Thursday, March 17, 2016

मधेसी मोर्चाले नगरी नहुने राजनीतिक गृह कार्य

जनता फेरि सड़कमा आउनुपर्यो भने आउँछ। शहीद हुनुपर्यो भने शहीद हुन्छ। जनताको तर्फ बाट कमी कमजोरी छैन। बिपक्षी लाई पनि दोष दिन मिल्दैन। विपक्षी ले जुन सुकै कदम चाले अथवा नचाले पनि आंदोलन सफल बनाउने रणनीति हुनपर्छ। भने पछि मधेसी मोर्चा को नेताहरूको काँध मा जिम्मेवारी आइपुग्छ। संसार को प्रत्येक प्रमुख शक्ति को परोक्ष र अपरोक्ष साथ पाएको मधेस आन्दोलनलाई गंतव्य मा पुर्याउने काम मधेसी मोर्चा को नेताहरू ले गर्न सक्नुपर्छ।




गलती कहाँ भएका छन?

सबैभन्दा ठुलो र पहिलो गलती त के हो भन्दा मधेसी मोर्चा त बल्लतल्ल बनेको छ तर त्यसको कोही एक जना अध्यक्ष अथवा संयोजक छैन। त्यो नहुनुको अर्थ के भन्दा अध्यक्ष चुन्ने एउटा जुन लोकतान्त्रिक परिपाटी छ त्यो मोर्चाले या त नबुझेको अथवा स्वीकार नगरे जस्तो देखियो।

अध्यक्ष चुन्ने लोकतान्त्रिक परिपाटी के? एउटा निर्वाचक मंडल हुन्छ। त्यस पछि पदका प्रत्याशी हुन्छन्। अनि या त सहमति हुन्छ या त चुनाव। अनि अध्यक्ष ले कसरी काम गर्ने भन्ने प्रक्रिया निर्धारण हुन्छ। प्रक्रिया भनेको सामुहिक नेतृत्व को राम्रो। जस्तो कि ११ बुँदे को निर्धारण सबै ले मिलेर गरेका हुन। कुनै एउटा घटक पार्टी को होइन त्यो।

तीन जना बीच एकले अर्कोलाई अध्यक्ष नमान्ने बड़ा कड़ा छ। त्यसले व्यापक घाटा भएको छ। राजेंद्र महतो लाई यस क्रांति को प्रमुख हीरो म भन्ने छ। महन्थलाई म उमेरले पनि निर्विवाद भन्ने छ, जात पनि फॉरवर्ड ब्लॉक। उपेन्द्र यादव लाई यादव पनि हो, पार्टी पनि सबैभन्दा ठुलो, जनजाति पनि समेटेको भन्ने छ।

अहिलेकै सामुहिक नेतृत्व मा हिडे आंदोलन सफल नहुने भनेको होइन। तर आंदोलन ले अखंड देश र अहिंसा लाई कुनै हालत मा नछोड्ने भने झैँ, यो सरकार र यो संविधान कुनै हालतमा ढल्नु हुँदैन भन्ने अडान लिए जस्तो देखिन्छ। यानि कि ओली सरकार नढलोस् भन्ने चिंता ओली लाई भन्दा मधेसी मोर्चा लाई बढ़ी छ। बोली मा त्यसो भनिएको छैन तर व्यवहारले त्यही देखाउँछ।

सकेसम्म संविधान संसोधन को बाटो अबलम्बन गर्ने होइन भने अंतरिम सरकार र अंतरिम संविधान तर्फ पाइला चालने किसिमको लचकताले बरु संविधान संसोधन को बाटो प्रशस्त गर्छ।

सामुहिक नेतृत्व 

  • अखंड देश 
  • अहिंसा 
  • संविधान 
  • सरकार 
यी चार नढालने। मोर्चा को अहिलेको रणनीति त्यस्तो देखिन्छ। पहिलो दुईटा त सराहनीय छ। तर पछिल्लो दुई सोंचेर, विचार पुर्याएर, छलफल गरेर भन्दा पनि by default निर्णय गरिएको हो। त्यसले कमजोरी देखाउँछ। तर अहिलेलाई यी चार बीचको परिधि मा बस्नुपर्ने देखिन्छ। 

मधेस आंदोलन ३, फेज ३ 

फेज २ सकिन लाग्यो। अब आंदोलन फेज ३ तर्फ जाँदैछ। फेज ३ को स्वरुप के हुने? जस्तो आंदोलन ६ महिना गर्दा केही भएन त्यस्तै आंदोलन एक महिना गर्दा के होला? कि यस पटक सात महिना गर्न विचार छ? पछिल्लो पटक समय नपुगेको हो? होइन होला। 

देशमा चुनाव नभएसम्म संविधान कार्यान्वयन हुँदैन। संविधान कार्यान्वयन गर्नु अगाडि संसोधन गर ११ बुँदे अनुसार भन्ने न हो? भने पछि चुनाव को कुनै छाँटकाँट कतै छैन। कुनै गाइगुई छैन। 

भने पछि अब जनता नथाकने सरकार थाक्ने, साढ़े तीन बाहुन दल ध्वस्त हुने किसिमले आंदोलन गर्ने कि? त्यसको रूप के हुन सक्छ? 

नाकाबंदी नसोच्ने। बंद हड़ताल नगर्ने। हप्तामा ६ दिन आर्थिक गतिविधि र एक दिन देशको प्रत्येक गाउँ प्रत्येक शहरमा जुलुस को कार्यक्रम। प्रत्येक वडा मा सभा र संगठन विस्तार। त्यसो गरे कसो होला? बरु जुलुस को समय देशव्यापी एउटै हुने। जुलुस को आरम्भ हुने ठाउँ, अन्त्य हुने ठाउँ, र जुलुस जाने बाटो पुर्व निर्धारित हुने र सार्वजनिक गर्ने र सुरक्षा निकाय सँग मुठभेड़ होइन बरु समन्वय गर्ने। लोकतंत्र मा व्यक्ति प्रति हिंसा गर्न नपाउने मात्र होइन सम्पत्तिको पनि रक्षा हुनुपर्छ। जुलुस मा निस्किने ले कुनै किसिमको तोड़फोड़ नगर्ने किसिमको कार्यकर्ता प्रशिक्षण दिने। पुलिस सँग जुध्ने होइन कि जुलुस लाई सुरक्षा प्रदान गर्न आउ भनेर प्रत्येक ठाउँ मा स्थानीय राजनीतिक नेतृत्वले स्थानीय प्रहरी नेतृत्व सँग समन्वय गर्ने। 

यो रूटीन मा हिड्ने हो भने आंदोलन ६ त के १२ महिना पनि गर्न सकिन्छ। आंदोलन जति लामो हुन्छ त्यति नै साढ़े तीन पहाड़ी दल को संगठन क्षय हुँदै जान्छ। साढ़े तीन बाहुन दल आत्तिने एक मात्र बाटो त्यो मात्र हो। जनता ले दुःख पाए छुँदैन तिनलाई। देश जाए भाँड में भन्ने छ। 


शब्द हरुको बौछार 

११ बुँदे के हो र किन? त्यस बारे तारंतार शब्द हरुको बौछार हरु आउनुपर्यो। शब्द प्रयोग मा व्यापक कंजुसी देखियो। एउटा एउटा शब्द आइरहेको हुन्छ। कहिले आंदोलन त कहिले नाकाबंदी त कहिले अधिकार त कहिले मान्दैनौं। सबैभन्दा बढ़ी मान्दैनौं भन्ने शब्द आइरहेको हुन्छ जब कि त्यो राजनीतिक शब्द नै होइन।

११ बुँदे के हो र किन भनेर तारंतार शब्द हरुको बौछार दिँदा उता बाट त्यसको विरुद्ध मा जे बोलिन्छ त्यसको तुरंत जवाफ फर्किने गर्नुपर्यो। यसलाई War Room Concept भनिन्छ। किनभने If you do not respond, people believe the lies.

विपक्षी को एउटा पनि कथन बिना जवाफ जानु हुँदैन।

संगठन 

राजेंद्र महतो को पार्टी को सदस्य संख्या कति हो? भन्न सक्नुपर्यो। त्यस्तै तमलोपा, फोरम। बरु प्रत्येक आइतवार त्यो संख्या सार्वजनिक गर्नुपर्यो। साढ़े तीन बाहुन दल आत्तिने यही एक मात्र उपाय हो।

मोर्चाबंदी 

यहाँ पनि व्यापक कमजोरी देखियो। यो त नस्लवादी आंदोलन होइन। बरु नस्लवाद विरोधी आंदोलन हो। यो त राजनीतिक मुद्दा मा आधारित आंदोलन हो। भने पछि ११ बुँदे मा गोलबंद हुन चाहने प्रत्येक शक्ति लाई एक ठाउँ ल्याउन सक्नुपर्यो। मोर्चा को नाम मधेसी मोर्चा कसरी हुन सक्छ। जनजाति पनि मधेसी हो? मोर्चा को नाम संघीय मोर्चा पो बनाउने कि? ११ बुँदे लाई स्वीकारे नया शक्ति सदस्य बन्न पाउने कि नपाउने? त्यो त प्रश्न नै होइन। ११ बुँदे लाई स्वीकारे काँग्रेस एमाले प्रचंड गच्छे सब वेलकम। भने पछि नया शक्ति लाई स्वागत गर्नुपर्छ।

कि स्वागत गर्नुपर्छ कि नाङ्गो गर्नुपर्छ। ११ बुँदे मा तपाइँ छ कि छैन। छैन भने त्यो कुरा सार्वजनिक होस् भनेर बाबुराम लाई सार्वजनिक आह्वान गर्नुपर्छ। नया शक्ति हो कि पुरानो रक्सी हो? जनतालाई थाहा चाहियो।




No comments: