Saturday, September 26, 2015

महंथ ठाकुर: ऐन्टेना नभएको मान्छे

जनता छ सड़क मा। क्रांति गर्दैछ। शहीद हुँदैछ। महंथ ठाकुर ले यो के नौटंकी गरेको? संघीय गठबंधन ले वार्ता हुँदैन भन्ने आधिकारिक अडान लिएको बेला घडी सुशील लाई भेट्नु घड़ी राम वरण लाई भेट्नु -- के नौटंकी हो यो? म त वाक्कै। यो विजय गच्छेदार व्यवहार हो। क्रांति को स्पष्टता धुमिल पार्ने सत्ता पक्ष को प्रपंच सँग को सहकार्य हो। संघीय गठबंधन को आधिकारिक अनुमति बिना यसरी महंथ ले freelancing गर्न भएन। क्रांति प्रति दगाबाजी भएको छ। मधेसी मोर्चा को नेता को भन्ने निर्णय प्रचंड ले सुशील ले गर्छ भन्ने सोंच भएको मान्छे मधेसी मोर्चा को नेता हुन लायक नै छैन। उसै पनि नेतृत्व उमेर ले होइन अंक गणित ले निर्णय गर्ने कुरा हो। हामीलाई काँग्रेस को रोग भित्र्याउनु छैन। महंथ ठाकुर freelancing गर्न तत्काल छोड्ने र आफ्ना कदम हरु संघीय गठबंधन सँग coordinate गर्ने। विजय गच्छेदार त्यो संघीय गठबंधन को सदस्य हुनै सक्दैन। त्यो तीन बाहुन दल को एजेंट मान्छे।

वार्ताको वातावरण बनाइदिन आग्रह गर्दै शीतलनिवास पुगे महन्थ
भेटमा राष्ट्रपति रामवरण यादवले वार्ताको माध्यमबाटै सहमतिको समाधान खोज्न आग्रह गर्दै जनतालाई दुख दिने खालको आन्दोलन नगर्न महन्थलाई सुझाव दिएको बताइएको छ । भेटमा महन्थले आफूहरु पनि वार्ताकै पक्षमा रहेको तर वातावरण नबनिरहेकाले सहमतिका लागि पहल गरिदिन राष्ट्रपतिलाई आग्रह गरेको समेत बताइएको छ । यसअघि मोर्चाको सप्तरी बैठकले अहिलेकै अवस्थामा सरकारसँग वार्ता नगर्ने र सीमानाका र राजमार्ग केन्द्रीत आन्दोलन गर्ने निर्णय गरेको थियो ।



No comments: