कतै अलमलमा नपरी बिना हिचकिचाहट जनता समाजवादी पार्टी नेपालमै पुनः फर्किएर अग्रगमन र वैकल्पिक शक्ति निर्माणको अभियानमा साथसाथै अघि बढ्न अपील गरिन्छ ।’



नयाँ दल गठनको अभ्यासमा ठाकुर स्रोतका अनुसार जिल्लामा समन्वय र बैठक गर्न मोटो रकम ठाकुर समुहले खर्चिरहेको छ ।महँगा होटेलहरुमा बैठक र ठाकुर– भण्डारीलाई विमानस्थलमा स्वागत गर्न भीड जुटाउन आवश्यकता भन्दा बढी रकम उपलब्ध गराइएको स्रोतले जनाएका छन् । पूर्व राजपाको धनुषामा रहेका चार दर्जन बढी केन्द्रिय सदस्य मध्ये तीन दर्जन बढीको बैठकमा सहभागिता रहेको प्रदेश सभासदस्य परमेश्वर साहले बताए ।‘जसपाको आधिकारिकता सम्बन्धी निर्वाचन आयोगको फैसला गलत रहेकाले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरिएकोछ’उनले भने, अदालतको फैसला नआए सम्म हामीपनि जसपा नै छौ । ‘पार्टीको आधिकारिकता जसपाका अध्यक्ष उपेन्द्र यादव समुहलाई दिएपनि महन्थ ठाकुरलाई अध्यक्षबाट हटाइएको छैन्’ साहले भने ........ स्रोतका अनुसार ठाकुरले बैठकबाट दल गठन गर्न सक्ने शक्तिको अनुमान गर्ने छन् ।उनीहरुले महोत्तरी जिल्लामा शुक्रवार बृहत्त बैठक बोलाएका छन् ।जसपाको अध्यक्ष कै रुपमा ठाकुरलाई प्रचार गरिएको छ ।बैठकमा पूर्व राजपालाई बोलाएपनि ठाकुरलाई जसपाको अध्यक्ष र सिंहलाई नेताको रुपमा प्रचार गरिदैछ । तर राजपाका पूर्व अध्यक्ष एवं हाल जसपाका महोत्तरी जिल्ला अध्यक्ष रहेका नागेन्द्र यादवले जसपाको जिल्लामा कुनै भेला आयोजना नभएको बताएका छन् । ...... यादव समुहले कार्वाही नगरे सम्म जसपामै रहेर अर्को दल गठनको तयारी गर्ने रणनीति ठाकुर समुहले बनाएको छ ।जसपा छाड् दा सांसद पद समेत खारेज हुने भएकाले जसपामै रहेर अलगै अभियान चलाउने रणनीति अनुसार नै धनुषा र महोत्तरी जिल्लामा संगठनात्मक शक्तिको अनुमान गर्न भेला आयोजना गरिएको छ । सभासद साहका अनुसार भेलामा ठाकुरका अतिरिक्त सांसदद्वय राजेन्द्र महतो, शरतसिंह भण्डारी र प्रदेश सभासदस्य बाबुलाल साह रहने छन् । ...... पूर्व राजपाका दुई जना संयोजक महेन्द्र राय यादव र राजकिसोर यादव आधिकारिक समुहमा सकृय छन् ।उनीहरुको पूर्व राजपामा रहेको जिल्ला स्तरीय संगठन समेत आधिकारिक समुहमा विलय भइसकेको छ ।



