Pages

Saturday, August 22, 2015

Jai Madhesh

The Neo Monarchs Of Nepal?






गणतन्त्रका श्री ५ हरु – आफैं आगो, आफैं दमकल
अहिले नेपाली गणतन्त्रमा श्री कोइराला, श्री ओली, श्री प्रचण्ड, श्री गच्छदार र श्री वावुराम गरेर श्री ५ को राज चलिरहेको छ ।

यी श्री ५ हरुले जनता र आफ्नै कार्यकर्ताहरुलाइ “सरप्राइज” नदिएकोभए शायद पश्चिममा अहिले आन्दोलन हुने थिएन । जनता र कार्यकर्ताहरुले पनि नेताहरुलाइ “सरप्राइज” दिएर आन्दोलन गरिरहेका छन्, पश्चिममा ।

..... नेपालको राजकीय सत्ता र नेपालको सार्वभौमसत्ता अहिले यी नै श्री ५ हरुको हातमा छ भन्ने स्पष्ट भैसकेको छ । नेपालको सत्ता र सार्वभौमसत्ता नेपाली जनताको हातमा छैन । ..... यी अहिलेका श्री ५ हरुले संघीयताको सीमांकन गर्दा न त कुनै सिद्धान्तको अवलम्वन गरे, न त वहुमत जनताको आवाजको कदर गरे । ...... अहिले पश्चिम नेपालमा थारु प्रदेश, कर्णाली प्रदेश र मगरात प्रदेश तथा सुर्खेतको आन्दोलनको आगो लगाउने काम यी नै श्री ५ हरुले गरेका हुन् । ..... घुसपैठले गर्दा पश्चिममा आन्दोलन चर्कियो भन्ने कुरा वकवास मात्र हो र यो पंचायती व्यवस्थाको बेला लगाइने अराष्ट्रिय तत्वहरुको घुसपैठको हल्ला गर्ने मण्डले प्रवृत्तिकै पुनरागमन हो । अरुलाइ दोष दिएर यी श्री ५ हरु पश्चिममा लागेको आन्दोलनको आगोवाट पन्छिन पाउँदैनन् । ..... तराई मधेश मात्रको २ नम्वर प्रदेश वनाउन मिल्छ भने पश्चिम नेपालमा थारु प्रदेश किन वनाउन नमिल्ने भन्ने प्रश्नको उचित र त्यहाँका थारु जनतालाई चित्त वुझ्ने उत्तर गणतन्त्रका श्री ५ हरु सँग छैन । त्यसैगरि नेपालको सबैभन्दा उपेक्षित र अविकसित कर्णालीका जनतालाई किन कर्णाली प्रदेश नदिने भन्ने उत्तर पनि यी श्री ५हरु सँग छैन । ....... मगरातको अलग प्रदेश वन्ने सम्भावना वढेको छ । .... ०६३ देखि ०७२ सम्म लडेकाले २ नम्वर मधेश प्रदेश पाए भने ०५२ देखि ०६२ सम्म लडेका मगर जनताले मगरात किन नपाउने भन्छन रोल्पा देखि पाल्पा सम्मका माओवादीहरु । ..... प्रदेशहरुको प्रादेशिक सरकार र संयन्त्रहरु गठनका क्रममा अहिले वहुजातीय वनेका प्रदेशहरुमा जातीय द्वन्द्व पुनः चर्किने हुन्छ । ..... जस्तै १ नम्वर प्रदेशमा खस आर्य जातीका प्रदेश प्रमुख भएमा राई, लिम्बू, राजवंशी आदिले नमान्ने, राई प्रदेश प्रमुख भएमा लिम्बू र अरुहरुले नमान्ने आदि हुन सक्दछ र आ आफ्ना अलग प्रदेशका लागि आन्दोलन पुनः सुरु हुन सक्दछ । ..... त्यस्तै नेवार, तामाङ, गुरुङ देखि सय भन्दा साना ठूला जातिहरुको अलग प्रदेश वा स्वायत्त क्षेत्र वा यस्तै अन्य नाराहरुका आधारमा आन्दोलनहरु भैरहने सम्भावना वढेको छ ।

राजनीतिक पर्यवेक्षकहरु नेपालमा केही समय भित्र प्रदेशको संख्या वढेर एघार प्रदेश वन्न सक्ने सम्भावना वताउँछन ।

The Tharu Is Awake

सेर बहादुर , भिम रावल , बाहुनको बिर्ता होइन यो जमिन यो भुमी थारुवान को हो । तर मलाई लाग्छ यो कुरामा दम छ !!!!!

Posted by Mongolian nepal on Saturday, August 22, 2015

Gachhedar's Exit

Political analyst Chandra Kishor Jha thinks otherwise. He says,

“Gachhadar’s exit has validated Madhesi agendas, and is likely to boost the ongoing Madhes movement.”

He says the new constitution’s acceptability was already at stake and Gachhadar’s exit will certainly diminish it further.

Some NC-UML leaders have also criticised their parties’ arrogance that led Gachhadar to break the alliance. UML leader Shankar Pokhrel tweeted in Nepali:

“It would be wise to bring back Gachhadar who has so far helped the constitution making process by modifying the proposed seven-province model.”



Gachhedar's Eight

Centripetal, Centrifugal

In fact, the four-layer campaign strategy is both centripetal and centrifugal.
Federalism, Centripetal Force, Centrifugal Force

Welcome To Awadh Tharuhat



सरकारी कार्यालयमा लेखियो ‘थरुहट स्वायत्त प्रदेश’
सडकबाटै 'अवध थरुहट स्वायत्त प्रदेश सरकार' घोषणा
नेपालगन्ज–बाँकेमा आन्दोलन गरिरहेको थरुहट, अवध संयुक्त संघर्ष समितिले शनिबार 'अवध–थरुहट स्वायत्त प्रदेश सरकार' घोषणा गरेको छ । संघर्ष समितिले नेपालगन्ज उपमहानगर क्षेत्रका विभिन्न ठाउँमा व्यानर टाँगेको छ। ......

दलहरुले सात प्रदेशको नयाँ सीमांकन गरेपछि आन्दोलनरत मधेसी मोर्चा र थरुहटका स्थानीय नेता, कार्यकर्ता झनै आक्रोशित भएका छन् ।

.... तराईको कन्चनपुरदेखि चितवन सम्मका जिल्लालाई अवध, थरुहट प्रदेश कायम गर्नुपर्ने, सम्वैधानिक मुस्लिम आयोग वा मधेसी आयोग बनाउनुपर्ने लगायत माग राख्दै आएको छ । यसअघि शुक्रबार थरुहट संयुक्त संघर्ष समितिले कोहलपुर नगरपालिका सहित विभिन्न सरकारी कार्यालयमा थरुहट स्वायत्त प्रदेश लेखेर प्रदेश घोषणा गरेको थियो ।
सात प्रदेशको सीमांकनमा बाँकेबासी असन्तुष्ट
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको बेवास्ताका कारण बाँके, बर्दिया, दाङलगायतका जिल्ला सीमांकनका क्रममा उपेक्षित भएको बाँकेबासीको आरोप छ। ..... प्रदेशको पछिल्लो सीमांकनलाई आन्दोलनरत मधेसी मोर्चा र थरुहटले स्वीकार गरेका छैनन् । संघीय समाजवादी फोरम नेपाल निकट शिक्षक रामसिंह सोनीले मेचीदेखि महाकालीकसम्म तराईका जिल्लामा पहिचान सहितको संघीयताको माग सम्बोधन नभएकाले स्वीकार्य नभएको जिकिर गरे । उनले भने, 'विगताम पनि संविधान बनेकै हो, हतारमा बनाउन खोजिएको यो संविधान पनि विगत झै लामो समय सम्म नटिक्ने खतरा आउन सक्छ ।'


कर्णालीको माग सम्बोधन भएकोमा मुगुमा खुसियाली
गत साउन २३ गते राती शीर्ष चार दलका नेताहरुको सहमतीमा सार्वजनिक भएको ६ प्रदेशको संघीय नेपालको प्रादेशिक सिमाङ्गनले आफूहरुलाई राणाकालिन युगमा पु¥याएको महशुस गर्दै मुगुबासीले खुसियाली मनाएका छन्। ...... शान्तिपूर्ण आन्दोलनको शुक्रबार तेह्रांै दिनमा शीर्ष नेताहरुले सम्बोधन गरेपछि त्यसको स्वागतमा शनिबार मुगु जिल्लामा खुशी ¥याली निकालिएको छ। ..... गएराती शीर्ष नेताहरुले कर्णालीलगायत सुर्खेत,जाजरकोट, दैलेख र रुकुमको केही भाग समेटेर प्रस्तावित ६ प्रदेशको खाकामा थप प्रदेशको घोषणा गरी ७ प्रदेश बनाएपछि शनिबार दिउँसो १ बजे मुगुमा स्थानीय बाजागाजासहित खुशी जुलुस निकालिएको हो। .... संघर्ष समितीका संयोजक एवं पूर्वमन्त्री हस्तबहादुर मल्लको संयोजकत्वमा निस्किएको जुलुशले बजार परिक्रमा गरी कोण सभामा परिणत भएको थियो। सभालाई सम्बोधन गर्दै नेपाली काँगे्रसका मुगु जिल्ला सभापति ऐनबहादुर शाहीले अखण्ड मध्यपश्चिम मागेपनि यो प्रदेशलाई मधेशसम्मको साईनो टुटाइएकाले केही दुःख लागे पनि

कुनै कालखण्डको विशाल कर्णाली राज्य पुनः कर्णाली प्रदेशको रुपमा हामीले पाएकाले

यसको सम्मृद्धि र समुन्नत प्रदेश बनाउन आआफनो क्षेत्रबाट लागी पर्ने बताए। यस्तै नेकपा एमालेका कार्यबाहक अध्यक्ष जितबहादुर मल्लले १३ दिने लामो संघर्षबाट प्राप्त यो प्रदेश संचालनमा कम कठिन भएको बताए। ... यस्तै एमाओवादी पूर्व मुगु जिल्ला ईन्चार्ज सुकवीर बुढा नयाँ प्रदेश निमार्ण बारे दलहरुले गरेको सहमति स्वागतयोग्य भएको बताए। नेकपा–माओवादी केन्द्रीय सदस्य मंगलबहादुर शाही नयाँ प्रदेश बनाएकोमा आफू पूर्ण खुशी नभएको बताउँछन्।
मान लिया जाय कि राम सेतु की जगह राम को नेपाल में संविधान बनाना होता तो?

सुशील सँग चिया बिस्किट खान यो आन्दोलन भएको होइन

असन्तुष्ट पक्षलाई बार्तामा बोलाउने तयारी
संविधान निर्माण लगायतका विषयलाई लिएर

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्वोधन गर्ने सहमति भएको

श्रेष्ठले बताए। मधेसी, जनजाती, थारु लगायत आन्दोलनरत सबै पक्षालाई वार्तामा बोलाउने निर्णय गरेको छ। 'आन्दोलनरत पक्षलाई वार्तामा आउन प्रधानमन्त्रीले सम्वोधन मार्फत आव्हान गर्नुहुने छ' श्रेष्ठले नागरिकन्युजसँग भने, 'आइतबार विहान फोरम लोकतान्त्रीका अध्यक्ष विजय गच्छदार सहित बैठक बस्ने निर्णय भएको छ।'



हृदयेश त्रिपाठी: "ज्ञानेन्द शाहका बेला भएको १९ दिने जनआन्दोलन पनि त आन्दोलनकारीको हातमा थिएन"



मलगंवामा मधेसी दलको र्‍याली, कर्मचारीमाथि हातपात
बन्दका बेला भन्सार काटेको भन्दै दुई कर्मचारीलाई मधेसी मोर्चाका कार्यकर्ताले शनिवार हातपात गरेका छन् । ..... मोर्चाले अपरान्ह ४ बजे निकालेको मोटरसाइकल र्‍याली भंसार अघिल्तीर पुगेपछि बन्दका बेला भारतवाट आएको सामानको भन्सार काटेको भन्दै कार्यालय सहयोगी बिजुली यादव र टाइपिष्ट नयाव सुव्बा कितनारायण मण्डलमाथी हातपात भएको हो । .... बन्द भएकै कारण सड्ने बस्तु वाहेकको भंसार असुली रोकिएको छ ।


बन्द अवज्ञा गरेको भन्दै सप्तरीमा यसरी जलाइयो ट्रक
शहीद घोषणा र क्षतिपूर्ति नदिएसम्म मृतकको अन्त्येष्टी नगरिने
तरकारी लिएर पूर्वबाट काठमाडौंतर्फ जाँदै गरेको को१ख ३३८९ नम्बरको ट्रकलाई बन्दकर्ताहरुले सप्तरीको भारदह–कोसी ब्यारेज सडक खण्डमा आगजनी गरेको हो । आगजनीबाट उक्त ट्रक पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । ..... यसैबीच बस पल्टिएको ठाउँमा पुगेका प्रहरीको टोलीले नजिकै रहेको खटर साह, मटर साह, हिरालाल साह, कामानन्द साहसहितका घरमा पसेर प्रहरीले महिलासमेतलाई निर्घात कुटपिट गरेको पीडितहरुले बताएका छन् । .... बन्दको क्रममा प्रहरीले स्कर्टिङ गरेर सवारीसाधन चलाउन थालेपछि आन्दोलनकारीले सवारीसाधन तोडफोड र आगजनी गरेका हुन् । .... मोर्चाको अनिश्चितकालिन बन्दको आठौं दिन आज पनि सप्तरीको जनजीवन कष्टकर बनेको छ । बन्दले गर्दा सदरमुकाम राजविराज, हनुमाननगर, भारदह, कञ्चनपुर, रुपनी, कल्याणपुर, कदमाहासहितका स्थानहरुमा बाक्लो उपस्थितीमा बन्दकर्ताले प्रदर्शन गरिरहेको छ भने उक्त स्थानहरुका बजार–व्यवसाय ठप्प छ । ...... मृतकलाई शहीद घोषणा तथा क्षतिपूर्ति उपलब्ध नगराएसम्म राउतको शव नबुझ्ने अडानमा मधेसी मोर्चा सप्तरी छन् । तर, सरकार र स्थानीय प्रशासन मधेसी मोर्चाको मागप्रति तदारुकता नदेखाएकै कारण बन्द लामो हुनपुगेको स्थानीय बुद्धिजिवीको भनाइ छ । ..... मृतक राउतको शव हालसम्म धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै छ भने प्रहरीको गोली लागि घाइते भएका आधा दर्जनको उपचारमासमेत समस्या भएको छ । .... प्रहरीको २४ घण्टा ड्युटी रहेन चेक पोष्ट भन्दा ३० मिटर पर केही व्यक्तिले अघिल्तिर मोटरसाइकल तेस्याई जिप रोकेका थिए । ढुंगा हानेर सिसा फुटाएपछि जिप भित्र रहेका चालक सहित तीनजनालाई बाहिर निकालेर आगो लगाइएको हो । ..... जेनेरेटरमा हालेर बचेको १ सय ५० लिटर डिजेल जिपमा बाँकी थियो । सोही डिजल छर्केर आगो लगएको प्रहरीले जनाएको छ । झण्डै आधा घण्टा लगाएर आगजनी भएपनि प्रहरीले थाहा नपाएकाले जिप जलेर पूर्ण रुपमा ध्वस्त भएको छ ।
हुलाकी सडक निर्माणमा १० वर्ष खेर
अब काम बढ्ने आयोजना प्रमुखको दावी
यसवर्ष २ अर्ब रुपैयाँ विनियोजन
दक्षिणी तराई हुँदै मेची-महाकाली जोड्ने

हुलाकी राजमार्ग १० वर्षमा ८० किलोमिटरमात्र निर्माण भएको छ ।

१४ सय ४० किमिमध्ये धनगढी-टिकापुर खण्डको करिब ७७ प्रतिशत काम सम्पन्न भएको हो । बाँकी पाँच खण्डको प्रगति शून्य अर्थात् निर्माण कार्य अघि बढेको छैन । .... जग्गा अधिग्रहण, मुआब्जा वितरण र रुख कटानसम्बन्धी समस्या समाधान नगरिदिएपछि राजमार्गमा काम ठप्प छ । ...... राष्ट्रिय निकुन्जले वातावरणीय प्रभाव अध्ययन स्वीकृति नदिंदा राजमार्ग निर्माण ढिलाई भएको उनले बताए । .... गिट्टी, बालुवा, ढुंगा जस्ता निर्माण सामग्री स्थानीय निकाय र बनमन्त्रालयको नियन्त्रणमा हुँदा निकै कठिनाई भएको उनको भनाई छ । नापी र मालपोत कार्यालयबाट सहयोग नहुँदा आयोजना अन्यौलमा परेको उनले बताए । 'आयोजनासँग लगत कट्टा गर्न अमिन र अन्य जनशक्ति छैन' उनले भने, 'अन्य कार्यालयले पनि सहयोग गर्दैनन्, अनि कसरी हुन्छ विकास ?' ...... निर्माणाधीन हुलाकी सडकको बारा-पर्सा, महोत्तरी-सर्लाही र धनुषा-धनुषा महोत्तरी खण्डमा काम गरेको भारतीय कम्पनी विश्व विभिएसआसर जेभीले डेढ वर्ष अघि नै काम छोडेको थियो । 'भारतको अनुदानमा निर्माण भएकाले ठेकेदार पनि उतैबाट आएका थिए, छोडेर गए' प्रमुख मिश्रले भने' विडिङ गर्दा कममा गरे काम गर्न सकिन भनी छोडेर गए ।' ......

नेपाली ठेकेदारले काम गर्ने भएकाले अब सडक निर्माणले गति लिने आयोजनाका अधिकारीले दिए ।

जनताले मधेशलाई अलग राष्ट्र बनाउन चाहन्छ भने संविधानसभा छोड्न तयार छौं : अनिल झा
नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष अनिल झाले संघीयताको सवालमा संविधानसभा छोड्न नसकिने तर, जनताले मधेशलाई अलग राष्ट्र बनाउन चाहन्छ भने संविधानसभा छोड्न तयार रहेको बताएका छन् ।


असभ्य शासकका कारण बन्द गर्नु परेको छ – हृदयेश त्रिपाठी (उपाध्यक्ष,तराई–मधेश लोकतान्त्रिक पार्टी)
सभ्य शासक भयो भने एक जनाले लालटेन लिएर हिँडे पनि पुग्छ । एक जना मात्रै अनशन गरे पनि सभ्य शासकले त्यसलाई मान्छ । सभ्य देशहरूमा एक जनाको अनशनको आन्दोलनले पनि ठूल–ठूला परिवर्तन भएका छन् । जस्तै आयरल्याण्डमा बोबी सेन्डस्ले गरेको अनशनले संसारमै हलचल मच्चिएको थियो । र, आइरिस राजनीतिलाई परिवर्तन भयो । ..... बन्दका क्रममा भेला हुन नदिने, माइकिङ गर्न नदिनेलगायत निरंकुशता शासकले देखाउँदै आएका छन् । त्यो शासकको चरित्रमा निर्भर गर्छ । त्यसकारण असभ्य जंगली शासक भएकाले हामी कठोर बन्दका सहारा लिएका हौं । ......... ज्ञानेन्द शाहका बेला भएको १९ दिने जनआन्दोलन पनि त आन्दोलनकारीको हातमा थिएन । त्यो आन्दोलन १९ औं दिनमा टुंगोमा पुगेको थियो । हामीलाई पहिला थाहा थिएन कि यो आन्दोलन कत्ति दिनसम्म चल्छ । त्यो आन्दोलन महिनौं दिनसम्म पनि जानसक्छ भनेर हामीले सोचेका थियौं । तर, १९ औं दिनमा ज्ञानेन्द्रले स्थतिलाई बुझेर वा जनदबाबलाई बुझेर परिवर्तनलाई आत्मसात गरे । र, आन्दोलन फिर्ता भयो । त्यस्तै,

अहिले मधेशमा भइरहेको आन्दोलन कहिलेसम्म चल्छ भन्ने कुरा सत्ताधारीमा निर्भर छ ।

....... शासकले मधेशी र थारूले गरेको आन्दोलनलाई बेवास्ता गरिरहेका छन् । काठमाडौंकेन्द्रित मिडियाको पनि हामीहरूको आन्दोलनमाथि ध्यान पुगेको छैन । .....

मधेश भूगोल हो र, त्यो भूगोलमा रहेका सबैसँग भेदभाव भएको छ । त्यहाँ रहेका मधेशी, थारूका साथै पहाडी समुदायसँग पनि भेदभाव भएको छ । ३४ वर्षदेखि तराई–मधेशमा जाने विकास बजेट जम्मा १५ प्रतिशत हो । त्यो विकासले त्यहाँको मधेशी, थारू, पहाडी सबै पीडित छन् ।

...... सुशील कोइराला, केपी ओली र प्रचण्ड आतंकित भएका छन् । मधेशी, थारू, आदिवासी, जनजाति, मुस्लिम, दलितलगायत सबै उत्पीडित मिले भनेर उनीहरूलाई चिन्ता लागिरहेको छ । अहिलेको हाम्रो आन्दोलन मधेशी, थारूलगायत तराईमा बस्ने सबैको हो । त्यसैले कोही कसैको अघि वा पछिको कुरा छैन । हामी संयुक्त रूपमा अघि बढिरहेका छौं । ..... केही दिनदेखि झापा, मोरङ र सुनसरी बन्द भएको मिडियाले देखेको छैन ?

झापा, मोरङ र सुनसरी पनि बन्द छ ।

....... अहिले हजारौं जनता सडकमा छन्, संघर्ष गरिरहेका छन् । तर, ती घटना समाचार बन्दैनन् भने हामीलाई केही भन्नु छैन । ..... २०६२÷६३ को जनआन्दोलनका उपलब्धि पनि त संस्थागत भइसकेका छैनन् नि । मधेशमा मात्र होइन सुर्खेत, जाजरकोट, जुम्लालगायतका जिल्लामा पनि त आन्दोलन भइरहेको छ । ..... मधेशकेन्द्रित दलका सभासद्हरू संविधानसभाबाट पनि लडिरहेका छन् । यसको औचित्य समाप्त भएपछि उहाँहरू राजीनामा दिनुहुन्छ । राजीनामा दिनुपर्छ भन्ने माग जनताको छैन । सभासद् बनाउन जसको भूमिका छैन, उनीहरूले राजीनामा दिन भनिरहेका छन् । एनजीओ र आईएनजीओबालाहरूले सभासद्को राजीनामा मागेका हुन् ।

जबसम्म संविधानसभा र यसका समितिहरूमा संघर्षको अलिकति पनि ठाउँ रहन्छ । तबसम्म त्यहाँबाट संघर्ष गर्नुपर्छ । जुन दिन संविधानसभामा बसेर संघर्ष गर्नुको औचित्य समाप्त हुन्छ, त्यो दिन सभासद्हरूले राजीनामा दिन्छन् ।

......... जति प्रदेश बनाइए पनि दरिद्रतालाई विभाजन गर्दा सबै दरिद्र नै हुन्छन् नि । जब हाम्रो देश नै गरिब र दरिद्र छ भने कुनै प्रदेशलाई कसरी समृद्ध भन्न मिल्छ । .......

भूकम्पपीडितलाई १५ हजार दिन सक्ने क्षमतासमेत नराख्ने राज्यले केको फुर्ति देखाएको हो । दुई नम्बर प्रदेश गरिब भयो भनेर चिन्ता गर्नुपर्दैन । भारत छोड्ने बेलामा भारतीयप्रति अंग्रेजहरूले चिन्ता व्यक्त गरे जस्तो हो ।

...... ८३ हजार मेगावाट उर्जा शक्ति भन्ने गरिन्छ । तर, हामीसँग त त्यहि ८ सय मेगावाट त हो नि । चन्द्रशमशेरबाट थालिएको विद्युत् आयोजना अहिले २०७२ सालसम्म आइपुग्दा कत्ति बढ्यो ? ..... पहिलो कुरा, अहिलेसम्म कायम रहेको खस–आर्यको सत्तालाई कायम राख्ने र तिनको प्रभूत्वलाई कायम राख्नका लागि ६ प्रदेशको सीमाङ्कन गर्न खोजिएको छ । दोश्रो कुरा, बेइमान अमिनले जमिनको कित्ताकाट गरेका हुन् । र, तेश्रो कुरा, नेता विशेषको स्वार्थमा प्रदेश बनाइएका छन् । जहासम्म भारतसँग प्रदेशहरूको सीमा जोडिएको कुरा छ । सीमाङ्कन हेर्दा प्रष्ट थाहा हुन्छ कि मधेशमाथि विश्वास गरिएको छैन । जबकी भारतमाथि विश्वास गरिएको छ । यो सीमाङ्कनले शासकहरू कत्ति राष्ट्रवादी छन् भन्ने कुराको पोल खोलिदिएको छ । अहिलेसम्म कायम रहेको खसको प्रभूत्वलाई स्थायित्व प्रदान गर्न कथित ६ प्रदेशहरू बनाइएका छन् ।

Gachhedar's Eight

भुमाफियाले जग्गा प्लटिङ्ग गरे जस्तो गरिएको सिमांकन मान्दैनौं ,पुर्व मन्त्री चौधरी
वीरगंज ५ भदौ

पुर्व मन्त्री एवम नेपाली कांग्रेस पर्साका सभापति तथा सभासद सुरेन्द्र प्रसाद चौधरी

ले पर्साबाट ठोरी गा.वि.स.लाई टुक्रयाई चितवन जिल्लामा गाभिने तीन दलिय निर्णय मधेश विरोधी भएको ठहर गर्दै सो निर्णयको विरोधमा आन्दोलनको घोषणा गरेका छन् । पार्टीका स्थानिय नेता र जिल्ला कार्यसमितिका सँग केन्द्रले राय सुझाव बिना नै ठोरीलाई चितवनमा मिसाईएको निर्णयबाट आफुहरु आश्चर्य चकित भएको बताउँदै तत्काल निर्णय सच्याउन माँग गरेका छन् । निर्णय नसच्याईए अखण्ड पर्साको पक्षमा आन्दोलन गरि रहेका आन्दोलनकारी शक्तिहरुसँग सहकार्य गरेर पर्सा जिल्लाको अस्तित्व स्थापित गराउन आफुहरु सडकमा उत्रिने बताउनु भएको छ । ...... अखण्ड पर्सा, अखण्ड नारायणी, अखण्ड जनकपुर तथा उदयपुर, सिन्धुली र नवलपरासीलाई समेटेर २ नम्बर प्रदेश बनाउनु पर्ने कुरामा जोड दिनुभयो ।
गच्छदारले प्रस्ताव गरेका थिए ८ प्रदेशको खाका



झापा, चितवन, सुर्खेत र कंचनपुर किन छुटाएको?

सुशील, तिम्रो राजीनामा पत्र मा ऑटोग्राफ देउ

चितवन तमसलिंग होइन, थरुहट हो

चितवन तमसलिंग होइन, थरुहट हो। यस कुरामा तमांग कै पनि सहमति होला।

चितवन: थारु हरुको काठमाण्डु
विराट, चितवन, कैलाली
सुर्खेत, चितवन, मकवानपुर, सिन्धुली र उदयपुर
चितवन मधेस बाट झिक्ने प्रयासले देश तोड्छ
झापा, मोरंग, सुनसरी, चितवन, कैलाली, कंचनपुर र प्रचण्ड
झापा, मोरंग, सुनसरी, चितवन, कैलाली, कन्चनपुर विवादमा कसरी पर्यो?
संघीयता विरोधीको बेबी किंग: झापा, मोरंग, सुनसरी, चितवन, कैलाली, कंचनपुर
नारायणी प्रदेश हुँदैन
चितवनलाई मधेस राज्यमा राख्नुको महत्त्व



सीमांकनको विरोधमा चीतवनका थारुले गरे शक्ति प्रदर्शन (फोटो फिचर)
तराई क्षेत्रमा तीनप्रदेश हुनपर्ने माग गर्दै चितवनका थारु समुदायले नारायणगढ बजारमा शक्ति प्रदर्शन गरेका छन्। यसलाई थारु समुदायले विरोधको रुपमा लिएका छन्। थारुकल्याणकारिणी सभा चितवनले नेतृत्व गरेको

शक्ति प्रदर्शन कार्यक्रममा भाग लिन चितवनका गाउँ गाउँबाट थारुहरु मुख्य बजार नारायणगढ पुगेका थिए।

..... आ-आफ्नो भेषभुषा सहित गाउँ– गाउँबाट बजार पुगेका थारुहरुले राजनीति दलका नेताहरुको काम र थारु समुदायमाथी गरेको विभेदको विरोधमा नाराबाजी समेत गरेका थिए। सम्पूर्ण चितवनबासी एक हौं। चितवनलाई प्रादेशीक राजधानी घोषणा गर, थारुको माग पूरा गर, हाम्रो आन्दोलन जारी छ। थरुहट आन्दोलन जिन्दावाद, जनतामार्न पाइँदैन्। तराईलाई पहाडमा मिसाउन पाइँदैन जस्ता नारा लगाएका थिए। .....

थारुकल्याणकारिणी सभाका सभापति विश्राम महतो

को अध्यक्षतमा आयोजना गरिएको विरोध सभामा केन्द्रीय सदस्य सन्तवहादुर महतो, पूर्व केन्द्रीय उपाध्यक्ष भजुमान राम महतो, पूर्व जिल्ला सभापति टिकेन्द्र महतो, केन्द्रीय पार्षद विसुनी चौधरी, पूर्व सभापति जोखा चौधरी, सभाका जिल्ला सल्लाहकार ललित चौधरी लगायतले संवोधन गरेका थिए। ......

तराई क्षेत्रका चारकिल्लाको रुपमा पूर्वमा झापादेखि पश्चिम कञ्चनपुर, उत्तरमा उदयपुर, चितवन सुर्खेत लगायत चुरे पहाड देखि दक्षिणमा भारतको सिमानालाई मध्येनजर गर्दै तराईमा तीन प्रदेश हुनुपर्ने

माग गरेका थिए। संवोधनको क्रममा थारु अगुवाहरुले चितवनलाई प्रादेशीक राजधानी बनाउनुपर्ने, तराइलाई पहाड र हिमाल मिसाएर प्रदेश बनाउन नहुने, जातिय जनसंख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व हुनुपर्ने, पहुँच र प्रतिनिधित्वको लागि पहिचान सहितको सिंमाकंन हुनुपर्ने माग गरे।

In The News (31)

भैरहवामा आजबिहान ११ बजेदेखि बुधबार साँझ ६ बजेसम्म निषेधाज्ञा
भैरहवामा भदौ ३ गते बन्दकर्ता र प्रतिकार गर्नेहरुबीच भएको झडपको क्रममा हराइरहेका एक प्रदर्शनकारी बिहीबार स्थानीय डण्डा खोलामा मृत अवस्थामा फेला परेपछि .... लुम्बिनी नगरपालिका– १० बस्ने १८ वर्षीय सुनील भन्ने

सुधीराम यादव

को मृत्यु भएपछि आन्दोलनकारीले शव यात्रा गरेर शहिद घोषणा गर्न माग गर्दै आन्दोलन चर्काउने भएपछि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले निषेधाज्ञा जारी गरेको ...... भैरहवा(लुम्बिनी सडकखण्डको बनगाईमा रहेको प्रहरीको अस्थाई चौकीमा रहेका सामानहरु बाहिर निकाली आन्दोलनकारीहरुले जलाएका छन्। .... मर्यादपुरमा रहेको प्रहरी चौकी आक्रमणको प्रयास भएपछि प्रहरीले हवाई फायर गरी आन्दोलनकारीलाई तितरवितर पारेको ..... बिहीबार भैरहवामा भएको घटनामा प्रहरीले वेवास्ता गरेको भन्दै शुक्रवार दिनभर सदरमुकाम बाहिरका प्रहरीमाथी आन्दोलनकारीले निशाना बनाएका थिए। आन्दोलनकारीहरुले बनगाईमा एउटा मोटरसाईकल समेत जलाएको बताइएको छ। ..... जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शुक्रबार सर्वपक्षीय भेला गरेको छ। भेलामा मधेशी मोर्चा र थारुहटका नेताहरु भने सहभागी भएनन्।
जनकपुरको अवस्था विहानै देखि तनावपुर्ण
शनिवार विहानै देखि देखिएको आन्दोलनकारीको जमातले जनकपुरमा साना देखि ठूला कुनै पनि सवारी साधन चल्न सकेको छैन् भने शैक्षिक संस्थान, कलकारखाना पूर्ण रुपमा ठप्प रहेको छ । .......... बन्दले विगत १० दिन देखि मधेशको जनजीवन प्रभावित हुदा पनि सरकारले अहिले सम्म बार्ता तथा आन्दोलनकारीहरुको मागलाई सम्वोधन गर्नतिर कुनै पहल गर्न चाहेका छैनन् । ... बरु मधेशमा आन्दोलन चर्काउनकालागि शुक्रबार जारी गरिएको ७ प्रदेशको सिमांकनले पर्सको ठोरीलाई टुक्राएर अन्य प्रदेशमा मिलाइएको नेपाल सद्भावना पार्टीका महासचिव राजीवकुमार झा बताउँछन् । मधेशमा आन्दोलन गरि मधेशमा मधेशीको हत्या गर्ने योजना सरकारको रहेको उनको आरोप छन् ।
एमाओवादी विघटन भइसक्यो, घोषणा हुन मात्र बाँकी छ
शनिबार राजधानीमापूर्व एकताकेन्द्रको अलग्गै भेला गर्नमा पोखरेलको महत्वपूर्ण भूमिका थियो । अब उनकै सक्रियतामा पार्टीभित्र केन्द्रदेखि जिल्ला तहसम्म नयाँ पुनर्गठन अभियान चल्ने बताइको छ । ........

उनले प्रचण्डबाट अब एमाओवादी पार्टी रुपान्तरण हुने सम्भावना सकिएको

..... हाम्रो बुझाइमा एमाओवादी पार्टी विघटन भइसक्यो, यसको औपचारिकरुपमा घोषणा मात्रै गर्न बाँकी छ । कोमामा रहेको बिरामीलाई डाक्टरले मृत घोषणा गर्न बाँकी रहेको जस्तै अवस्थामा छ पार्टी । यो अवस्थामा कसैले अनुशासनको डण्डा लगाउने अवस्था नै छैन । पार्टी विघटनको घोषणा कसले गर्ने भन्ने मात्रै बाँकी छ अब । ...... पार्टी विघटन भए पनि व्यक्तिहरु छन्, उनीहरुका वीचमा एकता गरेर नयाँ धाराको पुनर्गठन गर्नुपर्छ भन्ने हाम्रो निश्कर्ष हो । ..... विश्व कम्युनिष्ट आन्दोलनको अनुभव हेर्दा मुख्य नेतामा विचलन आएपछि तिनै नेताको नेतृत्वमा पार्टीको रुपान्तरण सम्भव भएको उदाहरण काहीँ पनि छैन । प्रचण्ड यसको अपवाद बन्न सक्नुहुन्न भन्ने हाम्रो निश्कर्ष हो । प्रचण्ड, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको नेतृत्वमा रुपान्तरणको सम्भावना एकदमै कम छ ।

प्रचण्डको नेतृत्वमा त पार्टी अगाडि बढ्नै सक्दैन, बाबुराम र नारायणकाजीलाई हेर्न बाँकी छ ।

...... पार्टीको मूल लिडरसीप ९९ प्रतिशत बिग्रिइसकेको छ । .... बाबुरामजीसँग यसबारे कुरा गरेनौं, उहाँ निकटका नेताहरुसँग छलफल गरेका थियौं । ..... हामी सबैसँग छलफल गरेर कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाउने पक्षमा छौं । बाबुराम, मोहन वैद्य र विप्लवसँग पनि छलफल गर्न तयार छौं । छलफल गर्छौं । ...... प्रचण्डकै नेतृत्वमा पार्टीको रुपान्तरण सम्भव छैन । पार्टी भन्नै नै नरहेको अवस्था सिर्जना भएकाले अब हामी समाजवादी वैचारिक आन्दोलनको ब्यानरमुनि कार्यक्रम गर्छौं । राजधानीका साथै तल पनि साथीहरुलाई समेट्दै छलफल अघि बढाउँछौं ।
झडपपछि हराएका आन्दोलनकारी मृत भेटिए
मृतकका मामा विक्रम यादवले झडपपछि प्रहरीले लखेट्दा डण्डा नदीमा खसेर उनको मृत्यु भएको दावी गरे । उनले आफ्ना भतिज यादवले मधेश आन्दोलनमा शाहादत प्राप्त गरेको भन्दै शहिद घोषणा गर्न माग गरेका छन् ।


कोहलपुरका सरकारी कार्यालयमा थरुहट प्रदेश लेखियो
पहिचान स्थापित नभएसम्म सडकमा बास
बाँके जिल्लाको कोहलपुरमा रहेका सरकारी कार्यालयहरु थरुहटका कार्यकर्ताले कब्जा गरेर ‘थरुहट स्वायत्त प्रदेश’ लेखेका छन् । ...... संयुक्त थरुहट संघर्ष समितिका संयोजक चन्द्रबहादुर चौधरीले

थारुहरुको पहिचान नै मेटिने गरी प्रदेशको सीमाङ्कन गरिएकाले

त्यसको विरोध जनाउनका लागि सरकारी कार्यालयमा थरुहट स्वायत्त प्रदेशको नामाकरण गरिएको बताए । ..... आन्दोलनकारीले कोहलपुर नगरपालिका, विद्युत प्राधिकरण, टेलिकम, गोलपार्क तथा कोहलपुर चौराहमा थरुहट स्वायत्त प्रदेशको नामाकरण गरका छन् । ...... राज्यले धर्तीपुत्रका रुपमा रहेको थारु समुदायलाई अत्यन्तै कमजोर बनाउने उद्देश्य राख्दै थारुको पहिचान नै मेटिने गरी प्रदेशको सिमाङ्कन गरेकोले

वर्षातको झरी पनि नभनि आन्दोलनमा होमिनु परेको

..... ‘ पहिचान नै मेटिने गरी सीमाङ्कन गरियो अबको लडाइँ

पहिचान स्थापित नभएसम्मको लागि सडक मै बस्ने र सडकलाई नै आन्दोलन भरी आफ्नो घर बनाउने भन्दै सबै सरदाम लिएर आएका छौ ।’

....... आन्दोलन अवधि भरि सडकमै बस्ने र खाना पनि नजिकै आसपासमै पकाउने योजनामा रहेको ..... थारुहरुले कोहलपुरमा सञ्चालन गरेको

आन्दोलनको ११ औ दिनपनि पूर्व-पश्चिम राजमार्ग ठप्प छ ।

उनहरुले शनिबारदेखि मोटरसाईकल र रिक्सालाई समेत आन्दोलनमा निषेध गर्दै ठप्प पारेका छन् ।
पासाङ शेर्पाको चेतावनी-‘बाहुन नेताका घर खोजीखोजी आगो लगाउछौं’
सामाजिक लोकतान्त्रिक पार्टीका नेता पासाङ शेर्पा .... आदिवासी जनजातीको अधिकारलाई निमोटेर प्रदेशबिनाको संविधान जारी भए खोजीखोजी बाहुन नेताका घरमा आगो लगाउने धम्की दिएका हुन् । ....... शेर्पा समुदायको छुट्टै स्वायत्त प्रदेश नभए नाम्चे र लुक्लासहित शेर्पा समुदाय बस्ने स्थानका विमानस्थल, यातायात र पर्यटकबाट आउने राजश्व आफूहरुले नै संकलन गर्ने बताए ।
आज देश र सम्पूर्ण मधेश जल्दै छ
तेस्तै कपिलबस्तु ,रुपन्देही ,नवालपराशी, कैलाली, कंचनपुर मा मधेशी माथि गोलि प्रहार भएको छ |

भैरहबामा त पुलिस प्रशासन र काँग्रेस ,एमाले का गुण्डा र भिजेलानतेहरु मिलेर पुलिस को सहयोग मा आन्दोलन प्रतिकार को नाम मा मधेशी जनतामाथि आक्रमण भएको छ र निर्मम हत्या गरिए को छ कैयन मधेशी का घर ,ट्रकमा, मोटरसाइकल जलाइएको छ धनसम्पति लुटेएको छ |

निर्मम तरिकाले पिटिएको छ पुलिस र प्रशासन को आडमा पहाडी समुदायबाट सम्प्रदियक बिथोलन खोजिएको छ कैलालीको टिकापुर , कपिलवस्तुको तौलिहबा , सप्तरी को भारदह मा कर्फु र निषेदअज्ञको नाममा सैकड़ो मधेशी आन्दोलनकारी लाई धरपकड ,कुटपिट र निर्मम यातना दिएको छ र झुटा मुद्दा चलाएको छ| अधिकारको आन्दोलन लाई बदनाम गराउन पहाडी मेडिया , पहाडी पत्रकार , केहि डलर लुट्ने पहाडी मनाबधिकारबादी लागिपरे का छन् उनीहरु दमन र हत्या र आन्दोलन लाई नजरअन्दाज गरेको छ | मधेशी जनतालाई अधिकार र समानता चाहियो भन्दा नेपाल का नैतिकहीन र हत्यारा गृहमन्त्री मधेशी जनतालाई जिहादी, आतंकबादीहरु संग तुलना गर्छन र पहाडी नेता सरकार, मनाबाधिकारबादी चुप्पी सदेका छन्| ........ कांग्रेस ,एमाले र एकीकृत मावोबादी नेता गम्भीर नभएको र सहमति र भएको सम्झौता उल्टाउने गरेको ले संबिधान सभा बाट मधेशका एक क्रान्तकारी पार्टी सद्भावना का सबै सभासद ले राजिनामा दिए र आन्दोलनमा होमिए | ......

मधेश मा बिगत १५ दिनदेखि निरन्तर आन्दोलन हुदा र मधेश जल्दा प्रचण्ड ,बाबुराम, केपी ओली र पाखण्डी प्रधानमन्त्री नदेखे गरेजस्तो गर्दै छन् |

....... पर्सा को ठोरी गाबिस लाई मधेश बाट अलग गरेको छ सम्पूर्ण मधेश एक प्रदेश को नारा सहित आन्दोलन हुदा पनि मधेश लाई टुक्रा परि पहाड मा मिलाउने गरियो जनता चाहना र भाबना नबुझने काँग्रेस, एमाले को सरकार नैतिकहिन , सत्तामोही , र लासका राजनीत गर्ने र आफुलाई परिवर्तनकरी भन्ने एकीकृत मावोबादी ले देश लाई आन्तरिक द्वन्द मा फसाई आफु राज्य गर्ने सोच मा छ होला | ...... यो सामन्ती काँग्रेस ,एमाले, एकीकृत मावोबादी लाई आफ्नो बालहट, बचपना त्यागी मधेशी को मांग सोम्बोधन गर्ने पर्छ | ...... समय र परिस्थिति लाई खयाल गरिएन मधेश मा शान्तिपूर्ण आन्दोलन मा निर्मम हत्या र बर्बर दमन रोकिएन र मधेशी जनता को मांग सम्बोधन भए न भने नेपाल को नक्शा फेरिन सक्छ| यो मधेशी जनता को बाध्यतात्मक निर्णय हुनसक्छ तसर्थ बेलामा सचेत होऊ र मधेशी आन्दोलनकारी जनता को मांग सम्बोधन गर |
यसकारण भैरहवामा ठुलो नोक्सानी (फोटोफिचरसहित )
घाईतेको संख्या २४ पुग्यो
मधेशी मोर्चाले भैरहवामा शक्ति प्रर्दशन गर्न रुपन्देही बिभिन्न ग्रामीण क्षेत्रबाट प्रर्दशनकारी उतारेको थियो । ..... बुधबार राती बन्दकर्ताहरुले पकाएको खानामा प्रहरीले पानी हाली बन्दकर्तालाई लखाटेको कारण उनिहरु आक्रोशित भएको एक बन्दकर्ताले बताए । ...... प्रर्दशनकारी र बन्दकर्ताहरु बिच झडप गराउनमा प्रहरीकै हाथ हुन सक्ने स्थानियहरुले आशंका गरेका छन । ..... बन्दकर्ता बेलहिया नपुग्दै प्रतिकार गर्नेहरुले बन्दकर्ताका ३ वटा मोटरसाइकल तोडफोड हुदा

प्रहरी ताली बजाईरहेका देखिन्थे ।

...... बिशेष गरि प्रतिकार गर्नेहरुले प्रहरीको मौन स्विकृतिमा नै आगजनी गर्न हौसिएका थिए । ...... यस बिषयमा रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजेन्द्र ढकाललाई सम्पर्क गर्दा उनले चेन अफ कमाण्डको कारण प्रहरीले हस्तक्षेप नगरेको बताए । “प्रहरीको हस्तक्षेपको कारण मानविय क्षति हुने सम्भावना भएको कारण हामीले केही गर्न सकेनौ ” ...... आन्दोलनकारीका केही मोटरसाईकल प्रतिकार गर्नेहरुले डण्डा खोलामा फालेको प्रत्यक्षदर्शिहरु बताए ।

हामी हरुवाहरुको सम्झना by Krishna Bhattachan

English: 14th century Fresco of Krishna on int...
English: 14th century Fresco of Krishna on interior wall City Palace, Udaipur (Photo credit: Wikipedia)
कैलालीमा पुनः कर्फ्यु
हामी हरुवाहरुको सम्झना
भन्छन्, ‘जित्नेको इतिहास हुन्छ
हार्नेको सम्झनामात्र बाँकी रहन्छ’
हामी, कहलिएको ‘भुसतिघ्रे’,
‘भोटे’, ‘लाहुरे’,
‘तिघ्रे र पर्वते स्वाँठे’,
‘जङ्गल फाँडेर खनीखोस्री खाने’,
‘अयोग्य, मतुवाली र पाखण्डी, नीच, निर्दयी’

हामीले हा¥र्यौ, ‘त्योसँग’
‘त्यो’ ‘बा हुन, वा होइनन्’

हामीले अठार धार्नी नाक कान जोखेकै दिन हा¥र्यौ
हामीले भोज खाएकै दिन हा¥र्यौ

त्यसले हामीलाई च्याम्पतिलाई जस्तै कति
घुमायो कति

हामी मुलाको जरा भएर बस्यौ, मुला

तल, झन तल, ओरालो लाग्नथाल्यौं
अँध्यारै झन् अँध्यारो प्यारो मान्न थाल्यौ
जति धेरै सुन्निन सकियो, उति राम्रो मान्न थाल्यौ
जहाँको तही सड्दाको गन्ध सुगन्धित मान्न थाल्यौ

पहिचान ओरालो÷अँध्यारो–सुगन्धित
मातृभाषा ओरालो÷अँध्यारो–सुगन्धित
धर्म ओरालो÷अँध्यारो–सुगन्धित
संस्कृति ओरालो÷अँध्यारो–सुगन्धित
हक अधिकार ओरालो÷अँध्यारो–सुगन्धित

हामीलाई ताजा सम्झना छ,
त्यो हामीकहाँ आउँदा उखुको टुप्पा भएर आयो
जहाँ जसले जसरी लगेर सारे पनि हर्लक्कै सरेर आयो,
त्यो पानीढलोमा दुबो भएर हलक्कै सप्य्रो
त्यो पूर्वमा ‘चारदामे’ फर्सीको बोट भएर फैलियो
त्यो चारकोसे झाडीमा सखुवा भएर अग्लियो
त्यो हिमालको टुप्पामा पनि भर्खरै हिउँ भएर चुलीन थालेको छ
त्यो जहाँ जहाँ सप्रन खोज्यो
त्यहीं त्यहीं सप्य्रो, खुबै सप्य्रो
आगोले ढडाए झनै हरियो भरियो भएर आयो,
सधै माथि, झन् झन् माथि माथि
ताक्दै चंगाजस्तै अकासियो,
उज्यालो, झन् उज्यालोमात्र खोज्दै आयो
गुलियो, फरक फरक गुलियो हुदै आयो

शाही गुलियो,
जहानियाँ गुलियो,
बिर्ता गुलियो,
जागिर गुलियो,
फर्सी गुलियो
निर्दल गुलियो
बहुदल गुलियो

एकसय सत्ताइस गुलियो
सोच गुलियो
नीति गुलियो
व्यवहार गुलियो

पहिलोपटक त्यसले ढुंग्रो फुक्यो,
खरानी उड्नेगरी फुक्यो
दोस्रोपटक त्यसले शंख फुक्यो
सातोपुत्लो उड्नेगरी फुक्यो,
तेस्रोपटक त्यसले कान फुक्यो
कानको जाली फाट्नेगरी फुक्यो
हिजोआज त्यसले माइक फुक्यो,
स्वरै सुक्नेगरी फुक्यो
त्यसको प्रत्येक ढुंग्रो फुकाईमा
हाम्रा आस्थाका बन–जङ्गल–जमिन खरानी भएर उड्यो
त्यसको प्रत्येक शंख फुकाइमा
हाम्रा अधिकारहरुलाई वाजले चल्ला उठाए जस्तै उठाएर लग्यो
त्यसको प्रत्येक कान फुकाइले
हाम्रा आमाका मिठा धुनहरु सुन्न छाड्यौं
त्यसको प्रत्येक माइक फुकाइमा
हाम्रा सामुहिक अस्मिता कालो नीलो भयो

हाम्रा बचे–खुचेको हामी भित्रको हामी–भावना पनि खरानी भएको

अब हामीसँग हार्न बाँकी कुनै चिजै रहेन
अब त हामीहरुसँग हार्ने भन्दा पनि
जित्ने दाउमात्रै बाँकी छ !


आत्मनिर्णयको अधिकार मार्रा !
सङ्घीय संरचना मार्रा !
जातीय, भाषिक र क्षेत्रगत स्वायत्तता र उप–स्वायत्तता मार्रा !
समानुपानिक प्रतिनिधित्व मार्रा !
विशेष व्यवस्था मार्रा !
धर्मनिरपेक्षता मार्रा !
भाषिक समान अधिकार मार्रा !
समान महिला अधिकार मार्रा !
सामुहिक अधिकार मार्रा !

बाहुनवादलाई आर्यघाटमा सेलाएको सम्भावना

Krishna Bhattachan: Bahunvad
Krishna Bhattachan On BBC


Surya Bahadur Thapa



Not everyone seems to be aware Surya Bahadur Thapa is no longer with us.

Former Nepal PM Surya Bahadur Thapa dies

मधेशीलाई अधिकार नदिए सम्म मुलुकको समस्या समाधान नहुने- सूर्य बहादुर थापा
केही पार्टी र नेताहरु मिल्दैमा जनजाति, मधेसी, दलित र महिलाको समस्या समाधान नहुने बताउँदै थापाले भने-त्यतातिर फोकस गरेर समान हक अधिकार दियो भने असन्तोष हराएर जान्छ, अनि मात्र राष्ट्र अगाडि बढ्छ । यसलाई निवारण गर्न नसके स्थिति बिगि्रएर जान्छ ।’ ..... नेताहरुले जनतालाई हामीले झुक्याएका छौं भन्ने नठान्न आग्रह गर्दै थापाले जनताले सहने र अन्तरराष्ट्रिय समुदायले विश्वास गर्ने कुराको पनि सीमा हुने बताए । ....

संघीयतालाई थाती राखेर संविधान जारी गर्न सम्भव छ कि छैन भन्ने पत्रकारको प्रश्नमा थापाले भने- ‘टाउको थाती राखेर संविधान बनाऔं भन्नुहुन्छ भने मेरो भन्नु के छ र ।’



Alisha Koirala
पृथ्वी नारायण शाह ले गरेको नेपाल एकीकरण (कब्जा) र अंग्रेजहरुले ले गरेको भारत ,अमेरिका ,क्यानाडा ,अरब ,युरोप ,श्री लंका इत्यादी हरुमाथि को कब्जा मा के फरक छ ? - अग्रेजद्वारा कब्जा गरिएका राज्य/राष्ट्र हरु सबै स्वतन्त्र मुक्त भैसके ,तर नेपालमा बर्षौ देखि सोषित , उत्पीडित किराती ,नेवाः अन्य जनजाति आदिवासी , दलित , मधेसी , थारु अझ पूर्ण रूपले स्वन्त्र मुक्त हुन् बाकी नै छन।

अंग्रेज ले पनि हथयार ,बल र छल को साहयता सोझा सोझा राज्य हरुलाई कब्जा गर्थे र उसैको ठाउँ मा उसैलाई नै हेपेर राख्थे - पृथ्वी नारायण शाह ले पनि सोझा सोझा राज्य हरुलाई हथ्यार ,बल छल को प्रयोग ले कब्जा गर्थे र उसैको मेहनत को कमाइ खाएर उसैलाई नै हेप्ने गर्थ्यो।

अंग्रेजले पनि हजारौ लाखौ निर्दोष हरु को ज्यान लिएका थिए , र पृथ्वी नारायण शाह ले पनि हजारौ निर्दोष प्राणी हरुको रगत बगाएका थिए। अंग्रेज ले पनि अर्का को सम्पति अर्काको मिहनेत हेपेर लुट्ने गर्थे ,पृथ्वी नारायण शाह ले पनि त्यसै गरेका हुन्। अंग्रेज पनि अराजक थिए ,पृथ्वी नारायण शाह पनि अराजक थिए।

अंग्रेजले पनि बल ,छल,हथ्यार को मद्त ले कब्जा गरेको व्यक्तिहरुलाई आफ्नो धर्म संस्क्रती अपनाउन बाध्य पार्थे ,जसले अप्नौथ्यो उसलाई सामान्य व्यहार गरिन्थ्यो र न अपनाउनेलाइ कि त कारागार मा कि त तल्लो स्तरको काम गराई गुलामी गराइन्थ्यो ,नत्र मृत्यु दण्ड नै दियिन्थ्यो। नेपालमा पनि पृथ्वी नारायण शाह ले कब्जा गरिएको ठाउँका मूलबासीहरुलाई उसको धर्म ,संस्कृति ,परम्परा हरुबाट प्रतिबन्ध लगाइन्थ्यो र जबर्जस्ति सबैलाई आफ्नो धर्म संस्कृति, परम्परा अपनाउन बाध्य बनाउथ्यो। किराती हरुलाई खुला रुप मा आफ्नो संस्क्रती चाड पर्व मनाउन प्रतिवन्ध थियो ,किराती हरुलाई जबर्जस्ति आफ्नो संस्कृति थोपेर सेना मा भर्ति गरौथ्यो र यसो गर्न न मान्नेलाइ मृत्यु दण्ड दियिन्थ्यो। त्यसै मल्ल राज्य कान्तिपुर् ,किर्तिपुर ,भक्तपुर - छलपुर्वक कब्जा गरेर उसको घर मा उसलाई नै गुलामी गर्न बाध्य परेका थिए।

स्वतनत्र स्वाभिमान र मौलिक हक को आवाज उठाउने लाइ अंग्रेज शासक ले मृत्य दण्ड दिन्थ्यो ,नेपालमा पनि स्वन्त्रता को कुरा गर्नेलाई पृथ्वी नारायण शाह सरकार ले मृत्यु दण्ड दिएकै हुन्। अंग्रेजले यस्तो कानुन बनाउथ्यो कि सबै अंग्रेज हरुको गुलामी गर्न बाध्य हुन्थ्यो , त्यस्तै पृथ्वी नारायण शाहले पनि यस्तै कानुन को सिर्जना गरे। गुलामी पनि कस्तो जबर्जस्ति ,गुलामी गर्न न मान्ने लाई मृत्यु दण्ड दियिन्थ्यो।

पृथ्वी नारायण साह पछि उसको सन्तान शाह परिवारले यो परम्परा कायम नै राख्यो त्यस पश्चात त्यहि कुलका राणा परिवारले त झन् उग्रश्र आफ्नो क्रुरता ,अत्याचार दमनलाई झन् उच्च चरम शिखर सम्म पुर्याए। समय वित्ततै गयो , पहिल निरंकुश राना शासन अनि त्यसपछि क्रुर साही राज शाष्ण को त् अन्त्य भयो। यिनीहरुको अन्त्य भएता पनि आज गरेका अराजकता ,कब्जा बाट पूर्णता ले स्वतन्त्र मुक्त हुन सकेका छैन। ठुलो संघर्स ,जनयुद्ध ,जन आन्दोलन पश्चात - किराती ,नेवाः , दलित,जनजाति ,आदिवासी ,मधेसी ,थारु र अन्य उत्पीडित वर्ग हरुले केहि हद सम्म आफ्नो अधिकार पाए स्वतन्त्र आवाज उठाउन पाए , तर पनि पूर्ण रुपले स्वन्त्र मुक्ति स्वाभिमान पहिचान पाउन अझ बाकि नै छ।

अहिले स्वन्तन्त्र भएका भारत ,युरोप ,अमेरिका ,अरब इत्यादी देश हरुमा पहिला को अंग्रेज लाई निरङ्कुश ,क्रुर, अत्याचारी भनिन्छ भने हाम्रो देश मा ज्यानमार ,हत्यारा , अत्याचारी पृथ्वी नारायण शाह लाई एकता पुरुष भनेर भनिन्छ। यसले त यति स्पस्ट गर्छ कि नेपालका उत्पीडित वर्ग हरु अझ स्वतन्त्र आजद हुन सकेका छैन।

निरङ्कुश ,अत्याचारी ,हत्यारा शाह वंशीय राजा र राना द्वारा कब्जा गरियेका ,दबाएर गुलाम बनाएर राखिएका ,सोषित ,उत्पीडित किराती ,नेवाः अन्य जनजाति आदिवासी ,दलित ,मधेसी ,थारु हरु आफ्नो खोसिएको स्वन्त्र पहिचान फिर्ता माग्दा अहिलेको मत्थिल्लो वर्गका शासक वर्गीय हरुले आफ्नो स्वार्थीपना ,क्रुरता झल्काईरहेका छन्।

अहिलेको चार दलिय साश्कले पनि राजा ,राना झैँ प्रविरृति देखाइ रहेका छन। यिनीहरुले पनि बल , छल , हथ्यार को प्रयोगले जनजाति ,आदिवसी ,मधेसी ,थारु हरुलाई दबाउन खोजिएका छन।



मेरो देशका सम्पूर्ण देशवासीले सिघ्र नै पूर्ण समानता रुपले स्वतन्त्र पहिचान हक अधिकार पाउन भन्ने आशा- कामना गर्दछु।

धन्यवाद !!

* ( मेरो कुरा को अवस्य बिरोध गर्नु होला तर बिरोध गर्ने अगाडि मलाई यति मात्र भानिदिनुस कि हजारौ निर्दोष हरुको रगत को खोला बगाएर अनि तिनीहरुलाई कब्जा गरेर पृथ्वी नारायण शाह ले जगत को भलो गरे कि आफ्नो कुल को भलो गरे ? )

देउवाले जे भन्यो त्यो हुनुपर्छ भन्नु लोकतन्त्रको उपहास हो


देउवाले जे भन्यो त्यो हुनुपर्छ भन्नु लोकतन्त्रको उपहास हो - अरुण बराल

पञ्चायतले कोरेको सीमानामा एक इञ्च पनि तलमाथि नगरियोस् भन्ने यो सोचाइ राज्य पुनसंरचनाको वैज्ञानिक मान्यतामा आधारित छैन ।

अहिले सुदुरपश्चिमको कैलाली कञ्चनपुरका जिल्लाहरुमा आन्दोलनको आगो सल्किएको छ । यसरी आगो बल्नुमा सुदुरपश्चिमका नेता भनिएका शेरबहादुर देउवा, एमालेका भीम रावल र एमाओवादीका लेखराज भट्टको अदुरदर्शिता एवं पञ्चायतकालीन मानसिकताले काम गरेको छ ।

कैलाली र कञ्चनपुरलाई अखण्ड सुदुरपश्चिममा राख्नुपर्छ, नभए पार्टी छाडिन्छ भन्ने लेखराज भट्टको सोचाइले महेन्द्रकालीन सीमांकनलाई पक्षपोषण गर्छ ।

राज्यको नयाँ ढंगले सीमांकन गर्दा कैलालीको थारु बाहुल्य पूर्वी प्रदेशलाई बर्दियातर्फ मिलाउँदा त्यहाँ पहिरो जाँदैनथ्यो । कैलालीका ४ लाख थारुहरुको त्यो मागलाई सम्बोधन गर्नै नेताहरुले नसक्दा आज त्यहाँ आगो बलेको छ ।

कैलालीका जनताले आफू कुन प्रशासनिक इकाइमा बस्न चाहन्छन्, त्यो नदिएर देउवाले जे भन्यो त्यो हुनुपर्छ भन्नु लोकतन्त्रको उपहास हो । पञ्चायतकालीन जिल्लाको सीमानालाई फेरबदल गर्न नदिने यस्तो सोचाइले अहिलेको मुलुकको आवश्यकतालाई सम्बोधन गर्न सक्दैन र द्वन्द्वको समाधानसमेत गर्दैन ।

पञ्चायतकालीन संरचनालाई यथावत राख्ने हो भने संघीयता र राज्य पुनसंरचना किन चाहियो ? यसको जवाफ अखण्ड पक्षधर नेताहरुले दिन सकेका छैनन् ।

शेरबहादुर देउवा कैलालीका मान्छे होइनन्, उनको गृहजिल्ला डडेलधुरा हो । उनले कैलालीका ४ लाख थारुलाई कँजाउन खोज्दा यतिबेला कैलालीका जनता सुदुरपश्चिममा बस्दैनौं, हामीलाई स्वायत्तता चाहिन्छ भनिरहेका छन् । देउवासँग यसको जवाफ के छ ? उनले यसको जवाफ दिएनन् भने पश्चिमको आयोग सल्काउने काममा देउवाको भूमिका स्पष्ट हुन्छ ।

भनिन्छ, नेता लहडी भयो भने, सिंगो मुलुक र त्यस देशका जनताले त्यसको शिकार हुनुपर्छ । विश्वका कैंयौं मुलुकमा खराब सोचाइका नेताका कारण जनताले दुख पाउने गरेका छन् ।

सुदुरपश्चिम र मध्यपश्चिममा सल्केको आन्दोलनको आगोमा पञ्चायती मानसिकता बोकेका केही नेताहरुको ढीपी जवाफदेही बनेको छ । आन्दोलनकै क्रममा सोमबार सुर्खेतमा गोली लागेर एकजनाको निधन भइसकेको छ । सिंगै सुदुरपश्चिमका जनताले बन्द र हडतालका कारण दुख पाइरहेका छन् ।

देउवा, रावल र भट्टज्यू, आफ्नो क्षेत्रका जनताको माग र भावनालाई व्यवस्थापन गर्न सक्नुभएन भने काठमाडौंमा बसेर तपाईहरुको राजनीति कतिञ्जेल चल्ला ?

स्मरणीय छ, जुन प्रदेशका जनता आपसमा सन्तुष्ट र खुशी हुन्छन्, त्यही प्रदेशले चाँडो विकास र सम्वृद्धि हासिल गर्नेछ । जुन प्रदेशका जनता दुखी हुन्छन्, त्यहाँका नेताले आगामी दिनमा हात धोएर राजनीतिबाट सन्यास लिए हुन्छ ।

नेपाली कांग्रेसको भावी सभापति हुन लागेका देउवाले सुदुर पश्चिमको आगो निभेन भने राजनीतिबाटै कमण्डलु बोक्ने अवस्था नआउला भन्न सकिँदैन । आफ्नो घरबारीमा आगो सल्काएर निरोबाहेक अरु कोही पनि चैनले सुत्न सक्दैन ।

Go Koirala Go!


  • सुशील-बामे सरकार को राजीनामा 
  • संविधान सभा को बिगठन 
  • संघीय गठबंधन को दुई तिहाई, काँग्रेस-एमाले-एमाओवादी को एक तिहाई रहेको नया अंतरिम सरकार को गठन 
  • क्रांतिकारी अंतरिम सरकार द्वारा अंतरिम संविधान मा नै सीमांकन र नामांकन 
  • ३०१ सदस्य भएको नया संविधान सभा को चुनाव नवम्बर मा र नया संविधान को अनुमोदन 
यस का लागि 
  • संघीय गठबंधन का सबै पार्टी हरु को संविधान सभा बाट सामुहिक राजीनामा र 
  • अनिश्चितकालीन देश बंद 
मधेसी जनजाति एकता जिन्दाबाद!

Go Koirala Go!


Sadbhavana Party Song

Posted by सदभावना पार्टी on Tuesday, March 24, 2015


Sushil Koirala In Procession

In Solidarity