Showing posts with label vegetables. Show all posts
Showing posts with label vegetables. Show all posts

Thursday, July 23, 2015

सौर्य पम्प



सौर्य पम्पले बढायो तरकारी खेती
एक हजार २६० वाट क्षमताको सौर्य पम्पबाट सो समूहमा आबद्ध ३२ परिवारको १२० रोपनी जमिनमा सिँचाइ सुविधा उपलब्ध भएपछि अब उनीहरु वर्षैभरि विभिन्न तरकारी लगाउन सक्ने भएका छन्। ....... गाउँ तलको जुगेपानीखोला किनारमा इन्टेक बनाएर सौर्य पम्पबाट झन्डै ७० मिटरमाथि पानी तानेर सामूहिक रुपमा सिँचाइको प्रबन्ध मिलाइएको छ। सुरुमा त उनीहरुलाई यति तलबाट पानी तानेर माथि पाखोबारीमा सिँचाइ गर्न सकिन्छ भन्ने कुरामा नै विश्वास थिएन। प्राविधिकको सल्लाह र कार्यक्रमले पनि केही सहयोग गरेपछि नपुग रकम सदस्यबाट उठाएर उनीहरुले सो पम्प जडान गरेका हुन्। पहिले सुक्खा डाँडामा अहिले गोलभेँडा, बन्दा, काउली, बोडी, सिमीलगायतका तरकारी लटरम्म फलेको देख्दा गाउँलेहरु आश्चर्यचकित बनेका छन्। ..... त्यतिकै मिल्किएको जमिनमा सिँचाइ सुविधा पुगेपछि अहिले किसानले विभिन्न जातका तरकारी खेती गरी राम्रो आम्दानी गर्न थालेका छन्। राजमार्ग नजिक भएकाले बजारको कुनै समस्या नभएको मतिसरा मसाङ्गी बताउँछन्। “सामूहिक रुपमा उत्पादन गरिएको तरकारी किन्न गाउँमै व्यापारी आउने हुँदा बजारसम्म लैजानुपर्ने समस्या पनि छैन” उनले भने। ..... पहिले एक याममा लगाएको तरकारी खेतीबाट कतिपयले एक लाख रुपैयाँ सम्म आम्दानी गर्ने गरेकामा अब वर्षैभरि मौसमी र बेमौसमी तरकारी लगाएर त्यसको तेब्बर आम्दानी गर्न सकिनेमा उनीहरु ढुक्क देखिन्छन्।

“सिँचाइ सुविधा पुगेपछि गाउँमै तरकारी खेती गरेरै वर्षमा दुई÷तीन लाख रुपैयाँ आम्दानी गर्न सकिने भएपछि किन विदेश जानुपर्‍याे,” स्थानीय सुजनकुमार राना भन्छन्– “किसानका लागि सिँचाइभन्दा ठूलो केही हुँदैन।”

सुक्खा जमिनमा सिँचाइ पुर्‍याउन सकिएमा उत्पादन वृद्धि भई खाद्यान्नमा आत्मनिर्भर हुनुका साथै रोजगारी सिर्जना भई जीवनस्तरमा सुधार आउनेछ। ....... “अन्नबालीबाट भन्दा तरकारीजस्तो नगदेबालीबाट बढी आम्दानी हुने भएकाले व्यावसायिक तरकारी खेती गर्ने हाम्रो चाहनालाई सौर्य पम्पबाट सिँचाइ सुविधा उपलब्ध भएपछि पूरा भएको छ”, स्थानीय कृषक देव गुरुङ बताउँछन्। ..... यसैगरी कपिलवस्तु धरमपानीयाका इन्द्रबहादुर कुर्मीले पनि ४१० वाटबराबरको सौर्य पम्पबाट जडान गरी आफ्नो पाँच बिगाहा जमिनमा सिँचाइ सुरु गरेका छन्। उनले गत मङ्सिरमा स्थापना गरेको पम्पबाट २६ मिटर गहिरो बोरिङबाट पानी तानेर सिधै खेतबारीमा सिञ्चित गरेका छन्। उनी भन्छन् “पहिले पानीको अभावमा बाँझै रहेको खेतबारीमा अहिले बाह्रै महिना सिँचाइ सुविधा पुगेपछि विभिन्न अन्नबाली तथा तरकारी खेती गर्न सकेको छु।” ...... तराई भेगका प्रायः ठाउँमा विद्युत विस्तार भए पनि केन्द्रीय लाइनको विद्युत् भरपर्दो नभएकाले डिजेल पम्पको प्रयोग हुने गर्दा कृषि उत्पादनको लागत महँगो पर्ने भएकाले विनरक इन्टरनेसनलले सौर्य पम्प प्रणाली जडान गरी किसानको जीवनस्तरमा सुधार ल्याउने लक्ष्यका साथ सौर्य पम्प परियोजना सुरु गरेको संस्थाका निर्देशक विनोद श्रेष्ठको भनाइ छ।
एकीकृत योजना बनाउँदै मधेसी मोर्चा
प्रत्यक्ष निर्वाचित कार्यकारीबारे मतभेद
विगतमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा आफूलाई उभ्याउँदै आएको नेकपा एमालेले उक्त मुद्दालाई मस्यौदामा समेट्न पहल थाल्ने बताएको छ। ..... तर एमालेसहित प्रमुख चार राजनीतिक शक्तिले संसदमा प्रधानमन्त्री चुन्ने सहमति जनाएको १६ बुँदे सम्झौताको आधारमा संविधान निर्माण प्रक्रिया अघि बढिसकेको बताउँदै कांग्रेस, पछि नहट्ने मनस्थितिमा देखिन्छ। ..... एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, “प्रत्यक्ष प्रधानमन्त्रीको पक्षमा करिब ८० प्रतिशत जनमत आएको हुनाले अब यो विषयमा संविधानसभामा साथसाथै मस्यौदा समितिमा यसमा पुनर्विचार गरिनुपर्छ।” .... प्रचण्डले प्रधानमन्त्री सुशील कोइरालालाई बुधबार भेटेर शासकीय स्वरुपसहित सीमांकन र नागरिकताको विषयमा सुझाव संकलनमा देखिएको मतकै आधारमा संशोधन गर्ने प्रस्ताव गरेको ....

यसरी १६ बुँदे सम्झौताका सहयात्री दुई दलले पुनर्विचारको मनस्थिति बनाएपनि कांग्रेस भने पछाडि फर्कन नहुने पक्षमा देखिन्छ।

...... कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडु भन्छन्, “संसद र प्रत्यक्ष निर्वाचित अर्को संस्था रहन्छन् भने त्यसले मुलुकमा द्वन्द्व निम्त्याउन सक्ने संभावना हुनाले नै लामो बहसपछि हामी शासकीय स्वरुपबारे एक ठाउँमा पुगेका हौँ।” तथापि कांग्रेसभित्रै एउटा तप्का भने प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीकै पक्षमा देखिन्छ।
ससुरापथमा हिमानी (तस्बिरमा हिमानीका ९ पोज)