Friday, July 03, 2015

मधेसी जनजाति पार्टी एकीकरण र सत्ता को गणित

नीतिश र लालु बीच खींचातानी चलिरहेको थियो। मैले भनें यिनीहरु २०-३० सीट मा झर्छन। ३०-७०। उनीहरु बीच सहमति भयो। मैले भनें अब ४५-५५ मा पुग्यो कुरा। बीजेपी अझै अगाडि छ अली कति। Bihar@2025  को कुरा आयो। त्यसले ५५-४५ बनायो भनें। अनि बीजेपी कैंप मा व्यापक झगड़ा शुरू भयो। मैले भने कुरा अब ६५-३५ मा पुग्यो। नीतिश को पलड़ा अब भारी छ। तर बीजेपी कैंप मा एकता प्रदर्शन भएमा फेरी ५५-४५ तिर पुग्छ।

मधेसी पार्टी हरु को ताकत १०% छ। अर्को १०% ताकत काँग्रेस भित्र का मधेसी सँग छ। अनि गैप छ अर्को १०-१५% --- भाइ फुटे गँवार लुटे। संसदमा मधेसी हुनुपर्ने ३५%, तर छैन। भाइ फुटे गँवार लुटे।

सबै मधेसी पार्टी हरु एक हुने हो भने ताकत १५% पुग्छ। देशको चौथो शक्ति बन्छ र त्यस बाट तेस्रो, दोस्रो, पहिलो शक्ति बन्ने बाटा हरु खुल्छन्। सबै मधेसी जनजाति पार्टी एक पार्टी बन्ने हो भने अर्को चुनावमा देशको कम्तीमा दोस्रो शक्ति बन्छ।

यो अचम्म होइन? काठमाण्डु मा बसेका १० जना मधेसी जनजाति व्यक्ति हरुले चाहेमा मधेसी र जनजाति जनता ले त्यत्रो ठुलो छलांग मार्न सक्ने!

एकीकरण ले १५% मा पुर्याउँछ। अशोक राई ५ मा रहेको मान्छे तर आफै ५० मा पुग्ने संभावना भएको व्यक्ति हो। भन्नुको अर्थ मधेसी जनजाति एकीकरण ले पार्टी लाई १५% बाट ३०% तिर लान्छ। अनि ठोस जीवन्त संघीयता र डबल डिजिट ग्रोथ रेट दिने नेतृत्व अगाडि सार्न सकेको खण्डमा ५०% काट्छ।



No comments: