Thursday, January 15, 2015

नभएको दुई तिहाई

काँग्रेस र एमालेसँग संविधान सभाभित्र दुई तिहाई नभएको अवस्थामा हामी दुई तिहाईको बलमा संविधान ल्याउँछौं भनेर सुगा रट गर्ने जुन व्यवहार छ त्यो उदेकलाग्दो छ। काँग्रेसका ५० भन्दा बढ़ी मधेसी सांसद, एमालेका १५ बढ़ी थारु सांसदले स्पष्ट मत प्रकट गरेका छन ---- दुई पार्टीका टाउकेहरुको सात प्रदेशको जुन अवैज्ञानिक नक्शा छ त्यो हामी कुनै हालतमा मान्दैनौं भनेर पटक पटक भनेका छन। यो संसद हो र? यो त सम्विधान सभा हो। यसमा व्हिप लाग्दैन। प्रत्येक सभासद्ले विवेक प्रयोग गर्ने हो।

सहमतिमा जान्न, दुई तिहाईमा जान्छु भन्ने सुशील र केपीले त्यो दुई तिहाई देखाउने हो। सहमति पनि नगर्ने, दुई तिहाई पनि देखाउन नसक्ने, अनि माघ ८ माघ ८ भन्दै बस्ने?

पहिलो पटक प्रधान मंत्री हुँदा गिरिजाले बजट पास गराउन नसक्दा मध्यावधिमा गा जस्तो माघ ८ भित्र सम्विधान दिन्छु भनेर वाचा गरेको सुशील र केपीले माघ ८ भित्र संविधान दिन नसकेको अवस्थामा राजीनामा दिएर संविधान सभाको नया निर्वाचन गराउने बेला आउन लागेको छ।

नभएको दुई तिहाईको धाक नलगाउने हो।


No comments: