Sunday, September 06, 2015

बामे, तिमी झस्केको

बामे, तिम्रो फ़ासिज्म एउटा सोंच हो
तर त्यो बालुवा को घर हो
अंतिम साँस फेर्दैछ

तिमी राति निद्रा बाट ब्यूँतेको
झस्केको
झ्याल बाट आएको हावा को त्यो झोंका
शहीद ले साँस फेरेको हो
शहीद ले तिमी लाई हेरेको हो
रात चौकन्ना छ

बामे, तिमी झस्किनु तिम्रो नियति हो
मुक्ति संघर्ष का लागि ज्यान को बाजी लगाएर
सड़क मा आउने वीर योद्धा
एक छिन पर्खन्छ
एकै पटक स्वर्ग जाँदैन
पहिला काम फत्ते गर्छ

क्रांति को उत्सर्ग नै त्यस योद्धा को नियती हो


No comments: