मधेसी जनजाति क्रांति २०१५ र संघीय गठबंधन को नेतृत्व

यो मधेसी क्रांति ३ होइन, मधेसी जनजाति क्रांति २०१५ हो र यो संघीय गठबंधन को नेतृत्व मा शुरू भएको हो। तर संघीयता समावेशीता मुद्दा को समर्थन मा अरु पनि आउँछन् भने तिनलाई स्वागत छ।

अनिल झा हरुको एउटा अर्को गठबंधन छ। विजय गच्छेदार ले पनि भुतपूर्व फोरम वाला हरु तीन जनाको एउटा गठबंधन भर्खर बनाएका छन। ती तीन पार्टी संविधान सभा बाट राजीनामा दिएर सड़क मा आउँदा आन्दोलन लाई बल नै पुग्छ। त्यसको अर्को फाइदा के हुन्छ भने उपेन्द्र को फोरम र महंथ को तमलोपा माथि पनि प्रेशर पर्छ र समस्त क्रांति को दिशा नै फेरिन्छ। अहिले जुन बेतुक को माँग छ, कि वार्ता को वातावरण बनाउ, पुरानो सम्झौता लागु गर भन्ने, संघीय गठबंधन ले त्यसलाई revise गर्नु  पर्ने हुन्छ। त्यसलाई सुशील-बामे राजीनामा दे मा पुर्याउनु पर्ने हुन्छ।

संघीय गठबंधन ले अहिले सम्म औपचारिक नेतृत्व को निर्णय गरेको छैन। त्यो गर्नु पर्ने हुन्छ। र त्यो नितांत लोकतान्त्रिक अभ्यास हो। प्रचंड ले चार जना मध्ये महंथ लाई रोजेर उसँग गफ गर्ने हो भने संघीय गठबंधन को नेता महंथ हुने होइन। संघीय गठबंधन को सदस्य पार्टी हरुले मात्र निर्णय गर्न सक्छ त्यो कुरा। अथवा राजेंद्र ले संविधान सभा छोड्दैमा राजेंद्र संघीय गठबंधन को नेता भयो भन्ने होइन, यद्यपि त्यस कदमले क्रांति लाई गति दिन मदत गरेको चाहिँ हो, र राजेंद्र जी को पार्टी लाई ग्राउंड लेवल मा पक्कै पनि फाइदा भएको छ। र यदि संघीय गठबंधन को नेता महंथ होइन भने, राजेंद्र होइन भने बाँकी अरु को पो छ र भन्ने पनि होइन, आटोमेटिक उपेन्द्र नेता हुने होइन। यो कुनै राणा शासन होइन। राणा शासन काँग्रेस पार्टी मा हुन्छ, संघीय गठबंधन मा होइन। यादव थर भएर पनि कोही आटोमेटिक नेता बन्दैन। थर ले नेता बनने काँग्रेस पार्टी मा हो। मातृका पछि बीपी, बीपी पछि गिरिजा आउने, गिरिजा पछि सुशील, अरु तीन चार जना कोइराला लाइन मा छन।

संघीय गठबंधन पार्टी होइन गठबंधन हो। तर पनि यसलाई एउटा विधान चाहिएको छ। संघीय गठबंधन का केंद्र मा रहेका सांसद हरुको निर्वाचक मंडल बन्ने र त्यहाँ ५०% बढ़ी मत बटुल्ने व्यक्ति संघीय गठबंधन को राष्ट्रिय अध्यक्ष बन्ने त्यस प्रतिनिधि सभा को कार्यकाल सम्म का लागि भन्ने गर्नु पर्छ। प्रदेश स्तर मा पनि त्यस्तै गर्नु पर्छ। स्थानीय स्तर मा पनि त्यही। चुनाव जितने हरु को निर्वाचक मंडल गर्ने गर्नु पर्छ।

भने पछि अहिले नेता को? नितांत अंक गणित को कुरो हो। सांसद  हरु को संख्या को हिसाब ले राजेंद्र भन्दा महंथ दोब्बर ठुलो देखियो, महंथ भन्दा उपेन्द्र ५०% बढ़ी ठुलो। र त्यतिमा मधेसी मोर्चा बनेको हो। त्यस पछि चार पाँच जनजाति पार्टी त्यसमा थपेर त्यसलाई संघीय गठबंधन बनाउने काम फोरम कै नेता हरु को पहल मा भएको हो। त्यसैले अंक गणित भन्छ अहिले संघीय गठबंधन को नेता उपेन्द्र यादव हो। त्यो निर्णय मा पुग्नै पर्छ। त्यो निर्णय नगर्नु भनेको सरकार न ढल्नु हो। सरकार ढालने लक्ष्य नभएको पनि कुनै क्रांति हुन्छ? सुशील र केपी दुबै बिरामी, दुबै एसएलसी मा बैक लागेका मानिस, दुबै Anti-Madhesi. उपेन्द्र यादव गणित मा मास्टर्स  गरेको मान्छे। संघीय गठबंधन ले उपेन्द्र यादव लाई औपचारिक रुपले नै नेता मान्नु पर्छ। नेता नभएको पनि गठबंधन हुन्छ? उपेन्द्र यादव संघीय गठबंधन को नेता  होइन भने देशको अर्को प्रधान मंत्री केपी बाजे हो। तर त्यो मुख्य कुरा होइन। क्रांति कसै लाई प्रधान मंत्री बनाउन का लागि भएको होइन। स्पष्ट घोषित नेतृत्व छैन भने र सरकार ढालने स्पष्ट लक्ष्य छैन भने त्यो त क्रांति लाई नेतृत्व स्तर बाट विश्वासघात हो।

उपेन्द्र यादव को नेतृत्व शैली मा त्रुटि देखियो। यो पहिलो मधेसी क्रांति देखि नै देखिएको कुरा। "तानाशाही" भन्ने गरिन्छ। भनेको अरु हरु लाई कंसल्ट नगर्ने। एकोहोरो निर्णय गर्दिने। त्यसरी एकोहोरो निर्णय गर्दा निर्णय सही गरियो कि गलत गरियो भन्ने कुरा होइन। निर्णय सही नै छ भने पनि तर व्यापक छलफल गरिएको छैन भने त्यो अलोकतांत्रिक भयो र त्यस मानेमा गलत भयो। फेरि कंसल्ट गर्नु पर्ने ५० जना छैन। ५-१० जना मोबाइल फ़ोन भएका हरु, बराबर भेंट हुने हरु संग कंसल्ट नहुनु भनेको के?

उदहारण, भर्खरै भएको काठमाण्डु भ्रमण प्रकरण। कुनै गलत काम भएको छैन। तर प्रक्रियागत त्रुटि देखियो। चार नेता बीच before, during and after छलफल र briefing हुनु पर्थ्यो। उपेन्द्र यादव अंक गणित का हिसाब ले अहिले संघीय गठबंधन को नेता हो, त्यसलाई औपचारिक बनाइनु पर्छ, तर उपेन्द्र ले आफ्नो नेतृत्व शैली मा परिमार्जन ल्याउनु बड़ो जरुरी छ।

संघीय गठबंधन एउटा लोकतान्त्रिक गठबंधन भएको हुनाले त्यसको सदस्य संख्या बढ्न सक्छ, तर त्यो निर्णय अहिले गर्नु हुँदैन। क्रांति लाई distraction मात्र हुन्छ। क्रांति को सफल conclusion नभएसम्म अहिले संघीय गठबंधन लाई यथावत राखेको राम्रो। अरु पार्टी र गठबंधन हरु क्रान्ति मा सहभागी हुन चाहन्छन् भने यो त लोकतान्त्रिक देश हो। तिन लाई प्राविधिक कारन ले पनि कसैले रोक्न सक्दैन। आउ सड़कमा। जुलुस निकाल। स्वागत छ।

तर यस क्रांति को संखघोष गरेको संघीय गठबंधन ले हो र यस क्रांति को नेतृत्व संघीय गठबंधन सँग छ।

अनिल झा र बिजय गच्छेदार मात्र किन, म त प्रचंड-बाबुराम लाई पनि डाकिरहेको छु। सप्तरी को काँग्रेस या एमाले जिल्ला समिति ले बगावत गर्छ पार्टी भित्र र क्रांति मा आउँछ भने तिनलाई पनि स्वागत छ।



गच्छदारले आन्दोलन भाँड्न सक्ने उपेन्द्र यादवको शंका !
'मोर्चा फुटाउन आएका हुन् भने ठीक हुँदैन'
मधेशी र थारुको आन्दोलनलाई पेलेर जानु पर्छ : ओली

मधेशीको माग सम्बोधन नगरे छुट्टै प्रस्ताव दर्ता गराउछु भन्ने कांग्रेसी सभासद हरु कता हराए? अनि बिमलेन्द्र निधि को त मधेशी को पक्षमा बोलिदिने त राजनैतिक स्टंट भन्ने मात्र बुझियो त.

Posted by Subhash Chandra Shah on Saturday, September 5, 2015

Comments

Popular posts from this blog

फोरम र राजपा बीच एकीकरण: किन र कसरी?

नेपालभित्र समानता को संभावना देखिएन, मधेस अलग देश बन्छ अब

फोरम, राजपा र स्वराजी को एकीकरण मैं छ मधेसको उद्धार