ओलीको नीति उल्ट्याउँदै देउवा : यसरी हुँदैछ ‘कोर्ष करेक्सन’ संविधान संशोधनदेखि वायु सेवा निगमको सञ्चालनसम्म ..... साझा न्यूनतम कार्यक्रममा संविधान संशोधन ...... कार्यदलले झण्डै दुइ साता लगाएर तयार पारेको सरकार सञ्चालन सम्बन्धी साझा कार्यक्रम गठबन्धनका शीर्ष नेतालाई बुझाउने तयारी भइरहेको छ । कार्यदलले बुझाएको प्रतिवेदनलाई एक–दुई दिनमै गठबन्धनको बैठक बसेर अनुमोदन गर्ने तयारी छ । ...... ‘ओली नेतृत्वको सरकारले सार्वजनिक सुनुवाई छलेर गरेका नियुक्तिको पुनरावलोकन र संविधान संशोधनदेखि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने विषय सरकारको साझा कार्यक्रममा समावेश हुनेछन्’, गठबन्धनका एक शीर्ष नेताले रातोपाटीसँग भने, ‘यसलाई हामीले ओली सरकारबाट भएका गल्तीहरूको ‘कोर्ष करेक्सन’ भनेका छौं ।’ ...... संविधान संशोधनका लागि आयोग गठन गर्नेदेखि उच्चस्तरीय संयन्त्र बनाउने ....... –संविधान संशोधनका लागि उच्चस्तरीय सुझाव आयोग गठन गर्ने । –आगामी चुनावमा विदेशमा रहेका नेपालीहरुलाई पनि मतदाता बनाउने । –प्रत्यक्ष चुनावमा महिलालाई ३३ प्रतिशत सिटहरु आरक्षण छुट्याउने । ............ देउवा नेतृत्वको सरकारले जनतालाई तत्काल राहत प्रदान गर्नेदेखि संविधानप्रति असन्तुष्ट मधेसी, थारु लगायतको चित्त बुझाउन संविधान संशोधन गरेर अघि बढ्ने विषय आफ्नो कार्यक्रमको प्राथमिकता बनाउने भएको छ । ........ तराई मधेसमा आन्दोलनका बेला लगाइएका मुद्दाहरूको पुनरावलोकन गरी रेशम चौधरी लगायतका राजबन्दीहरुको रिहाई गर्ने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने पनि गठबन्धनमा सहमति जुटेको छ । ......... देशलाई अल्प विकसित राज्यको समूहबाट माथि उठाई विकसित देशको स्तरमा पु¥याउन, दीर्घकालीन विकास र समृद्धिका लागि रणनीति र मार्गचित्र निर्माण गर्न पार्टीहरूबीच साझा समझदारी बनाउन उच्च तहका राजनीतिज्ञ तथा विषय विज्ञहरु सम्मिलित एक स्थायी संयन्त्र निर्माण गर्न कार्यदलले प्रस्ताव गर्नेछ । ............ यसअघि ओली नेतृत्वको सरकारले नेताहरुका नाममा खोलेका प्रतिष्ठानलाई राज्यकोषबाट रकम दिने गरेकोमा अव उक्त व्यवस्था खारेज गर्ने कार्यदलले प्रस्ताव गरेको छ । यो प्रस्तावमा भने गठबन्धनभित्रै विवाद छ । ......... गठबन्धनभित्र पेचिलो विषयका रुपमा रहेको अमेरिकी आर्थिक सहयोग (एमसीसी ) बारे कसरी सहमति जुटाउने भन्ने छ । तर, गठबन्धनले तयार पारेको साझा कार्यक्रममा एमसीसीबारे मस्यौदा मौन छ । ..... हालको गठबन्धनमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी अघि बढाउनुपर्ने पक्षमा छन् । तर, सत्ता सहयात्री माओवादी केन्द्र भने संशोधन नगरी एमसीसी सम्झौता अघि बढाउन नहुने पक्षमा छ ।

अलग भएकाहरुलाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान  ‘पार्टीका सम्पूर्ण साथीहरुलाई कतै अलमलमा नपरी बिना हिचकिचाहट जसपामा नै पुनः फर्किएर अग्रगमन र वैकल्पिक शक्ति निर्माणको महान अभियानमा साथसाथै अगाडि बढ्नु हुन हार्दिक अपिल गरिन्छ ।’

No comments: