Pages

Wednesday, September 16, 2015

In The News (87)

नेपाल मधेशी समुदाय बेलायतले भोली बेलायतको पार्लियामेन्ट अगाडी नेपाल सरकारको बिरुद्दमा धर्ना दिने !
गच्छदार नेतृत्वको मोर्चा संविधानसभामा फर्कने
३ गते सबै जिल्लामा संविधान जलाउने घोषणा
मधेश आन्दोलन जायज रहेको विवेकशील नेपालीको ठहर, अंकगणितको आधारमा संविधान जारी नगर्न सुझाव
बंगलादेशमा पनि मधेश–थरुहट आन्दोलनको समर्थनमा प्रदर्शन(फोटो फिचर)
शान्ता चौधरीज्यू, तपाईँ कहिलेसम्म एमालेमा कमलरी बस्नुहुन्छ ?
तीन नेताको इच्छाले बन्ने संविधान सर्वस्वीकार्य हुन सक्दैन



बेथरीमा दर खाने दिन यसरी मारिए चार वर्षे बालक
प्रहरीले तिनाउ खोलाको पुलमाथिबाट पुलमुनि रहेको तरकारी बजारमा चलाएको गोली लागेर बालकको घटनास्थलमै मृत्यु भयो । बालकको टाउकोमा गोली लागेको छ । ..... प्रहरीले तिनाउ पुलबाट तलतिर लागेको बजारमा अन्धाधुन्ध गोली चलाउँदा आफ्नै घरछेउमा खेलिरहेकी १२ वर्षीया वालिका रञ्जना क्षेत्रीको घाँटीमा गोली लाग्यो । ..... ‘पुलमाथिबाट बजारमा प्रहरीले गोली चलाउन थालेपछि भागभाग भयो, हामी सबै घरभित्रै थियौं, मृतक रञ्जनासिंह क्षेत्रीका हजुरबुबा हरिहरसिंह क्षेत्रीले अनलाइनखबरसँग भने, मेरी नातिनी रञ्जना गल्लीमा थिइन्, प्रहरीले पुलमाथिबाट चलाएको गोली लागेर नातिनीको मृत्यु भयो । ..... ‘मेरी १२ वर्षीया नातिनी आन्दोलन गर्न गएकी थिइनन्, आफ्नै घरमा बसेकी थिइन्, हजुरबाले सोधे- ‘किन प्रहरीले मेरो नातिनीलाई गोली हानेर मारे ?’ ..... प्रहरीले राति नै घरमा आएर जबरजस्ती नातिनीको शवसमेत खोसेर लगेको बताए । ...... मृतक रञ्जनाका बुबा भारतमा मजदुरी गर्छन् भने उनकी आमा गृहणी हुन् । मृतकको घर रुपन्देहीका मर्चवार क्षेत्रको ओडवलियामा रहे पनि विगत केही वर्षदेखि उनी आफ्नो हजुरबुबासँग बसेर गोनहा ६ बेथरी स्थित तिनाउ प्राविमा कक्षा ५ मा अध्यनरत थिइन् । उनको घाँटीमा गोली लागेको छ । ..... यस्तै अर्का स्थानीय ३५ वर्षीय विन्दु लाकोल घरै अगाडि लागेको बजारमा तरकारी खरिद गर्न जाँदा प्रहरीले पुलमाथिबाट चलाएको गोली लागेर उनको मृत्यु भयो । मृतकका भाइ मनोहर गोपाल लाकोलका अनुसार लाकोल दाजुभाइ खुद्रा पसले हुन् । .......

‘मेरा देवर कुनै राजनीतिक दलमा आवद्ध हुनुहुन्थेन, रक्सी, चुरोट केही खानु हुन्थेन,’ भक्कानो छाडेर रुँदै मृतक विन्दुकी भाउजूले भनिन्- ‘बजारमा तरकारी किनिरहेका बेला प्रहरीले गोली हानेर हत्या गर्‍यो ।

........ ‘बुवा खेतमा पानी लगाएर घर आउनुभएको थियो, अनि घरमा पाकेको माछा खाएर अब साँझका लागि बजारबाट तरकारी किनेर ल्याउँछु, भन्नुभएको थियो,’ मृतक बरईका छोराले अनलाइनखबरसँग भने, ‘तर बुबालाई प्रहरीले बजारमा नै गोली हानेर हत्या गरिदियो । .....

हत्यापछि गाउँमा ढलेका सबै शवहरु प्रहरीले जबरजस्ती घरबाट हतियार देखाएर लगेको मृतक परिवारको गुनासो छ ।

........ यतिबेला बेथरी गाउँ शोकमा डुबेको छ । गाउँमा रुवाबासी छाएको छ । तरकारी खरिद गर्न गएका व्यक्ति मारिएपछि मंगलबारदेखि गाउँमा कसैका घरमा खाना पाकेको छैन । ..... बेथरी क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । गाउँका गल्लीहरु सुनसान छन् । स्थानीय जनता त्रसित भएर आ-आफ्ना घरमा छन् । पसल, होटललगायत सबै बन्द छन् । ..... प्रहरी मंगलबार सवारी साधन स्कटिङ्ग गरेर लैजाने क्रममा आन्दोलनकारीले सवारी साधनमा ढुगंामुढा गरेपछि प्रहरीले अन्धाधुन्द गोली चलाएको हो ।
अधिकांश थारु सभासद् संविधानसभामा मतदान गर्दै, लेखीले भने- थारु सभासद्हरु नालायक
नेपाली कांग्रेसका सभासद् सुरेन्द्र चौधरी पनि मतदान प्रक्रिया बाहिर छन्। उनले पार्टीको ह्विप विपरित उभिएका छन्। उनले अहिले जारी हुन लागेको संविधान स्वीकार्य नहुने र पार्टीले कारबाही गरे आफ्नो नेतृत्वमा अर्को पार्टी बनाउने चेतावनी दिए। ..... एमाओवादीका सभासद् तथा थरुहट/थारुवान संयुक्त संघर्ष समितका प्रवक्ता अमनलाल मोदीले फरक मतसहित मतदानमा सहभागी भएको बताए। उनले आन्दोलन भने जारी रहने बताए। ...... ‘मतदानमा सहभागी भएर थारु सभासद्हरु नालायक बनेका छन्। तर हाम्रो आन्दोलन तुहिँदैन। जारी रहन्छ’
त्यो र यो मधेस आन्दोलन
०४६ अघि ३० वर्षीय पञ्चायतविरुद्धको आन्दोलनमा मधेसी नेता कांग्रेस र विभिन्न वाम दलसँग आबद्ध भएर आन्दोलनमा होमिएका थिए । प्रजातन्त्र पुनस्र्थापनापछि सबैमा ठूलै परिवर्तन हुने आशा थियो । ०४७ मा नयाँ संविधान आएपछि तीनवटा निर्वाचन भए । ६–७ पटक सरकार परिवर्तन भए । राजनीतिको प्रतिनिधित्वमा खासै परिवर्तन देखिएन । २०५ निर्वाचन क्षेत्रमध्ये मधेसमा ८६ र बाँकी सिट पहाडमा थिए । केन्द्रीय विधायिकामा मधेसीको उपस्थिति अत्यन्त कमजोर थियो । नेताहरूले राज्य सञ्चालनको विधि, कर्मचारी भर्ना प्रक्रियालाई मधेसमैत्री बनाउन सकेनन् । त्यसैले पनि प्रजातन्त्रपछि सबै ठीक हुन्छ भन्ने आफ्नो सोचाइ ठीक रहेनछ भन्ने लागेपछि मधेसीलाई कांग्रेस एमालेप्रति वितृष्णा जाग्दै गयो । तर, लामो समयदेखिको संलग्नता र सम्बन्ध तत्कालै तोड्न सक्ने अवस्था भने थिएन । ........ माओवादीले पहिलो चरणमा पहाडमा आफ्नो संगठन विस्तार गर्‍यो । पहाडमा आफ्नो संगठन विस्तारपछि ऊ मधेस झर्न हतारियो । उसले पहाडमा पहिला प्रशिक्षण दिएर मात्रै बन्दुक दियो भने मधेसमा चाहिँ हतार भएकाले मधेसी युवालाई जनसेनामा समावेश गरी विचार दिन कन्जुस्याइँ गरी हतियार मात्र दियो । उसले मधेसी मुक्ति मोर्चा गठन गरी मधेसको समस्याबारे विश्लेषण गर्दै भन्यो, ‘मधेसको समस्या आन्तरिम उपनिवेशीकरणको हो । मधेसीमाथि रङ, जात, भाषा र भेशभूषा, क्षेत्रका आधारमा विभेद भइरहेको छ । त्यसैले मधेसको समस्या समाधानका लागि स्वायत्त मधेस प्रदेश हुनुपर्छ र समानुपातिक राजनीतिक प्रतिनिधित्व र राज्य संयन्त्रमा समावेशी नीति अवलम्बन गरिनुपर्छ ।’ ...... माओवादीमा मधेसीको प्रभुत्व देखिएपछि राज्यको संरचना कमजोर देखिँदै गयो । पहिला–पहिला मधेसमा एकजना प्रहरीले १० जना मधेसीलाई बाँधेर थानामा पुर्‍याउने गथ्र्यो तर माओवादीले उनीहरूलाई बन्दुक बोकाएर प्रहरीमाथि आक्रमण गर्न पनि सिकायो । त्यसले मधेसीमा निडरता र आक्रामकता बढ्यो । मधेसका गाउँगाउँमा माओवादी फैलँदै गएपछि राज्य कमजोर भएर सदरमुकाममा मात्रै खुम्चियो । त्यसपछि प्रशासन र विदेशी खुफिया शक्ति लागेर केहीलाई फुटाउने र मार्नेसम्मको काम भयो । तर, माओवादी युद्धकालमा मधेसमा शक्ति संरचना बदलियो । .....

विनाकुनै व्यवस्थापन मधेसी जनअधिकार फोरमले आह्वान गरेको आन्दोलनमा व्यापक जनमानसको समर्थन रह्यो ।

त्यतिखेर राज्य अत्यन्त कमजोर थियो । माओवादी चौतर्फी हाबी थियो र कांग्रेस–एमाले परास्त जस्तै थिए । यही पृष्ठभूमिमा ०६३ मा भएको भयंकर मधेस आन्दोलनका एजेन्डालाई सम्बोधन गर्न तत्कालीन सत्ता बाध्य भयो । गिरिजाप्रसाद कोइरालाजस्तो सुझबुझ भएका र मधेससँग लामो संगत भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्याति कमाएका नेता सरकार प्रमुख भएकाले उहाँले मधेस आन्दोलनको मागलाई सम्बोधन गर्ने प्रयास गर्नुभयो । ........

विदेशी शक्तिले जहिले पनि राज्यलाई नै सहयोग गर्छ । राष्ट्र–राष्ट्रबीच द्विपक्षीय सम्बन्ध हुन्छ । कूटनीतिमा भावनाले काम गर्दैन, व्यावसायिक हुन्छ ।

...... छिमेकीको मुख्य चासो उनीहरूको आन्तरिक सुरक्षा र लगानीका विषय हुन् । हिजोको मधेस आन्दोलन र माओवादी संघर्षले त्यस्तो सम्बन्ध विस्तारमा अप्ठ्यारो पारेको थियो । माओवादीले यहाँको संस्थापन पक्ष कांग्रेस र एमालेलाई निकै अप्ठ्यारो पारेपछि दिल्लीमा लगेर १२ बुँदे सहमति गराइयो । मधेस आन्दोलनले पनि काठमाडौंको सत्तालाई अप्ठ्यारो पारेपछि वीरगन्जबाट हेलिकोप्टरमा मधेसी नेतालाई काठमाडांै ल्याई लैनचौरमा सहमतिको ड्राफ्ट बनाएर बालुवाटारमा हस्ताक्षर गराइयो । त्यसैले

जहिले पनि विदेशीले राज्यसत्तालाई सजिलो बनाइदिने मात्र हुन् । विदेशीले आन्दोलनकारीलाई कहिल्यै सघाउँदैनन् ।

......... सरकारले मधेसमा सशस्त्र प्रहरी खटायो । हरेक निर्वाचन क्षेत्रका पाँच किलोमिटरको दूरीमा सशस्त्र प्रहरीको क्याम्प राखियो । द्वन्द्वबाट प्रभावित मधेसका १४ जिल्लामा पकड जमेपछि सशस्त्रले त्यहाँ अराजकता मच्चाइरहेका सशस्त्र समूहका चिनिएका नेतालाई मार्ने काम गर्‍यो । त्यतिवेला मधेसमा सशस्त्रको प्रभाव सकारात्मक देखियो । तर, यसैको आडमा पछि सशस्त्रले जथाभावी मान्छे मार्न थाल्यो । यसै क्रममा सिमानाको ‘कमाइ’मा जनपद र सशस्त्र प्रहरीबीच द्वन्द्व सुरु भयो । जसका कारण सशस्त्र समूहसँग प्रहरी प्रशासनको निकटता बढ्यो । अन्तत: प्रहरीले मधेसमा सशस्त्र समूहको कार्यकर्ताका नाममा ‘फेक इन्काउन्टर’ को नाममा पाँच सयभन्दा बढी युवा मार्‍यो । प्रशासन र प्रहरीको विरोध गर्नेमाथि अनेक मुद्दा लगाइयो ।

माधवकुमार नेपाल प्रधानमन्त्री र भीम रावल गृहमन्त्री भएका वेलामा विशेष सुरक्षा योजना लागू भएपछि मधेसमा धेरै मान्छे मारिए । परिणामत: मधेसी समाज डरायो । मधेसवादी दलका कार्यकर्ता भएर काम गर्दा प्रहरीले मुद्दा लगाएपछि बचाउन सक्ने अवस्था देखिएन । आफूहरूमाथि लगाइएका मुद्दा फिर्ता गर्न र आफूलाई बचाउन उनीहरूले कांग्रेस र एमाले चाहिने देखे । किनकि राज्य, प्रशासनमा कांग्रेस–एमालेको पकड रहेको विश्लेषण उनीहरूले गरे ।

........ ०७० मंसिरमा दोस्रो संविधानसभाको निर्वाचन भयो । प्रहरीले मधेसमा समाजलाई आक्रान्त बनायो । त्यसको विपरीत मधेसी नेताले पार्टी मात्र फुटाए, उनीहरू मन्त्री मात्र बने । संविधान निर्माण प्रक्रियामा उनीहरूले केही गरेनन्, संविधान निर्माणमा उनीहरूले कुनै सक्रियता देखाएनन् । मधेसका सबै नेता कसरी मन्त्री बन्ने भन्नेतर्फ लागे । त्यही वेला २ जेठमा एउटा सहमति भयो । उपेन्द्रजीले त्यसको विरोध गर्नुभयो । पूर्वका तीन र पश्चिमका दुई जिल्लालाई मधेसबाट छुट्याइएको हुनाले अरूले पनि त्यसको विरोध गरे । ....... मधेसी जनताले आफूहरूलाई अधिकार दिलाउँछन् भनेर मधेसी नेतामाथि ठूलो भरोसा गरेका थिए । तर, तिनीहरू विगतमा सत्तामा मात्र रमाए । तिनले आफ्नो दुनो मात्र सोझ्याए ।

एक त आफू–आफूमै विभाजित, अर्को सत्तामुखी चरित्र भएका कारण मधेसी नेताको आकर्षण मधेसी जनतामा देखिएन ।

......... मधेसी नेताका कार्यकर्ता उनीहरूबाटै बिरक्तिएका कारण पनि कांग्रेस र एमालेले बढी सिट जिते । कांग्रेस–एमाले छाडेर मधेसी दलमा प्रवेश गरेका कतिपय नेता–कार्यकर्ता पुरानै पार्टीमा फर्केको हुनाले पनि उनीहरूलाई सहज भयो । ....... ०७० को संविधानसभा चुनावपछि अहिले आएर संविधान निर्माण अन्तिम चरणमा पुगेको छ । अबका केही दिनपछि त त्यो घोषणा हुने निश्चित नै भइसक्यो । यतिवेला ०६३/६४ तिर भएका सहमति कार्यान्वयन हुनुपर्ने हो । तर, संविधान निर्माणमा जोडबल लगाइरहेका प्रमुख तीन दलले विगतका ती सहमति बिर्सिए । उनीहरूले ती सहमति पूरै लत्याए । परिणामत: मधेसी जनता संघर्षमा उत्रिन बाध्य भए ।

यो आन्दोलन ०६३/६४ को आन्दोलनभन्दा व्यवस्थित र परिष्कृत छ ।

त्यतिखेरको आन्दोलनको आयोजक खासै चिनिएको थिएन । एउटा सानो संस्था फोरमले नेतृत्व लिएको थियो । आन्दोलन त्यति व्यवस्थित पनि थिएन । तर, अहिलेको आन्दोलनमा तीन दलले नेतृत्व गरिरहेका छन् । अहिलेको आन्दोलन व्यवस्थित, संगठित र परिपक्व छ । तैपनि, यो आन्दोलनको किन सुनुवाइ भइरहेको छैन ? मधेसी आन्दोलनले परिवर्तनका मुद्दा उठाएको छ । अहिलेको राज्य व्यवस्थामा सुधारको माग गरेको छ । राज्यसत्ताको पुनर्संरचनाको आवाज उठाएको छ । तर, निर्वाचन परिणामले केन्द्रको राजनीतिमा कांग्रेस र एमाले संख्यात्मक हिसाबले हाबी भए । उनीहरूले ०४७ यता स्थापित राज्य संरचनालाई नै निरन्तरता दिन खोज्नु स्वाभाविकै हो । त्यस्तो राज्य संरचनाविरुद्ध माओवादी र मधेसवादी शक्ति लडेका थिए । जतिन्जेल माओवादीले मधेसीलाई पनि साथ लिएर हिँडे, त्यतिन्जेल परिवर्तनको यो आन्दोलन पनि मजबुत थियो । तर, पछिल्लो समयमा माओवादी नै मधेसी मोर्चासितको सहकार्य छाडेर कांग्रेस र एमालेसित मिल्न गयो । हिजो जसका विरुद्ध सशस्त्र विद्रोह गरेको थियो, आज माओवादी उसैसित हातेमालो गर्न पुग्यो । त्यसै कारणले पनि मधेस परिवर्तनका मुद्दा ओझेलमा परे ।

मधेसीहरू कमजोर भएका होइनन्, उनीहरू हिजोको भन्दा बलिया छन् ।

......... यतिखेर कांग्रेस र एमाले आन्दोलनकारीमाथि कठोर भइरहेको समयमा माओवादीले समेत उनीहरूको बोलीमा लोली मिलाइरहेको छ । परिणामस्वरूप आन्दोलनमा क्षति ज्यादा भयो, उपलब्धि भएन । यतिखेर सत्तापक्ष वार्ता गर्नै चाहिरहेको छैन । ऊसित माओवादी पनि छ । संविधान पारित गर्न आवश्यक दुईतिहाइ बहुमत सत्तापक्षसित छ । विदेशी ऊसितै छ । अनि ऊ किन वार्ता गर्न तयार हुन्छ ? ......

मधेसी मोर्चाले अब आन्दोलनको स्वरूप फेर्नुपर्छ ।

राज्य कठोर भएपछि आन्दोलनमा क्षति वृद्धि हुने सम्भावना बढ्दै छ । मोर्चाका नेता संविधानको प्रक्रियाबाट बाहिरै छन् । आगामी संविधान नमान्ने भन्दै छन् । सत्तापक्षलाई मतलब छैन । यसको अर्थ दबाब पुगेन । उत्ता मधेसको जनजीवन अस्तव्यस्त छ । त्यसैले मधेसी मोर्चाका सभासद्ले संविधानसभामा रहिरहनुको औचित्य छैन, बरु राजीनामा दिएर आमरण अनशन, भद्र अवज्ञाजस्ता शान्तिपूर्ण कार्यक्रम गर्दा प्रभावकारी होला । मधेसको अधिकारको आन्दोलन अब लम्बियो । त्यसैअनुसार संघर्षको नीति बन्नुपर्छ । शान्ति र अहिंसालाई जोड दिँदै अधिकारको आन्दोलन व्यवस्थित गर्दा राम्रो होला । आफ्नो अधिकारको लडाइँ देशभित्रका अन्य समुदाय र अन्तर्राष्ट्रिय लोकतन्त्रवादीहरूको सहयोग लिएर अघि बढाउनेतिर सोच्नुपर्छ ।
केपी ओलीलाई मधेशमा खुट्टा टेकेर देखाउन चुनौती
अहिले मधेशमा जारी आन्दोलन दबाउन एमालेले युवा संघलाई खटाएको छ । सोही अनुरुप युवा संघले विभिन्न ठाउँमा मधेश कब्जा गर्ने धम्की दिँदै आएको छ । तर कुनै पनि मधेशको जिल्लाको मधेशी बाहुल्य क्षेत्र वा आन्दोलनरत क्षेत्रमा युवा संघ पुग्न सकेको छैन । ..... मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी युवा संघले मधेश कब्जा गरेर असोज तीन गते दिपावली मनाउने दावी गरे । तर यता मधेशी युवाहरुले युवा संघको मातृ पार्टीका अध्यक्ष केपी ओलीलाई नै मधेशमा कुट्टा टेकेर देखाउन चुनौती दिएका छन् । तराई–मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय एवं तराई मधेश विद्यार्थी फ्रण्टका अध्यक्ष सुरेश मण्डलले केपी ओलीलाई मधेशमा प्रबेश गरेर देखाउन चुनौति दिए । ..... मण्डलले भने,‘युवा संघ जस्ता अपराधी संगठनले मधेश कब्जा गर्ने सुने पछि मलाई हाँसो उठ्यो । म युवा संघको मातृ पार्टीका अध्यक्ष केपी ओलीलाई मधेशमा खुट्टा टेकेर देखाउन चुनौति दिन्छु ।’ .... मिश्रले हुलाकी न्यूजसँग भने,‘म केपी ओली, प्रचण्ड र सुशील कोइरालालाई चुनौति दिन्छु मधेशमा खुट्टा टेकेर देखाउन । युवा संघ जस्ता दस्ताले मधेशमा हिंसा भड्काउने काम गरिरहेको छ । उनीहरु मधेश त कब्जा गर्न सक्दैन बरु सुरक्षित भएर फर्किने छैन ।’
गच्छदारको मधेश आन्दोलन तुहाउने भित्री योजनाको खुलासा….
गच्छदारले १६ बुदें सहमतीमा हस्ताक्षर गरे पछि आफ्नो पार्टी भित्र पनि अल्पमतमा परेपछि नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु सँग छलफल गरी एक पाइला पछि हट्दै पार्टीलाई फुट बाट जोगाउँदै थारु र मधेशीहरुको अधिकारको लागि तीन दलमा आफुले ठुलो संघर्ष गरेको देखाउन गच्छदार दुई ठुला दलको योजना अनुसार नै तीन दलिय गठबन्धन छोडेको श्रोतले बताए । श्रोतका अनुसार गच्छदार सहित एमाले र काँग्रेसका सभापति सँग भएको गम्भीर छलफलपछि जनताको नजरमा पनि क्रान्तीकारी देखिने उत्ता संविधान प्रक्रियालाई पनि गोप्य रुपमा सहयोग गरेको बताए । गच्छदार निकट विशेष श्रोतले दिएको जानकारी अनुसार, उनले भने, गच्छदार अगामी बन्ने सरकारमा सामेल हुने लगभग सहमती भई सकेको छ । ....... तर, नेकपा एकिकृत नेकपा माओवादीका नेताहरुलाई गच्छदार, शुशिल र ओली बीच भएको गोप्य सहमतीको बारे भने जानकारी नभएको बताए । त्यही भएर एमाओवादीको नेताहरु गच्दारलाई समेट्न नसक्ने ठुलो गल्ती भएको बताउँदै आएका छन् । यद्यपी कांग्रेस एमालेका नेताहरु गच्छदारको बारेमा अहिले सम्म एक शब्द पनि बोलेका छैन् । ...... गच्छदारको पार्टी भित्र रहेका पश्चिमका थारु समुदायको बाहुल्य क्षेत्र कैलाली घटनामा पनि गच्छदारले अहिले सम्म मुख खोलेका छैन । पार्टी भित्र गच्छदार अहिले पनि विस्तारै एक्लिदै गएको उनले बताए । गच्छदार सँग उनका नजिकहरु पनि उनको शैली र व्यवहार बाट सन्तुष्ट छैन । ..... यता, गच्छदार मोर्चामा सहभागी रहेका शरत सिंह भण्डारी र राज किशोर यादव लाई गच्छदारको गोप्य योजना बारे केही पनि थाहा नभएको बताए । .... तर, जिल्ला जिल्लामा गच्छदार मोर्चाका कार्यकर्ता संयुक्त लोकतान्त्रीक मोर्चाका कार्यकर्ता सँगै आन्दोलनमा होमिए पछि हार खाएर गच्छदार केवल भोट बैंक बचाउन आन्दोलनमा होमिएको बताए । श्रोतका अनुसार एमाले अध्यक्ष

केपी शर्मा ओलीको आग्रह पछि गच्छदार आज देखि संविधान सभा फर्किने सम्भावना रहेको छ ।

...... गच्छदारले १६ बुदें सहमतीमा ८ प्रदेश हुने भए प्रक्रियामा फर्किने समेत बताउँदै आएका छन् ।

संविधान जारी हुने वितिकै दुई दलले गच्छदारलाई प्रयोग गरी थारु बाहुल्य क्षेत्रलाई सम्बोधन गर्ने आन्तरिक तयारी समेत रहेको श्रोतले बताए । त्यस्तो भएको खण्डमा गच्छदार थारुहरुको नजरमा हिरो हुने र संयुक्त लोकतान्त्रीक मधेश मोर्चाका नेताहरुलाई जनताको नजरमा तल देखाउन यस्तो गोप्य योजना बुनेको

उनको भनाई थियो । ........ गच्छदारले पुर्वको तिन जिल्ला मधेश प्रदेशमा समेटिए पनि नवलपरासी देखि थारु बाहुल्य क्षेत्रलाई समेटेर कम्तीमा थारुहरुको मुद्धा सम्बोधन गर्नु पर्ने अडानमा रहेको छ । यो विषयमा शिर्ष भित्र पनि आन्तरिक सहमती भएको उनको भनाई छ । श्रोतका अनुसार अहिले सहतमा गच्छदारको जस्तो भुमिका देखिएको छ, त्यो उसको व्यवहार र शैली भन्दा फरक दृश्य हो । ....

विस्तारै थारु अगुवा नेताहरुले संविधान जारी भए पछि थारुहरुको मुद्धा सम्बोधन हुने सुइको पाए पछि विस्तारै उनीहरुको स्वर नरम हुँदैं गएको छ ।

भारतीय सिमा पारीका जनताले नाकाबन्दी गर्दै मधेश आन्दोलन प्रति समर्थन जनाए
३ गते सम्म मधेशी शिर्ष नेताहरु ‘हेर र पर्ख’ को मुडमा । मधेशका ठाउ ठाउमा विशाल प्रर्दशनहरु जारी
सतापक्ष पेलेर अघि वढे पछि आन्दोलनरत पक्षका नेतृत्वकर्ता असहजतामा फसीसकेको महसुस गरीरहेका छन । सबै मधेशी नेतृत्वहरु जारी आन्दोलनलाई कसरी सार्थक बनाउने वारेमा गम्भिर देखिएका छन, एक नेता भन्छन, तर ३ गते सम्मको केन्द्रिय राजनिती कसरी अगाडी वढछन त्यसलाइ हेरेर मात्रै अगामी रणनिती बनाउने मुडमा छन ।
दिल्ली दरबारमा ओलीका विशेषदूत

बाहिरबाट हेर्दा संविधान निर्माणमा भारतीय ‘लबिङ’को विरुद्ध चर्को लडाइँ लडेर ‘राष्ट्रवादी’ छवि बनाउन खोजेका एमाले अध्यक्ष केपी ओलीले वास्तवमा प्रधानमन्त्रीका लागि निवेदन हाल्न दिल्लीमा विशेषदूत पठाएका छन् । ...... संविधान निर्माणको क्रममा तराई–मधेशमा जारी आन्दोलनलाई सम्बोधन गर्नुपर्ने अडानमा रहेको भारत ओलीकै कारण आफ्नो सुझाव ‘पानीमा बगेको’ बुझाइमा छ । ..... काठमाडौंस्थित भारतीय दूतावास निकट मानिने नेताहरुले खुलेरै ओली प्रधानमन्त्री बन्न नसक्ने बताइसकेका छन् ।

...... अहिले प्रचण्डले १० हात उफ्रिएर संविधान जारी गर्नुको जस लिन खोजे पनि यस पटक संविधान जारी हुनुमा मुख्यतः ओलीको ‘हठवादी सोच’ नै कारक बनेको छ । ........ कतिपय अवस्थामा नेपालका सभासद्हरुलाई दूतावासबाटै रकम बाँडेर समेत सरकार निर्माण प्रक्रियामा ‘तल माथि’ पारिदिने आरोप लाग्दै आएको भारतले ओलीलाई राम्रो पाठ पढाउने राजनीतिक वृत्तमा चर्चा छ । ...... भारतको शक्ति राम्रोसँग बुझेका ओलीले ‘नेपालमा एकल जातीय बाहुल्यता हुनेगरी’ संविधान जारी गरेपछि

अब जेसुकै सम्पिएर भए पनि ‘प्रधानमन्त्री बन्ने’ सर्त अगाडि सार्न विशेष दूत पठाएको बताइन्छ ।

....... ‘खासमा ओली पहिलेदेखि नै भारतपरस्त नेता हुन् । अहिले उनले आफ्नो जातीय वर्चस्व कायम राख्दै आफ्नो भावी पुस्ताको राजनीति पनि सुरक्षित गर्ने आशयले मात्र भारतसँग थोरै विमति राखेको जस्तो देखिएको हो,’ हाल एमाले छाडेका, तर विगतमा ओलीको निकट रहेका एक नेताले भने, ‘संविधान जारी भइसकेपछि त्यो मिसन पूरा भयो । अब देशको स्वार्थ जेसुकै होस्, त्यसलाई दाउमा राखेर ओली प्रधानमन्त्री बन्नेछन् ।’ ........ उनी प्रधानमन्त्री बनिहाले पनि तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई जस्तो भारतले असहयोग गर्न सक्ने छ । ..... दाहाल प्रधानमन्त्री हुँदा भारतले समयमा तेल आपूर्ति नगर्नेदेखि प्रधानसेनापति बर्खास्तीमा सहयोग नगर्ने हदसम्मको काम गरेको थियो । ओली बरु भारतले भनेको जेसकुै सर्त पनि मान्ने, तर जसरी पनि प्रधानमन्त्री हुने सुरमा छन् । ...... संविधान निर्माणको क्रममा भने भारतले तराई मधेशमा चर्किएको आन्दोलनप्रति समर्थन भाव देखाउँदै आएको छ । मिडियाहरुमा भारतले संविधान निर्माणको जारी प्रक्रियाको स्वागत गरेको प्रचार भए पनि वास्तविकता त्यस्तो छैन । भारतले जारी प्रक्रियालाई रोक्नुपर्ने धम्कीयुक्त वक्तव्य सार्वजनिक गरेको छ । तर नेपाली मिडियामा उसले स्वागत गरेको चर्चा मात्रै छ । ......

अमेरिकाले जारी गरेको विज्ञप्तिमा पनि ‘नेपाल संविधान लेखन र जारी गर्ने प्रक्रियाको अन्तिम घडीमा आइपुग्दा भइरहेका बहसलाई अमेरिकाले नजिकबाट हेरिरहेको’ भन्दै असन्तुष्टियुक्त भाषा प्रयोग गरिएको छ ।

कार्तीक ३ गते मधेश अलग देश हुने निश्चित :- गच्छादार
विभिन्न विषयमा मधेश प्रदेशको बुन्दा सम्झौता न भएपछी, मधेश अलगै देशको रूप्मा घोषणा गर्ने भएको छ । मङ्लवार लोकतान्तृक फोरमको केन्द्रिय कार्यसमिती यस्तो निर्णयमा पुगेको पार्टीका पुर्व महासचिव जितेन्द्र देवले जानकारी दिनुभएको छ ।
आन्दोलनकाबीच संविधान जारी गरेर देशलाई द्धन्द्धमा फसायो नेताहरुले : डा. भीमार्जुन आचार्य
प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नैतिकता गुमाएको उहाँको आरोप छ ।
Nepali secularism has pronounced Hindu tilt
this is a flawed and ambiguous secularism....... Nepali secularism has a more than pronounced Hindu tilt...... It was only in 1962 that the Nepali monarch promulgated a constitution declaring the kingdom to be Hindu. This was a move inspired more by politics than faith....... King Mahendra had just taken over absolute power after dismissing an elected government. The democratic government of Jawaharlal Nehru in India was not too pleased. Mahendra decided to cultivate a conservative cultural constituency in India, and boost his legitimacy at home........ So he played the Hindu card. The Rashtriya Swayamsevak Sangh (RSS), excited about the prospect of an asal Hindustan was saw some hope. I would know.

My grandfather was a leading RSS light back then in Nepal and helped connect the Palace and the Sangh.

....... And for 44 years, status quo prevailed...... Whenever a monarch in Nepal faced a political crisis, he remembered that he was a Hindu king...... In the late 80s, King Birendra organised a World Hindu Conference, with the RSS-VHP lining up to declare him a

World Hindu Emperor

. ..... Birendra continued the dalliance with Sangh, attending a mega VHP event in Haridwar before the royal massacre in 2001 obliterated him and his entire family..... His brother, Gyanendra, then took over and projected his Hindu identity even more aggressively. As he trampled on democratic space, VHP supremo Ashok Singhal came to Kathmandu to crown him the

Vishwa Hindu Samrat

in 2005. ..... Nepali leaders did not take up the job of explaining the idea of secularism to citizens well. Unlike Nehru in India - who spoke about secularism at mass meetings, in his letters to chief ministers and in Parliament - Nepal's political elite went missing in action after introducing the concept. And this left room for doubts, misconceptions, and a lot of conceptual ambiguity. ..... Elements of the Hindu right went around claiming that secularism would result in cow slaughter at every street corner and yet others projected it to be 'anti-religion'. The Nepali translation, dharmanishpekshta, helped feed into this perception. ...... The president of the republic - in his capacity as the head of the state - attended Hindu religious functions, and replicated royal practices like giving blessings in the form of putting tika to citizens during Durga Puja...... Yet others projected secularism to be a western import which was surreptitiously smuggled into the political discourse by western donors. There was also a widespread perception that there had been a proliferation of Christian missionary activity post secularism, and Hindus would be demographically marginalised...... A lot of this was, frankly, baseless.......

the 2011 census did not reveal any startling increase in Christian population, which hovered around 2% or less.

...... Rather early on the BJP government seems to have decided that irrespective of its ideological proclivities, there would be no pressure at all from the state apparatus on Nepal to drop secularism. ......

Over the past few months, there was a strong push to replace secularism with respecting the 'freedom of religion' in the constitution - even though many Nepali scholars pointed out these were different concepts.

The effort failed but secularism was defined as the protection of sanatan dharma - the Hindu tilt is more than obvious - triggering criticism from ethnic leaders even as the Hindu right folks remain unhappy that the country's old status has disappeared, maybe forever........ keep the state away from dispensing patronage to only the dominant religion. India's Hindu groups would do well to follow the lead of the Narendra Modi government and keep away.
अबको लडाई वारको पार : राजेन्द्र महतो
'आन्दोलन सफल पार्न सबै मोर्चा एकजुट हुनुपर्छ'
बेशुमार शवों की अग्निदाह से दीपावली मनाने की तैयारी बेशरमी से हो रही है : श्वेता दीप्ति
असोज ३ लार्इ कालाे दिन बनाउँछाैं : थरुहट नेताहरू



तीन क्याविनेट र दुई राज्यमन्त्री पाए गच्छदार संविधानसभामा फर्किने
सीमांकन फेरबदल गर्नुपर्ने, समानुपातिक समावेशी सुनिश्चित गर्नुपर्ने, निर्वाचन क्षेत्र निर्धारण सम्वन्धी अन्तरिम संविधानमा भएको व्यवस्थालाई निरन्तरता दिनुपर्ने र प्रदेशमा कामकाजको भाषा स्थानीय भाषा राख्न पाउने व्यवस्था गर्नुपर्ने ..... फोरम लोकतान्त्रिकको थप एक गोप्य माग पनि छ .... नयाँ बन्ने सरकारमा उपप्रधानसहित तीन क्याविनेट र दुई राज्यमन्त्रीको दावी फोरम लोकतान्त्रिकले गरेको ...... प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्डसँग फोरम लोकतान्त्रिका अध्यक्ष बिजयकुमार गच्छदारले पाँच मन्त्रीको प्रस्ताव गरेका छन् । आफुसहित पार्टीका सहअध्यक्ष जितेन्द्र देव र महासचिव रामजनम चौधरीको क्याविनेट मन्त्री पक्का भए संविधानसभामा फर्किने प्रस्ताव गरेको स्रोतले बताएको छ । .... गच्छदारले तीन दलका शिर्ष नेताहरुसँग छुट्टा छुट्टै भेट गरिरहेका छन् । उनको प्रस्तावमा एमाओवादी अध्यक्ष दाहाल सहमत भएपनि अन्य कोइराला र ओली भने अझै सहमत हुन सकेका छैनन् । गच्छदारले थरुहट अगुवा राजकुमार लेखीलाई राज्यमन्त्री बनाउने योजना बनाएका छन् ।
मधेशको महिसा ठान्ने अमरेश सिंह कांग्रेसको कडा चेतवानी पछि मतदानमा भाग लिए
व्रिफिङ गर्न राजदुत रे दिल्ली जाने
नेपालको पछिल्लो राजनीतिक अवस्थाको विषयमा व्रिफिङ गर्न नेपालकालागि भारतीय राजदुत रञ्जित रे नयाँ दिल्ली जाने भएका छन । भोली विहान नयाँ दिल्ली प्रस्थान गर्ने राजदुत रेले त्यहाँ भारतीय विदेशमन्त्री शुष्मा स्वराज, प्रधानमन्त्री नरेन्द्र मोदी सहितका सरकारका प्रभावशाली अधिकारीहरुलाई नेपालमा जारी संविधान निर्माण प्रक्रिया, संविधान जारी गर्ने मिति, थारु र मधेसीको आन्दोलन र भारतीय विदेशमन्त्रीको बक्तब्यको यहाँ भएको ब्याख्या लगायतका विषयमा व्रिफिङ गर्ने छन । व्रिफिङ गरेर उनी पर्सि नै नेपाल फर्किने छन ।

उनले भारतीय विदेश मन्त्रीको बक्तब्यको विषयमा गलत ब्याख्या भएको भन्दै आजै नेपाली मिडियाका सम्पादकहरुसँग छलफल गरेका थिए ।

मधेसी र थारुको भावनालाई लचकताकासाथ समेट्न भारतीय राजदुतको सुझाव
नेपालका लागि भारतीय राजदूत रणजीत रायले थारु र मधेसीहरु अहिले बहुमतमा नभए पनि भविष्यमा नेपालको स्थायित्वका लागि महत्वपूर्ण हुने भएकोले उनीहरुको भावनालाई सम्वोधन गरिनु पर्ने बताएका छन । ..... आज भारतीय दुतावासमा सम्पादकहरुसँग छलफल गर्दै उनले मधेसी, थारु लगायतका सबै समुदायको भावनालाई नसमेटी जारी हुने संविधानले स्थायित्व नदिने बताएका हुन । राजदुत रेले उनीहरुलाई वार्ता र सम्वादको माध्यमबाट समेट्नुपर्छ आफूहरुको धारणा रहेको भन्दै आफूहरुले सबैलाई साथ लिन सम्भव भएसम्म अधिकतम सहमति गरेर अगाडि बढ्न आग्रह रहेको बताए ।

उनले विदेशमन्त्रीको वक्तव्यको मुल मर्मको नेपाली मिडियाले ठिक ढंगले ब्याख्या गर्न नसकेकोले यस विषयमा अनावश्यक बहस भएको सम्पादकहरुसँग भनेका थिए । भारतीय राजदुतले विदेशमन्त्री सुष्मा स्वराजले जारी गरेको वक्तव्यमा अधिकतम सहमतिका आधारमा संविधान जारी गर्न र राजनीतिक दलहरुलाई लचकदार हुन आग्रह गरिएको समेत स्पष्ट पारे । उनले सामान्य अवस्थामा विदेशमन्त्रीले विज्ञप्ति निकाल्ने प्रचलन नरहेकोले यसलाई सोही रुपमा बुझ्नु पर्ने बताए ।

...... उनले नेपालको संविधान निर्माण प्रक्रिया लामो समयदेखि चलिरहेको संविधान निर्माण प्रक्रियामा नेपालका राजनीतिक पार्टीहरुवीच भएको सहमतिको प्रयासलाई स्वागत गरेकोमा संविधानसभामा चलिरहेको मतदान प्रक्रियालाई भारतले स्वागत गरेको भनि आएकोमा गुनासो गरे । ...... राजदुत रेले तराईमा भइरहेको हिंसाप्रति भारतको धेरै चासो रहेकोले यस्तोहिंसाको सहि विष्लेषण गरिनु पर्ने भन्दै बार्ताबाट समस्याको समाधान भएकोले बार्ता गर्नु नै उचित हुने तर्क गरे । ........ उनले भारतले संविधान निर्माणका क्रममा भएका उपलब्धिलाई स्वागत गरेको र तराईलगायतका स्थानमा भइरहेको द्वन्द्वप्रति चिन्ता जनाएको भन्दै सहमति हुन नसकेका विषयहरुलाई लचकताका साथ सम्बोधन गरिनुपर्ने भावना रहेको सुनाए । ...... उनले संविधान जारी गरेपछि पनि माग संबोधन सम्भव भए पनि बार्ता भने अहिले नै गर्नु उपयूक्त हुने तर्क गरे ।

हुन त येस्तो हुनु नपर्ने हो -- तर येस्तै हुन्छ, के गर्ने? कुस्ती खेलेर केहि हुने वाला छैन। १. अमेरिकामा काला र हिस्पान...

Posted by Dr. Rudra Pandey - Economist on Tuesday, September 15, 2015

Finally Point Of Agreement Reached: National Dress

क्रांति को सम्मानजनक अवतरण

Compromise संभव छ
Striking A Compromise
भारत नेपाल लाई सीरिया बनेको देख्न चाहँदैन



सत्ता पक्ष ले पनि र क्रांतिकारी पक्ष ले पनि एक ले अर्का को नाक भुइँ मा रगड्छु भन्ने सोंच राख्नु श्रेयस्कर होइन। त्यो लोकतान्त्रिक चरित्र होइन। भारत को इज्जत को पनि कुरा छ। नेपालका शीर्ष नेता ले एउटा सोँच्दै नसोचेको कुरा के छ भने मोदी ले बड़ो मेहनत का साथ भारत लाई आज विश्व स्टेज मा प्रवेश गराएका छन। अहिले इंटरनेट को जमाना मा विश्व न्यूज़ बन्न बड़ो सजिलो छ। तराई मा भैरहेको उथलपुथल विश्व मीडिया मा आइसकेको कुरा। भारत ले सबै लाई भन्दै हिड्छ, हाम्रो नेपाल सँग जति राम्रो सम्बन्ध छ त्यति राम्रो कोही सँग छैन, यो पनि भन्छ, हाम्रो र नेपाल को जस्तो सम्बन्ध दुनिया मा कुनै दुई देश बीच छैन। अनि त्यो अवस्था मा नेपाल सीरिया बंदिने हो भने भारत को वीटो पावर बनने सपना मा पनि धक्का पुग्न सक्छ।

क्रांति को सम्मानजनक अवतरण नै सबै भन्दा राम्रो बाटो हो। असोज ३ गते संविधान जारी गरे पनि त्यसको ५ दिन भित्र सरकार परिवर्तन गर्नु अगाडि तीन दल ले संसोधन प्रस्ताव ल्याएर मधेसी र थारु को माग पुरा गर्ने काम गर्नु पर्छ। त्यस किसिमको लिखित पुर्व सहमति गर्नु पर्छ। अनि त्यो लिखित पुर्व सहमति को आधारमा क्रांति को अवतरण गरेर सारा देशले असोज ३ गते नया संविधान लाई स्वागत गर्ने बाटो खुल्छ।

प्रथम कुरा नै सीमांकन हो।

Six States: This Could Work

भारत नेपाल लाई सीरिया बनेको देख्न चाहँदैन

भारत नेपाल लाई सीरिया बनेको देख्न चाहँदैन। त्यसलाई नेपाल भित्र भारत को हस्तक्षेप को रुपमा हेर्न मिल्दैन। अहिले नै बोर्डर पारि शरणार्थी शिविर हरु बनेका छन। शान्तिपूर्ण प्रदर्शन मथिको बर्बर दमन सहन नसकी मधेसी र थारु हजारौं को संख्यामा ती शिविर मा बसेका छन। त्यो संख्या लाखौं सम्म पुग्ने अनि भारत चुप लागेर बस्ने भन्ने हुँदैन। भारत ले त्यसैले अहिले नै एउटा proactive role खेल्छ। यो उसको आतंरिक सुरक्षा को मुद्दा भइसक्यो।

राजनीतिक मुद्दा को राजनीतिक समाधान खोज्नु लोकतान्त्रिक चरित्र हो। त्यो काठमाण्डु को सत्ताले प्रदर्शन गरेको अवस्था छैन। राजनीतिक मुद्दा को र शान्तिपूर्ण प्रदर्शन को दमन समाधान खोजेर सुशील असाद कोइराला ले तानाशाही फ़ासिस्ट चरित्र प्रदर्शन गरेका छन।

त्यो नेपाली जनता लाई पनि सह्य नहुनुपर्ने हो। भारत सरकार लाई त्यो पाच्य छैन। नेपालमा स्थिरता देख्न चाहने चीन पनि सशंकित छ। नेपालको मामिलामा भारत को lead मान्नु अमेरिका को पुरानो नीति हो। बिश्व राजनीति का दुबै लोकतान्त्रिक सहयात्री। संयुक्त राष्ट्र संघ मा भारत लाई वीटो पावर दिलाउने कुरा मा अमेरिका दत्तचित्त भएर लागेको अवस्था छ। यो १० या ५० वर्ष पहिला को भारत होइन। यो विश्व मंच मा प्रवेश गरिसकेको भारत हो।

नेपाल सीरिया बन्नु भारत का लागि अरूभन्दा पनि एउटा embarrassment हुन जानेछ। त्यो उसको विश्व स्टेज मा बन्दै गयेको सकारात्मक इमेज का लागि घातक हो। त्यो इमेज मोदी का अनगिनती भ्रमण हरु का मध्यमले एउटा ईटा माथि अर्को ईटा थप्दै बनेको हो। त्यों सबै माथि पानी फेर्ने काम मा नेपाली शीर्ष नेता हरु लागेको भन्ने भारत लाई चिन्ता स्वाभाविक छ।

भारत नेपालको यथार्थ हो। सुर्य पृथ्वी को यथार्थ भए जस्तै। नेपाली जनता लाई झुक्याउन जो सुकै ले जे सुकै बोले पनि भारत नेपालको यथार्थ हो भन्ने नबुझेको शीर्ष नेता नेपालमा एउटा पनि छैन। नेपालको शासक वर्ग भएर बसेको खस समुदाय १००% भारत बाट आएका मानिस हरु हुन। नेपालको फिजीकरण हुने डर छ होइन कि सैकड़ों वर्ष अगाडि भइसकेको।

लोकतंत्र, मानव अधिकार, गणतंत्र, संघीयता, समावेशीता
देश टुक्रिन बाट रोक्न सकने अब एक मात्र राम वरण यादव देखियो






आजादी






In The News (86)

हार्दिक श्रद्धांजलि !! हार्दिक श्रद्धांजलि !! हार्दिक श्रद्धांजलि। हम ॠृणी हैं और रहेंगे ।

Posted by Vijay Kumar Singh on Wednesday, September 16, 2015






कुनै पनि मधेसी यसपाली खुली साथ तिज मनाउन सकेकाछैन । मधेस र देश का दुश्मन नास होस को लागी हामी यसपाली तीज मनाउदैछौ ।

Posted by Mahesh Yadav Adhikari on Wednesday, September 16, 2015


यति खेर म देश भन्दा धेरै टाढा छु । संबिधान जारि हुने कुराले अत्यन्त पुलकित छु । कहिले आश्विन् ३ अाउला संबिधान जारि होला...

Posted by Bijaya Poudel on Tuesday, September 15, 2015


Gyanendra made Jan Andolan II possible. Extremist Indian agents promoting violence are making this Constitution possible. Congrats to both!

Posted by Dinesh Prasain on Tuesday, September 15, 2015




बिरगंज से प्रसासन ने सदभावना पाटीके नेता तथा कर्यकर्ताको गिरफ्दार किया हैमोहनलाल चौधरी- के सदस्य इमदाद गदि जिल्ला अध्...

Posted by सदभावना पार्टी on Wednesday, September 16, 2015


मधेश के अधिकार माग्ना गुनाह हैमधेश के अधिकार के लिए लिख्ना गुनाह है।

Posted by Upendra Mahato on Wednesday, September 16, 2015


सम्बिधान जारी गर्ने र खुशी मनाउने नेपाली समुदाय लाई शुभकामना । कुनै समुदाय खुशीयाली मनाउदै..... कुनै समुदाय लाश गन्दै । मुलुक गृह युध्ह बाट जोगाउ ।

Posted by Rajesh Ahiraj on Wednesday, September 16, 2015


उनले संविधान घोषणा भएलगत्तै संविधान जलाएर शासक वर्गले दिपावली मनाएको समयमा ‘ब्लायक आउट’ गर्ने चेतावनी दिए ।मधेशमा सरकारप...

Posted by सदभावना पार्टी on Wednesday, September 16, 2015


कुनै समयमा पहाड रोएको देख्दा मधेश पनि सँग सङगै रोएको थियो तर आज मधेशमा राज्यद्वारा हत्या गरिएका १० जनाको सामुहिक अन्तेष्...

Posted by Lokendra Yadav on Tuesday, September 15, 2015






Dr. CK Raut
आजादी वीरों की चाह है,
डरपोक और कायर अपने लिए बहाना ढूंढ लें
*******************************************
सैम्पल बहाना: हामी पनि त नेपाली हो / नेपाल मै अधिकार खोज्नु पर्छ / संघीयता र स्वायत्तता हाम्रो एजेन्डा हो / ५०औं वर्ष अझ लडछौं / विस्तारै अधिकार मिलि हाल्छ नि / हामी विखण्डन चाहदैनौं / मिलेर बस्नुपर्छ / भूराजनीतिले दिंदैन / सम्भव छैन / खतरा छ / हाम्रो पार्टीको नीति फरक छ / पहिला यो लिऊँ, त्यसपछि न / कर्मचारी हो, मिल्दैन / राजनीतिसँग मलतब छैन / विदेशमा छु / विजनेश-व्यापार छ, फुर्सत छैन / तपाईं अगाडि बढनुस् हामी आउँदै गर्छौं आदि ।
पर याद रहे कल इस तरह से फिरंगी नेपाली सेना और पुलिस के द्वारा मारे जानेवाला बच्चा आपका भी हो सकता है !
जिसके पास जिगर होता है, वही आजाद मधेश का नारा लगा सकता है ! नेपाली उपनिवेश अंत हो, मधेश देश स्वतन्त्र हो।

My heartfelt congratulations to all Nepalese people on declaration of Constitution of Federal democratic Republic of Nepal by CA Thanks to all who put their efforts & contributions Cheers

Posted by Ganesh Shah on Wednesday, September 16, 2015




आन्दोलन जारी छ ....पर्सा - बिरगंजबाट निरंकुश सरकारले सदभावना पाटीका केन्द्रीय सदस्य मोहनलाल चौधरी, जील्ला अध्यक्ष इम...

Posted by Upendra Mahato on Tuesday, September 15, 2015


नेपाल विद्यार्थी संघका पुर्ब माहामंत्रि एबम हाम्रा परम मित्र मनोज मणी आचार्यकी ममतामयी माता श्री गंगा देबी आचार्यको दु...

Posted by Anand Bist on Tuesday, September 15, 2015

Asoj 3 gate Rashtrapati le afu Yadav ko choro bhayeko pramanit gare sara Madhesh garwanwit hunechha!

Posted by Subhash Chandra Shah on Wednesday, September 16, 2015

मुलुक को कुनै समुदायलाई सुन कुनै लाई लह्सुन ।

Posted by Rajesh Ahiraj on Wednesday, September 16, 2015

जनकपुरमा पत्रकार सम्मेलन पश्चात...सदभावना पार्टीका अध्यक्ष श्री राजेन्द्र महतोद्वारा धनुषा र महोत्तरीका कार्यकर्ताहरू ...

Posted by Upendra Mahato on Wednesday, September 16, 2015


In The News (85)

महन्थ ठाकुरको घरमा मधेसी मोर्चाको गोप्य बैठक
बैठकमा तमलोपाका अध्यक्ष ठाकुर, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवलगायत हृदयेश त्रिपाठी, रामनरेश यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ, मनिष सुमनको सहभागिता रहेको बताइएको छ ।
कथित संविधानको कुनै अर्थ र औचित्य छैन
उत्पीडित समुदायका जनतामाथि फासीवादी दमन भइरहेको छ ..... कफ्र्यु लगाएर तथा सेना परिचालन गरेर राजनीतिक समस्याको समाधान फौजी भाषामा गर्ने धृष्टता गरिएको छ । आन्दोलनमा दर्जनौंको हत्या र धरपकड गरिएको छ । यस स्थितिमा संविधानसभा–२ असफल सिद्ध भइसकेको छ ...... उत्पीडित समुदायमाथि भ्रान्तिको राजनीति थोपरेर प्रतिगामी संविधानको कथित परिमार्जित विधेयक तेस्र्याउने र एकाधिकारवादी ढङ्गले सीमाङ्कन गर्ने धृष्टता गरिरहेका छन् । यसरी बनाइने प्रतिगामी संविधानबाट श्रमजीवी वर्ग र उत्पीडित समुदायका हक अधिकारको स्थापना हुनै नसक्ने कुरा सुस्पष्ट छ । ........... आदिवासी जनजाति, थारु, मधेशीसहित उत्पीडित जाति तथा क्षेत्रका समुदायका निम्ति पहिचानसहितको सङ्घीयता ....... अहिले आएर महान् जनयुद्धसहित मजदुर, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्रका जनसमुदायद्वारा विभिन्न आन्दोलनहरूमा अभिव्यक्त जनभावना, जनादेश र सहादतको मूल्यमाथि गम्भीर आघात र धक्का पु¥याइएको छ ........

जनता अत्यन्तै ठूलो आक्रोश र पीडामा छटपटाइरहेका छन् । अहिले थारुवान, मधेस, लिम्बुवान, मगराँत लगायत देशका विभिन्न भागहरूमा सञ्चालित न्यायपूर्ण आन्दोलनप्रति हाम्रो ऐक्यबद्धता तथा नैतिक समर्थन रहिआएको छ र रहँदै जाने छ ।

संविधान जारी भएपछि आन्दोलनरत पक्षको माग पुरा हुन्छः गगन थापा
असन्तुष्ट मधेसी दलहरुको माग संविधान जारी भएपछि पनि पुरा गर्न सकिने बताए । उनले भने, ‘उहाँहरुलाई वार्ताको लागि बोलाउँदा समेत तयार हुनुभएन , संविधान जारी भएपछि भएपनि उहाँहरुको मागको सम्बोधन हुन्छ ।’


झापाका सातै नगरमा दिपावली
जिल्लाको शिवसताक्षी, कन्काई, दमक , शनिअर्जुन, मेचीनगर, बिर्तामोड र भद्रपुर नगरमा दिपावली भएको हो। नेपाली काँग्रेस र नेकपा एमालेका नगर समितिले आआफ्नै नगरमा दिपावली गरेको नेपाली कांग्रेसका झापा सभापति उद्धव थापाले बताए। ..... केन्द्रीय समितिको यस अघिको निर्णयले असोज ३ गते एनेकपा माओवादी पार्टीले मुलुकै भर दिपावली गर्ने निर्णय गरेको छ।
नेपाली कांग्रेसका दुई र एमाओवादी र एमालेका एक-एक सभासदले मतदान गरेनन्
नेपाली कांग्रेसका शीला खड्का र प्रदीप गिरी अनुपस्थित रहे। यसैगरी नेकपा एमालेकी समानुपातिक सभासद राज्य लक्ष्मी गोल्छा पनि अनुपस्थित रहिन्। ...... यस्तै एमाओवादीका सभासद प्रभु साह पनि प्रक्रिया बहिष्कार गर्दै मतदानमा सहभागी भएनन्।
जनसंख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र
हाम्रो आन्दोलन 'सेफ ल्यान्डिङ' चाहन्छः लेखी
समस्या केही नेताको शासक मानसिकताका कारणले उत्पन्न भयो .... पछिल्लो चरणको आन्दोलन भएको ३३ दिन भैसक्यो। यसमा ४० जनाको सहादत भैइसक्यो। १०० जना जातिले गोली खाए, अन्य १०० जनालाइ मुद्धा लागेको छ। २५ जति घरमा आगो लाग्यो । ......

थुनिएकालाई छाड्ने, दंगाग्रस्त क्षेत्र घोषणा फिर्ता लिने र सेना फर्काएमा वार्ता शुरु हुन्छ र सार्थक हुन्छ।

...... सरकारमा थारू आन्दोलनलाई बुझ्न नसकेका मानिस धेरै छन्। वार्ता बिगार्ने पक्षमा छन्। उनीहरूसँग भने सतर्क रहनु पर्छ। हाम्रो आन्दोलन सेफ ल्याण्डिङ गर्न चाहन्छ। यसको लागि सरकारले वातावरण बनाउनु पर्छ। ....... अहिलेको संविधानको मस्यौदामा हाम्रा धेरै माग पुरा भएका छन्। धर्म निरपेक्षता, समावेशी समानुपातिकता, थारू आयोग गठन लगायतका मुद्धा सम्बोधन भएको छ। ....... सबैभन्दा महत्वपूर्ण कुरा त थारूको भूमिका बेगर नै प्रदेश संरचनाको निर्माण भयो। थारू सोझा हुन्छन् भन्दैमा उनीहरूलाई उपेक्षा गर्नु हुँदैन। अन्य क्षेत्रका मानिसको माग पुरा भयो तर हाम्रो भएन किनकि ती क्षेत्रका मानिसको राष्ट्रिय राजनीतिमा प्रतिनिधित्व छ। सबै थारूले प्रश्न उठाउँछन हाम्रा माग किन सम्बोधन भएन भनेरl ......

आफ्ना अधिकारका लागि बरु १०० वर्ष लड्न तयार छौं। शान्तिपूर्ण ढंगले लड्छौं यही भूमिमा।

..... थारू आन्दोलन वि.स. २००५ देखि अर्थात् ७० वर्षदेखि हुँदैछ। ....

हामी २५ लाख छौं। राजनीतिक दल झैँ हाम्रो सामाजिक संस्था छ।

..... हामीसँग राजी, चेपाङ, मेचे, झाँगडजस्ता जाति अधिक छन्। डुम, चमार जस्ताले सधैँ भाँडा मात्र माझेर बस्नु पर्ने? यस्ता जातिका मानिस ठूला पद त के शिक्षक पनि हुन पाएका छैनन्। ....... पश्चिम कर्णालीको गरीब बस्तीमा तपाईं गए पनि म गए पनि भारी बोक्ने गरीब क्षेत्री बाहुन हुन्छ। तपाईंको र मेरो हैसियत उस्तै हो। .....

एमाले पार्टीमा म लामो समयदेखि रहेको हुँ। मलाई पनि सभासद् बन्न अफर नआएको होइन। तर मैले त्यस्तो बाटो रोजिनँ।

असन्तुष्टसँग वार्ता हुन्छ कि हुँदैन ?
संविधान जारी भएपछि असन्तुष्टका जायज माग संविधान संशोधनमार्फत सम्बोधन गरेर जाने प्रमुख दलका नेताहरूले बताएका छन् ।

संविधान जारी भइसकेपछि आन्दोलन आफैँ मत्थर हुँदै जाने पनि प्रमुख दलका केही नेताको बुझाइ छ ।

...... वार्ता चल्दै गर्दा अनौपचारिक सहमति भएमा संविधान जारी भएपछिको १०–१५ दिनमा संशोधन गरेर जान सकिने

दुर्योधन पनि यसरी नै गमक्क परेथ्यो

दुर्योधन पनि यसरी नै गमक्क परेथ्यो। जुन सेनाले चुनाव मा धाँधली गर्न मदत गर्यो, जुन पुलिस प्रशासन ले चुनाव मा धाँधली गर्न मदत गर्यो त्यसले यो कागजको खोस्टो देश माथि लादन पनि मदत गर्छ भन्ने छ। त्यो दुर्योधनीय दम्भ। हिटलर को संसद मा मनाइएको हर्षोल्लास हो यो।

राष्ट्रपतिले एक पटक हिम्मत गर्नै पर्छ।  एक अडान लिनैपर्छ। होइन भने अगाडि बाटो गार्हो छ। देश paralysis मा जान्छ।

लोकतंत्र, मानव अधिकार, गणतंत्र, संघीयता, समावेशीता



अनि सभासदका मिले गाला (फोटो फिचर)



पारित भयो नेपालको संविधान
संविधानको पक्षमा ५०७ र विपक्षमा २५ मत परेको छ । संविधान पारित गर्ने दिन बुधबार ५३२ सभासद् उपस्थित थिए । .... सभाध्यक्षले संविधान जारी हुने औपचारिक समारोहका दिन आफ्नो संस्कृति झल्कने पोसाकमा संविधानसभामा आउन पनि सूचित गरेका छन् ।
संविधान घोषणाको अवसरमा असोज ३ र ४ मा सार्वजनिक बिदा



'प्रहरीको गोलीबाट मारिएका आन्दोलनकारी थिएनन्'
बेथरी घटना: मृत्यु भएका र घाइते सवै हाटबजारबाट फर्केका थिए
सुरक्षाकर्मीको गोली लागेर मंगलबार बालकसहित ४ जनाको मृत्यु भएको घटनापछि बुधबार घटनास्थल बेथरी पुग्दा त्यहाँ सन्नाटा छाएको थियो । मृतकका घर र आफन्तकोमा रुवावासी चलेको छ । मंगलवार साँझदेखि लागेको कर्फ्युका कारण स्थानीय घरबाट बाहिर निस्केका छैनन् । हाटबजारमा किनमेल गर्न आएका र आफ्नोमा उत्पादित वस्तु बेच्न आएका किसान कर्फ्युले घर जान नसकेर अलपत्र परेका छन् । तिजको दिन जताततै रमाइलो र नाचगान चलिरहेको बेला बेथरीमा भय र त्रास छाएको छ । ...... स्थानीय र मृतकका आफन्तले सुरक्षाकर्मीले हाटबजार लागेको ठाउँमा सिधै गोली हानेर ज्यादती गरेको आरोप लगाए । ...... 'तीज मनाउन मेरो नातिनी मामाघर आएकी थिई तर भित्रै बसेको अवस्थामा गोली लागेर ढली' सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएकी सिलौटिया ८ ओडवलियाकी १४ वषर्ीया रञ्जनासिंह क्षेत्रीकी हजुरआमा बुद्धकुमारीले रुँदै भनिन्, 'मेरो नातिनी न आन्दोलनमा लागेकी थिई, नत ट्रक तोडफोड गर्न गई ।' .... उनका अनुसार, बाहिर तोडफोड र गोली चलेर भागदौड मच्चिन थालेपछि उनकै घरमा सुरक्षित हुन भित्र बसेका नातिनीसहित अन्य तिनजनाको गोलीले एकै ठाउँमा ढले । जसमा, हाटबजारमा किनमेल गर्न आएकी आफ्नी आमाको काखमा आएका चार वर्षे चन्दन पटेल र गोनाहा ४ बेथरीका ४० वषर्ीय राजकुमार बरईको मृत्यु भयो । उनीहरु हाटबजारमा गोली चल्न थालेपछि भागेर उक्त घरमा लुकेर बसेका थिए । ....... नजिकैको अर्को छिमेकी घरमा पनि उस्तै घटना भयो । हाटबजारमा भागदौड मच्चिएपछि सुरक्षित हुन आफ्नै घरभित्र पसेका ४० वषर्ीय बिन्दु लाकौल पनि गोली लागेर त्यही ढलिन् । ..... प्रत्यक्षदर्शीका अनुसार, करिब डेढ सयजति ट्रक पार भइसकेर केही ट्रक बेथरी कट्नै लाग्दा आन्दोलनकारीले ट्रक र सुरक्षाकर्मीको गाडीमा धावा बोलेका थिए । तोडफोडमा संलग्न समूह हाटबजार लागेका स्थानमा छिरेर लुके । ........... आन्दोलनरत मोर्चाका जिल्ला संयोजक तथा संघिय समाजवादी फोरम नेपाल रुपन्देहीका अध्यक्ष महेन्द्र यादवले एस्कर्टिङ्ग गरिएका ट्रक तथा सुरक्षाकर्मीको गाडीमाथि तोडफोड गर्ने निर्देशन मोर्चाले नदिएको र सवै आन्दोलित भइरहेको वेलामा यसको नैतिक जिम्मेवारी मोर्चाले लिने बताए । तर, ट्रक र सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गर्दैमा सुरक्षाकर्मीले घर भित्र बसेकालाई गोली प्रहार गरिनु अति निन्दनीय भएको बताए । केही दिनअघि बेथरी प्रहरी चौकीमा कुनैपनि ट्रक एस्कर्टिङ्ग नगर्ने लिखित प्रतिबद्धता प्रहरीले गरेको तर कार्यान्वयन नगरी त्यसै गरेपछि घटना घटेको हो ।
बेलायतद्वारा संविधान निर्माण प्रक्रियाको समर्थन
पुरानो मित्र मुलुक बेलायतले नेपालको संविधानसभामा जारी संविधान निर्माण प्रक्रियाको समर्थन गरेको छ । भारत र अमेरिकाको स्वागत तथा समर्थनपछि बेलायतले नयाँ संविधान जारी प्रक्रियालाई आफूले नजिकबाट नियालिरहेको भन्दै समर्थन ब्यक्त गरेको हो । संविधान जारीको अन्तिम चरणको प्रक्रियालाई हेरिरहेको पनि बेलायतले उल्लेख गरेको छ । ..... 'नयाँ संविधान समावेशी, समानता, अधिकतम सहमति र मानव अधिकारका लागि अन्तर्राष्ट्रिय स्तरको हुनेमा हामी विश्वस्त छौ । यो दिगो शान्ति र विकासको जग निर्धारण गर्नेतर्फ उन्मुख हुनेछ ,' एसिया हेर्ने बेलायती विदेश राज्यमन्त्री ह्युगो स्वायरलाई उल्लेख गर्दै दूतावासले जनाएको छ ।
संविधान जारी हुने दिन घर घरमा दीपावली गर्न कांग्रेस-एमालेको आह्वान
बुधबार दुवै पार्टीले छुट्टा छुट्टै विज्ञप्ती जारी गर्दै इतिहासकै सर्वाधिक महत्वपूर्ण र सफल दिनका रुपमा लिएको जनाएको छ । कांग्रसका मुख्य सचिव ऋषिकेश तिवारीद्वारा जारी विज्ञप्तीमा मुलुकको सबै खाले राजनीतिक, आर्थिक, समाजिक तथा सांस्कृतिक द्वन्द्वलाई निकास दिने अवसर नयाँ संविधानले उपलब्ध गराएको दावी गरिएको छ । ..... एमालेले असोज-३ गते साँझ आ-आफ्ना घर, पार्टी कार्यालय र सार्वजनिक स्थलमा दिपावली गर्न पार्टी पंक्ति र जनसमूदायमा आग्रह गरेको छ ।


प्रशासनको आदेश अबज्ञा गर्दे विराटनगरमा लाठी जुलुस
स्थानीय प्रशासनले लाठी जुलुस नगर्न गरेको आग्रहलाई बेवास्ता गर्दे बुधवार संयुक्त मधेशी मोर्चाका कार्यकर्ताले विराटनगरमा बृहत लाठी जुलुस प्रर्दशन गरेको छ । प्रहरीले पटक पटक माइकिङ गरि लाठी जुलुस नगर्न र लाठी लिएर जुलुसमा सहभागी नहुन भनेपनि प्रर्दशनकारीहरू अधिकांशले हातमा लाठी बोकेर नगर क्षेत्रमा प्रर्दशन गरेका थिए । ....... स्थानीय रोडशेष चोकबाट सुरु भएको मोर्चाको लाठी जुलुसको अगाडि अगाडि रहेको प्रहरीले माइकिङ गर्दे लाठी फयाक्न आग्रह गरेका थिए । तर प्रर्दशनकारीले त्यसलाई बेवास्ता गर्दे आफुहरूको पुर्व निर्धारीत कार्यक्रम रहेकाले लाठी जुलुस गरेको बताए । लाठी जुलुसमा सहभागी हुन विराटनगर नगर क्षेत्र वाहेक जिल्लाका बिभिन्न गाबिसवाट मोर्चाले कार्यकर्तालाई विराटनगर ल्याएको थियो । ...... प्रहरीले विराटनगर प्रबेश गर्ने नाकामा ग्रामिण क्षेत्रवाट आएका मोर्चाका कार्यकर्तालाई लाठी लिएर जुलुसमा सहभागी हुन नदिने भन्दै रोकेका थिए । तर रोडशेष चौक स्थित संघिय समाजवादी फोरम नेपालको कार्यालय अगाडि सयौको संख्यामा राखिएको बासको भाटा लिएर प्रर्दसनकारीहरू सहभागी भएका थिए । जुलुसमा सहभागिता अत्यधिक भएपछि प्रहरीले पनि सोही अनुसार सुरक्षा ब्यबस्था बढाएको थियो । नगरको बिभिन्न भागको परिक्रमा गर्दे मोर्चाको जुलुस गुदरीको बी प्लटमा गइ कोण सभामा परिणत भएको थियो । कोणसभामा मधेशवादी दलका जिल्लास्तरका नेताहरूले

आफुहरूको माग सम्बोधन नगरि ल्याउन लागिएको संबिधानलाई जलाउने र च्यात्ने चेतावनी दिएका थिए ।

........ यसैबीच मधेशी जन अधिकार फोरम लोकतान्त्रिकको नेतृत्वमा रहेको संघीय समावेशी मोर्चाका कार्यकर्ताहरूले पनि बुधवार विराटनगरमा प्रदर्शन गरेको छ । स्थानीय शनीहाटवाट निस्केको उक्त मोर्चाको जुलुस नगरको बिभिन्न भागको परिक्रमा गर्दे जन आन्दोलन चौकमा पुगी कोण सभामा परिणत भएको थियो । कोण सभाका बक्ताहरू

थरुहट र मधेश राज्य कायम नभए सम्म आन्दोलन जारी रहने बताए ।

...... यस्तै राजबंसीहरूले पनि विराटनगरमा बुधवार प्रदर्शन गरेका छन् । बीरेन्द्र सभागृह अगाडिबाट निस्केका राजबंसीहरूको जुलुस नगरको बिभिन्न भागको परिक्रमा गर्दे ट्राफिक चौकमा पुगी कोण सभामा परिणत भएको थियो । कोणसभाका वक्ताहरूले

सुनसरी, मोरङ र झापालाई मिलाएर विराट राज्य बनाउनुपर्ने माग गरे ।



सोनललाई सार्वजनिक अपराधको मुद्दा
आन्दोलनको क्रममा मंगलवार पक्राउ परेका तमलोपाका सह महामन्त्री जितेन्द्र सोनल र जिल्ला अध्यक्ष नवलकिशोर सिंहमाथि प्रहरीले बुधवार सार्वजनिक अपराध मुद्दा लगाएको छ । जबर्जस्ती उद्योग बन्द गराउने, तोडफोड र आगजानीमा संलग्न भएको आरोपमा जिल्ला प्रशासन कार्यालयबाट बुधवार १५ दिनको म्याद थमाएर दुबैलाई थप अनुसन्धानको लागि हिरासतमा राखिएको प्रहरी निरीक्षक पुरुषोत्तम खड्काले बताए । आरोपीद्वयलाई इप्रका सिमरामा राखिएको छ । ...... 'पीडितको उजुरीसँगै प्रहरी प्रतिवेदनमा मुद्दा चलाइएको छ,' खड्काले भने, 'राजनीतिक मुद्दा छैन् ।' उता तमलोपा पार्टीलगायत आन्दोलनरत मोर्चाले आन्दोलनको शान्तिपुर्ण व्यवस्थापन गर्न नेताद्वय मोटरसाइकल र्यालीमा सहभागी भइरहँदा नितनपुरबाट प्रहरीले पक्राउ गरेकाले तत्काल छाड्न माग गरेको छ । ....

पक्राउको विरोधमा कलैया, जितपुर, प्रसौनी, परवानीपुरलगायतका ठाउँमा मोर्चाका कार्यकर्ताले दिनभर प्रदर्शन गरेका छन् ।

मंगलवार आन्दोलनरत मोर्चाले वीरगंज-पथलैया औद्योगिक करिडोरका उद्योग बन्द गराउन मोटरसाइकल र्याली गरेका थिए । र्यालीको क्रममा केही उद्योगमा पार्किङ गरी राखिएको केही ट्रकमा तोडफोड र एक वटा ट्रकमा आगजनी गर्दा समान्य क्षति पुगेको थियो ।
टीकापुर घटनामा लक्ष्मण थारुसहित २२ लाई ज्यान मुद्दा
१८ जना तारिखमा रिहा
भदौ ७ को टीकापुर घटनामा संलग्न भएको आरोपमा प्रहरीले ४० जनालाई पक्राउ गरेको थियो । जसमध्ये १८ जनालाई प्रहरीले तारिखमा रिहा गरेको छ । अझै घटनामा संलग्न केही थारु कार्यकर्ता र नेतालाई फरारको सूचीमा राखिएको छ । ...... फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य लक्ष्मण थारुलाई प्रहरीले गएको बुधबार रुपन्देहीमा पक्राउ गरेको हो । कैलालीको फुलबारीका उनी संविधान सभा निर्वाचनमा फोरम लोकतान्त्रिकको तर्फबाट उम्मेदवार बनेका थिए । माओवादीबाट विद्रोह गरेका थारुले पछि छुट्टै संगठन बनाएका थिए । ...... थारु कल्याणकारी सभाका जिल्ला अध्यक्ष लाहुराम चौधरी र फोरम लोकतान्त्रिकका क्षेत्र नम्बर ३ का रामप्रसाद चौधरीविरुद्ध पनि प्रहरीले कर्तब्य ज्यान मुद्दा दर्ता गरेको छ ।

मुद्दा दायर गरिएका मध्ये १९ जना थारु कल्याणकारी सभा र फोरम लोकतान्त्रिकका कार्यकर्ता हुन् ।

यस्ता छन् गच्छदारका चार पूर्वशर्त
सीमांकनमा फेरबदल गरी थारु बहुल क्षेत्रलाई राज्यका रुपमा स्वीकार गर्नुपर्ने, अन्तरिम संविाधनका आधारमा समानुपातिक समावेशी प्रतिनिधित्वलाई यो संविधान विधेयकले पनि सुनिश्चित गर्नुपर्ने, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गरिनुपर्ने र प्रस्तावित संघीय प्रदेशमा बोलिने मातृभाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिलाइनुपर्ने गरी चार पूर्वशर्त अघि सारिएको ...... मंगलबार साझ र बुधबार बिहान फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसग प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल तथा विशेष समिति संयोजक बाबुराम भट्टराईले टेलिफोनमा कुरा गरी प्रक्रियामा फर्कन आग्रह गरेसग गच्छदारले ती शर्तहरु राखेका हुन् । गच्छदारलाई उद्धृत गर्दै चौधरीले भने, ‘यी शर्त मान्न राजी भए हामी संविधान सभा फर्कन्छौं ।

तपाईंहरुले विधेयक संशोधन गरी हाम्रा आवाजहरु समेट्न तयार हुनुहोस् ।’

धनगढीमा २२ दिन पछि कर्फ्यु हट्यो
धनगढीमा जुलुस आमसभा लगायतका कार्यक्रम संचालन गर्न रोक लगाई जारी गरिएको निषेधित क्षेत्र घोषणालाई यथावत छ । ...... 'कर्फ्युले धनगढीको जनजीवन उकुसमुकुस बनाएको थियो र टिकापुरको घटनालाई स्मरण गराइ राख्थ्यो' ...... टिकापुरको हिंसात्मक घटनापछि स्थानिय प्रशासनले सदरमुकाम धनगढी र टिकापुरमा कफ्र्यु लगाउदै आएको हो ।
जलेश्वरमा कर्फ्यु खुकुलो
प्रशासनले बुधवार विहान ६ देखि राति ८ बजेसम्मका लागि कर्फ्यु हटाएको छ । यसअघि साँझ विहान २ देखि ३ घण्टा मात्र कर्फ्युमा छुट दिदै आएको थियो ।


तराई केही खुकुलो
महिनायता जारी बन्दका कारण कष्टकर बनेको पूर्वी तराईको जनजीवन मंगलबार आंशिक रूपमा सामान्य बनेको छ । मंगलबार केही स्थानमा प्रदर्शन भए पनि झडपका घटना भएनन् । सिरहा, महोत्तरी, धनुषालगायत जिल्लामा स्थानीय प्रशासनले लगाएको कफ्र्यु र निषेधाज्ञा केही समयसम्मका लागि हटाइएपछि सर्वसाधारणको चहलपहल बढेको थियो । ...... आन्दोलनको सुरुदेखि नै मोरङ शान्त रहेको बन्दकर्ताको प्रमुख घटक संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य जयराम यादवले बताए । एक महिनादेखिको बन्दले यहाँका अधिकांश विद्यालय बन्द छन् भने सार्वजनिक यातायातका साधन चल्न सकेका छैनन् । सुरक्षाकर्मीले विराटनगर भन्सार कार्यालयबाट दैनिक २ सयको हाराहारीमा मालवाहक साधन मोरङको सीमा कटाउने गरेको छ । ..... मधेसी मोर्चा र थरुहटको आन्दोलनका कारण बन्द हुँदै आएको सुनसरी सदरमुकाम इनरुवा केही दिनदेखि नियमित खुल्न थालेको छ । लामो समयको बन्द र हडतालका कारण उपभोग्य वस्तु किनेबेच गर्न असहज हुँदै गएपछि व्यापारीहरूले पनि आन्दोलनकारीका आँखा छल्दै पसल खोल्न थालेका हुन् । .... आन्दोलनकारीले पनि इनरुवाको बस चोकबाहेक खुलेका पसललाई खासै वास्ता नगरेपछि बिस्तारै दैनिक रूपमा इनरुवा खुला हुन थालेको हो । दंगाग्रस्त क्षेत्र घोषणा भएपछि आन्दोलनकारीले बजार पसल जबरजस्ती बन्द गराउन छाडे । इनरुवाको मुख्य बजार खुल्ने क्रम बढ्यो । उद्योग वाणिज्य संघ इनरुवाको पहलमा व्यापारी र आन्दोलनकारीबीच सद्भाव कायम गर्ने सहमति भएपछि आन्दोलन बिस्तारै शान्तिपूर्ण हुँदै गयो । ..... तीन घण्टा खुकुलो बनाएको दंगाग्रस्त क्षेत्र अहिले पाँच घण्टा खुकुलो बनाइएको छ । ...... नजिकिँदै गरेको चाडबाडका कारण सबै यतिबेला खेत खलियानमा रहेको बाली भित्र्याउने, धान गोड्ने र पटुवा काट्ने समय भएकाले पनि व्यस्त हुन थालेकाले ग्रामीण क्षेत्रका बासिन्दालाई आन्दोलनले तान्न नसकेको विश्लेषण अन्सारीको छ । हिंसात्मक नभई आफूहरूले शान्तिपूर्ण तरिकाले नै आन्दोलन गरिरहेको बृहत् मधेस संघर्ष समिति सुनसरीका संयोजक महिचन्द्र साहले आन्दोलन निरन्तर भइरहे पनि चाडबाडका कारणले केही खुकुलो बनाएको स्विकारे । ....... खम्बुवानले एमाले, कांग्रेस र एमाओवादीको निर्देशन र इसारामा किरात राई यायोख्खाले लिम्बुवान र खम्बुवानको राजनीतिक अस्तित्वलाई समाप्त पार्न किरात प्रदेशको धारणा ल्याएको जनाएको छ । ......

आफूहरूको अधिकार सुनिश्चित हुनुपर्ने माग गर्दै मोरङका मुसहर समुदायले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाए । जुलुस प्रदर्शन गर्दै गएका उनीहरूले संविधानमा आफ्ना अधिकार सुनिश्चित गरिनुपर्ने माग गरे ।



[विचार] संविधानको सत्य
कुनै हुने–हुनामी, भवितव्य वा उपल्लै तहको राजनीतिक संकट आएन भने असोज ३ गते एकथान संविधान नेपाली जनताको हातमा पर्नेछ। राजनीतिक दलका नेताहरू संविधान निर्माणको प्रक्रियामा दिलोज्यानले लागेका छन्। ती दलका तर्फबाट जनताले चुनेर पठाएका प्रतिनिधि सभासदहरू हात उठाएर, ताली पिटेर, लयबद्ध ध्वनि निकालेर संविधानका धाराहरू निक्र्योल गर्दैछन्। राजनीतिक दलहरूले संविधान जारी भएको उपलक्ष्यमा दीपावली गरेर उत्सव मनाउन जनता–जनार्दनसँंग आह्ववान गरिसकेका छन्। उत्साहका साथ संविधानको स्वागत गर्ने तयारी हुनथालेका छन्। अहिले लेखिएको संविधानलाई निर्विकल्प सत्यका रूपमा स्थापित गर्ने आकांक्षा राखेका छन्, प्रमुख दलहरूले। दुई तिहाइको प्रक्रियाबाटै संविधान जारी गर्ने कांग्रेस र एमालेको राजनीतिक संकल्पमा सहयोगी बनेको छ– संविधानसभाबाट संविधान बनाउने लक्ष्यका साथ बाह्र वर्षसम्म देशमा हिंसात्मक विद्रोहको नेतृत्व गर्ने माओवादी। त्यति लामो संघर्षपछि चुनावी प्रक्रियाबाट सत्तामा आएर पनि आफ्नै नेतृत्वमा नयाँ नेपालका लागि गणतान्त्रिक संविधान बनाउन अयोग्य सावित हुनु, निश्चय नै माओवादीको दुर्भाग्य हो। २०४७ सालको संविधानलाई आधारभूत शब्दात्मक प्रशोधनका साथ नयाँ गणतान्त्रिक नेपालको संविधान बनाउन सक्नु कांग्रेस–एमालेको शौभाग्य र खुबी हो। योभन्दा पनि पर एक पाइला अघि बढेर,

गरुडको जस्तो वेगवान गतिले नेपालको राजनीतिक परिदृश्यमा अवतरण गरेको माओवादीलाई चिप्लेकिरा जस्तो घिसिँ्रदै—घिस्रिँदै प्रक्रियाको समर्थनमा आउन बाध्य पार्नु कांग्रेस–एमालेले रचना गरेको ठूलै सुनामी हो।

........ संविधान निर्माणको तीव्र गतिसँंगै मधेस, पहाड र हिमाल तीनैथरी भौगोलिक सीमाभित्र असन्तोषका सानातिना ज्वालामुखी देखिएका छन्। पहाडी भेगका भुइँचालो पीडित जनता संविधानको छानो हालेर घर बनाउने हो कि दैलोमा आउन लागेको जाडो मौसममा संविधानको सिरक ओढाएर बालबच्चा जोगाउने हो? अझै अलमलमा नै छन्।

मधेसको त कुरै नगरे भयो, असन्तोषको दावानलले पुरै मधेस भूमिलाई समेट्न थालेको छ।

मधेसका नेताहरू नेपाली राज्यबाट प्रताडित नेपालीहरूको जीवनरक्षाका लागि विहारमा शरणार्थी शिविरहरू खोलिएको खुलाशा गर्न थालेका छन्। उनका कुरामा विश्वास गर्ने हो भने देश साँच्चै द्वन्द्वको तातो तावामा भुटिने तयारीमा रहेको स्पष्ट आभास हुन्छ। तीन ठूला दलका तीन ठूला नेताले भनेजस्तो संविधान जारी भएपछि देश तत्काल संकटमुक्त हुने लक्षण देखिँदैन। संविधान विधेयकको प्रतिरक्षामा संविधानसभामा ती नेताद्वारा व्यक्त विचारका आधारमा पनि संविधानले पूर्णता नपाएको ज्ञान हुन्छ। नेताहरूले संविधानको अपूर्णतालाई स्वीकार गर्दै जनताका चाहनाअनुसार संविधानमा संशोधन हुँदै जाने बताएका छन्। यो आश्वासन वा विचार आफैंमा विसंगत छ। अहिलेका लागि त्यो विसंगतिको मुख्य भ्वाङ मधेस हो भने यस्तै अन्य भ्वाङहरू केही समयपछि देखिन थाल्नेछन्। ............. नेताहरूले आफ्नो मन—माफिक हिसाबले प्रदेशहरूको सीमांकन गरेपछि मध्यपहाडमा सुरु भएको असन्तोषलाई सम्बोधन गरे पनि त्यही सन्दर्भमा चुलिएको आदिवासी थारू र मधेसको आन्दोलनको उपेक्षा गरे। कैलालीको टीकापुरमा आन्दोलन हिंसात्मक भएपछि दलका नेताहरूमा यो उपेक्षाभाव बढी नै देखियो। त्यसपछि नै मधेसमा आन्दोलन उग्र हुँदै गएको हो। ....... यो संविधान नेपाली समाजको सामाजिक मनोविज्ञानका आधारमा तयार पारिएको होइन। यसमा संवैधानिक विज्ञता र विशेषज्ञताका त्यस्ता कुनै कुरा छैनन्, जसका लागि व्याख्याको जरुरत पर्छ। सामाजिक सञ्जालमा कसैले टिप्पणी गरेको थियो,

संविधानको स्वरूप मुलुकी ऐनजस्तो छ।

नवोदित गणतन्त्रको मूल कानुनका रूपमा निर्माणाधीन संविधानले समस्याहरू सुल्झाउने भन्दा उल्झाउने काम बढी गरेको टिप्पणी संविधानविदहरूले नै गर्न थालेका छन्। देशका ६०१ सभासदहरूको नाममा संविधानसभाका

जम्माजम्मी दुई दर्जन सभासदहरूको सक्रियतामा तयार भएको

यो संविधानलाई नेताहरूले नै दलहरूका बीच सम्झौताको दस्तावेज भनिसकेपछि अरू भन्ने कुरा केही बाँकी रहँदैन पनि। ...........

नेपालका नेताहरूले मधेस–तराईको मनोविज्ञान राम्ररी बुझ्नसकेका छैनन्।

हिमाल र पहाडको निकासका रूपमा रहेको मधेस आफैंमा एउटा यस्तो संसार हो, जहाँको सांस्कृतिक विविधता कुनै एक जाति र क्षेत्रसंँग मात्र सरोकार राख्दैनन्। मिथिला र अवध संस्कृतिको विश्वव्यापी आकर्षण छ। नेपाल राज्यको अन्तिम सीमाका रूपमा मधेसले २०४५ सालको भारतीय नाकाबन्दीको सामना गरेको छ र अनेकौं विदेशी आक्रमणको प्रतिरोधमा पनि त्यत्तिकै दृढतापूर्वक अडिएको छ। काठमाडौं केन्द्रित राज्यले मधेसका सामान्य मधेसीको पनि त्यसरी नै उपेक्षा गरेको छ, जसरी पहाडियाहरूको उपेक्षा गरेको छ। मधेसका राजा, जमिनदार, पटवारी लगायतका उच्च जातिका प्रभावशाली मानिसहरूलाई राज्यले उपयोगिता र स्वामिभक्तिका आधारमा सम्मान दिने गरेको छ। ....... मधेसका सामान्य जनता पीडित छन्, शोषित छन् र उपेक्षित छन्। त्यसको सम्बोधन गर्ने चासो संविधानसभामा उपस्थित मधेसका कुनै पनि नेताले देखाएका छैनन्। ती उपेक्षित जनता शोषणबाट मुक्तिको बाँसुरीको सुरिलो आवाज सुनेर आन्दोलनमा उठेका छन्। तर अहिलेसम्म तिनको सुन्दर भविष्य राज्य वा प्रतिपक्ष कतैबाट पनि प्रत्याभूत हुनसकेको छैन। ........ मधेसमा सुरु भएको विचलन स्थायी रहनु नेपालको भू–राजनीतिका लागि राम्रो लक्षण होइन। ...... नेपालको लोकतान्त्रिक राजनीति दिल्लीबाट सुरु भएको थियो र दिल्लीकै सहयोगमा भएको बाह्रबुँदे सहमतिपछि टुंगिने आशा राखिएको थियो। पछिल्लो दिल्ली सम्झौताको एक दशकपछि नेपालले बल्लतल्ल संविधानको निर्माण गर्दैछ। ......

संविधान बनाउन आठ वर्ष लाग्यो। यसको भविष्य थाहा पाउन आठ दिन पनि लाग्ने छैन। यही हो, संविधानको सत्य।

लोकतंत्र, मानव अधिकार, गणतंत्र, संघीयता, समावेशीता

पाँच पाण्डव: लोकतंत्र, मानव अधिकार, गणतंत्र, संघीयता, समावेशीता

लोकतंत्र 

लोकतंत्र भनेको एक व्यक्ति एक मत हो। नागरिकता देश मा एक किसिम को मात्र हुन्छ। (नागरिकता बारे हुनु पर्ने) कोही अनागरिक हुँदैन। सबै नागरिक बराबर हुन। शक्ति को एक मात्र स्रोत जनता हो। र त्यो मताधिकार ले मात्र निर्धारण गर्दैन। राजनीतिक पार्टी ले वोट पाए अनुसार समानुपातिक सरकार बाट पैसा पाउने, पार्टी चलाउन, चुनाव लडन अरु  कुनै स्रोत बाट पैसा लिन नपाउने। (१ मत को ५० रुपया)

मानव अधिकार 

The Universal Declaration of Human Rights

गणतंत्र 

नवराजावाद मुर्दाबाद। पार्टी अध्यक्ष दादागिरी - समाप्त गर। तानाशाही -- नहीं चलेगी, नहीं चलेगी, नहीं चलेगी। तीनबाहुनदलीय व्यवस्था समाप्त गर, सच्चा गणतंत्र स्थापित गर।

संघीयता 

१ देश, १६ प्रदेश, २०-३० विशेष क्षेत्र, १००० गाउँ/नगर = १२५ जातजाति
संघीयता मा बजेट बाडफाड़: ३३-३३-३४: केन्द्र प्रदेश स्थानीय
Federalism, Centripetal Force, Centrifugal Force
प्रत्यक्ष निर्वाचित प्रधान मंत्री र १०% आर्थिक वृद्धि दर
नंबर एक कुरा शिक्षा हो

समावेशीता

५१% खुला प्रतिस्प्रधा, ४९% आरक्षण।
दलितले आरक्षण मात्र होइन Reparation (क्षतिपूर्ति) पनि पाउनै पर्छ



3744


पाँच पाण्डव: लोकतंत्र, मानव अधिकार, गणतंत्र, संघीयता, समावेशीता



यो प्रतिक्रांति विरुद्ध को क्रांति हो। पाँच पाण्डव: लोकतंत्र, मानव अधिकार, गणतंत्र, संघीयता, समावेशीता। २००६ अप्रिल क्रांति का उपलब्धि लोकतंत्र, मानव अधिकार, गणतंत्र। मधेसी क्रांति का उपलब्धि संघीयता, समावेशीता। ती सबै माथि आक्रमण भएको अवस्था छ। राणा शासन १०४ वर्ष चल्यो। अर्को १०४ वर्ष का लागि खस/बाहुन शासन लाद्ने प्रपंच भइराखेको छ।

त्यसका विरुद्ध एउटा निर्णायक सड़क आंदोलन को आवश्यकता देखियो।

क्रांति कृष्ण हो।

यो मधेसी क्रांति ३ जस्तो लाग्यो शुरू मा। त्यस पछि मधेसी थारु क्रांति जस्तो लाग्यो। त्यस पछि मधेसी जनजाति क्रांति २०१५ जस्तो लाग्यो। तर यो त्यसभन्दा पनि व्यापक छ। यस क्रांति ले विगत शताब्दी का दुई प्रमुख आइडियोलॉजी कैपिटलिज्म र कम्युनिज्म को फ्यूज़न गर्ने छ। यो अहिंसात्मक तर आक्रामक क्रांति हो। यसले आमुल परिवर्तन खोजेको छ। यसले एउटा नया शुरुवात खोजेको छ। यसले नया दिशा खोजेको छ।

यो २०१५ मॉनसून क्रांति भनौं भने सितम्बर आइसक्यो। यो नेपाली क्रांति  २०१५ हो। यो सीमांकन बारे मात्र होइन। यो क्रांति लोकतंत्र, मानव अधिकार, गणतंत्र, संघीयता, समावेशीता का लागि हो। पाँच पाण्डव माथि प्रहार भएको छ।

यो प्रतिक्रांति विरुद्ध को क्रांति हो।



Tuesday, September 15, 2015

समाधान अब सड़क मात्र


  • जेल भरो आंदोलन। 
  • व्यापक राष्ट्रव्यापी मोर्चाबंदी। 
  • देश बंद, मधेस बंद। 
Non Violent Militancy

अब अंतरिम संविधान रहन्छ, यो सरकार र यो संविधान सभा जान्छ। वार्ता को स्पेस अब बाँकी रहेन। क्रांतिकारी अंतरिम सरकार बन्छ। काँग्रेस पार्टी त निभ्न लागेको बत्ती हो। स्वाहा

अब मधेसी मोर्चा ले संविधान सभा छोड्ने बेला आयो।