Pages

Friday, July 24, 2015

स्थानीय प्रशासन प्रदेश सरकारको हुन्छ

स्थानीय प्रशासन प्रदेश सरकारको हुन्छ। भने पछि स्थानीय प्रशासन मंत्रालय जुन छ काठमाण्डु मा त्यो गायब हुने भो। त्यो बन्द (shutdown) गरे पछि पैसा बचने भो। एकात्मक व्यवस्था भन्दा संघीयता सस्तो --- त्यसको अर्को उदाहरण।

स्थानीय प्रशासन प्रदेश सरकारको हुन्छ। प्रहरी मुख्य रुपले प्रदेश सरकारको हुन्छ। प्रदेश सरकारको सर्वोच्च अदालत हुन्छ।



दवावपछि नेताहरुमा छटपटी
संविधान निर्माणका लागि १६ बुँदे सहमति गरेर अगाडी बढेका प्रमुख दलका नेताहरुमाथि जनस्तरबाट ठुलै दवाव पैदा भएको छ । ठुलो रस्साकस्सीकावीच मस्यौदा बनाएर जनमत बुझन् गएका नेताहरुलाई जनताले १६ बुँदे करेक्सन गर्न म्यान्डेड दिएका छन् । १६ बुँदे सहमतिमा सुधारिएको संसदीय व्यवस्था गरिएपनि जनस्तरबाट त्यसलाई उल्टाइदिएको छ । जनताबाट प्रत्यक्ष कार्यकारी निर्वाचित हुनपर्ने सुझाव आएको छ । ....... काग्रेस–एमाले–माओवादी वा राप्रपा केही पनि नभनि जनता आफैले चुनेको नेताबाट देश चलेको देख्न चाहेका छन् । संसदीय व्यवस्थाले राज्य प्रशासन कमजोर भएको जनताको निश्कर्ष छ । त्यसैले उनीहरुले कार्यकारी प्रमुखको पक्षमा जनमत दिएका छन् । ....... जनस्तरबाट आएका यस्ता सुझावले प्रमुख दलका शीर्ष नेताहरु तनावमा छन् । उनीहरु न जनताको म्यान्डेड खारेज गर्न सक्ने अबस्थामा छन् न १६ बुँदे करेक्सन गर्न सक्ने अबस्थामा । ....... त्यसो त काग्रेसभित्र पनि गगन थापा लगायतका केही नेताहरुले कार्यकारी प्रमुखको पक्षमा आफ्नो मत राख्दै आएका छन् । उता एमालेभित्र पनि जनाबाट चुनिएको प्रधानमन्त्री कार्यकारी हुनुपर्ने मत फेरि बलियोसँग उठेको छ । ...... एमालेमा योगेश भट्टराई, शंकर पोखरेल लगायतका नेताहरुले अहिले १६ बुँदे करेक्सनको पक्षमा उभिन थालेका छन् । उता जनताबाट निर्वाचित कार्यकारी प्रमुखको मुद्धा छाडेर सहमति गरेपछि आलोचना भागेको एकीकृत माओवादीका अध्यक्ष प्रचण्डलाई पनि जनमत पछि उर्जा मिलेको छ ।
यसपाली मधेसी दलबिना मधेसमा आन्दोलन भयो : भरत बिमल यादव
देशका प्रमुख चार दलले मधेसीसँग फेरि एकपटक बेइमानी गरेका हुन् । र, त्यो बेइमानीको विरुद्धमा जनता सडकमा आएका हुन् । यहाँ शान्तिपूर्ण ढंगबाट कहिले पनि राज्यले सुनेको छैन । ..... मधेसमा जुन आन्दोलन भएको छ, त्यो राज्यका लागि इसारा मात्रै हो । बुझ्नेलाई इसारा काफी भन्छन् नि त्यही इसारा गरेको हो । मस्यौदामा मधेसी र जनजातिको कुरा नसमेटिँदा यस्तो भएको छ भने भोलि सविधान नै त्यस्तै आइदियो भने के अवस्था हुन्छ, त्यसको संकेत गरेको हो । सायद राज्यले पनि यो कुरा बुझिसकेको होला । यदि इसारा बुझेर राज्यले मस्यौदालाई संशोधन गरेन भने ‘हिस्ट्री एगेन’ हुन सक्छ । ०६२/०६३ जनआन्दोलन, ०६३/०६४ मधेस आन्दोलनको अवस्था दोहोरिन सक्छ । ..... मधेसी जनता आफ्नो अधिकारका लागि जे पनि गर्न सकिने भनी ट्रेलर देखाएका छन् । आन्दोलनको स्वरूप नै हेर्नुस् न । कहीँ–कतै दलगत कुरा पाउनुहुन्न । त्यसमा कांग्रेस, एमाले, एमाओवादी, मधेसी युवा विद्यार्थीहरू पनि सहभागी छन् । जिल्ला–जिल्लामा मस्यौदालाई विरोध गर्नका लागि समिति गठन गरेका छन् । र, त्यसबाट आन्दोनल सुरु गरेका छन् । ...... पहिलो सविधानसभाको चुनाव भएको केही पछिदेखि मधेसी जनताले मधेसी दलमाथि विश्वास गर्न छाडिसकेका थिए । त्यसको प्रमाण दोस्रो सविधानसभाको चुनावमा देखिएको छ । ...... ०६३/६४ मा भएको मधेस आन्दोलनमा पनि कुनै मधेसी नेताको नेतृत्व थिएन । त्यो कसरी एउटा दल (तत्कालीन फोरम नेपाल) को पोल्टोमा गयो, त्यो सबैलाई जगजाहेर भएकै कुरा हो । तपाईं त्यो बेलाको पनि दृश्य हेर्नुभयो भने कुनै दलको ब्यानर कतै पाउनु हुन्न । त्यो बेला कांग्रेस, एमाले, माओवादी, सशस्त्र समूहका युवाहरू पनि सडकमा थिए । स्वतन्त्र व्यक्तिहरू जस्तै ः प्राध्यापक, डाक्टर, वकिल, विद्यार्थी, कलाकार पनि आन्दोलनमा सहभागी थिए । कुनै दल विशेषको हातमा आन्दोलन थिएन । अन्त्यमा गएर कसैले चलाखीपूर्वक आफ्नो हातमा लिए, त्यो बेग्लै कुरा हो । कुनै पनि नेतृत्वको जन्म आन्दोलनबाट नै हुन्छ । निश्चित रूपमा मधेसमा जुन अवस्था देखिएको छ, आन्दोलनले जुन रूप लिँदै छ, त्यसले त नयाँ ढंगको धु्रवीकरण गराउँछन् नै । अब तथाकथित यी मधेसी नेताको पछि लाग्नेवाला छैनन् मधेसी जनता । ...... यो कुरा स्पष्ट छ, अब यी दलका नेताभन्दा फरक ढंगको नेतृत्व मधेसबाट जन्मन्छन्, यसमा ढुक्क हुनुस् । ...... नयाँ अनुहारको हुन्छ । ..... भारतले नेपालको राजनीतिमा जहिले पनि सकारात्मक सुझाव दिएको मैले पाएको छु । चाहे त्यो ०६२÷६३ को जनआन्दोलन होस् वा ०६३/६४ को मधेस आन्दोलन । सबैमा भारतको सकारात्मक सहयोग रहेको छ । ...... अहिलेको संविधान खस कम्युनिटीका लागि बनिरहेको छ । त्यसबाट जनजाति कम्युनिटी र मधेस कम्युनिटी असन्तुष्ट छन् । यो दुइटा कम्युनिटी विद्रोहमा गयो भने शान्ति कसरी स्थापना हुन्छ भने कुरा भारतले बुझेर नै सबैलाई समेटेर अगाडि बढ्न सुझाव दिएको छ । भारतले भनेको अनुसार ठूला दलका नेतामा पक्कै पनि असर परेका होला । भारतको सुझावलाई इग्नोर गरेर जाने साहस ठूला दलले गर्नै सक्दैनन् । यदि भारतको सुझावलाई नेताले सकारात्मक रूपमा लिएन भने देशमा विवाद हुन्छ । .....

राष्ट्रसभामा प्रतिनिधित्व गराउने सवालमा भयंकर षड्यन्त्र भएको छ ।

....... प्रत्येक प्रदेशमा समान रूपमा प्रतिनिधिसभाका सदस्य मनोनित हुने भनिएको छ । त्यो कदापि हुन सक्दैन । त्यसमा पनि जनसंख्याको आधारमा हुनुपर्छ । ..... नागरिकता पहिचान र अस्मितासँग जोडिएको छ । देशमा जन्मिनेबित्तिकै राज्यविहीनको अवस्था हुनुहुँदैन । अहिले त अन्तरिम संविधानले दिइसकेको अधिकार पनि यो मस्यौदाले खोसेको छ । आमाबाबुमध्ये कोही नेपाली नागरिक छ भने त्यसको सन्तान वंशजनको आधारमा नागरिकता पाउँछ । तर, आमा र बुवा दुवै नेपाली हुनुपर्छ भनी जुन कुरा भनेका छन्, त्यो गलत हो । त्यसलाई सच्याएर अन्तरिम संविधानमा जस्तै राख्नुपर्छ ।

Thursday, July 23, 2015

सौर्य पम्प



सौर्य पम्पले बढायो तरकारी खेती
एक हजार २६० वाट क्षमताको सौर्य पम्पबाट सो समूहमा आबद्ध ३२ परिवारको १२० रोपनी जमिनमा सिँचाइ सुविधा उपलब्ध भएपछि अब उनीहरु वर्षैभरि विभिन्न तरकारी लगाउन सक्ने भएका छन्। ....... गाउँ तलको जुगेपानीखोला किनारमा इन्टेक बनाएर सौर्य पम्पबाट झन्डै ७० मिटरमाथि पानी तानेर सामूहिक रुपमा सिँचाइको प्रबन्ध मिलाइएको छ। सुरुमा त उनीहरुलाई यति तलबाट पानी तानेर माथि पाखोबारीमा सिँचाइ गर्न सकिन्छ भन्ने कुरामा नै विश्वास थिएन। प्राविधिकको सल्लाह र कार्यक्रमले पनि केही सहयोग गरेपछि नपुग रकम सदस्यबाट उठाएर उनीहरुले सो पम्प जडान गरेका हुन्। पहिले सुक्खा डाँडामा अहिले गोलभेँडा, बन्दा, काउली, बोडी, सिमीलगायतका तरकारी लटरम्म फलेको देख्दा गाउँलेहरु आश्चर्यचकित बनेका छन्। ..... त्यतिकै मिल्किएको जमिनमा सिँचाइ सुविधा पुगेपछि अहिले किसानले विभिन्न जातका तरकारी खेती गरी राम्रो आम्दानी गर्न थालेका छन्। राजमार्ग नजिक भएकाले बजारको कुनै समस्या नभएको मतिसरा मसाङ्गी बताउँछन्। “सामूहिक रुपमा उत्पादन गरिएको तरकारी किन्न गाउँमै व्यापारी आउने हुँदा बजारसम्म लैजानुपर्ने समस्या पनि छैन” उनले भने। ..... पहिले एक याममा लगाएको तरकारी खेतीबाट कतिपयले एक लाख रुपैयाँ सम्म आम्दानी गर्ने गरेकामा अब वर्षैभरि मौसमी र बेमौसमी तरकारी लगाएर त्यसको तेब्बर आम्दानी गर्न सकिनेमा उनीहरु ढुक्क देखिन्छन्।

“सिँचाइ सुविधा पुगेपछि गाउँमै तरकारी खेती गरेरै वर्षमा दुई÷तीन लाख रुपैयाँ आम्दानी गर्न सकिने भएपछि किन विदेश जानुपर्‍याे,” स्थानीय सुजनकुमार राना भन्छन्– “किसानका लागि सिँचाइभन्दा ठूलो केही हुँदैन।”

सुक्खा जमिनमा सिँचाइ पुर्‍याउन सकिएमा उत्पादन वृद्धि भई खाद्यान्नमा आत्मनिर्भर हुनुका साथै रोजगारी सिर्जना भई जीवनस्तरमा सुधार आउनेछ। ....... “अन्नबालीबाट भन्दा तरकारीजस्तो नगदेबालीबाट बढी आम्दानी हुने भएकाले व्यावसायिक तरकारी खेती गर्ने हाम्रो चाहनालाई सौर्य पम्पबाट सिँचाइ सुविधा उपलब्ध भएपछि पूरा भएको छ”, स्थानीय कृषक देव गुरुङ बताउँछन्। ..... यसैगरी कपिलवस्तु धरमपानीयाका इन्द्रबहादुर कुर्मीले पनि ४१० वाटबराबरको सौर्य पम्पबाट जडान गरी आफ्नो पाँच बिगाहा जमिनमा सिँचाइ सुरु गरेका छन्। उनले गत मङ्सिरमा स्थापना गरेको पम्पबाट २६ मिटर गहिरो बोरिङबाट पानी तानेर सिधै खेतबारीमा सिञ्चित गरेका छन्। उनी भन्छन् “पहिले पानीको अभावमा बाँझै रहेको खेतबारीमा अहिले बाह्रै महिना सिँचाइ सुविधा पुगेपछि विभिन्न अन्नबाली तथा तरकारी खेती गर्न सकेको छु।” ...... तराई भेगका प्रायः ठाउँमा विद्युत विस्तार भए पनि केन्द्रीय लाइनको विद्युत् भरपर्दो नभएकाले डिजेल पम्पको प्रयोग हुने गर्दा कृषि उत्पादनको लागत महँगो पर्ने भएकाले विनरक इन्टरनेसनलले सौर्य पम्प प्रणाली जडान गरी किसानको जीवनस्तरमा सुधार ल्याउने लक्ष्यका साथ सौर्य पम्प परियोजना सुरु गरेको संस्थाका निर्देशक विनोद श्रेष्ठको भनाइ छ।
एकीकृत योजना बनाउँदै मधेसी मोर्चा
प्रत्यक्ष निर्वाचित कार्यकारीबारे मतभेद
विगतमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा आफूलाई उभ्याउँदै आएको नेकपा एमालेले उक्त मुद्दालाई मस्यौदामा समेट्न पहल थाल्ने बताएको छ। ..... तर एमालेसहित प्रमुख चार राजनीतिक शक्तिले संसदमा प्रधानमन्त्री चुन्ने सहमति जनाएको १६ बुँदे सम्झौताको आधारमा संविधान निर्माण प्रक्रिया अघि बढिसकेको बताउँदै कांग्रेस, पछि नहट्ने मनस्थितिमा देखिन्छ। ..... एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, “प्रत्यक्ष प्रधानमन्त्रीको पक्षमा करिब ८० प्रतिशत जनमत आएको हुनाले अब यो विषयमा संविधानसभामा साथसाथै मस्यौदा समितिमा यसमा पुनर्विचार गरिनुपर्छ।” .... प्रचण्डले प्रधानमन्त्री सुशील कोइरालालाई बुधबार भेटेर शासकीय स्वरुपसहित सीमांकन र नागरिकताको विषयमा सुझाव संकलनमा देखिएको मतकै आधारमा संशोधन गर्ने प्रस्ताव गरेको ....

यसरी १६ बुँदे सम्झौताका सहयात्री दुई दलले पुनर्विचारको मनस्थिति बनाएपनि कांग्रेस भने पछाडि फर्कन नहुने पक्षमा देखिन्छ।

...... कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडु भन्छन्, “संसद र प्रत्यक्ष निर्वाचित अर्को संस्था रहन्छन् भने त्यसले मुलुकमा द्वन्द्व निम्त्याउन सक्ने संभावना हुनाले नै लामो बहसपछि हामी शासकीय स्वरुपबारे एक ठाउँमा पुगेका हौँ।” तथापि कांग्रेसभित्रै एउटा तप्का भने प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीकै पक्षमा देखिन्छ।
ससुरापथमा हिमानी (तस्बिरमा हिमानीका ९ पोज)

भाषा

नेपालको संविधान, २०७२को मस्यौदामाथि केहि भाषा सम्बन्धी सुझावहरू
(ख) राष्ट्रिय भाषानीति सुझाव आयोगको प्रतिवेदन अनुसार

मातृभाषाहरूलाई विकसित, विकासोन्मुख, लेख्य परम्परा नभएका र लोपोन्मुख कोटिमा वर्गीकृत गरी तिनलाई नामसहित संविधानको अनुसूचीमा राख्ने।

....... भाषा आयोगको सिफारीसको आधारमा निश्चित मापदण्ड पुगेको कुनै भाषालाई केन्द्रीय सरकारको सरकारी कामकाजको भाषाको रूपमा मान्यता दिने। ..... जनगणना २०६८ अनुसार नेपाली भाषा ४४.६% मातृभाषा र ३२.७७% दोस्रो भाषाको रूपमा जम्मा ७७.३७% अर्थात् बहुसङ्ख्यक नेपाली जनताले बुझ्ने भएको र आफ्नो सम्प्रेषणमा व्यवहार गरेकोले यो भाषा व्यापक सञ्चारको भाषा (language of wider communication or LWC) हो। तसर्थ, यसलाई सरकारी कामकाजको भाषा तोक्नु धेरै हदसम्म समुचित देखिन्छ। ...... तर नेपाली भाषामात्रलाई सरकारी कामकाजको भाषा तोक्नु न्यायसङ्गत हुँदैन किनभने नेपाली नजान्ने २२.६३% नेपाली जनता भाषाले गर्दा वहिष्कृत भएर केन्द्रीय सरकारले प्रदान गर्ने राष्ट्रिय अवसर र फाइदासम्म पहुँच नहुन सक्छ। दोस्रो कारण, नेपाली भाषा बुझ्ने जनताको वितरण सामान्यत: समग्र नेपालमा भएपनि समान रूपमा पाइएको छैन। जनगणना २०६८को तथ्याङ्कको आधारमा नेपाली भाषीहरूको बसोबास सबैभन्दा बढी पहाडमा तर हिमाली र तराई क्षेत्रमा न्यून पाईएका छन्। हिमाली र तराई क्षेत्रमा नेपाली भाषी न्यून भएकोले अन्य भाषाहरू व्यापक सञ्चारका माध्यमको रूपमा भएको पाईन्छ, जस्तो

हिमालमा सामान्यत: शेर्पा र तराईमा हिन्दी

वा अन्य विकल्पहरू। ...... (१) केही अल्पसङ्ख्यक राष्ट्रभाषाहरू स्थानीय तहसम्ममात्र सीमित रहेकोले तिनलाई पनि समेटने गरी समावैशी सिद्धान्तको आधारमा स्थानीय प्रशासनको सरकारी कामकाजको भाषा निर्धारण गर्ने। ...... (२) नेपाल सरकारका केन्द्रीय, प्रादेशिक र स्थानीय प्रशासनमा विभिन्न राष्ट्रभाषाहरू सरकारी कामकाजका भाषाको रूपमा प्रयोग भएको हुँदा अन्तरभाषिक सम्प्रेषणका निमित्त कुनै एक भाषालाई स्रोत भाषा मानी अन्य भाषाहरूमा अनुवादको सन्यन्त्रको व्यवस्था गर्ने। ..... रेडियो, एफएम, टीभी जस्ता श्रव्य-दृश्य माध्यम र पाठ्य माध्यमहरूमा लेख्य परम्परा भएका भाषाहरूको प्रयोग गर्ने। ...... (स्पष्टीकरण: विश्वका बहुभाषिक मुलुकमा आधारभूत शिक्षामा मातृभाषा सिकाईको माध्यमको रूपमा प्रयोग भएको पाईएको छ।) .......... विद्यालयको भाषिक नक्शाङ्नअनुसार आधारभूत शिक्षा तहमा मातृभाषामा आधारित संक्रमणीय वहुभाषिक शिक्षा (transitional multilingual education) लागू गर्ने। .......... लोकसेवा आयोगले सरकारी जागीरका लागि लिइने परीक्षाका माध्यम भाषा नेपाली इतर अन्य विकसित राष्ट्रभाषाहरू पनि हुनुपर्ने। .... (स्पष्टीकरण: यो प्रावधानले समवेशी र समतामूलक समाज निर्माणमा सहयोग मिल्ने छ।) ......... प्रारम्भिक बाल शिक्षा र विकास (ECED) कक्षामा सहज सिकाइका लागि माध्यम भाषा बाल-बालिकाको मातृभाषा हुनुपर्ने। (स्पष्टीकरण: यो उमेरमा तिनीहरू सामान्यत: मातृभाषामात्र जानेका हुन्छन्।) ...... भारत, चीनलगायत विश्वका धेरै बहुभाषिक मुलुकजस्तै भाषासम्बन्धी मुद्दाहरूको नियमनका लागि एउटा स्थायी राष्ट्रिय भाषा संस्थानको स्थापना हुनुपर्ने। ..... (स्पष्टीकरण: मानव सभ्यताको इतिहासमा सर्वोत्कृष्ट उपलब्धिको रूपमा स्थापित भाषाको विकास र नेपालमा विद्यमान बहुभाषिकता सांस्कृतिक पहिचान र प्राज्ञिक चिन्तनका विभिन्न प्रकारको संरक्षण र उन्नयनकालागि यस्तो संस्थाको अहम् भूमिका हुन्छ।) ....... प्रदेशको सीमाङ्कन गरेर मात्रै संविधान लागू गर्नुपर्ने मेरो सुझाव छ।

पार्टी अध्यक्ष चुनाव जितेर पनि केपी ओली लाई कहिले जिते जस्तो लागेन

कुनै पार्टी को आतंरिक चुनाव त्यस पार्टी को आतंरिक मामिला हो। तर त्यहाँ लोकतान्त्रिक चरित्र र उदारता देखिएन भने त्यसले देशको लोकतंत्र लाई नै असर गर्ने हुँदा त्यति बेला बाहिर का ले पनि चासो लिनुपर्छ। त्यो अवस्था एमाले को छ। केपी ओली कमसल उम्मेदवार हुँदा हुँदै माफियावादी असर र पैसा ले गर्दा झिनो मतले पार्टी अध्यक्ष को चुनाव जिते पनि उसलाई माधव नेपालको सामुने आफुलाई सधैं होचो भए जस्तो लागेको छ। होचो हो पनि -- राजनीतिक कद उसको सानो नै छ। पार्टी भित्र गुटगत राजनीति केपी ओली को समय खर्चिने नंबर एक एजेंडा आइटम हो। पार्टी अध्यक्ष चुनाव जितेर पनि केपी ओली लाई कहिले जिते जस्तो लागेन। माधव नेपाल पक्ष का लाई पेल्ने काम केपी ओलीले निरन्तर गर्दै आएको छ।

माधव नेपाल पक्षका अध्यक्ष राउतमाथि जाइलाग्यो केपी ओली समूह

एमाले उदयपुरमा भाँडभैलो मच्चिँदै

पार्टी केन्द्रमै बेला–बेलामा दुई चिरादेखि तीन चिरा पर्दै आएको नेकपा एमाले उदयपुरमा पनि दुई चिरा फेरी परेको छ । बेला–बेला चिरा–चिरा पर्ने एमालेको केन्द्रको रोग जिल्लामा पनि बेला–बेलामा लागिरहन्छ । ...... विरोध स्वरुप पार्टी उपाध्यक्ष बिमल कार्कीलगायतका जिल्ला कमिटीका ठूलो समूहले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष इश्वरमणि राउतको स्वेच्छाचारी निर्णय गरेको भन्दै विरोध जनाएका छन् । माथिल्लो कमिटीको प्रष्ट गुट तल्लो तहसम्म आईपुग्दा विवाद चुलिएको सामान्य कार्यकर्ताको बुझाई छ । पार्टी जिल्ला अध्यक्ष एमाले नेता माधव नेपाल पक्ष र उपाध्यक्ष पार्टी अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् । ..... जिल्ला कमिटीका जिम्मेवार व्यक्ति नै अध्यक्षको विरोधमा उत्रिएपछि पार्टीभित्र तिव्र विवाद र गुट–उपगुट सुरु भएको बाहिर आएको छ । ..... असार ३ गते एक समूहको वहिस्कारका बाबजुद अर्को समूहले जिम्मेवारी बाँडफाँड गरेपछि पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको नेताहरुको एमाले उदयपुरका कार्यकर्ताको भनाई छ । ..... आफुहरु बैठक छोडेर बाहिरिएको मौकापारी अध्यक्ष राउतको समूहले केही पार्टी कार्यालयमै र केही होटलमा बसेर जिम्मेवारी बाँडफाँड गरेपछि विवाद चुलिएको उपाध्यक्ष कार्कीको आरोप छ । ...... उनले चैत १६ देखि १८ गतेसम्म भएको सातौँ जिल्ला अधिवेशन कै झल्कोलाई पुनः सम्झाउने गरी एकपक्षिय, स्वेच्छाचारी र फरकमत राख्नेलाई सिध्याउनुपर्छ भन्ने रणनीति अपनाएको आरोप लगाए । .....

‘पार्टीको आन्तरिक चुनावमा हारजितलाई स्वभाविक मानिन्छ,’ नेता थापाले भने, ‘तर त्यसैलाई प्रतिशोध मानेर जिम्मेवारी नदिनु, नसमेटिनु यहाँभन्दा गैरजिम्मेवारी, गुटगत धारणा र संकुचित सोच केही हुन सक्दैन ।’

..... त्यसैगरी

भूकम्प पीडितका नाममा संकलन गरिएको राहत वितरण गर्नुको साटो पार्टी सम्र्पक कार्यालयमा थन्क्याउनुले सिङ्गो पार्टीको बदनाम भएको बताइएको छ

। ...... जिल्ला कमिटी सदस्य कालुमान लामाले पार्टी संगठन र जिम्मेवारीलाई व्यक्ति विशेषको गोजी बनाएकोप्रति आक्रोश पोखे । उनले अध्यक्षलगायतका केही गुटगत समूहले पार्टीमा आफ्ना भाईभारदार र नातावाद कृपावादलाई अघि सारेर नियुक्ती गर्ने प्रचलनले सिङ्गो कार्यकर्ता मर्माहत भएको बताए । .......

नेता लामाले भने, ‘अब एमालेभित्र बिउँ उमार्ने कि उम्रन नपाउँदै बिष हालेर मार्ने त्यसको हिसाबकिताब गर्न जरुर छ ।’





बीपी कोइराला ले गरेको सबैभन्दा ठुलो गलती

बीपी कोइराला को अर्को पक्ष
सिक्किमका मुख्यमन्त्री नरबहादुर भण्डारीजस्तै बीपीलाई नेपालमा स्थापना गराउने कुरो तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीबाट आएको र भारतमै बसेर नेपालको प्रजातन्त्र स्थापनाको लडाइँ लडिरहेका बीपी त्यसपछि भारतको नियतबाट झस्केको अनुमान पनि गरिन्छ।

सिक्किम भारत को उपनिवेश होइन। भारत लोकतन्त्र हो। सिक्किम त्यस लोकतंत्र को एक हिस्सा हो। सिक्किम को सांसद यदि त्यति नै सक्षम छ भने भोलि त्यो सारा भारतको प्रधान मंत्री सम्म बन्न सक्ने हुन्छ। त्यसो भएको खण्डमा सिक्किमले सारा भारत माथि शासन गर्यो भन्ने अर्थ लाग्दैन। त्यस व्यक्तिले सिक्किम लाई मात्र होइन सारा भारत लाई हेर्नु पर्ने हुन्छ। सारा भारत का लागि राम्रो गर्नु पर्ने हुन्छ।

नेपालमा लोकतंत्र फर्काउने बाटो सबैभन्दा राम्रो त्यही थियो जुन इंदिरा गांधी ले देखाइन। नेपालमा त्यति बेला नै राजतन्त्र समाप्त हुन्थ्यो। तर बीपी लाई कम्निष्ट हरुले अर्ध सामन्ती भनेर त्यसै भनेका होइनन्। राजा सामन्ती, बीपी अर्ध सामन्ती। राजसँग मेरो घाँटी जोडिएको छ भन्नु अर्ध सामन्ती ले बोल्ने भाषा हो।

नेपाल भारतको एउटा राज्य हुन्थ्यो। नेपाल ले दिल्ली मा १३ वटा सांसद पठाउँथ्यो। बीपी कोइराला ले जय प्रकाश नारायण जस्ता सँग क्रियाशील राजनीतिक सहकार्य गर्न पाउने थिए। आखिर प्रवासमा बनारसमा बीपीले गर्ने गरेको त्यही होइन?

नेपाली काँग्रेस भित्र का बीपी का फैन हरु ले बीपी लाई विश्व नेता को रुपमा जुन आकास्ने गर्छन --- त्यस कुरामा दम छ अथवा थियो भने बीपी कोइराला नेपालका मुख्य मंत्री होइन सारा भारत कै प्रधान मंत्री हुन सकथे --- क्षमता को कुरो। लोकतन्त्रमा क्षमता को कुरो हुन्छ।

बीपी कोइराला ले गणतंत्र बिनाको लोकतंत्र को कुरा गरे। त्यो लोकतंत्र नबुझेको कुराको प्रमाण हो। बीपीले लोकतंत्र नबुझेको कुराको अर्को प्रमाण के भन्दा नेपाल लाई सिक्किम बनाउने कुरा नमान्नु। त्यो चीनले तिब्बत खाए जस्तो हुने थिएन, र अहिले पनि हुँदैन।

अहिले पनि नेपाल लाई भारतको राज्य बनाउनु नै नेपालको आर्थिक विकास का लागि सबै भन्दा राम्रो हो।  होइन भने भारत अमेरिका बन्छ, नेपाल छेउ मा भएर पनि अझै दुई चार पुस्ता हेटी भएर बस्छ। 

बीपी कोइराला, प्रचण्ड र नेपालको राष्ट्रियता
राष्ट्रियता भनेको के?
बीपी को संवैधानिक राजतन्त्र प्रतिको रटान गलत थियो
लोकतंत्र, बीपी, संघीयता, गजेन्द्र नारायण सिंह
गिरिजा लोकतंत्र प्रति गद्दार मान्छे
लोकतंत्र र संघीयता: Atom र Molecule
नेपाली काँग्रेस मा राणा शासन
नेपाली काँग्रेस र मधेसी समुदाय
मधेसी किल्ला र मधेसका २२ जिल्ला र अमरेश
मधेसी क्रान्ति ३ कति बेला र केका लागि?


In The News (19)



जनकपुरका स्कुले बालबालिकाहरुमाथि आक्रमण गर्ने यो राज्य कसको हो?
नेपालको हरेक प्रजातान्त्रिक आन्दोलनमा जनकपुरको नेतृत्वदायी भूमिका रहेको छ । पंचायतविरुद्धको आन्दोलनमा वीर दुर्गानन्द झाले राजा महेन्द्रमाथि बम प्रहार गरेर विद्रोहको विगुल फुकेका थिए । २०२६ सालताका नयाँ शिक्षा प्रणालीको विरोधमा भएको आन्दोलनमा धनुषाका कामेश्वर-कुशेश्वर शहिद भएका थिए । २०४६ को आन्दोलनमा यदुकुहाका ६ जना साहसी महिलाहरुले एकसाथ सहादत प्राप्त गरेका थिए । ..... यसपटक फेरि जनकपुरले आफनो क्रान्तिकारीता प्रदर्शन गरेको हो । युवाहरुको नेतृत्वमा भएको आन्दोलनमा प्रहरीले बर्बर दमन गरेको छ । साना साना स्कुले बालबालिकामाथि क्रूरतापूर्वक लाठी प्रहार गरिएको छ । गत सोमबार (साउन ४) र मंगलबार (साउन ५) जनकपुर नगरक्षेत्रमा ५०० भन्दा बढी नागरिकहरुमाथि लाठी प्रहार भएको थियो । २५० बढी घाइते भएका थिए । लगभग ८० जना अस्पताल भर्ना हुनुपरेको थियो । दर्जनौंलाई हिरासतमा लिइएको थियो ।

प्रहरीहरुले आन्दोलनकारीहरुलाई जथाभावी साम्प्रदायिक शब्द प्रयोग गरेर गालीगलौज गरेका थिए

। ..... जनकपुरमा मानवअधिकारको घोर उल्लंघन भएको छ ।

काठमाडौंका कुनै मानवअधिकारवादीहरु यसबारेमा बोलेका छैनन्

, अपवादबाहेक । प्रहरी दमनबारे आज हामी तीन जना

विजयकान्त कर्ण, दीपेन्द्र झा

र म जनकपुरका सिडियोलाई भेटेर विरोध गरेका छौं । जनकपुर घटनाको न्यायिक छानविनको माग गर्दछौं ।


छुटटै राष्ट्रका लागि मधेसमा मोर्चाको आन्दोलन
विहीबार वीरगन्जमा मोर्चाले गरिएको संविधानको प्रारम्भिक मस्यौदाको विरोधसभामा मधेशी मोर्चामा आबद्ध चारवटै मधेसी दलका शीर्ष नेताहरुले १६ बुँदे सहमति गरेका चार दलले मधेसविरोधी संविधान बनाउने षड्यन्त्र गरेकाले अबको आन्दोलन अलग राष्ट्रका लागि हुने चेतावनी दिएका हुन् । .... 'अब मधेसी जनताको दिमागमा मधेलार्इ छुटटै देश बनाउनु पर्छ भन्ने सोच पलाउन थालिसकेको छ', उनले भने, 'यदि अहिलेकै मस्यौदाका आधारमा संविधान जारी भए मधेसवादी दलहरुले पनि यही विकल्प रोज्न बाध्य हुने छन् ।' ..... '१६ बुदे सम्झौता मधेसीका लागि धोका हो' उनले भने, 'यो अपवित्र र प्रतिगमनकारी सम्झौता हो ।' ...... कांग्रेस, एमाले, एमाओवादी र तिनका पछि लागेका केही मधेसी दलका नेताहरुलाई मधेसबाट जनताले लखेटनुपर्ने बेला आइसकेको उनको भनाइ थियो । ........ 'सर्वोच्चको फैसला गर्ने न्यायधीश गिरिशचन्द्र लाल, मधेसी भएकै कारण तीन दलका पहाडीया नेताहरुले मान्दैनौ भनेका हुन्', १६ बुँदे सम्झौता कार्यान्वयन नगर्न लागि सर्वोच्च अदालतले गरेको फैसला मान्दैनौ भनेर ठूला तीन दलका नेताले दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै सहअध्यक्ष कर्णले भने, 'यदि उनीहरुले फैसला मानेनन् भने भोलिका दिनमा पहाडीया न्यायाधीशले गरेको फैसला मधेशी जनताले पनि मान्दैनन् ।' ....... 'जुन दिन न्यायाधीश गिरिशचन्द्र लाल माथि महाअभियोग लाग्छ', उनले भने, 'त्यही दिनदेखि हामीले मधेसमा पहाडीया नेता छिर्न दिन्नौं ।' ...... संघीय समाजवादी फोरम नेपालका केन्द्रिय उपाध्यक्ष एवम् सभासद लालबाबु राउत गद्धीले नयाँ संविधानले मधेसीप्रतिको विभेद अन्त्य नगरे भारतबाट पाकिस्तान अलग भएजस्तै नेपालको पनि हालत त्यस्तै हुने चेतावनी दिए । ....... 'चार दलबीचको १६ बुँदे सहमति केवल सत्ता साझेदारीका लागि मात्र हो', उनले भने, 'त्यसैले उनीहरुले फास्ट ट्रयाकको नाममा हतार हतारमा मधेसविरोधी संविधान बनाउने षड्यन्त्र गरिरहेका छन् ।' ....... तराईमधेश लोकतान्त्रिक पार्टीका सह-महामन्त्री जितेन्द्र सोनलले पनि विगतमा मधेसी दलसँग गरिएको ८ बुँदे सम्झौता अबको संविधानमा समेटिएन भने मधेसले काठमाण्डौसँगको सम्बन्ध तोड्ने चेतावनी दिए । ....... चार दलका नेतालार्इ चेतावनी दिदै नेता सोनलले भने, ‘यदि तिमीहरुले आमाको दूध खाएका छौ भने अहिलेकै मस्यौदाको आधारमा संविधान बनाएर देखाउ ।' .....

'पहाडी दलका नेताहरुले मधेसप्रतिको रवैया नसुधारे मधेसका हरेक जिल्लामा गौरकाण्ड दोहोरिन सक्छ'

, उनले थपे । यदि अहिलेकै मस्यौदाका आधारमा संविधान बने मधेसीहरु खस शासकहरुको दास नबन्ने उनको भनाइ थियो ।

बीपी कोइराला को अर्को पक्ष

बीपी कोइराला को अर्को पक्ष
  • २००७ साल देखि नै संविधान सभा भनेको पार्टी ले बगैर संविधान सभा को चुनाव का मार्फ़त सत्तामा पुग्ने बाटो किन अख्तियार गर्यो? 
  • ५०० सशस्त्र मानिस छन भने महेन्द्र को कु रोकिने। प्रधान मंत्री ले ५०० सशस्त्र मानिस राख्न सक्छ त। बीपी को त्यो एक गल्ती ले देशले ३० वर्ष गुमायो। अझ ५० वर्ष भने पनि हुन्छ। 
  • गणतंत्र बिनाको लोकतंत्र को कल्पना गर्ने प्रमुख काँग्रेसी बीपी कोइराला, जसले गर्दा देशले ५० वर्ष गुमायो। त्यस अर्थमा बीपी ले लोकतंत्र आधा मात्र बुझेको। बीपी ले बुझेको भनेको लोकतंत्र -- त्यो पनि आधा मात्र। 
  • बीपी को काँग्रेस मा कहिले पनि संघीयता का लागि ठाउँ रहेन, अहिले पनि छैन। जुन मधेसी जनता को बुइ चढेर काँग्रेस ले आफ्नो प्रत्येक आंदोलन गर्यो, त्यस मधेसी जनताको प्रमुख माग संघीयता का विरुद्ध मा त्यति सारहो कठोर! 
  • बीपी समाजवादी सिद्धांत का बिद्यार्थी। उच्च कोटि का साहित्यकार। राम्रा लेखक। बिचारक। तर बीपी सँग संघीयता को मात्र होइन आर्थिक क्रांतिको पनि विज़न थिएन। अमेरिका बेलायत त बल्ल बल्ल ४% गर्छन भने हामीले २-३% बढ़ी गर्न सक्दैनौं भन्ने त्यस जमाना को सोंच बाट बीपी उन्मुक्त थिएनन्। 
  • संसारका साना देश हरु का लागि मार्गदर्शक भनेर बीपी लाई भन्नु हुन्न। आफ्नो लोकतंत्र त जोगाउन नसकेको मान्छे। 
नेहरू ले बीपी को ईर्ष्या गरेर महेन्द्र लाई बीपी विरुद्ध कु गर्न नेहरू ले उक्साएको भन्ने अंगराज जी को वक्तव्य ले नेपालको राजनीति ८०% बुझ्न मदत गर्छ। आफ्नो असक्षमता को दोष आफु लाई होइन दिल्ली लाई दिने रोग बरु बीपी को प्रमुख योगदान हो कि? नेहरू को भारत भित्र र विश्व मन्च मा रहेको ऊंचाई भारत को ठुलो आकार ले गर्दा मात्र होइन --- किनभने त्यो उचाई मा त्यस पछि भारतकै अर्को कुनै प्रधान मंत्री पुग्न सकेको छैन ---- त्यस तुलनामा बीपी फ़ासफ़ुस भनेको नेपाल सानो देश भन्ने मात्र होइन। बीपी सानो पोखरी को ठुलो माछा। सानो पोखरी नेपाल होइन नेपाली काँग्रेस भनेको। 



बहुआयामिक बीपी by डा. अंगराज तिमिल्सिना
बीपीको बहुआयामिक व्यक्तित्वलाई अक्सर राजनीति र साहित्यसँग जोडेर धेरै चर्चा गरिएको छ भने दुई ठूला देशहरू चीन र भारतबीच तरुलझैं च्यापिएको नेपाल र नेपालजस्तै विश्वका अरु साना देशहरूले कूटनीति र विदेशनीतिका सहाराले आफ्नो अस्तित्व, पहिचान र प्रभुत्व कसरी बढाउन सक्छन् भन्ने बीपीको योगदानबारे बिरलै चर्चा गरिन्छ। यद्यपि नेपालको अहिलेको विदेशनीति बीपीले सन् १९६० मा प्रतिपादन गरेको नीतिमै चलिरहेको देखिन्छ। ..... बीपी नेपालमा प्रधानमन्त्री रहिरहँदा असंलग्न आन्दोलनमा एकछत्र छाएको नेहरूको व्यक्तित्व विस्तारै गिर्दै जाने भयले नेहरूकै उक्साहटमा राजा महेन्द्रले बीपीको निर्वाचित सरकारलाई अपदस्थ गर्ने साहस गरेका हुन् भन्ने गरिन्छ। ..... पाकिस्तानका मोहम्मद अली जिन्ना नेहरूको व्यक्तित्वदेखि डराउँथे। ..... पाकिस्तानका जिन्नाले आरिस गरेर भन्ने गर्थे, नेहरूले विश्वका सबै देशको भारी आफ्नो काँधमा बोक्ने कोसिस गरेका छन्, केवल आफ्नो देशको जिम्मेवारीबाहेक। ...... बीपी बाहेकका नेपालका प्रधानमन्त्रीहरू हरेक वर्ष आयोजना हुने राष्ट्रसंघको साधारण सभामा तीर्थाटन गरेझैं न्युयोर्क जाने र भाषण गरेर नेपाल फर्किने कर्मकाण्डी जस्तो भएको छ भने बीपीले यो अन्तर्राष्ट्रिय मञ्चबाट छिमेकी र शक्तिशाली राष्ट्रहरूको सहयोग चाहिएको तर हस्तक्षेपचाहिँं निन्दनीय हुने कडा सन्देश दिएका थिए। बीपीकै शब्दमा 'यद्यपि हामी भारतीय, अमेरिकी, चिनियाँ, सोभियत संघ र बेलायतजस्ता मित्र सरकार र अरु संस्थाहरू -जस्तो कि राष्ट्रसंघ) को सहयोगको स्वागत गर्छौं र यो सहयोगप्रति कृतज्ञ पनि छौं। तर हामी कुनै देशले नेपालले के सोच्नुपर्छ वा नेपालले आफ्नो आन्तरिक क्रियाकलाप कसरी अगाडि बढाउनुपर्छ भनेको सुन्न वा हेर्न चाहँदैनांै।' राष्ट्रसंघ जस्तो ठूलो मञ्चको भरपुर उपयोग गरी दिइएको यो हुंकारबाट विश्व राजनीतिमा दक्षण्िा एसियाका तर्फबाट आफू निर्विवाद एकल नेता भएको ठान्ने भारतका नेहरूलाई चस्का परेको सजिलै आँकलन गर्न सकिन्छ। ....... बीपीकै शब्दमा 'नेपालजस्ता साना देशहरूका लागि असंलग्न आन्दोलन भनेको अमेरिका वा रूसका आआफ्ना शक्तिशाली गठबन्धनमध्ये कतैतिर नलाग्ने वा तटस्थ बस्ने भन्ने होइन। हामी असंलग्न किन छौं भने हामी आँखा चिम्लेर कसैको समर्थन गर्न जाँदैनौं। हामी असंलग्न हुनुको अर्थ हरेक अन्तर्राष्ट्रिय मुद्दालाई स्वछन्द र निष्पक्ष भएर केलाउने र त्यसपछि मात्र आफ्नो धारणा बनाउनका लागि हो। हामीले सत्य ठानेको कुनै मुद्दामा प्रस्टसँग हाम्रो धारणा राख्न हामी कहिल्यै हिच्किचाएका छैनांै। तर हामी हरेक अन्तर्राष्ट्रिय मुद्दाहरूलाई गम्भीर र वस्तुगत भएर हेर्छौं। किनभने हामीलाई थाहा छ, धेरै अन्तर्राष्ट्रिय मुद्दाहरू सेतो वा कालोमात्र हुँदैन।' ........

भारतसँग गण्डक सम्झौता सुवण्र्ा शमशेरका पालामा गरिएको भए पनि २०१५ सालको चुनावपछि प्रधानमन्त्रीको बागडोर आफूले समातेपछि बीपीले 'नेपालले यो सम्झौता नगरेको भए भारतले गण्डक परियोजना एक्लैले निर्माण गथ्र्यो र नेपालले यति पाएको सुविधा पनि पाउँदैनथ्यो' भनेका थिए।

त्यसरी बचाउ गरेका कारण बीपीलाई भारतपरस्त भएको आरोप पनि लाग्छ, तर वास्तवमा प्रधानमन्त्री भएपछि उनले भारत र चीनसँग कस्तो सम्बन्ध बनाउनुपर्छ भन्ने सिद्धान्त अहिले पनि सान्दर्भिक छ। ........ खुला सिमाना, रहनसहन, धर्म, भाषा, रीतिरिवाज र पारिवारिक सम्बन्ध आदिका कारण भारतसँग राजनीतिक र आर्थिक हिसाबले चीनभन्दा नजिकको सम्बन्ध राख्ने तर यसो गर्दा सानो देश नेपाल वैदेशिक नीति र कूटनीतिका हिसाबले पुरै भारतका भरमा छ भन्न देखिन नहुनेमा उनको जोड थियो। यही भएर होला, सन् १९६० मार्चमा भारतसँग 'आर्थिक र सीमा सम्झौता' गरेका बीपीले चीनका प्रधानमन्त्री चाउएनलाईलाई नेपाल बोलाएर चीनसँग त्यही वर्ष अपि्रलमा 'शान्ति र मैत्री सन्धि' गरे, जसले नेपाल पूण्र्ारूपमा भारतसँग निर्भर छैन भन्ने देखायो। तर भारतलाई हेर्ने दृष्टिकोण बीपीले समयअनुसार बदल्दै गएको देखिन्छ। ........ नेपाली र हिन्दी भाषा दुबैमा पोख्त युवा बीपी आफ्नो आत्मकथामा लेख्छन्, 'हिन्दी र नेपाली र दुई देश भारत र नेपाललाई मैले समान रूपले अंगीकार गर्नुपरेकोले ममा अन्तर्राष्ट्रिय भावनाको तीव्रता छ। यसो विचार गरेर ल्याउँदा म बडो आश्चर्यजनक परिणाममा पुग्छु, आफ्नो सम्बन्धमा। माक्र्स भनँु, लेनिन वा गान्धी भनँु, केवल बुद्धबाहेक मेरो आदर्श पुरुष एउटा पनि नेपालको इतिहासमा पाइँदैन।' तरुण बीपीका लागी नेपाल-भारत बीचको सम्बन्ध 'वसुधैव कुटुम्बकम्'द्वारा प्रेरित अन्तर्राष्ट्रिय भावनाले डोर्‍याए जस्तो लाग्थ्यो। ...... तर बीपी जब राजनीतिमा हाम्फाल्छन्, त्यसपछि उनलाई भारतको नेपालको राजनीतिमा हुने हस्तक्षेपको फाइदा र बेफाइदा थाहा हँुदै जान्छ। शंकर घोषले नेहरूको आत्मवृत्तान्तमा लेखेका छन् कि २००७ सालको नेपालको क्रान्ति र राजा त्रिभुवनले भारतमा शरण लिएका बेला नेपालको समस्या कसरी सुल्झाउने भन्नेबारे नेहरू र नेता जयप्रकाश नारायणबीच ठूलो खटपट परेको थियो। यसको कारण थियो, राणाहरूलाई तह लगाउन भारतले सेना पठाउनुपर्छ भन्ने माग लिएर दिल्ली आएका बीपीलाई नेहरूले भेटसम्म दिएनन् भने बीपीका मित्र जयप्रकाशलाई नेहरूको यो कदम प्रजातान्त्रिक आन्दोलनका विरोधमा छ भन्ने लाग्यो।' ......... २००७ सालपछि बनेको सरकारका गृहमन्त्री बीपीले तत्कालीन भारतीय राजदूत सीपी सिन्हासँग खटपट भएर राजीनामा दिएका थिए भन्ने गरिन्छ भने अर्कोथरीले बीपी यस घटनापछि केही वर्ष भारतले प्रधानमन्त्री बनाइदिन्छ भन्ने आशामा थिए पनि भनिन्छ। सायद भारतका कारण प्रधानमन्त्री बन्न नसकेका तर निर्वाचनद्वारा संसदमा दुई तिहाइ मत ल्याएर सरकार बनाएका बीपीले भनेका छन्,

'मभन्दा अगाडिका प्रधानमन्त्रीहरू भारतीय राजदूतहरूकहाँ जान्थे, मैले भारतीय राजदूतलाई सिंहदरबार बोलाएँ।'

यसो भन्नुको अर्थ बीपीले नेपाल एउटा सार्वभौम र स्वतन्त्र राष्ट्र हो भन्ने सन्देश दिनु थियो।....... सिक्किमका मुख्यमन्त्री नरबहादुर भण्डारीजस्तै बीपीलाई नेपालमा स्थापना गराउने कुरो तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीबाट आएको र भारतमै बसेर नेपालको प्रजातन्त्र स्थापनाको लडाइँ लडिरहेका बीपी त्यसपछि भारतको नियतबाट झस्केको अनुमान पनि गरिन्छ। भारतबाट खासै सहयोग नपाएको बरु इन्दिरा गान्धीबाट अपमान मिलेका कारण परम्परागत शक्ति राजतन्त्रसँग हात मिलाएर राष्ट्रिय एकता र मेलमिलापलाई बलियो बनाउन बरु राजासँगै सम्झौता गरेर प्रजातन्त्रतिर अगाडि बढ्ने निण्र्ाय बीपीले गरेका हुन् भन्ने गरिन्छ। यी घटनाक्रमले बीपीलाई तरुण बेलाको 'वसुधैव कुटुम्बकम्'बाट 'राष्ट्रियताका हकमा भारतसँग सतर्कता'को नीतितिर पुर्‍याएको देखिन्छ। ....... बीपीका धेरै किताबहरू सम्पादन गर्ने गणेशराज शर्माले गिरिजाप्रसाद कोइरालालाई एकपटक सिधा प्रश्न गरेका थिए, 'अहिलेका राजनीतिज्ञहरूलाई १५ वर्षपछि नेपालीहरूले किन सम्झिएलान् त?' सरलजस्तो देखिने यो प्रश्नको जवाफ त्यति सहज छैन। नेपालमा दीर्घकालीन छाप छोड्ने नेताहरू औंलामा गनिन्छन्, तर बीपी आफू जन्मेको सय वर्षपछि पनि नेपालको साहित्य, राजनीति र कूटनीतिमा अजम्बरी भएर बाँचिरहेको महसुस हुन्छ।