Pages

Monday, September 07, 2015

In The News (28)



बामे, तिमी झस्केको
क्रांति को रोडमैप

'जेठी भन्छे पानी, कान्छी भन्छे घाम! म एक्लो बुढो कतातिर जाम्!' सानैमा गाउँतिर सुनेको यो उखान अहिले एमाओवादीकालागि चरितार...

Posted by Dr. Baburam Bhattarai on Sunday, September 6, 2015


सशस्त्र प्रहरीले राती साढे १० बजेतीर कुटपिट गरी घाईते...लहान , २१ भाद्र । लहानमा भाषण गरेको ३ घण्टापछि सद्भावना पार्टी...

Posted by सदभावना पार्टी on Sunday, September 6, 2015


Ang Kaji Sherpa lai rihyai garrrr !

Posted by केशामी सरूम्बा on Saturday, September 5, 2015


Leaving from Kalaiya...!found...excessive use of force and super violation of HRhere. More importantly, the peope are seeming more conscious politically...now they are seeking to get organized under a single political flagggg...!




काठमानडाैं बाट भरदाहा सप्तरी अाउदै गरेकाे मुनाल यातायात काे बस न. 7005 मा मधेशी हाे भनी कुटपिट गरि उमेश सरमा लाई बसकाे झयाल बाट बाहिर फालेपछी गम्भीर घाईते भएकाे छ।






शान्तिका अनुयायीहरु सडकमा निस्कनु परेपछि । धर्मरिनपेक्षताको पक्षमा काठमण्डौंको बबरमहलमा भएको बृहत र्याली ..............

Posted by Sanchu Blon Tamang on Sunday, September 6, 2015


पहिचान विरोधी नेताहरुका श्रीमति बनेका नेवा चेलीहरुलाई कवि राजभाइ जकमीको आह्वान ...............

Posted by Sanchu Blon Tamang on Sunday, March 22, 2015


काठमण्डौंमा तामाङहरुको मार्चपास ..........

Posted by Sanchu Blon Tamang on Wednesday, August 26, 2015




मधेस स्वतन्त्र भइयो भने सि के राउत भन्दा पनि बढी सुशील, के पि, झल नाथ, माधब, बाम देब, कृष्ण प्रसाद, प्रचण्ड र बाबुराम जस्ता नेता धन्यवाद का पात्र हुनेछन।

Posted by Lokendra Yadav on Sunday, September 6, 2015






संयुक्त राष्ट्र अमेरिकामा बसोबास गर्ने मधेशीहरुले मधेश आन्दोलनमा सेना परिचालन गरिएको विरोधमा अमेरिकाको अस्टिनस्थित गभर्नर कार्यालयमा धर्ना दिएका छन् । मधेशमा भइरहेको अधिकार प्राप्ति आन्दोलनमा सेना परिचालन उचित नभएको अस्टिन मधेशी समाज युएसए, टेक्सास (Austin Madheshi Society USA, Texas) ले जनाएको छ। युएसए टेक्सासको राजधानी अस्टिनमा मधेशी समुदायले गभर्नर कार्यालयको अगाडि तीन घण्टा धर्ना दिएको हो । समाजले मधेश आन्दोलनको क्रममा भएका घाइतेहरुको उपचारका लागि शुक्रबार ने.रु. पाँच लाख सहयोग समेत पठाएको थियो ।






In The News (27)

सबै मधेसी दल संविधानसभा बाहिर
मध्यमार्गी मानिएको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पनि बाहिरिएपछि संविधान निर्माण प्रक्रियामा कुनै पनि मधेसी दल संलग्न नहुने देखिएको छ। फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार नेतृत्वमा गठित संघीय लोकतान्त्रिक मोर्चाअन्तर्गतका तीन दलसमेत प्रक्रियाबाट बाहिरिएका छन्। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध अरू चार मधेसी दल यसअघि नै प्रक्रिया छाडेर आन्दोलनरत छन्। सद्भावनाले संविधानसभा नै परित्याग गरिसकेको छ। ........ सत्तारूढ कांग्रेसका मधेसी सभासदले संसदीय दल बैठकमा संविधान विधेयकप्रति असन्तुष्टि जनाउँदै आफूहरूले स्वामित्व लिन नसक्ने चेतावनी दिएका छन्। मन्त्रीसमेत रहेका विमलेन्द्र निधिदेखि मधेसी, थारू सभासदले समेत लिखित असन्तुष्टि जनाइसकेका छन्। अर्को सत्तारूढ एमालेभित्र मधेसी, थारू र जनजाति सभासदको असन्तुष्टिबीच अध्यक्ष केपी ओलीले पार्टी निर्देशन उल्लंघन नगर्न निर्देशन दिएका छन्। असन्तुष्टसँग परामर्श गर्नुको साटो सिधै निर्णय थोपर्न खोजेको भन्दै केही केन्द्रीय सदस्य र सभासदले पार्टीका अरू नेतासँग असन्तुष्टि राखिरहेको खुलेको छ। लोकतान्त्रिक मधेसी संगठनका अध्यक्षसमेत रहेका एमाले नेता रघुवीर महासेठले मधेसी सभासदसमेतका सुझाव समेट्दै केन्द्रीय समितिमा असन्तुष्टि बुझाइसकेका छन्। ....... एमाओवादीका मधेसी सभासद र मधेसी राष्ट्रिय मुक्ति मोर्चा यसअघि नै आन्दोलनमा गइसकेको छ। सडकमा ओर्लनुअघि एमाओवादीका मधेसी नेताले अध्यक्ष पुष्पकमल दाहाललाई लाजिम्पाटमा भेट्दै प्रस्तावित विधेयकले मधेसीको माग सम्बोधन गर्न नसक्ने भन्दै आन्दोलनमा ओर्लनुको विकल्प नभएको बताएका थिए। मधेसी नेताको गुनासो सुन्दै दाहालले अहिले मधेसमा जारी आन्दोलनलाई थप प्रस्टता दिन नेतृत्वदायी भूमिका खेल्न आग्रहसमेत गरेका थिए। थरुहट तराई पार्टी, बहुजन शक्ति पार्टीलगायत साना दलहरूले आगामी प्रक्रियामा सहभागी नहुने घोषणा गरेका छन्। ...... ‘यसरी पेलेर जारी गर्न खोजिएको संविधानको स्वामित्व लिन मधेस पटक्कै तयार छैन, जनसंख्याको ठूलो भागलाई बाहिर राख्न खोजिएको छ,’ सहमतिका लागि हुने गरेका अधिकांश वार्ताहरूमा सहभागी फोरम लोकतान्त्रिक उपाध्यक्ष जितेन्द्र देवले कान्तिपुरसित भने, ‘हिमाल र पहाडका जनजातिहरू पनि यसको स्वामित्व लिन तयार छैनन्।’ .......... यो विधेयकमा फेरबदल नभए अनिष्ट हुने चेतावनी आफूहरूले बारम्बार दिए पनि शीर्ष भनिने नेताहरूले नसुन्दा थप संकट आइपर्ने सम्भावना बढेको देवले बताए। स्थानीय मुद्दाका आधारमा हरेक दलभित्रका सभासदहरू जारी प्रक्रियासँग असन्तुष्ट हुँदै गर्दा ठूला तीन दलले संयुक्त संशोधन प्रस्ताव हालेका हुन्। एकथरीले संविधान निर्माण प्रक्रियामा फरक मत राख्नेहरूलाई निषेध गरिएको बुझेका छन्। तर मधेस, थरुहटलगायत क्षेत्रमा जारी संघर्षबीच संशोधन प्रस्तावको अवधि गुज्रे पनि सत्तारूढ दलहरूले सहमति खोज्न सक्ने बताउँछन्, अधिवक्ता दीपेन्द्र झा। ‘अहिले पनि ठूला दलहरूले यो प्रक्रिया कम्तीमा ८–१० दिन रोकेर दलित, मधेसी, महिलालगायतसँग वार्ता आह्वान गर्न सक्छन्,’ झाले भने, ‘केही माग पूरा गर्न सकिनेखालका देखिन्छन्। अधिकतम सहमतिको संविधान जारी गर्ने हो भने त्यसप्रति ठूला दलले उदारता देखाउनुपर्छ।’ ......... झाको विश्लेषणमा दलहरूले सीमांकनमा नवलपरासीको पहाड र कञ्चनपुर छाडेर कैलालीसम्म प्रदेश कायम गर्न सक्छन्। निर्वाचन प्रणालीमा अन्तरिम संविधानकै प्रावधान राखेर जनसंख्या र भूगोलका आधारमा निर्णय लिन सकिने उनले बताए। ‘संशोधन प्रस्तावमा बागलुङको आवाज सुन्नेले अरू भेक र समुदायलाई बेवास्ता गर्नुपर्ने कारण छैन,’ झाले भने, ‘अहिले राज्यले अर्को सम्झौतापत्रका हस्ताक्षर गरिराख्नु पर्दैन, बरु समझदारी बनाएर संवाद समिति वा मस्यौदा समितिमार्फत सिधै संविधान विधेयक सच्याइदिए पुग्छ।’ ...... महन्थ ठाकुरले आइतबार जनकपुरमा बोल्दै ‘ठूला भनिने दलहरूको नश्लवादी हठका कारण मुलुक विखण्डनको बाटोतर्फ लम्केको’ बताए। सद्भावना अध्यक्ष राजेन्द्र महतोले तौलिहवामा बोल्दै २३ दिनयता मधेस संघर्ष भए पनि काठमाडौंले असंवेदनशीलता देखाएको भन्दै धैर्यको बाँध टुट्न लागेको बताए। यस्तो बेला नम्बर जोडजाड गरेर प्राविधिक हिसाबको संविधान जारी गर्न खोजिए उचित नहुने समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले बताए। ‘स्वामित्व लिने जनताको अभावमा आधाभन्दा बढी जनसंख्याले जलाउने संविधानको कार्यान्वयनको कल्पना गर्न सकिँदैन, वैधानिकतामै प्रश्न उठ्नेछ,’ यादवले भने, ‘यो हठ अझै जारी रहे राज्य र जनताबीचको सम्बन्ध अझै कमजोर भएर जानेछ।’ ......... ‘अहिले सबै दलित, जनजाति, महिला सडकमा आएर आफ्नो जनादेशको दुरुपयोग भएको बताइरहेका छन्,’ देवले दाबी गरे, ‘यस्तो बेला भोटको वैधानिकताले मात्रै काम गर्दैन। जनताको वैधानिकताभन्दा कानुनको वैधानिकता ठूलो होइन।’


अझै दुईचार दिन पर्खिन्छु : गच्छदार
‘संविधानसभाबाटै संविधान बन्नुपर्छ’
अब पनि मुख्य दलका नेताहरू जिम्मेवार नभए मुलुक गम्भीर गृहयुद्धमा फस्ने चेतावनी दिए । ..... विराटनगर विमानस्थल ओर्लेका गच्छदारलाई स्वागत गर्न विमानस्थलमै कार्यकर्ताको बाक्लो उपस्थिति थियो । सयौँ मोटरसाइकलमा आएका फोरम लोकतान्त्रिक र थरुहटका कार्यकर्ताले विमानस्थल परिसरमा चर्को नाराबाजी गरेका थिए । ..... सुनसरीको इटहरीमा सोमबार आयोजना गरिएको थरुहटको कार्यक्रमलाई सम्बोधन गर्न आएका गच्छदारलाई कार्यकर्ताले गाडीमा राखेर मोटरसाइकल र्‍याली गर्दै विराटनगर बजार बन्द गराएका थिए । तर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दे गच्छदारले भने, ‘बन्द हडतालले कसैको पनि कल्याण गर्देन् । जनतालाई दु:ख हुन्छ । अर्थ व्यवस्था डगमगाउँछ ।’
कैलालीमा थारुहट पक्षधरको विरोध सभा
सदभाव कायम राख्दै थरुहट आन्दोलन अघि बढाउने
कैलाली कन्चनपुरसहितको थरुहट प्रदेशको माग गर्दै कैलालीको मसुरियामा विरोध सभा भइरहेको छ । .....

टीकापुर घटनापछि कैलालीमा थरुहट पक्षधरको यो पहिलो विरोध सभा हो । कैलालीको मध्य क्षेत्रमा पर्ने मसुरियामा गाउँ गाउँबाट थारुहरु जम्मा भएका छन् ।

..... सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । विरोध सभामा बोल्ने वक्ताले सदभाव कायम राख्दै थरुहट आन्दोलन अघि बढाउने बताइरहेका छन् ।
तरकारीको मूल्य दोब्बर
तीन साताभन्दा बढी समययता बन्दले मध्य तराईका जिल्लामा तरकारीको मूल्य दोब्बर वृद्धि भएको छ। निषेधाज्ञा, दंगाग्रस्त र कफ्र्युका कारण त्रासमा बाँचिरहेका उपभोक्ता महँगो मूल्यमा तरकारी किन्न बाध्य छन्। अधिकांश तरकारी यस क्षेत्रका जिल्लामा उत्पादन हुने भए पनि बन्दले ओसारपसार ठप्प भएकाले महँगिएको हो। ...... यहाँ कफ्र्यु लाग्नु अघिल्लो दिनसम्म प्रतिकिलो सरदर ३० देखि ४० रुपैयाँसम्म रहेको मूल्य वृद्धि भएर ६० देखि १ सय २० रुपैयाँसम्म तिर्नुपरेको उनले बताइन्। घिरौंला, भिन्डी, लौका, भन्टाजस्ता तरकारी ६० रुपैयाँ प्रतिकिलो छन्। बोडी, परवल, करेला, काउली, बन्दा, मूला लगायतको मूल्य ८० देखि १ सय २० रुपैयाँसम्म प्रतिकिलो पुगेको छ। ...... ४० रुपैयाँ प्रतिकिलोमा सजिलै बिक्री हुने काँक्रो आइतवार १८ रुपैयाँमा बिक्री भयो। ७० रुपैयाँमा हारालुछ हुने बोडी ५० मा बिक्न मुस्किल छ। ..... थोक खरिदकर्ताले ढुवानी समस्या हुने भन्दै तरकारीको मूल्य कम दिने गरेका छन्। पहाडमा उत्पादन हुने तरकारी भने ढुवानी महँगो भएको भन्दै बढी मूल्यमा बिक्री भइरहेको छ। पूर्व–पश्चिम राजमार्गसम्म चल्ने सवारीमा आइपुग्ने पहाडी तरकारी ठेलामा मलंगवासम्म पुर्‍याउने गरिएको छ। साइकल, मोटरसाइकल र ठेलामा पुग्ने तरकारी ढुवानी भाडाकै कारण महँगो हुने गरेको हो।


कन्टेनर रोकिँदा दैनिक १० करोड घाटा
रोकिएका कन्टेनरको समेत नियमअनुसार दैनिक भाडा तिर्नुपर्ने भएकाले बन्दका कारण मुलुकभरका सबै व्यवसायीले १० करोड घाटा बेहोर्नुपरेको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको हो। लगातारको तराई बन्दका कारण हजारौं ट्रक भारतीय सीमा क्षेत्रमा अड्किएका छन्। महासंघका अध्यक्ष पशुपति मुरारकाका अनुसार बन्दका कारण भन्सार पास हुन नसकेर

रक्सौल नाकाको भारतर्फ करिब ७० किलोमिटरसम्म ट्रकको लाइन छ।

सबै रोकिएर बसेका हुन्। ‘कोलकाता र सुख्खा बन्दरगाहमा गरेर झन्डै १३ हजार कन्टेनर रोकिएका छन्। यी कन्टेनरको भाडा दैनिक १० करोड रुपैयाँ हुन आउँछ,’ उनले भने। ....... सरकारले सुरक्षाकर्मी परिचालन गरी ढुवानीका सामग्री एस्कर्टिङ गरे पनि प्रभावकारी हुन नसकेको बताए। ‘एस्कर्टिङ गरे पनि सबै कन्टेनर छुट्न सकेका छैनन्। असुरक्षाका कारणले कतिपय भन्सार कार्यालयले समेत छुटाउन सकेको छैन,’ उनले भने,

‘भारतबाट सामान आयात गर्ने मुख्य नाका प्रभावित भएकाले नेपाल नै बन्द जस्तो भएको छ। व्यापार व्यवसायमा दैनिक २ खर्ब घाटा बेहोर्नुपरेको छ।’

..... बन्दले पारेको प्रभाव निकै ठूलो भएको बताइन्। ‘बन्द जारी रहने हो भने व्यवसाय गर्न कठिन हुनेछ,’ ...... राष्ट्र बैंकको एक प्रतिवेदनअनुसार एक दिनको बन्दले झन्डै २ अर्ब रुपैयाँ क्षति हुन्छ। सेवा तथा औद्योगिक क्षेत्रबाट उत्पादन हुने उत्पादन र सेवाबाट गुमाउने उक्त रकम क्षति हुने हो। दुई वर्षअघि अध्ययन गरिएको प्रतिवेदनअनुसार सन् २०१३ भन्दा अघिका ५ वर्षमा मुलुकमा कहालिलाग्दो संख्यामा बन्द हडतालका कार्यक्रम भएका थिए। पाँच वर्षको अवधिमा ४ हजार ४ सय ५१ वटा बन्द हडतालसम्बन्धी घटना भएका थिए। सबैभन्दा बढी राजनीतिक दल र तिनका भ्रातृ संस्थाले बन्द हडताल गरेका हुन्। उक्त अवधिमा ३६ प्रतिशत १ हजार ६ सय २१ दिन राजनीतिक दलले बन्द हडताल गराएका हुन्। बन्द हड्तालकै कारण मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा ० दशमलव ५६ प्रतिशत देखि २ दशमलव १५ प्रतिशतसम्म क्षति पुगेको थियो।

In The News (26)



सर्वोच्च अदालत से पहले ही आदेश हो चुका मधेशी आयोग का लल्ली पप नही चाहिए, समग्र मधेश एक स्वायत प्रदेश से एक इन्च कम नही चाहिए, इस बार नही हुवा तो समग्र मधेश एक स्वतन्त्रत देश घोषणा होगा गाँव गाँव से अवाज उठना शुरू हो चुका है ।



केहि समय अघि सम्म मात्र मधेशीको हक अधिकार को भावाना ले ओतप्रोत देखिएका अमरेश नारायण सिंह हराएको सूचना. कांग्रेसको काठमाडौँ पार्टी कार्यालयमा स्पस्टिकरण पो दिंदै छन् कि.
Posted by Subhash Chandra Shah on Saturday, September 5, 2015



राजनीति गर्नेहरु आफ्नो दल भित्रै आफ्नो भावना व्यक्त गर्न नसक्नु कस्तो बिवस्ता? भिष्मको बिवास्ताले महाभारत निम्त्यायो|यो अवस्था र राजनीति??
Posted by Er Satya Narayan Shah on Sunday, September 6, 2015










शनिबार राती ३ सय ३३ गाडी काठमाडौंतफ गयो
वीरगञ्ज, २० भदौ, स्थानीय प्रशासनले वीरगञ्जबाट सुरक्षा घेरामा ३ सय ३३ ओटा गाडी काठमाडौंतर्फ पठाएको छ । कफ्र्युको समयमा कडा सुरक्षा घेराबीच पेट्रोलियम पदार्थ र अन्य दैनिक अपभोग्य बस्तु बोकेका गाडी पठाइएको हो । जिल्ला प्रशासन कार्यालय पर्साले दिएको जानकारी अनुसार शनिबार राति वीरगञ्जबाट १६६ ओटा डिजेल र पेट्रोलका ट्याङ्कर, २ ओटा एलपी ग्यासका ट्याङ्कर, अन्य उपभोग्य बस्तुका ८६ ओटा ट्रक पठाइएको छ । त्यसैगरी ५० ओटा कण्टेनर, ५ ओटा यात्रु बस र ५ ओटा गाडीका चेसीज १० मिनी गाडी र जिपकार ९ गएको प्रशासनले जनाएको छ भने काठमाडौंतर्फ पठाएको छ । लगातारको कफ्र्युका कारण स्थानीय जनजीवन कष्टकर भए पनि प्रशासनलाई कफ्र्युको समयमा मालबस्तु पठाउन भने सहज भएको छ । २२ दिनदेखिको बन्द र ७ दिनदेखि जारी कफ्र्युका कारण दैनिक उपभोग्यबस्तुको सहज आपूर्ति नहुँदा वीरगञ्जको जनजीवन कष्टकर बनेको छ ।


मधेशी र थारुको आन्दोलनलाई पेलेर जानु पर्छ : ओली
शिर्ष नेताहरुले सिमाकंन लगायतका विषयमा भइरहेको आन्दोलनलाई सम्बोधन गर्न पटकपटक छलफल गर्दा समेत निष्कर्षमा नपुग्नुमा नेकपा एमालेको हात रहेको बताउन थालेका छन् । ..... एकिकृत नेकपा माअ‍ोवादीको पहलमा कांग्रेस सकारात्मक भएपनि एमालेका कारण सम्भव नरहेको एमाओवादीले आफ्ना दोस्रा तहका नेताहरुको बिफ्रिङमा बताएको छ ...... जायज मागहरुलाई सम्बोधन गर्ने पक्षमा रहेका प्रधानमन्त्री तथा कांग्रेस सभापति लगायत एमालेका नेताहरुसँग पटकपटक बसेर छलफल गर्दा समेत एमाले तयार नभएको माओावादी दावी छ । स्रोतका अनुसार

एमाले कुनैपनि मागका बारेमा छलफल गर्न तयार नै छैन ।

...... एकिकृत नेकपा माओवादी थारु, मधेशी, दलित तथा महिला लगायतका मुद्धाहरु जायज भएको भन्दै संशोधन प्रस्तावमार्फत हल गनुपर्ने अडानमा छ । ....... एमालेले माग सम्बोधनको नाममा कांग्रेसको सत्ता लम्ब्याउने खेलमा कतै माओवादीले साथ दिईरहेको त छैन भन्ने आंशकाको स्थितिमा पुगेको छ । ...... कांग्रेस सहमति जुटाउने पहलमा पनि सहभागी छैन, माग सम्बोधन नगर्ने पक्षमा पनि छैन । ....... एमाओवादीको बुझाईमा सबैभन्दा बढी अन्याय थारुहरुमाथि भएको भन्ने छ ...... प्रचण्डले मधेशमा आन्दोलनरत नेताहरु महन्थ ठाकुर र उपेन्द्र यादवलाई टेलिफोन गरी काठमाडौं झिकाएका थिए । काठमाडौंमा माओवादी नेतृत्वसँग उनिहरु दुबैले भेटे छलफल गरेपनि सरकारसँग कुनै भेटघाट र छलफल हुन सकेन ।




मधेश आन्दोलनमा ज्यान गुमाएका प्रति श्रद्धान्जली अर्पण गर्दै वीरगन्जमा सामुहिक मुन्डन
प्रभु साहले एमाओवादीको बैठक छाडे, प्रक्रियाबाटै बाहिरिने
प्रमुख तीन दलबीच संविधान विधयेक संसोधनका विषयमा भएको सहमतिलाई लिएर

एमाओवादीभित्र चर्को विवाद देखिएको छ ।

...... विवादकैबीच पोलिटब्यूरो सदस्य तथा सभासद् प्रभु साह जारी संविधान निर्माण प्रक्रियाबाटै बाहिरिने चेतावनी दिई दलको बैठक छोडेर हिडेका छन् । ......

अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता बाबुराम भट्टराईले दलहरुबीचमा भएको सहमतिबाट आत्मसन्तुष्टी लिन सक्नुपर्ने बताएपछि बैठकमा केही सभासद्ले आक्रोश पोखेका थिए ।

प्रचण्डले तीन दलबीच भएको शनिबारको सहमतिको ब्रिफिङ गर्दा आत्मसन्तुष्टी मिलेको बताएका थिए ।


अश्रुमय बीरगंज, मधेश के वीरों को अन्तिम विदाई
आज १९ भाद्र बीरगंज की सड़क मानव सागर बन गई थी । मधेश के वीरों को अन्तिम विदाई देने के लिए जन समुदाय उमड़ पड़ा था । सबने अश्रुमय नयनों से उन्हें विदाई दी । संयुक्त मोर्चा द्वारा किए गए अनिश्चितकालीन बन्द के क्रम में प्रहरी द्वारा ५ युवाओं की नृशंस हत्या की गई थी । जिनका आज अंतिम संस्कार हुआ है । शहीदों के शव का बीरगंज नगर परिक्रमा करा के तिलाबे नदी में संकार किया गया । सोमवार प्रहरी के द्वारा दिलीव चौरसिया, मंगलवार धर्मराज सिंह, दीनानाथ साह, जयप्रकाश साह, सोहन साह की मृत्यु हुई थी । नारायणी उप क्षेत्रीय अस्पताल से निकली शव यात्रा घन्टाघर, नगवा, लक्ष्मनवा, बारा के नौतन, मनियरी, जगरनाथपुर होते हुए तिलावे नदी पहुँची थी । शवयात्रा के लिए प्रशासन ने ९ से २ बजे तक कफर््यू हटाया था । शव यात्रा में लाखों की संख्या में लोगों ने भाग लिया । विज्ञों का मानना है कि इस कांड में मानवअधिकार का सीधे तौर पर उल्लंघन हुआ है ।
मधेशी शिर्ष नेताहरुको अगुवाईवा मधेशको ठाउ ठाउमा विशाल प्रर्दशनहरु
29 including 10 cops killed during protests against demarcation
सर्वोच्चले पनि मधेशीसँग बेइमानी गर्योः महतो
सावधान मधेशी ! एमालेले खटायो युवा संघ
युवा संघले मधेश आन्दोलनमा उत्रिने आन्दोलनकारीमाथि प्रहार गर्नु, आन्दोलनमा भिजिलान्ते बन्नु र आन्दोलनलाई साम्प्रदायिक तथा हिंसात्मक रुप दिन सुरक्षाकर्मीमाथि पनि आक्रमण गर्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन । .... सडकमा रहेको प्रतिपक्षीविरुद्ध सत्तापक्षले आफ्ना कार्यकर्ता सडकमा उतार्नु घोर अराजनीतिक कदम हो । ..... मधेशी नेता तथा आन्दोलनरत मधेशी जनता युवा संघका कार्यकर्ता र आन्दोलनमा आउने घुसपैठिया तथा भिजिलान्तेबाट सतर्क रहन जरुरी छ ।
'तीन दलको संशोधनबाट मधेसको झन् अपमान'
संघीयताको नाममा फेरि एकात्मक शासन लादने काम भएको छ ..... 'संविधान संशोधनको प्रस्ताव मधेशको हितमा बिल्कुल छैन, यसले समस्यालाई झन जटिल बनाएको छ ।'
एक थान संविधान निर्माणविरुद्ध आज नागरिक विरोध सभा : संग्रौला, लाल र हाछेथुले सम्बोधन गर्ने
मधेशी र थारुको आन्दोलनलाई पेलेर जानु पर्छ : ओली

Sunday, September 06, 2015

मधेसी जनजाति क्रांति २०१५ र संघीय गठबंधन को नेतृत्व

यो मधेसी क्रांति ३ होइन, मधेसी जनजाति क्रांति २०१५ हो र यो संघीय गठबंधन को नेतृत्व मा शुरू भएको हो। तर संघीयता समावेशीता मुद्दा को समर्थन मा अरु पनि आउँछन् भने तिनलाई स्वागत छ।

अनिल झा हरुको एउटा अर्को गठबंधन छ। विजय गच्छेदार ले पनि भुतपूर्व फोरम वाला हरु तीन जनाको एउटा गठबंधन भर्खर बनाएका छन। ती तीन पार्टी संविधान सभा बाट राजीनामा दिएर सड़क मा आउँदा आन्दोलन लाई बल नै पुग्छ। त्यसको अर्को फाइदा के हुन्छ भने उपेन्द्र को फोरम र महंथ को तमलोपा माथि पनि प्रेशर पर्छ र समस्त क्रांति को दिशा नै फेरिन्छ। अहिले जुन बेतुक को माँग छ, कि वार्ता को वातावरण बनाउ, पुरानो सम्झौता लागु गर भन्ने, संघीय गठबंधन ले त्यसलाई revise गर्नु  पर्ने हुन्छ। त्यसलाई सुशील-बामे राजीनामा दे मा पुर्याउनु पर्ने हुन्छ।

संघीय गठबंधन ले अहिले सम्म औपचारिक नेतृत्व को निर्णय गरेको छैन। त्यो गर्नु पर्ने हुन्छ। र त्यो नितांत लोकतान्त्रिक अभ्यास हो। प्रचंड ले चार जना मध्ये महंथ लाई रोजेर उसँग गफ गर्ने हो भने संघीय गठबंधन को नेता महंथ हुने होइन। संघीय गठबंधन को सदस्य पार्टी हरुले मात्र निर्णय गर्न सक्छ त्यो कुरा। अथवा राजेंद्र ले संविधान सभा छोड्दैमा राजेंद्र संघीय गठबंधन को नेता भयो भन्ने होइन, यद्यपि त्यस कदमले क्रांति लाई गति दिन मदत गरेको चाहिँ हो, र राजेंद्र जी को पार्टी लाई ग्राउंड लेवल मा पक्कै पनि फाइदा भएको छ। र यदि संघीय गठबंधन को नेता महंथ होइन भने, राजेंद्र होइन भने बाँकी अरु को पो छ र भन्ने पनि होइन, आटोमेटिक उपेन्द्र नेता हुने होइन। यो कुनै राणा शासन होइन। राणा शासन काँग्रेस पार्टी मा हुन्छ, संघीय गठबंधन मा होइन। यादव थर भएर पनि कोही आटोमेटिक नेता बन्दैन। थर ले नेता बनने काँग्रेस पार्टी मा हो। मातृका पछि बीपी, बीपी पछि गिरिजा आउने, गिरिजा पछि सुशील, अरु तीन चार जना कोइराला लाइन मा छन।

संघीय गठबंधन पार्टी होइन गठबंधन हो। तर पनि यसलाई एउटा विधान चाहिएको छ। संघीय गठबंधन का केंद्र मा रहेका सांसद हरुको निर्वाचक मंडल बन्ने र त्यहाँ ५०% बढ़ी मत बटुल्ने व्यक्ति संघीय गठबंधन को राष्ट्रिय अध्यक्ष बन्ने त्यस प्रतिनिधि सभा को कार्यकाल सम्म का लागि भन्ने गर्नु पर्छ। प्रदेश स्तर मा पनि त्यस्तै गर्नु पर्छ। स्थानीय स्तर मा पनि त्यही। चुनाव जितने हरु को निर्वाचक मंडल गर्ने गर्नु पर्छ।

भने पछि अहिले नेता को? नितांत अंक गणित को कुरो हो। सांसद  हरु को संख्या को हिसाब ले राजेंद्र भन्दा महंथ दोब्बर ठुलो देखियो, महंथ भन्दा उपेन्द्र ५०% बढ़ी ठुलो। र त्यतिमा मधेसी मोर्चा बनेको हो। त्यस पछि चार पाँच जनजाति पार्टी त्यसमा थपेर त्यसलाई संघीय गठबंधन बनाउने काम फोरम कै नेता हरु को पहल मा भएको हो। त्यसैले अंक गणित भन्छ अहिले संघीय गठबंधन को नेता उपेन्द्र यादव हो। त्यो निर्णय मा पुग्नै पर्छ। त्यो निर्णय नगर्नु भनेको सरकार न ढल्नु हो। सरकार ढालने लक्ष्य नभएको पनि कुनै क्रांति हुन्छ? सुशील र केपी दुबै बिरामी, दुबै एसएलसी मा बैक लागेका मानिस, दुबै Anti-Madhesi. उपेन्द्र यादव गणित मा मास्टर्स  गरेको मान्छे। संघीय गठबंधन ले उपेन्द्र यादव लाई औपचारिक रुपले नै नेता मान्नु पर्छ। नेता नभएको पनि गठबंधन हुन्छ? उपेन्द्र यादव संघीय गठबंधन को नेता  होइन भने देशको अर्को प्रधान मंत्री केपी बाजे हो। तर त्यो मुख्य कुरा होइन। क्रांति कसै लाई प्रधान मंत्री बनाउन का लागि भएको होइन। स्पष्ट घोषित नेतृत्व छैन भने र सरकार ढालने स्पष्ट लक्ष्य छैन भने त्यो त क्रांति लाई नेतृत्व स्तर बाट विश्वासघात हो।

उपेन्द्र यादव को नेतृत्व शैली मा त्रुटि देखियो। यो पहिलो मधेसी क्रांति देखि नै देखिएको कुरा। "तानाशाही" भन्ने गरिन्छ। भनेको अरु हरु लाई कंसल्ट नगर्ने। एकोहोरो निर्णय गर्दिने। त्यसरी एकोहोरो निर्णय गर्दा निर्णय सही गरियो कि गलत गरियो भन्ने कुरा होइन। निर्णय सही नै छ भने पनि तर व्यापक छलफल गरिएको छैन भने त्यो अलोकतांत्रिक भयो र त्यस मानेमा गलत भयो। फेरि कंसल्ट गर्नु पर्ने ५० जना छैन। ५-१० जना मोबाइल फ़ोन भएका हरु, बराबर भेंट हुने हरु संग कंसल्ट नहुनु भनेको के?

उदहारण, भर्खरै भएको काठमाण्डु भ्रमण प्रकरण। कुनै गलत काम भएको छैन। तर प्रक्रियागत त्रुटि देखियो। चार नेता बीच before, during and after छलफल र briefing हुनु पर्थ्यो। उपेन्द्र यादव अंक गणित का हिसाब ले अहिले संघीय गठबंधन को नेता हो, त्यसलाई औपचारिक बनाइनु पर्छ, तर उपेन्द्र ले आफ्नो नेतृत्व शैली मा परिमार्जन ल्याउनु बड़ो जरुरी छ।

संघीय गठबंधन एउटा लोकतान्त्रिक गठबंधन भएको हुनाले त्यसको सदस्य संख्या बढ्न सक्छ, तर त्यो निर्णय अहिले गर्नु हुँदैन। क्रांति लाई distraction मात्र हुन्छ। क्रांति को सफल conclusion नभएसम्म अहिले संघीय गठबंधन लाई यथावत राखेको राम्रो। अरु पार्टी र गठबंधन हरु क्रान्ति मा सहभागी हुन चाहन्छन् भने यो त लोकतान्त्रिक देश हो। तिन लाई प्राविधिक कारन ले पनि कसैले रोक्न सक्दैन। आउ सड़कमा। जुलुस निकाल। स्वागत छ।

तर यस क्रांति को संखघोष गरेको संघीय गठबंधन ले हो र यस क्रांति को नेतृत्व संघीय गठबंधन सँग छ।

अनिल झा र बिजय गच्छेदार मात्र किन, म त प्रचंड-बाबुराम लाई पनि डाकिरहेको छु। सप्तरी को काँग्रेस या एमाले जिल्ला समिति ले बगावत गर्छ पार्टी भित्र र क्रांति मा आउँछ भने तिनलाई पनि स्वागत छ।



गच्छदारले आन्दोलन भाँड्न सक्ने उपेन्द्र यादवको शंका !
'मोर्चा फुटाउन आएका हुन् भने ठीक हुँदैन'
मधेशी र थारुको आन्दोलनलाई पेलेर जानु पर्छ : ओली

मधेशीको माग सम्बोधन नगरे छुट्टै प्रस्ताव दर्ता गराउछु भन्ने कांग्रेसी सभासद हरु कता हराए? अनि बिमलेन्द्र निधि को त मधेशी को पक्षमा बोलिदिने त राजनैतिक स्टंट भन्ने मात्र बुझियो त.

Posted by Subhash Chandra Shah on Saturday, September 5, 2015

Janakpur

आन्दोलित जनकपुर ! २०७२ भाद्र १९ गते

Posted by Brikhesh Chandra Lal on Sunday, September 6, 2015

India In The Region

क्रांति को रोडमैप

यो मधेसी क्रांति ३ होइन, यो मधेसी जनजाति क्रांति २०१५ हो। बहुदल ढालने, राजा ढालने, र अब यो एकात्मक व्यवस्था ढालने क्रांति हो। जाबो त्यो फासफुसे २०४६ को सान्तिनो आंदोलन ले त मरीच मान र राष्ट्रिय पंचायत ढाल्यो भने।

वार्ता को वातावरण बनाउ भनेको के? पुरानो समझौता कार्यान्वयन गर भनेको के? यहाँ स्पष्टता को व्यापक कमी देखियो। क्रांति को एक मात्र माग हो, सुशील बामे राजीनामा दे।

सुशील ले राष्ट्र लाई सम्बोधन गर्ने बेला आउन लाग्यो

जब एउटा व्यवस्था ढल्छ, त्यस को प्रमुख हट्छ। यति त नेपाल को इतिहासले नै देखाएको छ।

अंतरिम संविधान रहन्छ। यो सरकार जान्छ। यो संविधान सभा जान्छ। उसै पनि दुई वर्ष उम्र को दुई वर्ष पुग्न लागि नै सक्यो।

क्रांतिकारी अंतरिम सरकार बन्छ। संघीय गठबंधन को नेतृत्व मा। क्रांतिकारी सीमांकन र नामांकन अंतरिम संविधान मैं थपिन्छ। चैत्र मा तेस्रो संविधान सभा को चुनाव हुन्छ। प्रस्तावित प्रतिनिधि सभा कै साइज को। पहिलो बैठक मा voice vote ले संविधान अनुमोदन हुन्छ। अनि सभा संसद बन्छ।

चैत्र को चुनाव मा मतदाता ले चार वटा बैलट पाऊँछ। प्रत्यक्ष निर्वाचित प्रधान मंत्री, केंद्र को सांसद, प्रदेश को सांसद, स्थानीय चुनाव का लागि पनि। अझ पाँच वटा पो हो कि? स्थानीय मा दुई वटा। छ वटा। मुख्य मंत्री का लागि पनि।

मधेसी, जनजाति, दलित, महिला ले खोजेको अधिकांश अंतरिम संविधान मा नै छ।



In The News (25)



आन्दोलन बन्दुक के बल पर नहीं दब सकता : खगेन्द्र संग्रौला, विराटनगर में आन्दोलन सशक्त
बन्द को सशक्त बनाने के लिए मोर्चा आवद्ध दलों ने रोडशेष, महाविर चौक, बि पल्ट, टंकी, रंगेली, आमवारी, आदि विभिन्न स्थानों में व्यापक रूप में युवा तथा पार्टी के कार्यकर्ताओं को परिचालन करने की जानकारी अध्यक्ष राजकुमार यादव ने दी ।

Rajendra Mahato: Off To Nepalgunj

बामे, तिमी झस्केको

बामे, तिम्रो फ़ासिज्म एउटा सोंच हो
तर त्यो बालुवा को घर हो
अंतिम साँस फेर्दैछ

तिमी राति निद्रा बाट ब्यूँतेको
झस्केको
झ्याल बाट आएको हावा को त्यो झोंका
शहीद ले साँस फेरेको हो
शहीद ले तिमी लाई हेरेको हो
रात चौकन्ना छ

बामे, तिमी झस्किनु तिम्रो नियति हो
मुक्ति संघर्ष का लागि ज्यान को बाजी लगाएर
सड़क मा आउने वीर योद्धा
एक छिन पर्खन्छ
एकै पटक स्वर्ग जाँदैन
पहिला काम फत्ते गर्छ

क्रांति को उत्सर्ग नै त्यस योद्धा को नियती हो


Saturday, September 05, 2015

पंचायत ढल्यो, राजा ढल्यो, अब ढलने पालो एकात्मक व्यवस्था को


In The News (24)



बिराट्नगर को भटीमोड मा झड्प जारि



आज सर्लाहिको मलङ्वामा सङ्हिये लोकतान्त्रिक मोर्चाले निकालेको खबरदारी मोटरसाइकल रयाली ।