Monday, March 15, 2021

ओली को जसपा फुटाउने प्रयास: माफिया सोंच

एउटा पुर्व प्रहरी प्रमुख सुद्धा लाई प्रयोग गरेर (त्यो पनि अख्तियार मा नियुक्ति दिन्छु भन्ने लोभ देखाएर) जसपा को एक जना सांसद लाई अपहरण शैलीमा जनकपुर बाट काठमाण्डु ल्याएको याद ताजै छ। संविधान मिचेर संसद विगठन को सिफारिस गरेको भर्खर हो। अहिले एमाले को विधान मिच्न मा व्यस्त। मधेसी क्रांति का विलेन। जुन प्रधान मंत्री पद का लागि नै एक वर्ष देखि यत्रो उठापटक गर्दै आएका छन त्यो पद त्यो पनि जसपा लाई ऑफर गर्लान भनेर सोच्नु नै गलती हो। 



जसपा का नेता हरुले अरु पार्टी सँग गफ गर्नुभन्दा पहिला आफु आफ़ुमा गफ गर्नुपर्छ। आफ्नो एकता कदम कदम मा प्रदर्शन गर्नुपर्छ। जसपा कुनै हालतमा फुट्नु हुँदैन। फुटाउने प्रयास यदि ओली ले गरेमा ओली सँग सबै वार्ता समाप्त गर्नुपर्छ। 

जस्तो सुकै गलत आश्वासन दिएर जसपा को समर्थन लिने अनि एक वर्ष का लागि ढुक्क हुने। एक पटक अविश्वासको प्रस्ताव असफल बनाए एक वर्ष ढुक्क। न कसैलाई रिहा गर्नुपर्यो, न कुनै मुद्दा फिरता, संविधान संसोधन त अझ कता हो कता। 
 
शिकारी आएगा, जाल बिछाएगा, तुम चुँगना मत। 

देउबा त्यही झुठा आश्वासन पनि दिन तैयार छैनन। ठाडै जसपा को माग पुरा गर्न सकिँदैन भन्दैछन। त्यस अवस्थामा जसपा सरकारमा शामेल हुने कुरा आउँदैन। 

जसपा को प्रधान मंत्री त कता हो कता, भएरहेको बल्लबल्ल एक भएको पार्टी नै पनि क्षतविक्षत हुने संभावना पो देखियो। 

एउटाले पार्टी क्षतविक्षत पार्ने, अर्कोले मुद्दा क्षतविक्षत पार्ने। बड़ा गारहो स्थिति छ। 


No comments: