Friday, April 23, 2021

एमाले दुई फ्याक भइसक्यो

केपी ओली ले संबिधान मा खुट्टा नै नटेकेर संसद विगठन गरे। तर त्यति गर्दा, त्यो अदालतले उलटाइदिदा, र त्यस पछि अरु देशका सरकार हरुले नेपालको प्रधान मंत्री भनेर डील गर्ने ओली सँग नै हो। 

त्यस्तै ओली ले अहिले एमाले भित्र विधान मिचेर तथानाम गरेको त स्पष्ट छ तर त्यो त एमाले को आतंरिक मामिला हो। गलत भएको छ भने पार्टी महाधिवेशन छ, अझ अदालत छ। तर जसपा ले डील गर्ने भनेको देशको प्रधान मंत्री सँग हो, एमाले संसदीय दल सँग हो। एमाले संसदीय दल लाई मानेको देशको संसदले हो। 

व्यवहारिक पक्ष त यो हो कि एमाले दुई फ्याक भइसक्यो। अब झगड़ा छ भने केवल सुर्य चिन्ह का लागि छ। एमाले दुई फ्याक भएर दुई वटा कांग्रेस र माओवादी साइज का पार्टी बन्नु देश का लागि कुनै ट्रेजेडी त होइन। दुई गुट भन्दा दुई पार्टी नै भएको राम्रो होइन र? बरु एक गुटले नाम लेउ, अर्कोले चुनाव चिन्ह। संपत्ति पनि बाँडफाँड गर। 

मरीचमान पछि चन्द थापा आएका होइनन। ओली कांग्रेस कम्युनिस्ट को ३० वर्षका अंतिम हुन त्यस्तै। यो किचलो विचारशून्यताको किचलो हो।  




#जनमतपार्टी के #प्रथममहाधिवेशन से #निर्वाचितकार्यसमिति को यही २०७८ वैशाख ९,१० गते के #प्रथमकार्यकारी तथा...

Posted by Chandan Singh on Friday, April 23, 2021
ओलीले खनाल–नेपाल समूहमुक्त कमिटी पुनर्गठन गरेर के सन्देश दिए ? 'ओलीको यो कदम पार्टी विभाजनको घोषणा'  ............  एमालेको आन्तरिक विवादलाई झनै संकटतर्फ मोड्ने ठूलो राजनीतिक कदम चालेका छन् ...........  खनाल–नेपाल समूहका नेताहरुको बुझाईमा ओलीको यो कदम पार्टी विभाजनको घोषणा हो । ......... ओली समूहले भने खनाल नेपाल समूहका नेता फर्केर आए जिम्मेवारी दिन तयार रहेको बताएको छ .......... अहिले छुट्टै समूह बनाएर हिँडिरहनु भएको छ, त्यस्तो अवस्थामा उहाँहरुलाई जिम्मेवारी दिएर पनि लिने कुरा भएन ......... ‘जसले पार्टी अध्यक्षलाई चार-चार पटक कारबाही गर्नुभयो, उहाँहरुले विभाजन गरेको नहुने । हामी फर्केर आउनुस्, जिम्मेवारीमा बस्नुस् भन्दा विभाजन हुने भन्ने उहाँहरुको नजरियाको कुरा भयो ।’ ........... नेपाल पक्षले चैत्र ४ र ५ गते राष्ट्रिय भेला गरेर देशभर कमिटी विस्तार तथा समानान्तर कमिटी बनाउने निर्णय गरेको थियो । सोहीअनुसार जिल्लादेखि प्रदेश र जनवर्गीय संगठनमा समानान्तर कमिटी गठन गरेको छ । नेपाल पक्षको राष्ट्रिय भेलाले राजनीतिक प्रस्ताव पारित गरेर ओलीले गरेका गलत कदमविरुद्ध देशभर भण्डाफोर अभियान चलाउने निर्णय पनि गरेको छ । 

ओलीले बनाएको स्थायी कमिटीको कुनै अर्थ छैन: वामदेव गौतम  'म महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष हो। मेरो उपाध्यक्ष पद खोस्ने अधिकार कसैसँग छैन।' ....... स्थायी कमिटी गठनको निर्णयलाई वरिष्ठ नेता झलनाथ खनालले भारदारी सभाले भारदारहरू नियुक्त गर्नु नौलो नभएको प्रतिक्रिया दिएका छन्।

ओली एमाले फुटाएर जाँदै हुनुहुन्छ : भीम रावल ‘ओलीजी पार्टी फुटाएर जाँदै हुनुहुन्छ,’रावलले भने, ‘पार्टी फुटाएर गएमा निर्णायक कदम चाल्छौँ ।’ उनले आफूहरु कुनै हालतमा एमालेबाट नभाग्ने स्पष्ट पारे । ......... रावलले भने, ‘हामी नेकपा एमालेमा टाँस्सिएका होइनौं, निर्वाचित पदाधिकारी हौं ।’ ........ सांसद पद जाने गरी विधि विधान विपरित कार्य नगरेकाले अध्यक्ष ओलीले पदमुक्त गर्न नसक्ने उनले तर्क गरे । ‘कुनै व्यक्तिले हटाउँदैमा हाम्रो सांसद पद जाँदैन’ ओलीलाई चुनौती दिँदै रावलले भने, ‘सांसद पदबाट मुक्त हुन संविधानले स्पष्ट रुपमा विधि तोकेको छ भन्ने हेक्का होस् ।’ .......... ‘ओलीजी नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष हुनुहुन्छ भने हामी पनि सोही महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष हौं ।’




मध्यरातमा जन्मेको जसपा : मनमुटावमै बित्यो वर्ष दिन  महन्थ ठाकुर र उपेन्द्र यादवमा एक नम्बरको अध्यक्ष को हुने विवाद तीन महिनासम्म चल्यो । बल्ल–बल्ल महन्थ ठाकुर एक नम्बरको अध्यक्ष बन्ने र दोस्रो नम्बरको अध्यक्ष उपेन्द्र यादव बन्ने सहमति भयो । ......... भट्टराईलाई परिषदको अध्यक्षमा राखिए पनि वरियताक्रमको एक नम्बरमा राख्न नमिल्ने अडानमा अध्यक्ष ठाकुर थिए । तर, बाबुराम आफू परिषदकै अध्यक्षमा बस्ने र वरियताक्रमको एक नम्बरमा राखिनुपर्ने अडानमा थिए । ...... उपेन्द्र र बाबुराम जसरी पनि प्रधानमन्त्री ओलीलाई सरकारबाट हटाउनुपर्छ भन्ने लाइनमा उभिए भने महन्थ ठाकुरले जसले माग पूरा गर्छ, त्यसलाई समर्थन गर्ने बताए । .......... माग पूरा गराउनका लागि ठाकुरले प्रधानमन्त्री ओलीसँग वार्तालाई निरन्तरता दिन थाले । पार्टीमा सल्लाहै नगरी आफ्नै पक्षका मान्छे राखेर एउटा कार्यदल पनि गठन गरे । त्यो कार्यदलले सरकारी कार्यदलसँग छलफल ग¥यो । तर, त्यो वार्ता र कार्यदलका बारेमा अध्यक्ष उपेन्द्र र बाबुरामले अनभिज्ञता जनाए । ............ यसरी फरक–फरक लाइनमा उभिएर दुबै पक्षले वार्ता गर्न थालेपछि उपेन्द्र यादव र महन्थ ठाकुरबीच अहिले थप दुरी बढेको छ । यसैमा लुम्बिनीको प्रकरणले पार्टीलाई फुटको दिशातर्फ धकेलेको छ । .......... केन्द्रदेखि स्थानीय तहसम्म दुई गुटमा विभाजित जसपामा कुनै न कुनै बहानामा गुटका भेलाहरु हुन थालेका छन् । कहिले विद्यार्थी भेलाका नाममा त कहिले युवा भेलाका नाममा । कहिले प्रशिक्षणका नाममा त, कहिले शुभकामना आदान–प्रदानका नाममा दुवै पक्षका नेताहरु गुटगतका भेलामा सक्रिय देखिएका छन् । कार्यकारिणी समितिको बैठकबाहेक जसपाका कुनै पनि भेला, छलफलहरु संयुक्त हुन सकेका छैनन् । 

शीर्ष नेताहरु नै उल्लंघन गर्छन् जनस्वास्थ्य मापदण्ड नेताहरु एकदमै गलत गरिरहेका छन् : जनस्वास्थ्यविद्
के ओली साँच्चिकै चुनाव चाहन्छन् ?  ओलीले मुलुकको तरल राजनीतिका कारण छिटो निर्वाचनमा जानुपर्ने सम्भावना पनि बढ्दै गएको र त्यसका लागि पार्टी पंक्तिलाई हमेशा तयारी अवस्थामा राख्नुपर्ने उल्लेख गरेका छन् । .......... संसद आफ्नो अनुकूल नरहेको तर राज्यसंयन्त्र आफ्नो प्रभावमा रहेका कारण जति सिट आए पनि प्रधानमन्त्री ओली ‘अर्लि इलेक्सन’ को पक्षमा उभिएको ............ अहिले विशेषतः नेकपा माओवादी केन्द्र र एमालेको माधव नेपाल समूहलाई ओलीले जुनसुकै बेला प्रतिनिधिसभा भंग गर्ने र निर्वाचनमा जाने भय छ । ......... ‘अर्लि इलेक्सन’ नभएको खण्डमा २० महीनापछि हुने नियमित निर्वाचन ओली आफ्नै नेतृत्वमा गराउन चाहन्छन् । उनले आफ्नो राजनीतिक प्रतिवेदनमा भनेका छन्, ‘प्रतिनिधिसभाले पूर्ण कार्यकाल पूरा गर्न पायो भने पनि आगामी २० महीनाभित्रै नयाँ निर्वाचन हुनेछ । स्थानीय तहको निर्वाचन त आगामी वर्षका लागि निर्धारित नै छ ।’ ............ प्रधानमन्त्रीले संसद भंग गरेर निर्वाचनको घोषणा गर्ने अनि समयमा निर्वाचन नहुने र संवैधानिक, राजनीतिक संकट बढ्ने आशंका पनि त्यत्तिकै छ । पार्टी कमजोर भएको समयमा आफैंले हार्ने निर्वाचन प्रधानमन्त्रीले गराउँछन् भन्नेमा शंका गर्ने जमात पनि ठूलो छ । .......... ओलीको पार्टी कमजोर भएको तर त्योभन्दा पनि आफ्ना पार्टीका विपक्षीहरू झन् कमजोर भएकाले उनी चुनावमा जान चाहेको बताउँछन् । दाहालका अनुसार प्रधानमन्त्रीसँग यतिबेला राज्यसत्ता र पार्टी सत्ता दुवै छ र उनी राज्यसत्ताको बलमा पार्टी सत्तालाई जिताउन चाहन्छन् । .............. पार्टीभित्रका आफ्ना विरोधीको अस्तित्व नै नामेट पार्न योजनामा छन् .......... चुनावमा जति सिट आए पनि ओली चुनावका लागि तयार छन् । ......... जनता समाजवादी पार्टीको माग सम्बोधन गरे लगत्तै मधेशमा पनि पार्टीको अवस्थामा सुधार आउनेछ भने ओलीको राष्ट्रवादी छविका कारण पहाड र काठमाडौं उपत्यकामा मत बढ्नेछ । ............. ओलीले नेपाली कांग्रेसभित्रको राजनीतिलाई पनि नजिकबाट नियालिरहेका छन् । भदौमा हुने कांग्रेसको महाधिवेशनलगत्तै मंसीरको निर्वाचनमा कांग्रेसभित्रको गुटबन्दी सेलाइनसकेको हुनाले त्यसको फाइदा आफूलाई हुने ओलीको विश्लेषण हुनसक्छ । .............. ‘कांग्रेस अहिले पनि आन्तरिक कलहमा छ र कांग्रेसको महाधिवेशनपछि निर्वाचन हुँदा कांग्रेसको गुट र उपगुटको झगडाले चुनावमा सबैभन्दा बढी फाइदा आफूलाई हुन्छ भन्ने विश्लेषण प्रधानमन्त्रीको हुनसक्छ ।’ ........... ‘राज्यका संस्थाहरूमा यतिबेला प्रधानमन्त्रीको बलियो पहुँच छ,’ दाहालले भने, ‘यी सबै हिसाबले परिस्थिति आफ्नो पक्षमा भएको लागेर उहाँ निर्वाचनमा जाने सोचाइमा पुग्नुभएको हुनसक्छ ।’ हो, अहिले केन्द्रदेखि स्थानीय तहसम्मको सत्ता र शक्ति ओलीसँग छ । संवैधानिक र प्रशासनिक संरचनामा उनको पकड छ । चार वर्षसम्म सत्तामा रहँदा गरेका केही काम र समयले उनलाई उद्घाटन गर्ने अवसर दिएका केही सीमित परियोजना उनीसँग छन् । ............. तर, बलियो नेकपा विभाजित भएर एमाले र माओवादी केन्द्रमा बदलिनु, स्वयं एमाले वडा तहसम्म ओली र नेपाल पक्षमा विभाजित मानसिकतामा हुनु अनि विपक्षमा बलियो जनाधार भएको नेपाली कांग्रेस दल हुनु यी कारणहरूमा तात्विक हेरफेर नहुँदासम्म ओलीका लागि आगामी निर्वाचन सहज हुने विश्लेषण तार्किक र वस्तुनिष्ठ नभएको मत पनि त्यति नै छ ।





‘जनमतको हरेक गतिविधि अब चुनावकेन्द्रित हुन्छ’  मधेशमा अब जनमत पार्टी एउटा वैकल्पिक शक्तिको रूपमा आइसक्यो भन्ने खालका जनताको भावना पनि देखियो । ....... मधेशले अब विकल्प पाइसक्यो । ........ मधेशकेन्द्रित दलहरूले आफ्नो महाधिवेशन गर्न सकिरहेका थिएनन् । ती पार्टीहरूमा अहिले पनि टीका लगाएर मनोनयन गर्ने प्रचलन अहिले पनि जारी नै छ । तर जनमत पार्टी आफ्नो गठनको दुई वर्षकै अवधिमा यत्रो भव्यताका साथ महाधिवेशन सम्पन्न गरेको हो । .......... हामीसँग प्रष्ट भिजन र केही गर्ने जोश जाँगर छ । जनमत पार्टीमा सबै सदस्यहरू पढेलेखेका र विकास निर्माण फड्को मार्न सक्ने अनुभव छ । हाम्रा अधिकांश साथीहरू विदेशमा भइरहेको विकास निर्माणका बारे अनुभव राख्नुभएको छ । यहाँ अनपढहरूले पढे–लेखेकाहरूमाथि शासन गरिरहेका छन् । स्थानीय तहमा हेर्दा कतिपय एसएलसी पनि पास नगरेका मेयर वा जनप्रतिनिधिहरूले मास्टर्स गरेका इन्जिनियरहरू माथि शासन गरिरहेका छन् । .............. अब डाक्टर, इन्जिनियर साथीहरू जागरूक भएर यो पार्टीमा लागिरहेका छन् । .......... अब हाम्रो एक मात्र उद्देश्य हो, निर्वाचनमा विजयी हुने । हामीले अब गर्ने हरेक गतिविधि चुनावकेन्द्रित नै हो । केही महिनापछि मुलुकमा स्थानीय तहको निर्वाचन हुदैछ, त्यसपछि प्रदेश र संघको निर्वाचन आउँदैछ । ........... हामीले १० लाख युवालाई रोजगारीको सुनिश्चितता गर्ने अवधारणा पनि ल्याएका छौं । जसमा मधेशको हरेक घरमा एउटा रोजगारी सिर्जना गर्ने हिसावले हाम्रो कार्यक्रमहरू छन् । विदेशमा हाम्रो करिब दुई लाखभन्दा बढी मधेशी साथीहरू हाम्रा सदस्यहरू छन् । जबकि मधेशबाट करिब सात लाख मधेशी विदेशको भूमिमा रोजगारीका लागि गएका छन् । .......... ‘अब कि बार जनमत की सरकार’ भन्ने हाम्रो नारा पनि हो । ........ अहिलेसम्म हामीले कुनै पनि सरकारमा गएका छैनौं र कुनै किसिमको साँठगाँठ पनि छैन ।

‘जसपा फुटाउनेको राजनीतिक भविष्य संकटमा पर्छ’  मधेशीको सहादतबाट निर्मित यो पार्टी हो । शहीदहरूको नाममा हामीले भोट पाइरहेका छौं । तर हामीले कर्तव्य गरेर देखाउन सकेका छैनौं । हामी सजग छौं कि पार्टी नफुटोस् । कुनै कमी कमजोरी छ भने बैठक बसेर छलफल गरेर त्यसको समाधान खोज्नुपर्छ । ............. उपेन्द्र यादवले भोली बन्ने सरकारले मधेशको मागहरू कसरी सम्बोधन हुन्छ भन्ने कुरा गर्नुहुन्छ । अर्कोतिर महन्थ ठाकुर र राजेन्द्र महतोजीले यही सरकारसँग आफ्नो माग पूरा गराउन चाहनुभएको छ । जसपा अहिले सत्तापक्ष र विपक्षीहरू सबैसँग आफ्नो माग सम्बोधनका लागि कुरा गरिरहेको छ । ........... लुम्बिनी प्रदेशका सांसदहरूले आफ्नो अधिकार प्रयोग गरेका छन् । प्रदेशमा अहिले जसपा समायोजन भइसकेको छैन । प्रदेशका पूर्वपार्टी अध्यक्षहरूलाई लाग्छ कि अहिलेसम्म हामी नै अध्यक्ष हौं । एक पक्षले मन्त्री बनेकाहरूलाई कारबाही गरेको छ भने अर्कोले समर्थन । 


उपेन्द्र यादवले संसदीय दलको माइन्युट लगे पछि महन्थ ठाकुरले गरे सासंदहरु छलफल  विहिवार संसदहरुको संगको बैठकमा जसपा अध्यक्ष ठाकुरले पार्टी कुनै पनि हालथमा नफुटने दावी गरेको सहभागी एक सासदले बताए । ........ ठाकुरले आफनो एजेन्डा सम्बोधन नभए सम्म प्रधानमन्त्री ओलीलाई आफुहरु समर्थन गर्ने पक्षमा नरहेको पनि बताए । ...... कार्यदलले ...... मद्धा फिर्ता, बन्दीहरु रिहाई, लाल आयोगको प्रतिवेदन सार्वजनिक र संविधान संशोधनको वारेमा गहकार्य गरिरहेको बताइएको छ ।

वैकल्पिक सत्ता गठबन्धनको सम्भावना टर्‍यो ! ओली थप शक्तिशाली बन्दै ........ गत सोमबारको मन्त्रिपरिषद् बैठकले नै मधेस तथा थरुहट आन्दोलनका क्रममा लागेका २६ मुद्दा फिर्ता लिने निर्णय गरिसकेको छ ।  जसपाकाअनुसार तिनै २६ मुद्दामा जसपाका १२ सय बढीलाई दोषी किटान गरिएको थियो । त्यसमध्ये धेरैजना थुनामुक्त भइसकेका छन् भने धेरै जरिवाना तिरेर अभियोगबाट मुक्त भएका छन् । बाँकी रहेका २२४ जनाको मुद्दा फिर्ता लिने निर्णय गत सोमबारको मन्त्रिपरिषदले गरेको छ । ...........  संविधान संशोधनका लागि आयोग गठन र मधेस–थरुहट आन्दोलनका विषयमा लाल आयोगको प्रतिवेदन पनि सार्वजनिक हुने दाबी गरे । ........ अध्यक्ष ठाकुरले वैकल्पिक सत्ता गठबन्धन आफूहरूका लागि उपयुक्त नभएको र त्यो अमुर्त मात्र रहेको समेत बताएका थिए । ....... २९ चैतमा बसेको जसपा कार्यकारिणी समितिको बैठकले आफ्नो नेतृत्वमा भएमात्र सत्ता गठबन्धन गर्ने भन्ने कांग्रेसको प्रस्ताव उपयुक्त नभएको भन्दै कांग्रेससँग गठबन्धन नहुने  र उसलाई कुनै जवाफ पनि नदिने निष्कर्ष निकालेको थियो । कांग्रेस सभापति शेरबहादुर देउवाले बाध्यताले त्यस्तो निर्णय गरेको र उनी सत्ता गठबन्धनको पक्षमा नरहेको जसपाको निष्कर्ष थियो । ............ आफ्नो प्ुरानो राजनीतिक अडानको ठिक उल्टो जसपाका माग सम्बोधन सुरु गरेर संसद्कोसमेत विश्वास पाउने भएपछि उनी थप शक्तिशाली बनेका हुन् । अब उनी जसपालाई विश्वासमा राखेर सत्ता सञ्चालन गर्ने वा जसपालाई वैकल्पिक गठबन्धन बन्न नदिनेगरी विश्वासमा राखेर निर्वाचन घोषणा गर्ने तयारीमा छन् ।
ओलीलाई सांसदहरूले भने– पार्टी विभाजन भए एमालेले एक सिट जित्दैन   माओवादी केन्द्र र एमाले मिल्दा पनि ३८ भन्दा बढी निर्वाचन क्षेत्रमा एक हजारको मात्रै मतान्तर रहेको .......... अहिलेको अवस्थामा चुनाव भए शून्य सिटमा समेटिने अवस्था आउने ...... “अहिले २०५४ सालको विभाजनको अवस्थाजस्तो मात्रै छैन । वडा–वडामा दुईवटा समूह तयार भएको छ । एकले अर्कालाई असहयोग गर्ने, हराउने अवस्था आउँछ । त्यसो हुँदा कर्णालीमा एक सिट जित्ने अवस्था छैन । सुदूरपश्चिममा पनि त्यस्तै छ । प्रदेश–१ मा पनि त्यस्तै अवस्था रहेको साथीहरूले बताएका छन् । देशभरि नजित्ने अवस्था भएपछि यो विग्रह केका लागि ?” ................. नेता नेपाललाई सडकमा ‘कुट्नु’भन्दा कोठाभित्र ल्याएर नै तह लगाउन भनेको 
जसपामा ‘महन्थ भर्सेस उपेन्द्र–बाबुराम’ को शक्ति संघर्ष लुम्बिनीको संसदीय दल भन्छ– संघीयताको अभ्यास शुभारम्भ भयो, आफ्नै पक्षका सांसद बहुमत रहेको लुम्बिनीमा उपेन्द्र बाबुराम कसरी भए असफल ? .........  अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेता केपी शर्मा ओलीसँगको सहकार्यबाट मधेसका मुद्दा स्थापित गर्न कस्सिएका छन् भने अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूह ओली विस्थापनको एक सूत्रीय एजेन्डा बोकेर हिँडेको छ ।  .......... दुई सांसद रहेको जसपाले कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको छ । ....... पहिले संघीय समाजवादी पार्टी हुँदा केपी शर्मा ओलीको सरकारमा गएका उपेन्द्र यादव ओलीले अपमानजनकरुपमा सरकारबाट निकालेका कारण ओली सरकारका विरुद्धमा छन् । ......... “हामीबीच निर्णय कार्यान्वयन गर्ने तर, अभिव्यक्ति स्वतन्त्र रुपमा राख्ने समझदारी भएको छ । उपेन्द्रजी, बाबुरामजीले त्यही समझदारीको उपयोग गर्दै हुनुहुन्छ,” ठाकुरले बाह्रखरीसँगको अन्तर्वार्तामा भने, “तर, हामी सरकारमा जाने वा कसलाई पुर्याउने भनेर होइन, मधेसका मुद्दा सम्बोधन गराउने प्रयास गरिरहेका छौं ।” उनले मुद्दा सम्बोधनपछि भने सत्ताका विषयमा कुरा हुन सक्ने र पार्टीले आवश्यक निर्णय लिन सक्ने बताएका छन् ।
फेरि संसद् विघटनको ‘मेसो मिलाउँदैछन्’ ओली ! बाटो छेक्न मात्र जसपाका माग सम्बोधन ........ ठाकुरसँगै रहेका अर्का नेता लक्ष्मणलाल कर्णले भने प्रधानमन्त्रीका वचन लगातार यसैगरी आइरहेको भन्दै अझै विश्वस्त हुने आधार नभएको ......... देउवाले भनेका थिए, “प्रचण्डले सरकारको समर्थन फिर्ता लिएका छैनन् । प्रचण्डले फिर्ता लिए पनि जसपाले ओलीलाई सहयोग गर्न खोजिरहेको छ ।” ......... जसपा विश्वासमा लिन प्रधानमन्त्री ओलीले विगतको आफ्नो अडानको ठिक उल्टो राजनीति गरिरहेका छन् । ......... ओली संघीयताका सीमाङ्कनदेखि संविधानका प्रावधानसम्म सच्याउने सक्ने म्यान्डेटसहित संविधान संशोधन आयोग बनाउने गृहकार्यमा जुटेका छन् । यस्तो अवस्थामा जसपाले सरकारलाई विश्वास नदिने प्रश्नै हुँदैन । ........ जसपा स्रोतकाअनुसार प्रधानमन्त्री ओली जसपाका सबैजसो माग सम्बोधन गरेर सरकार जोगाउनका लागि नभएर वैकल्पिक सरकार बन्न नदिनका लागि लागिरहेका छन् । माओवादी केन्द्रले विश्वासको मत फिर्ता लिएर सरकार अल्पमतमा परेको अवस्थामा वैकल्पिक सरकार बन्न नदिने ओलीको रणनीति हो । .......... प्रधानमन्त्रीले नै आफ्नो सरकार गिराउन र नीति तथा कार्यक्रम असफल पार्न चाहन्छन् भने कस्ले रोकिदिने ......... जसपा तटस्थ बसेको अवस्थामा अर्को सरकार बन्ने सम्भावना पनि निकै कम देखिन्छ । माधव नेपाल समूहमा रहेका सांसदहरुले फ्लोर क्रस गरेर अर्को सरकार बन्ने बाटो खुल्ने आकलन गरेका कांग्रेस–माओवादीलाई त्यसबेला ठूलो झड्का लागेको छ, जुनबेला किन कारबाही नगर्ने भन्दै ओलीले २७ सांसदलाई स्पष्टीकरण सोधेका छन् । ............. ओलीले जसपाका सबै माग सम्बोधन गरेका बेला ओली विरुद्धको गठबन्धनमा जसपा सामेल हुँदैन । त्यस्तो अवस्थामा वैकल्पिक सरकार सम्भव छैन । .......... “माधव नेपाल र उनको टिमबाट हुने सम्भावित जोखिमबाट मुक्त हुन ओलीले त्यो पक्षका सांसदमाथि अगाडि नै डोजर चलाउन सक्छन्,” तीन नेताले भने, “त्यस्तो अवस्थामा ओलीलाई कुनै शक्तिले पनि हल्लाउन सक्ने अवस्था हुँदैन ।” ती नेताले ओलीले अन्तिम विकल्पका रूपमा मात्र जसपालाई सरकारमा लिएर बाँकी कार्यकाल आफैँ चलाउने रणनीति अपनाउन सक्छन् ।

जनता समाजवादी पार्टी स्थापना भएको एक बर्ष पूरा भएको उपलक्ष्यमा सबैमा हार्दिक वधाइ तथा शुभकामना ! हिमाल/पहाड/तराई-मधेस...

Posted by Dr. Baburam Bhattarai on Thursday, April 22, 2021

No comments: