Wednesday, July 08, 2015

बिमलेन्द्र निधि को कड़ा चेताबनी

बिमलेन्द्र निधि को कड़ा चेताबनी
सीमांकन बिनाको संबिधान अस्वीकार्य

21 अषाढ़ , काठमाडौं । सरकारका प्रभावशाली मन्त्री तथा कांग्रेस नेता बिमलेन्द्र निधीले प्रदेशहरुको सिमांकन गरेर मात्र संविधान जारी हुनुपर्ने भन्दै नामांकन बिनाको संविधान स्वीकार्य नहुने बताएका छन् । संविधानसभाको बैठकमा संविधानको प्रारम्भिक मस्यौदामाथि सोमवार छलफलमा भाग लिदै मन्त्री निधीले संविधान जारी गर्दा संघीयता सहितको हुनुपर्ने बताए । निधीले भने-प्रदेशको सिमांकन नगरि संविधान जारी गर्नु भनेको संघीयता बेगरको संविधान जारी गर्नु हो ।

निधीले ८ प्रदेशमा सहमति भइसकेकाले अब तत्कालै सिमांकन सम्बन्धी उच्चस्तरीय आयोग गठन गरी त्यसको प्रतिवेदन संविधानसभामै पेश हुनुपर्ने बताए । निधीले भने-तत्काल आयोग गठन गरेर त्यसको प्रतिवेदन संविधानसभामै पेश होस् र यहाँबाट पारित भएपछि मात्र संविधान जारी गर्नुपर्छ ।

कांग्रेस नेता निधीले सर्बोच्चको आदेशले संविधानको क्षेत्राधिकार हनन नगरेको बताए । उनले सर्बोच्च अदालतको आदेशको सम्मान गर्न पनि आग्रह गरे । निधीले नागरिकता सम्बन्धी अहिलेको प्राबधान स्वीकार्य नहुने पनि बताए ।

No comments: