नंबर एक कुरा शिक्षा हो

देशमा लोकतंत्र बलियो पार्नु छ भने, देशमा आर्थिक क्रांति गर्नु छ भने, देशमा छुआछुत समाप्त पार्नु छ भने। सामाजिक प्रगति का लागि। सबै भन्दा जोड़ दिनु पर्ने कुरा शिक्षा हो। कसैलाई एक कट्ठा जग्गा दिनु भन्दा १२ वर्ष को पढाई दिनु कता कता उपयोगी। र यसमा नेपालका सन्दर्भमा out of the box thinking जरुरी छ। विद्यालय भवन बनाउने। ठीक छ। शिक्षक चाहिन्छ। ठीक छ। दुबै वास्तवमा अपरिहार्य हुन। तर what's the fastest way to get there?

बिहार के लिए फोर्मुला

पढ्ने सबैले हो। बच्चा ले मात्र होइन। शिक्षित ले पनि पढ्ने हो। हामी lifelong education को युगमा आइपुगेका छौं। बच्चा प्रौढ़ बुढा सबैले पढ्ने हो। आजीवन पढ्ने हो।

देश को भूभाग भरि या त भएको FM रेडियो स्टेशन हरु प्रयोग गर्ने अथवा नभएको ठाउँमा नया स्थापना गर्दै जाने। अनि चीन सँग मद्दत माग्ने। हामी लाई सोलर पावर मा बैटरी चार्ज हुने सकेसम्म सस्तो FM रेडियो चाहियो। ५० लाख। अनुदानमा। भन्ने। चीन पनि दंग पर्छ। के झोंक चलेछ यो नेपालिया हरु लाई जस्तो लाग्छ। किन्ने ले किन्छन्। किन्न नसक्ने लाई अनुदान दिने। देश भरिमा सबै संग FM रेडियो हुनुपर्यो।

अनि सरकारी स्तर बाट नै देशको प्रत्येक भाषामा १२ वर्ष को स्कूलिंग का लागि ओरल कोर्स हरु तैयार पार्ने। लेखपढ को स्थिति सम्म प्रत्येक भाषा पुगेको छैन। तर बोलचाल त प्रत्येक भाषा मा अहिले हुन्छ। जुन शब्द त्यस भाषा मा छँदै छैन ती शब्द लाई जबरजस्ती अनुवाद नगर्ने, जस्तै की विज्ञानं प्राविधि का शब्द। तिनलाई जस्ता को तस्तै अंग्रेजी मा नै भन्ने। जस्तै Mitochondria ---- त्यसको नेपाली मा पनि शब्द छैन। And that's fine. Mitochondria लाई प्रत्येक भाषा मा Mitochondria नै भनेको राम्रो। होइन भने अनावश्यक confusion मात्र हुन्छ। देशको प्रत्येक भाषा मा हिंदी त पर्ने नै भो, अंग्रेजी पनि पर्ने भो। नेपाली, अंग्रेजी र हिंदी का सामग्री देश भरि नै प्रसारित गर्ने।

एउटै पाठ (lesson) हप्ता मा तीन चार पटक दोहोर्याएर प्रसारण गर्ने।  एक पटक बिहान हुन सक्छ, भरे दिउँसो, बेलुकी, शनिवार। कुन मान्छे लाई कति बेला फुर्सत हुन्छ भन्न गार्हो छ। अनि एक भन्दा बढ़ी फ्रीक्वेंसी मा प्रसारण गर्ने। नेपाली भाषा मा एउटा फ्रीक्वेंसी मा होला, हिंदी मा अर्कोमा, अंग्रेजी मा अर्कै फ्रीक्वेंसी मा होला। मातृभाषा मा अर्को फ्रीक्वेंसी मा। कुनै पनि विषय वर्ष को जुन सुकै समय शुरू गर्न मिल्ने हुनुपर्छ। यो होइन कि ला मेरो त दुई वटा lesson मिस भो, अब एक वर्ष पर्खिनु पर्ने भो भन्ने नहोस्। दिन को जुन सुकै समय, हप्ता को जुन सुकै दिन, वर्ष को जुन सुकै महिना या हप्तामा जुन सुकै वर्ग/क्लास को जुन सुकै विषय शुरू गर्ने हुनुपर्छ।

प्रत्येक पाठ ४० मिनट को होला। प्रत्येक पाठको अन्त्यमा यस पाठको पुनर्प्रसारण यति, यति र यति बेला हुनेछ भनेर फुक्ने। यस पछि को पाठ का लागि यति या यति बेला सुन्नुस भनेर फुक्ने। योभन्दा पहिला को पाठ का लागि भनेर त्यसको पनि detail दिने।

सारा देशलाई १० वर्ष को स्कूलिंग गराउने सकेसम्म कम समयमा सकेसम्म कम खर्चमा गराउने योभन्दा राम्रो उपाय छ जस्तो मलाई लाग्दैन। सरकारी कामकाजको भाषा त जहिले हुन्छ तहिले हुन्छ। यस मार्फ़त देश भरिको भाषा लाई सम्मान दिन सकिन्छ। तुरुन्तै।

तर यति ले पुग्दैन। विद्यालय भवन बनाउनै पर्छ। शिक्षक तालीम गर्नै पर्छ। स्कूल लंच गर्ने पर्छ। प्रौढ़ हरुलाई बेलुकी स्कूल लानै पर्छ।

तर यसरी FM Broadcasting ले १०-१२ शुरू का वर्ष को पठनपाठन हुन्छ भने कॉलेज/विश्विद्यालय का लागि गाउँ गाउँ मा इंटरनेट पुर्याए पुग्छ। केही वर्ष परखे गूगल ले नै आकाश बाट पुर्याइदिन्छ। अनि नेपाल साँची नै  lifelong education को युगमा पुग्छ।

देश मा लोकतंत्र बलियो पार्न, देश मा आर्थिक क्रांति गर्न नंबर एक कुरा नै शिक्षा हो। र यसमा FM टेक्नोलॉजी र इंटरनेट टेक्नोलॉजी ले आकाश पाताल फरक पार्छ। आकाश भनौं। आकाश मात्रै।

मुख्य फोकस Math र Science मा हुनुपर्छ। बिज्ञान को ठ्याक्कै उही पाठ लाई नेपाली, हिंदी, अंग्रेजी, मातृभाषा मा सुन्न पाए मान्छे ले भाषा पनि सिक्छ। गरीब को बच्चा लाई ला प्राइवेट इंग्लिश बोर्डिंग स्कुल मा पढ्न पाइयेन भन्ने ग्लानि हुँदैन। कम हुन्छ। अंग्रेजी त छँदैछ। विस्तारै हिंदी र चिनिया भाषा को विश्व मा महत्व बढ्दै जान्छ जस्तो लाग्छ। Nepal is lucky to be where it is.

भुमि सुधार राम्रो कुरा हो तर यो Universal, Lifelong Education को कुरा भुमि सुधार भन्दा १०० गुणा बढ़ी effective हो। यो सरकारको नंबर एक जिम्मेवारी हो।





Comments