मधेस का बुहारी

मंडले राष्ट्रवादी हरुले बुझ्नुपर्ने कुरा यहाँ के पर्यो भन्दा मधेसी ले विदेशी सँग बिहे गरेको हुँदै होइन। जनकपुर को मान्छे ले जब मलंगवा अथवा सीतामढी मा बिहे गर्छ त्यो देश बिदेश को कुरा त्यहाँ हुँदै हुँदैन। मधेसी हरु ले international marriage गरेका होइनन्।

मेक्सिकन अमेरिका पस्यो भनेर डोनाल्ड ट्रम्प ले कति कराएको छ। तर नेपाल का ८० लाख मानिस भारत मा गएर काम गरेका छन। जब कि भारत अमेरिका जस्तो धनी देश होइन। र यी ८० लाख अधिकांश पहाड़ी छन। यस्तो "उदारता" भारत ले किन देखाएको? त्यही मधेसी बुहारी ले गर्दा। नेपालको तीन जना मध्ये एक जना भारत मा छ।

नेपाल र भारत को जुन सम्बन्ध छ यसको अर्को उदारहण विश्व मा छैन जस्तो लाग्छ मलाई। कनाडा मा पनि गोरा छन, अँग्रेजी बोल्छन्, तर अमेरिका कनाडा को नेपाल भारत जस्तो छैन। मेक्सिको अमेरिका त free trade zone बनाएर पनि त्यस्तो केही छैन। भौगोलिक रुपले त नेपाल भारत भन्दा अमेरिका मेक्सिको को बोर्डर खासै फरक छैन। म पुगेको छु।

नेपाल भारत को सम्बन्ध लाई युरोप मा जन्मेको modern state को चश्मा ले मात्र हेर्न खोज्ने ले गल्ती गर्छन। किनभने त्यो युरोप मा पैदा भएको जुन modern state को concept छ त्यसमा नेपाल भारत को जस्तो सम्बन्ध का लागि ठाउँ नै छैन।युरोप मा पैदा भएको जुन modern state को पैजामा छ त्यसमा नेपाल भारत सम्बन्ध को खुट्टा घुस्दै घुसदैन। भने पछि कि पैजामा च्यात्ने कि अर्को पैजामा लगाउने। कि पजामा खुकुलो पार्ने।

१९५० को असमान सन्धि भन्छन नेपालमा पहाड़े ले। असमान छ भने भारत लाई असमान छ। नेपाल का मानिस भारत मा गएर जत्ति पनि काम गर्न पाउने तर भारत का मानिस त्यसरी नेपाल आउन पाउने भन्ने छैन। यो उटपट्याङ्ग कुरो हो। नेहरू ले व्हिस्की खाएको बेला सही गरेका हुन कि? बांग्लादेश पनि मित्र देश नै हो भारत को। उसलाई त्यस्तो छैन। इंदिरा गांधी व्हिस्की नखाने परी।

यूरोपियन यूनियन एउटा राजनीतिक कांसेप्ट हो। पश्चिमा देश हरुमा त्यसलाई अत्यन्तै cutting edge भन्ने गरिन्छ। यति सार्हो cutting edge कि जति प्रयास गर्यो हुँदै नहुने। फेल खाइहाल्ने। कहिले ग्रीस टाट पल्टिन्छ त कहिले फ्रांस नै टाट पल्टिन्छ कि भन्ने डर लाग्छ। Modern State को जन्मदाता ठान्ने युरोप ले यूरोपियन यूनियन बनाउन सकेको छैन। राजनीतिक एकीकरण हुने त कहिले हो कहिले! तर आर्थिक एकीकरण गरेका देश हरुमा पनि एउटा देश को मान्छे अर्को  देशमा गएर काम गर्न पाउने तर त्यो देशको मान्छे त्यसरी नै यो देशमा आएर काम गर्न नपाउने छैन। भने पछि यो नेपाल भारत को १९५० को सन्धि त -- यो त नेहरू ले व्हिस्की र ब्रांडी मिसाएर खाएको हुनुपर्छ। किनभने यो पश्चिमा राजनीतिक vocabulary मा ६५ वर्ष अगाडि त के अहिले पनि छैन। यो नेपाल भारत बीचको १९५० को सन्धि युरोप को आर्थिक एकीकरण को पैजामा मा छिर्दै छिर्दैन!

सुर्य नजिक टाढा अंतरिक्ष बाट आएका किरण किन बाङ्गिन्छन् -- शुरुमा physicist हरुले बुझ्दै बुझेनन्। त्यो बुझ्न आइंस्टाइन पैदा हुनुपर्यो। त्यस्तै नेपाल भारत बीचको १९५० को सन्धि बुझ्न सक्ने युरोप अमेरिका मा एउटा पनि राजनीति शास्त्र डिपार्टमेंट नै छैन।

५०० वर्ष अगाडि भारत मा चीन मा सभ्यता थियो। युरोप मा बर्बर मानिस हरु थिए।

नेपालमा समस्या के पर्यो भने १००% भारतीय रगत भएका मानिस हरु (मधेसी जनजाति नेपालमा लोकल हो, खस हरु १००% भारत बाट आएका) Indophobia बाट ग्रस्त भएर बिना व्हिस्की बिना ब्रांडी संविधान लेख्न खोजेर, युरोप को Modern State पनि नबुझ्ने (त्यसमा त धर्म निरपेक्षता हुन्छ, एक व्यक्ति एक मत हुन्छ, प्रेस स्वतंत्रता हुन्छ) अनि १९५० को सन्धि संभव बनाएको मधेस का बुहारी माथि नै अटैक!

बोर्डर वारि पारि बिहेबारी भएको हुँदै होइन। बिहेबारी हुँदै गरेको ठाउँ मा, लाख वर्ष अगाडि देखि बिहेबारी हुँदै गरेको ठाउँ मा ब्रिटिश र राणा ले बोर्डर कोरेका हुन। प्रत्येक वर्ष अयोध्या बाट जनकपुर जनती आइपुग्छ।


India is a "European Union" that is actually working. 

Comments