Showing posts with label consensus. Show all posts
Showing posts with label consensus. Show all posts

Monday, February 02, 2015

एमाओवादी र मधेसी संविधान सभाबाट निस्कने हो भने

एमाओवादी र मधेसी संविधान सभाबाट निस्कने मेरो सुझाव होइन, कमसेकम अहिले होइन, तर यदि एमाओवादी र मधेसी संविधान सभाबाट निस्कने हो भने यस संविधान सभाको वैधता समाप्त हुन्छ र एउटा अंतर्राष्ट्रीय स्तरको क्राइसिस खड़ा हुन्छ, किनभने नेपालको शांति प्रक्रिया नेपालको मात्र चासो होइन, नेपालका छिमेकीको मात्र चासो होइन।

सहमतिको प्रयास कायम राख्नुपर्छ। अहिलेलाई। अहिले आन्दोलनको लागि इंधन पर्याप्त छ तर क्रांतिका लागि अझै समय आइसकेको छैन। क्रांति अंतिम अस्त्र हो।

अहिले सबै पक्षले सहमतिको प्रयास गरिराख्नु नै जिम्मेवारीपूर्ण कुरो हो। सत्ता पक्षको विशेष जिम्मेवारी हो। बहुमतमा र सत्तामा रहेकोले उदार चरित्र कसरी प्रदर्शन गर्ने भन्ने कुरा सुशील कोइरालाले नेल्सन मण्डेलाबाट सिक्ने हो।


Saturday, January 31, 2015

सहमति बाहेक अर्को उपाय छैन



काँग्रेस र एमालेका टाउके बाहुनहरुले बलधकेल संविधान बनाउन सक्ने सम्भावना छँदै छैन। दुई तिहाई कै कुरा आउँछ। प्रक्रियाको कुरा आउँछ। विपक्षी पार्टी हरुको पनि कुरा आउँछ। सहमति राम्रो बाटो हो मात्र होइन कि सहमति बाहेक अर्को बाटो छैन नै।

सहमति बाहेक अर्को उपाय छैन।