Pages

Thursday, September 10, 2015

In The News (53)

एक फेर सबैले हेर्नु पर्ने भिडियो /

सबैले यो भिडियो एक फेर हेर्नुहोला र सेअर गर्न पनि नभुल्नु होला किनभने यस्तो बास्तबिक कुरा सबै सामु पुर्याउनु पर्छ /

Posted by Binod Sen Thakuri on Thursday, September 3, 2015


गच्छदारको प्रश्न- कैलाली-कञ्चनपुरका ५ लाख थारु सीमापारी शरण लिए भने?
मेरै घरमा लिएर भात, मासु, ह्वीस्की खुवाएर उनीहरुको मनोविज्ञान बुझेर यहाँसम्म लिएको हुँ।
झापा पुगेर गच्छदारले भने- झापा, मोरङ, सुनसरी पहाडमा गाभ्न मिल्दैन
‘सिन्धुली, रामेछापबाट धनुषा, महोत्तरी अलग गर्न मिल्ने तर इलामबाट झापा र धनकुटाबाट मोरङ, सुनसरी अलग गर्न नमिल्ने तर्क के हो ?’ ...... पूर्वी थारुवान कोचिला प्रदेश सघर्ष समितिले बिहीबार झापाको वितामोडमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै गच्छदारले भने ‘आफ्नो स्वार्थका लागि जथाभावी सीमाकंन गर्ने कामले नै समस्या ल्याएको हो । केपी ओली र कृष्ण सिटौलाहरुको स्वार्थ यहाँ हाबी भएको छ । ‘ झापाका कोचीला, थारु, राजवशी, गन्गाई, ताजपुरीया लगायतका जातिलाई अल्पसंङख्यक बनाएर पेल्ने काम भएको भन्दै पहाडसँग तराईलाई कुनै पनि हालतमा समावेश गर्न नहुने उनको जोड थियो । ..... तनि दल सात प्रदेशमै अडिग रहने हो भने झापा, मोरङ र सुनसरीलाई अहिलेको प्रदेश नम्बर दुईमा गाभ्नुपर्छ ।’ उनका अनुसार कैलाली, कञ्चनपुर लगायतका जिल्लालाई नवलपरासी, अर्घाखाँचीहरुसँग मिलाउनुपर्छ । ‘यसले पनि समाधान दिनसक्छ’, उनले भने ‘झापा, मोरङ, सुनसरीको अलग प्रदेश बनाउँदा पनि हुन्छ ।’ ....

‘आफ्नो स्वार्थका लागि जथाभावी सीमाकंन गर्ने कामले नै समस्या ल्याएको हो,’ उनले भने ।

आन्दोलन थप सशक्त र शान्तिपूर्ण बनाउने निर्णय आज भैरहवामा भएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शिर्ष नेताहरुको बैठक...

Posted by Madhesi Community on Thursday, September 10, 2015




संघको अहवान काठमाण्ढौ तेल नलगने चालको समर्थन भोली देखि सयै गाडी साउको घरमा...

Posted by Condition of Janakpur Dham on Thursday, September 10, 2015

गच्छेदार आंदोलन मा त आयो, तर उसको एजेंडा के हो?

गच्छेदार आंदोलन मा त आयो, तर उसको एजेंडा के हो? झापा केपी ओली लाई दिने, कंचनपुर देउबा लाई दिने --- त्यो गच्छेदार को व्यक्तिगत एजेंडा हो। क्रांति को एजेंडा त्यो होइन। यो चार हप्ता अगाडि शुरू भएको क्रांति, गच्छेदार को घर मा बल्ल अख़बार आइपुगेको हो? ए, क्रांति त शुरू पो भएछ भन्ने समाचार पाएको हो? ट्यूबलाइट।



गच्छदारले यसरी सुरुवातगरे तराई मधेशको कमान्डिङ, मधेशमा गच्छदारको दमदार वापसी
आफ्नै पार्टी र मधेश केन्द्रित राजनीतिक दलहरूको चर्को दवाव खेप्दै आउनुभएका मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले तराई मधेशको आन्दोलनको नेतृत्व आफूले सम्हाल्ने तयारी गर्नुभएको छ । ..... संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई चुनौति दिँदै शरतसिंह भण्डारी र राजकिशोर यादवको पार्टीसँगको सहकार्यमा हालै नयाँ मोर्चा गठन गर्नुभएका गच्छदारले सोमबार गृह जिल्ला सुनसरीदेखि आन्दोलनको घोषणा गर्नुभएको छ । ..... गच्छदारले इटहरीमा सोमबार भएको विशाल जनसभालाई सम्बोधन गरेर तराई मधेशको आन्दोलनको कमान्डिङको संकेत दिनुभएको हो । विरोध सभाको मञ्चमा बस्नु भएका गच्छदारको उपस्थिति नै दमदार थियो । उहाँका छेउछाउमा बसेका अन्य नेताहरू साधारण देखिएका थिए । गच्छदार विशाल विरोध सभामा प्रमुख अतिथिका रुपमा सहभागी हुनुहुन्थ्यो । यो नै तराई मधेशको कमान्डिङ आफूले लिएको संकेत सबैलाई दिन चाहनुहुन्थ्यो । ..... त्यति मात्रै होइन गच्छदारले आफ्ना दलका सभासद र केन्द्रीय नेताहरूलाई आआफ्ना जिल्लामा गएर आन्दोलनको बागडोर सम्हाल्न निर्देशन दिनुभएको छ । ..... फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीका अनुसार सभासद र केन्द्रीय नेताहरूलाई जिल्लामा गएर मोर्चा सम्हाल्न अध्यक्ष गच्छदारले निर्देशन दिनुभएको छ । ...... ‘आफ्ना अधिकारका लागि मधेश र थारुको आन्दोलनलाई हामीले नेतृत्व दिनुपर्छ’, चौधरीले भन्नुभयो, ‘सकिन्छ भने संयुक्त व्यानरमा होइन भने फोरम लोकतान्त्रिकको झण्डा र व्यानरमा आन्दोलन हुन्छ । पूरा योजना बनाएका छौं । आन्दोलन शान्तिपूर्ण र व्यवस्थित हुन्छ ।’ ...... राजनीतिका माहिर खेलाडी गच्छदार पूरा योजना र शक्तिका साथ तराई र मधेशको अनियन्त्रित आन्दोलनलाई नियन्त्रणमा लिइ दिशा दिनुहुनेछ भन्ने राजनीतिक विश्लेषकहरूको बुझाइ छ । ...... तराई र मधेशको आन्दोलन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र थारु संयुक्त संघर्ष समितिको नियन्त्रण बाहिर गएको आरोप लाग्दै आएको छ ।

आमा र बाबु, आमा वा बाबु, न आमा न बाबु

आमा र बाबु, आमा वा बाबु वाला जुन विवाद छ त्यो पहाड़ी हरु बीच भएको आतंरिक विवाद हो। त्यो मधेसी का लागि गरिएको छलफल नै होइन।

न आमा न बाबु। त्यो हो मधेसी सँग सम्बद्ध छलफल, जुन भएकै छैन। हुनुपर्ने तर भएको छैन। ४३ लाख मधेसी छन। नागरिकता पत्र छैन। त्यो मानव अधिकार को हनन हो। कसै लाई stateless बनाएर राख्न पाइँदैन।

सन १९५८ सम्म त एक जना मधेसी सँग पनि नेपाली नागरिकता थिएन। भूमि लिएको चाहिँ १८१६ र १८६० मा।

नया संविधान घोषणा भएको दिन नेपाल को भूभाग मा स्थायी रुपले बसोबास गरेका सबै लाई घर घर गएर नेपाली नागरिकता पत्र प्रदान गरिनेछ बाट शुरू गर्नु पर्छ।

मधेसी  देशको सर्वोच्च पदमा पुगेर पनि एउटा जाबो ड्राइवर/खलासी/चपरासी गृह मंत्री ले अपमानित गरिदिने कारण नै त्यो नागरिकता पत्र बाट वंचित मधेसी जमात हो। अरुले पायेन त के भो, मैले त पाएको छु भन्ने ठाउँ छैन।

सन १९५८ सम्म एक जना मधेसी सँग पनि नेपाली नागरिकता नहुनु। अहिले ४३ लाख सँग नहुनु, अर्को ३० लाख सँग दोस्रो दर्जाको नागरिकता हुनु, अनि बाँकी ३० लाख सँग मात्र कागजी नागरिकता पत्र हुनु --- यो प्रगति होइन मानव अधिकार को हनन हो।

लोकतंत्र मा सबै पहिलो दर्जा को नागरिक मात्र हुन्छ। अनागरिक कोही हुँदैन। होइन भने नाकाबंदी हुन्छ। यो २१ औं शताब्दी मा आएर दासता को कुरा!

शत प्रतिशत मधेसी ले नागरिकता पत्र पाउनु अगाडि को प्रत्येक चुनाव अवैध चुनाव हो।

१० वर्ष भित्र नेपाल, भुटान, भारत, बंगलादेश को आर्थिक एकीकरण गर्ने निर्णय भइसकेको छ। त्यो भनेको यी चार देश एक देश जस्तो हुने हो। जुन सुकै देशको मान्छे जुन सुकै अर्को देशमा गएर काम गर्न पाउने। त्यो एउटा आधुनिक प्रगतिशील अवधारणा हो।

मधेसी लाई अनागरिक बनाएर राख्ने सोंच छुवाछुत, कमैया प्रथा जस्तो primitive कुरा हो। यो एउटा सामाजिक कुरीति नै हो। शत प्रतिशत मधेसी ले नागरिकता नपाएको नेपाल मधेसी लाई स्वीकार्य छैन।

मधेस प्रति व्यक्ति आयमा देशमा सबै भन्दा पछाडि रहेको नंबर एक कारण नै यो नागरिकता समस्या हो। नागरिकता पत्र छैन भने पढ्न पायेन, जागीर खान पायेन, आफ्नो नाममा जग्गा हुने भएन। नागरिकता पत्र छैन भने पासपोर्ट हुने कुरा भएन। मलेशिया कतार जान पायेन। अरुको मा ज्याला मा काम गर्नु बाहेक अरु के उपाय रहन्छ?

माओवादी ले दलित लाई हेर्छ भन्ने कुरा गलत हो। एमाले ले गरीब लाई हेर्छ भन्ने कुरा गलत हो। यो नागरिकता पत्र समस्या समाधान गर्नु हुन्न भन्ने मा दुई एकसे एक छन। एकै बोली बोल्छन्।









In The News (52)

पारीको स्थानिय स्तरको सहयोगमा प्रमुख नाकाहरु ठप्प ।
सरकारले सेना सहितको उच्च सुरक्षा घेरामा नाकाहरु वाट समान पास गराउन थाले पछि मधेशमा अवस्था थप भडकिएको थियो । पछिल्लो तीन दिन देखि भारतीय स्थानिय स्तरको सहयोगमा नाकाहरु पुर्ण रुपमा ठप्प छन । ...... जारी आन्द्योलनको प्रभाव वढाउनका लागी मधेशी मोर्चाको स्थानिय नेताहरु सिमापारीको स्थानिय स्तरमा समन्यन गरेर नाकालाई पुर्ण बन्द गराउन थालेका छन । नाका भएको क्षेत्रमा सरकारी पक्षले उच्च सुरक्षा वल प्रयोग गरेर राती राती मालसमानहरु काठमाडौ ल्याईरहेका थिए । जसका कारण आन्द्योलन प्रभाव काठमाडौमा कम देखिएको निष्कर्ष मधेशी मोर्चाले निकाले पछि मधेशी नेताहरुले यस्तो उपाय निकालेका छन । अधिकांश प्रमुख नाका गएको दुई दिन देखि पुर्ण रुपमा ठप्प छन । हालै विरगंजको सिमावर्ती सहर रक्सौल, सुनौली नाकाको सिमावर्ती सहर गोरखपुर सहितका प्रमुख नाका पर्ने भारतीय सहरमा मधेशी मोर्चाका केही नेताहरु पुगेर उता तर्फ समन्य गर्न थालेका छन । गएको २६ दिन देखि मधेशको पुर्व देखि पश्चिम सम्म पुर्ण रुपमा आन्द्योलिन रहदा पनि काठमाडौमा देखिएको उदासिनताका कारण मधेशमा थप आक्रोशहरु देखिन थालेका छन । ..... मोर्चाले जारी आन्द्योलनलाई थप सश्क्क्त पार्दै नाकाहरु पुर्ण रुप्मा ठप्प पार्ने निर्णय पनि गरेका थिए । ..... आज जनकपुरमा तनावको वातावरण सिर्जना भएपछि स्थानिय प्रशासनले भोली विहान देखि अनिश्तिकालिन क्फुर्य जारी गरेका छन । यद्यपी स्थानिय मोर्चाले

धनुषाको गाउ गाउमा कोणसभाहरु गर्दै जनकपुरमा लाखौको संख्यामा मानिसहरु उतार्ने तयारी गरीरहेका छन ।

काग्रेसका मधेशी सभासदहरुले भोली सभामुखलाई प्रक्रियामा भाग नलिने वारे औपचारिक जानकारी गराउदै ।
मधेशी, थारु तथा जनजाती गरेर झण्डै १ सय सभासदहरुको हस्ताक्षर संकलनको प्रयास भईरहेको छ । आज अवेर राती सम्म सभासदहरु हस्ताक्षर सकंलनको लागी खटीरहेको बुझिएको छ ।



























प्रेस-विज्ञप्ति२०७२ भाद्र २४ गतेआफ्नो अधिकारका लागि आमहडताल र आन्दोलनको क्रममा भोली २५ गते ‘चलु जनकपुर भरू जनकपुर’ का...

Posted by Brikhesh Chandra Lal on Thursday, September 10, 2015

जस्मे बल्लम खरिद सकता हु ,जस्मे बरहम खरिद सकता हु ।मेरी खुशीया अगर बिक जाए दोस्तो,तो हर गम खरीद सकता हु मै।।✋✋✋✋✋✋✋✋✋✋अपने सब सँ निबेदन हबे ई भिडीयाे के ये ते सेयर करु कि सब गाेटे के नेपाल सरकार के रबैया अा नेपाल पुलिस के तानाशाही मालुम हाेई।।

Posted by भ्रमरपुरा,महोत्तरी on Monday, August 10, 2015

In The News (51)

५ दिन भित्र प्रहरी चौकीहरु हटाउन मधेसी मोर्चाको धम्की
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सर्लाहीका ४ स्थानमा रहेका प्रहरी चौकीहरु ५ दिन भित्र खाली गर्न धम्की दिएको छ । मोर्चाका नेता कार्यकताहरुले सर्लाहीको मधुवनी, बाराउद्योरण, सीमरा फेनहरा र मधुवनगोठ गाविसमा रहेका प्रहरी चौकीहरु हटाउन धम्की दिएका हुन् । सर्लाहीका प्रहरी नायब उपरीक्षक रमेशकुमार खड्काले ५० जना भन्दा बढी नेता कार्यकर्ताले मोटरसाइकलमा प्रत्येक प्रहरी चौकीमा पुगेर यस्तो धम्की दिएको बताउनु भयो ।

राष्ट्रसंघ फिर्ता जाऊ : मधेशमा भइरहेको सरकारी आतन्क , हत्या , दमन , बिभेद का बिरुध न बोल्ने हो भने नेपालमा राष्ट्र सङ्हक...

Posted by Rajesh Ahiraj on Thursday, September 10, 2015


जनकपुर भाद्र २३

जनकपुर भाद्र २३ गते

Posted by Brikhesh Chandra Lal on Thursday, September 10, 2015

In The News (50)

कांग्रेस,कांग्रेस नहुँदाको संकट
शेखर कोइराला .. शेखर अहिले विगत कालदेखिको कोइराला कांग्रेसको गुटगत हठ, अहं र अराजकताको नेतृत्व गर्न खोजिरहेका देखिन्छन् । उनी विगतमा छ प्रदेशबाट सात प्रदेशको विभाजनमा लचिलो हुने वर्तमान नेका नेतृत्व तराइमधेसको रक्तपातपूर्ण आन्दोलनमा किन संवेदना हीन देखिन्छ भन्दै नेतृत्व प्रति मधेस विरोधी भएको अत्यन्त गम्भीर मनोगत आक्षेप लागाउँदै छन् । शेखर कोइरालाको उक्त आक्षेप जातीय दुर्भाव फैलाउने खालको रहेको स्पष्ट हुन्छ । छप्रदेशबाट सात प्रदेश बन्नुका पछाडि जातीय संकीर्ण भावना नभएको उनी आफैँले बुझी बुझी फतुर आरोप लगाइरहेका छन् । जब कि कैलाली र टिकापुरमा भएको आन्दोलन सिदासादा आदिवासी थारु जनताका काँधमा बोकाएको बन्दुक हो,नियोजित नरसंहार हो,नेपाली जनताको एकातामा धाँजा पार्ने सुनियोजित खेल हो । सिके राउत,वैद्य माओवादी,विप्लव माओवादी,राजावादी र राष्ट्रिय पार्टीका केही विखण्डनवादी र अराजकतावादी तत्वको सुविचारित निर्मम हत्या हिंसा प्रकरणलाई अझ प्रोत्साहित गरेर शेखर कोइराला के गर्न खोजिरहेका छन् ? ......

२०१५ सालमा दुई तिहाइ संसद् सदस्य जितेको नेकाले २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रको खुल्ला अपहरण गर्दा किन कोही सडकमा उत्रिएनन् ?

...... १२५ जाति भएको मुलुकमा अमुक जातिलाई अमुक भूगोल किटानीका साथ प्रदेश बाँडफाँड गर्नु सम्भव होला ? यो कुरा कोइरालाले राम्रै बुझेका छन् तर बुझ पचाइरहेको देखिन्छ ।
यसरी हुन्छ मालपोत काठमाडौमा खुलेआम घुसखोरी
मालपोत कार्यालय कलंकी घुसखोरीको अखडा ..... बाबुराज महर्जनले जग्गा किनेको राजस्व ७२ हजार तिर्नुपर्नेमा मालपोत कार्यालय परीसरमा रहेको नेपाल बैंक लिमिटेडले ७४ हजार रुपैयाँ लिएर २ हजार फिर्ता नदिएपछि महर्जन परीवारद्धारा पत्रकारलाई खवर । लेखापढी व्यवसायी महिलाद्धारा काम छिटो गर्नका लागि २ हजार लिएको भन्दै उनीहरुलाई बाहिर लगेर विषयबस्तु साम्य पार्ने प्रयास ।..... मालपोत कार्यालयमा फाईलपिच्छे पाँचसय रुपैया घुस लिने गरेका छन् । तर उनीहरुको लागि घुसको प्रवन्ध भने लेखापढी व्यवसायीले मिलाउने गरेका छन् । सेवाग्राहीका फाईल बोकेर जाने लेखन्दासहरुले मालपोत कार्यालयका कर्मचारी र सेवाग्राही विच घुसको कुरा मिलाउँछन् । ‘कर्मचारीहरुसंग हामी सिँधै गयौँ भने तपाईँको फाईल मिलेन भनेर उठेर हिँडने रहेछन्’ आफन्तको जग्गा पास गर्न पुगेका पत्रकार गोपाल मरासिनीले भने ‘लेखन्दासहरु गएर पैसा दिएभने चारदिनको काम उत्तिखेरै बन्ने रहेछ ।’ ....... मरासिनीले मालपोत कार्यालय परीसरमा रहेको हरेक फाँटमा घुसविना फाईल नै अगाडी नबढ्ने बताए । मालपोत कार्यालयभित्र हुने कुनै कारोबारको लागि जति रकम दिएपनि फिर्ता नहुने उनले बताए । ‘मालपोतका कर्मचारीले त खुलम्खुला घुस खान्छन्’ मरासिनीले भने ‘कार्यालय परीसरमा रहेको नेपाल बैंकले सम्म जति रकम दिएपनि फिर्ता गर्दैन ।’


कोशीब्यारेजदेखि कमलाबलानसम्मको महेन्द्र राजमार्गमा सेना परिचालन गरिने
टीकापुर घटना माओवादीका पुर्व लडाकु संलग्नः मानव अधिकार आयोग
विराटनगरमा अर्को मोर्चा गठन, मातृकादेखि टाइगर्स पार्टी एउटै मोर्चामा
मोर्चा संयोजक पूर्व डिआईजी भक्ति माझी ..... तराईमा भूमिगत सशस्त्र संघर्षमार्फत राजनीतिमा आएको जनतान्त्रिक तराई मधेस मुक्ति टाइगर्ससमेत सहभागी रहेको यो मोर्चाको नेतृत्व फोरम लोकतान्त्रिकले लिएको छ। ..... ‘संघीय समाजवादी मोर्चा’ .... यो मोर्चाले मोरङमा भइरहेको आन्दोलनलाई थप सशक्त पार्ने घोषणा पनि गरेको छ। जनतान्त्रिक तराई मुक्ति मोर्चा टाइगर्सको तर्फबाट पत्रकार सम्मेलनमा सहभागी बन्न मोहम्मद इश्लाम आएका थिए । .... मोरङमा मात्र गठन भएको मोर्चाको संयोजक फोरम लोकतान्त्रिक मोरङका अध्यक्ष भक्तिनाथ माझी हुन्। पूर्वडिआईजी माझीले रिटायर्ड जीवनलाई राजनीतिमा प्रवेश गर्दै फोरम लोकतान्त्रिकमा पुगेका हुन्। ..... संविधानसभाको दोस्रो निर्वाचनमा उनी मोरङ क्षेत्र नं. ७ बाट उठेका थिए । उनी नेपाली कांग्रेसका नेता महेश आचार्यसँग पराजित भएका थिए । मोर्चामा मधेसी जनअधिकार फोरम गणतान्त्रिक, राष्ट्रिय मधेस समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी, मातृका समूहको नेकपा (माओवादी), थरुहट तराई पार्टी, जनतान्त्रिक तराई मधेस मुक्ति टाइगर्स, थारु कल्याणकारिणी सभा, कोचिला संघर्ष समिति, राष्ट्रिय जनता दल र मधेसी जनता दल (समाजवादी) रहेका छन्। ...... ‘हामी आन्दोलनमै थियौं, आन्दोलनमै छौं र हामीले गर्ने बन्द हडताल नै हो,’ पूर्व डिआईजी माझीले भने, ‘आन्दोलनलाई थप सशक्त बनाउन मोर्चाबन्दी गरेका हौं ।’ माझीले बन्द यथावत् हुने र अन्य कार्यक्रम पछि सार्वजनिक हुँदै जाने बताए। ...... संयोजक माझीले टाइगर्स समूहसँग मोर्चाबन्दी गरिएको बताए । ‘पूर्व भूमिगत हो, अहिले पार्टी हो,’ माझीले भने । टाइगर्सले धेरै पहिले सरकारसँग वार्ता गरेको थियो । टाइगर्स समूह वार्तापछि गत संविधानसभाको दोस्रो चुनावमा सहभागी बनेको थियो।
वार्ताको वातावरण नबनेको मधेशी मोर्चाको निष्कर्ष
'गच्छदारसँग आन्दोलनको मैदानमा सहकार्य हुन्छ' ..... भैरहवामा बिहीबार बसेको मोर्चाको बैठकले आन्दोलनको वातावरण बनाउन पुरानै शर्तहरु दोहोर्‍याएको छ। ..... संविधान निर्माण प्रक्रिया केहीदिन रोक्नु पर्ने, सेना परिचालन फिर्ता गरिनुपर्ने, विगतका सहमति कार्यान्वयन गर्नुपर्ने शर्त दोहोर्‍याएको उनले जानकरी दिए। ..... उनले विजय कुमार गच्छदारलगायत आन्दोलनमा रहेका सबैसँग सहकार्य गर्न मोर्चा तयार रहेको बताए। ..... उनले भने, 'हामी सबैसँग सहकार्य गर्छौँ, उहाँहरुसँग पनि सहकार्य गर्न मोर्चा तयार छ। अब आन्दोलनको मैदानमा नै उहाँहरुसँग सहकार्य हुन्छ।'

संविधान सभा भित्र विद्रोह

संविधान सभा भित्र विद्रोह? यो विद्रोह होइन। व्हिप जारी नहुने संविधान सभा मा यो नितांत नार्मल कुरा हो। यो सामान्य कुरा हो।



यसरी हुँदैछ संविधानसभा भित्र वैधानिक विद्रोहको प्रयास
ती तीन दल भित्र करिब ११३ जना मधेशी र थारु सभासद छन् । उनीहरुले मतदानका दिन यसरी फ्लोर क्रस गरे भने प्रस्तावित संविधान पारित हुने छैन । किनभने प्रस्ताव पारित हुन सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ मत चाहिन्छ । यदि तीन ठूला दलका मधेशी र थारु सभासदहरुले मतदान गरेनन् भने दुई तिहाइ पुग्दैन । ...... संविधानसभामा ह्वीप नलाग्ने हुनाले यदि सभासदहरुले पार्टीको प्रस्ताव अनुसार मतदान नगरी फ्लोर क्रस गरेमा पनि वैधानिक ढंगले पार्टीले कारबाही गर्न नसक्ने कानुनी प्रावधान छ । उनीहरुको सांसद पद कायमै रहने हुन्छ । पार्टीले केवल आफ्नो अनुशासन तथा भविश्यको पार्टी पद तथा भावी राजनीतिक पदहरुको लोभ देखाएर मात्र आफ्ना सांसदहरुलाइ आफ्नै प्रस्तावमा मत राख्न लगाउन सक्दछ । ..... उच्च श्रोतका अनुसार नेपाली कांग्रेशका ५२ जना मधेशी र थारु सभासदहरु मध्ये आधा भन्दा बढी यसका लागि तयार भएका छन् । तर श्रोतका अनुसार एमाले र एमाओवादीका मधेशी र थारु सभासद मध्ये बहुसंख्यक फ्लोर व्रmस गर्न तयार नभए तीन ठूला दललाई दुई तिहाइ मत पुर्‍याउन नदिने प्रयास सफल नहुने भएकोले उनीहरुको प्रयास अब एमाले र एमाओवादीका सभासदहरुलाइ आफ्नो पक्षमा विद्रोह गराउन लगाउनेमा केन्द्रित भएको छ । एक राजनैतिक विश्लेषकका अनुसार यो काममा साम, दाम, दण्ड, भेद सबै उपाय प्रयोग भयो भने असम्भव नै होला भन्न सकिन्न तर यो धेरै गम्भीर र अति गाह्रो काम हो ।