Monday, March 08, 2021

जनमत पार्टी: क्षितिज मा देखिएको लाली



नेपालमा सच्चा संघीयता आइनसकेको ले, सत्ता अझै पनि सिंह दरबार मा नै सीमित रहेको ले, तर प्रदेश सरकार लाई (अझ प्रमुख रूप ले दुई नंबर प्रदेश) साइज मा राख्न स्थानीय सरकार लाई तुलनात्मक सशक्त बनाउने काम गरिएकोले अब एक वर्षमा हुने स्थानीय निर्वाचन सीके राउत को जनमत पार्टी का लागि ठुलो महत्वको छ। जसपा प्रति जपा आक्रामक हुनुको कारण शायद यो हो कि दुई नम्बर प्रदेश नै जपा को दिल्ली हो। स्थानीय चुनावमा राम्रो नतिजा ल्याएर, एक वर्ष राम्रो काम गरेर, अनि संसदीय चुनावमा काम गरेको आधारमा भोट माग्ने बाटो खुल्न सक्छ। 

समय बलवान हुन्छ। २०४५ सलमा जो सुकै राजनीतिक संगठन ले समात्न सक्ने मुद्दा भनेको बहुदल नै थियो। आज का मितिमा त्यस्तो स्पष्ट मुद्दा शायद भ्रष्टाचारको मुद्दा हो। प्रत्येक गाउँपालिका र नगरपालिका मा गएर तपाइँको बजट यति हो वर्षको, त्यसको हिसाबकिताब तपाईंलाई कसैले दियो कि दिएन, दिएन भने किन दिएन, हामी दिन्छौं, र हामी यो यो काम गरेर देखाउँछौं भन्न सकेको खण्डमा शायद मुद्दा ले जड़ो गाड़दो हो। केंद्र सरकार ले गर्ने भ्रष्टाचार आम मतदाता का लागि अलि बढ़ी नै एब्स्ट्रैक्ट भइदिने गरेको छ। 

तर जनमत पार्टी को लक्ष्य स्थानीय र प्रदेश सरकार हुन सक्दैन। प्रमुख लक्ष्य त केंद्र नै हो किनभने सत्ता प्रमुख रूपले अहिले पनि त्यहीँ छ। 

एमाले, माओवादी, कांग्रेस प्रत्येक २५ लाख भोट ल्याउने हुन र जसपा ले १० लाख हो भने जपा को पोल्टोमा १५ लाख मात्र पर्ने भो। त्यतिले देश हल्लाउन सकिँदैन। जपा ले देश हल्लाउन आफैले २० लाख उपर भोट ल्याउन पर्ने हुन्छ। त्यसका लागि चार वटै पार्टी लाई भ्रष्टाचारको मुद्दा मा फ्रंटल अटैक (frontal attack) दिनुपर्ने हुन्छ। जसपा त सानो माछा हो। 

भने पछि हॉप, स्टेप, जम्प। स्थानीय चुनाव लड्ने, एक वर्ष स्थानीय तहमा एक दम राम्रो काम गर्ने, त्यसका आधारमा केंद्रीय संसदको चुनावमा चुनावलाई जनआंदोलन बनाएर (भ्रष्टाचारको मुद्दा मा) स्वीप दिने। भ्रष्टाचार र आर्थिक विकास को मुद्दा द्वारा संचय गरेको केही शक्ति मधेसका लागि संविधान संसोधन गर्न मा खर्चिने। 

विवेकशील साझा पनि राष्ट्रिय पार्टी बन्न सकेको खण्डमा जनमत लाई फ़ायदा नै हुन्छ। पहाडमा नेका, एमाले, माओवादी को भोट काटने त एउटा चाहियो। 



No comments: