Friday, September 18, 2015

जयशंकर



भारतीय विशेष दूतका पाँच चेतावनीयुक्त प्रश्न
तीन मुख्य नेताको एउटै जवाफ- हामी समेट्छौं
उनले भावी प्रधानमन्त्रीका रुपमा हेरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष प्रचण्डलाई भेटेर दिल्लीको चेतावनीपूर्ण सन्देश सुनाएका छन् । ......

विदेशसचिव प्रष्ट सन्देश लिएर आएका थिए । एमाले स्रोत भन्छन्-‘भारत अहिलेको प्रक्रियाप्रति रुष्ट रहेको प्रष्ट सन्देश दिएको छ र ठिक हुन्न नै भन्ने भावमा प्रस्तुत भएको छ ।’

१. सेना, सशस्त्र प्रहरी र प्रहरीलाई ब्यारेकबाट निकालेर, कर्फ्यू लगाएर जारी हुने संविधानलाई हामीले कसरी स्वागत गर्न सक्छौं ?
२. भारतसँग सीमा जोडिएका सवै जिल्ला तनावग्रस्त छन् । के यसले हामी (भारत)लाई असर गर्दैन ? त्यस्तो अवस्थामा हामी कसरी टुलुटुलु हेरेर बस्न सक्छौं ?
३. असोज ३ गते संविधान जारी भएपछि ४ गतेबाट बोझ हल्का हुन्छ भनेर सोच्नुभएको होला । के तपाईंले सोंचेजस्तै हल्का होला भन्ने ठान्नुभएको छ ? यदि स्थिति भड्कियो भने कसरी सम्हाल्नुहुन्छ ?
४. काठमाडौं र मधेसको दुरी बढेको भन्ने मधेसी समुदायको ठूलो गुनासो छ, यसलाई ‘ग्राउण्ड लेभल’ बाटै सम्बोधन नगरी ल्याउने संविधानले कसरी स्थिरता ल्याउँछ ?
५. नयाँ संविधानलाई विश्वले समर्थन गरे पनि भारतले समर्थन गरेन भने त्यसले के अर्थ राख्छ ?

मोदीका विशेष दूतका रुपमा आएका विदेश सचिव निकै कडा रुपमा प्रस्तुत भएका थिए । एक अधिकारी भन्छन्-‘कुनै पनि डिप्लोम्याट यसरी प्रस्तुत भएको हामीलाई थाहा छैन ।’

........ भारतले तराई मधेस र थारुहरुको अधिकारलाई संविधान बन्नुअघि नै सम्बोधन होस् भन्ने चाहेको थियो । त्यो अब लगभग अन्त्य भइसकेको छ । अब कुनै राजनीतिक सहमति गर्ने र संविधान जारी भएको केही निश्चित समयपछि संशोधनमार्फत सम्बोधन गर्ने विकल्प मात्र छन् । ...... प्रधानमन्त्री कोइराला, एमाले अध्यक्ष ओली र एमाओवादी अध्यक्ष प्रचण्ड तीनै जनाले केहीलाई संविधान जारी हुनु पहिले र केहीलाई पछि समावेश गरेर अगाडी बढ्ने एउटै जवाफ दिएका छन् । ..... विदेश सचिव जयशंकरले नयाँ संविधान घोषणा हुनु अघि नै मधेसीहरुलाई सहमतिमा ल्याउन सुुझाव दिएका छन् । ....... हिंसात्मक आन्दोलन नगर्न र धेरै माग राख्नुभन्दा मुख्य मागहरु राख्न र वार्तामा बस्न सुझाव दिएका छन् ।


लैनचौरमा मधेसी मोर्चाका नेता र जयसंकरवीच छलफल
हामीले आफ्ना माग प्रष्ट पार्‍यौं - लक्ष्मणलाल
मधेसमा अहिलेसम्म ४१ जनाको मृत्यु भइसकेको

No comments: