Tuesday, March 23, 2021

पुनरावलोकन ले स्थिति नफेर्न सक्छ

सर्वोच्चको फैसलाविरुद्ध माओवादी केन्द्र पुनरावलोकनमा जाने




प्रचंड लाई ठुलो लोभ छ, एमाले र माओवादी को मिलन पछिको बिछोड़ फेरि मिलन भैजाओस भनेर। देउबा लाई ठुलो लोभ छ, तुरन्त चुनाव भैजाओस भनेर। अहिले पुनरावलोकन भएर एमाले र माओवादी एकीकरण हुन्छ भने राजनीति फेरि तख्तापलट हुन्छ। नेकपा ले एक्लै सरकार बनाउँछ। माधव नेपाल को टाउको दुखाइ को एक झंडु बाम पुनरावलोकन। 

तर पुनरावलोकन ले स्थिति नफेर्न सक्छ। यो एमाले माओवादी फुटाएको भारत  होइन। कानुनले के भन्छ? एउटै नामको दुई वटा पार्टी दर्ता गर्न पाइँदैन भन्ने कुरा भारत होइन नेपालको कानुनले भन्छ। नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) के दुई अलग अलग नाम हुन? के नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (एमाले) अथवा नेकपा (एमाले) तीन अलग अलग नाम हुन? 

अदालतले जाउ एकीकरण अघिको अवस्थामा जाउ पनि भनेको होइन। १५ दिन समय दिएको हो। एकीकरण नै गरेको हो भने १५ दिन भित्र नया नाम लिएर निर्वाचन आयोग जाउ भन्यो। गयेनन त। 

न भारतले फुटायो न सर्वोच्च अदालतले। आफै आफै छियाछिया भइसकेका थिए। त्यही भएर त १५ दिन भित्र नया नाम लिएर न गएका हुन नि त। 

यदि एकीकरण भएर नया नाममा दर्ता भएको हुँदै होइन भने त बिना दर्ता पार्टीगत गरेको काम को के लेखाजोखा हुनु? 

पुनरावलोकन ले स्थिति फेर्ने अवस्था म देख्दिन। नेताजी हरुले आफ्नो आंगको जुम्रा देख्नुपर्यो। 

एमाले पनि एक रहने अवस्थामा छैन। तर त्यो फरक विषय हो। केपी ओली शायद अध्यक्ष त अध्यक्ष तर राजा वीरेन्द्र जस्तो शायद संवैधानिक अध्यक्ष हुन एमाले को, पार्टी विधान भन्दा माथि। विधान मा नै नभएको शक्ति प्रयोग गरेर निर्णय पछि निर्णय लिँदै छन। विधान बदल्न जुन प्रक्रिया अपनाउनु पर्छ एमाले विधान अनुसार त्यो बाईपास गरेर विधान संसोधन गरेको घोषणा गर्नुभा छ। यसको छिनोफानो अब कसले गर्ने? अदालतले कि पार्टी महाधिवेसनले। पार्टी महाधिवेसनले पनि गर्ने अवस्था रहेन। अधिवेशन एकलौटी डाकिसके ओली ले। 

हातले भकुन्डो टिपेर मैदान मा कुदेको कुदै ओली जी त। 

देशको कानुन अनुसार कुनै पनि पार्टीले पाँच वर्ष भित्र महाधिवेशन गर्नुपर्छ। नसके बढीमा एक वर्ष थप पाउँछ। एमाले को त्यो छ वर्ष त गुजरियो। पार्टी को दर्ता आफसेआफ समाप्त भएर एमाले का १२० सांसद जति सबै स्वतंत्र भएको होइन र? 

अनि त पार्टी फुट्नै परेन। दुई समुह दुई तिर लागे भो। आफ्नो आफ्नो महाधिवेशन गरे भो। नया नामका दुई पार्टी दर्ता गरे भो। आखिर नाममा के छ? गुलाबको फुल माओवादी ले विगत दशकमा कति पटक नाम फेरयो मैले त गनेको पनि छैन। 



No comments: