नेपाल, बिहार र डिजिटल

प्रवासी नेपाली समुदाय मा टेक स्टार्टअप (tech startup) को प्रयास अनिवार्य छ जस्तो लाग्छ मलाई। ठोस काम गर्न सकिन्छ। यो इंटरनेट र विश्व्यापीकरण (globalization) को जमाना मा ब्रेन ड्रेन (brain drain) भन्ने हुँदैन। बरु विश्व स्तरमा चलायमान भएर झनै बढ़ी गर्न सकिन्छ, गर्ने इच्छा र दक्षता छ भने। मुनाफा कमाउने ध्येय ले नै ठुलो सेवा गर्न सकिन्छ।

बिहार नेपाल भन्दा एक दुई कदम अगाडि छ। नेपालमा नीतिश कुमार कोही आइपुगेकै छैन। त्यस अर्थमा र छिमेकमा भएको नाता ले पनि बिहार ले नेपाल लाई धेरै सिकाउन सक्छ।

हुन त अहिले भारत मा यो टेक स्टार्टअप (tech startup) संस्कृति निकै फस्टायर आएको छ। अमेरिका मा मात्र कंपनी हरु खुलने त पहिला पनि थिएन। अहिले त त्यहाँ कंपनी खुलने संख्या निकै बढेको छ। मलाई लाग्छ ५-१० वर्ष भित्रमा केही अलीबाबा साइज का कंपनी आउँछन् त्यहाँ बाट।

Basic communication र professionalism भने चाहिन्छ। पोलियो को खोप जस्तै कंपनी जुन दर्ता गरिन्छ त्यो पनि एउटा आविष्कार गरिएको कुरा हो। त्यसको आफ्नो दस्तुर हुन्छ। न्यु यॉर्क को नेपाली समुदाय मा देखिन्छ, आफ्नो काम मा मान्छे समय मा पुग्छ तर समुदाय को कार्यक्रम मा नेपालमा जस्तै ढिलासुस्ती हुन्छ। नेपालमा राजनीतिक पार्टी चलाए जस्तो गरी अथवा NRN संगठन चलाये जसरी एउटा टेक स्टार्टअप चलाउन सकिन्न। एउटा टेक कंपनी को गति र शैली फरक हुन्छ। कंपनी को कुरा सबै प्राइवेट रहने हुन्छ। राजनीति र धर्म ढोका बाहिर राखेर बिजनेस गर्ने कोठामा छिर्नु भनिन्छ। पुरानो नियम हो तर सुनौलो हो।

१९९० मा भारत र चीन उही उही ठाउँ थियो प्रति व्यक्ति आय का हिसाबले। चीनले १०% ग्रोथ रेट को आधारमा भारत लाई २० वर्ष मा उछिन्यो। तर अमेरिका जस्तो mature economy लाई ५% पुग्न पनि असंभव जस्तै हो। चीन ले १९९० मा शुरू गर्दा उसले catch up गर्नुपर्ने थुप्रै थियो। नया नया आविष्कार गरिरहनु परेन।

नेपाली बिलियनयर विनोद चौधरी खोजी खोजी गरीब देश जाने कारण त्यही हो। ग्रोथ को संभावना बढ़ी हुन्छ। त्यस्तै प्रवासी नेपाली समुदाय मा next Instagram को प्रयास गर्नु हुन्न भन्ने होइन तर नेपाल बिहार जस्तो मार्केट मा ecommerce र digital money जस्ता कुरामा ठुलो संभावना छ। अरु ठाउँ मा सफलता पुर्वक गरि सकिएको तर नेपालमा गर्न बाँकी रहेको।

अमेज़न ले अमेरिका मा ecommerce गर्यो। देश भरि गोदाम हरु बनायो। अलीबाबा ले चीन मा ecommerce नै गरेको हो। तर उसले एउटा पनि गोदाम बनाएन। नेपाल जस्तो ठाउँ मा जहाँ चीन मा जस्तो संरचना पूर्वाधार छैन ecommerce गर्दा अलीबाबा भन्दा पनि फरक किसिमले गर्नु पर्ने हुन्छ। तर गर्न नसकिने होइन। ठुलो संभावना छ।

केन्या मा M-Pesa छ, टेक्स्ट मैसेज पठाये जस्तो गरी पैसा पठाउने। नेपाल र बिहार का लागि बड़ो उपयुक्त।

Ecommerce र Digital Finance -- यी दुई को ठुलो स्कोप छ। बैंक को भवन हुनु पर्छ भन्ने छैन। लोन लिन लाई जग्गा हुनुपर्छ भन्ने छैन। Ecommerce मा सहभागी हुन पसले सँग कंप्यूटर हुनुपर्छ भन्ने छैन। २५% देश बाहिर बसेको नेपाल जस्तो परिवेश मा त मनी ट्रांसफर को फील्ड मैं पनि धेरै गर्न सकिन्छ। त्यहाँ bitcoin technology बड़ा promising छ।

डिजिटल टेक्नोलॉजी को प्रयोग गरेर सरकार ले शिक्षा र स्वास्थ्य को क्षेत्र मा चाँडै र सस्तो किसिमले धेरै राम्रो काम गर्न सक्छ।

प्रवासी नेपाली हरुले नया नया टेक स्टार्टअप (tech startup) मा इन्वेस्ट गरेको राम्रो। प्राय सबैले गर्न सक्छन। कुनै टेक स्टार्टअप (tech startup) ले बढ़ी मा ७० वटा इन्वेस्टर लिन पाउने नियम छ। तर १०० जनाले एक एक हजार एउटा कंपनी मा इन्वेस्ट गर्ने अनि त्यो एउटा कंपनी ले टेक स्टार्टअप (tech startup) मा इन्वेस्ट गर्दा त्यो एउटा इन्वेस्टर जस्तो गनियो।

आफ्नो पहिलो राउंड समुदाय मा उठाएर दोस्रो राउंड मा प्रोफेशनल इन्वेस्टर हरु सम्म जान सकिन्छ।

आंट चाहिँ गर्नु पर्छ। No risk no gain. एउटा इंटरप्रेन्योर को नंबर एक क्वालिटी नै त्यही हो जस्तो लाग्छ: रिस्क लिन सक्ने। दिमाग र मेहनत गर्न सक्ने भन्दा पनि।




Comments