Sunday, September 20, 2015

संघीयता को २०३६ साल

बहुमत नेपाली जनता अहिले नै अनिश्चितकालीन नेपाल बंद मा आउँछन् भने अहिले नै काम फत्ते हुन्छ। होइन भने जनचेतना को अभावमा संघीयता को यो २०३६ साल हो भनेर अगाडि बढ्नुपर्ने हुन्छ। न संघीयता आयो, न धर्म निरपेक्षता। खस एकाधिकार कायम रह्यो।

जनचेतना आफुले खोजेको स्तर मा छैन भने नेता र कार्यकर्ता ले आफ्नो आतंरिक गृहकार्य लाई अझ गाढ़ा बनाउनु पर्ने हुन्छ। संगठन लाई अझ दुरुस्त बनाउनु पर्ने हुन्छ।

म ख़ुशी हुन सकिरहेको छैन। एउटा घर मा जनती, अर्को घर मा मलामी --- त्यस्तो पनि हुने हुन्छ कहिले काहिं। तर यो एउटा घर मा जनती, अर्को घर मा मलामी भएको अवस्था छैन। एउटा घर मा मलामी गराएरै अर्को घरमा दिवाली मनाएको अवस्था छ। मलामी को जग मा जनती जाने काम गरिएको छ।

हार मान्नु हुँदैन। एक महिना को संघर्ष को आधार तीन पीढ़ि को संघर्ष हो। म निश्चित रुपले आश्विन संग्राम को पक्षमा छु। हामी कसैको आशा गरेर बसेका छैनौं। न भारत, न चीन, न अमेरिका, न राष्ट्रपति, न सर्वोच्च। जनता नै एक मात्र शक्ति हो। यो जनशक्ति क्रांति हो।

तिमीले जलाएको दियो मेरो घर हो।

२०३६ देखि २०४६ सम्म को यात्रा १० दिन मा पुरा गर्नु पर्ने समय हो यो। यो २१ औं शताब्दी हो।

संघीयता को २०३६ साल यो। यो प्रतिक्रांति भएको छ। सेना द्वारा धांधली गर्न लगाएर चुनाव जित्ने, अनि सेनाको बलमा संविधान लाद्ने? लोकतंत्र मा त्यस्तो हुँदैन।



संविधान जारी भएपछि खुशीयाली (फोटोहरु)



दीपावली मनाउने अवस्था छैन : भट्टराई, सबै नेपालीको अधिकार रक्षा गरेको छ: पौडेल
नेपालको संविधान जारी
राष्ट्रपति रामवरण यादवले नेपालको संविधान घोषणा गरिसकेपछि संविधानसभा भवनबाट बाहिरिँदै भट्टराईले आधा जनस‍ंख्याको चित्त बुझाउन नसकिएकोले दीपावली मनाउने अवस्था नरहेको टिप्पणी गरेका छन् । उनले भने, 'संविधान जारी भएको उपलक्ष्यमा दीपावली मनाउन सक्ने अवस्था छैन । आधाजनसंख्याको चित्त बुझाउन सकेको छैन ।' ...... रामचन्द्र पौडेल .. 'भगवान पनि पूर्ण छैनन्


धादिङमा चोकैपिच्छे दीपावली : बन्दको अवज्ञा विशाल मोटरसाइल र्‍यालीद्वारा बजार परिक्रमा
माओवादी विप्लव समुहले गरेको बन्दलाई अवज्ञा गर्दै सदरमुकामका सबै पसलहरु खुले भने पृथ्वीराजमार्गको वैरेनीबजार र आसपासका सर्वदलिय युवाहरुले खुशीयालीमा मोटरसाईल र्‍याली निकाले । ..... नेपाली कांग्रेस, जिल्ला कार्य समितीले लुम्बिनीबाट ल्याएको दियोले क्याम्पस चोकमा ६५ वटा दीप प्रज्वलन गरेर खुसीयाली मनाए । यस्तै, एमाओवादीले बीच बजारमा दिपावली गरेर खुसीयाली मनाएको छ भने नेकपा एमालेले पनि पुछार बजार चोकमा सडकमै सुर्यको चिन्ह अंकित झण्डा बनाएर दिपावली गरेको छ । एमाओवादीले पनि बीचबजारमा पार्टीकै झण्डा र नेपालको झण्डा बनाएर दिपावली गरेको थियो ।




विराटनगरमा संविधानको बिरोध र समर्थनमा प्रदर्शन (तस्बिरहरु)
[अपडेट] विराटनगरमा झडप, ६ सेल अश्रुग्यास प्रहार
मोर्चाका कार्यकर्ताले प्रहरीका भ्यानलाई पल्टाइदिएपछि तनाव उत्पन्न भएको हो । ..... विरोधको ऱ्यालीमा सहभागी हुन ग्रामीण क्षेत्रबाट हज्जारौं मानिसहरु विराटनगर आइपुगेका थिए । ..... संधिवानको समर्थनमा दिउसो मोटरसाइकल र्‍याली निकालिएको थियो । कांग्रेस, एमाले र एमाओवादी समर्थकहरुले सहिद रंगशालाबाट सुरु भएको मोटरसाइकल र्‍याली सहरका विभिन्न भागको परिक्रमा गर्दै वीरेन्द्र सभागृह पुगेर समापन भएको थियो ।


वीरगञ्जमा तनाव, प्रहरीको गोलीले १ को मृत्यु, सभासदको घर तोडफोड
कर्फ्यु तोडेर प्रदर्शनकारीहरु सहर प्रवेश गर्न खोजेपछि वीरगञ्जमा तनाव उत्पन्न भएको छ । गाउँ क्षेत्रबाट आएका प्रदर्शनकारीले घन्टाघर क्षाेत्रबाट सहरमा प्रवेश गर्न खोजेपछि प्रहरीले रोक्दा झडप भएको छ । झडपमा

प्रहरीले चलाएको गोली लागी १ जनाको मृत्यु भएको छ भने३ जना घाइते भएका छन् ।

.... आन्दोलनकारीले नेकपा एमालेका पर्सा सभासद राजकुमार गुप्ताको वीरगन्ज उपमहानगरपालिका-१४ स्थित घर तोडफोड गरेका छन् । ....

नेपालगञ्जमा पनि मधेसी मोर्चाका कार्यकर्ताहरुले प्रदर्शन गरिरहेका छन् ।

मुखमा कालोपट्टि बाँधेर उनीहरुले प्रधानमन्त्री सुशील कोइरालाविरुद्ध नाराबाजी गरेका छन् ।

नेपाली जनतालाई सुभेच्छा : भारत
‘भारतको सीमा नजिकका विभिन्न जिल्लाहरुमा भएका हिंसात्मक घटनाप्रति हामी चिन्तित छौंं .... ‘हामी अनुरोध गर्न चाहन्छौं कि विवादित विषयहरु हिंसारहित स्वतन्त्र वातावरणमा संवादसहित सर्वस्वीकार्य स्वामीत्वमा संस्थागत हुनुपर्दछ ।


संविधानको विरोधमा तराइका विभिन्न जिल्लामा ब्ल्याकआउट
जनकपुर उपमहानगपालिकामा संविधान जारी भएको विरोधमा स्थानीयले साढे ६ बजेदेखि नै ब्ल्याक आउट गरेका थिए । ..... ब्ल्याक आउटकै समय पारेर जनकपुर उपमहानगरपालिका-१ मा रहेका एमाले नेता गंगाराम यादवको घरमा आन्दोलनकारीले ढुंगामुढा गरेका छन् । ..... विराटनगरमा पनि मधेसवादी दलका नेता तथा कार्यकर्ताले ७ देखि ८ बजेसम्म ब्ल्याकआउट गरेका छन् । .... जलेश्वरमा भने नेपाल विद्युत प्राधिकरणले नै ७ देखि ८ बजेसम्म विद्युत कटौती गरिदिएको थियो । ..... वीरगन्जमा पनि स्थानीयले घरको बत्ती निभाएर ब्ल्याकआउट गरेका

धरानमा संविधानको स्वागत र विरोध गर्ने बीच झडप
धरान–१७ रेल्वेमा कांग्रेस, एमाले र एमाओवादी कार्यकर्ताले संविधानको स्वागत गर्ने तयारी गरिरहेको बेला स्वागत कार्यक्रम बिथोल्न पुगेका संघीय समाजवादी फोरम नेपालका संघीय युवा संघ जिल्ला सदस्य कुमार दर्नाल घाइते भएका छन् । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । ...... संघीय समाजवादी फोरम सहितको लिम्बुवान संयुक्त संघर्ष समितिले संविधानको विरोध गर्दै आइतबारदेखि आमहड्ताल गरेको बेला स्वागत कार्यक्रम बिथोल्न पुग्दा झडप भएको थियो ।


सिरहामा कांग्रेस सभासदको घरमा आगजनी
मधेसी मोर्चाका नेता उपेन्द्र यादवको नेतृत्वमा भएको मौन जुलुसमा सहभागी भएर फर्कने क्रममा मोर्चाका कार्यकर्ताहरुले संविधानसभामा सिरहा क्षेत्र नम्बर ३ बाट निर्वाचित सभासद सितादेवी यादवको घरमा आगजनी गरेका छन् । ...... प्रदर्शनकारीहरुले सभासद यादवको सिरहा बजार क्षेत्रमा रहेको घरको कम्पाउन्ड भित्रै प्रवेश गरि त्यहाँ रोकी रखेको जीप र मोटरसाइकलमा पनि आगो लगाइदिएका छन् । यस्तै उनीहरुले घरभित्रै प्रवेश गरि तोडफोड गर्नुका साथै घरभित्रका सामान समेत उठाएर लगेका छन् । ..... आगजनीबाट एउटा जीप, २ वटा मोटरसाइकल र बैठक कक्ष पूर्ण रुपमा जलेर नष्ट भएको छ । बैठक कक्षमा रहेको सम्पूर्ण फर्निचर जलेर नष्ट भएको छ । ..... आन्दोलनकारीहरुले मौन जुलुस प्रदर्शन गर्ने क्रममा

नेपाली कांग्रेस सिरहाका सभापति तथा सभासद यादव

को घरमा ढुंगामुढा गरेको र जुलुसबाट फर्किने क्रममा पून: ढुंगामुढा गर्दै आगजनी गरेको प्रत्यक्षदर्शी धनेस्वर यादवले बताए । आन्दोलनकारीले उनको घरमा रहेको कांग्रेसको झण्डासमेत जलाएर कालो झण्डा राखे । आन्दोलनकारीहरुले उनको घरमा रहेको सामग्रीहरु समेत लुटेर लगेको प्रत्यक्षदर्शी शत्रुधन यादवले बताए । ..... आन्दोलनकारीले बैठक कक्षमा बसिरहेका सभासदका छोरा तथा कांग्रेसका महाधिवेशन प्रतिनिधि डा. सुभाष चन्द्र यादवलगायतका व्यक्तिहरुमाथि ढुंगामुढा गर्दै लखेटेका थिए । ..... आन्दोलनकारीहरुले २:४५ वजेदेखि ३:३० बजेसम्म ढुंगामुढा गरिरहँदा पनि प्रहरी समयमा नआएमा कांग्रेसका नेता तथा कार्यकर्ताले आपत्ति जनाए ।


सर्लाहीमा संविधानको बिरोध र समर्थनमा कार्यक्रम
गाउँबाट मलंगवा आइपुगेका हजारौं सहभागीले कालो झण्डा बोकेर नारा जुलुस गरेका थिए । बिरोधमा जिल्लाका अनेक ठाउँमा प्रदर्शन भएको छ । बरहथवा, मलंगवा, बयलवास, हरिपुर, नवलपुरलगायतमा कालो झण्डासहित मोटरसाइकल र्‍याली पनि भएको थियो । प्रदर्शनकारीले संविधान बनाउने तीन ठूला दलका नेताको पुतला दहन पनि गरेका छन् ।



मधेसप्रति भेदभाव
देशको एक भूभागमा दीपावली मनाउने र अर्को भूभागमा ‘ब्ल्याक आउट’ गरी त्यसको विरोध गरिने ..... समाजलाई पूर्णरूपेण ध्रुवीकृत गरेको छ ..... मधेसको कोणबाट विश्लेषण गर्दा नयाँ संविधानले मधेसी समाज र राजनीतिलाई सन्तुष्ट पारेको देखिँदैन। संविधानसभाभित्र नयाँ संविधानको विधेयक पारित भइरहँदा टेलिभिजनको पर्दामा देखिएका हँसिला अनुहारहरूमा मधेसीहरू प्राय: देखिएनन्। पछिल्लो समय मधेसी दलहरूको बहिष्कारका बाबजुद ३ ठूला दलका दर्जनौं मधेसी सभासद संविधानसभाभित्र थिए। तर, तिनका अनुहार विजय उत्सवमा नदेखिनु संयोग मात्र नहुन पनि सक्छ। अधिकांश मधेसी, थारू मनहरूले आफूसँग अन्याय र अपमान भएको रूपमा लिएका छन्। ...... कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चा। तर, आज संविधान बनिरहँदा मधेसी मोर्चारूपी पांग्रा संविधानसभाको गाडीबाट उछिट्टिसकेको छ। र असोज ३ लाई कालो दिवसका रूपमा मनाउने घोषणासाथ त्यो पांग्रा महिना दिनदेखि आन्दोलनमा छ। .....

खास–खास पार्टीका नेताहरूबीचको आन्तरिक राजनीति, पार्टी–पार्टीबीच सत्ता फेरबदलको राजनीति र संविधान निर्माणको राजनीति।

..... संविधान निर्माणको राजनीतिमा लगभग स्थायी समीकरण नै थियो। त्यसमा कांग्रेस र एमाले एक ध्रुवको नेतृत्व गथ्र्यो भने एमाओवादी र मधेसी मोर्चाले अर्को ध्रुवको। .... तर, १६ बुँदे सहमतिमा एमाओवादीले मधेसी मोर्चाको साथ छोडिदियो। ..... नागरिकता मधेसको पुरानो र आमनागरिकको समस्या थियो/छ। २०६४ यता त्यसलाई सहज बनाउने काम भएको थियो, तर त्यसलाई पुन: जटिल बनाउने निहितार्थ १६ बुँदेले बोक्यो। ...... २०६४ को संविधानसभामा ६०१ मध्ये २१० मधेसी पुगेका थिए ..... राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट बराबर प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ। यी सबैको परिणाम आगामी दिनमा केन्द्रीय विधायिकामा मधेसीलगायत सीमान्तकृतहरूको प्रतिनिधित्व घट्ने हो। ......

१६ बुँदे सहमतिले संघीयतालाई समाप्त गर्ने उद्देश्य बोकेको थियो

....... तर सर्वोच्च अदालतको अन्तरिम आदेशले त्यसलाई तुहाइदियो। त्यसपछि रिसाएजस्तो गरेर संघीयतावादीहरूको चाहना र उद्देश्यविपरीत सीमांकन गरिएको छ ..... १६ बुँदे सहमति ०६२/६३ यता भएको राज्य पुनर्संरचनाको प्रयासलाई पछाडि फर्काएर २०४६ देखि २०६३ सम्मको राजनीति र राज्य संरचनालाई निरन्तरता दिने उद्देश्य बोकेको थियो। ...... ‘लिड टेकर’ सुशील कोइराला, केपी ओली र पुष्पकमल दाहाल भए पनि यसको ‘डिल मेकर’ मा पनि विमलेन्द्र निधि, रघुवीर महासेठ वा प्रभु साह कहिल्यै सामेल भएनन्। ......

संविधानसभाभित्र संविधानको विधेयक पारित भइरहँदा कांग्रेस, एमाले र एमाओवादीका मधेसी अनुहारहरू पनि खुसी देखिएनन्।

......

यो संविधानले न्यायालयलाई छुनै सकेन।

समानुपातिक समावेशीकरणको सिद्धान्तलाई आत्मसात् गरेको पाइँदैन। र सबैभन्दा महत्त्वपूर्ण विषय संघीयतालाई शृंगार गरेर सुन्दर बनाउनुपर्नेमा यो संविधानले यसरी कुरूप बनाइदिएको छ कि सुदूर भविष्यसम्म पनि यसले लक्षित सीमान्तकृतलाई मूलधारमा ल्याउन सक्दैन।

अपनत्व खोज्दै मधेसी

‘यीसंविधानमे हम्नी के अधिकार नैखे, यी पहाडिया खातिर बनल बा’।

अर्थात् यो संविधानमा हाम्रो अधिकार छैन। यो एउटा जाति विशेष (पहाडी समुदाय) को संविधान हो। सदरमुकाम वीरगन्जबाट २५ किलोमिटर पश्चिम पर्साको पोखरिया चोकमा बिहीबार अपराह्न भेला भएका स्थानीयको संवाद हो यो। त्यहाँ पाका उमेरका एक जनाले संविधान जारी भइसकेकाले अब केही नहुने भन्दै निराशा व्यक्त गर्दै थिए। त्यही चोकमा २०–२५ वर्ष उमेरका युवा भने लडेर भए पनि अधिकार लिने दृढता प्रकट गर्दै थिए। केहीबेरमै निधारमा कालोपट्टी बाँधेका र हातमा कालो झन्डा लिएका २५–३० जनाको समूहले ‘विगत के सम्झौता लागू कर, नयाँ संविधान धोखा हो,’ भन्ने नारा लगाउँदै बजार परिक्रमा गर्‍यो। ........ संविधानमा आफ्नो आवाज नसमेटिएको भन्दै सुदूर देहातका घरमा कालो झन्डा राख्न थालेका छन्। ..... गाउँमा बस्ने मधेसीसमेत ठगिएको महसुस गर्न थालिएको छ। आन्दोलनको सुरुमा नेता र कार्यकर्ताबाट सुरु भएको संघर्ष अहिले देहातमा समेत पुगिसकेको छ। ........ तराई क्षेत्र महिना दिनभन्दा लामो समय बन्द भएको छ। सुरक्षाकर्मीसहित ४३ आन्दोलनकारीको मृत्यु भएको छ। यो अवस्थामा पनि राज्यले आफ्ना मागको सुनुवाइ नगरी जबरजस्ती संविधान ल्याएको आम मधेसीको बुझाइ छ। ...... संविधानमा उल्लेख भएको संघीयता मधेसको आन्दोलनको उपज हो। तर, अहिले त्यही शक्ति संघीयताबाट विमुख भएको बुझाइ मधेसको छ। .... समानुपातिक समावेशी प्रतिनिधित्व एवं जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारणको सुनिश्चितता संविधानको पहिलो संशोधन गर्ने आश्वासन प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभामा संकल्प प्रस्तावमार्फत दिएका छन्। यद्यपि यसमा मधेसी समुदायले विश्वास गरेका छैनन्। ...... राष्ट्रपति र प्रधानन्यायाधीशमाथि पनि जसरी मस्यौदाकारी दलहरूले आफ्ना नकारात्मक अभिव्यक्ति प्रस्तुत गरे, त्यसले पनि मधेसीको मनमा चिसो पसेको छ ...... ०४७ को संविधानले पनि समुदायबीच गर्न नसकेको एकीकरण ०६३ को अन्तरिम संविधानले थोर बहुत गरेको थियो। मधेसको बुझाइ छ, अहिले बनेको संविधानले समुदायीबीचको दूरी झनै बढायो। ...... राज्यको हरेक अंगमा समानुपातिक प्रतिनिधित्व, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र, केन्द्र र प्रदेशबीचको शक्ति बाँडफाँट, न्याय प्रणाली मोर्चाको ‘बटमलाइन’ हो। ...... नापतौल, गुणस्तर, भूउपयोग नीति, कति वस्तु कहाँबाट मगाउनेलगायतका अधिकारसमेत केन्द्रमा राखिएको छ, उनले भने, अभिलेख राख्ने प्रदेशमा अनि नीति बनाउने केन्द्रमा? ...... जनसंख्याको आधारमा प्रतिनिधित्व र समानुपातिक समावेशी पहिलो संशोधनबाट संविधानको भाग बनाउने भन्दै प्रधानमन्त्रीले संविधानसभामा व्यक्त प्रतिबद्धताप्रति पनि उनी विश्वास गर्दैनन्। भन्छन्, त्यो पूरा हुने आस छैन। ‘नागरिकताका विषयमा धेरै कुरा सुधार भए पनि महिलाको, अंगीकृत र जन्मसिद्धको हकमा अझै विभेद कायमै छ’ ...... जनतामा आक्रोश छ, इज्जतको पनि सवाल छ






संविधानको विरोधमा र्याली
जनकपुरमा आज संविधानको विरोधमा आयोजीत र्यालीको एक झलक। यो भिडियो हामीलाई ‘मधेशी कम्युनिटी’ फेसबुक पेजको स्वीकृतीमा प्राप्त भएको हो।
Posted by BBC Nepali on Sunday, September 20, 2015

मसाल जुलुस, राजविराज, असोज २
आँपहरु अर्थात् मेंगो पिपुलको दिपावली !संबिधानमा मधेसी-थारु जनताको अधिकार नसमेटिएको बिरोधमा राजबिराजमा भएको मसाल जुलुस, असोज २ | भिडियो साभार: ऋषिकेश ठाकुर जी
Posted by Madhesi Community on Saturday, September 19, 2015


प्रचण्ड : हामी सिरहामा जान्छाैं। जनता खुसी मान्नु हुन्छ। १/१२
Posted by Guna Raj Luitel on Saturday, September 19, 2015



ओली सर: आँप खाने भए आउँदो बर्ष मधेश आउनु होला।



नयाँ संविधानमा मधेसले पाउन के बाँकी रह्यो ?
सीमांकन, नागरिता निर्वाचन क्षेत्र सम्बोधन
प्रचण्डले यो संविधानबाट सबैभन्दा बढी लाभ मधेसले पाएको प्रष्टीकरण दिए । ..... नयाँ संविधानमा देशको कुनै भूभाग सबैभन्दा बढी मुखरित भएको छ भने त्यो मधेस नै हो र कुनै जाति संविधानमा सबैभन्दा बढी प्रतिबिम्बित भएका छन् भने ती मधेसी नै हुन् । .....

मधेसवादी दलहरुले मूलरुपमा उठाउँदै आएका तीन विषयहरु हुन्ः संघीयताको सीमांकन, नागरिकता नीति र निर्वाचन क्षेत्र निर्धारण ।

...... संघीय प्रदेशहरु निर्माण गर्दा जातीय पहिचानको आधारलाई वेवास्ता गरिएको छ । यद्यपि, मधेसी जनताको बाहुल्य रहेको दुई नम्बर प्रदेश अघोषित रुपमा जातीय प्रदेश नै हो । भोलि प्रदेशसभाले नामांकन गर्दा यसले मधेस प्रदेशको मान्यता पाउने निश्चितप्रायः छ जून देशको एक मात्र जातीय प्रदेशका रुपमा स्थापित हुने देखिन्छ । ..... अहिले मधेसवादी नेताहरुले आफूहरुलाई स्रोत र साधनको दृष्टिले दुई नम्बर सबैभन्दा कमजोर प्रदेश दिइएको भन्दै जानकी मन्दिरको भेटीले प्रदेश चल्दैन भन्ने अभिव्यक्ति दिइरहेका छन् । यसमा पनि सत्यता छैन । उद्योगधन्दाको हिसाबले, कृषिजन्य भूमिको हिसाबले, यातायात सुलभता र भन्सारको हिसाबले तराई नेपालको सबैभन्दा बलियो भूभाग हो । ...... तीन दलका शीर्ष नेताहरुले सीमांकनको विषयमा संघीय आयोगको सिफारिसका आधारमा परिमार्जन गर्न सकिने समेत बताइसकेपछि यही मागको फुर्को समातेर आन्दोलनको आगो झोसिरहनुको औचित्य छैन । ...... अन्तरिम संविधानमा नागरिकताको आवश्यकताभन्दा नरम नीतिले गर्दा लाखौं विदेशीले नेपाली नागरिकता किनेको तीतो यथार्थ हामीबीच छ । त्यस हिसाबले नयाँ संविधानमा नागरिकता सम्वन्धी प्रावधानलाई केही हदसम्म कठोर बनाउनुपर्ने माग पनि उठिरहेको थियो । तर, अहिलेको प्रावधानहरु अन्तरिम संविधानको भन्दा तात्विक रुपमा फरक छैनन् । .... अहिलेको संविधानले विदेशीसित बिहे गरेर जन्मेको सन्तानलाई अंगीकृत नागरिकता दिने प्रष्ट व्यवस्था गरिसकेको छ । नेपाली महिलासित बिहे गर्ने विदेशी पुरुषलाई पनि ठाउँको ठाउँ नागरिकता दिनुपर्छ भन्ने मागचाहिँ राष्ट्रियताको दृष्टिले घातक छ । भारतसित खुला सीमा र बिहेबारीको संस्कृति भएको देशमा यसको नाजायज फाइदा उठाइन सक्ने अन्ततोगत्वा मधेसीहरुलाई नै हानी गर्ने यथार्थबाट कसैले पन्छिन मिल्दैन । ....... यदि एउटा जिल्लाले एउटा निर्वाचन क्षेत्र समेत पाउँदैन भने जिल्ला राख्नुको कुनै तुक बाँकी रहँदैन ।
बाबुरामको प्रस्ताव : गिलास आधा भरियो, अब नयाँ शक्ति बनाऔं
'सत्ताको खेलमा लाग्दिँन, नयाँ युगको यात्रा सुरु गर्छु'

No comments: