Friday, March 12, 2021

राजेन्द्र महतो र भद्र सहमति

सपा राजपा एकीकरण गर्दा महन्थ र उपेन्द्र दुई अध्यक्ष, बाबुराम संघीय परिषद अध्यक्ष (र बाबुराम जी ले राम्रो काम गरेका छन ... आज पहाडका थुप्रै जिल्लामा जसपाका सम्मानजनक जिल्ला समिति छन), अशोक वरिष्ठ नेता र उपाध्यक्ष, र राजेन्द्र महतो संसदीय दलको नेता भन्ने भद्र सहमति भएथ्यो भन्ने आएको छ। त्यो यदि सही हो भने कार्यान्वयन गर्नुपर्यो। 

जसपा भित्र व्यक्तिगत चिनजानका बिभिन्न छन। तर को कुन पदमा पुग्नुपर्यो भन्ने बहसमा म पर्दिन। आतंरिक लोकतन्त्रका आधारमा निर्णय गर्नुस मात्र भन्छु। राजेन्द्र महतो लाई संसदीय दलको नेता बनाउने भद्र सहमति भएको हो भने त्यो लागु गर्ने बेला आइसक्यो। केमिस्ट्री का आधारमा अहिले को अवस्थामा उपयुक्त व्यक्ति पनि हो। अहिले चौथो ठुलो दल ले प्रधान मंत्री खानुपर्ने अवस्था आएको छ। महंथ जी र उपेंद्र जी मा त्यो किसिमको अग्रेशन नै छैन जुन कि राजेन्द्र जी मा छ। धक्का दिँदै दिँदै बोर्डर सम्म त पुर्याइस तर अब योभन्दा उता जान्न भन्ने अडाण लिएको मान्छे। जति बेला मधेसी अधिकार को म मात्र उच्चारण गर्दा सुन्ने जति मधेसी हरु नै भाग्थे र त्यो पनि बहुदल आइसकेपछि को अवस्थामा राजेन्द्रजी त्यति बेला देखि संघर्षरत हुनुहुन्छ। जनकपुरको सांसद पनि हो। राजधानी। आजको होइन सात हजार वर्ष पहिलाको राजधानी। 

समय खेर फाल्न हुँदैन। क्षण क्षण मा परिवेश बदलिरहेको अवस्था छ। यस्तो मा एक जना लाई संसद दलको नेता चुनेर यस यस किसिमको मैंडेट अनुसार सके आफ्नो नेतृत्वमा सरकार बनाउ भन्दै संसदीय दल ले टीका लगाएर एक जना लाई यता उता कुदाउनु पर्ने अवस्था छ। कुरा कुरामा संसद दलको बैठक डाक्नुपर्ने हो भने ट्रेन छुट्छ। पहले आप पहले आप गर्नु हुँदैन। 




No comments: