समस्याको समाधान: नेपाल भारत राजनीतिक आर्थिक एकीकरण

जुन paradigm मा समस्या छ त्यसै paradigm मा बसेर समाधान खोज्न सकिँदैन।


समस्या के छ? मधेसी विदेशी हो भन्ने पहाड़ी कथन लाई एक पटक हेरौं।




विश्व मा सात बिलियन मान्छे हुँदा एक करोड़ मधेसी। ५० लाख मिथिलावासी भनौं। तर १०,००० वर्ष अगाडि सारा विश्व को जनसंख्या नै ५० लाख थियो। अर्थात आज नेपाल को मिथिला मा जति मान्छे छ त्यति सारा विश्व मा थियो १०,००० वर्ष अगाडि। भने पछि त्यति बेला मिथिला मा कति थियो होला, सम्पुर्ण मिथिला मा?

७,०००,०००,०००/१०,०००,००० = ७००

संसार को ५०० मान्छे मध्ये एक आज मिथिलावासी भनौं नेपाल बिहार मिलाएर। भने पछि विश्व मा ५० लाख मान्छे हुँदा मिथिला मा १०,०००। धनुषा को एउटा चुनाव क्षेत्र मा त्योभन्दा बढ़ी मान्छे हुन्छ। दश हजार मान्छे एउटा गाउँ मा छ महोत्तरी को। जुन चिंता को विषय हो, global biodiversity को हिसाब ले। जति मान्छे सारा मिथिला मा थियो अहिले को नेपाल बिहार मिसाएर त्यति आज महोत्तरी को एउटा गाउँ मा छ।

अझै पछाडि जाऊँ -- द्वापर त्रेता युग तिर।



Forest Cover जताततै राम्रो थियो। मान्छे फलाहार गरेर पनि गुजारा चल्न सक्ने। ऋषि मुनि बन्न टाढा जानै नपर्ने। अहिले त जंगल सखाप। ऋषि मुनि बन्न जाने ठाउँ नै बाँकी छैन।

अब अगाडि केही दशक मा population stabilize हुने संभावना छ। यस्तै आठ बिलियन जति मा। त्यस मध्ये दुई बिलियन दक्षिण एशिया का मानिस हुनेछन्। २५% जति।



जसको जनसंख्या बढ्यो उसले दुनिया हाँकने रहेछ। भने पछि यो शताब्दी भारतीय हुने भो। The Sun Never Sets On Indians को अवस्था त अहिले छ। म अमेरिका को कुना कुना पुगेको मान्छे। मैले जति अमेरिका देखेको छु त्यति अमेरिका को इतिहास को कुनै राष्ट्रपति ले देखेको छैन। अमेरिका मा एउटा शहर छैन जहाँ कमसेकम एउटा भारतीय परिवार नहोस। दुनिया को प्रत्येक देशमा भारतीय छ। विस्तारै संगठित पनि हुँदैछ।



एक छिन सिक्किम लाई हेरौं।


१९५० मा एक लाख मान्छे अहिले ५ लाख।

नेपालमा धनुषा महोत्तरी दादा हो। आज चुनाव हुन्छ र मधेसी मोर्चा एक पद एक उम्मेदवार मा जान्छ भने दुई जिल्ला स्वीप गर्छ, १९९१ मा काँग्रेस ले स्वीप गरे जस्तो।


नेपालमा जनसंख्या वृद्धि कस्तो रहिआएको छ?


१९५० मा १० बाट आज २०० पुगेको छ। नेपालमा त्यही भएको हुनुपर्छ। २० गुणा वृद्धि। आज तीन करोड़। १९५० मा कति थियो नेपालको जनसंख्या?



नेपाल सरकार ले देखाउँदैछ १९५० मा ८० लाख बाट आज तीन करोड़ पुगेको छ भनेर। यो त धनी देश हरुको जस्तो डाटा देखाइयो। किन होला? किनभने मधेसी लाई मान्छे नै गन्ने गरेको छैन नेपाल सरकार ले। नेपालको जनसंख्या तीन करोड़ होइन, शायद चार करोड़ हो कि? अझ बढ़ी हुन सक्छ।

सन १९५८ सम्म मधेसी ले काठमाण्डु जान वीसा लिनु पर्थ्यो। अर्थात एक जना पनि मधेसी सँग नागरिकता थिएन। अहिले ६०% सँग छ, ४०% अझै वंचित छ। जुन कि मानव अधिकार को हनन हो। नागरिकता पत्र पाउने अधिकार भनेको वाक स्वतंत्रता जस्तो हो।

मधेस मा १९५० देखि अहिले सम्म भएको मुख्य रुपले जनसंख्या वृद्धि हो। आफुले आफ्नो छर छिमेकी ले बच्चा पाएको हेर्नु छैन। इंडियन देशमा पस्यो भन्ने हल्ला फैलाएर पहरिया हरु। काठमाण्डू सरकार ले आफ्नो ७०% राजनीतिक ऊर्जा हामी भारतीय होइनौं भन्न मा खर्च गर्छ। त्यो उर्जा शिक्षा, स्वास्थ्य, रोजगार मा खर्च हुने गरेको भए नेपाल इजराइल बनिसक्ने अहिले सम्म मा।

मुख्य रुपले मधेस मा भएको जनसंख्या वृद्धि हो। चार कोसे झाड़ी फाडेर पहाड़े आएर बस्दिएको छ, like it is nobody's business. मधेसी का लागि चुरिया माई, गौमाता जस्तो, पहरिया का लागि चुरिया भनेको काठ, जग्गा। मधेसी को मंदिर मा बसेको भावर प्रदेश को सब पहरिया हरुलाई अछुत भन्दै मधेसी को मंदिर बाट भगाउनु पर्ने। तर त्यो नगरौं। पहाड़ मा ७०% Forest Cover को लक्ष्य राखौं। नेपालमा पनि बाबरी मस्जिद नगरौं। मधेसी को मंदिर जंगल पहाड़ मा बनाऊँ।

मधेसी को जनसंख्या वृद्धि भो ह्वात्तै। पहाड़े आएर बस्यो , like it is nobody's business. बोर्डर पारी बिहेबारी ले जनसंख्या वृद्धि हुँदैन। छोरी जान्छे, बुहारी आउँछे। तर यो त नेपाल को मान्छे अमेरिका गएर गोरी केटी/केटा बिहे गरे जस्तो होइन। नेपाल भारत को बोर्डर अप्राकृतिक हो। ब्रिटिश साम्राज्य को अंतिम अवशेष। बॉर्डर वारिपारी बिहे भएको होइन। लाखों वर्ष देखि बिहेबारी हुने गरेको ठाउँ मा १८१६ र १८६० मा एउटा अप्राकृतिक बॉर्डर कोरिएको हो। त्यसको हिसाबकिताब मधेसी ले ब्रिटिश सँग यसै शताब्दी मा लिन्छ। But I digress.

भने पछि मधेसी अनागरिक भएर बस्दैन र दोस्रो दर्जाको नागरिक भएर पनि बस्दैन।

अब हेरौं पहरिया हरुको यथार्थ। जुन जोगी आए पनि कानै चिरेका। राणा शासन र कोइराला/गौतम शासन मा पनि उस्तै। जनता को स्थिति उकास्ने काम भएको छैन। पहाड़ भएर गरीब हुन्छ भन्ने होइन। सिक्किम नंबर एक छ भारत मा। बिहार भन्दा अगाडि छ। उता हिमाचल प्रदेश छ। अगाडि।

नेपाल गरीब भएको political system ले गर्दा। शासक वर्ग ले गर्दा। देशको बजेट आधा आफैले निजी उपयोग गर्ने नेपालमा लगभग ५०,००० मानिस होला। राणा शासन मा देशको १००% बजेट आफै ले निजी उपभोग गर्ने ५०० जति मानिस थिए। अहिले ५०% उपभोग गर्ने ५०,००० मानिस छन। दायरा फराकिलो भएको मात्र हो। हामी अझै पनि एक किसिमले राणा शासन मा नै छौं। We are still in the stone age.

संघीय नेपालमा देश को ८२० अरब बजेट एक तिहाई स्थानीय सरकार को मा पुग्छ। अनि त्यो एक तिहाई को पैसा पैसा को हिसाब गर्न आम जनताले सिक्छ। तपाइँ को गाउँ मा वर्ष को ५ करोड़ आउन लाग्यो भने तपाइँ ले त्यहाँ भ्रष्टाचार हुन दिन्छ? पैसा पैसा को हिसाब हुन्छ। अनि त्यसरी ट्रेनिंग पाएको जनताले प्रदेश र केंद्र को पनि हिसाब माग्न थाल्छ। भ्रष्टाचार ह्वात्तै घट्छ। संघीयता विरोधी हरुले त्यो नचाहेको। अनि उनीहरुको अस्त्र Divide And Rule. पहाड़े लाई मधेसी सँग जुधा। अखंड लाई श्रीखण्ड सँग। शेरपा लाई दोर्पा सँग। यो लडाई वास्तब मा केंद्र सरकार बाट स्थानीय सरकार ले आफ्नो ३०० अरब रुपया खोस्ने लड़ाई हो। यो सीमांकन नामांकन को लड़ाई हुँदै होइन। यो त पैसा को लड़ाई हो। घुस खान नदिएर, हिनमिना हुन नदिएर पैसा ले आफ्नो बच्चा का लागि स्कुल बनाउने लड़ाई हो। आफ्नो बच्चा का लागि स्कुल मा पौष्टिक आहार खुवाउने लड़ाई हो। आफ्नो बच्चा का लागि गाउँ मा अस्पताल बनाउने लड़ाई हो।







































Tamil is spoken by most of the population of the Indian state of Tamil Nadu. It is spoken in total by roughly 68 million people, in around 16 territories. There are roughly 4.7 million speakers in Sri Lanka, and over a million in Singapore. Other speakers are spread far and wide, in Asia, Africa, Europe and the United States...... Tamil is an ancient language; cave inscriptions in Tamil are dated to somewhere between third and first centuries BC.






मधेस मा दक्षिण तिर बाट बसाई सराई हुँदै नभएको भन्ने होइन। तर अत्यंत कम भएको छ। किनभने त्यो भनेको आर्थिक हो। र त्यो मुख्य रुपले पहाड़ बाट भारत झर्ने किसिमको छ। काठमाण्डु मा सब्जी बेच्न अथवा कपल काटन कोही बिहार अथवा उत्तर प्रदेश को आएको छ भने उसलाई नेपाली बनने कुनै इच्छा हुँदैन। परिवार छ भारत मा। घर जग्गा छ भारतमा। भारतीय नागरिक हुनु छ उसलाई। गर्व को कुरा पनि हो। फाइदा को कुरा पनि।

बिहार उत्तर प्रदेश का कति मानिस मधेस आए भन्ने वैज्ञानिक तथ्य मसँग छैन, शायद कोही सँग पनि छैन। तर म आफ्नो थाहा भएको कुरा गर्दैछु। म हुर्केको महोत्तरी को गाउँ मा एक जना छिमेकी थियो। सबले भन्थे यो इंडिया बाट आएको भनेर। मेरै अगाडि दोस्रो जेनेरेशन भइसकेको थियो, तैपनि सबले भन्थे, यो नया मान्छे, इंडिया बाट आएको। गाउँ मा भोज भतेर हुँदा बिचारा हरु लाई डाकेको छैन। हेपेको होइन कि गाउँ मा हुन्छ सबको दियादी सर्कल, उनीहरु कसैको दियादी सर्कल मा नै नपर्ने। भोज भतेर हुने दियादी सर्कल बेसिस मा। बल्ल दोस्रो जेनेरेशन मा आएर उनी हरु पनि तीन चार घर भए पछि उनी हरुको पनि आफ्नै  भए पनि दियादी सर्कल बन्यो। जनकपुर मा अलि बढ़ी हुन्थ्यो। शहर भएकोले। तर बढ़ी भनेको तुलनात्मक कुरा।  ९५% बढ़ी मान्छे, शायद ९९% छिमेकी गाउँ हरु बाट आएका हुन्थे। धनुषा महोत्तरी बाट। मिस्त्री हरु थिए। समस्तीपुर तिर बाट आएका केही। जागीर खान्थे तर नेपाली नागरिकता प्रति चासो जीरो।

भारत मा एक करोड़ यस्ता मानिस छन जो नेपाली भाषी छन र जो भारतीय नागरिक हुन। ती मध्ये अधिकांश लोकल नै हुन। नेपाल बाट सरेर गएका होइनन्। भारत मा ८० लाख मानिस यस्ता छन जो नेपाल पहाड़ बाट जागीर खोज्दै पुगेका छन। दशैं मा घर आउँछन् नेपाल होइन भने उतै बस्छन्। पढ़े लेखेका हुँदैनन्। हिंदी टूटीफुटी बोल्छन्। निरक्षर मानिसले गर्ने काम गर्छन। पाले, मजदुर।

२० लाख नेपाली दक्षिण एशिया बाहिर छन। थुप्रै खाड़ी देश हरुमा छन। इंडियन त खुद खाड़ी देश पुगेको छ भने।

भने पछि दुनिया मा नेपाली को र नेपाली कति? इंडियन आइडल प्रशांत तामांग ले म नेपाली भन्छ। नेपालमा पहाड़ मा संपर्क भाषा नेपाली छ। खस र जनजाति दुबै को। उसले त्यस मायने मा भनेको। मैले गाए मान्छे भाग्छ। तर मैले त्यसै गरी म भारतीय भन्छु। मेरो जातीयता भारतीय। उत्तरी भारत को जुन हिंदी बेल्ट छ, र त्यस को आधारमा एउटा सांस्कृतिक पहिचान छ, त्यसले मलाई समेट्छ। म भारतीय हुँ।

हामीले अहिले को विवाद मा समाधान संघीयता हो भन्दै छौं। र ईमानदारीपूर्वक लागु गर्ने हो भने हो पनि। तर मलाई लाग्छ सच्चा समाधान नेपाल र भारत को राजनीतिक आर्थिक एकीकरण हो। त्यसले सबै भन्दा फाइदा हुन्छ भारत मा रहेका ८० लाख नेपाल पहाड़ बाट गएका नेपाली लाई।

नेपाल, भारत, भुटान, बांग्लादेश ले १० वर्ष भित्र मा आर्थिक एकीकरण गर्ने निर्णय गरेर सही गरिसकेको अवस्था छ। आर्थिक एकीकरण भनेको के? चार देशमा एउटा मुद्रा चल्ने। चार देशको मानिस जुन सुकै देश को मानिस जुन सुकै देश गएर काम गर्न पाउने। देश भन्दा परिवार ठुलो हो। मान्छे ले आफ्नो परिवार को राम्रो हेरचाह गर्न राम्रो ठाउँ मा गएर बढ़ी कमाई हुने काम गर्न पाउनु पर्छ।

नेपाल, भारत, भुटान, बांग्लादेश को आर्थिक एकीकरण भारतीय विस्तारवाद होइन। त्यसले चार देशलाई नै फाइदा छ।

नेपाल भारत त्यसभन्दा एक कदम अगाडि जानुपर्छ र अहिले जानुपर्छ। किनभने नेपाल भारत सम्बन्ध दुनियामा अद्वितीय छ। तर त्यो लोकतान्त्रिक किसिमले गरिनु पर्छ।

पहिलो कुरा त नेपालमा क्रांतिकारी अंतरिम सरकार बन्नू पर्यो। त्यस सरकार ले नेपालमा जनमत संग्रह गर्नु पर्यो। नेपाल अलग देश भएर बस्ने कि भारतीय यूनियन को सदस्य बन्ने? मलाई लाग्छ ९०% नेपाली ले मोदी प्रधान मंत्री चाहियो भनलान। बहुमत ले भारतीय यूनियन को सदस्य बन्ने भनेमा प्रक्रिया शुरू। बिहार र उत्तर प्रदेश को उत्तरी सीमाना झन उत्तर पुग्छ, राजमार्ग सम्म शायद। उत्तराखंड को पुर्वी सीमाना ले कर्णाली लिन्छ र त्यस राज्य को नया नाम शायद खसान होला। बाँकी पुर्वी पहाड़, सिक्किम दार्जिलिंग मिसाएर नया राज्य। शायद त्यसको नाम नेपाल रहला। अथवा सिक्किम जस्ता तस्तै छोडेर दार्जिलिंग मात्र मिसाएर नया राज्य। भारत मा रहेका ८० लाख नेपाली ले भारतीय नागरिकता पाएर उनी हरु पनि उँभो लाग्ने भए।

नेपाल मा अहिले जनजाति ले जे खोजेका छन सिक्किम मा अहिले छ। जनजाति हरु त्यहाँ का शासक वर्ग। कर्णाली ले खोजेको उत्तराखंड मा छ।

I identify with the 1.3 billion Indians as a Madhesi, but for the reasons I do, the Khas and the Janajati also have every reason to identify with the same 1.3 billion Indians. The 30 million Nepalis, of which I believe another 10 million are not yet counted, and another 10 million are outside Nepal's boundaries, for a total of 50 million, are a river that needs to join the 1.3 billion strong Indian Ocean. That makes the most political, economic and cultural sense. That is the fastest way to raise the per capita income of the 50 million Nepalis. The hell with the current political mess.






Barack Obama Is Biologically Superior

Comments