Friday, April 30, 2021

बाबुरामले जसपा फोड्ने भयो




नेपालको संविधानको प्रमुख लेखक बाबुराम आफुलाई ठांदछ। कमा, फुलस्टॉप केही पनि बद्लिनु हुन्न भन्ने लागेको बाबुराम लाई। जुन बाबुरामका विरुद्ध मधेसमा क्रांति भयो, त्यति धेरै शहीद भए, अहिले पनि झुठा मुद्दामा जेलमा छन, त्यस बाबुराम लाई पार्टी सुम्पे उपेन्द्र यादवले। 

प्रचंड को पुच्छर बाबुराम, बाबुरामको पुच्छर उपेंद्र। प्रचंड एक पार्टी माइंडसेट को मान्छे। बाबुराम एक पार्टी माइंडसेट को मान्छे। प्रथम संविधान सभा असफल पार्ने प्रमुख व्यक्ति नै प्रचंड हो। खुरुखुरु दफा उपदफा मा बहस र मतदान गर्दै गएको भए शक्ति संतुलन प्रयाप्त थियो। तर प्रचंड लाई मोहन वैद्य लाई खुश गर्न कटुवाल प्रकरण बजार्नु पर्ने। कांग्रेस र एमाले लाई बैठक कोठा कोठा मा पुगेर भिटो पावर दिनुपर्ने। 

बाबुराम लाई पार्टी हस्तांतरण गरे पछि अब जसपा को मधेसमा औचित्य समाप्त भएको छ। अब आशाको एक मात्र केन्द्र जनमत पार्टी हो। जाउ लग आफ्नो पार्टी गोरखा लग। 

ओली असल मान्छे त होइन। त्यो कमसल मान्छे देश माथि लादने मान्छे प्रचंड होइन भने को हो? ओली तीन वर्ष अगाडि अर्कै, पाँच वर्ष अगाडि अर्कै, आज अर्कै मान्छे त होइन। ओली ले संविधान को एउटा धारा माथि प्रहार गर्यो। त्यो प्रहार विफल भयो। सारा का सारा अंतरिम संविधान माथि नै प्रहार गरेर एउटा १९ दिने सन २००६ को अप्रिल क्रांति र त्योभन्दा रापतापमा उच्च चार चार वटा मधेसी क्रांति विरुद्ध प्रतिक्रांति गर्ने नै यो झुण्ड हो। केपी ओली एक्लो होइन। ओली लाई प्रतिगमन को एउटा औँला देखाउने हरु तर्फ प्रतिगमन को चार वटा औंला सोझिएको छ। देउबा, माधव, प्रचंड, बाबुराम। संविधानको प्रस्तावनामा मधेसी क्रांति नलेख्ने यिनै हुन। 

प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा सघाउने जसपा 'बहुमत सांसद'को निर्णय भट्टराई-यादव पक्षले संकलन गर्‍यो १८ सांसदको हस्ताक्षर

देउबा र प्रचंड सँग सहकार्य नै हुन सक्दैन भन्ने होइन। देशको संसदले मानेको प्रत्येक पार्टी सँग संवाद र सहकार्य संभव छ। तर अहिलेको बाबुरामको बदमाशी झुठा मुद्दा फिर्ता हुन लागेको प्रक्रिया अवरुद्ध पार्ने दुष्प्रयास हो। तीन दलको चुनावी गठबंधन गरेर दुई तिहाई ल्याए संविधान संसोधन का लागि संख्या पुग्छ। चार दल मिले त संख्या अहिले नै पुग्छ। चुनाव पछि किन? 

बाबुरामले संविधान संसोधनको प्रयास माथि बज्रपात नै गरेको यो। बाबुराम लाई पार्टी भित्र पस्न कसले दियो? पार्टी जोगाउने भए बाबुराम लाई पार्टी बाट निकाल। 





निर्दोष छन् भन्दै हिँड्ने प्रधानमन्त्री ओलीले किन रिहा गर्दैनन् रेशम चौधरीहरूलाई ? एउटै मञ्चमा थारु र मधेसीलाई देख्दा शासकहरूको मन पोल्छ र षड्यन्त्र गर्न थाल्छन् : सुरेन्द्र चौधरी, टीकापुर राजबन्दी रिहाइ राष्ट्रिय अभियानका संयोजक ........ टीकापुरका जनताको मनबाट त्रास अझै हराएको छैन । कतिबेला के हुने हो कुनै ठेगान छैन । ........ उनमा संयुक्त राष्ट्रसङ्घमा २० वर्ष काम गरेको अनुभव छ । ........... हामीले एक महिनाअगाडि टीकापुर घटनाका राजबन्दी रिहाइ अभियान गठन गर्यौँ । त्यसको संयोजक म हुँ । ......... राजबन्दी रिहाइ थारुहरूको मात्र अथवा जसपाको मात्र मुद्दा होइन, यो राष्ट्रिय मुद्दा हो । यसको गहिराइमा गएर विचार गर्ने हो भने यो एउटा कुनै दल वा समुदायको मात्र मुद्दा होइन । ......... यो घटना हुँदा नेपाली काँग्रेसको सरकार थियो । प्रधानमन्त्री सुशील कोइराला हुनुहुन्थ्यो भने गृहमन्त्री वामदेव गौतम हुनुहुन्थ्यो । अहिले केपी शर्मा ओलीसम्म आउँदा चार पाँचवटा सरकार परिवर्तन भइसकेका छन् । तर कुनै पनि सरकारले टीकपुर घटनालाई गम्भीर रूपमा लिएनन् । कुनै दलले चासोपूर्वक त्यसलाई हेरेनन् । ........ टीकापुर घटनाबारे सञ्चारमाध्यम वा अन्य माध्यमबाट आएका समाचारले त्यो आन्दोलन थारुले गरेका थिए भन्ने छ । थारुहरू खुङ्खार हुन्छन्, थारु भनेका राक्षस हुन्, उनीहरू हत्यारा हुन्, थारुले पहाडीलाई मारे, उनीहरू अपराधी हुन् भनेर सार्वजनिक छवि धमिल्याइदिए । ........... थारुहरूले पहाडीलाई मारे, आठजना प्रहरी मारे भन्ने कोणबाट मात्र विश्लेषण भयो ।  तर त्यहाँ थारु पनि मारिएका छन् भनेर किन कसैले बोल्दैन ? थारुहरूको पनि क्षति भएको छ, थारुमाथि पनि ज्यादती भएको छ । थारुहरू पनि घरवारविहीन भएको कुरा किन कसैले बोल्दैनन् ? ............ प्रधानमन्त्री ओलीले त्यतिबेला भन्नुभएको थियो, “कुनै पनि थारू दोषी छैनन्, मलाई सबै थाहा छ । तर थारुहरूले अलिअलि षड्यन्त्र बुझ्नु पर्यो नि ! थारुहरू लाटो जात, सोझो जात षड्यन्त्र किन नबुझेका होला ?” ......... लुम्बनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले केही राजनीतिक व्यक्तिसँगको भेटघाटमा भन्नुभएको थियो, “यो घटना (टीकापुर) मा कुनै पनि थारु दोषी छैन । जति पनि जेलमा छन् ती सबै निर्दोष हुन् ।” .......... पार्टीको कार्यकर्ता भइदियो भने निर्दोष, नभए दोषी देख्ने सोच राजनीतिक दलका नेताहरूमा छ । त्यो आपत्तिजनक छ । ........ मुख्य कुरा के हो भने थारुहरू एकजुट हुन थाले, थारु र मधेसीहरूको एकता हुन थाल्यो भन्ने थाहा पाए शासकहरूले भने एकता कमजोर पार्नतिर लाग्छन् । एउटै मञ्चमा थारु र मधेसीलाई देख्दा उनीहरूको मन पोल्छ र षड्यन्त्र गर्न थाल्छन् । उनीहरूलाई थुनेर राख्न सके भने शासकहरूले मधेसीको साथमा गएका थियौ, छुटाउन सकेनन् भन्नेछन् । यस्तो षड्यन्त्र गर्ने काम पनि भइरहेको छ । तर उनीहरूको यो षड्यन्त्र सफल हुनेछैन । ...............  खासगरी त्यो बेलाको राजपालाई म सम्मान गर्छु । किनभने उक्त दलका नेताहरू पनि ओली नेतृत्वको सरकारमा जानसक्नु हुन्थ्यो । तर रेशम चौधरीको कुरालाई लिएर सरकारमा उहाँहरू जानु भएन । तत्कालीन राजपाका माध्यमबाट रेशम चौधरीलाई शपथग्रहण गराउनुको साथै रिहाइका लागि निकै पहल भएका थिए । तर राज्यले सम्झौताअनुसार रेशम चौधरीलाई छाडेन । रेशम चौधरीको मामिलामा मैले मधेसवादी दललाई इमानदार नै पाएको छु । ............... टीकापुर घटनालाई लिएर पाकिस्तान र चीनबाहेक लगभग नेपालमा रहेका अधिकांश राजदूतलाई भेटेको छु ।  




No comments: