Showing posts with label left. Show all posts
Showing posts with label left. Show all posts

Saturday, August 15, 2015

वाम एकता होइन बाहुन/बाभन एकता

एमाले र एम्याओवादी ले एकता को कुरा शुरू गरेको राम्रो हो। यो वाम एकता होइन बाहुन एकता को कुरा हो। उनी हरुको व्यवहार त्यस्तै छ। मधेसी र जनजाति को मुद्दा मा एम्याओवादी पुर्ण रुपले एमाले का अगाडि आत्म समर्पण गरेको अवस्था छ। प्रभु शाह, राम चन्द्र झा, अनंत हरुले चेत्ने बेला हो यो। बाहुन हरुले भेद खोले।



Prachanda's Crocodile Tears
Krishna Bhattachan: Bahunvad

राजीनामा नदिए मधेश प्रवेशमा रोक लगाउने चेतावनी
विगतमा मधेशीसँग भएका सम्झौता र सहमतिबमोजिम संविधान नआए मधेशलाई स्वतन्त्र बनाउने बाटोतिर मधेशी युवाहरु लाग्न बाध्य हुने बताएका छन् ।
हार्वर्ड : एक विपना
पृथ्वीनारायाण शाह जन्मनुभन्दा ८७ वर्षअघि स्थापना भएको हार्वर्डमा २१ हजार विद्यार्थी र २४ सय फ्याकल्टी छन्। नेपालको कूल ग्रार्हस्थ उत्पादनको लगभग दोब्बर (३५.८ खर्ब डलर) 'इनडाओमेन्ट' भएको हार्वर्ड ४१,००८ रोपनीमा फैलिएको छ। म्यासिचियूटस् राज्यको क्याम्ब्रिज सहरमा। ११ वटा विभिन्न स्कुल–कानुन, गभर्मेन्ट, बिजनेस इत्यादिले हार्वर्ड विश्वविद्यालय बनेको छ। ...... मेरो एकेडेमिक एजभाइजर विर्कोडो हाउजम्यानको विभिन्न देशको आफ्नो सबैभन्दा प्रमुख उत्पादन कुन हुन सक्छ र त्यसले कसरी विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्छ भन्ने 'प्रोडक्ट स्पेस थ्योरी'ले मलाई आफ्नो देशको आर्थिक प्रतिस्पर्धात्मक क्षमताबारे बु‰ने यथेष्ट अवसर भयो। ...... सन् १६३८ मा जोन हार्वडले चार सय वटा पुस्तक दिएर सुरु भएको लाइब्रेरी आज ७३ वटा विभिन्न विधामा विस्तारित भएको छ। करिब १ करोड ९० लाख पुस्तक र एक हजार कर्मचारी त्यहाँ काम गर्छन्। 'लाइब्रेरी अफ कंग्रेस'पछिको सबैभन्दा ठूलो मानिन्छ 'वाइडनर लाइब्रेरी'। उक्त लाइब्रेरीको भूमिगत कक्षामा मैले कैयन् दिनरात बिताएको छु। पढ्दै, अनुसन्धान गर्दै। ...... करिब एक सयभन्दा बढी भाषाका किताबले ती ७३ वटा लाइब्रेरी गमक्क फुलेका छन्, ज्ञानको ज्योतिले। ...... भुटानजस्तो सानो राष्ट्रले समेत हार्वर्डसँग सम्झौता गरेर प्रत्येक वर्ष केही भुटानी विशेष छात्रवृत्तिमा स्नातकोत्तर अध्ययन गर्न जान्छन्। जेनेभा, ब्रसेल्स र वासिङ्टन डिसी रहँदाको मेरो अनुभवमा भुटानी कुटनीतिज्ञहरू विषयवस्तु र प्रस्तुतिमा बेजोड हुँदा रहेछन्। त्यो विश्वास र विषयगत ज्ञान हार्वर्डजस्ता संस्थाबाट सम्भव भएको छ। ....... हार्वर्डका पूर्व कुलपति ल्यारी समर्सले सन् २००५ को एक भाषणमा 'उत्कृष्ट विश्वविद्यालयमा महिलाहरूको प्रतिनिधित्व कम हुनुको प्रमुख कारण महिला र पुरुषबीचको प्राकृतिक भिन्नता' भनेकै कारण आफ्नो पदबाट राजिनामा दिनुपरेको थियो। त्यसपछि नै हार्वर्डको इतिहासम पहिलोपटक ड्रियु जिलपिन फउस्टलाई पहिलो महिला कुलपति नियुक्त गरियो। समर्सको विभेदपूर्ण भाषणको कडा प्रतिवाद गर्दै हार्वर्डले महिला कुलपति नियुक्त गरेर संसारलाई राम्रो उदाहरण प्रस्तुत गर्योक। ....... केही समयमा ती कर्मचारी एक युवकलाई लिएर मसँग फोटो खिचाउन आए। उनले भने, 'तपाईं हार्वर्डमा पढ्नुहुँदो रहेछ, यी युवकको त्यहाँ पढ्ने ठूलो सपना छ। हामीलाई विश्वास छ, तपाईं एक दिन आफ्नो देशको राष्ट्रप्रमुख हुनुहुनेछ र यो फोटो खिचेको।' ......... ती कर्मचारीले मेरो सुटकेसको फि मिनाहामात्र गरेनन्, राम्रो सिट पनि मिलाइदिए। ....... अमेरिकी राष्ट्रपति बाराक ओबामालाई कुनै एक प्रसंगमा चीनको बढ्दो विश्व प्रभावबारे प्रश्न गर्दा भनेका थिए, 'संसारभरका विद्यार्थी, वैज्ञानिक र विद्वान हार्वर्ड, एमआइटी र स्ट्यानफोर्ड अनि सिलिकन भ्यालीको सपना देख्छन्, चीनको कुनै विश्वविद्यालयको होइन। जबसम्म हाम्रा विश्वविद्यालय संसारको आकर्षण बनिरहन्छन्, तबसम्म अमेरिका नम्बर एक रहन्छ।' ...... ५६ वर्षअघि सुरु भएको त्रिभुवन विश्वविद्यालय विद्यार्थी संख्याको हिसाबले संसारको नवौं ठूलो मानिन्छ। तर, गुणस्तरको हिसाबले विश्वको उत्कृष्ट एक हजारभित्र पनि पर्दैन। ११० वर्षअघि सुरु भएको सिंगापुरको नेसनल युनिभर्सिटी अफ सिंगापुर आज एसियाको उत्कृष्ट मानिन्छ। सो विश्वविद्यालयले हरेक वर्ष कैयन् विद्यार्थी हार्वर्ड पठाउँछ। सो आदानप्रदानले सिंगापुर नेसनल युनिभर्सिटीलाई हार्वर्डसरह शिक्षा दिने संस्थाको रूपमा उभ्याएको छ।


एमाले र एमाओवादीबीच पार्टी एकता गर्ने
एमाले र एमाओवादीबीच पार्टी एकता गर्ने र सबै कम्युनिष्ट समूह समेटेर नयाँ वाममोर्चा वनाउने विषयमा उच्च स्तरमा गोप्य छलफल सूरु भएको ..... प्रचण्ड र केपी ओलीबीच, बाबुराम भट्टराई र ओलीबीच, माधव नेपाल र प्रचण्ड तथा बाबुराम भट्टराईबीच एक्लाएक्लै (वन टु वन) भएका भेटवार्ताहरुमा यी दुई दलहरुबीच पार्टी एकता गरेर आगामी चुनावमा कम्युनिष्टहरुको बहुमत ल्याई स्थिर सरकार वनाउने विषयमा गोप्य छलफल सुरु भएको छ । ...... नेपाल नै अहिले विश्वमा यस्तो लोकतान्त्रिक देश हो जहाँ संसदीय प्रणालीको चुनावबाट नै पनि कम्युनिष्टहरुको वहुमतीय एकलौटी सरकार वन्न सक्दछ । दुबै संविधानसभाको चुनावी परिणाम हेर्दा एमाले र एमाओवादी मिलेर–चुनावी तालमेल गरि चुनाव लडेको भए वा एउटै पार्टी वनाएर चुनाव लडेको भए कम्युनिष्टहरुको एकलौटी वहुमतीय सरकार बन्थ्यो । ........ दोश्रो संविधानसभा चुनावमा पहिलो हुनेले जित्ने प्रणालीबाट एमाले र एमाओवादी दुबैको गरि कूल ४५.३४ प्रतिशत मत र समानुपातीकमा दुबैको गरि कूल ३८.८७ प्रतिशत मत आएको थियो । जबकी कांग्रेसको क्रमश: २९.८० र २५.५५ प्रतिशत मात्रै थियो । ........ पहिलो हुनेले जित्ने चुनावमा हारेका क्षेत्रहरुको एमाओवादी र एमालेको भोट मात्रै जोड्दा पनि थप ६४ सीटमा एमाले वा एमाओवादी उम्मेदवारले जित्ने देखिन्छ । यसवाट सजिलै कम्युनिष्टहरुको एकलौटी वहुमत आउने रहेछ । ....... प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा कार्यकारी राष्ट्रपति संविधानमा नराखिने स्थितिमा देशमा स्थिर सरकारको एकमात्र सम्भावित उपाय एमाले र एमाओवादीको पार्टी एकता नै हो । ...... नेताहरुले एकैचोटी पार्टी एकता नै गर्न नसकिने भएमा नयाँ वाममोर्चा वनाएर क्रमश: पार्टी एकताको आधार तयार पार्दै जाने विषयमा पनि छलफल गरेको श्रोतको भनाइ छ । पार्टी एकताको लागि पुजीवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्दै समाजवादको आधार तयार पार्ने भन्ने मूल कार्यदिशा दुबैको मिलेको छ र मूल कार्यनीति पनि चुनावबाट सत्तामा जाने मिलेकै छ । ...... एमालेले माओवाद नमान्ने र एमाओवादीले माओवादलाई पथ प्रदर्शक सिद्धान्त मान्न नछोड्ने स्थितिमा बिचको कुनै बाटो निकाल्न सकिने हुन सक्दछ । संगठनात्मक एकता गर्दा कसलाइ पार्टी अध्यक्ष वनाउने भन्ने भएमा

पाँचजना प्रधानमन्त्री बनेकाहरु प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वावुराम भट्टराई र केपी ओली (हुनेवाला प्रधानमन्त्री) लाई राखेर अध्यक्ष मण्डल वनाउन पनि सकिन्छ ।

...... पाँच वर्ष एमालेका नेताले प्रधानमन्त्री चलाउने र अर्को पाँच वर्ष एमाओवादीका नेताले चलाउने गरी अहिल्यै सत्ता सम्झौता गरेर अघि वढौं भन्ने सम्मको प्रस्ताव एमाले नेताले राखि सकेको तर प्रचण्ड–वावुरामले कुनै प्रतिक्रिया नजनाएको ...... कार्यकर्ताहरुले दबाब दिन सकेमा र परिस्थितिले वाध्य वनाएमा तथा विदेशीले फुटाउने खेलमा नेताहरु सामेल नभएमा यो एकता असम्भव छैन ।


लाल किल्लामा मोदीको ग्याल्यामर, गरे चार घोषणा
सन् २०२२ सम्ममा सबै जनतालाइ एक घर उपलब्ध गराउने र विजुली पानी जस्ता आधारभूत आवश्यकता पुरा गर्ने घोषणा गरेकाछन् । नयाँ उद्यमीहरुका लागि स्टार्ट अप इण्डिया नामक नयाँ योजना पनि उनले घोषणा गरेकाछन् । ...... भारत भरी छरिएर रहेका करिव एकलाख पच्चीस हजार विभिन्न बैकका शाखाहरु प्रत्येकले कम्तिमा एक दलित वा आदिवासीलाई र एक महिलालाई उद्यमी वनाउनु पर्ने घोषणा पनि गरेका छन् । ....... गत वर्ष घोषणा गरिएको प्रत्येक स्कूलमा शौचालयको व्यवस्था गर्ने संकल्प पनि करिव करिव पूरा भएको वताएकाछन् ।
नयाँ संविधान मधेसमा लागू हुन दिन्नौं : त्रिपाठी
उनले प्रस्तावित ६ प्रदेको सीमाकंनलाई

बेइमान अमिनले खबार जमिनको कित्ताकात गरेको जस्तो

भएको टिप्पणी गरे । ........ 'विगतमा थारु र मधेसवादीको बीचमा विगतमा शासक बर्गले फाटो ल्याउने काम गरेको भन्दै त्रिपाठीले त्यसविरुद्ध अहिले थरुहटसँग सहमति भइसकेको बताए । उनका अनुसार नवलपरासीदेखि कंचनपुरसम्म थरुहट र झापादेखि नवलपरासीसम्म मधेस प्रदेश बनाउने सहमति भएको बताए ।


'मधेसी दलसँग थारु आन्दोलनको सहकार्य छैन'
'टिकापुर आमसभामा बिजयकान्त कर्ण र गणेश मन्डललगायत अधिकारकर्मीलाई बोलाएका थियौ तर उपेन्द्र, राजेन्द्र र अमरेश पनि गएको भन्ने एअरपोर्टमा गए पछि थाहा पाएँ,' चौधरीले नागरिकसँग भने, 'कसरी उनीहरु टिकापुर गएँ भन्ने छानबिन हुदाँ रेशम चौधरी (रेडियोकर्मीं) को ब्यक्तिगत निम्तोमा उनीहरु गएका रहेछन, म त्यहाँ गइन र पार्टी प्रतिनिधिलाई पठाएँ।' थारुहरुको आन्दोलनमा संयुक्त संघर्षका लागि मधेसी दलको कुनै सहयोग नमागिएकोमा प्रस्ट हुन उनको आग्रह छ। ...... फोरम लोकतान्त्रिकलाई बिभाजन गराउनका लागि बिभिन्न हत्कण्डाहरु अपनाउन लागिएकोमा रामजनमले आपत्ति जनाएका छन्।

Monday, June 29, 2015

Madan Bhandari: Speech



भण्डारीको ऐतिहासिक भाषण अडियो-भिडियो सहित
वि. सं.२००९ असार १४ गते बुबा देवीप्रसाद भण्डारी र आमा चन्द्रकुमारी भण्डारीका माहिला छोरा हुन, मदन भण्डारी । पूर्वी पहाडी जिल्ला ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मेका मदन भण्डारी प्रखर बौद्धिकता र स्मरणशक्तिका कारण बाल्यकालमै जिल्लाभरि चर्चित थिए । ..... २०२४ मा वनारसबाट पुष्पलाल श्रेष्ठले नेतृत्व गरेको नेकपाको भातृ संगठन नेपाली जनवादी सांस्कृतिक संघबाट उनले राजनीतिक यात्रा सुरु गरे ।...... २०२९ सालमा मदन भण्डारी संगठनको केन्द्रीय सदस्य बने । त्यही बेला जीवराज आश्रित, मोदनाथ पश्रित र मदन भण्डारी सहित युवाहरुको सक्रियतामा २०३४ मा पुष्पलालसँग विद्रोह गरे । यता झापाली समूहले २०३२ सालमा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेसन कमिटी ९कोके० ९माले० गठन गरिसकेका थिए । मुक्ति मोर्चा समूहको २०३४ भदौ १४ गते ‘कोके’सँग एकता भयो। यसरी यिनै दुई समूहको सक्रियतामा २०३५ साल पुस ११ गते नेकपा ९माले० स्थापना भयो । ...... र मदन भण्डारी त्यसका केन्द्रीय सदस्यका रूपमा आए। २०४१ सालमा मालेको पोलिटब्युरो सदस्य बने । २०४६ भदौमा सम्पन्न चौथो महाधिवेशनबाट महासचिवमा निर्वाचित भए। ..... २०४८ सालमा सम्पन्न संसदीय निर्वाचनमा नेपाली कङ्ग्रेसका सभापति तथा मुलुकका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई चुनावमा परास्त गर्दै काठमाडौं क्षेत्र नं। १ र ५ बाट प्रतिनिधि सभा सदस्य बने । त्यसपछि भण्डारी चर्चाको शिखरमा पुगे ।
केपी ओलीको माधव नेपाललाई चेतावनी–तमासा नदेखाउ
ओलीले पार्टीको नीति र पद्धति विरुद्ध नजान नेपाललाई चेतावनी दिएका हुन् । पछिल्लो पटक विवाद बढ्दै गएर नेता नेपालले आईतवार छुट्टै भेला गरेको विषयमा लक्षित गर्दै ओलीले भने – भिन्नै भेला गरेर पार्टीका विरुद्ध तमासा नदेखाऊ ।’ ओलीले पार्टीको पद्धति विरुद्ध गुटबन्दी र भेला गर्न नपाईने पनि बताए ।
प्रधानमन्त्री को हुन्छ भनेर अहिले बहस गर्ने बेला होइन- माधव कुमार नेपाल
मैले अहिलेको अवस्थामा राष्ट्रिय सहमतिको सरकारको अत्यन्तै ठूलो आवश्यकता महसुस गरेको छु । ..... मैले आजसम्म कहिं कतै केपी कमरेडलाई प्रधानमन्त्री बनाउनुपर्‍यो भनेको छैन । न मैले अहिलेका प्रधानमन्त्रीको राजीनामा कै कुरा गरेको छु । .... म त कराउँदा कराउँदा थाकिसकेको छु भन्दा हुन्छ । ..... घोषणा गर्नुपर्ने मान्छे प्रधानमन्त्री, हामी तातेर नहुने रहेछ । ..... अहिले कसले नेतृत्व गर्ने भन्ने विषयमा प्रवेश नै गरेका छैनौं । तर आआफ्नो पद कसरी सुरक्षित गर्ने भन्ने ध्याउन्न देखिन्छ । सबैलाई आफ्नो नेतृत्व चाहिएको छ । अरु विषय छाडेर सरकारकै चिन्ता बढी देखिन्छ । ....... म सिद्धान्तको कुरा गरिरहेको छु । मुलुकको विपत्ति पार लगाउन एक्लै कसैले सक्दैन । सबै मिलेर अघि बढे मात्र सम्भव छ । यो यथार्थ हो । अनि सबै मिल्ने कि नमिल्ने ? भनेर मैले सबैलाई घचघच्याउने गरेको हुँ । ..... मध्य पहाडी राजमार्ग चार लेनको बन्यो भने शहरहरू विकास गर्न सकिन्छ, भूकम्पले विनास भएका बस्ती सार्ने सन्दर्भमा, रोजगार वृद्धि र पर्यटन बृद्धिको निम्ति, फास्ट ट्रयाक, अर्को अन्तर्राष्ट्रिय विमानस्थाल निर्माण ........ नेपालमा एउटा युगिन, ऐतिहासिक परिवर्तन भएको छ । कसैले नचिताएको, कसैले कल्पना नगरेको यति छिट्टै नेपालमा गणतन्त्र आउँछ भनेर नठानेको त्यो कामलाई हाम्रो पुस्ताले सम्भव तुल्याएको छ । ..... प्रत्येक संस्थाहरूभित्र, प्रत्येक मानिसहरू भित्र लोकतान्त्रिक संस्कार हुर्कन सक्नुपर्दछ । लोकतन्त्रलाई संस्थागत गर्ने काममा अझै धेरै गर्न बाँकी नै छ । ...... म आफैं पनि दिक्दार भएको छु । किनभने म फास्ट काम गर्ने मान्छे हुँ । म छिटो काम हुनुपर्छ भन्ने मान्यता राख्ने मान्छे हुँ । अरुको ढिलासुस्तीको कामहरू देख्दाखेरी दिक्क पनि लाग्छ । तर गर्ने के रु बिड मात्रै तातेर हुँदैन रहेछ ताप्के पनि तात्नुपर्दो रहेछ ।
मलाई नयाँ सरकार निर्माणबारे केही थाहा छैन :माधवकुमार नेपाल
नेता नेपालले सरकार परितर्वनले मात्रै मुलुक र जनतालाई केही नदिने बताए । .... व्यक्ति परिवर्तनका लागि मात्रै हुने सरकार परिवर्तनको कुनै अर्थ नहुने पनि उनले बताए । संविधान बने लगत्तै एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्ने चर्चा भैरहेका बेला नेपालको यस्तो प्रतिक्रिया आएको हो । पार्टीभित्र व्यक्तिवादी प्रवृति हाबी हुँदै गएको भन्दै नेता नेपालले यसले पार्टीलाई दीर्घकालीन रुपमा असर पार्ने बताए । .... नेता नेपालले दलहरुले राजनीतिक गफ छोडेर पुनःनिर्माणका लागि लाग्नुपर्नेमा जोड दिए ।
मदन भण्डारीसँगको यात्रा
धेरैलाई अनौठो लाग्न सक्छ, जननेता मदन भण्डारीको नाम मैले पछि सुनें मेरो नाम उहाँले पहिले नै सुनिसक्नु भएको थियो । २०४७ सालमा तत्कालीन मालेको केन्द्रीय कार्यालय बागबजारमा भेट्दा उहाँले ‘तपाई नै हो सुवास’ भन्दै मेरोबारे धेरै कुरा सुनेको तथा छलफल भएको बताएपछि मैले यो थाहा पाएको हुँ । ....... मदन भण्डारीको नाम मैले २०४७ सालमा बहुदल आएपछि मात्र सुनेको हुँ । ...... उहाँको भाषण त प्रभावशाली थियो नै, मेरो लागि उहाँको व्यक्तित्व त्यति नै अनौठो र आकर्षणको विषय थियो । किनभने, मैले त्यतिबेलासम्म त्यस्तो मोटोघाटो र आकर्षक व्यक्तित्वको तत्कालीन मालेका कुनै नेता देखेको थिइनँ । अनि, उहाँले बोल्दा धेरैले भन्दा फरक म भाषणसँगै अरु श्रोतालाई पनि ध्यान दिन्थे । पार्टी कार्यालय उद्घाटनमा उहाँले बोलिरहँदा दर्शकरश्रोता मात्र नभएर मंचमा आशिन पुराना बाम नेताहरु पनि चकित परेकोमा मेरो ध्यान गएको थियो । ...... उहाले भन्नुभएको थियो, ‘नक्शलवादी आन्दोलनको उपदायता अझै बाँकी छ ।’ बर्गीय समाज रहेसम्म नक्शलवादी आन्दोलनको उपादेयता बाँकी रहने उहाँको विचार थियो । ........ केही दिनपछि नै उहाँको टनकपुर भ्रमणमा मैले सदस्यका रुपमा भाग लिने मौका पाए । टोलीमा पत्रकारहरु किशोर श्रेष्ठ, राजेन्द्र गौतम र सुजिव बज्राचार्य हुनुहुन्थ्यो । गाडीका चालक थिए, अमर लामा । जीपमा मदनसँग एक हप्ताभन्दा लामो यात्रामा जान पाउनु पत्रकारसँगै सामान्य मान्छेका रुपमा पनि मेरो लागि ठूलो मौका थियो । किनभने, खुला राजनीतिमा आउनुभएको धेरै बर्ष नभएको, भर्खरै आम निर्वाचनमा बहालबाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गर्नुभएको तथा चमत्कारिक भाषणका कारण उहाँ त्यसबेला सर्वाधिक चर्चा र रहस्यका पात्र हुनुहुन्थ्यो । ....... यात्राको सुरुकै दिन उहाँको कम बोल्ने स्वभाव थाहा भइहाल्यो । तर, जति बोल्नुहुन्थ्यो, प्रभावशाली तथा मिठासपूर्ण हुन्थ्यो । टेलिभिजन र पत्रपत्रिका अहिले जस्तो नभएपनि बाटोमा उहाँलाई चिन्ने तथा पछ्याई पछ्याई हेर्ने मानिसहरु पर्याप्त देखिन्थे । चिया पिउन गाडी रोक्दा त हेर्ने मानिसहरुको सानो सानो भिड नै लाग्थ्यो । ..... जब उहाँले एक जनासग हात मिलाउदै ‘म मदन भण्डारी’ भन्नुभयो, आश्चर्यको स्वरमा ‘मदन भण्डारी, मदन भण्डारी’ भन्दै उनी झण्डै लडेनन् । अनि केही क्षणपछि सम्हालिदै ‘म हजुरलाई चिन्थे, अध्याँरोले गर्दा चिन्न सकिएन भन्दै माफी मागे । ...... मन्तव्यपछि प्रश्नउत्तरको कार्यक्रम चल्यो । रात छिप्पिदै जाँदा कार्यकर्ताहरु झकाउन थाले, उनीहरुलाई बामदेव गौतमले पानी छ्यापेर बिउँझाइरहनु भएको थियो । मदनले बिहान कार्यक्रमस्थल नछाडिन्जेलसम्म पूरै जाँगरका साथ कार्यकर्ताहरुको जिज्ञाशा सुनेर उत्तर दिनुभयो । ...... फर्किँदा हामीसँग गाडीमा माधव नेपाल पनि हुनुहुन्थ्यो । हामी दाङको घोराही पनि पस्यौं । त्यहाँ पनि कार्यकर्ता भेला राखिएको थियो । त्यसपछि चितवनको कार्यकर्ता भेलालाई पनि उहाँले सम्वोधन गर्नुभयो । चितवनमा जनताको बहुदलीय जनवादको तर्फबाट मदन र माधव नेपाल तथा परिमार्जित नौलो जनवादको तर्फबाट झलनाथ खनाल र सिपी मैनालीले बोल्नु भएको थियो । त्यहाँबाट काठमाडौं फर्किदा खनाल र मैनाली पनि त्यही गाडीमा चड्नुभएकाले हामी अटाईनअटाई भयौं ।
प्रदेश टुंग्याएर संविधान जारी गर्न माग
राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले विगतको संविधानसभाले गरेको कामलाई स्वामित्व ग्रहण गरी अगाडि बढ्ने भनिएकोमा त्यसलाई उल्ट्याउने काम गरिएकोमा आपत्ति जनाए । 'विगतमा भएका सहमति र सम्वाद समितिले गरेका निर्णयलाई लिपिवद्ध गर्नुपर्नेमा मस्यौदा समितिले छुट्टै आयोग जस्तो उल्ट्याउने काम गरेको छ,' भण्डारीले भने-'यो आपत्तिजनक हो ।' ..... बैठकमा संघीय समाजवादी फोरम, तमलोपा र सदभावना अनुपस्थित थियो । उनीहरु १६ बुँदे सहमतिप्रति असन्तुष्टि जनाउँदै एमाओवादी नेतृत्वको मोर्चाबाट अलग्एिको घोषणा गरेका थिए ।
बाबुराम भन्छन–सहमति उल्टियो, प्रतिवाद गरौं
सहमति विपरित संविधानको मस्यौदा तयार भएको भन्दै एकीकृत नेकपा माओवादीको हस्ताक्षर नगर्ने चेतावनी दिएको छ । ..... १६ बुँदे सहमति, संवैधानिक राजनीतिक सम्वाद समितिले गरेको सहमति र अघिल्ल्लो संविधानसभाले गरेको सहमतिबाट समेत पछि हटेर मस्यौदा बनेको एकीकृत नेकपा माअ‍ोवादीको आरोप छ । ...... काँग्रेसले भने अन्तिम समयमा आएर एकीकृत माओवादीले बाधा उत्पन्न गर्न खोजेको आरोप लगाएको छ । पहिलो संविधानसभा, १६ बुँदे सहमति, शीर्ष नेताबिचको सहमति र राजनीतिक संवाद समतिमा समझदारी भएको जिल्ला नराख्ने र संघीयतामा गइसकेपछि संघ बलियो बनाउने, न्यायपालिकाको प्रावधान, पुनर्नियुक्ति र विशेष संरचनाका विषयमा सहमति भएपनि समितिमा उल्टाइएको एकीकृत माओवादीको आरोप छ । स्थानिय अदालत राख्ने सहमति भइसकेको भएपनि कांग्रेस एमाले तीन तहमा जिल्ला अदालत राख्ने कुरा गरेको माओवादी बताउँछ । संवैधानिक आयोग लगायत विशेष समितिको गठन समानुपातिक र समावेशिता हुने भन्ने यसअघिको सहमतिलाई कांग्रेस,एमालेले नमानेको, एमाओवादीको आरोप छ । ...... एकीकृत माओवादी भने निकै झस्केको देखिन्छ, उसका वरिष्ठ नेता बाबुराम भट्टराईले फेसबुकबाटै प्रतिवाद गरौं भनेर आह्वान गरेका छन् । ‘संविधान मस्यौदा समितिलाई पहिलो संविधानसभा र संवाद समितिमा भैसकेका सहमतिलाई उल्टाउने वा हटाउने कुनै अधिकार कहीं कहिल्यै कसैले दिएको छैन! ’ बाबुरामले फेसबुकमा भनेका छन–त्यस विपरित मस्यौदा समितिले मनोमानी ढंगले महिला, दलित, किसान, मजदूर, आदिवासीरजनजाति, लैंगिक यौनिक अल्पसंख्यक लगायतका अधिकार खोस्नेरकटौति गर्ने कार्य गरेको जानकारीमा आएको छ! ’ । बाबुराम अगाडि लेख्छन–सबै सतर्क रहौं१ प्रतिवाद गरौं!!’
सबै माओवादी भोली एकठाउँमा : माओवादी पुर्नगठनमा छलफलमा हुने
नेकपा—माओवादीको पार्टी कार्यालयमा दिउँसो १२ बजे सबै माओवादी घटक एक ठाउँमा जम्मा हुने भएका छन । .... पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादी, मोहन वैद्य किरण नेतृत्वको नेकपा—माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी, मात्रिका यादव नेतृत्वको नेकपा माओवादी र मणी थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेताहरु सहभागि हुनेछन । ......... पछिल्लो समय १६ बुँदे सहमतिले अझै पर पर गएका माओवादी पार्टीहरु भोलीदेखि फेरि एक ठाउँमा उभिने भएका छन ।
तीन बजे बोलाइएको बैठक १२ बजे पनि सुरु भएन
१६ बुँदे सहमतिविपरीत सरकारमा रहेका दलले मस्यौदामा थपघट गरेको भन्दै एमाओवादीले हस्ताक्षर गर्न अस्वीकार गरेको छ । मस्यौदामा हस्ताक्षर नभएपछि संविधानसभा बैठक अनिश्चित भएको छ । ..... प्रतिवेदनमा मधेसी दललेसमेत आपत्ति जनाउँदै आएका छन् । ..... एमाओवादी स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले नागरिकताका विषयमा मस्यौदामा सहमतिविपरीतको शब्द थपिएको बताए । उनका अनुसार केन्द्र, प्रदेश र स्थानीय प्रशासनिक निकाय हुनेमा जिल्ला थपिएकाले समस्या भएको बताए ।
धर्म निरपेक्ष हटाउँदै धार्मिक स्वतन्त्रता र बहुलबाद राख्न कांग्रेसका ८ भाइको माग संघीयता र क्रान्तिमा धोका भएकै हो त ? के भन्छन् प्रचण्ड: (विशेष कुराकानी–भिडियो सहित)
हिजो हामीले ११ प्रदेश नभई हुँदैन, नाम र सीमांकन पहिला नै हुनुपर्छ भन्दा त्यत्रो दुख पाइयो । अब अहिले ८ प्रदेश पनि त्यसरी भनेर हिंड्यो भन्नु त्यो पनि हुँदैन भन्ने हो । साथीहरु रुपमा हेर्दा बढी क्रान्तिकारी देखिन खोजेजस्तो देखिएपनि यस्तो विचारले कहिँ न कहिँ पहिचान विरोधी संघीयताविरोधी प्रगतिगामीलाइ नै मद्दत पुद्धछ । ....... हिजो ११ प्रदेश लिन सकेको भए कहाँबाट कहाँ पुगिसक्थ्यौं । संविधानसभाको अधिकार अयोागमा गयो भन्ने आरोप लगाएका छन् । तर संविधान सभाले नै निर्णय गर्ने भनेको हो । पहिचान र सामथ्र्यमा आधारित ८ प्रदेशको निर्णय यही संविधानसभाले गर्छ । त्यो त निर्णय भइसक्छ । ८ प्रदेशलाई आयोगले यताउता गर्न सक्दैन नत पहिचान र सामर्थयको आधारलाई । ...... हामीले आधार दियौं । पहिचान र सामथर््यको आधार । संख्या पनि दियौं । अब त्यो कुन कुन जिल्ला जोडिएर हुने कुरामा हामीले यिनै आधारलाई हेर्नुपर्छ । पहिचान भनेको जातीय, भाषिक, सांस्कृतिक, ऐतिहासि, भौगौलिक पहिचान आदि भनेको हो । त्यसलाई मिलाउने भनेको हामीले छलफल गर्र्दै आएको र भन्दै आएको लिम्बुवान, थारुवान, ताम्सालिङ, मधेस इत्यादिको दायराभन्दा बाहिर जान मिल्दैन । किनभने पहिचान भनेको यही हो भनेर स्पष्ट भनिएको छ । ....... झापा मोरङ सुनसरी अलग प्रदेशको घोषणा गरेर जाने, अर्को झापा मोरङ र अरुण पारीका जसलाई हामी लिम्बुवान भन्ने गर्छौं, ती जिल्ला मिलाएर छुट्टै प्रदेश मिलाउने । अर्को चाहिँ त्यसो पनि नगरौं, सबैको कुरा मिलाऔं भन्ने हो भने तराईलाई तराईलाई मिलाएर जाने हो भने झापा मोरङ, सिरहा सप्तरी सुनसरी, उदयपुरलाई मिलाएर एउटा बेग्लै प्रदेश बनाएर जाने । त्यसो गर्दा मकवानपुरको दक्षिणी भाग, धनुषलाई वीरगञ्जसँग जोड्न सकिन्छ । ...... मधेसलाई चुरे भएन भने अप्ठ्यारो पर्छ । त्यसकारण सिन्धुली मकवानपुकारको दक्षिाण हाल्ने र अरु पनि मिलाउने गर्नुभयो भने पहाड र मधेस मिल्नै हुँदैन भन्ने पहिला जस्ता अतिवादी सोचको पनि त्यति धेरै अर्थ छैन भन्नेतिर गइरहेको छ । ..... कैलाली कन्चनपुरको कुरामा त्यहाँको जनमतको अधारमा निर्णय लिन सकिन्छ । हाम्रो औपचारिक लाइन त कैलाली र कन्चनपुरलाई थरुहटसँग राखौं भन्ने हो । तर त्यहाँको जनमतलाई पनि ध्यानमा राख्दा कैलाली कन्चनपुरको केही भाग माथि र केही थरुहटमा राखेर पनि जान सकिन्छ । मैले यो कुनै औपचारिक धारणा राखेको होइन । खासमा सहमतिका आधारमा हामीले माथिका आधारमा ८ प्रदेश सजिलै बनाउन सक्छौं भन्न मात्रै खोजेको हो । ..... हिजो जनयुद्धमा हामीले पुरै जित्नेहिसाबले एक अर्कालाई सिद्धाउने हिसाबले लागेकै हो । तर पछि फेरि एक ठाउँमा बसेर सहमति सम्झौता गर्न पुग्यौं । १२ बुँदे सम्झौता गर्दा गिरिजाप्रसाद कोईरालासग छलफल गरेर गर्यौं । गिरिजा प्रसाद कोइराला भनेपछि हाम्रो तर्फ देख्नै नसक्ने जस्तो हुन्थ्यो । माओवादी भनेपछि गिरिजाबाबुको कित्तामा त्यस्तै हुन्थ्यो । फेरि गिरिजाबाबुसंग बसेर समझदारी गर्यौं । गिरिजाबाबुसंगको सम्बन्ध धेरैनै गहिरो भयो । त्यस्तो हुँदो रहेछ । राजनीतिक सम्बन्धमा उतार चढावहरु आउने रहेछन । .... त्यसैले राजनीतिमा स्थायी सत्रु र स्थायी मित्रु हुँदैन भनिएको हो । विश्वव्यापी मान्यता त्यसै कारण भनिएको हो । .... नेपाली राजनीति २० वर्षदेखि माओवादीकै वरिपरिनै छ । ..... बाहिर गयो सिद्धियो भनेर बेलाबेलामा भन्ने गरिन्छ । जनयुद्ध शुरु हुँदा पनि अब दुइवर्षमा सिद्धिन्छ भनियो । तर सिद्धिएन । राज्यको चाहना त सिध्याउने थियोनी । राजनीतिक नेताको चाहना पनि सिध्याउने नै थियो । शान्ति सम्झौतामा आएपछि झनै सिध्दियो भनियो सिध्दिएन । संविधानसभामा आएपछि त झन सिद्धियो भनियो सिद्धिएन । सिद्धाइन्छ भन्ने थियो सिद्धिएन । संविधानसभाको दोस्रो चुनाव हारेपछि माओवादी र प्रचण्ड सिद्धियो भनियो सिद्धिएन त । धेरै पटक , सयौं पटक माओवादी र प्रचण्ड सिद्धियो भनियो प्रचार गरियो । अझैपनि सिद्धिएको छैन । ...... स्वतन्त्र्ता र आत्मसम्मान सहितको नेपाली हो भने यसमा गर्व लाग्छ, तर कसैको ताबेदार हो भने ताबेदारी अनुसार गर्व हैन, प्रचण्डले धोका दियो, विश्वासघात गर्यो भन्न सक्छ । तर अहिलेको विरोध यो कोणबाट आएको भने हैन । अहिले कतिपय कुरा नबुझेरै विरोध भइरहेको हो ।


Wednesday, June 17, 2015

नेपालका मार्क्सवादी नेता र सुन्दर रातो रंग

हिन्दी: भारत की कम्युनिस्ट पार्टी (मार्क्सवादी)
हिन्दी: भारत की कम्युनिस्ट पार्टी (मार्क्सवादी) (Photo credit: Wikipedia)
मलाई लाग्छ नेपालका अधिकांश मार्क्सवादी नेता हरु कसरी मार्क्सवादी भए भन्दा खेरी, बच्चा मा तिन लाई कसैले सोध्यो, "What is your favorite color?" अनि तिनले भने, "My favorite color is red." अनि त्यही एउटा जवाफ को आधारमा तिनी मार्क्सवादी भए। रातो झण्डा बोके अनि हिंडे जुलुसमा। नत्र भने पढेर बुझेर मार्क्सवादी भएका हुन भने मार्क्सवादमा वर्गीय मात्र होइन कुनै पनि विभेद का लागि ठाउँ हुँदैन, Anti-Madhesi Racism का लागि ठाउँ हुँदैन। तर नेपालका एक से एक मार्क्सवादी भनाउँदाले खसि को टाउको रातो झण्डा देखाएर कुकुरको मासु Anti-Madhesi Racism बेचिराखेको हुन्छ।  

किताब पढेर नेता कार्यकर्ता भएका होइनन् यिनी हरु। केपी ओली बाहुन जब उसको पार्टी अध्यक्ष बन्यो अनि उसले पुष्पक विमान हरु को कुरा गर्न थाल्या थ्यो। म तीन छक्क। के भन्छ यो बाजे जस्तो लागेको। यो त रामायण महाभारत पढेको बाहुन रै छ, यसले त मार्क्सवाद लेनिनवाद पढेको छैन रै छ जस्तो लाग्यो। हुन त मैले पनि पढेको छैन। तर म मार्क्सवादी होइन। मैले अलि अलि पढेको छु। लेनिनको जीवनी चाहिं जिग्याशावश डिटेल मैँ अध्ययन गर्न भयाएको। र त्यसो गर्दा सारांश मा उसका कृति हरु बारे अलि अलि ज्ञान बटुलेको। धेरै पहिला। माओ को जीवन पनि अध्ययन गरेको। जिज्ञासा लागेर। तर म आफै पनि १०-२० वटा मार्क्सवादी बाइबल हरु पढेको मान्छे होइन। मैले cover to cover कुरान पनि पढेको छैन।

मोहन वैद्य ले बरु पढ्यो कि? तर उसको चालाढाला हेर्दा उसले पनि किताब सिताब चाहिँ होइन, कुनै पम्फलेट चाहीं पढ़ेछ कि जस्तो लाग्छ। त्यो पम्फलेट अझै पनि उसको back pocket मा हुन सक्छ।

मार्क्सवाद एउटा विज्ञानं हो। विज्ञानं भनेको जीवंत हुन्छ। You always have to be willing to face the facts. You can't ignore new facts just because they don't jive with your old theories. Old theories stand challenged if new facts thus suggest.

नेपालका मार्क्सवादी नेता र सुन्दर रातो रंग। उसो त रातो रंग एउटा सुन्दर रंग नै हो। I don't blame those who like the color. 

Thursday, June 04, 2015

उपेन्द्र यादव, अशोक राई

तीन पार्टी एक हुँदै, अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई

यदि यो समाचार सही हो भने धेरै राम्रो हो। सामाजिक न्यायको मुद्दा मात्र होइन, वाम मुद्दा पनि हो। Philosophy मिल्छ। मधेस अधिकार को संघर्षमा मधेसी अध्यक्ष भएको ७५ जिल्लामा संगठन भएको पार्टीको ठुलो महत्व हुनेछ। यस एकीकृत पार्टीको भविष्य राम्रो छ।

अब तमलोपा र सद्भावना पनि एक हुनुपर्यो।

उपेन्द्र र अशोक ले मिलेर एमाले सखाप पार्ने, हृदयेश र राजेंद्र मिलेर काँग्रेस सखाप पार्ने।

यो भुकम्प पछि काँग्रेस एमाले यति धेरै बदनाम भएका छन ---- चरमराएका रुख, अलिकति धक्का दियो भने ढल्छन्। The Mother Of All Anti-Incumbency Waves has been brewing.

दुबै जना पढ़े लेखेका बौद्धिक मानिस। पार्टी सञ्चालन को लामो इतिहास छ दुबै संग। सत्ता को अनुभव।

मधेसी जनजाति एकता जिन्दाबाद। वाम एकता जिन्दाबाद। तराई मा जुन ३३% पर्वते छन, ती मध्ये धेरै जनजाति पनि छन।

दगाबाजी गर्यो विजय ले सजाय पायो उपेन्द्र ले। अशोक मा विजय मा जस्तो चरित्रहीनता छैन।

ओलीसँग साँठगाँठ गर्नु, सत्तास्वार्थ मात्र होः उपेन्द्र यादव
यो भूकम्पभन्दा ठूलो विपत् आउनेवाला छ, यो देशमा । भूकम्पबाट चर्केका घरहरू, चिरा परेका जमिनहरू वर्षात्को समयमा आफैं ढल्छन् । पहिरो जान्छन् र त्यसबाट लाखौं मान्छे हताहती हुन्छन् । पहाडमा पहिरो गएपछि तराई मधेशमा गएर बालुवा थुप्रिन्छ र त्यहाँका जमिनहरू मरुभूमि बन्छन् । त्यतातिर सरकारको ध्यान छैन । को मन्त्री बन्ने, को प्रधानमन्त्री बन्ने, के के बन्ने कुरामा नै नेताहरूको ध्यान गएको छ जो अहिलेको प्राथमिकता होइन । केही दलको आफ्नो स्वार्थ, कुनै समूहको आफ्नो स्वार्थ, कुनै नेताको आफ्नो स्वार्थका कारण देश पुनः सत्ताको खेलतर्फ उन्मुख भइरहेको छ । ...... राष्ट्रिय सहमतिको सरकार गठन भयो भने हुने कामहरू पनि हुँदैन । सबै जनाले खान पाउँछन् तैं चूप मै चूप हुन्छ । प्रतिपक्षको भूमिका दह्रो हुँदैन । ..... अधिकांश नेताहरू त्यस्ता छन् जो कुरा बढी गर्छन् र काम कम गर्छन् । राति एउटा कुरा, बिहान अर्कै कुरा । ...... मैले हिजै (जेठ १८ गते) आफ्नो कुरा राख्दा अध्यक्ष प्रचण्डले म सरकारमा जाने पक्षमा छैन । मलाई पत्रपत्रिकाले बद्नाम गराएको हो । मैले कहिल्यै पनि भनिनँ कि गठबन्धनको पहिलो प्राथमिकता सरकार हो । जहिले पनि संविधान निर्माण, राहत, पुनःनिर्माण पहिलो प्राथमिकतामा राख्नुपर्छ भनी कुरा राखेको हुँ । नेपाली मिडियाले मलाई बद्नाम गराउने काम मात्र गरेको छ, भन्नुभयो । ....... फास्टट्रयाकबाट त कुनै पनि हालतमा संविधान बन्दैन । यो भन्नु नै गलत कुरा हो । अर्को कुरा, संविधान प्रधानमन्त्रीले बनाउने होइन, संविधानसभाले हो । सार्वभौमसत्ता सम्पन्न जनता हो, प्रधानमन्त्री होइन । त्यही सार्वभौमसत्ता सम्पन्न जनताको प्रतिनिधि हो संविधानसभा । ........ नेपालकै इतिहासमा अहिले जस्तो निकम्मा र कमजोर सरकार कहिल्यै थिएन । कमजोर मात्र होइन, कमिशनखोर र भ्रष्टहरूले चलाएको सरकार हो । र, यो कुरा पहिला पनि थाहा थियो सरकार गठन गर्ने बेलामा । कांग्रेस र एमालेका नेताहरू भ्रष्ट छन् । यो बेला यिनीहरूले राम्रोसँग सरकार चलाउन सकिंदैन भन्ने के एमाओवादीलाई थाहा थिएन । सबै कुरा थाहा पाएर पनि चूपचाप बसे । एमाओवादी प्रतिपक्षी दल हो भन्ने कुरा देखाएन । सत्ताधारी दल कमजोर त भयो नै त्यसमा प्रतिपक्षी दल पनि कमजोर भयो । ...... यहाँ अहिले नेताहरूले पहिला सरकार अनि संविधान भन्दा कुरा बिग्रेको हो । ....... अब राहत (खाद्यान्न) बाँड्ने काम लगभग अन्तिम हो । अब एउटा गुरुयोजना तयार गर्नुपर्छ । दीर्घकालीन र अल्पकालीन गुरुयोजना तयार गर्नुपर्छ । दीर्घकालीनमा के के गर्न सकिन्छ, त्यसमा कति बजेट लाग्छ, बजेट कहाँ कहाँबाट आउँछ, कुन कुन देशबाट सहयोग लिने, कस्तो कस्तो सहयोग लिने, सहयोग कसरी लिने लगायतका कुरा तय हुनुपर्छ । पुनर्वासका लागि रि–इन्जिनियरिङ गर्नुपर्छ अब परम्परागत पुनःनिर्माण गर्नुहुँदैन । अब देशको वातावरण, विश्वको बदलिंदो वातावरण, भविष्यमा आउने विपत्को सामना गर्न सक्ने लगायतका विषयमा गहन छलफल गरेर मात्र अगाडि बढ्नुपर्छ । अल्पकालीन योजनामा, अब मनसुन शुरु हुन लागेको छ । त्यसबाट बचाउनका लागि के के गर्न सकिन्छ । टहरा बनाएर हुन्छ कि सुरक्षित ठाउँमा सारेर हुन्छ कि के गरेर हुन्छ त्यो तत्कालै गर्नुपर्छ । विस्थापित र हराएकाहरूलाई खोज्ने, अपाङ्ग र घरवारविहीनलाई कसरी व्यवस्थापन गर्न सकिन्छ लगायतको विषयमा गहन छलफल गर्नु आवश्यक छ । ........ जस्तापाता बेचेर खाने, पाल बेचेर खाने, दालचामल बेचेर खाने, विदेशीले पठाएको पैसा बाँडीचुँडी खानेलाई विदेशीले पत्याउँदैन । ....... अहिले कस्तो षड्यन्त्र भइरहेको छ भने एकथरी समुदायलाई काठमाडौं भ्यालीमा बसाउने र भएका नेवारी जनजातिको बाहुल्यलाई तोडिदिने । तामाङहरूलाई तोडेर तराईमा लाने, अर्थात् जहाँ जसको बहुल्य रहेको छ त्यस बाहुल्यलाई तोडेर अर्को ठाउँमा लैजाने षड्यन्त्र भइरहेको छ । यो धेरै ठूलो षड्यन्त्र हो । यो संघीयतामाथिको प्रहार हो । जहाँ जसको बाहुल्य रहेको छ, त्यसलाई कमजोर गर्ने रणनीति पनि हुनसक्छ, यो पुनर्वासको ।