यो चरी घैंटे संविधान


आन्दोलन मान्छे रहर ले हैन बाध्यताले गर्छन् ।

जनजाती-आदिवासी- मधेसी- थारु को ठाउँमा एक चोटी आफैलाई राखेर स्मरण गर्नुहोस् ।

एकछीनलाई कल्पना गर्नुहोस् आज हाम्रो पाहड-उपत्यकामा मधेसी-थारु वा अन्य कुनै समुदाय/वर्गले बल-छलले जबरजस्ती हामीमाथि राज गरेको भये , हामीहरु के गरनेथ्यो ? जसरी अहिले 10-12 ओटा पहाड़ी जिल्ला संग दुई-तिन ओटा तराई को जिल्ला मिलाउन खोजीएको छ ,त्यसरी नै 10 -12 ओटा तराईका जिल्ला संग 2-3 ओटा पहाड़ी जिल्ला मिलाएर हाम्रो पहिचान (खस-नेपाली )लाई अल्पसंख्यक बनाउने सडयंत्र गरेको भये हामी के गरनेथ्यो ? हाम्रो पहाड़-उपत्यकामा हामीलाई हाम्रो मातृभाषा वाट वञ्चित गरेर जबरजस्ती मैथिल,हिंदी ,वा अन्य कुनै भाषा बोल्न/लेख्न बाध्य पारेको भये हामी के गर्थ्येऔं ?

हाम्रो पाहड़ - उपत्यका वाट आउने आमदनी ,पाहड़ उपत्यकामा खर्च/निवेश नगरी तराईमा खर्च गर्न खोजेको भये हामी के गरथेंयौ ?

आजहामीलाई पनि कुनै समुदाय/वर्ग/जातजाती ले जबरजस्ती हाम्रै ठाउँमा हामीलाई नै हेपेर,दमन गरेर,अत्याचाट गरेर बल छलले राज गर्न खोजेको भये हामी पनि आंदोलन नै गर्थेयौ ।

जसरी हामीलाई हाम्रो खसवादी " नेपाली " पहिचान प्यारो लाग्छ हाम्रो मातृभासा प्यारो लाग्छ त्यसरी नै मधेसी लाई मधेसी पहिचान प्यारो लाग्छ ,थारुहरु लाइ थरुहट प्यारो लाग्छ ,नेवार लाई नेवारी प्यारो लाग्छ ,किराती लाई किराती मगरलाई मगरत प्यारो लाग्छ।

हाम्रो देश नामभाषा-पहिरण प्राय सबै हाम्रै(खस ) पहिचान को अनुरूप छन ,हाम्रो (खस) पहिचानले राष्ट्र लेवल मा सम्मान पाउन सक्छ भने जनजाति-आदिवासी-मधेसी-थारु-दलित हरुको पहिचान राज्य लेवल सम्ममा हामीले किन दिन सक्दैनौ ? हामी किन यति सम्मको स्वार्थी भएको हामीलाई हाम्रो पहाड़-उपत्यकामा अरुको राज कल्पना पनि गर्न सकदैनौ तर मधेसी-थारु हरुको तराईमा चाँही हाम्रो राज होस् भन्ने स्वार्थले देशलाई द्वंद्धमा ढकालिरहेका छौ ।

हामीले हाम्रो पाहड़मा-उपत्यकामा आफ्नो राज गर्न पाकै हो क्यारे ,फेरी किन मधेसी को मधेस मा लोभ गाडणु ,फेरी किन थारु को थारुवाटमा लोभ गाडणु ,किन लिम्बुवान मा लोभ गाडणु कहिले बुझिन ।

आज मधेसीले मधेस मा राष्ट्र को अधीनमा रहेर आफ्नो राज्य आफ्नो पहिचान माग्दैछन भने के गलत मागेका छन र ? आज थारुले आफ्नो थरुहट मागिरहेका छन भने यसमगलत के छ र ? आज लिम्बुवानले आफ्नो पहिचान माग्दैछन् भने के गलत मागेका छन र ?मगरले मगरत मागेका छन भने के गलत मागेका छन र ?

यतिका वर्षसम्म सम्पूर्ण नेपाल (हिमाल-पहाड़-तराई)मा हाम्रै वर्ग राज थियो -देशले के उपलब्धि पायो न त देशको प्रगति भयो न त देशमा दीर्घकालीन शान्ति नै आयो देशलाई पूरै कंगाल बनाइसक्यो ।हामीले न त पहाड़ बनायो न त तराई न त पूर्वको प्रगति भयो न त पश्चिम को नै प्रगति भयो ।

केवल केहि मंत्रीले बिस्तारै बिस्तारै देश को संपत्ति लुटेर बिदेशमा थुपारे ।आज मधेसी थारु जनजाति आदिवासीले राष्ट्रको अधीनमा रहेर आफ्नो तरिकाले आफ्नो पहिचान हक़ अधिकार मागिरहेको बेला हामी आफ्नो स्वार्थको हेर्छौ ।

हामी माथिल्लो वर्गको कसरी छल कपट ले मधेसी माथि राज गर्न सकिन्छ ,थारुहरु माथि राज गर्ने ,लिम्बुवान मा राज गर्ने ,मगर हरु माथी राज गर्ने खाल को स्वार्थी र लोभी सोच को कारण देश यस्तो द्वन्द्ध मा फसेको छ ।आज माथिल्लो वर्गका शासकहरुले यो लोभ ,स्वार्थ , हट त्यागने हो भने देश एक मिनटमा शांत हुन्छ अनि विकास को तर्फ उन्मुख हुन्छ ।

कुनै पनि देश-राज्य प्रगति गर्न को लागि त्यस राष्ट्र/राज्यका सबै जनता मिलेर काम गर्नु पर्दछ । र त्यों राष्ट्र/ राज्यले कसैलाई काखा कसैलाई पाखा गरेर ,जनता मिलेर काम गर्छन् भने कल्पना पनि गर्न सकिदैन ।त्यसैले नेपालमा दीर्घकालीन शान्ति र प्रगतिको लागि समानता अति आवश्यक छ । जनजाति आदिवासी मधेसी थारु हरु लाई उसको हक़ दिनै पर्छ ।

केहि दुई-चारा जना स्वार्थी अहंकारी क्रूर ब्यक्ति हरुको कारण आज देश बर्षो देखि अन्धकार र द्वंद्ध मा उल्झेको छ । स्वार्थले कहिले पनि देश को भलो गर्देन , सबैले स्वार्थ त्यागेर ,दलित जनजाति आदिवासी मधेसी थारु सबैको पहिचान अधिकार सुनिश्चित गरेर सबैले मिलेर देश को प्रगति उन्नति निर्माण मा लाग्नु पर्दछ ।

धन्यवाद |🙏🏻


मधेशी थकित छन र चिंतनशील पनि छन । संवैधानिक राजनीति गरी मधेशी ले केही पाएका छैनन । गजेन्द्र बाबु र सदभावना त्यस्का उदाहरण हुन । संविधान भित्रका कानून , संसद , अदालत,सरकार, स्वायत्त निकाय र संवैधानिक आयोग हरु यस्ता संस्था हुन ठोकिए पछि मधेशी लाई आफनो वास्तविक हैसियत थाहा हुन्छ । आज गैर आवासीय ले नेपाली नागरिकता पायी रहे का छन तर मधेशी हरु लाई अनागरिक बनाउने प्रक्रिया शुरु भई सके को छ । मधेशीले साहस र आत्मविश्वास लगायत अहिले सम्म जे कमाए का छन वा पाएका छन , त्यो ठूलो बलिदानी गरी आंदोलन मार्फत नै पाएका छन । तर अब त्यो समेत गुम्ने अवस्था समेत आई सकेको जस्तो लाग्न थालेको छ । यस्तो आंदोलनहरु को भार मधेशी हरुले कहिले सम्म बोक्ने ?
यो नयाँ नेपालको संबिधान "२०७२" मा..

न मैले मेरो पहाडको घर देखें..
न मैले मेरो छ्तबाट हिमाल देखें..
न मैले मेरो तराईको आँगन देखें..
न मेरो "सुन्दर शान्त विशाल देश "नेपाल" देखें।।

न कोही मेरा नेवार, गुरुङ, राई, लिम्बू नै देखें..
न थारु, मधेसी आफन्तहरु देखें..
न कोहि पीडित दलित छिमेकीहरु देखें..
बरु 
सबैका ढलेका लाशहरु देखें।।

न ईतिहासको गर्व पृथ्वीनारायण भेटें..
न गोर्खाली बिरताको गाथा भेटें..
न जनप्रेमी जननायक बि.पि., गणेशमान,
पुष्पलालहरु नै भेटें,
न तराई, पहाड, हिमालका कोहि सहिद भेटें।।

न पुजा गर्ने पशुपतिनाथ छ त्यहाँ..
न त छ बुद्धको उपदेश नै त्यहाँ..
न रोल्पा छ न रुकुम त्यहाँ..
न कोशी, कर्णाली न गण्डकी नै बगेकोछ त्यहाँ।।

यो नयाँ नेपालको संबिधान "२०७२" मा..

टुक्रै टुक्राहरुमा पोखिएको "ने" "पा" "ल" देखें..
मदेस बलेको, पहाडमा भासेको अनि हिमाल रोएको देखें..

तानाशाह, बादशाहहरुको नव श्री३, श्री५ हरुको राज देखें..
राणाकाल, शाहकाल भन्दा भयंकर अकाल देखें..


भ्रष्टाचारी, कालो बजारी भित्रभित्र छ..
महामारी, हाहाकार अनि आतंक यत्रतत्र छ..
नेपाली होईन कांग्रेसी, कामरेड भन्नुमा सबलाई गर्व छ..

दिपावली मनाउने आदेश छ देशमा किनकी गोली र ओलीको अब पालो छ।।







Comments