Showing posts with label madhesvad. Show all posts
Showing posts with label madhesvad. Show all posts

Saturday, November 28, 2015

मधेसवाद छ

उपेन्द्र यादव ले पटक पटक मधेसवाद छैन भनेका छन। समाजवाद पो वाद, यो भक्तपुरवाद, मधेसवाद के हो? मलाई थाहा छैन। म समाजवादी हो। उपेन्द्र ले त्यसो भनेका छन। पहिलो मधेसी क्रांति को अनुहार जुन मान्छे हो उसले भनेको मधेसवाद छैन।

तर म भन्छु मधेसवाद छ। मार्क्सवादी-लेनिनवादी सिद्धांत को चीन को विशिष्ट कृषिप्रधान थर्ड वर्ल्ड गरीब देश पृष्ठभूमि मा प्रयोग गरिएको वाद माओवाद कहलियो। त्यस्तै संघीयता/समावेशीता को विश्वव्यापी मान्यता र सिद्धांत को नेपालका मधेसी का लागि प्रयोग गरिएको सिद्धांत मधेसवाद हो। त्यस कारण यो विशिस्ट छ। भारत मा आफूलाई मधेसी भन्ने कोही पनि छैन। आजको अवस्थामा मधेसी समुदाय एउटा विशिष्ट नेपाली समुदाय हो। र मधेसी पहिचान एउटा छाता पहिचान हो। त्यसमा बिभिन्न भाषाभाषी छन, मारवाड़ी पनि छन। दलित छन। थारु छन, जसको racial पहिचान फरक छ, तर क्षेत्रीय पहिचान एउटै हो। भाषा त थारु भाषा र मैथिलि एकदम मिल्छ। मधेसी पहिचान को केंद्रविंदु नै हिंदी भाषा भएको हुनाले भारत को हिंदी बेल्ट का मानिसको जातीयता र मधेसीको जातीयता एउटै हो, यद्यपि भारत को हिंदी बेल्ट का मानिस ले आफूलाई मधेसी भन्दैन। अधिकांशले मधेसी शब्द सुनेको पनि छैन।

तर कम्युनिष्ट सिद्धांत ले मजदुर वर्ग को कुरा गर्दा जुत्ता कारखाना को मजदुर छुने सीमेंट कारखाना को मजदुर नछुने भन्ने हुँदैन। त्यस्तै मधेसी समुदाय ले मधेसवाद भनिरहँदा नेपाल भित्र का संघीयता/समावेशीता चाहिने अन्य समुह का लागि पनि लडिरहेको हुन्छ। किनभने बाहुनवाद सँग सीधा भिडन्त मा जान सक्ने मधेसी मात्र छ। अरुको ताकत पुग्दैन। अहिले मधेसीले बाहुनवाद का विरुद्ध क्षेत्रीय शक्ति भारत मात्र होइन विश्व शक्ति चीन, अमेरिका, युरोप सबै लाई उभ्याई दिएको छ। यस अर्थमा भोलि परसि मधेसी ले देश हाँक्छ भन्नु नै हो। अहिले को आंदोलन मधेसी ले समानता पाउने अग्रसरता मात्र होइन। देशको शासक वर्ग नै बन्ने अभिप्राय हो। मधेसवाद ले त्यस आकांक्षा लाई पनि समेट्छ। त्यस अर्थमा मधेसवाद ले आर्थिक क्रांति पनि समेट्छ किनभने देशमा आर्थिक क्रांति गर्न सक्ने मात्र देशको नया शासक वर्ग बन्न सक्छ।